Tuesday, August 14, 2018

कहिले उकालो लाग्ला सेयर बजार?

सुस्त र निराशाका साथ विदाइ भएको आर्थिक वर्ष ०७४/७५ ले नेपाली पुँजी बजारलाई नीतिगत, प्रविधिगत र विस्तारमा भने केही आशाका किरण छोडेको छ। गत आवमा समग्र मुलुक चुनावमय हुँदा सरकारी खर्चमा सुस्ततासँगै बजारमा पैसाको माग निकै बढ्यो। आपूर्ति निकै कम भयो, जसको सबैभन्दा बढी मार बैंकिङ क्षेत्र र पुँजी बजारले खेप्न बाध्य भए।

बैंकहरूमा लगानीयोग्य रकमको अभाव वर्षैभरी चल्यो भने व्याजदर मुद्दतिमा १२ प्रतिशतभन्दा केही बढी र बचतमा १० प्रतिशतसम्म पुग्यो। तर, यति हुँदाहुँदै पनि बैंकहरू सहजै बचत फिर्ता गर्न सक्षम रहे भने सी-आस्बाको शुरुवातले प्राथमिक बजारमा लगानी सहजता आयो। यस्तै, नेप्सेले विकास बैंकबाट छुट्याएर लघुवित्तको उपसमूह बनायो र नागरिक लगानी कोषलाई वित्त समूहबाट अन्यमा सार्यो। धितोपत्र बोर्डले देशका विभिन्न स्थानमा सचेतना कार्यक्रम र काठमाडौंमा पहिलो पुँजी बजार प्रदर्शनी आयोजना गर्यो।

गत वर्ष बजार परिसूचक

गत आवमा प्राथमिकको तुलनामा दोस्रो बजार निराशाजनक रह्यो। वर्षभरीमा दुई सय ३३ दिन कारोबार हुँदा आव ०७३/७४ को दुई खर्ब पाँच अर्बको तुलनामा ४०.७९ प्रतिशतले कारोबार घटेर एक खर्ब २१ अर्बमा सीमित हुन पुग्यो। बजार परिसूचक १ साउन ०७४ मा १५८३.५७ बाट २३.४४ प्रतिशतले घटेर असार मसान्तमा १२१२.३६ मा पुग्यो भने १२ चैत ०७४ मा वर्षकै न्यूनतम विन्दु ११६८.५५ मा झर्यो। गत आवमा सबैभन्दा बढी बैंकिङ उपसमूहको सूचक २७.९८ प्रतिशत, विकास बैंक समूहको २६.२६ प्रतिशत, बीमा समूहको २५.७७ प्रतिशत, जलविद्युत्को २१.५३ प्रतिशतले घट्यो। हुन त, बजार पुँजीकरणको यथार्थता सदैव प्रश्नचिन्ह रहँदै आएको छ। तर, बजार परिसूचकमा कमी सँगै १८ खर्ब ५६ अर्बबाट बजार पुँजीकरण घटेर १४ खर्ब ३५ अर्बमा खुम्चिन पुग्यो।


२०७४ साउन १
२०७५ चैत १२
२०७५ असार ३२
वार्षिक परिवर्तन प्रतिशतमा
नेप्से
१५८३.५७
११६८.५५
१२१२.३६
–२३.४४
बैंकिग उपसमूह
१४२१.२२
१०४९.९१
१०२३.५६
–२४.१३
विकास बैंक उपसमूह
१९४४.९३
१३९५.१९
१४३४.१६
–२६.२६
वित्त उपसूमह
७४०.५५
६४१.७५
६०५.६७
–१८.२१
लघु वित्त उपसूमह
१९४४.९३
१२८३.८३
१६०७.०८
–१७.३७
विमा उपसमूह
८३५१.७७
५३००.५५
६१९९.४५
–२५.७७
जलविद्युत उपसूमह
१९०९.१०
१३७३.५०
१४९८.१३
–२१.५३
व्यापार
२१२.७७
२०९.७९
१९६.२७
–७.७५
होटेल उपसूमह
२२१५.७५
१६७०.९०
१८४६.७२
–१६.६५
उत्पादन तथा प्रशोधन उपसमूह
२३६६.३७
२१८४.२३
२२६४.१२
–४.३२
अन्य
६९४.१२
६७०.८२
७०७.८९
१.९८

यस आधारमा सबैभन्दा बढी बैंकको सेयरका लगानीकर्ताहरूले गुमाएका छन्। अन्य समूहका कम्पनीहरूका लगानीकर्ताले कमाएको देखिन्छ। तर, यसबीचमा नागरिक लगानी कोषलाई अन्यमा सारिएको हुँदा वास्तविक कम्पनीहरूको आधारमा अन्य समूहका लगानीकर्ताहरूले पनि केही नोक्सानी बेहोर्नु परेको हुनसक्छ।

