Saturday, August 22, 2020

काेलाटरल (Collatoral) व्यवस्थापन

ब्राेकरले शेयर काराेवार भन्दा पहिले निश्चित रकम धराैटी (काेलाटरल) मागेकाेमा धेरैले असहज महसुस गरेका छन् । तर उक्त काेलाटरल ब्राेकरहरूले विद्ममान कानुनी प्रावधान अनुसार नै मागेकाे देखिन्छ । धिताेपत्र काराेवार संचालन विनियमावली अनुसार स्टक ब्राेकर (धितापत्र दलाल वा दलाल) ले खरिद अादेश प्राप्त गर्दा नै कम्तिमा २५ प्रतिशत अग्रिम भुक्तानी लिनुपर्ने व्यवस्था बमाेजिम लिमिट (काराेवार सीमा) अनुसार निश्चित रकम ब्राेकरले धराैटी वा काेलाटरल माग्नु स्वभाविक हाे । तर लगानीकर्ताले ब्रोकरलाई विश्वास नगर्दा वा अन्य कारण काेलाटरल राख्न समस्या महसुस गर्ने गरेको पाइन्छ । विगतमा चेक लिन र भुक्तानीका लागि समेत नियमित ब्राेकरमा जाने र भुक्तानीकाे लागि ताकेता गरी रकम लिने अवस्था हुन्थ्याे भने अहिले अनलाइनमा ग्राहक र दलालबीचकाे प्रत्यक्ष र नियमित भेट समेत नहुने अवस्थामा अाफु मार्फत खरिद रकमकाे भुक्तानी सुनिश्चितताका र कानुनपालनाका लागि समेत ब्राेकरले काेलाटरल मागेकाे बुझ्न सकिन्छ ।अझ अनलाइन प्रणालीमा काेलाटरलले नै काराेवार सीमा निर्धारण गर्ने स्वचालित प्रणाली हुँदा कति काेलाटरल अनि ग्राहकलाइ कति गुनासम्म काराेवार सीमा दिने ब्राेकरले ग्राहकलाइ कति बिश्वास गर्नसक्छमा समेत निर्भर रहन्छ । त्यसैले कानुनकाे कम्तिमा २५ प्रतिशतमा टेकेर कतिपय नयाँ वा नियमित सम्पर्क नहुने वा काराेवार नगर्ने ग्राहकलाइ जति रकम धराैटी (काेलाटरल) राखेकाे छ साेही सीमासम्म मात्र पनि काराेवार सीमा दिएकाे बुझिन्छ, जुन कानुनसम्मत नै मान्नुपर्ने हुन्छ



काेलाटरल सामान्यतः ब्राेकरकाे बैंक खातामा नगद वा चेकबाट जम्मा गर्न सकिन्छ । कति जम्मा गर्ने त्याे अाफूले कति काराेवार गर्नेमा निर्भर रहन्छ । अहिले ब्राेकरसँगकाे सम्झाैता बमाेजिम यस्ताे काेलाटरलमा ब्याज समेत प्राप्त गर्नसकिन्छ, तर ध्यान दिनुपर्ने कुरा यसकाे ब्याजदर ताेकिएकाे छैन । यसले ब्याजदरमा असमझदारीकाे सम्भावना पनि रहन्छ । अनि अाफूले ब्याज लिँदा उसलाइ तिर्नुपर्ने रकम केही दिन ढिला हुँदा अाफूले समेत ब्याज तिर्नुपर्ने व्यवहारिक पाटाे पनि रहन्छ । त्यसैले काेलाटरल कति राख्ने र ब्याज पूर्णतः ब्राेकरसँगकाे ग्राहककाे सम्बन्ध र समझदारीमा निर्भर रहन्छ । यसमा कानुन र नियामकीय व्यवस्थासँग व्यवहारिक पाटाे र सम्बन्धहरू पनि जाेडिन्छ ।

