आर्थिक वर्षको अन्त्यसँगै कम्पनीहरूको वार्षिक कारोवारको आर्थिक अवस्था र मुनाफा सहितको चौथो अपरिष्कृत त्रैमासिक वित्तीय विवरणहरू प्रकासन शुरु भएको छ । यो त्रैमासिक वित्तीय विवरण भएता पनि यसले कम्पनीहरूको एक आर्थिक वर्षमा कति पुँजी लगाए, कति कमाए र कतिसम्म लाभांस दिन सक्छन् अनुमान गर्ने आधार पनि दिन्छ । सोही आधारमा लगानीकर्ताहरू कुन शेयर किन्ने र कुन बेच्ने लगानीसम्बन्धी निर्णय गर्दछन् । तर हालै प्रकाशित वित्तीय विवरणहरूमा लगानी निर्णयलाई प्रभावित गर्ने मुख्य वित्तीय सूचक वा अनुपात देखाउने प्रति शेयर आम्दानीमा अपनाइएको फरकफरक मापदण्डले गर्दा विगतको भन्दा फरक प्रकृतिको प्रति शेयर आम्दानी प्रस्तुत भए । यसले सामान्य प्रति शेयर आम्दानी निकाल्दै आएका आमलगानीकर्ता र कारोवारीहरूमा अन्यौलता ल्यायो ।
वित्तीय विवरण सम्बन्धी कानुनी प्रावधान
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को परिच्छेद ७ ले अनुसूची १४ मा उल्लिखित विवरण सो त्रैमासिक अवधि समाप्त भएको तीसदिन भित्र बोर्ड समक्ष पेश गर्नुपर्ने र त्यस्तो प्रतिवेदन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा समेत प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ । नियमावलीको अनुसूची १४ अनुसार त्रैमासिक विवरणमा गत वर्ष र यस वर्षको सोही अवधिको तुलनात्मक विवरण, सम्बन्धित पक्ष बीच भएको कारोवार सम्बन्धी विवरण समेत खुलाएर सो त्रैमाससम्मको वासलात र नाफानोक्सान सम्बन्धी वित्तीय विवरण प्रकाशित गर्नुपर्ने उल्लेख छ । यस्तो विवरणमा न्यूनतम रुपमा प्रमुख वित्तीय अनुपातहरू जस्तैः प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, प्रति शेयर नेटवर्थ, प्रति शेयर कुल सम्पतिको मूल्य, तरलता अनुपात सम्बन्धी विवरण उल्लेख छ ।

त्रैमासिक विवरणमा प्रस्तुत हुने त्यस्ता वित्तीय विवरणका अतिरिक्त व्यवस्थापकीय विश्लेषण, कानुनी कारवाही सम्बन्धी विवरण, संगठित संस्थाको शेयर कारोवार सम्बन्धी विश्लेषण, समस्या तथा चुनौति, संस्थागत सुशासन सम्बन्धी जानकारी अध्यक्ष/कार्यकारी प्रमुखले सत्य, तथ्यताको उदघोष सहित प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।
प्रति शेयर आम्दानी
सामान्य रुपमा प्रति शेयर आम्दानी अर्थात् ईपिएस भनेको कायम सर्वसाधारण शेयरमा कम्पनीले गरेको खुद आम्दानीको हिस्सा हो । यसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभूत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । प्रति शेयर आम्दानीले कम्पनीले प्रत्येक शेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । त्यसैले प्रति शेयर आम्दानी भनेको कम्पनीले सर्वसाधारण शेयरधनीको लागि कमाएको मुनाफा हो । हुनतः प्रति शेयर गणना गर्ने विभिन्न सूत्रहरूको विकास भएको छ । अन्तराष्ट्रिय रुपमा समेत विभिन्न किसिमका सूत्रहरूको प्रचलनमा रहेको पाइन्छ । नेपालको सन्दर्भमा पनि बैंकिग क्षेत्रमा नेपाल फाइनान्सियल रिपोर्टिङ सिस्टम (एनएफआरएस) को प्रचलनसँगै भारित औसत पुँजीको अवधारणा सहितको सूत्र ३ बाट प्रति शेयर आम्दानी गणना विधि प्रयोगमा आएको छ ।

