Thursday, August 6, 2026

Bank Q4 FY 2082-83 Unaudited Financial Statements

Revised 19 Aug 2026
15:30 NST

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८२–८३ काे चाैथाे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू अनुसार बैंकिग क्षेत्रमा केहि सुधार देखिन थालेकाे छ । वासलात र नाफाका अंकहरूमा त्याे सुधार प्रतिविम्वित पनि भएका छन् । तर बैंकका शेयरधनीकाे तहमा भने ति अंक त्यति सुखद देखिएका छैनन् । बैंकहरूले करिव ७० अर्ब कमाए भन्दै गर्दा १ अर्ब हाराहारीकाे संचित नाेक्सानीले सेयरधनीहरूलाइ साेच्न बाध्य पार्नेछ । हुनतः लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । लगानी व्यवस्थापन र निर्णयमा अात्तिने र मात्तिने भन्दा सजगतापूर्वक तथ्यांक केलाउनु बुद्धिमानी हुनसक्छ । अझ अपरिष्कृत र अन्तिम लेखापरिक्षण पछि नियामकीय स्वीकृतिमा प्रकाशित हुने अाधाकारिक वित्तिय विवरणमा हाल देखिन थालेकाे फरकपनले अपरिस्कृत विवरणकाे विश्वसनियता र भरपर्दाेपनमा प्रश्न उठेकाे छ । जति नै नकारे पनि फेरी बजारमा हुने वित्तिय विश्लेषण पुर्ण रूपमा यिनै अपरिस्कृत तथ्यांकमा आधारित हुन्छन् । त्यसैले प्रकाशित तथ्यांकहरूकाे उपयाेग गरि लगानी निर्णयमा शंकाकाे लाभ सहित थप सहजगता अपनाउनु उपयुक्त हुन्छ ।

सरसर्ति हेर्दा बाणिज्य बैंकहरूले शेयरधनीहरूबाट चुक्ता पुँजी रू ३८९.३० अर्ब सहित शेयरधनीकाे इक्विटी ८०५.३९ अर्ब परिचालन गरेर करिब १०७.८५ अर्ब संचालन  नाफा कमाए । त्यसबाट करिब ३३.०७ अर्ब राज्यलाइ करका रूपमा छुट्याउँदै खुद नाफा ६९.८७ अर्ब कमाए । यसबाट बैधानिक जगेडा, डिबेन्चर रिडेम्पसन, कर्मचारी कल्याण काेष, सामाजिक उत्तरदायित्व, नउठेकाे ब्याज र अल्पकालीन प्रभिजन छुट्याउँदा समग्र वितरणका लागि उपलब्ध रकम करिब ९६ कराेडले नकारात्मक देखिन अाएकाे छ । दुखद पाटाे त १६ बैंकसँग उपलब्ध ३५.१५ अर्ब वितरणयाेग्य रकम भन्दा हिमालयन, एनअाइसी एसिया, एनअाइएमबी र प्रभुकाे कुल संचित घाटा ३६.११ अर्ब रहेकाे छ । यसरी अर्बाैं कमाएकाे देखिँदै गर्दा शेयरधनीहरूका लागि वास्तवमा वितरणयाेग्य रकम नै उपलब्ध रहेन तर राज्यले ३३ अर्बकाे कर भने पाउने अवस्था देखिन्छ । अझ प्रभु बैंककाे नाफा १५९.६ कराेड हुँदा कर प्रयाेजनका लागि नै १८३.८ कराेड छुट्याउन बाध्य कर तथा लेखा नीतिले शेयरधनीका लागि बैंकमा लगानी अभिशाप नै हाे कि भन्ने प्रश्न खडा भएकाे छ । 