हाेइन, म चाहिएकाे समयमा काेलाटरल लाेड गर्छु र किन्छु भन्नेलाइ अनलाइन प्रणालीमा उक्त सुविधा पनि उपलब्ध छ । यसकाे लागि अनलाइन लिँदा नै ब्राेकरसँग साेही अनुरूपकाे समझदारी अावश्यक हुन्छ । कानुनलेः अनलाइन लिँदा धराैटीकाे कुरा नगरे पनि हाल निश्चित धराैटी लिने प्रचलन भने छ । अावश्यक समयमा मात्र अनलाइनबाट काेलाटरल लाेड गर्ने काराेवारीले अनलाइन बैंकिग वा कनेक्ट अाइपिएसकाे सुविधा लिएकाे हुनुपर्छ । यस्ताे सुविधा लिएकाहरूले बिहान वा काराेवार गर्नु पहिले FUND MANAGEMENT मा गएर COLLATERAL MANAGEMENT गइ LOAD COLLATERAL क्लिक गरी BANK वा CONNECT IPS बाट अावश्यक रकम लाेड गर्न सकिन्छ । रकम ब्राेकरकाे खातामा पुगेसँगै दिइएकाे सुविधाका अाधारमा काराेवार लिमिट प्राप्त हुन्छ र साेही रकमकाे सीमासम्म धिताेपत्र खरिद गर्न सकिन्छ । यदि काेलाटरल जम्मासँगै लिमिट परिवर्तन नभएमा ब्राेकरलाइ सम्पर्क गरी लिमिट मिलाउन लगाउनु पर्छ ।

काराेवार लिमिट कति गुना दिने भन्ने दलाल र सम्बन्धित व्यक्तिकाे व्यवहारिक सम्बन्धमा निर्भर रहन्छ । कानुनतः उसले कम्तिमा २५ प्रतिशत लिएर काेलाटरलकाे ४ गुनासम्म काराेवार लिमिट दिने भएता पनि विश्वास र लेनदेन व्यवहारकाे अाधारमा १ गुना, २ गुना वा ४ गुना हुनसक्छ । काेलाटर नगद, चेक वा बिना नगद (ननक्यास) हुनसक्छ । नगद सम्बन्धित ब्राेकरकाे खातामा जम्मा वा टिएमएसबाट ट्रान्सफर वा अाइपिएसबाट पठाउन सकिन्छ । कतिपय ब्राेकरले अप्ठेराे परेकाे अवस्थामा नगदमा परिणत गर्ने शर्तमा खाली चेक लिएर निश्चित काेलाटर दिँदै काराेवार लिमिट दिने गरेकाे पाइन्छ । ग्राहकले किनेकाे सबै रकम ताेकिएकाे समयमा भुक्तानी हुने निश्चिन्त भएकाे अवस्थामा ब्राेकरले ननक्यास काेलाटर पनि दिन सक्छ ।

टिएमएसकाे FUND MANAGEMENT मा गएर काेलाटरल म्यानेजमेन्ट (COLLATERAL MANAGEMENT) काे म्यानेज काेलाटरल (MANAGE COLLATORAL) मा क्यास काेलाटरल (CASH COLLATERAL) काे मल्टिपिकेसन फ्याक्टर (MULTIFICATION FACTOR) मा गएर अाफुलाइ कति गुना काेलाटर दिएकाे छ हेर्नसक्नु हुन्छ । त्यहाँ ४ भए चारगुना १ भए एकगुना हुन्छ ।



नाेटः प्रायः ब्राेकरहरूकाे बैंक खाता GLOBLEIME BANK मा नै भएकाे र GLOBLEIME TMS मा Integrated भएकाे हुँदा ग्लाेवलमा खाता खाेलेका र ब्राेकरमा साेही खाता प्रयाेग गर्नेहरूले भने कनेक्ट अाइपिएस बिना बैंकबाट सहजै काेलाटरल लाेड गर्न सक्छन् । यसकाे लागि अनलाइन/इन्टरनेट बैंकिग सुविधा भने लिएकाे हुनुपर्छ ।

