Friday, September 5, 2025

FY 2081-82: Bank EPS, DPS, Dividend, Book close, AGM and Annual Reports

update 1330 NST
10.09.2082
25.12.2025

अाव २०८१–८२ समाप्तिसँगै बैंकहरूले हिसावकिताव तयार गर्दै नियामकीय परिक्षण र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र लाभांस घाेषणा शुरू भएकाे छ । यस अावमा लाभांस घाेषणा गर्ने पहिलाे बैंक माछापुच्छ्रे र दाेश्राे एभरेष्ट बैंक बनेकाे छ । घाेषित प्रतिफलले नियामकीय मनसाय बुझेर नगदलाइ जाेड दिएकाे अाभास  दिएका छन् । नियामकीय सहजीकरण र सहुलियतका बावजुद हिमालयन, कुमारी, एनअाइसी एसिया र नेपाल बैंकले भने लाभांस वितरण गर्न सक्नेछैनन् । 

विवरण तयार गर्दाकाे समयसम्म लाभांश क्षमता भएका १६ मध्ये १२ बैंकले ५.२६ देखि २० प्रतिशतसम्म लाभांश घाेषणा गरेका छन् । नियामकीय अनाैपचारिक सुझाव बमाेजिम १२ मध्ये #EBL २०%, #MBL ८%, #SBL १०.५३%, #ADBL १३%, #NMB १०%, #SBI ९%  ले मिश्रित लाभांश प्रस्ताव गरे भने #GBIME ८%, #SCB १९%, #SANIMA ७.३७%, #NABIL १२.५%, ले नगद लाभंश मात्तर था #CZBIL ५%, #LSL १०% र #PCBL ८% ले सेयर लाभांश र साेकाे लागि नगद लाभांश प्रस्ताव गरेका छन् । कुमारी र नेपाल बैंकले लाभांश विनाकाे वित्तिय विवरण स्वीकृत गर्न मात्र साधारण सभा बाेलाएकाे छ । प्रकाशित वित्तिय विवरणहरूले केहि लेखापरिक्षण नगरिएका असारमसान्तकाे भन्दा लेखापरिक्षण गरिएका विवरणमा सामान्य फरक देखिएका छन् । तुलनात्मक रूपमा #NIMB काे इपिएस १९.८० बाट १२.६९ मा झरेकाे छ जसले नेटवर्थ पनि प्रति शेयर ९ रूपैयाँ हाराहारी घटेकाे छ । यस वर्ष अडिटेट वासलात पारित हुँदासम्म प्रायः बैककाे इपिएस घटेकाे छ, यसकाे मूलकारण थपिएकाे प्राेभिजन वा नियामकिय व्यवस्थाहरू नै हुन् ।

लाभांश घाेषणा गरेका मध्ये #MBL, #EBL, #SANIMA, #GBIME, #SBL, #CZBIL, #SCB र #ADBL ले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । अाव समाप्त भएकाे ६ महिना भित्र साधारणसभा गर्नुपर्ने कानुनी प्रावधान बमाेजिम १९ बैंकहरूले २०८२ पुस ३० गतेभित्र सभा बाेलाएका छन् । #NICA बैकले भने निर्धारित मितिसम्ममा सभा बाेलाएकाे छैन ।

WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.
केवल व्यक्तिगत ज्ञानका लागि हाे र यसमा भएका त्रुटि कुनै पनि समयमा सच्याइनेछ । कसैले त्रुटि भेटेमा जानकारी दिइ सुधारका लागि सघाउन अनुराेध समेत गरिन्छ । 


Key parameters of Bank at Q4 FY 2081-82

Changes in EPS, DPS, Networth from unaudited to audited in FY 2080-81

तलकाे लिंकमा क्लिक गरेर सम्बन्धित बैंककाे वार्षिक प्रतिवेदन हेर्न तथा डाउनलाेड सकिन्छ ।

#MBL
#EBL
#agm #EBL

#SANIMA
#agm #sanimabank

#CZBIL

#agm #CZBIL

#SBL
#SBL #AGM

#GBIME
#agm #GBIME

#LSL
#AGM #LSL

#ADBL 
#agm #ADBL

#SCB

#SCB #agm

#sbi

#AGM #SBI

#KBL

#KBL #AGM

#NMB #AGM

#PCBL

#NBL



केहि सन्दर्भ सामग्री