Monday, August 5, 2024

Q4 FY8081 Bank Unaudited Financial Report

Revised/updated 4 Sept 2024, 12:12 pm

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८०–८१ काे चाैथाे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । माैद्रिक नीतिले साउन मसान्तसम्म उठेकाे ब्याजसमेतलाइ लेखांकन गर्न दिएकाे अवसर र लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । यसकाे साथै गाभिएका बैंकहरूकाे वितिय विवरण, समिक्षा र तुलना गर्दा थप चनाखाे हुनुपर्ने छ । बैकहरूकाे बढ्दाे प्रभिजन, हालै तिरिएकाे मर्ज र प्राप्तिकाे स्वापलाइ लाभांस वितरणकाे कर, सेयर प्रिमियमकाे अनपेक्षित करले संचित र वितरणयाेग्य मुनाफा प्रभावित भएकाे छ । लगानी व्यवस्थापन र निर्णयमा अात्तिने र मात्तिने भन्दा सजगतापूर्वक हेर्ने र विश्लेषण उपयाेगी हुनसक्छ ।

लेखा परिक्षण नगरिएकाे वित्तिय विवरण सरसर्ति हेर्दा बैंकहरूले कुल ७०७.८९ अर्ब शेयरधनीकाे रकम परिचालन गरेर खुद मुनाफा ६४.१५ अर्ब रूपैयाँ  गरेकाे देखिन्छ, तर शेयरधनीकाे लागि लाभांसका रूपमा १६ बैंककाे बाँड्न मिल्ने कुल रकम २२.९ अर्ब मात्र छ भने ४ बैंक (नेपाल इन्भेष्टमेन्ट मेगा, एनअाइसी एसिया, कुमारी र हिमालयन) काे कुल संचित नाेक्सानी १५.३१ अर्ब कटाउँदा बैकहरूकाे कुल वितरणयाेग्य नाफा केवल ७.६२ अर्ब रूपैयाँ मात्र बाँकि रहन्छ । खुद मुनाफा ६४.१५ अर्बबाट ठूलाे रकम डिबेन्चर रिडेम्पसन रिजर्भमा ९.८८ अर्ब, नउठेकाे ब्याजकाे व्यवस्था ९.८५ अर्ब र अल्पकालीन एनबिएकाे ९.६२ गरी कुल २९.३५ अर्ब छुट्याउनु पर्दा बैंकहरूकाे वास्तविक लाभांस क्षमता निकै कमजाेर देखिएकाे हाे । ति व्यवस्थाका रकमहरू उठ्दै जाँदा भने लाभांस क्षमता पनि बढ्न सक्नेछ । यस बाहेक ग्लाेवल अाइएमइसँग १.५ अर्ब, लक्ष्मी सनराइजसँग १ अर्ब र नेपाल एसबिअाइ बैंकसँग २० कराेड रूपैयाँ डिबेन्चर रिडेम्पसनबाट फिर्ता रकम लाभांसकाे लागि उपलब्ध हुनसक्नेछ । वास्तविक रकम कति वा समायाेजित भने लेखापरिक्षण पछि स्पष्ट हाेला ।

साथी दिपक दाहालकाे सहयाेगमा तयार गरिएकाे तालिका केवल व्यक्तिगत ज्ञानका लागि हाे र यसमा भएका त्रुटि कुनै पनि समयमा सच्याइनेछ । कसैले त्रुटि भेटेमा जानकारी दिइ सुधारका लागि सघाउन अनुराेध समेत गरिन्छ । 

WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.

EPS and Networth movement from Q1 to Q4 in FY 2080-81


Highest and Lowest among the banks for Q4 FY2080-81

Anyone required PDF of the table click and request

EPS, DPS, Free from Debenture Redemption

Key Income Area, CAR of Bank Q4 FY8081

Data: Dipak Dahal

Published Financial Statement for Q4 FY 2080-81




















For Q4 2079-80

No comments:

Post a Comment