यति भएपछि काेलाटरल रकम र त्यसकाे अाधारमा उपलब्ध लिमिट (काराेवार सीमा) DASH BOARD वा MY INFORMATION मा देखिन्छ । यदि नदेखिएमा ब्राेकरलाइ सम्पर्क गर्नुपर्छ । काेलाटरल लाेड सिस्टमले स्वचालित थाहानपाउने हुँदा ब्राेकरलाइ खबर गरेर लिमिट बढाउन लाउनु पर्ने हुन्छ ।

काेलाटरल ब्राेकर कहाँ राखिराख्ने वा अावश्यकता अनुसार लाेड गर्ने ग्राहककाे स्वेच्छामा भर पर्छ । तर नियमित काराेवार गर्नेले के ध्यान दिनुपर्छ भने कहिलेकाहिँ बैंकिग, अाइपिएस वा प्रविधिमा कुनै समस्या वा ढिलासुस्तिले काेलाटर लाेड हुन ढिलाइ वा हुन नसकेमा अाफूले किन्ने अवसर भने गुमाउनु पर्ने हुनसक्छ ।

यसरी राखिएकाे काेलाटरल अब प्रयाेग गर्दिन वा अावश्यक छैन भन्ने अवस्थामा TMS माफर्त नै FUND MANAGEMENT मा गएर COLLATERAL MANAGEMENT गइ REFUND COLLATERAL क्लिक गरी BANK वा CONNECT IPS बाट अाफूले पाउनेसम्मकाे काेलाटरल फिर्ता माग्न सकिन्छ । रिफण्ड अाफूले राखेकाे सबै वा निश्चित रकम माग्न सकिन्छ र ब्राेकरले हिसाव जाँच गरेर स्वीकृत गरेपछि खातामा रकम प्राप्त हुन्छ । सामान्यतः केहि घण्टा वा अर्काे दिन रिफण्ड प्राप्त हुन्छ, नभएमा ब्राेकरसँग बुझ्नु उपयुक्त हुन्छ ।



काराेवार भएकाे अवस्थामा कुल तिर्नुपर्ने रकम काेलाटरल वा बैंक वा कनेक्ट अाइपिएसबाट तिर्न सकिन्छ । सामान्यतः कोलाटर क्यास र ननक्यास समेत हुने र नियमित कारोवारमा आवश्यक परिरहने हुँदा भुक्तानीको लागि ‘कोलाटर’को विकल्प नअपनाउँदा राम्रो । ‘कोलाटरल’बाट भुक्तानीमा प्रणालीले स्वतः भुक्तानी नजनाउने हुँदा ब्रोकरबाट भुक्तानी मिलान गराउनुपर्छ, जसले भुक्तानी अन्यौलता र समयमा धितोपत्र नआउने जोखिम रहन्छ ।

यदि टिएमएस बाहिरबाट काेलाटरल लाेड गर्नु हुन्छ भने सम्बन्धित ब्रोकरको बैंक, खाताको नाम र नम्बर लिएर रकम जम्मा गर्न पनि सकिन्छ । यस्ताे गर्दा दलाललाइ सम्पर्क गरेर काेलाटरल र लिमिट समायाेजन गराउनुपर्ने हुन्छ । यसले थप समय, लागत र मेहनत लाग्नेछ । यसमा कुनै समस्या भएमा सम्बन्धित ब्राेकरलाइ फाेन वा इमेल गरेर जानकारी गराउनु पर्छ ।

