पुस मसान्त, लगानीकर्तालाई लाभांशको हतारो र बैंकलाई साधारणसभाकोे चटारोसँगै नियामकले त्रैमास सकिएको सात दिनभित्र विवरण प्रकाशित गर्नु भन्ने झटारोबीच २०७८-०७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित भए । २६ बैंकले २०७७-०७८ को साधारणसभा सम्पन्न गरे ।
हतारो र चटारोमा सिभिल र नेपाल एसबीआईले पारित लाभांश समायोजन गर्न भ्याएनन् वा चाहेनन् । तैपनि नियमानुसार प्रमुख कार्यकारी अधिकृतले प्रकाशित विवरणको व्यक्तिगत जिम्मेवारी लिँदै जानेबुझेसम्म सत्य, तथ्य र पूर्ण भएको तथा लगानीकर्तालाई लगानी निर्णय लिन आवश्यक कुनै विवरण नलुकाइएको उद्घोष गरे । चुक्ता पुँजी, सञ्चित कोष, जगेडा कोषसँगै प्रतिसेयर आय (ईपीएस), मूल्य आम्दानी अनुपात (पीई), नेटवर्थ गणना र तुलना अलमल्यायो र केही झुक्यायो ।
बैंकहरूको २०७८—७९ पुसमसान्तको केही सूचक र तथ्यांक
क्रम
|
बैंक
|
चुक्ता
पूँजी (रु. अर्ब)
|
जगेडा
कोष
(रु. अर्ब)
|
ग्राहक
निक्षेप (रु. अर्ब)
|
ग्राहक
कर्जा तथा सापटी (रु. अर्ब)
|
अवधिको खुद नाफा (रु.
अर्ब)
|
उपलब्ध
वितरण योग्य मुनाफा (रु.
अर्ब)
|
प्रतिसेयर
आय (रु.)
|
नेटवर्थ (रु.)
|
पूँजीकोष (%)
|
१
|
एनआईसी एसिया
|
११.५६
|
८.७७
|
२९४.९४
|
२६१.९२
|
२.४०
|
०.८६
|
४१.५४
|
१९९.८९
|
१२.४३
|
२
|
ग्लोबल आइएमई
|
२३.८०
|
९.२२
|
२७१.९०
|
२५६.४३
|
२.६६
|
१.४९
|
२२.३९
|
१४४.९७
|
१२.७०
|
३
|
नविल
|
१८.५०
|
१४.६३
|
२३२.५५
|
२१५.२१
|
२.१८
|
१.४५
|
२३.५९
|
१८४.२८
|
१३.५८
|
४
|
एभरेष्ट
|
९.४३
|
८.३०
|
१६५.२२
|
१४२.६५
|
०.८४
|
२.४६
|
१७.८०
|
२२०.६९
|
१२.१२
|
५
|
कृषि विकास
|
१३.१९
|
१०.४३
|
१५७.४९
|
१७४.२९
|
१.४२
|
०.६८
|
१९.११
|
२०६.६३
|
१६.३०
|
६
|
नेपाल
|
१४.४१
|
१७.४७
|
१८२.८४
|
१६३.११
|
१.४२
|
०.४१
|
१९.६७
|
२३८.१२
|
१५.३९
|
७
|
सिद्धार्थ
|
१२.५२
|
८.०७
|
१८८.८०
|
१७६.८८
|
१.५८
|
०.६९
|
२५.१९
|
१७१.२५
|
१२.८८
|
८
|
एनएमबी
|
१८.३७
|
५.१९
|
१८१.७०
|
१७२.१५
|
१.७१
|
०.८७
|
१८.६४
|
१३६.८०
|
१४.०८
|
९
|
प्राइम कमर्सियल
|
१८.६६
|
५.९५
|
१५८.९३
|
१५४.३९
|
१.६८
|
०.८९
|
१७.९९
|
१३६.९१
|
१२.९७
|
१०
|
मेगा
|
१६.१२
|
३.७१
|
१४१.१८
|
१४३.६१
|
१.४०
|
०.८३
|
१७.३७
|
१३३.०६
|
१२.८३
|
११
|
नेपाल इन्भेष्टमेन्ट
|
१८.३१
