Friday, November 29, 2024

Bank KFI FY 2081-82

 KEY FINANCIAL INDICATORS of BANKS FOR FY 2080-81

नेपाल राष्ट्र बैंकबाट हालै प्रकाशित त्रैमासिक पुजिकाेषकाे तथ्यांक अनुसार आव 2081-82 पुजीकाेषकाे अवस्था तालिकामा दिईए अनुसार छ । नियामकीय व्यवस्था अनुसार CCAR 8.5% (Tier 1) र CAR 11.0% (Tier 2) कायम गर्नुपर्नेछ ।  लगानीकर्ताहरूले ताेकिएकाे CCAR नपुगेकै कारण एनआईसी एसियाले आव 2077-78 र 2078-79 मा तथा माछापुच्छ्रे, लक्ष्मी र सनराईजले 2078-79 मा लाभांस बाँड्न नपाएकाे बिर्सनु हुन्न । अझ नियामकले पुजीकाेष सम्बन्धी व्यवस्था पालना नगरेकै कारण एनआईसी एसिया र नबिल बैंकलाई सचेत समेत गराएकाे छ । 

पुजीकाेषकाे अवस्थाले नै बैंकमा थप पुँजीकाे आवश्यकतालाई उजागर गर्ने हुँदा मुनाफाबाट सेयर (बाेनस) वा नगद लाभांसकाे सम्भावना अनुमान गर्दै लगानी व्यवस्थापन गर्न सघाउँछ ।

२०८१ भदाै ११ गते नेरा बैंकबाट जारी परिपत्र ३ अनुसार भने अाव २०८१–८२ का लागि काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत कायम गरिएकाे छ । जसले कर्जायाेग्य रकम भएका तर पुँजीकाेषकाे दवावका कारण कर्जा विस्तार गर्न नसकेका बैंक तथा वित्तिय संस्थाहरूका लागि कर्जा प्रवाह केही सहजता हुनेछ । यसकाे साथै बैंकहरूले विशेषगरी प्राथमिक पुँजीकाेषका लागि अविमाेच्य असंचित अग्राधिकार सेयर (Irredeemable Non-cumulative Non-convertible Preference Share) पनि जारी गर्न सकिने व्यवस्था भएकाे छ । पुँजीकाेष व्यवस्थापनका लागि नेरा बैंकले असल कर्जामा नउठेकाे ब्याज (Interest Suspense) लाइ टायर टुमा गणना गर्न पाइने व्यवस्था गरेकाे छ ।

Bank KFI for FY 81-82 till Q1


3. साभार लेखः फरक वित्तीय विवरण राख्ने १६ बैंकलाई ३ प्रतिशतसम्म ‘क्यापिटल चार्ज’!साभार लेखः फरक वित्तीय विवरण राख्ने १६ बैंकलाई ३ प्रतिशतसम्म ‘क्यापिटल चार्ज’!

Monday, November 4, 2024

Bank Q18182 Unaudited Reports

Updated 10 Nov. 2024
11:15 NST

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८१–८२ काे पहिलाे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । यसकाे साथै गाभिएका बैंकहरूकाे वितिय विवरण, समिक्षा र तुलना गर्दा थप चनाखाे हुनुपर्ने छ । हालै गत अावकाे साधारण सभा सम्पन्न गरेका बैंकहरू मध्ये केहिले वितिरत सेयर लाभांस अनुसार पुँजी समायाेजन गरे वा नगरेकाेमा विशेष चनाखाे हुनुपर्नेछ । विस्तारै प्रशाेधित तथ्यांक र तालिका थप गर्दै जानेछु ।

These datas has been tabulated and organized with generous support from Dipak Dahal. Everybody should be thankful to him.
WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.


प्रथम त्रैमास २०८१–८२ मा बैकहरूकाे विस्तृत मुख्य सूचकहरूकाे तुलनात्मक अवस्था

प्रथम त्रैमास २०८१–८२ मा पहिलाे, अन्तिम र इन्डष्ट्रि अाैसत

प्रथम त्रैमास २०८१–८२ मा मुख्य सूचकहरू
प्रथम त्रैमासमा मुनाफाबाट लाभांस वितरणकाे अाधारमा संचित काेषकाे रकम फरक पर्नसक्ने छ । उपलब्ध रकमकाे आधार २०८१-८२ का लागि प्रति शेयर वितरणयाेग्य लाभांश गणना जाेखिमपुर्ण हुनेछ, किनभने यसमा आव २०८०-८१ रकम समावेश हुन्छ र त्याे ४ गुणा हुने सम्भावना हुन्न ।


