Rev/Updated: 1 May 2025, 12:33 NST
विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८१–८२ काे तेस्राे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ ।
तेस्राे त्रैमास अाइपुग्दा मूलतः असुलीमा केहि सुधार हाेकि देखिएकाे छ । वितरणयाेग्य मुनाफा अझै ऋणात्मक देखिएता पनि सुधार देखिन थालेकाे छ । बैक विशेष हेर्दा हिमालयन र कुमारीकाे पुँजीकाेष निकै कमजाेर र संचित नाेक्सानी बढेर हिमालयनकाे झण्डै ७.३६ अर्ब र कुमारीकाे ६.५ अर्ब पुगेकाे छ । यस त्रैमाससम्ममा नेपाल इन्भेष्टमेन्ट मेगाले भने संचित नाेक्सानी २.८६ बाट १.१ अर्बमा घटाउँदै उल्लेख्य सुधारकाे संकेत गरेकाे छ । पूँजीगत क्षमता तर्फ ३७९.८९ अर्बकाे चुक्ता पुँजी र ७२५.७९ अर्बकाे कुल इक्विटी हुँदा पनि HBL, KBL, LSL, NABIL, PCBL, SBL र RBB काे कुल पुँजीकाेष (Tier II) १२ भन्दा मुनि छ । प्राथमिक पुँजीकाेष तर्फ KBL काे ७.३१% र HBL काे ८% जुन नियामकीय मापदण्ड ८.५% भन्दा कम भैसकेकाे छ भने CZBIL, MBL, PRVU मापदण्ड नजिक छन् । यसले कुमारी र हिमालयनले चालु अावमा वितरणयाेग्य नाफा भइहाले पनि लाभांस बाँड्न पाउने छैन् । हुनतः अहिलेका तथ्यांकहरू अावकाे समाप्ति हुँदै लेखापरिक्षण हुँदासम्म परिवर्तन हुने सम्भावनाले बैंकहरूकाे वास्तविक अवस्था निर्क्याैलै भने गर्न सकिन्न ।
समग्रमा बैकहरूले ग्राहकहरूलाइ ४६.२५ खर्ब कर्जासापटि प्रवाह गर्दै करिव ३७३ अर्ब ब्याज आयबाट ब्याज खर्च कटाएर करिव १४० अर्ब खुद ब्याज कमाए तापनि सम्भावित नाेक्सानीकाे लागि व्यवस्था (ईम्पेरिमेन्ट चार्जेज) करिव ३५ अर्ब, संचालन खर्च, आयकर कटाउँदा केवल ४१.२५ अर्ब मात्र खुद नाफा भएकाे छ । अझ यहि खुदनाफाबाटै साधारण जगेडाकाेष, कर्मचारी वृत्तिविकास, सामाजिक उत्तरदायित्वसँगै नउठेकाे ब्याज, गैरबैंकिग सम्पत्तिमा सम्भावित नाेक्सानीका लागि व्यवस्था आदिकाे लागि रकम छुट्याउँदा सेयरधनीलाई बाँड्नमिल्ने पैसा नै छैन, बरू वितरणयाेग्य मुनाफा त १.६८ अर्ब नकारात्मक नै छ । सबैभन्दा बढि हिमालयनकाे संचित नाेक्सानी ७.३६ अर्ब, कुमारीकाे ६.५ अर्ब, एनआईसी एसियाकाे ३.५७ अर्ब, प्रभुकाे ३.४ अर्ब, एनआईएमबीकाे १.१ अर्ब र राष्ट्रिय बाणिज्यकाे १.०२ अर्ब रहेकाे छ ।
कर्जा असुली तर्फ केहि सुधार देखिए पनि अाैसत एनपिएल ४.८३ र हिमालयनकाे ७.६८% सम्म पुगेकाे अवस्था छ । तर खुद एनपिएल हेर्ने हाे भने हिमालयनकाे केवल १.९४ रहेकाे छ । यसले खुद एनपिएल नहेरी लगानी निर्णय कतिपय अवस्थामा थप जाेखिमपुर्ण हुनसक्ने सम्भावनालाइ इंगित गर्छ ।
These data's has been tabulated and organized with generous support from Dipak Dahal. Everybody should be thankful to him.
WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.
तेस्राे त्रैमास २०८१–८२ मा बैकहरूकाे विस्तृत मुख्य सूचकहरूकाे तुलनात्मक अवस्था
तेस्राे त्रैमास २०८२–८२ काे बैंकहरूमध्ये पहिलाे, अन्तिम र इन्डष्ट्रि अवस्था
तेस्राे त्रैमास २०८२–८२ काे मुख्य अाधारभूत सुचकहरू
Dilip Screener (EPS, Networth, PE, CAR)
तेस्राे त्रैमास २०८२–८२ मा ग्राहक कर्जा, इम्पेरिमेन्ट, ब्याज सस्पेन्स, एनपिएल हेर्दा
बैकबाट प्रकाशित तेस्राे त्रैमास २०८२–८२ काे अपरिष्कृत वितिय विवरणहरू