Showing posts with label प्रगति समिक्षा. Show all posts
Showing posts with label प्रगति समिक्षा. Show all posts

Thursday, May 1, 2025

Bank FY 2081-82 Q3 Unaudited Report

 Rev/Updated: 11 May 2025, 13:01 NST

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८१–८२ काे तेस्राे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ ।

तेस्राे त्रैमास अाइपुग्दा मूलतः असुलीमा केहि सुधार हाेकि देखिएकाे छ । वितरणयाेग्य मुनाफा अझै ऋणात्मक देखिएता पनि सुधार देखिन थालेकाे छ । बैक विशेष हेर्दा हिमालयन र कुमारीकाे पुँजीकाेष निकै कमजाेर र संचित नाेक्सानी बढेर हिमालयनकाे झण्डै ७.३६ (चुक्ता पुँजीकाे झण्डै ३४%) अर्ब र कुमारीकाे ६.५ अर्ब (चुक्ता पुँजीकाे झण्डै २४.७९%) पुगेकाे छ । यस त्रैमाससम्ममा नेपाल इन्भेष्टमेन्ट मेगाले भने संचित नाेक्सानी २.८६ बाट १.१ अर्बमा घटाउँदै उल्लेख्य सुधारकाे संकेत गरेकाे छ । पूँजीगत क्षमता तर्फ ३७९.८९ अर्बकाे चुक्ता पुँजी र ७२५.७९ अर्बकाे कुल इक्विटी हुँदा पनि HBL, KBL, LSL, NABIL, PCBL, SBL र RBB काे कुल पुँजीकाेष (Tier II)  १२ भन्दा मुनि छ । प्राथमिक पुँजीकाेष तर्फ KBL काे ७.३१% र HBL काे ८% जुन नियामकीय मापदण्ड ८.५% भन्दा कम भैसकेकाे छ भने  CZBIL, MBL, PRVU मापदण्ड नजिक छन् । यसले कुमारी र हिमालयनले चालु अावमा वितरणयाेग्य नाफा भइहाले पनि लाभांस बाँड्न पाउने छैन् । हुनतः अहिलेका तथ्यांकहरू अावकाे समाप्ति हुँदै लेखापरिक्षण हुँदासम्म परिवर्तन हुने सम्भावनाले बैंकहरूकाे वास्तविक अवस्था निर्क्याैलै भने गर्न सकिन्न ।

समग्रमा बैकहरूले ग्राहकहरूलाइ ४६.२५ खर्ब कर्जासापटि प्रवाह गर्दै करिव ३७३ अर्ब ब्याज आयबाट ब्याज खर्च कटाएर करिव १४० अर्ब खुद ब्याज कमाए तापनि सम्भावित नाेक्सानीकाे लागि व्यवस्था (ईम्पेरिमेन्ट चार्जेज)  करिव ३५ अर्ब, संचालन खर्च, आयकर कटाउँदा केवल ४१.२५ अर्ब मात्र खुद नाफा भएकाे छ । अझ यहि खुदनाफाबाटै साधारण जगेडाकाेष, कर्मचारी वृत्तिविकास, सामाजिक उत्तरदायित्वसँगै नउठेकाे ब्याज, गैरबैंकिग सम्पत्तिमा सम्भावित नाेक्सानीका लागि व्यवस्था आदिकाे लागि रकम छुट्याउँदा सेयरधनीलाई बाँड्नमिल्ने पैसा नै छैन, बरू वितरणयाेग्य मुनाफा त १.६८ अर्ब नकारात्मक नै छ । सबैभन्दा बढि हिमालयनकाे संचित नाेक्सानी ७.३६ अर्ब, कुमारीकाे ६.५ अर्ब, एनआईसी एसियाकाे ३.५७ अर्ब, प्रभुकाे ३.४ अर्ब, एनआईएमबीकाे १.१ अर्ब र राष्ट्रिय बाणिज्यकाे १.०२ अर्ब रहेकाे छ ।

कर्जा असुली तर्फ केहि सुधार देखिए पनि अाैसत एनपिएल ४.८३ र हिमालयनकाे ७.६८% सम्म पुगेकाे अवस्था छ । तर खुद एनपिएल हेर्ने हाे भने हिमालयनकाे केवल १.९४ रहेकाे छ । यसले खुद एनपिएल नहेरी लगानी निर्णय कतिपय अवस्थामा थप जाेखिमपुर्ण हुनसक्ने सम्भावनालाइ इंगित गर्छ ।

These data's has been tabulated and organized with generous support from Dipak Dahal. Everybody should be thankful to him.
WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.