पुँजी बजार सुधारका सम्भावना

गत आवमा बजार नकारात्मक हुँदाहुँदै पनि बजार विकास र विस्तारका लागि नियामक, सञ्चालक र सरोकारवालाहरूबाट सकारात्मक काम भएका छन्। नेप्से उपसमूहहरूमा समय सापेक्ष परिवर्तन, पुँजी बजार सचेतना तथा काठमाडौं उपत्यका बाहिर धितोपत्र दलालहरूको उपस्थितिमा सुधारले आव ०७५/७६ मा बजार सुधारका लागि आधार तयार गरेको छ। यसका अतिरिक्त निम्न क्षेत्रमा सम्भावित सुधारले समग्र पुँजी बजारमा आशाको किरण जगाउने अपेक्षा गर्न सकिन्छ ः

१) सङ्लिएको आर्थिक-राजनीतिक वातावरण

चुनाव र राजनीतिक अस्थिरताबाट मुलुकले उन्मुक्ति पाएको छ। करिब दुई तिहाइ बहुमतसहितको स्थिर सरकार बनेको छ। आव ०७५/७६ को बजेटमार्फत् सरकारले समग्रमा आठ प्रतिशतको आर्थिक वृद्धि कायम गर्ने लक्ष्य लिएको छ। समयमै बजेट प्रस्तुति र पारित हुनुका साथै सरकारले बजेट कार्यान्वयन र अनुगमनलाई प्राथमिकता दिने जनाएको छ।

सरकारले भनेजस्तै आर्थिक चलायमान हुने र बजेट कार्यान्वयन भएको अवस्थामा गत आवमा जस्तो पैसा सरकारको ढुकुटीमा थन्किएर बजारमा पैसाको अभाव हुने सम्भावना कम हुनेछ। सरकारले वास्तविक लगानी र उद्यमशीलतालाई प्रोत्साहित गर्न लगानीको स्रोत जुटाउने र लागत (व्याज) घटाउने अनेक प्रयास गरेको छ। तरलता व्यवस्थापन र व्याजदर नियन्त्रणले एकातिर बचतकर्ता उच्च प्रतिफलका लागि वैकल्पिक क्षेत्रको खोजीमा धितोपत्रमा लगानी बढाउन प्रेरित हुनेछन्।

अन्य क्षेत्रमा जस्तै ऋण लिएर सेयर कारोबार र लगानी गर्नेको लागत घट्नेछ। बैंकलाई धितोपत्र दलाल लाइसेन्स दिन सकिने व्यवस्था र पुँजी बजारमा मूल्यअभिवृद्धि करको अन्योल अन्त्यले आशाको संकेत गर्छन्। धितोपत्र दलालमार्फत् मार्जिन कर्जा प्रवाहको स्वीकृति, वास्तविक क्षेत्रको पुँजी बजारमा प्रवेशलाई प्रोत्साहन, प्राइभेट इक्विटी, भेन्चर फन्ड, हेज फन्डको कानूनी आधार तयारी र नियामक निकायहरूको क्षमता अभिवृद्धि अनि सम्बन्धित ऐन कानूनको समयसापेक्ष सुधारले पुँजी बजार थप गतिशील हुने अपेक्षा राख्न सकिन्छ।

२) प्रविधिगत विकास

भर्खरै प्रविधिमा फड्को मार्दै गरेको पुँजी बजारले यस आवमा अटोमेटेड अनलाइन कारोबार अपनाउँदै थप छलाङ मार्ने अपेक्षा गरिएको छ। गत वर्षदेखि आस्बासँगै सी-आस्बाबाट प्राथमिक निष्कासन तथा हकप्रद सेयरको आवेदनमा सहजता आएको छ।

आवको शुरुदेखि अनलाइन कारोबारको ‘युजर एसेप्टेन्स टेस्ट’ शुरु भएको छ। लगानीकर्ताहरूलाई अनलाइन कारोबारमा अभ्यस्त बनाउन परीक्षणमा सहभागिता गराउन थालिएको छ। यसको साथै सीडीएससीले अनलाइन कारोबारलाई सघाउन हाल प्रचलनमा रहेको ‘डेबिट इन्स्ट्रक्सन स्लिप’ (डीआईएस)को बदला विद्युतीय माध्यमबाटै डिम्याट खातामा भएको सेयर डेबिट गर्न आवश्यक प्रणालीको विकास गरिरहेको छ।

आवश्यक परीक्षण, सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्वचालित कारोबारका लागि उपयुक्त रहेको प्रमाणित भएसँगै अबको केही महिनापछि नेपाली लगानीकर्ताहरूले स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड अनलाइन सिस्टम) बाट सेयर किनबेच गर्न सक्नेछन्। यसरी प्रविधिको प्रयोग र लगानी सहजीकरणसँगै सक्रिय लगानीकर्ताको संख्या र पहुँच बढाउने अपेक्षा गर्न सकिन्छ। यसबाट बजारमा कारोबार परिमाण र परिसूचकलाई बढाउने र प्रक्रियागत झण्झट घटाउने छ।