|
१४.०९
|
१७३.६८
|
१६५.१६
|
१.६२
|
०.२६
|
१७.७४
|
१७८.३८
|
१४.४७
|
१२
|
स्ट्याण्डर्ड चार्टड
|
९.४३
|
५.८३
|
८६.२९
|
७६.१०
|
१.०९
|
०.७५
|
२३.०५
|
१८०.२८
|
१५.९५
|
१३
|
प्रभु
|
१२.७१
|
४.८३
|
१६३.६०
|
१४२.३३
|
१.२६
|
०.५४
|
१९.८६
|
१४३.५४
|
१२.८९
|
१४
|
सानिमा
|
११.३३
|
३.९६
|
१४४.५३
|
१३५.८९
|
१.०८
|
०.५८
|
१९.०२
|
१४०.०२
|
१३.२८
|
१५
|
नेपाल एसबिआई
|
९.८३
(९.४९)
|
५.५७
|
११२.९०
|
१०८.७१
|
०.७८
|
०.९९
|
१५.९३
(१६.४९)
|
१६९.०८
|
१३.२८
|
१६
|
माछापुच्छ्रे
|
१०.२६
|
२.८६
|
१३७.५०
|
१३१.९९
|
१.०१
|
०.६४
|
१९.७१
|
१३४.५१
|
१२.५९
|
१७
|
सिटिजन्स
|
१४.२०
|
४.७२
|
१४१.०९
|
१२७.५७
|
१.२४
|
०.७१
|
१७.४५
|
१३८.४८
|
१३.५६
|
१८
|
लक्ष्मी
|
११.५५
|
४.४९
|
१३०.८१
|
१२६.१८
|
०.८२
|
०.५३
|
१४.१५
|
१४६.२४
|
१२.२०
|
१९
|
कुमारी
|
१४.७१
|
४.२७
|
१५९.८२
|
१५५.९६
|
०.९५
|
०.१४
|
१२.९४
|
१३०.८५
|
११.६९
|
२०
|
हिमालयन
|
१२.९७
|
७.१५
|
१६५.५१
|
१५०.६८
|
०.७४
|
०.२५
|
११.४७
|
१५७.०५
|
११.६१
|
२१
|
नेपाल क्रेडिट एण्ड कमर्स
|
११.१४
|
३.८३
|
१२०.१३
|
११३.४८
|
०.९०
|
०.४४
|
१६.१७
|
१३८.४१
|
१२.४३
|
२२
|
बैंक अफ काठमान्डू
|
१०.६२
|
५.८४
|
१०३.०३
|
१०३.५९
|
०.७२
|
०.३६
|
१३.५४
|
१५८.५०
|
१३.४१
|
२३
|
सनराइज
|
१०.१२
|
४.६०
|
१२९.२४
|
१२०.३९
|
०.७५
|
०.१०
|
१४.७४
|
१५१.७९
|
१२.७०
|
२४
|
सिभिल
|
९.०८
(८.६४)
|
१.५४
|
९१.७०
|
८३.४३
|
०.५०
|
०.७०
|
११.११
(११.६६)
|
१२९.३९
|
१५.१२
|
२५
|
नेपाल बंगलादेश
|
१०.०९
|
५.२७
|
८०.७१
|
७४.९१
|
०.८१
|
०.३३
|
१६.०९
|
१५७.१८
|
१३.७५
|
२६
|
सेञ्चुरी
|
९.५५
|
१.५७
|
९२.२०
|
८५.२१
|
०.७२
|
०.४५
|
१५.१२
|
१२१.१९
|
११.९४
|
२७
|
राष्ट्रिय बाणिज्य
|
१३.९४
|
१५.८५
|
२४२.५७
|
१९५.४३
|
१.९२
|
१.३९
|
२७.५४
|
२२३.६१
|
१३.७२
|
|
जम्मा
|
३५६.३७
|
१८८.०३
|
४२५०.८७
|
३९५७.६६
|
३४.२१
|
१९.७९
|
|
|
|
|
औसत
|
१३.२०
|
६.९६
|
१५७.४४
|
१४६.५८
|
१.२७
|
०.७३
|
१८.८५
|
१६१.८९
|
१३.३३
|
नोटः बैकको प्रकासित वित्तिय विवरणमा आवश्यकतानुसार परिमार्जित तथ्यांक । माथि उल्लिखित सूचकसँगै संचित नाफा, खुद ब्याज आय, संचालन मुनाफा, एनपिएल र पीईको औसतका आधारमा स्वध्ययनका लागि स्कोरिङ गरी निर्धारित बैंकको क्रमांक । सिभिल र नेपाल एसबिआईको कोष्टको प्रकाशित अंक ।