चुक्ता पुँजीमा ग्लाेवल अाइएमइकाे सबैभन्दा बढि ३८.१२ अर्ब हुँदा शेयरधनीकाे कुल इक्विटीमा नविल बैंककाे ७१.९१ अर्ब पुगेकाे छ । संचित नाफामा एभरेष्ट अगाडि रहँदा एनअाइसी एसियाकाे चुक्ता पुँजी बराबर जस्तै संचित नाेक्सानी पुगेकाे छ । वार्षिक खुद नाफा रू ७.९१ अर्ब सहित नविल अगाडि रहँदा प्रभु रू ०.२४ अर्बले घाटामा पुगेकाे छ । यसमा बढ्दाे प्रभिजन, नउठेकाे सावाँ वापतकाे व्यवस्था (इम्पेरिमेन्ट चार्ज), ब्याज मुल्तवी (इन्टरेस्ट सस्पेन्स) काे भूमिका रहेकाे देखिन्छ । हुनतः ब्याज मुल्तवी घट्दाे दरमा रहेकाे छ, तर इम्पेरिमेन्ट बढेर ३७.३७ अर्ब पुगेकाे छ । 

समग्र पुँजीकाेष भने केहि सुधार भएकाे देखिन्छ । हिमालयन, एनअाइसी एसिया, प्रभु र राष्ट्रिय बाणिज्यकाे पुँजीकाेष १२ प्रतिशत मुनि भएता पनि वासेल प्रावधान भित्रै देखिन्छ । १५.५५% काे एनपिएलका बावजुद प्रभुकाे पुँजीकाेष ११.८३ कायम छ । प्राथमिक पुँजीकाेष तर्फ भने हिमालयनकाे ८.१७%, एनअाइसी एसियाकाे ६.२७% प्रभुकाे ८.१७% कायम हुँदा ताेकिएकाे ८.५% भंग (ब्रिच) भएकाे छ । 

पुँजीकाेषकाे बहानामा यस वर्ष माछापुच्छ्रेले ८.२५% असंचित लाभांश दरकाे ३ अर्ब, ८% असंचित लाभांश दरकाे नविलले ५ अर्ब, ८.२५% असंचित लाभांश दरकाे एनएमबीले ३ अर्ब, ८.२५% असंचित लाभांश दरकाे सानिमाले २ अर्ब र ८.२५% असंचित लाभांश दरकाे सिद्धार्थ बैंकले ३.५ अर्बका निकै महंगा अविमाेच्य असञ्चित अग्राधिकार शेयर जारी गरेका छन् । हुनतः कृषि विकासले पहिलेदेखि नै यस्तै प्रकृतिकाे ६% असंचित लाभांश दरकाे ५.४३ अर्ब असंचित अग्राधिकार सेयर जारी गरेकाे थियाे । 

त्यसैलै वितिय विवरण केलाउँदा विश्लेषण गर्दा वास्तविक साधारण सेयर र अग्राधिकारकाे हिस्सामा ध्यान दिइनु पर्छ । यस्तै वितरणयाेग्य मुनाफा केलाउँदै गर्दा उनीहरूले जारी गरेका अग्राधिकार सेयरका लागि पर्याप्त लाभांश व्यवस्था गरे वा नगरेकाे र त्यसकाे साधारण सेयरधनीमा पर्ने प्रभावलाइ हेरिनुपर्छ । सायद यहि अग्राधिकार सहितकाे पहिलाे वितिय विवरण भएर हाेला केही बैकले प्रकाशित ईपिएस केही फरक हाे कि देख्न सकिन्छ ।

लाभांश क्षमता तर्फ सबैभन्दा बढि एभरेष्ट बैंककाे ३८.३२% र कममा कुमारीकाे ३.०२% देखिन्छ । तर कुमारीले यस अावमा संचालन प्रभावकारीतामा उल्लेख्य प्रगति गर्दै २.७९ अर्बकाे संचित नाेक्सानीलाइ संचित नाफामा परिणत गरेकाे छ । ८ बैंकले दाेहाेराे अंकमा लाभांश क्षमता राख्दा संचित नाेक्सानीका ४ बैंकहरू हिमालयन, एनअाइसी एसिया, एनअाइएमबीर प्रभु लाभांश दिन नसक्ने अवस्थामा छन् । सिदार्थ बैंककाे संचित नाफा १.७० अर्ब भएता पनि डिबेन्चर रिडेम्पसनकाे २.१६ अर्ब समेत जाेडेर २६.१६% देखिन्छ । यसका साथै केहि अन्य बैंकहरूकाे पनि डिबेन्चर परिपक्व भएसँगै रिडेम्पसनबाट फ्रि लाभांशयाेग्य रकम उपलब्ध हुनसक्छ, जुन वितिय विवरणमा स्पष्ट नदेखिएकाे वा अन्य शीर्षकमा राखिएकाे पनि हुनसक्छ । 