Sunday, September 8, 2024

FY 2080-81: Bank EPS, DPS, Dividend, Book close, AGM and Annual Reports

update 02.10.81
15.01.2025, 10.15

अाव २०८०–८१ समाप्तिसँगै बैंकहरूले हिसावकिताव तयार गर्दै नियामकीय परिक्षण र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने र लाभांस घाेषणा शुरू भएकाे छ । यस क्रममा अाव २०८०–८१ काे लाभांस घाेषणा गर्ने पहिलाे बैंक एभरेष्ट बैंक बनेकाे छ । हालै प्रकाशित २०८०–८१ काे अनअडिटेड वित्तिय विवरणले HBL, KBL, NICA  र NIMB काे संचिति नाेक्सानीकाे कारण कुनै लाभांस दिन नसक्ने बाहेक १६ बैंककाे १.३० देखि २९.८६% सम्म लाभांस दिन सक्ने देखिएकाे छ । तर अन्तिम लेखापरिक्षण भएर नियामकीय परिक्षण हुँदासम्म प्रकाशित अंकहरूमा उल्लेख्य परिवर्तन हुनसक्ने विगतकाे अनुभवले प्रकाशित चाैथाे त्रैमासकाे वितरणयाेग्य प्रति शेयर अाय (डिपिएस) अर्थात् लाभांस क्षमताले लाभांसकाे सुनिश्चितता गर्दैन भन्ने अाव २०७९–८० काे अांकडाले देखाएकाे छ । यसै वर्ष भुक्तान भएका GBIME, LSL र SBI बैंककाे डिबेन्चरबाट फिर्ता भएकाे डिबेन्चर रिडेम्सन काेषकाे रकमहरू स्पष्ट हुँदा लाभांस फरक पर्न पनि सक्नेछ । लाभांसकै लगानी गर्ने लगानीकर्ताहरूका लागि यस वर्ष निकै कठिन हुनसक्ने निश्चित छ । ठूला मर्जर र प्राप्ति पश्चात् कन्साेलिडेट हुँदै व्यापार र मुनाफामा सुधारसँगै लाभांसमा पनि सुधार अाउने अाशा भने राख्न सकिन्छ ।

२०८०–८१ मा २० मध्ये ९ बैंकले शून्य प्रतिशत लाभांस घाेषणा गरे । यस्तै ५ बैंकले १०% भन्दा बढी र ६ बैंकले केवल ५% काे हाराहारी लाभांस दिए । सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टडले २५.५०% लाभांस दियाे । चाैथाे त्रैमासमा प्रकाशित भन्दा लेखापरिक्षण सहित अन्तिम वासलातमा १२ बैंककाे खुद मुनाफा तथा इपिएस घटेकाे देखियाे भने ४ वटाकाे बढेकाे थियाे । यहाँ उल्लेख्य चाहि प्रभु बैंककाे इपिएस लेखापरिक्षण अघि १९.०३ उल्लेख गरिएकाेमा पछि केवल १.१९ पुग्नुले प्रकाशित वितिय विवरणहरूकाे शुद्धता, यथार्थपरकता र विश्वसनीयतामा प्रश्न उठाइनु पर्ने देखिन्छ ।  यसकाे विपरित सिद्ार्थ बैंकले लेखापरिक्षणमा नाफा बढ्दा अनपेक्षित ४%  भएपनि लाभांस बाँड्न सफल भएकाे छ ।

बजार मूल्य वा लागतकाे आधारमा प्रतिफल (ROI-Return on Investment) वा यिल्ड (Yield) त्यति उत्साहजनक नहुन सक्छ । सेयर लाभांस (बाेनस)मा हुने मुल्य समायाेजनलाई गणना गर्ने हाे भने रियलाईज्ड यिल्ड वा प्रतिफल निकै कम वा फरक हुनसक्छ । त्यसैले लागत र प्रतिफलमा स्वयम् गणना गर्ने र चनाखाे भएर लगानी निर्णय लिनु पर्छ, अरूकाे गणना र दरले सहि निर्णयमा नपुग्न सक्छ । 

WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.
केवल व्यक्तिगत ज्ञानका लागि हाे र यसमा भएका त्रुटि कुनै पनि समयमा सच्याइनेछ । कसैले त्रुटि भेटेमा जानकारी दिइ सुधारका लागि सघाउन अनुराेध समेत गरिन्छ । 


EPS, DPS, Free from Debenture Redemption (Unaudited)





AGM and Book close EBL

AGM and Book close Citizens Bank International Nepal

AGM and Book close Sanima Bank

AGM Book Close Prime Commercial Bank

AGM and Book close SCB