Sunday, November 22, 2020

सूचीकृत कम्पनीहरू र लगानीमा ध्यान दिनुपर्ने पक्ष

अर्थतन्त्रमा कोभिडको नकारात्मक प्रभावका बाबजुद नेपाली धितोपत्र बजारको परिसूचक र कारोबार बढ्दो छ । बढ्दो बजारमा लगानीकर्ता वा कारोबारीलाई वित्तीय विवरण, व्यावसायिक अवस्था, मुनाफा, लाभांश क्षमताजस्ता लगानीका आधारभूत कुरासँगै कम्पनी, विगत र वर्तमानसमेत मतलब नगरी केवल तत्कालीन मूल्य, मूल्यवृद्धि र पुँजीगत लाभलाई प्राथमिकता दिएको देखिन्छ । तर, लगानीकर्ताहरूले क्षणिक लाभभन्दा कम्पनीको व्यावसायिक चरित्र र लगानीका आधारभूत तथ्य केलाएर गरिने लगानी निर्णय लाभदायी मानिन्छ ।

समग्र पक्षहरू

लगानी भन्नेबित्तिकै कम्पनी, लाभांश, प्रतिफल र जोखिम जोडिएर आउँछ भने त्यसको मुख्य आधार व्यावसायिक अवस्था, वार्षिक वृद्धिदर (ग्रोथ रेट), मुनाफा, प्रतिसेयर आय (ईपीएस), सेयरको किताबी मूल्य (नेटवर्थ), मूल्य–आम्दानी अनुपात (पीई) जस्ता केही तथ्यांकीय आधारसँगै प्रवद्र्धक, सञ्चालक, व्यवस्थापन, विगत र लाभांश अवस्था तथा नीतिलाई लगानी निर्णयको आधार मानिन्छ । दीर्घकालीन लगानीमा कम्पनीको संस्थागत सुशासन, भावी रणनीति तथा योजना, प्रतिस्पर्धी क्षमता तथा बजारको अवस्था, नीतिनियमसँगै आर्थिक परिदृश्यसमेतलाई ध्यान दिनुपर्छ । यससँगै जोखिमवहन क्षमता, लगानीको स्रोत, नगद वा सेयर लाभांशको प्राथमिकता हेर्दै लागत र लाभको व्यवस्थापन तथा मूल्य अनुमानका लागि ग्राहम भ्यालुजस्ता विधिको सहयोग लिन सकिन्छ ।

बैंक तथा वित्त समूह

नेपाली धितोपत्र बजारको आधाभन्दा बढी हिस्सा ओगट्ने बैंक तथा वित्तीय संस्थाहरूमध्ये अहिले २६ वाणिज्य बैंक, १५ विकास बैंक, १६ वित्त र ४२ लघु वित्तका सेयर नेप्सेमा कारोबारमा छन् । सूचीकृतमध्येपनि कतिपय विकास बैंक, वित्त र लघुवित्तहरू मर्ज तथा प्राप्तिको प्रक्रियामा रहँदा कारोबारयोग्य कम्पनीहरू घटिरहेका छन् । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमन, नियामकीय नियन्त्रण र निर्देशनमा सञ्चालन हुने बैंक तथा वित्तीय संस्थाहरू हाल क) वाणिज्य बैंक, ख) विकास बैंक, ग) वित्त र घ) लघु वित्त गरी चार उपसमूहमा कारोबार तथा सूचीकृत छन् । यस समूहका कम्पनीले पैसाको कारोबार गर्दै मुख्यतः ब्याज, कमिसन तथा शुल्कबाट मुनाफा आर्जन गर्छन् । लगानी निर्णय गर्दा ईपीएस, नेटवर्थ, पीईसँगै पुँजी, पुँजी कोष वा पुँजी पर्याप्तता, लाभांश क्षमता जनाउने वितरणयोग्य मुनाफा, सञ्चित मुनाफा र साधारण जगेडा कोषमा ध्यान दिनुपर्छ । सबै सूचक सकारात्मक हुँदा पनि सञ्चित मुनाफा नकारात्मक भए लाभांश रोकिन्छ भने ब्याज अन्तर (स्प्रेड), सीसीडी (पुँजी–निक्षेप र कर्जा अनुपात), पुँजीकोष अनुपात (क्यापिटल एडिक्वेसी) र निष्क्रिय कर्जा (एनपीएल) तोकिएबमोजिम नभए नियामकले कारबाही गर्न सक्छ । यसबाहेक निक्षेप–कर्जा अनि समग्र व्यावसायिक र मुनाफाको वार्षिक वृद्धिदर, खुद ब्याज आय, कोषको लागत, आधार दरजस्ता सूचकहरूको तुलनात्मक अवस्थासँगै खुद मुनाफा र वितरणयोग्य मुनाफाको शुद्धता, सम्भावित कर्जा नोक्सानीका लागि पर्याप्त रकमको व्यवस्था (इम्पेरिमेन्ट-प्रोभिजन), डिबेन्चर रिडेम्पसन र नियामकीय कोषहरूमा पर्याप्त रकमको व्यवस्थामा ध्यान दिनुपर्छ ।
ईपीएस अाधारभूत विश्लेषणकाे मेरूदण्ड हाे, त्यसैले ईपीएस कतिसँग त्यसकाे शुद्धता, नियमितता (विगत, हाल र भविष्यकाे सम्भावित) हेर्नपर्छ । एकपटक कुनै लगानी वा सम्पत्ति बेचेर अाएकाे ईपीएसकाे भरमा कम्पनीमा लगानी निर्णय घातक हुनसक्छ । मुनाफा हेर्दा पनि कुन हेर्ने ? https://dilipmuna.blogspot.com/2018/12/blog-post.html पढ्नुस् । इपिएससम्बन्धी थप टिप्पणी प्रति शेयर आम्दानी अन्यौलता (dilipmuna.blogspot.com) मा पढ्नुस् । 