Revised/updated 31 May 2021, 12.23 NST

Sunday, August 16, 2020

म्युचुअल फन्डहरूको अवस्था र लगानी निर्णय

धितोपत्र बजारमा चासो रहेका, केही लगानी गर्न र जोखिम लिन सक्ने तर जोखिम विश्लेषण र व्यवस्थापन गर्दै प्रतिफल आर्जन गर्न असमर्थ निष्क्रिय लगानीकर्ताहरूको रकम व्यावसायिक व्यवस्थापकहरूद्वारा सामूहिक लगानी र जोखिम व्यवस्थापन गर्दै मुनाफा आर्जन र लगानीका आधारमा जोखिम र मुनाफा बाँडफाँड नै सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरूको सिद्धान्त हो । न्यून आय भएकाहरूले समेत धितोपत्र बजारको लाभ लिन सकून् भनेर नै प्रतिएकाइ अंकित मूल्य रु. १० मात्र राखिएको छ । यस्तै सामूहिक लगानी कोष नियमावली, २०६७ अनुसार निष्कासन, सञ्चालन र नियमन हुने यस्ता कोषहरूलाई सूचीकृत कम्पनीले निष्कासन गर्ने धितोपत्रको ५ प्रतिशत आरक्षणका साथै कर छुटको व्यवस्था छ ।

संगठित संस्थाले प्रवद्र्धन गर्ने म्युचुअल फन्डहरूको प्रभावकारी र व्यावसायिक व्यवस्थापनका लागि योजना व्यवस्थापक, डिपोजिटरी र सुपरिवेक्षक हुन्छन् । संशोधित नियमावलीको नियम २३ अनुसार खुद सम्पत्ति मूल्य (नेट एसेट्स भ्यालु— न्याभ) को आधारमा क) योजना व्यवस्थापकले वार्षिक बढीमा १.५ प्रतिशत; ख) सुरपरिवेक्षकले बढीमा ०.२ प्रतिशत र ग) डिपोजिटरीले बढीमा ०.२ प्रतिशत वार्षिक सेवा शुल्क वा दस्तुर लिन सक्नेछ । समग्र धितोपत्र बजारको अवस्थामा निर्भर रहने कोषहरूको अवस्था आव ७६-७७ मा भने केही सुधार देखिए पनि अपेक्षित व्यावसायिक नतिजा भने हासिल हुन सकेको छैन ।

फन्डहरू क) निश्चित अवधि सञ्चालन भएर बन्द गरिने ‘बन्दमुखी’ र ख) निरन्तर सञ्चालनमा रहने ‘खुलामुखी’ हुन्छन् । हाल बजारमा बन्दमुखी सात वर्षे क) एनआईबीएल समृद्धि फन्ड–१ (एनआईबिएसएफ–१), ख) ग्लोबल आईएमई सम्मुन्नत स्कीम–१ (जीआईएमइएस–१), ग) एनएमबी हाइब्रिड फन्ड–१ (एनएमबीएचएफ–१), घ) नबिल इक्विटी फन्ड (एनइएफ), ङ) एनआइबीएल प्रगति फन्ड (एनआईबीएलपीएफ), च) लक्ष्मी इक्विटी फन्ड (एलईएमएफ), छ) सानिमा इक्विटी फन्ड (एसएईएफ), ज) सिटिजन्स म्युचुअल फन्ड–१ (सीएमएफ–१), झ) एनआईसी ग्रोथ फन्ड (एनआईसीजिएफ), ञ) सिटिजन्स म्युचुअल फन्ड–२ (सिएमएफ–२), र ट) एनएमबी ५० समेत ११ योजना सञ्चालनमा छन् । यस्तै क) सिद्धार्थ इक्विटी फन्ड (एसईएफ), ख) नविल ब्यालेन्स फन्ड–२ (एनबीएफ–२), ग) सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ (एसआईजीएस—२), घ) एनआईसी ब्यालेन्स फन्ड (एनआईसीबीएफ), ङ) सनराइज फस्ट म्युचुअल फन्ड (एसएफएमएफ) समेत दसवर्षे पाँच योजना संचालनमा छन् भने दसवर्षे लक्ष्मी उन्नति कोष पनि निष्कासन भइसकेको छ । खुलामुखीतर्फ एनआईबीएल सहभागिता फन्ड (एनआईबीएलएसएफ) मात्र सञ्चालनमा रहेको छ ।