३) माग र आपूर्ति

आव ०७३/७४ र ०७४/७५ मा बैंक तथा वित्तीय कम्पनीहरूको पुँजीवृद्धिको कारण उल्लेख्य मात्रामा हकप्रद र बोनस सेयर जारी भई सेयरको आपूर्ति निकै बढेको थियो। नेप्से र पुँजी बजारलाई उल्लेख्य प्रभावित पार्ने बैंकहरूको पुँजीवृद्धिको प्रकृया करिब सकिएको छ। नेपाल क्रेडिट एन्ड कमर्स बैंकबाहेक सबैले पुँजीवृद्धिका लागि आवश्यक हकप्रद, एफपीओ र बोनस जारी गरी नबिकेको हकप्रद लिलामी पनि सकेका छन् भन्दा हुन्छ।

अब एनसीसीसँगै बैंक अफ काठमान्डु र कुमारीले मात्र तोकिएको आठ अर्ब पुँजी पुर्याउन केही सेयर जारी गर्नुपर्ने बाध्यता छ। लुम्बिनी विकास बैंकबाहेक प्रायः विकास बैंकले समेत पुँजी व्यवस्थापनको काम सकेका छन्। यससँगै सेयर आपूर्तिको मुख्य क्षेत्र बैंकहरूको सेयर आपूर्ति दर घट्ने छ भने पुँजीवृद्धि र नयाँ बीमा कम्पनी सञ्चालनमा आएको हुँदा बीमा क्षेत्रको सेयर आपूर्ति केही बढ्ने छ।

विद्यमान बीमा कम्पनीहरूले उल्लेख्य हकप्रद र बोनस सेयर जारी गर्नुका साथै हालै सञ्चालनमा आएका जीवन र निर्जीवन बीमा कम्पनीहरूले प्राथमिक निष्कासन गर्नेछन्। यसको अलावा जलविद्युत्, लघुवित्त र उत्पादन क्षेत्रले केही सेयर जारी गर्नेछ। यति हुँदाहुँदै पनि बजारमा म्युचुअल फन्डहरूको बढ्दो उपस्थिति, लगानीकर्ताहरूको बढ्दो लगानी तथा सेयर होल्ड गर्ने क्षमता, बजार विस्तारले माग र आपूर्तिलाई केही सन्तुलित बनाउने अपेक्षा गर्न सकिन्छ।

४) बजारको विस्तार

पुँजी बजारमा प्रविधिको विकाससँगै पहुँच र सहजता बढेको छ। यसले छिटोछरितो लगानी र कारोबारसँगै बजार विस्तारमा सघाएको छ। काठमाडौंको निश्चित चौघेरा नाघेर बजार देशका १७ शहरमा पुगेको छ।

कारोबारमा उपत्यका बाहिरका लगानीकर्ताहरूको हिस्सा अघिल्लो आवको १०.८५ प्रतिशतबाट दोब्बरले बढेर २०.२७ प्रतिशत पुगेको छ। गत आवमा उपत्यका बाहिरको कारोबार २४ अर्ब ६० करोड रूपैयाँ हाराहारी भएको छ। नियामकको सचेतना अभियान, प्रविधिगत विकास, क्यापिटल/मर्चेन्ट बैंकको विस्तार, धितोपत्र दलाल सेवा प्रदायकको विस्तारले थप बजार विस्तार हुनेछ।

५) सुधारोन्मुख नतिजा

बैंक तथा वित्तीय संस्थाहरूले पुँजीवृद्धिको चरण पार गर्दै गर्दा धेरैले बैंकहरू पुँजीको भारीले थिचिएर राम्रो वित्तीय नतिजा प्रस्तुत गर्नेमा शंका व्यक्त गरेका थिए। तर, मर्जर, प्राप्ति, हकप्रद र बोनस जारी गर्दै तोकिएको पुँजी पुर्याउन सफल बैंक तथा वित्तीय संस्थाहरूले सोचेभन्दा राम्रो व्यवसायको विस्तार र वित्तीय प्रगतिसहितको नतिजा प्रस्तुत गर्न थालेका छन्।

केही बैंकलाई आठ अर्बभन्दा बढीको पुँजीसमेत अपर्याप्त हुने देखिएको र केही १० अर्बको पुँजीलाई पार गर्दै अगाडि बढेको अवस्थाले लगानीकर्ताहरूलाई केही उत्साहित बनाउने अपेक्षा गर्न सकिन्छ। वाणिज्य बैंकहरू मात्र होइन, राष्ट्रियस्तरका विकास बैंक र वित्त कम्पनीहरूको सन्तोषजक वित्तीय प्रगतिले बीमा क्षेत्रमा जारी पुँजीवृद्धिको सम्भावित नकारात्मक सोच बदल्न सघाउने छ।