बिमा समूह

हाल ८ (हाल ११) कम्पनी जीवन बिमा उपसमूह तथा १८ कम्पनी निर्जीविन उपसमूहमा सूचीकृत र कारोबारमा छन् । बिमा समितिको प्रत्यक्ष नियमन, नियामकीय नियन्त्रण र सञ्चालन निर्देशनमा सञ्चालन हुने बिमा कम्पनीहरूको मुख्य आय खुद प्रिमियम र लगानीमा प्रतिफल हो । यसरी आर्जित सबै रकम भने सेयरधनीको हुन्न, त्यसबाट निर्जीवन कम्पनीले बिमा र महाविपत्ति कोष तथा जीवन बिमा कम्पनीले जीवन बिमा र महाविपत्ति कोषमा रकम छुट्ट्याउनुपर्नेछ । आयबाट रकमान्तर र सेयरधनीका लागि उपलब्ध रकमको निर्धारण बिमांकीय मूल्यांकन (एक्चुअरी भ्यालुअसन) बाट मात्र निर्धारित हुन्छ । त्यसैले बिमा कम्पनीका प्रकाशित वित्तीय विवरणको मुनाफा र ईपीएस केवल अन्तिरिम हुने मान्यता राखिन्छ । वित्तीय विवरण अध्ययन र लगानी निर्णय गर्दा ईपीएस, नेटवर्थ, पीईसँगै जारी र नवीकरण भएको बिमा लेख, खुद प्रिमियम, बिमा कोषहरूको अवस्था, भुक्तानी गर्न बाँकी दाबीसमेतमा ध्यान दिनुपर्छ । अझ जीवन बिमा कम्पनीहरूको देखिने ईपीएसभन्दा बिमांकीयपछिको वितरणयोग्य आय निकै फरक हुने हुँदा जीवन बिमा कोषको आकार, दीर्घकालीन लगानी, बिमा लेख धितो कर्जासमेत हेर्नुपर्छ ।

जलविद्युत् समूह

यस समूहमा हाल ३६ (हाल ४०) कम्पनी कारोबारमा छन् भने नयाँ कम्पनी थपिने क्रम जारी छ । यी कम्पनीको प्रत्यक्ष नियमनका लागि हालै विद्युत् नियमन आयोग स्थापना भएको छ । जलविद्युत् कम्पनीले उत्पादन र बिक्री पूर्वनिर्धारित सम्झौता र दरमा हुने हुँदा अन्य उद्योग–व्यवसायमा जस्तो ग्राहक खोज्नु र मूल्यको मोलमोलाइ गर्नु पर्दैन । त्यसैले कम्पनीको सुनिश्चित आय र कम व्यावसायिक जोखिमपूर्ण मानिन्छन् । लगानी निर्णय गर्दै गर्दा ईपीएस, नेटवर्थ, पीईजस्ता आधारभूत कुराहरूसँगै वार्षिक ऊर्जा उत्पादन र बिक्री, बिक्री र मूल्य वृद्धिदर, उत्पादन लागत, ग्रिड कनेक्सन, सञ्चालन खर्च अनि निर्माणाधीन आयोजनाबाट उत्पादन र व्यावसायिक सञ्चालन मिति र वास्तविक लागतसँगै कम्पनीले सञ्चालन तथा स्वामित्वका विद्यमान विद्युत् आयोजनाहरूको लाइसेन्स अवधि, कर छुटको अवधि, प्रवद्र्धकहरूको प्रतिष्ठासमेतमा ध्यान दिनुपर्छ । मुख्य कच्चा पदार्थ खोलाको पानी, विद्युत् खरिद–बिक्री सम्झौता र सरकारको नीतिले कम्पनीहरूको आय नियन्त्रित र प्रभावित हुँदा थप आयोजना बनाउने अवस्थामा बाहेक पुँजीको आकार र आम्दानीसमेत सीमितसँगै सम्झौताअनुसार आयोजना हस्तान्तरण पछि कम्पनीको आय पनि अनिश्चित छ ।

सामान्यतः कम्पनीले अर्काे अायाेजना बनाउने अवस्थामा बाहेक थप पुँजी अावश्यक हुँदैन् । तर नेपाली लगानीकर्ता र संचालकहरूकाे बाेनस शेयरमाेहले गर्दा नाफा पूँजीकृत गर्न बाेनस बाँड्दै जाने प्रचलनले इपिएस र नेटवर्टमा नकारात्मक प्रभाव पर्छ । बाेनसकाे बाेझल कसरी कम्पनी थिचिन्छन् याे पुरानाे बोनस सेयरको बोझले थिचिएको बजार (dilipmuna.blogspot.com) लेखबाट बुझ्न सकिन्छ । जलविदुत जस्ता निश्चत अाय र थप अाम्दानीकाे न्यून अवसर हुने क्षेत्रमा बाेनस वा हकप्रदबाट पूँजी थप्नु भनेकाे केवल शेयर संख्या थप्दै अापूर्ति बढाउनु र इपिएस तथा नेटवर्थ घटाउनु मात्र हाे । 

व्यापार समूह

साल्ट ट्रेडिङ र विशाल बजार कम्पनीसहित केवल दुई कम्पनीको कारोबार हुने व्यापारिक समूह निकै कम सेयर आपूर्ति भएको समूह पनि हो । प्रत्यक्ष नियामक नभएका सरकारको संलग्नतासँगै विभिन्न कानुनी झमेलामा रहेका र नियमित वित्तीय विवरणसमेत प्रकाशित नगरेका यी कम्पनीहरूको वित्तीय अवस्था समेत थाहा नहुने अवस्थामा लगानीमा निकै सतर्क हुनुपर्ने देखिन्छ ।

उत्पादन तथा प्रशोधन समूह

अर्थतन्त्रको मुख्य आधार मानिने उत्पादन तथा प्रशोधन क्षेत्रका केवल ७ कम्पनी मात्र नेप्सेमा कारोबार भइरहेका छन् । हालै श्रीराम सुगर मिल्सको कारोबार रोकिएको अवस्थामा बोटलर्स नेपाल–बालाजु, बोटलर्स नेपाल–तराई, नेपाल ल्युब, युनिलिभर, हिमालयन डिस्टिलरी र शिवम् सिमेन्टमात्र लगानी तथा कारोबारका लागि उपलब्ध छन् । व्यावसायिक मुनाफासँगै सेयर माग र आपूर्तिमा असन्तुलनले बजारमा मूल्य प्रभावित हुने यस समूहका कम्पनीहरूमा लगानी गर्दा ईपीएस, पीई, नेटवर्थसँगै व्यावसायिक उत्पादनको माग र आपूर्तिको अवस्था अनि सञ्चालक र मुख्य सेयरधनीहरूलाई विशेष ध्यान दिनुपर्छ ।