असार मसान्तको अवस्था

आव ७६-७७ मा एसईओएस, एनएमबीएसएफ–१ र एलभीएफ–१ को अवधि सकिएर बन्द भएसँगै पाँचवर्षे योजनाहरू सकिएका छन् । उक्त आ.व.मा नेपाल धितोपत्र बोर्डले एसएफएमएफ र लक्ष्मी उन्नति कोष सञ्चालनको स्वीकृति दियो भने एनएमबी–५०, एसआईजीएस–२, एनआईसीबीएफ र एसएफएमएफ सञ्चालनमा आए । सञ्चालनमा रहेका कोषहरूको अवस्था तालिकामा दिइएको छ ।

तालिकाः म्युचुअल फण्डहरूकाे अवस्था, न्याभ, लाभांस

सि.नं.

फण्ड

आकार
(रु. करोड)

असार मसान्त न्याभ

७६/७७ कुल आय

लाभांस (%)

२०७७//२९ को बजारमूल्य

न्याभ र बजारमूल्यमा छुट/(प्रिमियम)

२०७६

२०७७

रकम
(रु करोड)

(%)

७५/७६

७६/७७

एनआइबिएसएफ–१

NIBSF1

१००

१०.६९

११.६०

१५.५७

१५.५७

६.५

१२.०

१०.२९

११.२९

जिआईएमइएस–१

GIMES1

१००

८.९२

१०.४१

–२.५१

–२.५१

४.०

८.८०

१५.४७

एनएमबीएचएफ–१

NMBHF1

१००

११.०१

११.४८

१४.६७

१४.६७

१०

८.०

१०.०

१२.८९

एनइएफ

NEF

१२५

९.०२

१०.६६

२०.५०

१६.४०

६.०

८.९२

१६.३२

एनआइबिएलपिएफ

NIBLPF

७५

८.२८

९.८६

११.८३

१५.७९

अघोषित

८.३०

१५.८२

एलईएमएफ

LEMF

१२५

९.१०

१०.४२

–३.४२

–२.७४

४.२५

८.६७

१६.७९

एसएईएफ

SAEF

१३०

११.०३

११.३९

१७.६५

१३.५८

१०.०

७.०

१०.००

१२.२०

सिएमएफ–१

CMF1

८२

११.३५

११.६८

७.७३

९.४३

७.०

१५.०

१०.०५

१३.९

एनआईसीजिएफ

NICGF

८३.५२

११.१८

११.७५

१४.५१

१७.३८

१०

१२

१०.२८

१२.६८

१०

सिएमएफ–२

CMF2

५६

९.९२

११.०९

६.४८

११.५८

१०.०

११

एनएमबी ५०

NMB50

१२५

१०.९०

११.२७

९.०२

५.०

९.३१

१४.५९

१२

एसईएफ

SEF

१५०

११.२४

११.१७

१५.३४

१०.३२

११

७.५०

९.६२

१३.८८

१३

एनबिएफ–२

NBF2

११२

१०.०४

११.०९

११.८०

१०.५४

९.०

९.४१

१५.१५

१४

एसआइजिएस—२

SIGS2

१२०

११.०८

१२.९३

१०.७८

५.०

१५

एनआईसीबिएफ

NICBF

७५.५०

११.०८

८.१२

१०.८३

८.०

९.६४

१३.००

१६

एसएफएमएफ

SFMF

८६

१०.९४

८.१०

९.४३

७.०

९.१०

१६.८२

नाेटः प्रकाशित लेखमा २०७७ असाेज १८ गते परिमार्जित
आय, न्याभ र लाभांश

बन्दमुखी १६ फन्डहरूले संकलन गरेको १६.४५ अर्बमध्ये मुद्दतीबाहेक ४.७६ अर्ब रुपैयाँ बैंक मौज्दात राखेर पनि ७६-७७ मा कुल १.७० अर्ब कमाएका छन् । उक्त अवधिमा १४ फन्डले नाफा कमाउँदा जीआईएमईएस–१ र एलईएमएफ भने घाटामा गए । आव ७५-७६ सम्म पाँच फन्डहरूको ऋणात्मक रहेको न्याभ ७६-७७ मा धनात्मक हुँदा पनि एनआइबीएलपीएफको भने रु. ९.८६ सहित ऋणात्मक नै रह्यो । सरसर्ती हेर्दा ७६-७७ मा म्युचुअल फन्डहरूले औसतमा १०.३७ प्रतिशतको आय गरी औसत न्याभ रु. ११.०४ कायम गर्न सफल भए ।