चुक्ता पुँजी तथा जगेडा कोष
प्रकाशित विवरणमा कुल चुक्ता पुँजी ३५५.६१ अर्ब देखिए पनि लाभांश समायोजनसँगै सिभिलको ९.०८ र नेपाल एसबीआई बैंकको ९.८३ अर्ब हुँदा कुल चुक्ता पुँजी करिब १४.३३ प्रतिशतले बढेर ३५६.३७ अर्ब र औसतमा रु. १३.२० अर्ब रुपैयाँ पुगेको छ । सबैभन्दा बढी ग्लोबल आईएमईको रु. २३.८० अर्ब र कममा सिभिलको ९.०८ अर्ब रुपैयाँ हुनेछ ।
लाभांशका लागि सञ्चितिसँगै प्रिमियम रकम उपयोगले ६ वटा बैंकसँग केवल ५६.६१ करोड रुपैयाँ सेयर प्रिमियम बाँकी छ । औसत ६.९६ अर्बको जगेडा कोषमा बढी नेपाल बैंकसँग १७.४७ अर्ब, नबिलसँग १४.६३ अर्ब र नेपाल इन्भेस्टमेन्टसँग १४.०९ अर्ब र कम सिभिलसँग १.५४ अर्ब रुपैयाँ मात्र छ । लाभांश समायोजनपछि सिभिल र नेपाल एसबीआईको सञ्चित तथा जगेडा कोष फरक हुनेछ ।
निक्षेप र कर्जा
विकास बैंक र वित्तीय संस्था गाभ्दै अनि निक्षेपमा ब्याज बढाउँदा पनि बैंकको निक्षेप औसतमा १५.९० प्रतिशतले मात्र बढ्दा कुल निक्षेप ४,२५०.८७ अर्ब तथा औसतमा १५७.४४ अर्ब रुपैयाँ पुगेको छ । ग्राहकबाट निक्षेपमा २९४.९४ अर्ब रुपैयाँ संकलन गरी एनआईसी एसिया पहिलो र ८०.७१ अर्बसहित नेपाल बंगलादेश अन्तिम भयो ।
सुस्त निक्षेप वृद्धि तर कर्जा २७.६६ प्रतिशतले विस्तार हुँदा बैंकमा कर्जायोग्य रकमको अभाव र कर्जा–निक्षेप (सीडी) अनुपात अनि पुँजीकोषमा दबाब देखियो । २०७९ असार मसान्तसम्म सीडी अनुपात ९० प्रतिशत कायम गर्ने नियामकीय निर्देशन हुँदा पुस मसान्तको औसत नै ९०.०७ प्रतिशत छ । ग्राहक कर्जा तथा सापटी बढेर कुल ३,९५७.६६ अर्ब रुपैयाँ तथा औसतमा १४६.५८ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । एनआईसी एसियाले २६१.९२ अर्ब कर्जा प्रवाह गर्दा नेपाल बंगलादेशले केवल ७४.९१ अर्ब रुपैयाँ कर्जा दियो ।
खुद मुनाफा, प्रतिसेयर आय र नेटवर्थ
बढ्दो प्रोभिजन, कस्ट अफ फन्ड र बेस रेट अनि खुम्चिँदो ब्याजदर अन्तर (स्प्रेड) ले उच्च कर्जा विस्तारका बाबजुद खुद मुनाफा करिब १० प्रतिशतले मात्र बढ्यो । खुद मुनाफा रकममा सबैभन्दा बढी ग्लोबल आईएमईको २.६६ अर्ब, घटी सिभिलको ५० करोड र औसत १.२७ अर्ब रुपैयाँ देखिन्छ ।