होटल र पर्यटन

यस समूहमा तारागाउँ, ओरियन्टल र सोल्टीसमेत केवल तीन कम्पनी मात्र कारोबारमा छन् । आतिथ्य सत्कारबाट आयआर्जन गर्ने तीनै पाँचतारे होटलहरू हाल कोभिडको अति प्रभावित छन्, तर पर्यटकीय र आतिथ्यका लागि चर्चित नेपालमा होटलहरूको व्यवसायको सम्भावना र चुनौती उत्तिकै रहन्छ । लगानी निर्णय गर्दा ईपीएस, नेटवर्थ, पीईसँगै होटलको विगतको व्यापार, मुनाफा र सम्भावना अनि सोल्टिको अंकित मूल्य रु. १० मात्र रहेकोमा ध्यान दिनुपर्छ ।

विगतकाे हाेटल समूह परिवर्तन गरी हाेटल तथा पर्यटन बनाइएकाे छ र हाल यस समूहमा चन्द्रागिरी हिल्स सहित ४ कम्पनी काराेवारमा छन् । याे क्षेत्र काेभिडले सबैभन्दा बढि प्रभावित र तत्काल पुनःउत्थान हुननसक्ने दावि गरिएकाे छ । त्यसैले तत्काल लगानीमा थप चनाखाे हुनुपर्छ ।

लगानी

अन्य समूहका लगानी र हाेल्डिङ प्रकृतिका हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, नागरिक लगानी कोषसँगै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टलाइ ल्याएर नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिइडिबी हाइड्राेपावर डेभलपमेन्ट गरी ५ कम्पनी सूचीकृत लगानी समूहले बजार पूँजीकरणमा ठूलाे हिस्सा अाेगट्छ ।विभिन्न क्षेत्रमा लगानी तथा कारोबार गरी मुनाफा आर्जन गर्ने यी कम्पनीहरूमा सरकारको समेत राम्रै लगानी रहेको अवस्थामा लगानी गर्दा ईपीएस, नेटवर्थ, पीईसँगै सरकारको नीति, व्यावसायिक अवस्थामा समेत ध्यान दिनुपर्छ ।

अन्य

यस समूहका ३ कम्पनी लगानी समूहमा सारिएसँगै थोरै कम्पनी तर बजार पुँजीकरणमा ठूलो हिस्सा ओगट्ने नेपाल दूरसञ्चार (टेलिकम) र नेपाल पुनर्बिमा गरी २ कम्पनीको कारोबार हुने यस समूहले धितोपत्र बजारलाई निकै प्रभावित गर्छ । विभिन्न क्षेत्रमा लगानी तथा कारोबार गरी मुनाफा आर्जन गर्ने यी कम्पनीहरूमा सरकारको समेत राम्रै लगानी रहेको अवस्थामा लगानी गर्दा ईपीएस, नेटवर्थ, पीईसँगै सरकारको नीति, व्यावसायिक अवस्थामा समेत ध्यान दिनुपर्छ ।

उल्लिखितबाहेक १५ म्युचुअल फन्ड कारोबारमा छन् । म्युचुअल फन्डमा लगानी गर्दा मूलतः खुद सम्पत्ति मूल्य (न्याभ) का आधारमा डिस्काउन्ट (छुट) वा प्रिमियमसँगै बजारको अवस्था, फन्ड व्यवस्थापक, विगतको लाभांशलाई ध्यान दिनुपर्छ । यस्तै केही डिबेन्चरहरूसमेत कारोबारमा आएका छन् । डिबेन्चरमा लगानी गर्दा ब्याजदर भुक्तानी अवधी (कुपन रेट), हालैको र आगामी ब्याज भुक्तान हुने समय अनि बजार मूल्यलाई ध्यान दिनुपर्छ ।

यसरी नेप्सेमा हाल (संसाेधित तथा थप समेत) विभिन्न धितोपत्रहरू १) बैंकिङ, २) विकास बैंक, ३) फाइनान्स, ४) माइक्रोफाइनान्स, ५) निर्जीवन बिमा, ६) जीवन बिमा, ७) जलविद्युत्, ८) होटल र पर्यटन, ९) उत्पादन तथा प्रशोधन, १०) व्यापार, ११) लगानी, १२) अन्य र १२३) म्युचुअल फन्ड उपसमूहगत कारोबारमा छन् । लाभांश कम्पनीको मुनाफाले निर्धारण गर्दा पुँजीगत लाभ र मूल्यगत जोखिम कारोबार मूल्यले निर्धारण गर्छ । हुन त कारोबार र मूल्यान्तरको नियमन सेवोनले गर्ने भए पनि प्रत्यक्ष र दरिलो नियमन नहुने कम्पनीका सेयरमा स्वार्थगत मूल्यान्तरको खेलबाट हुने मूल्यगत जोखिमप्रति लगानीकर्ता चनाखो हुनैपर्छ । बैंकिङमा पूर्वाधार बैंकबाहेक नयाँ कम्पनीकोे सेयर आपूर्ति सिर्जित जोखिम कम भए पनि बोनस सिर्जित आपूर्ति र मूल्यगत प्रभाव उल्लेख्य हुन सक्छ । बिमामा थप जीवन बिमा कम्पनीका सेयर आपूर्तिले मूल्य र बजारमा प्रभाव अनिश्चित छ । थप कम्पनी सूचीकरणमा नआए उत्पादन तथा प्रशोधन र व्यापार समूहका कम्पनीका सेयरको माग तथा आपूर्ति सिर्जित मूल्यगत जोखिम उच्च रहिरहनेछ । बढ्दो जलविद्युत् आयोजना वा कम्पनी सूचीकरणसँगै बढ्ने सेयरको आपूर्तिको मूल्य प्रभाव अनिश्चित छ ।

काराेवार दैनिकमा २०७७ मंसिर ७ गते प्रकाशित, सूचीकृत कम्पनीहरू र लगानीमा ध्यान दिनुपर्ने पक्ष « (karobardaily.com)
Revised/updated 10 Aug 2021, 12:20 NST

