केही साथीहरूले खरिद र विक्रीमा ब्राेकरले फरक मूल्यमा काराेवार
गरिदिएकाे, भनेकाे भन्दा फरक संख्यामा काराेवार भएकाे, अाफ्नाे खरिद विक्री
अादेश अनुसार काराेवार नगरेकाे जस्ता कुरा उठाइरहनु भएककाे छ । शायद शेयर
बजारमा कसरी काराेवार हुन्छ र ब्राेकरकाे भूमिका कै बारेमा जानकारी फरक
परेकाे हाेकी जस्ताे लागेर मलाइ थाहा भएकाे सूचना लेख्दैछु ।
१.
खरिद विक्रिः
शेयर किनबेच गर्दा हामीले निश्चित मूल्य ताेकेर वा चलन
चल्तिकाे मूल्यमा वा अधिकतम र न्यूनतम मूल्य ताेकेर खरिदविक्री अादेश दिन
सक्छाैं । मूल्य ताेकेर किनबेचकाे अादेश दिएकाे अवस्थामा ताेकिएकाे मूल्यमा
ताेकिएकाे परिणाम किन्ने वा बेच्ने व्यक्ति नहुँदासम्म ब्राेकरले केही
गर्न सक्दैन । बजारमा हजाराैं कित्ताकाे काराेवार भए पनि तपाइकाे शेयर
संख्या र मूल्यमा किन्ने वा बेच्ने व्यक्ति नहुँदा किनबेच नहुन सक्छ ।
यस्ताे अवस्थामा ब्राेकरले केही प्रतिशत (सायद २ वा ५ प्रतिशत) मूल्य
तलमाथि हुँदा भने काराेवार गरिदिने अधिकार राख्छन् ।
तर चलनचल्तिकाे
मूल्यमा खरिदविक्रि गर्न अादेश दिएकाे अवस्थामा उक्त दिनकाे शेयर मूल्यमा
ताेकिएकाे शेयर संख्या किन्न वा बेच्न उपलब्ध भएकाे अवस्थामा ब्राेकरले
काराेवार गरिदिन सक्छ । मूल्य ताेकेर किनबेच अादेश दिएकाे भन्दा खुल्ला
मूल्यमा छिटाे काराेवार हुने सम्भावना रहन्छ ।
२. ब्राेकरः
हामी
किन्ने र बेच्ने व्यक्तिहरूकाे खरिद विक्रि गरिदिने सेतु मात्र हाे । उसले
तपाइले विक्रिकाे लागि दिनु भएकाे शेयर तब विक्रि गर्दछ जब तपाइले ताेकेकाे
मूल्यमा ताेकिएकाे कित्ता किन्ने खरिदकर्ता उपलब्ध हुन्छ । यहाँ के
बुझ्नुपर्दछ भने ब्राेकरले मेराे वा तपाइकाे शेयर किनेर अरूलाइ बेच्ने
हाेइन । मैले थाहापाएसम्म विद्यमान कानुन अनुसार ब्राेकरले दाेस्राे
बजारबाट अाफ्नाे वा परिवारकाे नाममा समेत शेयर किनबेच गर्न पाउँदैन । (गलत
भए सच्च्याउनु हाेला है) ।
३. शेयर खरिदः
कुनै पनि कम्पनीकाे यति
कित्ता किन्छु भन्दैमा बजारमा सहजै किन्न पाइने हाेइन । त्यसकाे लागि किन्न
चाहेकाे शेयर संख्या र तिर्न चाहेकाे मूल्यमा विक्रेता उपलब्ध हुनु पर्दछ ।
यसकाे साथै ब्राेकरले उक्त संख्याकाे शेयर विक्रिकाे लागि उपलब्ध समयमा
किनिदिनु पर्दछ । कतिजनालाइ साँझ फ्लाेर सिट हेरेर अाफूले खरिद अादेश
दिएकाे परिणामकाे शेयर काराेवार भए पनि अाफूले नपाएकाे हुनसक्छ किनभने
बजारमा किन्न अादेश दिने र काराेवार गर्ने ब्राेकर धेरै हुन्छन् । तर
विक्रिका लागि उपलब्ध शेयर एउटा ब्राेकरले किन्ने हाे । यहाँ ब्राेकरकाे
भूमिका महत्वपूर्ण हुन्छ ।
अर्काे कुरा ब्राेकरलाइ खरिद अादेश दिने
पनि धेरै जना हुन्छन्, उसले बजारकाे अवस्था र उपलब्ध विक्रि हेरेर
किनिदिने हाे । उसले सँधै एउटै कम्पनी र एकजनाकाे खरिद गरेर बस्दैन ।
त्यसैले समयसमयमा उसलाइ अाफ्नाे खरिदकाे बारेमा घचघच्याउनु पर्दछ ।
यदि ब्राेकरले महँगाेमा मात्र शेयर किनिदिन्छ भन्ने अाशंका लागेमा अधिकतम मूल्य ताेकेर पनि खरिद अादेश दिन सकिन्छ ।
४. शेयर विक्रिः
खरिद जस्तै विक्री पनि मूल्य ताेकेर वा चलनचल्तिकाे
मूल्यमा विक्रि अादेश दिन सकिन्छ । कुनै कम्पनीकाे ताेकिएकाे कित्ता शेयर
विक्रिकाे लागि दिँदा तपाइकाे मूल्य वा बजार मूल्यमा किन्ने खरिदकर्ता
नहुञ्जे ब्राेकरले विक्रि गर्न सक्दैन । यसकाे साथै काेही क्रेता उपलब्ध
भएकाे समयमा ब्राेकरले बेच्न सक्नु पर्दछ । कुनै समयमा तपाइले बेच्न
खाेज्नु भएकाे संख्यामा शेयर खरिदकर्ता उपलब्ध भएपनि ब्राेकरले बेच्न
नभ्याएकाे अवस्थामा पनि हुन्छ किनभने ब्राेकरले धेरैजनाकाे विक्रि अादेशकाे
काम गर्दै जाँदा तपाइकाे विक्रि अादेशमा काम गर्न नभ्याउन वा भुल्न सक्छ ।
त्यसैले समय समयमा ब्राेकरलाइ विक्रिकाे लागि घचघच्याउनु पर्दछ ।
यदि ब्राेकरले सस्ताे शेयर बेचदेला भन्ने अाशंका लागेमा न्यूनतम मूल्य ताेकेर पनि विक्रि अादेश दिन सकिन्छ ।