आव ७६-७७ मुनाफाबाट हालसम्म एनआईबीएसएफ–१, एनआईसीजीएफ, एनआईसीबीएफ, एसईएफ र एसआईजीएस–२ ले मात्र लाभांश घोषणा गरेका छन् । न्याभलाई हेर्दा केहीले लाभांश दिने क्षमता देखिन्छ । खुलामुखी एनआईबीएलएसएफले ८.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

लगानी र कारोबार

अप्रत्यक्ष लगानी गर्नेहरू मात्र प्रत्यक्ष सेयर र ऋणपत्रजस्ता धितोपत्रहरूमा प्रत्यक्ष लगानी र कारोबार गर्नेहरूका लागिसमेत म्युचुअल फन्ड वैकल्पिक र लगानी विविधीकरणको माध्यम मानिन्छ । एकाइहरू सार्वजनिक निष्कासन हुँदा र बजारबाट समेत एकाइहरू किनेर लगानी गर्न सकिन्छ । बजारमा उपलब्ध १६ फन्डहरूमध्ये कारोबारमा नआएका सीएमएफ–२ र एसआईजीएस–२ बाहेक अरूको न्याभलाई हेर्दा ११.२९ देखि १६.८२ प्रतिशत छुटमा किनबेच भइरहेको छ । कारोबार भइरहेका मध्ये १० फन्डको बजार मूल्य न्याभ मात्र होइन, अंकित मूल्य रु. १० भन्दा कम छ । बजारमा धितोपत्रको मूल्यका आधारमा परिवर्तन हुने न्याभलाई राम्ररी पछ्याउन सके अंकित मूल्यभन्दा कम र छुटमा किनेर राम्रो लाभांशका साथै मूल्यान्तरले सिर्जना गर्ने पुँजीगत लाभ पनि लिन सकिन्छ । (थप जानकारीका लागि धिताेपत्र व्यवसायी नियमावली, २०६४, अनुसूची १४, तथा धिताेपत्र काराेवार संचालन विनियमावली, २०७५ हेर्नुस) ।

खुल्ला फण्डकाे काराेवार फण्ड म्यानेजरले गरेकाे व्यवस्था बमाेजिम हुन्छ । यसमा उक्त दिनकाे न्याभमा डिपी फी २५ लाग्नेछ । थप जानकारीका लागि एनअाइविएल क्यापिटलकाे वेबसाइट https://niblcapital.com/mutual-fund/nav-nibl-sahabhagita-fund/ तथा https://niblcapital.com/buy-calculator/ मा हेराैं । 

जुनसुकै नामबाट सञ्चालित फन्डहरूले पनि निश्चित प्रतिशत रकम सेयर र म्युचुअल फन्डजस्ता धितोपत्रका साथै निश्चित आय उपकरणहरू मुद्दती निक्षेप र ऋणपत्रहरूमा समेत लगानी गर्ने हुँदा यिनीहरूको सम्पत्ति बजारमा धितोपत्रको मूल्य र ब्याजमा निर्भर रहन्छ । फन्डहरूले धितोपत्र बजारको मूल्यगत उतारचढावका आधारमा कारोबार गर्दै मुनाफा प्राप्त (प्रफिट बुक) गर्नुका साथै निश्चित आय उपकरणहरू मुद्दती निक्षेप र ऋणपत्रहरूमा समेत निश्चित प्रतिशत रकम लगानी गर्दै उच्चतम आय हासिल गर्ने प्रयास गरिरहेका हुन्छन् । यसको साथै आरक्षण र कर छुटका कारण उनीहरूको तुलनात्मक प्रतिस्पर्धात्मक क्षमता व्यक्तिगत लगानीकर्ताहरूको भन्दा बढी हुन्छ । तर, बजारमा फन्डहरूको विद्यमान अवस्था हेर्दा अपेक्षित लाभ हासिल गर्न नसकेकोमा भने चर्को आलोचना भइरहेको छ ।