Sunday, November 1, 2020

पीई रेसियो : लगानी निर्णयको एक आधार

धितोपत्र लगानी तथा कारोबारमा आमरूपमा प्रचलित ‘पीई रेसियो–पीई’ अर्थात् मूल्य–आम्दानी अनुपात कम्पनीको आम्दानीका आधारमा मूल्यगत अवस्था मापन गर्न तथा सन्दर्भ मूल्य विश्लेषणको सूत्र हो । यसले मूलतः कम्पनीको प्रतिसेयर आय (ईपीएस) र प्रचलित मूल्य वा लागतको सम्बन्ध वा अवस्था व्यक्त गर्छ । जहाँ ‘मूल्य’ले प्रतिकित्ता कारोबार रकमसँगै कम्पनीप्रति आमलगानीकर्ताको मनोदशा (मास साइकोलोजी) वा माग र आपूर्तिको अवस्था अनि ‘ईपीएस’ले उक्त कम्पनीको व्यावसायिक र मुनाफाको अवस्था व्यक्त गरिरहेको हुन्छ । ‘पीई’ले मूल्य र ईपीएसको विश्लेषण र समायोजन गर्दै कम्पनीको वास्तविक मूल्यांकन र लगानी मार्गनिर्देश गर्छ ।

सामान्यतः परल वा प्रचलित मूल्यलाई प्रतिसेयर आम्दानीले भाग गरेर ‘पीई’ निकालिन्छ । यसले कम्पनीको निश्चित प्रतिसेयर आयका लागि लगानीकर्ताहरूले कति मूल्य तिरिरहेका छन् र विद्यमान वा प्रक्षेपित ईपीएसका आधारमा तिरिएको मूल्य असुल हुन कति वर्ष लाग्छ भन्ने अनुमानित समय ‘पीई रेसियो’ ले बताउँछ । कम्पनीको मूल्य आम्दानी अनुपात मापनका लागि प्रयोग गरिने ईपीएस र मूल्यमध्ये सामान्यतः ईपीएस निश्चित अवधिसम्म स्थिर हुन्छ भने मूल्य प्रत्येक कारोबारमा परिवर्तन हुन्छ, त्यसैले बजारमा हुने प्रत्येक कारोबारसँगै उक्त कम्पनीको ‘पीई रेसियो’ पनि परिवर्तन भइरहन्छ ।

‘पीई’ रेसियो गणना

सामान्यतः कारोबार मूल्यलाई कम्पनीको ईपीएसले भाग गरेर आउने नतिजा नै ‘पीई रेसियो’ हो । जस्तै, कुनै कम्पनीको सेयरको प्रचलित मूल्य प्रतिकित्ता रु. ३ सय र ईपीएस रु. १५ भए ३ सयलाई १५ ले भाग गर्दा आउने २० (३००÷१५ = २०) नै उक्त कम्पनीको ‘पीई’ हो । यदि कम्पनी सेयरको मूल्य बढेर ३ सय १५ पुगे पीई परिवर्तन भएर २१ तथा ईपीएस बढेर २० पुगे पीई घटेर १५ (३००÷२० = १५) हुन्छ । यसैगरी आफूले विभिन्न समयमा किनेर धारण गरेको सेयरको भारित औसत लागतका आधारमा कम्पनीगत ‘पीई’ निकालेर तुलनात्मक अध्ययन र लगानी व्यवस्थापन गर्न सकिन्छ । प्रत्येक कारोबार मूल्य÷लागत वा ईपीएससँगै परिवर्तन हुने ‘पीई’ शुद्धता र विश्वसनीयता भने ईपीएसको शुद्धतामा निर्भर रहन्छ ।

नेपालमा त्रैमासिक वित्तीय विवरणमा प्रकाशित ईपीएसका आधारमा ‘पीई’ गणना गरिन्छ, जसले केवल विगतको आयको आधारमा प्रचलित मूल्यको अनुपात व्यक्त गर्छ । विगतको वा यथार्थ ईपीएसका आधारमा गणना गरिने ‘पीई’लाई ‘ट्रेलिङ पीई’ वा ‘सामान्य पीई’ भन्न सकिन्छ । अहिले प्रचलनमा रहेकाे र छलपफल यहि सामान्य पीई हाे । अन्तर्राष्ट्रिय रूपमा भने विगतको (ट्रेलिङ) सँगै आगामी समयको प्रक्षेपित ईपीएसको गणना गरी भविष्यको ‘प्रक्षेपित पीई’ अर्थात् ‘फरवार्ड पीई’ पनि निकालिन्छ । अझ कतिपय लगानी निर्णयका लागि विगतको निश्चित अवधि र आगामी अवधिको ईपीएस समायोजन गरी ‘मिश्रित पीई’ निकालिन्छ । मिश्रित पीईमा सामान्यतः विगतको दुई त्रैमासको यथार्थ ईपीएसको औसत र आगामी दुई त्रैमासको सम्भावित ईपीएसको समायोजन गरी आउने मिश्रित ईपीएस प्रयोग गरी ‘पीई’ निकालिन्छ । जति शुद्ध ‘पीई’ निकाल्न सकियो त्यति सही लगानी निर्णय र व्यवस्थापन गर्न सफल भइने हुँदा ‘पीई’को गणनामा निकै सजगता अपनाइनुका साथै प्रयोग गरिने ईपीएसको शुद्धता, यथार्थता र व्यावहारिकतामा ध्यान दिइनुपर्छ । ईपीएसको सानो त्रुटिले ‘पीई’मा उल्लेख्य असर गर्छ ।
  • हाल नकारात्मक इपिएस भएका कम्पनीहरूले पनि नेगेटिभ वा माइनस पीईकाे विवरण प्रस्तुत गरिरहेका छन् । सैद्धान्तिक रूपमा वा हिसावमा हाेला तर व्यवहारमा नेगेटिभ इपिएस भनेकाे नाेक्सानी हाे भने नाेक्सानीमा रहेकाे कम्पनीकाे मूल्य अाम्दानी अनुपात हुन्न । मूल्यअाम्दानी अनुपात गणना अायकाे अाधारमा हुने हाे । त्यसैले नाेक्सानीकाे वा नेगेटिभ इपिएसकाे पीई गणना गर्नै मिल्दैन । पीई कम्पनी नाफामा गएपछि बल्ल निस्कन्छ यस अाध ारमा तत्काललाई असिमित वा अनिश्चित मान्न सकिन्छ नकि माइनस ।  
‘पीई’को मापदण्ड र सिद्धान्त