WARNING: Datas are consolidated for self-study purpose. I will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.


Anyone required PDF of the table click and request

Key parameter for FY 2082-83 Q4

EPS = Earning per share | carT1 = Capital Adequacy Tier 1 | carT2 = Capital Adequacy Tier 2 | qepe = Quater end price earning ratio | RE = Retained Earning

बैंकहरूले प्रकाशित अपरिष्कृत वित्तिय विवरण




















अन्य सन्दर्भ लेख र सामग्री


Tuesday, May 5, 2026

Bank Q3 FY 2082_83 Unaudited Financial Reports

Updated/Rev NST 1530
09 Jun 2026

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८२–८३ काे तेस्राे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ ।

तेश्राे त्रैमाससम्ममा बैंकहरूकाे कुल इक्विटी करिव ७.८९ खर्ब लगानीमा ४९.२१ अर्ब रूपैयाँ खुद नाफा कमाएकाे देखिन्छ । खुदनाफा मात्रै हेर्दा ठूलाे अंक र अाव २०८१–८२ चैतमसान्तकाे ४१.२५ अर्ब रूपैयाँ भन्दा करिव १९.३% ले बढेकाे देखिएता पनि इक्विटिमा प्रतिफल केवल ६–७% हाराहारी देखिन्छ । अहिलेकाे अवस्थामा याे खत्तम भनिहाल्न मिल्दैन, तर जाेखिम र प्रतिफलकाे सन्तुलनमा बैंकिग सेक्टर चुक्न थालेकाे महुसस हुनथालेकाे छ । चुक्ता पुँजी ३.८९ खर्बकाे अाधारमा अाैसत प्रतिशेयर अाय १७.५५ हाराहारी देखिन्छ, यसलाइ सन्ताेषजनक नै मान्न सकिन्छ । तर यहाँ खुदनाफाबाट छुट्याइनु पर्नै बैधानिक काेषहरू, नउठेकाे ब्याज, डिबेन्चर रिडेम्पसन जस्ता नियामकीय काेषहरूमा अावश्यक व्यवस्था पछि वास्तवमा शेयरधनीलाइ वितरणयाेग्य नाफा भने १०.१९ अर्बले ऋणात्मक देखिन्छ । संचालित २० बैंक मध्ये ६ बैंककाे संचित नाेक्सानी नै ३४ अर्ब रहेकाे छ, भने सिद्धार्थकाे २.१६ अर्ब डिबेन्चर रिडेम्पसन काेषबाट फिर्ता रकम समेत गाभेर हेर्दा बाँकी १४ बैंककाे बाँड्न मिल्ने जम्मा २३.८२ अर्ब रहेकाे छ ।  प्रकाशित खुदनाफा ४९.२१ अर्बमा नउठेकाे ९.२३ अर्ब ब्याज समेत समावेश रहेकाे बिर्सनु हुन्न । अझ यसमा अन्तिम लेखापरिक्षण र नियामकीय सुपरिवेक्षण पछिकाे वास्तविकता कति फरक पर्ने हाे, अनिश्चित छ ।

