दाेश्राे त्रैमाससम्ममा बैंकहरूकाे कुल इक्विटी करिव ७.५९ खर्ब लगानीमा ३०.५९ अर्ब रूपैयाँ खुद नाफा कमाएकाे देखिन्छ । खुदनाफा मात्रै हेर्दा ठूलाे अंक र अाव २०८१–८२ पुसमसान्तकाे २७.४४ अर्ब रूपैयाँ भन्दा करिव ११.४८% ले बढेकाे देखिएता पनि इक्विटिमा प्रतिफल केवल ८% हाराहारी देखिन्छ । अहिलेकाे अवस्थामा याे खत्तम भनिहाल्न मिल्दैन, तर जाेखिम र प्रतिफलकाे सन्तुलनमा बैंकिग सेक्टर चुक्न थालेकाे महुसस हुनथालेकाे छ । चुक्ता पुँजी ३.८९ खर्बकाे अाधारमा अाैसत प्रतिशेयर अाय १६ हाराहारी देखिन्छ, यसलाइ सन्ताेषजनक नै मान्न सकिन्छ । तर यहाँ खुदनाफाबाट छुट्याइनु पर्नै बैधानिक काेषहरू, नउठेकाे ब्याज, डिबेन्चर रिडेम्पसन जस्ता नियामकीय काेषहरूमा अावश्यक व्यवस्था पछि वास्तवमा शेयरधनीलाइ वितरणयाेग्य नाफा भने १४.१० अर्बले ऋणात्मक देखिन्छ । संचालित २० बैंक मध्ये ९ बैंककाे संचित नाेक्सानी नै २८.६९ अर्ब रहेकाे छ, भने सिद्धार्थकाे २.१६ अर्ब डिबेन्चर रिडेम्पसन काेषबाट फिर्ता रकम समेत गाभेर हेर्दा बाँकी ११ बैंककाे बाँड्न मिल्ने जम्मा १७.६० अर्ब रहेकाे छ । त्रैमासिक तथ्यांकले समग्रमा बैंकिग सेक्टरका शेयरधनीले १४.१३ अर्ब गुमाएकाे भन्दा फरक नपर्ला । प्रकाशित खुदनाफा ३०.५९ अर्बमा नउठेकाे ८.५३ अर्ब ब्याज समेत समावेश रहेकाे बिर्सनु हुन्न । अझ यसमा अन्तिम लेखापरिक्षण र नियामकीय सुपरिवेक्षण पछिकाे वास्तविकता कति फरक पर्ने हाे, अनिश्चित छ ।
प्रकाशित विवरणकाे अाधारमा अलि ध्यान दिनुपर्ने चाहिँ नविल बैंककाे इम्पेरिमेन्ट, लक्ष्मी सनराइजकाे ह्वात्तै बढेकाे सम्भावित कर्जानाेक्सानी अनि हिमालयनकाे प्राथमिक पुँजीकाेष रहेकाे छ । तथ्यांकहरूले त्रैमासिक रूपमा ब्याज मुल्तवी प्रथम त्रैमाससम्मकाे ७.३१ अर्बबाट केहि बढेर ८.५३ अर्ब पुगेकाे छ । यसमा एनअाइसी एसियाकाे सबैभन्दा बढि १.४५ अर्ब रहेकाे छ । रमाइलाे त एनअाइसी एसियाकाे खुदनाफा १३ कराेड देखिन्छ, तर त्यसमा नउठेकाे ब्याज नै १.४५ अर्ब समेत समावेस छ । यसले वास्तवमा बैंक घाटामा भन्नुपर्ने अवस्था छ । सम्भावित कर्जा नाेक्सानीमा व्यवस्था (इम्पेरिमेन्ट चार्जेज) पनि प्रथम त्रैमासकाे २०.१४ बाट बढेर २८.७९ अर्ब पुगेकाे छ । यस त्रैमासमा लक्ष्मी सनराइजले सबैभन्दा बढि ४.४७ अर्ब इम्पेरिमेन्ज चार्ज गरेकाे छ । यसले नियामकीय सुविधा र सहजीकरणका बावजुद कर्जा असुली र ब्याज भुक्तानी प्राप्त हुन नसकेकाे संकेत देखाएकाे छ । अार्थिक गतिविध चलायमान गराउन विविध क्षेत्रकाे प्रयासका बावजुद सुस्तता कायमै रहेकाे देखिन्छ ।













































