कुनै कम्पनीको सेयरका लागि कतिसम्म मूल्य तिर्ने वा प्रचलित मूल्य उचित हो वा होइन भन्न ‘पीई’ मानकलाई प्रयोग गरिए तापनि निश्चित मापदण्ड पाउन सकिन्न । सामान्यतः (क) १० भन्दा कम पीई रेसियो भएका र कम्पनीको भविष्य ठीक भएको अवस्थामा जसरी पनि किन्नु, (ख) १०–१५ पाए किन्ने, (ग) १५–२० किन्नु उपयुक्त, (घ) २०–२५ विचार गरेर किन्ने र (ङ) २५ भन्दा बढी भएको अवस्थामा निकै विचार गरेर किन्नु भन्ने मान्यता प्रचलित छ ।

यसले सामान्यतः कम पीई भएको कम्पनी मूल्यगत रूपमा सस्तो र मूल्यगत जोखिम कम देखाउँदै लगानी प्राथमिकता राख्न सुझाव दिन्छ । पक्कै कम ‘पीई’ले लागतका आधारमा कम मूल्यलाई इंगित त गर्छ, तर बजार मूल्य ईपीएससँगै उक्त कम्पनीप्रति लगानीकर्ताहरूको ‘आस र त्रास’ले पनि निर्देशित गरिरहेको हुन्छ । कुनै कम्पनीको अहिले ईपीएस कम भए पनि भविष्यमा राम्रो हुने ‘आस’ भए उच्च मूल्य तिर्न पनि तयार हुन सक्छन् भने अहिले राम्रो ईपीएस भएको कम्पनीको भविष्यप्रति सशंकित र ‘त्रास’को अवस्थामा कम मूल्यमात्र तिर्न तयार हुन्छन् । अर्को कोणबाट हेर्दा कम मूल्यले उक्त कम्पनीको सेयरप्रति लगानीकर्ताहरूको रुचि कम रहेको वा भविष्यप्रति आशावादी नरहेको जनाउनेतर्फ ध्यान दिनुपर्छ ।

अझ हाम्रो सन्दर्भमा केही उपसमूह वा कम्पनीको ‘पीई’ उल्लिखित रेन्जमा पाउनै सकिन्न । तसर्थ ‘पीई’को सामान्य मापदण्ड हेर्दै गर्दा सम्बन्धित उपसमूह वा व्यावसायिक क्षेत्रको औसत ‘पीई’ र उक्त कम्पनीको विगतको औसत, उच्च र न्यून ‘पीई’ हेर्नैपर्छ ।

नेपाली धितोपत्र बजारमा केवल ‘सामान्य पीई’ को चर्चा भएर पनि यसैका आधारमा किनबेच गर्ने कमै भेटिन्छन् । सूचीकृत कम्पनीहरूले क) नियमित वित्तीय विवरण प्रकाशन नगर्ने, ख) प्रकाशित विवरणहरूमा उल्लिखित ईपीएससमेत त्रुटि पूर्ण हुने र ग) आगामी दिनको व्यावसायिक अवस्था र प्रक्षेपित ईपीएसको कुनै उल्लेख नहुने सन्दर्भमा विश्वसनीय र व्यावहारिक ‘पीई’ गणना सहज देखिन्न । अझ विश्लेषणका लागि आवश्यक तथ्यांक (डाटा) सहजै उपलब्ध नहुने अवस्थामा लामो अवधिको ‘पीई’ गणना र विश्लेषण असम्भवजस्तै छ । कतिपय उपसमूहको औसत ‘पीई’ नै २५ माथि र केही कम्पनीको १०० माथिको ‘पीई’ रहने नेपाली धितोपत्र बजारमा एकल कम्पनीको ‘पीई’ भन्दा उपसमूहको औसत ‘पीई’लाई आधार बनाएर लगानी निर्णय तथा व्यवस्थापन उपयुक्त हुनसक्छ ।

२०७७ कातिक १३ गतेको मूल्यका आधारमा उपसमूहगत ‘पीई’

उपसमूह

उपसमूहको औषत

न्यून

उच्च

कम्पनी

विन्दु

कम्पनी

विन्दु

वाणिज्य बैंक

२०

कृषि विकास बैंक

१४

सिभिल बैंक

३१

विकास बैंक

२४

मितेरी विकास बैंक

१६

कामना–सेवा विकास बैंक

१०७

वित्त

२०

मञ्जुश्री फाइनान्स

१०

गुर्खाज फाइनान्स*

५३

लघुवित्त

४४

सानाकिसान लघुवित्त

२५

कालिका माइक्रोक्रेडिट

३८३

जीवन विमा

८०

प्राइम लाइफ इन्स्योरेन्स

५१

एलआईसी नेपाल

२५३

निर्जिवन विमा

३१

प्रिमियर इन्स्योरेनस

२४

युनाइटेड इन्स्योरेन्स

१२७

जलविदुत

२९

सिनर्जि पावर डेभलपमेन्ट

१५

हिमालयन उर्जा (हुर्जा)

४१५

उत्पादन

३२

हिमालयन डिष्टिलरी

२३

युनिलिभिर

४७

होटल

३८

तारागाउँ

१९

सोल्टी

१४८

अन्य

२२

नेपाल टेलिकम

१३

नागरिक लगानी कोष

९३

* प्रकाशतिमा भूलबस सिटिएक्प्रेस फाइनान्स भएको

‘नेप्से अल्फा’द्वारा गणना गरिएको उल्लिखित तथ्यांकले कृषि विकास बैंक, मञ्जुश्री फाइनान्स र सिनर्जी पावरको सेयर किन्न सुझाए पनि बजारमा ३ सय माथिका ‘पीई’का कम्पनीहरूसमेत किनबेच हुनुले ‘पीई’ले मार्गनिर्देश र मूल्यगत जोखिमको अवस्था मापन गर्नेबाहेक लगानी निर्णायक नहुने स्पष्ट देखिन्छ ।