चुनौति र अन्योल

उल्लेखित सुधार र सम्भावनासँगै नेपाली पुँजी बजार विकास र विस्तारमा नीतिगत, प्रविधिगत र मानसिकतागत चुनौतिहरूको चाङ पनि छ।

१) गत आवको अन्त्यतिर शुरु भएको पुँजीगत लाभकरको अन्योल अझै कायम छ। सरकारले विशेषगरी हकप्रद र बोनस सेयरको बिक्रीमा हुने पुँजीगत लाभको गणना विधिमा ल्याउन चाहेको परिवर्तनले पहिलेदेखि तनावमा रहेका लगानीकर्ताहरूको अन्योल यथावत छ।

पुँजीगत लाभकरसम्बन्धमा गठित समिति ठोस निर्णयमा पुग्नुको बदला लाभकर वा कारोबार कर भन्ने अर्को भूमरीमा फसेको सुनिन आएको छ। त्यसै त, चालु आवको शुरुदेखि ७.५ प्रतिशतका दरले पुँजीगत लाभकर तिर्न बाध्य लगानीकर्ताहरू सरकारले हकप्रद र बोनस सेयरमा कसरी लाभ गणना गर्ने भन्ने द्विविधामा छन्। सरकारले यथाशीघ्र व्यावहारिक लाभकर गणना विधिको निर्धारण गरी अन्योल हटाउनुपर्छ।

२) पुँजी बजारमा प्रविधि अपनाउँदै गर्दा लगानीकर्ताहरू लागत, पहुँच र व्यक्तिगत सूचनामा अनधिकृत पहुँचको सम्भावनालाई लिएर निकै चिन्तित छन्। यसका लागि सम्बन्धित सरोकारवालाले (क) सबै प्रकारका लगानीकर्ताको सहज पहुँच (ख) नयाँ प्रविधिमा पहुँच, ज्ञान र सीप नभएका लगानीकर्ताहरूको क्षमता विकाससँगै उपयुक्त विकल्प (ग) सुरक्षित कारोबारसँगै तथ्यांकमा अनधिकृत पहुँच र दुरूपयोग नहुने सुनिश्चितता गर्नु पर्छ।

३) लगानीकर्ताहरू (क) लगानी र कारोबार (ख) सेयर लगानी र अन्य वस्तु तथा सेवाको कारोबार (ग) तत्काल वा अल्पकालीन मुनाफा (ग) पुँजीगत लाभको प्राथमिकता (घ) सदैव बढ्छ वा सदैव घट्छ (ङ) नेप्से परिसूचकका आधारमा कम्पनीको प्रतिफल हुन्छ भन्ने द्विविधाग्रस्त र लगानीको सामान्य सिद्धान्तविपरितको मानसिकताले ग्रसित छन्।

अझ केही समयदेखि नेपालले अर्धपुँजीवादी समाजवादउन्मुख आर्थिक प्रणाली अपनाएको तथ्यलाई बिर्सेर कम्युनिस्ट सरकार सेयर बजारप्रति अनुदार हुन्छ भन्ने मानसिकता पालेर बसेका छन्। जबसम्म लगानीकर्ताहरूको मानसिकतामा परिवर्तन ल्याएर दीर्घकालीन लगानी, कम्पनीका आधारभूत पक्षहरूको विश्लेषण, माग र आपूर्तिको ज्ञानलाई सँगसँगै लाभ सकिन्न, त्यसले ल्याउने भनेको अस्थिरता नै हो। सरकार, नियामक, सरोकारवालाहरूले लगानीकर्ता र कारोबारसम्बन्धी सचेतना जगाउने काम गर्दै मानसिकता र सोचमा परिवर्तन ल्याउनुपर्ने चुनौति पनि सँगै छ।

पक्कै, आर्थिक-राजनीतिक वातावरणमा सुधार, प्रविधिको विकास, माग र आपूर्तिको सम्भावित सन्तुलन र बजार विस्तारसँगै उत्साहित हुनुपर्ने नेपाली पुँजी बजार यस आर्थिक वर्षको शुरुवाति दिनदेखि नै न्यूनविन्दुका दरले घट्नेक्रम रोकिएको छैन। १२ साउनमा नेप्सेको उच्चतम विन्दु १८ सय ८१ कायम भएको दोस्रो वार्षिक मनाउँदै गर्दा बजार परिसूचक करिब ३६ प्रतिशतले घटेर १२ सय वरिपरि घुमिरहेको छ।