यस त्रैमासमा अाइपुग्दा बैंकहरूकाे निष्कृय कर्जा ह्वात्तै बढेकाे देखिन्छ । यस त्रैमासमा ८ बैककाे एनपिएल अायकर एेनले स्वीकार्य ५% भन्दा बढि छ ।  एनअाइसी एसिया ८.८५%, प्रभु ८.८४% र नेपाल इन्भेष्टमेन्ट मेगा ८.४१% काे उच्च निष्कृय कर्जा दवाव झेल्दैछन् । क वर्गका बैंकहरूकाे अाैसत निष्कृय कर्जा नै ५.२५% पुगिसकेकाे छ । यसले बैंकहरूकाे नाफासँगै पुँजीकाेष समेत क्षयीकरण भैरहेकाे छ । 

हिमालयन र एनअाइसी एसिया निष्कृय कर्जासँगै प्राथमिक पुँजीकाेषकाे उल्लेख्य दवावमा रहँदा सिटिजन्स, माछापुच्छ्रे र प्रभु उच्च दवावमा देखिए । ३ अर्बकाे अविमाेच्य अग्राधिकार शेयर जारी गरेर प्राथमिक पुजीकाेष व्यवस्थापन प्रयासका बावजुद माछापुच्छ्रे उच्च दवावमा पुगेकाे छ । पुँजीकाेषमा अनपेक्षित दवावकै कारण कतिपय बैंकहरू पर्याप्त तरलताका बावजुद थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । सायद यहि पुँजीकाेषकाे दवावबाट निकाल्न हालै लामाे अन्तराल पछि एनआईसी एसिया बैंकलाई ५०% हकप्रद सेयर मार्फत पुँजी थप्ने पुर्वस्वीकृति दिईएकाे छ । यसका साथै कृषि विकासले ५.४३ अर्ब, माछापुच्छ्रेले ३ अर्ब,,नविलले ५ अर्ब, एनएमबीले ३ अर्ब, सानिमाले २ अर्ब र सिद्धार्थ बैंकले ३.५ अर्बका निकै महंगा करिब २१ अर्ब हाराहारीकाे अविमाेच्य असञ्चित अग्राधिकार शेयर जारी गरेका छन् । ८% हाराहारीका देखिने अग्राधिकार सेयरमा दिइने लाभांश र करकाे दायित्वका कारण वास्तविक लागत ११.५% काे संचालन नाफा अावश्यक पर्ने अनन्तकालिन अग्राधिकारका कारण खुदनाफा देखिएता पनि सर्वसाधारण सेयरधनीका लागि वितरणयाेग्य नाफाकाे उल्लेख्य हिस्सा चुहिनेछ । तालिकामा गरिएकाे सामान्य हिसावले पनि वार्षिक १६.५ कराेडदेखि ४० कराेड रूपैयाँ खुदनाफाबाट अग्राधिकार सेयरधनीका लागि लाभांसकाे रूपमा छुट्याउनु पर्दा सर्वसाधारण सेयरधनीहरू कृषिकाले २.२८, माछापुच्छ्रेकाले २.०५, नविलकाले १.४८, एनएमबीकाले १.२८, सानिमाकाले १.२१ र सिद्धार्थकाले १.९५ प्रति शेयर गुमाउँदै छन् । सक्षम र उत्कृष्ट व्यवस्थापक भनिएका प्रमुख कार्यकारी अधिकृतहरूकाे असक्षमता र बैंकका सेयरधनी माथि लादिएकाे यस्ता उच्च लागतका पुँजीगत उपकरणभन्दा व्यवसाय खुम्च्याउनु नै लाभदायी हुनसक्ने अवस्था रहन सक्छ ।

तेस्राे त्रैमास २०८२–८३ मा बैकहरूकाे अग्राधिकार सेयर र वितरणयाेग्य लाभांशमा प्रभाव
*considering tax rate of 30%, but possible impact of general reserve, staff welfare, etc have not considered. If these also applies, real effective cost of pref. share would be much more higher.