अाइक्यापिटलबाट गणना गरिएकाे २०७८ जेठ ३० देखि असार ३ गतेकाे सेक्टरवाइज ‘पीई’ यस्ताे छ । सेक्टर पीइ गणनामा वेटेज एभरेज, सिम्पल एभरेज, नेगेटिभ पीइ, जस्ता कुरा फरक हुनसक्छ, त्यसैले अाफु कसरी लिने वा गणना गर्ने अाफै निर्णय गर्नुपर्छ । 

नेप्से अल्फा वा अाइक्यापिटलकाे सेक्टर पीइ केवल सन्दर्भ अंककाे लिएर लगानीमा व्यक्तिगत जाेखिम र उपयुक्त पीइ लिनु हितकर हुनेछ । दुवैकाे डाटा सन्दर्भ वा शैक्षिक प्रयाेजनका लागि लिएकाे हुँदा यसकाे शुद्धताकाे सुनिश्चितताकाे जिम्मेवारी मेराे हुनेछैन् । यसलाइ केवल सन्दर्भकाे रूपमा लिन उपयुक्त हुन्छ । 


‘पीई’ र लगानी निर्णय

नयाँ कम्पनीमा लगानी निर्णय तथा व्यवस्थापनका लागि ‘पीई’लाई आधार बनाउँदै गर्दा समग्र बजारको ‘पीई’को अवस्था, सम्बन्धित उपसमूहको ‘पीई’, कम्पनीको विगतको उच्च, औसत र न्यून ‘पीई’ समेतलाई ध्यान दिएर तुलनात्मक अवस्थाको अध्ययन गर्नुपर्छ । यस्तै विद्यमान कम्पनीमा लगानी व्यवस्थापन गर्दा आफ्नो औसत लागत र सोका आधारमा आफ्नो ‘पीई’ गणना गरी बजार र उपसमूहको औसत ‘पीई’सँग तुलना गर्दै लगानी निर्णय वा व्यवस्थापनमा विद्यमान र सम्भावित व्यावसायिक अवस्थासँगै विगतको उच्च, औसत र न्यून ‘पीई’ समेतलाई ध्यान दिनुपर्छ । ‘पीई’कै आधारमा लगानी र कारोबार गर्ने हो भने आफ्नो सीमा (रेन्ज) समेत तय गर्दै मूल्य वा ईपीएसमा परिवर्तनसँगै ‘पीई’मा आउने परिवर्तनको व्यवस्थापन कसरी गर्ने विकल्पको समेत तयारी गर्नुपर्छ ।

यसका साथै ‘पीई’ले केवल सन्दर्भ मूल्य व्यक्त गर्ने र प्रत्येक कारोबार वा लागतका आधारमा परिवर्तन हुने अनि चाहेको ‘पीई’ भित्रका कम्पनीको सेयर किनबेचको सुनिश्चितता नहुने हुँदा ‘पीई’ मात्र हेरेर सेयर महँगो (ओभरभ्यालुड) र सस्तो (अन्डरभ्यालुड) भन्ने प्रक्षेपण गर्न सकिएला, तर सोही आधारमा कम्पनीप्रति धारणा बनाउँदै लगानी निर्णय र व्यवस्थापन जोखिमपूर्ण हुनेछ ।

‘पीई’का आधारमा लगानी निर्णय लिँदै गर्दा अन्य पक्षहरूको अतिरिक्त कम्पनीको सेयरको मूल्यको तुलनात्मक अवस्था र औचित्यता, ईपीएसको शुद्धता, ‘पीई’ र ईपीएसको वृद्धिदरको अनुपात (प्राइस अर्निङ ग्रोथ अर्थात् ‘पेग रेसियो’) र व्यावसायिक अवस्था र वार्षिक वृद्धिदर (कुमुलेटिभ एनुअल ग्रोथ रेट (सिएआरजी) लाई पनि ध्यान दिनुपर्छ । पेगका लागि ‘पीई’लाई ईपीएस ग्रोथ रेट ((मूल्य/ईपीएस)/ईपीएस वृद्धिदर) को सूत्र प्रयोग गर्न सकिन्छ । यस्तै वार्षिक वृद्धिदर (सीएआरजी) ‘पीई’ भन्दा बढी भए कम्पनीको ‘पीई रेसियो’ तुलनात्मक बढी भए पनि लगानीयोग्य तर ‘सीएआरजी’ न्यून भए कम ‘पीई’ पनि लगानी अयोग्य मानिन्छ ।

‘पीई’सँगै सबै वित्तीय नतिजाको शुद्धता र व्यावहारिकता प्रकाशित वा प्रयोग गरिने ईपीएसमा निर्भर रहनेमा विशेष चनाखो हुँदै ईपीएसको स्रोत, यथार्थता र विश्वसनीयताको बारम्बार परीक्षण र सुनिश्चित गरिनुपर्छ ।


थप टिप्पणीः विमा कम्पनीहरूकाे सन्दर्भमा विशेषगरी जीवन विमा कम्पनीहरूकाे ईपीएस एक्चुअरी भ्यालुएसन पछि मात्र निश्चित हुनेहुँदा प्रकाशित वा प्रक्षेपित ईपीएसभन्दा निकै फरक हुने तर्फ सदैव सचेत हुनुपर्छ । एक्चुअरी अगाडिकाे ईपीएसले केवल धुमिल चित्रमात्र प्रस्तुत गर्नेछ ।

उच्च पीइ राेज्नुकाे मतलव उच्च जाेखिम लिनु हाे । त्यसैले उच्च जाेखिम लिने लगानिकर्ता (Risk taker) ले उच्च पीई र सुरक्षित वा कम जाेखिम लिनेले कम पीई (Risk averter) का कम्पनी राेज्छन् । यहाँ के पनि बिर्सनु हुन्न भने जाेखिम र प्रतिफल अन्तरसम्बन्धित हुन्छ । उच्च जाेखिम उच्च नाफाघाटाकाे सम्भावना, कम जाेखिम कम मुनाफा र घाटा ।