बजार कतिसम्म घट्छ ? कहिलेबाट बढ्छ ? कहिलेदेखि किन्ने ? प्राविधिक विश्लेषकहरूले अनुमान गरेजस्तो एक हजार वा नौ सयमा नेप्से पुग्छ कि पुग्दैनजस्ता अनगिन्ती प्रश्नहरूले अहिले पनि लगानीकर्ता र कारोबारीको मस्तिष्कमा डेरा जमाएर बसेकै छन्। अहिले सबैको ध्यान अनलाइन कारोबार प्रणाली र पुँजीगत लाभकरमा अड्किएको छ। सम्भवतः केही समयमा यसमा स्पष्ट हुँदै जानेछ भने लगानीकर्ताहरू कम्पनीहरूको मुनाफा र सम्भावित लाभांशलाई विश्लेषण गर्दै सेयर किन्ने, बेच्ने वा होल्ड गर्ने निर्णयमा पुग्नेछन्।

नेप्सेमा दबदबा कायम गरेका बैंक तथा वित्तीय संस्था र बीमाहरूले उल्लेख्य पुँजीवृद्धिका बावजुद व्यवसायको विस्तार र मुनाफामा तुलनात्मक रूपमा राम्रो गरिरहेको वित्तीय विवरण प्रस्तुत गरेबाट पनि लगानीकर्ताहरू थप आश्वस्त हुने अपेक्षा गर्न सकिन्छ।

नेपाल समय अनलाइनमा २०७५ साउन २७ गते प्रकाशित, https://nepalsamaya.com/news/3145

प्रगतिपथमा राष्ट्रिय स्तरका विकास बैंक

कुनै समय जिल्ला वा क्षेत्रको पहिचानका रूपमा रहेका विकास बैंकहरू मर्जर प्रोत्साहन नीति तथा चुक्तापुँजी वृद्धिको नजितास्वरूप २०७२ असारसम्म ७६ वटा रहेका विकास बैंक एकआपसमा, वाणिज्य बैंकसँग वा वित्तीय संस्थासँग मर्ज वा प्राप्तिमार्फत हाल ३३ वटामा झरेका छन्, जसमध्ये ११ ले राष्ट्रिय स्तरमा, एउटाले १० जिल्लामा, १७ ले ३ जिल्लामा, ४ ले १ जिल्लामा कारोबार गर्ने अनुमति पाएका छन्। यसमध्ये १० वटा राष्ट्रिय स्तरका सहित २१ वटाले तोकिएको चुक्ता पुँजी पुराइसके, ७ वटा पुँजी वृद्धिको प्रक्रियामा, ४ वटाले पुँजी बढाउने थप समय पाएका र एउटा भने रिजोलुसनको प्रक्रियामा रहेका छन् । नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका विकास बैंकको लागि २ अर्ब ५० करोड, १० जिल्लासम्म कारोबार गर्नेका लागि १ अर्ब २० करोड र ३ जिल्लासम्म कारोबार गर्नेका लागि ५० करोड न्यूनतम चुक्ता पुँजी तोकेको छ । यस लेखमा पुँजी वृद्धिपछिको पहिलो आर्थिक वर्षमा राष्ट्रिय स्तरका विकास बैंकहरूको संक्षिप्त समीक्षा गरिएको छ ।
प्रमुख वित्तीय नतिजा
आव ०७४/७५ मा राष्ट्रिय स्तरका विकास बैंकहरूले समग्रमा रु. २७ अर्ब ८६ करोड चुक्ता पुँजी कायम गर्दै २ खर्ब ३७ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन तथा २ खर्ब रुपैयाँ हाराहारी कर्जा तथा सापटी प्रवाह गर्दै करिब ४ अर्ब ६९ करोड रुपैयाँ खुद मुनाफा हासिल गरेका छन् । 
अाव २०७४/७५ काे  वित्तिय स्थिती
तालिकामा क्लिक गरी नतिजा स्पष्ट हेर्नुहाेला ।
वित्तीय विश्लेषण र किनबेचको आधार
प्रत्येक लगानीकर्ता र कारोबारीको विश्लेषण र किनबेचको निर्णय गर्ने आधार (वित्तीय सूचक) र प्राथमिकता फरक हुन्छन् । बैंक तथा वित्तीय संस्थाहरूको सन्दर्भमा नियामकले समेत केही मापदण्ड तोकेको र केही परिसूचकले अन्य सूचकहरूको समेत मोटामोटी प्रतितिनिधित्व गर्ने आधारमा केही मुख्य सूचकहरूको यहाँ चर्चा गरिएको छ :
१. प्रतिसेयर आय (ईपीएस)
कम्पनी सञ्चालन र लगानीको मूल उद्देश्य नै मुनाफा हो । कम्पनीको समग्र खुद मुनाफाका आधारमा प्रत्येक कित्ता सेयरको हिस्सा अर्थात् एक कित्ता सेयरको मुनाफालाई नै प्रतिसेयर आय अर्थात् ईपीएस (अर्निङ पर सेयर) भनिन्छ । यसले कम्पनीको व्यावसायिक र वित्तीय सफलताको मापन गर्दै सम्भावित लाभांशको संकेत गर्नुका साथै दोस्रो बजारमा उक्त कम्पनीको सेयर मूल्यलाई समेत प्रभावित गर्ने ल्याकत राख्छ । आमरूपमा स्विकारिएको यस वित्तीय सूचकांकका आधारमा नै मूल्य–आम्दानी अनुपात, इक्विटीमा प्रतिफल, सम्पत्तिमा प्रतिफल गणना र विश्लेषण गरिन्छ । सामान्यतः कम्पनीको खुद मुनाफामा अग्राधिकार सेयर जारी भएको अवस्थामा सोको लाभांश कटाएर आउने रकमलाई सेयर संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । विकास बैंकहरूले अग्राधिकार सेयर नगरेको हुँदा खुद मुनाफालाई विद्यमान सेयर संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकाल्न सकिन्छ । 