सामान्य रुपमा कम्पनीले सबै खर्च र तिर्नुपर्ने रकम घटाएर आउने रकम अर्थात् सर्वसाधारण शेयरधनीहरूका लागि उपलब्ध हुने रकमलाई कायम शेयर संख्याले भाग गरेर सामान्य प्रति शेयर आम्दानी निकालिन्छ । यसको लागि,
- सूत्र १: खुद आम्दानी/कायम कुल सर्वसाधारण शेयर संख्याको सामान्य सूत्र प्रयोग गरिन्छ । यदि कम्पनीले अग्राधिकार शेयरबाट पुँजी संकलन गरेको छ भने त्यस्तो अवस्थामा खुद आम्दानीबाट कायम अग्राधिकार शेयरका लागि लाभांस घटाएर कायम कुल शेयर संख्याले भाग गरिन्छ ।
- सूत्र २: (खुद आम्दानी – अग्राधिकार शेयरका लागि लाभांस)/कायम कुल सर्वसाधारण शेयर संख्या, यसका साथै अन्तराष्ट्रिय रुपमा कम्पनी विभिन्न समयमा पुँजी संकलन र परिचालन गरेको आधारमा निम्न प्रकारका सूत्रहरूको समेत प्रयोग गर्ने चलन रहेको छ ।
- सूत्र ३ः (खुद आम्दानी – अग्राधिकार शेयरका लागि लाभांस)/भारित औसत सर्वसाधारण शेयर संख्या
- सूत्र ४ः (खुद आम्दानी – अग्राधिकार शेयरका लागि लाभांस)/औसत सर्वसाधारण शेयर संख्या
- सूत्र ५ः (नियमित संचालन मुनाफा – अग्राधिकार शेयरका लागि लाभांस)/भारित औसत सर्वसाधारण शेयर संख्या
विगतको प्रचलन र हाम्रो सन्दर्भ
नेपालमा एभरेष्ट बैंक, कृषि विकास बैंक र तारागाउँ होटलले मात्र अग्राधिकार शेयर जारी गरी पुँजी संकलन गरेको हुँदा सामान्यतः कम्पनीको खुद आम्दानी नै सर्वसाधारण शेयरधनीहरूको मुनाफाको रुपमा लिइन्छ र यसलाई कम्पनीको कायम शेयर संख्याले भाग गरेर सामान्य प्रति शेयर आम्दानी निकाल्न प्रचालन रहेको छ । कम्पनीहरूले आर्थिक वर्ष २०७२/७३ सम्म प्रति शेयर आम्दानीको सामान्य सूत्र १ वा सूत्र २ प्रयोग गरेर नै प्रति शेयर आम्दानी निकाल्ने गरिन्थ्यो ।

प्रति शेयर आम्दानी र लगानीको सम्बन्ध
लगानीकर्ताको लगानी निर्णयको मुख्य आधार कम्पनीको मुनाफा र लाभांस नै हो । अझ दोस्रो बजारमा लगानी निर्णयलाई मुनाफा र प्रति शेयर आम्दानीले निकै प्रभाव पार्दछ । यसको मुख्यकारण मुनाफाको सोझो सम्बन्ध लाभांस क्षमतासँग जोडिन्छ, जुन लगानीकर्ताको लगानीमा प्राप्त हुन्छ । कम्पनीको संचालक समितिले चाहेको अवस्थामा सामान्यतः खुद मुनाफा वा प्रति शेयर आम्दानीको ८० प्रतिशतसम्म लाभांसको लागि छुट्याउन सकिन्छ । प्रति शेयर नेटवर्थ चुक्ता पुँजीको दोब्बर भएको अवस्थामा मुनाफाको सम्पूर्ण रकम नै लाभांसको रुपमा बाँड्न पनि सकिन्छ ।

प्रति शेयर आम्दानीले लाभांससँगै मूल्य आम्दानी अनुपात (Price earning ratio), लाभांस भुक्तानी अनुपात (Dividend payout ratio) र शेयर पुँजी वा नेटवर्थमा प्रतिफल (Return on equity) लाई असर गर्दछ । त्यसैले फरक सूत्रगत आधारमा फरक प्रति शेयर आम्दानी आउने वित्तिकै अन्य वित्तीय अनुपातहरू समेत प्रभावित हुँदा कुन शेयर किन्ने, बेच्ने वा होल्ड गर्ने जस्ता लगानी निर्णय समेत प्रभावित हुनेछ ।
नयाँ प्रचलन