विद्यमान लगानीमा पीइ व्यवस्थापन गर्ने चाहि लागत व्यवस्थापन नै हाे । यसकाे लागि अाफ्ना पीइ बढि भए बजारबाट सस्ताेमा किनेर लागत घटाउन सके उक्त कम्पनीकाे पीइ घट्ने छ । जसरी लागत र बजार मूल्यकाे अनुगमन गरिन्छ, त्यसरी नै बजार र अाफ्नाे पीइ अनुगमन गरिरहनु पर्छ ।

काराेवार दैनिकमा २०७७ कातिक २३ गते प्रकाशित https://www.karobardaily.com/news/120785
Revised and/or updated on 18 June 2021, NST 10.56

Sunday, October 11, 2020

बैंकहरूकाे विगत ९ वर्षकाे लाभांस

संचालनमा रहेका सूचीकृत बैंकहरूकाे विगत ९ वर्षकाे लाभांस 


सूचीकृत बैंकहरूकाे विगत ९ वर्षकाे लाभांस

 

 

2018/19

2017/18

2016/17

2015/16

2014/15

2013/14

2012/13

2011/12

2010/11

Avg

2075/76

2074/75

2073/74

2072/73

2071/72

2070/71

2069/70

2068/69

2067/68

ADBL

Bonus

6.00%

6.00%

20.00%

20.00%

15.00%

7.00%

0.00%

0.00%

0.00%

8.22%

Cash

24.00%

15.05%

1.05%

1.05%

0.79%

8.79%

31.58%

0.00%

0.00%

9.15%

Total

30.00%

21.05%

21.05%

21.05%

15.79%

15.79%

31.58%

0.00%

0.00%

17.37%

BOKL

Bonus

6.00%

14.00%

13.25%

23.00%

26.00%

10.41%

14.00%

5.00%

18.00%

14.41%

Cash

11.00%

11.00%

0.00%

0.00%

1.37%

0.55%

0.74%

21.32%

16.75%

6.97%

Total

17.00%

25.00%

13.25%

23.00%

27.37%

10.96%

14.74%

26.32%

34.75%

21.38%

CCBL

Bonus

2.00%

2.00%

5.00%

10.00%

9.00%

6.00%

0.00%

0.00%

0.00%

3.78%

Cash

4.75%

4.50%

5.00%

0.00%

0.47%

3.47%

0.00%

0.00%

0.00%

2.02%

Total

6.75%

6.50%

10.00%

10.00%

9.47%

9.47%

0.00%

0.00%

0.00%

5.80%

CBL

Bonus

0.00%

0.00%

10.25%

2.88%

6.75%

7.00%

0.00%

0.00%

0.00%

2.99%

Cash

6.57%

4.05%

0.54%

0.15%

0.36%

1.50%

5.75%

0.00%

0.00%

2.10%

Total

6.57%

4.05%

10.79%

3.03%

7.11%

8.50%

5.75%

0.00%

0.00%

5.09%

CZIBL

Bonus

3.00%

3.63%

16.00%

24.49%

20.00%

13.00%

0.00%

0.00%

2.00%

9.12%

Cash

12.00%

1.64%

0.85%

1.29%

1.05%

5.95%

15.00%

8.42%

8.53%

6.08%

Total

15.00%

5.26%

16.85%

25.78%

21.05%

18.95%

15.00%

8.42%

10.53%

15.20%

EBL

Bonus

5.00%

0.00%

33.00%

70.00%

30.00%

12.00%

10.00%

30.00%

10.00%

22.22%

Cash

20.00%

20.00%

1.74%

0.00%

5.00%

50.00%

50.00%

1.58%

50.00%

22.04%

Total

25.00%

20.00%

34.74%

70.00%

35.00%

62.00%

60.00%

31.58%

60.00%

44.26%

GBIME

Bonus

12.75%

16.00%

10.00%

16.00%

23.00%

21.00%

15.00%

3.00%

6.67%

13.71%

Cash

12.75%

0.00%

10.00%

0.00%

0.00%

4.00%

0.00%

10.00%

5.35%

4.68%

Total

25.50%

16.00%

20.00%

16.00%

23.00%

25.00%

15.00%

13.00%

12.02%

18.39%

HBL

Bonus

10.00%

5.00%

25.00%

30.00%

35.00%

15.00%

5.00%

15.00%

20.00%

17.78%

Cash

12.00%

10.79%

1.32%

1.58%

7.11%

6.05%

10.00%

13.42%

16.84%

8.79%

Total

22.00%

15.79%

26.32%

31.58%

42.11%

21.05%

15.00%

28.42%

36.84%

26.57%

Janta

Bonus

6.00%

0.00%

14.40%

12.00%

0.00%

0.00%

3.00%

0.00%

0.00%

3.93%

Cash

6.00%

8.50%

0.00%

0.63%

0.00%

0.00%

5.42%

3.68%

0.00%

2.69%

Total

12.00%

8.50%

14.40%

12.63%

0.00%

0.00%

8.42%

3.68%

0.00%

6.63%

KBL

Bonus

10.00%

8.50%

12.75%

21.00%

11.00%

33.00%

14.00%

0.00%

8.00%

13.14%

Cash

0.53%

0.00%

0.00%

1.10%

0.58%

1.74%

0.74%

7.00%

0.44%

1.35%

Total

10.53%

8.50%

12.75%

22.10%

11.58%

34.74%

14.74%

7.00%

8.44%

14.49%

LBL

Bonus

10.00%

8.50%

10.00%

38.00%

0.00%

20.00%

15.00%

0.00%

5.00%

11.83%

Cash

5.00%

0.45%

0.53%

0.00%

0.00%

1.05%

0.00%

10.00%

10.79%

3.09%

Total

15.00%

8.95%

10.53%

38.00%

0.00%

21.05%

15.00%

10.00%

15.79%

14.92%

MBL

Bonus

5.00%

0.00%

9.00%

20.75%

16.00%

12.00%

0.00%

0.00%

0.00%

6.97%

Cash

11.00%

10.00%

6.00%

1.09%

0.84%

0.63%

0.00%

0.00%

0.00%

3.28%

Total

16.00%

10.00%

15.00%

21.84%

16.84%

12.63%

0.00%

0.00%

0.00%

10.26%

Mega

Bonus

0.00%

1.00%

10.75%

13.25%

10.00%

12.00%

0.00%

0.00%

0.00%

5.22%

Cash

11.75%

6.85%

0.00%

0.70%

0.53%

0.63%

9.00%

0.00%

