KEY FINANCIAL INDICATORS of BANKS FOR FY 2080-81
!->
Friday, November 29, 2024
Bank KFI FY 2081-82
नेपाल राष्ट्र बैंकबाट हालै प्रकाशित त्रैमासिक पुजिकाेषकाे तथ्यांक अनुसार आव 2081-82 पुजीकाेषकाे अवस्था तालिकामा दिईए अनुसार छ । नियामकीय व्यवस्था अनुसार CCAR 8.5% (Tier 1) र CAR 11.0% (Tier 2) कायम गर्नुपर्नेछ । लगानीकर्ताहरूले ताेकिएकाे CCAR नपुगेकै कारण एनआईसी एसियाले आव 2077-78 र 2078-79 मा तथा माछापुच्छ्रे, लक्ष्मी र सनराईजले 2078-79 मा लाभांस बाँड्न नपाएकाे बिर्सनु हुन्न । अझ नियामकले पुजीकाेष सम्बन्धी व्यवस्था पालना नगरेकै कारण एनआईसी एसिया र नबिल बैंकलाई सचेत समेत गराएकाे छ ।
पुजीकाेषकाे अवस्थाले नै बैंकमा थप पुँजीकाे आवश्यकतालाई उजागर गर्ने हुँदा मुनाफाबाट सेयर (बाेनस) वा नगद लाभांसकाे सम्भावना अनुमान गर्दै लगानी व्यवस्थापन गर्न सघाउँछ ।
२०८१ भदाै ११ गते नेरा बैंकबाट जारी परिपत्र ३ अनुसार भने अाव २०८१–८२ का लागि काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत कायम गरिएकाे छ । जसले कर्जायाेग्य रकम भएका तर पुँजीकाेषकाे दवावका कारण कर्जा विस्तार गर्न नसकेका बैंक तथा वित्तिय संस्थाहरूका लागि कर्जा प्रवाह केही सहजता हुनेछ । यसकाे साथै बैंकहरूले विशेषगरी प्राथमिक पुँजीकाेषका लागि अविमाेच्य असंचित अग्राधिकार सेयर (Irredeemable Non-cumulative Non-convertible Preference Share) पनि जारी गर्न सकिने व्यवस्था भएकाे छ । पुँजीकाेष व्यवस्थापनका लागि नेरा बैंकले असल कर्जामा नउठेकाे ब्याज (Interest Suspense) लाइ टायर टुमा गणना गर्न पाइने व्यवस्था गरेकाे छ ।
Bank KFI for FY 81-82 till Q1
3. साभार लेखः फरक वित्तीय विवरण राख्ने १६ बैंकलाई ३ प्रतिशतसम्म ‘क्यापिटल चार्ज’!साभार लेखः फरक वित्तीय विवरण राख्ने १६ बैंकलाई ३ प्रतिशतसम्म ‘क्यापिटल चार्ज’!
Monday, November 4, 2024
Bank Q18182 Unaudited Reports
Updated 10 Nov. 2024
11:15 NST
विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८१–८२ काे पहिलाे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । यसकाे साथै गाभिएका बैंकहरूकाे वितिय विवरण, समिक्षा र तुलना गर्दा थप चनाखाे हुनुपर्ने छ । हालै गत अावकाे साधारण सभा सम्पन्न गरेका बैंकहरू मध्ये केहिले वितिरत सेयर लाभांस अनुसार पुँजी समायाेजन गरे वा नगरेकाेमा विशेष चनाखाे हुनुपर्नेछ । विस्तारै प्रशाेधित तथ्यांक र तालिका थप गर्दै जानेछु ।
These datas has been tabulated and organized with generous support from Dipak Dahal. Everybody should be thankful to him.
WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.
प्रथम त्रैमास २०८१–८२ मा बैकहरूकाे विस्तृत मुख्य सूचकहरूकाे तुलनात्मक अवस्था
प्रथम त्रैमास २०८१–८२ मा पहिलाे, अन्तिम र इन्डष्ट्रि अाैसत
प्रथम त्रैमास २०८१–८२ मा मुख्य सूचकहरू
प्रथम त्रैमासमा मुनाफाबाट लाभांस वितरणकाे अाधारमा संचित काेषकाे रकम फरक पर्नसक्ने छ । उपलब्ध रकमकाे आधार २०८१-८२ का लागि प्रति शेयर वितरणयाेग्य लाभांश गणना जाेखिमपुर्ण हुनेछ, किनभने यसमा आव २०८०-८१ रकम समावेश हुन्छ र त्याे ४ गुणा हुने सम्भावना हुन्न ।थप सन्दर्भ सामग्री
2. NepseAlpha: वाणिज्य बैंकहरुको पहिलो त्रैमासिक रिपोर्ट अनुसार Ranking मा एभरेष्ट बैंकको अग्रता, प्रभु बैंक पुच्छारमा
Subscribe to:
Posts (Atom)