तथ्यांकहरूले त्रैमासिक रूपमा ब्याज मुल्तवी दाेस्राे त्रैमाससम्मकाे ८.५३ अर्बबाट केहि बढेर ९.२३ अर्ब पुगेकाे छ । यसमा एनअाइसी एसियाकाे सबैभन्दा बढि १.९२ अर्ब रहेकाे छ । रमाइलाे त एनअाइसी एसियाकाे खुदनाफा १४ कराेड देखिन्छ, तर त्यसमा नउठेकाे ब्याज नै १.९२ अर्ब समेत समावेस छ । यसले वास्तवमा बैंक घाटामा भन्नुपर्ने अवस्था छ । प्रभुकाे नउठेकाे ब्याज पनि १.३५ अर्ब छ, जबकी उसकाे खुदनाफा ०.८५ कराेड दावी गरिएकाे छ । सम्भावित कर्जा नाेक्सानीमा व्यवस्था (इम्पेरिमेन्ट चार्जेज) पनि दाेस्राे त्रैमासकाे २८.७९ बाट बढेर ३४.८३ अर्ब पुगेकाे छ । यस त्रैमासमा ग्लाेवलले सबैभन्दा बढि ३.९१ अर्ब इम्पेरिमेन्ज चार्ज गरेकाे छ । यसले नियामकीय सुविधा र सहजीकरणका बावजुद कर्जा असुली र ब्याज भुक्तानी प्राप्त हुन नसकेकाे संकेत देखाएकाे छ । अार्थिक गतिविध चलायमान गराउन विविध क्षेत्रकाे प्रयासका बावजुद सुस्तता कायमै रहेकाे देखिन्छ ।

These datas has been tabulated and organized with generous support from Dipak Dahal. Everybody should be thankful to him.
WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.

तेस्राे त्रैमास २०८२–८३ मा बैकहरूकाे मुख्य सूचकहरूकाे अवस्था

तेस्राे त्रैमास २०८२–८३ मा पहिलाे, अन्तिम र इन्डष्ट्रि अाैसत

शेयरधनीका लागि उपलब्ध रकमकाे आधारमा प्रति शेयर वितरणयाेग्य लाभांश गणना जाेखिमपुर्ण हुनेछ, किनभने वितरणयाेग्य मुनाफामा गत वर्षकाे बाँकी समावेश हुनुकाे साथै SBL काे सन्दर्भमा २.१६ अर्ब डिबेन्चर रिडेम्पसन फिर्ता काेषकाे रकम समेत उपलब्ध छ ।

तेस्राे त्रैमास २०८२–८३ काे मुख्य अाधारभूत सुचकहरू
Dilip Screener (EPS, Networth, PE, CAR)

सम्बन्धित बैंकबाट प्रकाशित तेस्राे त्रैमासकाे अपरिस्कृत वितिय विवरण





















Thursday, February 26, 2026

Bank KFI 2082-83

Revised/updated 5 July 2026, NST 1:15 pm

नेपाल राष्ट्र बैंकबाट हालै प्रकाशित त्रैमासिक पुजिकाेषकाे तथ्यांक अनुसार आव 2082-83 पुजीकाेषकाे अवस्था तालिकामा दिईए अनुसार छ । नियामकीय व्यवस्था अनुसार CCAR 8.5% (Tier 1) र CAR 11.0% (Tier 2) कायम गर्नुपर्नेछ । ताेकिएकाे CCAR नपुगेकै कारण नियामकीय कारवाही भाेगेका र लाभांश वितरणमा राेक लागेका समाचार समेत बाहिरिएका छन् । हुनतः हाल बैंकहरूले CCAR काे समाधानकाे विकल्पमा अपरिवर्तनीय अविमाेच्य असंचित अग्राधिकार सेयर (Non convertible, non perpetual non cumulative preference share) जारी गर्न थालेका छन् । तुलनात्मकरूपमा निकै उच्च लागतकाे याे उपकरण नविल, सानिमा र एनएमबिले अपनाउँदै CCAR मा उल्लेख्य सुधार गरेका छन् । प्राथमिक पुँजी जाेहाे गर्ने अन्य विकल्प उपलब्ध नहुँदा र बढ्दाे निस्कृय कर्जावापतकाे प्राेभिजन अनि गैरबैंकिग सम्पतिले बैंकहरूका लागि यस प्रकारकाे अग्राधिकार सेयर बाध्यकारी बनाएकाे महसुस भने गर्न सकिन्छ । तर लाभांसमा अग्राधिकार रहने अग्राधिकार सेयरकाे लागत निकै उच्च हुनुले कतै साधारण सेयरधनीहरूकाे प्रतिफलमा नराम्राे असर पुग्ने हाेकी भन्ने अाशंका भने गर्न थालिएकाे छ।