0.00%

3.27%

Total

11.75%

7.85%

10.75%

13.95%

10.53%

12.63%

9.00%

0.00%

0.00%

8.50%

NABIL

Bonus

12.00%

12.00%

30.00%

30.00%

30.00%

20.00%

25.00%

20.00%

0.00%

19.89%

Cash

22.00%

22.00%

18.00%

15.00%

6.84%

45.00%

40.00%

40.00%

30.00%

26.54%

Total

34.00%

34.00%

48.00%

45.00%

36.84%

65.00%

65.00%

60.00%

30.00%

46.43%

NBB

Bonus

5.00%

0.00%

12.00%

32.00%

25.00%

10.00%

10.00%

0.00%

0.00%

10.44%

Cash

7.00%

10.53%

3.79%

1.68%

1.32%

12.00%

7.89%

0.00%

0.00%

4.91%

Total

12.00%

10.53%

15.79%

33.68%

26.32%

22.00%

17.89%

0.00%

0.00%

15.36%

NBL

Bonus

15.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

1.67%

Cash

10.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

1.11%

Total

25.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

2.78%

NCCB

Bonus

15.00%

15.89%

0.00%

0.00%

16.00%

38.00%

0.00%

5.00%

0.00%

9.99%

Cash

0.79%

0.83%

0.00%

0.00%

0.84%

2.00%

0.00%

0.26%

0.00%

0.52%

Total

15.79%

16.72%

0.00%

0.00%

16.84%

40.00%

0.00%

5.26%

0.00%

10.51%

NIB

Bonus

10.50%

18.00%

15.00%

20.00%

33.00%

15.00%

10.00%

25.00%

25.00%

19.06%

Cash

8.50%

22.00%

25.00%

21.00%

1.70%

25.00%

25.00%

5.00%

25.00%

17.58%

Total

19.00%

40.00%

40.00%

41.00%

34.70%

40.00%

35.00%

30.00%

50.00%

36.63%

NICA

Bonus

10.00%

10.00%

20.00%

26.00%

39.00%

15.00%

0.00%

0.00%

0.00%

13.33%

Cash

11.05%

0.53%

1.05%

1.37%

2.05%

15.00%

20.00%

25.00%

20.00%

10.67%

Total

21.05%

10.53%

21.05%

27.37%

41.05%

30.00%

20.00%

25.00%

20.00%

24.01%

NMB

Bonus

21.00%

10.00%

15.00%

19.00%

8.00%

20.00%

0.00%

0.00%

0.00%

10.33%

Cash

14.00%

20.00%

0.79%

1.00%

0.42%

1.05%

10.00%

0.00%

9.00%

6.25%

Total

35.00%

30.00%

15.79%

20.00%

8.42%

21.05%

10.00%

0.00%

9.00%

16.58%

PCBL

Bonus

16.00%

16.00%

27.00%

23.00%

18.00%

19.00%

10.00%

4.00%

0.00%

14.78%

Cash

0.00%

0.00%

0.00%

1.21%

0.95%

1.00%

5.00%

7.58%

12.63%

3.15%

Total

16.00%

16.00%

27.00%

24.21%

18.95%

20.00%

15.00%

11.58%

12.63%

17.93%

Pravu

Bonus

16.00%

8.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

2.67%

Cash

0.84%

0.42%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.14%

Total

16.84%

8.42%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

0.00%

2.81%

Sanima

Bonus

10.00%

0.00%

16.00%

15.00%

20.00%

15.00%

10.00%

0.00%

0.00%

9.56%

Cash

11.05%

14.00%

0.00%

0.79%

1.05%

0.79%

0.53%

5.50%

6.50%

4.47%

Total

21.05%

14.00%

16.00%

15.79%

21.05%

15.79%

10.53%

5.50%

6.50%

14.02%

SBI

Bonus

6.00%

5.00%

15.42%

28.00%

27.00%

15.05%

12.50%

12.50%

12.50%

14.89%

Cash

10.84%

10.79%

0.81%

1.53%

1.42%

7.02%

7.50%

5.00%

5.00%

5.55%

Total

16.84%

15.79%

16.23%

29.53%

28.42%

22.07%

20.00%

17.50%

17.50%

20.43%

SBL

Bonus

10.00%

5.00%

14.00%

48.75%

20.00%

12.00%

12.00%

0.00%

3.00%

13.86%

Cash

15.26%

8.16%

0.00%

0.00%

1.05%

11.16%

10.11%

8.42%

12.79%

7.44%

Total

25.26%

13.16%

14.00%

48.75%

21.05%

23.16%

22.11%

8.42%

15.79%

21.30%

SCB

Bonus

0.00%

0.00%

100.00%

33.33%

25.00%

10.00%

10.00%

15.00%

0.00%

21.48%

Cash

22.50%

17.50%

5.26%

1.75%

19.21%

41.50%

40.00%

45.00%

50.00%

26.97%

Total

22.50%

17.50%

105.26%

35.08%

44.21%

51.50%

50.00%

60.00%

50.00%

48.45%

SRBL

Bonus

10.00%

0.00%

15.00%

33.33%

21.50%

0.00%

11.00%

0.00%

0.00%

10.09%

Cash

5.80%

11.50%

0.00%

0.00%

1.13%

0.00%

0.58%

5.26%

4.00%

3.14%

Total

15.80%

11.50%

15.00%

33.33%

22.63%

0.00%

11.58%

5.26%

4.00%

13.23%


विभिन्न स्राेतहरूबाट संकलित तथ्यांकमा भएकाे त्रुटीका कारण गरिएकाे लगानी निर्णयबाट सिर्जना हुने कुनै पनि लाभ वा हानी प्रति लेखक जिम्मेवार हुने छैन् । तथ्यांककाे स्वविश्लेषण गरी व्यक्तिगत जाेखिमवहन क्षमताका अाधारमा मात्र लगानी निर्णय लिन सजग गराइन्छ ।