वित्तीय विश्लेषण र लगानी निर्णयको मुख्य आधार ईपीएस गणना गर्दा २४ बैंकले पारित बोनस सेयर समायोजन गर्दा सिभिलले हुने रु. ११.११ को सट्टा ११.६६ र नेपाल एसबीआईले रु. १५.९३ को सट्टा १६.४९ प्रकाशित गरे । विवरणअनुसार बैंकको औसत ईपीएस रु. १८.८५ हुँदा रु. ४१.५४ सहित एनआईसी एसिया अब्बल र करिब १ सय ५० प्रतिशतको मुनाफा बढाउँदा पनि सिभिल रु. ११.११ सहित कमजोर देखियो । हालै पुँजी समायोजित ईपीएसकै आधारमा कम्पनीको मूल्यांकन र लगानी व्यवस्थापन जोखिमपूर्ण हुन सक्छ । लगानी गर्दा कम्तीमा विगत र सम्भावित ईपीएस, औसत, शुद्धता हेर्नुपर्छ । लाभांश खोज्नेको चासो प्रतिसेयर वितरणयोग्य मुनाफा (डीपीएस), प्रकाशित विवरणअनुसार एभरेस्टसँग रु. ५२.१८ उपलब्ध हुँदा कुमारीसँग केवल रु. १.८८ छ । फरक विधिबाट प्रस्तुत डीपीएस हेरेर सम्भावित लाभांशको अनुमान गर्दै लगानी व्यवस्थापन पनि जोखिमपूर्ण हुन सक्छ ।
सेयरधनीको कुल सम्पत्ति देखाउने प्रतिसेयर नेटवर्थ औसत रु. १६१.८९ हुँदा बढी हुने नेपाल बैंकको रु. २३८.१२, राष्ट्रिय वाणिज्यको रु. २२३.६१, एभरेस्टको रु. २२०.६९ र कृषि विकासको रु. २०६.६३ र सेञ्चुरीको कम रु. १२१.१९ छ । सिभिलको रु. १२९.३९ र नेपाल एसबीआईको रु. १६९.०८ नेटवर्थ समायोजनसँगै केही घट्नेछ ।
पुँजीकोषको अवस्था
हाल बैंकले भारित जोखिम सम्पत्ति (आरडब्लूए) को आधारमा प्राथमिक पुँजीकोष न्यूनतम ८.५ प्रतिशत र समग्रमा न्यूनतम ११ प्रतिशत पुँजीकोष कायम गर्नैपर्छ । तोकिएको पुँजीकोष कायम नहुँदा लाभांश रोक्का वा शीघ्र सुधारात्मक कारबाही हुन सक्छ ।
२०७७-७८ मा एनआईसी एसियाको प्राथमिक पुँजीकोष ७.५१ प्रतिशत मात्र हुँदा प्रस्तावित लाभांश अस्वीकृति भयो । अत्यधिक जोखिम लिँदै नाफा कमाउन नियामकीय व्यवस्थाको उल्लंघन र लाभांश बाँड्नै नसक्ने अवस्थामा पुँजीकोष पु¥याउनु व्यवस्थापनको हदै गैरजिम्मेवारी हो । विवरणअनुसार कृषि विकासको सबैभन्दा बढी १६.३० र कम हिमालयनको ११.६१, कुमारीको ११.६९ र सेन्चुरीको ११.९४ पुँजीकोषसहित औसतमा कायम १३.३३ प्रतिशत सन्तुलित मान्नुपर्छ । सम्पत्तिको जोखिम भार र पुँजी गणनायोग्य रकमअनुसार परिवर्तनशील पुँजीकोषको जानकारी नराख्दा लगानी र लाभांश जोखिम बढ्छ ।