नेपाल राष्ट्र बैंकबाट प्रकाशित आव 2082-83 काे प्रथम त्रैमासकाे मुख्य वित्तिय सूचकांक अनुसार सबै बैंकहरूले ताेकिएकाे पुँजीकाेषकाे मापदण्ड पुरा गरेका छन् । हिमालयन, कुमारी र माछापुच्छ्रे भने CCAR काे दवावमा देखिन्छ । सरकारी राष्ट्रिय बाणिज्य बैंक भने समग्र पुँजीकाेष CAR काे दवावमा देखिन्छ । स्ट्यान्डर्ड चार्टड दुवै पुँजीकाेषमा सबैभन्दा सहज देखिन्छ ।

नेपाल राष्ट्र बैंकबाट प्रकाशित आव 2082-83 काे दाेस्राे त्रैमासकाे मुख्य वित्तिय सूचकांक अनुसार सबै बैंकहरूले ताेकिएकाे पुँजीकाेषकाे मापदण्ड पुरा गरेका छन् । तर हिमालयन बैंककाे प्राथमिक पुँजीकाेष CCAR ८.१९ मात्र छ, जुन ताेकिएकाे मापदण्ड ८.५ भन्दा थाेरै कम हाे । यसका साथै सिटिजन्स, कुमारी, माछापुच्छ्रे, एनअाइसी एसिया, एनएमबी, प्रभु र राष्ट्रिय बाणिज्य बैक अझै पनि CCAR काे दवावमा देखिन्छ । यस्तै हिमालयन, लक्ष्रमी सनराइज, एनएमबी, प्राइम र सरकारी राष्ट्रिय बाणिज्य बैंक भने समग्र पुँजीकाेष CAR काे दवावमा देखिन्छ । स्ट्यान्डर्ड चार्टड दुवै पुँजीकाेषमा सबैभन्दा सहज देखिन्छ ।

प्रकाशित तेस्राे त्रैमाससम्म पुग्दा हिमालयन बैंक र एनअाइसी एसियाकाे प्राथमिक पुँजीकाेष CCAR ७.७ र ६.४८ प्रतिशत मात्र छ, जुन ताेकिएकाे मापदण्ड ८.५ भन्दा कम हाे । सम्भवतः बढेकाे निस्कृय कर्जा र गैरबैंकिग सम्पतिले यि दुवै बैंककाे पुँजीकाेषमा उल्लेख्य दवाव दिएकाे हुनसक्छ । यसका साथै सिटिजन्स र प्रभु अझै पनि CCAR काे दवावमा देखिन्छ । यस अवधिमा एनएमबी, सिद्धार्थ, सानिमा, माछापुच्छ्रे बैंकले अविमाेच्य अग्राधिकार सेयर जारी गर्दै प्राथमिक पुँजीकाेषलाइ बलियाे बनाएका छन् । समग्र पुँजीकाेष CAR काे हिमालयन, लक्ष्रमी सनराइज, एनअाइसी एसिया, प्राइम र सरकारी राष्ट्रिय बाणिज्य बैंक ताेकिएकाे सीमा नजिकै हुँदा केहि दवावमा देखिन्छ । स्ट्यान्डर्ड चार्टड दुवै पुँजीकाेषमा सबैभन्दा सहज देखिन्छ ।

Bank KFI for FY 2082-83 till Q1

 



थप सामग्री