आर्थिक वर्ष २०७३/७४ सँगै बैंक तथा वित्तीय संस्थाहरूमा एनएफआएएस विधिबाट आय गणना गर्ने प्रचलनको शुरुवात गरिएको छ, जसले कम्पनीले आम्दानी गर्न प्रयोग गरेको भारित औसत पुँजीलाई ध्यान दिन्छ । अर्थात् कम्पनीले विभिन्न समयमा विभिन्न किसिमले संकलित रकमलाई आयआर्जन गर्न प्रयोग गरेको अवधिले समायोजन गरी भारित औसत निकाल्छ । एनएफआरएसको नेपाल लेखामान प्रणाली (नास)को ३२ बुँदामा प्रति शेयर आय गणनासम्बन्धी विधि दिईएको छ । जसले निम्न कुरामा ध्यानदिनुपर्ने उल्लेख गरेको छः

- आधारभूत वा समायोजित (Diluted) प्रति शेयर आयको गणना गर्दा प्रयोग गरिने रकम (सूचक)ले नाफा वा नोक्सानीमा पुर्याएको योगदानको आधारमा समायोजन ।
- आधारभूत वा समायोजित प्रति शेयर आयको गणना गर्दा भारित औसत सर्वसाधारण शेयरलाई भाजकको रुपमा प्रयोग गरिँदा एक आपसमा समायोजन ।
- पुँजी संकलनका उपकरणहरू (विशेष परिस्थितिमा जारी हुने शेयर) जसले भविष्यमा संभावित प्रति शेयर आयलाई प्रभावित गर्दछ, तर प्रतिवेदनको अवधिमा समायोजित प्रति शेयर आयको गणनामा असर नगर्ने अवस्थामा त्यस्ता उपकरणलाई समायोजन गर्नुनपर्ने रुपमा लिने ।
- यदि कम्पनीले वासलात मिति पछि उक्त अवधिको वासलातलाई असर पुग्ने उल्लेख्य सर्वसाधारण शेयर कारोवार भएको वा सर्वसाधारण शेयरको कारोवार हुने संभावना जसले कायम हुने शेयर संख्यामा उल्लेख्य परिवर्तन ल्याउँछ, सोको विवरण । उदाहरणको लागि सर्वसाधारण शेयर जारी र शेयरको नगद, वारेन्ट र अप्सन, परिवर्तन र एक्सरसाइज (नास ३४.१७) ।
पुँजीकरणको नयाँ प्रचलनसँगै आमलगानीकर्ताहरू यथार्थ प्रति शेयर आम्दानी सम्बन्धमा अन्यौलतामा परेका छन्, किनभने पहिलेको सामान्य सूत्रले निकाल्दा आउने प्रति शेयर आम्दानी भन्दा एनएफआरएस सूत्रबाट बढि प्रति शेयर आय आउँछ । यसले मूलतः परिचालित प्रति शेयर पुँजीमा आम्दानी हेर्ने हुँदा र वास्तविक लाभांस क्षमतालाई प्रतिविम्वित गर्दैन्, किनभने कम्पनीको खुद आम्दानीले प्रकाशित प्रति शेयर आम्दानी अनुसारको लाभांस भुक्तानी क्षमता राख्दैन । पहिले विशेषगरी विमा कम्पनीहरूको प्रति शेयर आम्दानी र लाभांस भुक्तानी बीचमा रहँदै आएको अपारदर्शिता र अन्यौलता अब बैंक तथा वित्तीय संस्थामा पनि देखिने संभावना बढेकोछ । एनएफआरएस विधि लेखांकन सर्वस्वीकृत विधि भएता पनि लगानीकर्ताको चासो प्रति शेयर बाँडफाँडका लागि कति आम्दानी उपलब्ध हुनसक्ने रकम अन्यौलपूर्ण बनेको छ ।
यसले एकातिर संभावित प्रति शेयर लाभांसको दर सामान्यरुपमा गणना गर्न नसकिने हुन्छ भने अर्कोतिर कम्पनीले कहिले र कुन अवधिमा बोनस र हकप्रदलाई पुँजीकरण गरेको छ र कुन आधारमा प्रति शेयर आय गणना गरेको हो पारदर्शी नहुने अवस्था छ । यसो हुँदा आमलगानीकर्ता जो सामान्य प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात र नेटवर्थ जस्ता आधारभूत वित्तीय सूचकको समेत ज्ञान राख्न सक्दैनन् उनीहरू थप अन्यौलमा पर्ने र जोखिम व्यहोर्नु पर्ने अवस्थामा पुग्नेछन् ।