गत आवमा राष्ट्रिय स्तरका विकास बैंकहरूले औसतमा प्रतिसेयर रु. १६.८० आम्दानी गरेको देखिन्छ । सबैभन्दा बढी मुक्तिनाथले रु. २२.२० तथा कम देवले रु. १०.८७ प्रतिसेयर आम्दानी गरेको छ । औसतभन्दा कम कमाउनेमा देव, ज्योति, कामनासेवा, सांग्रिला र ओम रहेका छन् । ईपीएसका आधारमा किनबेचको निर्णय गर्दा विश्वसनीय र बढी ईपीएस भएको, नियमित व्यावसायिक आधारमा मुनाफा आर्जन गर्न सफल र सम्बन्धित क्षेत्रको औसतभन्दा बढी ईपीएस भएको कम्पनीलाई प्राथमिकता दिनु उपयुक्त हुन्छ ।
२. प्रतिसेयर खुद मूल्य (नेटवर्थ)
प्रतिसेयर खुद मूल्य (नेटवर्थ) अर्थात् नेटवर्थले कम्पनीको वित्तीय अवस्था तथा सेयरधनीको खुदसम्पत्तिको अवस्थालाई जनाउँछ । खुद सम्पत्तिलाई कुल सेयर संख्याले भाग गरेर निस्कने नेटवर्थलाई सेयरको किताबी मूल्य पनि भनिन्छ । यसले सेयरधनीले अंकित मूल्यका रूपमा लगानी गरेको रु. १०० वा रु. १० को वास्तविक वित्तीय मूल्य कति छ भन्ने जनाउँछ । कानुनतः अंकित मूल्यभन्दा बढी नेटवर्थ भएको कम्पनीले मात्र मुनाफा बाँड्न पाउँछ र जति बढी नेटवर्थ कम्पनी त्यति नै वित्तीय रूपमा बलियो र राम्रो मानिन्छ । 
गत आवमा राष्ट्रिय स्तरका विकास बैंकहरूको औसत नेटवर्थ रु. १३४.३६, महालक्ष्मीको सबैभन्दा बढी रु. १५४.३० र कम देवको रु. ११८.९९ सहित ज्योति, सांग्रिला, गरिमा, कामनासेवा र ओमको नेटवर्थ औसत भन्दा कम रह्यो ।
३. पुँजीकोषको अवस्था
पुँजीका रूपमा परिचालन हुन सक्ने प्राथमिक पुँजी र पूरक पुँजीसहितको कोष नै पुँजीकोष हो । यसले क) संस्थाको जोखिम वहन क्षमता, ख) व्यवसाय सञ्चालनका लागि पुँजी पर्याप्तता र ग) पुँजी परिचालनको अवस्थालाई जनाउँछ । हुन त कतिपयले धेरै चुक्ता पुँजी र ठूलो पुँजीकोषलाई राम्रो मान्छन्, तर कुनै पनि व्यवसायमा आवश्यकताभन्दा धेरै बढी वा घटी पुँजी हानिकारक मानिन्छ । बैंक तथा वित्तीय संस्थाको हकमा कुल जोखिम भारित सम्पत्तिको आधारमा न्युनतम पुँजीकोष अनुपात वा कार (क्यापिटल एडिक्वेसी रेसियो) न्यूनतम ११ प्रतिशत हाराहारी कायम गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको हुँदा १२ देखि १४ प्रतिशतको पुँजीकोषलाई स्वीकार्य अवस्था र १५ भन्दा माथिलाई अधिक पुँजी मान्न सकिन्छ ।