नेपाल राष्ट्र बैकबाट २०७८ माघ २८ मा जारी मुख्य वित्तिय सूचक अनुसार एनअाइसी एसियाकाे ७.८० र माछापुच्छ्रेकाे ८.०९ प्रतिशतमात्र प्राथमिक पुँजीकाेष छ, जुन नियामकीय व्यवस्था ८.५ भन्दा कम हाे । जसले गर्दा उनीहरूले २०७८–७९ काे लाभांस वितरण गर्न पाउने सम्भावना न्यून देखिन्छ । यस्तै लक्ष्मी ८.५१, प्रभु ८.५५, सिद्धार्थ ८.६३ र कुमारीकाे ८.८८ प्रतिशतकाे प्राथमिक पुँजिकाेषकाे दवावमा देखिन्छन् । पुजीकाेषकाे अवस्था यहाँ हेर्नसक्नु हुन्छ ।
पुँजीकाेषलाइ सहज रूपमा व्यवसाय संचालनका लागि ताेकिएकाे पुँजीयाेग्य रकमकाे रूपमा बुझ्न सकिन्छ । याे निकै बढि वा घटि हुँदा कम्पनीलाइ नाेक्सानी हुन्छ जस्ताे नुन धेरै वा थाेरै हुँदा खानाकाे स्वाद बिग्रन्छ । यस्तै शेयरधनीकाे वा पुँजीयाेग्य रकमकाे पर्याप्तता र परिचालन कसरी भैरहेकाे छ, पुँजीकाेषले जनाउँछ । यसकाे गणना वासेल विधीमा ताेकिएकाे सुत्रमा गरिन्छ र विद्ममान नियमानुसार बैकहरूकाे प्राथमिक (टायर वन) तथा पुरक (टायर टु) समेत कुल पुँजीकाेष न्यूनतम ११ प्रतिशत हुनुपर्छ । थप जानकारीका लागि "पुँजीकोषका लागि ‘अग्राधिकार सेयर’ कि ‘डिबेन्चर’ ?" पढ्नुस् ।
मूल्य आम्दानी अनुपात
कम्पनीप्रति आशावादी र त्रसित लगानीकर्ताले विद्यमान वा सम्भावित आयका आधारमा सेयरको माग र आपूर्तिलाई मूल्यमा व्यक्त गर्ने मूल्य आम्दानी अनुपात (पीई) प्रत्येक कारोबारसँगै परिवर्तन हुन्छ । त्यसैले प्रकाशित वा विगतको पीईभन्दा प्रचलित मूल्य वा आफ्नो लागतका आधारमा कति पीई हेर्नुपर्छ । पीईलाई लगानी निर्णयको मानक बनाउँदै गर्दा ईपीएसको शुद्धता, सम्बन्धित क्षेत्रको औसत पीई बुझ्न अनि कम्पनीको व्यावसायिक र मुनाफा विस्तारलाई आकलन गर्न नसके गलत निर्णयको सिकार हुने सम्भावना रहन्छ । २०७८ माघ २० को अन्तिम मूल्यमा लगानीकर्ताले सूचीकृत बैंकको सेयर औसत २१.९६, नबिलको सबैभन्दा बढी ४७.५७ र ग्लोबल आईएमई १६.२२ कम पीईमा किनबेच गरे ।
लगानी व्यवस्थापन
एनआईसी एसियाबाहेक सबै बैंकले २०७७-०७८ को वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश पारित गरे । नेपाल इन्भेस्टमेन्ट, हिमालयन र नेपाल बंगलादेशले कारोबार रोकिँदा कायम मूल्यमा अनि सिभिल र नेपाल एसबीआईले पुँजी समायोजन नगरी नै आधारभूत सूचकहरू गणना गरे । यस्ता त्रुटिपूर्ण आँकडामा विश्लेषण र लगानी निर्णय गर्न बाध्य नेपाली लगानीकर्तामा बिग मर्जको नियामकीय दबाबसँगै अंकमा पहिलो र ठूलो बन्ने होडले सिर्जित जोखिमहरू थपिएका छन् । कुन बैंक, कोसँग, कसरी गाभिन्छ ? कहिले, कसको, कतिमा कारोबार रोकिन्छ र खुल्छ ? कुन बैंकको लाभांश रोकिन्छ ? के कारबाहीमा पर्छ ? अन्योल छ ।