यसको साथै वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरू कसैले एनएफआरएस र कसैले सामान्य सूत्रबाट प्रति शेयर आय गणना गरी विवरण प्रकाशित गरेका छन् । विशेषगरी ठूलो परिणाममा हकप्रद जारी गरी पुँजी संकलन गरेका बैंकहरूले एनएफआरएस विधिबाट र केहिले सामान्य सूत्रबाट प्रति शेयर आम्दानीको गणना र प्रस्तुत गरेबाट कतै पुँजीको भारी थपिएसँग बढि प्रति शेयर आम्दानी देखाउन त एनएफआरएस लागु गरेका त होइनन् भन्ने आम चासो उब्जेको छ । जानकारहरूका अनुसार प्रति शेयर आम्दानीको लेखांकनका लागि नियामकबाट कुनै सूत्र वा मापदण्ड निर्देशित छैन, जसले गर्दा कम्पनीहरूले आफ्नो अनुकूलतामा कहिले एनएफआरएस त कहिले सामान्य विधिबाट प्रति शेयर आम्दानीको गणना गर्ने गरेको पाइन्छ ।
एउटा बैंकले त प्रति शेयर आम्दानी एनएफआरएस विधिबाट गरे पनि टिप्पणीमा यो एनएफआरएस विधिबाट गरिएको होइन भन्ने उल्लेख गरेको छ । यसरी प्रति शेयर आम्दानीको गणना र वित्तीय विवरण प्रस्तुतिमा एकरुपता नहुँदा आमलगानीकर्ता यथार्थ र शुद्ध सूचना पाउनबाट समेत वञ्चित हुनपुगेका मात्रै होइनन् र कुन विधि आधिकारिक हो भन्ने निक्र्यौल गर्न नसक्ने अवस्थामा पुगेका छन् । लेखांकनमा जुन विधि अपनाइएता पनि एकरुपता र यथार्थ जानकारी नै आमलगानीकर्ताको चासोको विषय हो ।
यसको निकास भनेको नियामक निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बिमा समितिले सम्बन्धित सरोकारवालाहरूसँगको सहकार्यमा सबै कम्पनीहरूका लागि आयव्ययको गणना गर्ने एउटै मापदण्ड तयारी गरी कार्यान्वयनमा ल्याउनु नै हो । यदि एनएफआरएस अनुसार नै वित्तीय विवरण तयार हुने अवस्थामा स्पष्ट टिप्पणी सहित वा लेखांकन प्रति शेयर आम्दानी (Accounted earning per share) र बाँडफाँडयोग्य प्रति शेयर आम्दानी (Dispensable earning per share) को उल्लेख गरी विवरण प्रकाशित गरिनुपर्दछ । बिमा कम्पनीहरूको वित्तीय विवरणमा समेत संभावित एक्चुलरी भ्यालुयसनको रकम उल्लेख गरिनु पर्दछ, जसले केहि हदसम्म यथार्थ संभावित प्रतिफलको अनुमानलाई सघाउँदै लगानीमा प्रतिफलको अन्यौलता हटाउने छ भने बजारलाई लगानीकर्ता मैत्री र पारदर्शी पनि बनाउने छ ।
लगानी सम्बन्धी निर्णय, प्रतिफल र जोखिमको सम्पूर्ण भागिदार अन्तत लगानीकर्ता नै हुनेहुँदा कुनै कम्पनीको शेयर किनबेच गर्दा उक्त कम्पनीको वित्तीय व्यवसायिक र व्यवस्थापकिय विश्लेषण र परिक्षण गर्ने जिम्मेवारी भने लगानीकर्ता स्वयंको हुने हुँदा थप सचेत र सजग हुनुको विकल्प रहँदैन ।
काराेवार दैनिकमा २०७४ साउन २७ गते प्रकाशित
Published in Karobar daily on 13 August 2017
dherai ramro kura share garnu bhayo sir
ReplyDeletedhannebad
now all company 3rd quater report how to convert to annual eps from 3rd queater report
ReplyDeleteFor bank and finance it is assumed that Q3 profit is 75% or 3/4 of annual profit. Therefore, either netprofit/no. Of share and divide by 0.75. eg. Upto Q3 bank A earns Rs 280 crore and paid up is 10 arab then eps is 28000000000/10000000000=28 then 28/0.75=37.33. Normally you will find annualized EPS of banks.
Deletehttps://dilipmuna.blogspot.jp/2018/05/blog-post_8.html
Deletetq sir
DeleteThis comment has been removed by the author.
ReplyDeletegreat article
ReplyDeletedilip sir dherai pahile dhekhi janna aaja balla fela pare thank you sir
ReplyDelete