नयाँ मात्र होइन, विगत कैयौं वर्षदेखि सञ्चालनमा रहेका फन्डहरूले समेत विवरणपत्रअनुसार मात्र होइन, न्यायोचित लाभांशसमेत दिन नसक्नु र न्याभमा समेत उल्लेख्य सुधार नहुनुले योजना व्यवस्थापकहरूसँगै सुपरिवेक्षकहरूको क्षमता र भूमिकामा समेत प्रश्न उब्जेको छ । खुद सम्पत्तिका आधारमा निश्चित सेवा शुल्कले अल्छी योजना व्यवस्थापकहरूलाई सक्रिय बनाउन पनि आरक्षण हटाउनुपर्ने र सेवाशुल्कलाई प्रतिफलसँग जोडिनुपर्ने आवाज उठेको छ ।

त्यसैले प्रत्यक्ष लगानी र जोखिम व्यवस्थापन गर्न सक्नेहरूले म्युचुअल फन्डलाई वैकल्पिक लगानी उपकरणका रूपमा सहजै स्वीकार गरेको देखिन्न । म्युचुअल फन्डमा लगानी गर्ने वा नगर्ने निर्णय गर्दै गर्दा क) आफ्नो लगानी व्यवस्थापन र जोखिम लिने क्षमता, तथा ख) अपेक्षित प्रतिफललाई विचार गर्नुपर्छ । फन्डहरूको लाभांश र मुनाफासँगै जोखिम पनि समग्र धितोपत्र बजारमा निर्भर रहन्छ । यसले मुनाफा हुँदा वार्षिक नगद लाभांश र समय समाप्ति पछि उपलब्ध खुद सम्पत्ति बिक्री गरी रकम दामासाहीले रकम एकाइ धनीलाई फिर्ता गर्छ । म्युचुअल फन्डमार्फत नै लगानी गर्दा क) योजना व्यवस्थापकको पृष्ठभूमि र प्रतिफलको अवस्था, ख) विवरणपत्र र ग) विगतका फन्डहरूमा प्रतिफल अध्ययन गर्नुपर्छ ।

जहाँसम्म लगानी र जोखिमको ज्ञान नभएका तर सेयरमा थोरैथोरै भए पनि लगानी गरौं भन्ने साना लगानीकर्ताहरूका लागि भने केही कम प्रतिफल भए तापनि म्युचुअल फन्डहरू उपयुक्त हुन सक्छन् । यसको विपरीत सेयरबजारको जोखिम लिन नचाहने र नियमित निश्चत प्रतिफल चाहने व्यक्तिहरूका लागि भने बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेप वा ऋणपत्रहरू बढी सुरक्षित र उपयुक्त हुन सक्छ ।

कारोवार शुल्क तथा कमिसन
कारोवार रकम (रु)
कमिसन (%)
,००,००० सम्म
०.३% (न्यूनतम रु. २५)
,००,००१ देखि ५०,००,००० सम्म
०.२५%
५०,००,००,००१ देखि
०.२%
सेबोन
०.०१%
डिपी (प्रति धितोपत्र प्रति दिन)
रु. २५

काराेवार दैनिकमा २०७७ साउन ३२ गते प्रकाशित, https://www.karobardaily.com/news/idea/34982
Last update: 17 Sept 2020, 02.56 pm