औसत नै १८.७६ प्रतिशत पुँजीकोष र सबैभन्दा कम नै मुक्तिनाथको १४.२५ र बढी कामनासेवाको २३.६५ रहनुले राष्ट्रिय स्तरका विकास बैंकहरूसँग पर्याप्त पुँजीकोष रहेको र तत्काल थप पुँजी आवश्यक नपर्ने संकेत गर्छ । पुँजीकोषको अवस्थाले कम्पनीलाई थप पुँजी आवश्यक पर्ने वा नपर्ने संकेत गर्ने हुँदा लाभांशका रूपमा बोनस सेयर चाहने लगानीकर्ताले कसिलो पुँजीकोष तथा नगद चाहनेले खुकुलो (बढी) पुँजीकोष भएको कम्पनी छान्नु उपयुक्त हुन्छ ।
४. मूल्य आम्दानी अनुपात (पीई)
कम्पनीको प्रतिसेयर आम्दानीका आधारमा बजारमूल्य वा तिरिने मूल्य कति गुना छ र अहिलेकै दरमा आम्दानी हुँदा साँवा फिर्ता हुन कति समय लाग्छ भन्ने सामान्य जानकारी मूल्य आम्दानी अनुपात अर्थात् पीई (प्राइस अर्निङ रेसियो) ले दिन्छ । यसले कम्पनीप्रति बजारको विश्वास र सोका लागि तिर्न चाहेको प्रिमियमसहितको बजारमूल्य पनि जनाउँछ । बजारमूल्य (खरिदमूल्य) लाई प्रतिसेयर आम्दानीले भाग गरेर पीई निकालिन्छ । त्यसैले प्रत्येक दिन मात्र होइन प्रत्येक कारोबारको पीई फरक हुन सक्छ । पीई अनुपात वा गुना जति कम भयो त्यति राम्रो मानिने हुँदा किन्दा सदैव कम मूल्य र कम पीई कायम गर्ने प्रयास गर्नुपर्छ । आम रूपमा पीई १० गुनासम्म सस्तो, १५ गुनासम्म किन्न उपयुक्त, २० गुनासम्म सामान्य जोखिमयुक्त (थोरै बढी मूल्य) र २० भन्दा बढी हुँदा महँगो वा जोखिमपूर्ण मानिन्छ । तर, कम्पनी र बजारको अवस्था अनुसार कति पीई उपयुक्त भन्ने आफैंले निर्णय गर्नुपर्छ ।

प्रतिसेयर आम्दानीका आधारमा २०७५ साउन २४ गतेको बजारमूल्यका आधारमा राष्ट्रिय स्तरका विकास बैंकहरूको औसत पीई ११.०४ गुना, कम लुम्बिनी र महालक्ष्मीको र बढी मुक्तिनाथको १७.०३ रहेको छ । 

उल्लिखित मुख्य सूचकहरूका अतिरिक्त अतिरिक्त क) इक्विटीमा प्रतिफल (आरओई), ख) खुद ब्याज आम्दानी, ग) ब्याजदर अन्तर (स्प्रेड दर), घ) निष्क्रिय कर्जा, ङ) निक्षेप र कर्जा तथा सापटीको आकार, च) जगेडा कोषको आकार, छ) तरलताको अवस्थाजस्ता सूचकांकहरूको विश्लेषण गर्दै औसत अवस्थासँग तुलना गरिन्छ ।
निचोड
प्रमुख वित्तीय सूचकहरूका आधारमा आव ०७४/७५ मा मुक्तिनाथ निक्षेप र कर्जा तथा सापट, खुद मुनाफा, प्रतिसेयर आय, पुँजीकोषको अवस्थासँगै निष्क्रिय कर्जासमेतमा अब्बल देखिँदै गर्दा पीईका आधारमा केही बढी देखिएको छ भने महालक्ष्मी जगेडा कोष, नेटवर्थ र पीईका आधारमा उत्कृष्ट देखिँदै गर्दा निष्क्रिय कर्जामा सोचनीय देखिन्छ । देव भने जगेडा कोष, निक्षेप, खुद मुनाफा, प्रतिसेयर आय र नेटवर्थमा कमजोर देखिएको छ । लुम्बिनीको पीई सबैभन्दा कम र समग्रमा राम्रै देखिए पनि तोकिएको पुँजी पूरा गर्दाको अवस्थामा आकलन गर्न सकिन्न । कैलाश, गण्डकी, गरिमा, ओम, सांग्रिला, कामना–सेवा, र ज्योति ठीकै देखिएका छन् । यससँगै देवले वेस्टर्न र ज्योतिले हाम्रो विकास बैंक प्राप्तिको प्रक्रियामा रहेको कुरालाई पनि मनन गर्नुपर्छ । समग्रमा वित्तीय र व्यावसायिक रूपमा सक्षम र सबल बन्दै गइरहेका राष्ट्रिय स्तरका विकास बैंकहरूको मुख्य चुनौती उपलब्ध पुँजीकोषको प्रभावकारी परिचालन र वाणिज्य बैंकहरूसँगको प्रतिस्पर्धात्मक क्षमता थप बढाउनु रहनेछ ।