तेस्राे त्रैमास २०८१–८२ मा बैकहरूकाे विस्तृत मुख्य सूचकहरूकाे तुलनात्मक अवस्था


तेस्राे त्रैमास २०८२–८२ काे बैंकहरूमध्ये पहिलाे, अन्तिम र इन्डष्ट्रि अवस्था

तेस्राे त्रैमास २०८२–८२ काे मुख्य अाधारभूत सुचकहरू
Dilip Screener (EPS, Networth, PE, CAR)

तेस्राे त्रैमास २०८२–८२ मा ग्राहक कर्जा, इम्पेरिमेन्ट, ब्याज सस्पेन्स, एनपिएल हेर्दा

थप सन्दर्भ सामग्री

बैकबाट प्रकाशित तेस्राे त्रैमास २०८२–८२ काे अपरिष्कृत वितिय विवरणहरू





















Monday, January 20, 2025

Bank Q2 FY 2081-82 Unaudited Report

Rev/Updated: 27 Jan 2025, 16:00 NST

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८१–८२ काे दाेस्राे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । हालै गत अावकाे साधारण सभा सम्पन्न गरेका बैंकहरू मध्ये केहिले वितरित सेयर लाभांस अनुसार पुँजी समायाेजन गरे वा नगरेकाेमा पनि विशेष चनाखाे हुनुपर्नेछ ।

दाेस्राे त्रैमास अाइपुग्दा मूलतः असुलीमा केहि सुधार हाेकि देखिएकाे छ । समग्र नउठेकाे ब्याज भन्दा असुली बढेकाे छ । वितरणयाेग्य मुनाफा अझै ऋणात्मक देखिएता पनि सुधार देखिन थालेकाे छ । बैक विशेष हेर्दा कुमारीकाे प्राथमिक पुँजी निकै कमजाेर र संचित नाेक्सानी बढेर झण्डै ६.५ अर्ब पुगेकाे छ । समग्र सूचकमा ग्लाेवल अगाडि बढिरहेकाे छ । पूँजीगत क्षमता तर्फ ३७९ अर्बकाे प्राथमिक पुँजी र ७१३ अर्बकाे कुल इक्विटी हुँदा पनि EBL, HBL, KBL, NABIL, NICA, PCBL, SBL र RBB काे पुँजीकाेष १२ भन्दा मुनि छ । प्राथमिक पुँजीकाेष तर्फ HBL, NICA र PRVU काे नियामकीय मापदण्ड ८.५% नजिक छ भने कुमारीकाे ताेकिएकाे मापदण्ड ८.५% भन्दा कम ७.२३% मा झरेकाे छ । यसले कुमारीले चालु अावमा वितरणयाेग्य नाफा भइहालेछ भने पनि लाभांस बाँड्न पाउने छैन् । हुनतः अहिलेका तथ्यांकहरू अावकाे समाप्ति हुँदै लेखापरिक्षण हुँदासम्म परिवर्तन हुने सम्भावनाले बैंकहरूकाे वास्तविक अवस्था निर्क्याैलै भने गर्न सकिन्न ।

These data's has been tabulated and organized with generous support from Dipak Dahal. Everybody should be thankful to him.
WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.