सार्वजनिक तथ्यांकले चुक्ता पुँजी, मुनाफा रकम, पीईमा ग्लोबल आईएमई; जगेडा कोष र नेटवर्थमा नेपाल बैंक; ग्राहक निक्षेप, कर्जा तथा सापटीसँगै ईपीएसमा एनआईसी एसिया; पुँजीकोषमा कृषि विकास राम्रा देखिन्छन् । चुक्ता पुँजी, जगेडा कोष, खुद मुनाफा, ईपीएसमा सिभिल; ग्राहक निक्षेप, कर्जा तथा सापटीमा नेपाल बंगलादेश; पुँजीकोषमा हिमालयन; वितरणयोग्य मुनाफामा सनराइज; नेटवर्थमा सेन्चुरी तथा सञ्चित मुनाफामा कुमारी नराम्रा देखिन्छन् ।
जति नै सत्य, तथ्य र पूर्ण भने पनि प्रकाशित विवरणले भविष्यको सटीक आकलनमा सघाउँदैन र लगानीमा प्रतिफल सुनिश्चित गर्दैन । उच्च ईपीएस र डीपीएसले पनि लाभांश सुनिश्चित नगर्नेमा एनआईसी उदाहरण बनेको छ । लगानी निर्णय वा व्यवस्थापन गर्दा सम्भावित मुनाफा, ईपीएस, पीई, नेटवर्थ र पुँजीकोष (प्राथमिक समेत) सँगै लाभांश प्रतिफल दर (डिभिडेन्ड यिल्ड), इक्विटीमा प्रतिफल (आरओई), बजार र किताबी मूल्य अनुपात (पीबी रेसियो), निष्क्रिय कर्जा र तरलताको अवस्था, व्यवसायको वृद्धि, सुशासन अनि लगानीको उद्देश्य, अवधि, पुँजीको स्रोत, अपेक्षित मुनाफा, जोखिमवहन/व्यवस्थापन क्षमता, गाभ्दा वा गाभिँदाको सम्भावित अवस्था पनि ध्यान दिनुपर्छ । नियामकीय व्यवस्था र परिपालनामा चनाखो हुनुपर्छ ।
(लेखकै आधारमा लगानी र जोखिममा लेखक भागीदार हुनेछैन ।)
Key Financial Indicator
यो तथ्यांकीय विश्लेषण व्यक्तिगत प्रयोजनका लागि गरिएको सामान्य अध्ययन हो । लगानी निर्णय गर्दा आफ्नो जोखिम लिने क्षमता, उदेश्य, रकमको स्रोत जस्ता धेरैपक्षमा ध्यान दिनुपर्छ । तथ्यांकलाइ पुनः विश्लेषण गर्न नबिर्सनु होला । लगानीकर्ताहरुले स्वविकेमा यस त्रैमासको ईपिएसलाई व्यवहारिकता र विश्वसनीयताकाे कसीमा थप विश्लेषण गरी लगानी निर्णयमा प्रयोग गर्न सुझाइन्छ । प्रकाशित वा उल्लेखित तथ्यांककाे आधारमा लगानी र सिर्जित लाभहानी र जाेखिमकाे भागिदार र जिम्मेवार लेखक हुनेछैन, स्वयम् हुनुपर्नेछ ।
वित्तिय विवरणकाे विश्वसनीयतामा अर्काे लेख
Revised/updated 11 Feb 2022, 13:40 NST