प्रमुख सूचकहरूकाे अाधारमा प्राथमिकता*
इपिएस, नेटवर्थ, पूँजी काेष र पिइकाे अाधारमा गरिएकाे प्राथमिकीकरण सँगै एनपिएल, पूँजी, निक्षेप, कर्जा समेतलाइ हेर्ने अवस्थामा प्राथमिकता फरक हुनेछ । छनाैट गर्दा  महालक्ष्मी र लुम्बिनीकाे एनपिएल उच्च रहेकाे  ध्यान दिनुपर्छ ।

वित्तीय सूचकहरूका अतिरिक्त विगतको अवस्था, व्यवसायको वृद्धि, प्रतिस्पर्धात्मक क्षमता अध्ययन तथा व्यक्तिगत लगानीको उद्देश्य, अवधि, पुँजीको स्रोत, अपेक्षित मुनाफा, जोखिमवहन क्षमताका आधारमा सेयर किनबेचको लिनु उपयुक्त हुनेछ ।

काराेवार दैनिकमा २०७५ साउन २७ गते प्रकाशित लेखकाे तालिका थप परिमार्जित

Sunday, August 5, 2018

The second anniversary of NEPSE index high of 1888; comparative study of 2016 bull & 2018 bear market

It's been two years since NEPSE index hit the all-time high of 1888 on 27th July 2016.
In the last two years, so many things had changed in Nepal and its capital market. The stable government was introduced in the country. Our economy is growing, per capita income has increased and the unemployment rate has decreased.
C-ASBA system has introduced, as a result a reach of the primary market has increased. As of now, more than 10 lakhs investor has a DEMAT account and Investors are much aware of the financial market. These are few achievements of the Nepalese capital market in the last two years. Despite all these development, the market is still bearish.
On the second anniversary of NEPSE index high of 1888, we came with the comparative study of the market of 2016 and 2018.
Let's compare the movement of NEPSE index in 2016 and 2018 respectively.

The chart above shows the NEPSE index movement in the June-September of 2016. NEPSE index had gained more than 400 points in the month of June-July that year.
To get the fair idea of the movement, we have used three Exponential Moving averages of 5 days period (green line), 20 days period (green line) and 180 days period (black line). The important thing that we noticed is 200 days EMA (black) was way below the NEPSE index value which means the long-term trend was bullish. During that time the bullish candle had formed frequently than the bearish one.  NEPSE index was trading above the EMA of 5 days (red) and 20 days (green) and that shows the investors were very positive during that time.
Now we will explore the NEPSE index chart of 2018.

The chart seems exactly opposite to the 2016 chart, the 180 days moving average is far above the NEPSE index value. Both 5 days and 20 days moving average is above the NEPSE value and that shows negativity among the investors.
Let us compare by another chart
The NEPSE index chart of 2016 with the MACD is shown below and we can observe that the MACD (blue line) is positive most of the time and that shows the positive market sentiment among the investors.

The chart below shows the NEPSE index movement in 2018.

The chart expresses that the situation in 2018 is exactly opposite to that of 2016. We can observe that the MACD is negative in most of the position that shows negative market sentiment.
Let check the movement of NEPSE index in the last two years.

Since 2016, the NEPSE index has made lower lows one after another and in the last two years, the NEPSE index has retraced majorly on two occasions once in the March-April 2017 and other in March 2018. During the uptrend the turnover has increased in almost all cases and in a bear market the turnover stands at relatively lower value as we can observe from the above chart.
Let's compare the important statistics of 27th July 2016 and 26th July 2018.
Indicator
2016
2018
Change
NEPSE index high
1888
1197
-36.59%
Index Low
1866.26
1188
-36.34%
Index closed
1881.45
1191.20
-36.68%
Total Turnover
Rs 21.78 arba
Rs 17.98 crore
-91.74%
Average turnover of one week ending the said date
Rs 2 arba
Rs 19 crore
90.5%
Average turnover of the month July
Rs 1.54 arba
Rs 24 crore
84.41%
The average turnover was around Rs 1.5 arba in July 2016 and as of July 2018, the turnover stands at Rs 24 crore. The daily turnover has decreased by more than 80%. Taking this discussion further, we can say that the turnover has decreased by more than Rs 438 arba per year. This humongous capital had to flow back to the stock market for NEPSE to go back to green again. 
In last two years NEPSE index value has decreased by around 36%. Considering the NEPSE index movement of 1590 points from the low of 298 in 2012 to the high of 1888 of 2016, without an any major retracement,the fall of 690 points can be taken normal. As it makes a retracement of around 43% and the retracement upto 60% is considered conventional in stock market.
The matter of concern as of now is the turnover and we hope after the introduction of full fleged online trading system in NEPSE, the range of secondary market will expand to the common people all around  the country and to the all Nepali working abroad. As a result capital flow in the market could increase and we could see daily turnover of few arba.