दाेस्राे त्रैमास २०८१–८२ मा बैकहरूकाे विस्तृत मुख्य सूचकहरूकाे तुलनात्मक अवस्था

दाेस्राे त्रैमास २०८१–८२ मा पहिलाे, अन्तिम र इन्डष्ट्रि अाैसत

दाेस्राे त्रैमास २०८१–८२ मा मुख्य सूचकहरू
Dilip Screener (EPS, NETWORTH, PE, CAR)
दाेस्राे त्रैमास २०८१–८२ काे प्रकाशित विवरणहरू





















Monday, August 5, 2024

Q4 FY8081 Bank Unaudited Financial Report

Revised/updated 4 Sept 2024, 12:12 pm

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८०–८१ काे चाैथाे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । माैद्रिक नीतिले साउन मसान्तसम्म उठेकाे ब्याजसमेतलाइ लेखांकन गर्न दिएकाे अवसर र लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । यसकाे साथै गाभिएका बैंकहरूकाे वितिय विवरण, समिक्षा र तुलना गर्दा थप चनाखाे हुनुपर्ने छ । बैकहरूकाे बढ्दाे प्रभिजन, हालै तिरिएकाे मर्ज र प्राप्तिकाे स्वापलाइ लाभांस वितरणकाे कर, सेयर प्रिमियमकाे अनपेक्षित करले संचित र वितरणयाेग्य मुनाफा प्रभावित भएकाे छ । लगानी व्यवस्थापन र निर्णयमा अात्तिने र मात्तिने भन्दा सजगतापूर्वक हेर्ने र विश्लेषण उपयाेगी हुनसक्छ ।

लेखा परिक्षण नगरिएकाे वित्तिय विवरण सरसर्ति हेर्दा बैंकहरूले कुल ७०७.८९ अर्ब शेयरधनीकाे रकम परिचालन गरेर खुद मुनाफा ६४.१५ अर्ब रूपैयाँ  गरेकाे देखिन्छ, तर शेयरधनीकाे लागि लाभांसका रूपमा १६ बैंककाे बाँड्न मिल्ने कुल रकम २२.९ अर्ब मात्र छ भने ४ बैंक (नेपाल इन्भेष्टमेन्ट मेगा, एनअाइसी एसिया, कुमारी र हिमालयन) काे कुल संचित नाेक्सानी १५.३१ अर्ब कटाउँदा बैकहरूकाे कुल वितरणयाेग्य नाफा केवल ७.६२ अर्ब रूपैयाँ मात्र बाँकि रहन्छ । खुद मुनाफा ६४.१५ अर्बबाट ठूलाे रकम डिबेन्चर रिडेम्पसन रिजर्भमा ९.८८ अर्ब, नउठेकाे ब्याजकाे व्यवस्था ९.८५ अर्ब र अल्पकालीन एनबिएकाे ९.६२ गरी कुल २९.३५ अर्ब छुट्याउनु पर्दा बैंकहरूकाे वास्तविक लाभांस क्षमता निकै कमजाेर देखिएकाे हाे । ति व्यवस्थाका रकमहरू उठ्दै जाँदा भने लाभांस क्षमता पनि बढ्न सक्नेछ । यस बाहेक ग्लाेवल अाइएमइसँग १.५ अर्ब, लक्ष्मी सनराइजसँग १ अर्ब र नेपाल एसबिअाइ बैंकसँग २० कराेड रूपैयाँ डिबेन्चर रिडेम्पसनबाट फिर्ता रकम लाभांसकाे लागि उपलब्ध हुनसक्नेछ । वास्तविक रकम कति वा समायाेजित भने लेखापरिक्षण पछि स्पष्ट हाेला ।

साथी दिपक दाहालकाे सहयाेगमा तयार गरिएकाे तालिका केवल व्यक्तिगत ज्ञानका लागि हाे र यसमा भएका त्रुटि कुनै पनि समयमा सच्याइनेछ । कसैले त्रुटि भेटेमा जानकारी दिइ सुधारका लागि सघाउन अनुराेध समेत गरिन्छ । 

WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.

EPS and Networth movement from Q1 to Q4 in FY 2080-81


Highest and Lowest among the banks for Q4 FY2080-81

Anyone required PDF of the table click and request

EPS, DPS, Free from Debenture Redemption

Key Income Area, CAR of Bank Q4 FY8081

Data: Dipak Dahal

Published Financial Statement for Q4 FY 2080-81




















For Q4 2079-80