Sunday, February 7, 2021

Banks Q27778: विश्वसनीयताको कठघरामा वित्तीय विवरण

लगानीकर्तालाई कम्पनीको व्यावसायिक, वित्तीय ्र मुनाफाको अवस्था जानकारी गराउनेभन्दा कानुनी बाध्यताले प्रकाशित वित्तीय विवरणमा “आजका मितिसम्म यस प्रतिवेदनमा उल्लिखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्छु कि मैले जानेबुझेसम्म यस प्रतिवेदनमा उल्लिखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सु–सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।” भन्ने कार्यकारी उद्घोषका बाबजुद विश्वसनीयताको कठघरामा पर्नु विडम्बना हो । सु–सूचित लगानी निर्णयका लागि आगामी रणनीति र पूर्वानुमान त परको कुरा अपूर्ण र त्रुटिपूर्ण वित्तीय विवरणले पासोमा परिने जोखिम छ । गत आवको लेखापरीक्षण नभएको वार्षिक मुनाफाहरू र लेखापरीक्षणपछि वितरित लाभांशले प्रकाशित विवरणको शुद्धतामा सोच्न बाध्य पा-यो । लेखापरीक्षणको बहानामा अशुद्ध र कानुनले तोकेको न्यूनतम जानकारी नदिने कम्पनीहरूमाथि नियामकबाट सचेत र कारबाही नहुनु अर्को बिडम्वना हो । त्यसैले एकीकृत डाटाबेस र संस्थागत क्षमता नभएको नियामकबाट धेरै आशा गर्नुभन्दा प्रकाशित विवरणलाई सन्दर्भ सामग्री बनाएर थप विश्लेषण गर्दा लगानी निर्णय सही हुन्छ र ‘सूचनापासो’ बाट बचिन्छ ।

बैंकहरूको २०७७/७८ पुसको प्रकाशित र लगानीका लागि प्रभावकारी विवरण

बैंक

प्रकाशित विवरण

प्रभावकारी विवरण

चुक्ता पूँजी
(रु. अर्ब)

जगेडा कोष
(रु. अर्ब)

ग्राहक निक्षेप
(
रु. अर्ब)

ग्राहक कर्जा तथा सापटी (रु. अर्ब)

अवधिको नाफा
(रु. अर्ब)

वितरण योग्य मुनाफा
(रु. अर्ब)

प्रतिशेयर आय (रु.)

नेटवर्थ (रु.)

पूँजी कोष (%)

चुक्ता पूँजी
(रु. अर्ब)

प्रतिशेयर आय (रु.) ¯

नेटवर्थ (रु.)

एनआईसी एसिया

११.५६

६.८९

२६८.११

२२१.२४

२.०६

०.७३

३५.७३

१५७.७१

१२.१६

११.५६

३५.७३

१६६.३२

नविल

१३.४८

१३.५२

२००.१५

१७०.५२

२.०२

१.८४

४०.०४

२१४.०८

१३.३१

१३.४८

२९.९१

२१४.०८

प्रभु

११.३५

४.१९

१६२.०२

१२६.०६

१.५२

१.००

२६.७७

१४७.२९

११.४०

११.३५

२६.७७

१४७.२९

प्राइम कमर्सियल

१६.०८

४.९५

१३१.००

११९.२७

१.८१

१.२६

२२.५५

१३९.३३

१४.२४

१६.०८

२२.५५

१३९.३३

सानिमा

९.६८

३.०१

११०.२४

१०१.६४

१.०६

०.८९

२२.०२

१४०.२८

१५.०४

९.६८

२१.९६

१४०.२८

एभरेष्ट

८.८९

८.४८

१५०.१८

११३.४९

०.९६

०.६८

२१.६३

२१८.९३

१३.३९

८.८९

२१.६०

२१८.९३

ग्लोबल आइएमई

२१.६३

७.७०

२३४.४१

२०३.७९

२.३२

१.४३

२१.४०

१४२.६३

१२.६५

२१.६३

२१.४०

१४२.६३

नेपाल

१२.६४

१५.५९

१४८.९९

११६.६१

१.३५

०.६८

२१.३७

२५३.१८

१६.१३

१२.६४

२१.३७

२५३.१८

कृषि विकास

१०.९९

९.९८

१४४.२०

१३२.४९

१.३२

०.८१

२१.०९

२१८.८८

१८.७३

१०.९९

२१.०९

२२०.३६

नेपाल बंगलादेश

८.५०

४.४७

७०.०९

६०.९३

०.९४

०.४६

२२.१६

१६५.५०

१४.१७

९.०१

२०.९०

१५३.८५

सनराइज

९.४९

३.९२

९२.४१

८६.९७

०.९५

०.२१

२०.०१

१४९.६७

१४.५३

९.४९

२०.०१

१४९.६७

एनएमबी

१४.४५

५.११

१४२.५७

१३७.२९

१.६१

१.५१

२२.५०

१६०.४१

१३.६८

१६.३३

१९.७७

१३९.१२

नेपाल इन्भेष्टमेन्ट

१४.२५

१२.१५

१६६.३६

१३८.०२

१.५९

०.४९

१९.७१

२०७.३९

१३.९८

१६.१०

१९.७१

१७८.६७

सिटिजन्स

९.८२

३.४४

१०५.१८

८७.८८

०.८८

०.८५

१७.८३

१४३.९५

१३.६९

९.८२

१७.८३

१४३.९५

मेगा

१४.६५

२.९५

१२८.६२

१२३.४०

१.३०

०.६८

१७.९७

१३१.६४

१२.८०

१४.६५

१७.८०

१३१.१०

माछापुच्छ्रे

९.०५

२.४६

११८.२४

१०३.९३

०.८०

०.४५

१७.७३

१३३.७०

११.९६

९.०५

१७.७३

१३३.६६

कुमारी

१३.८८

३.५०

१२२.७३

११४.७४

१.२२

०.६४

१७.५३

१३०.८२

१४.९१

१३.८८

१७.५३

१३०.८२

स्ट्याण्डर्ड चार्टड

८.५७

५.७८

८३.५१

५३.१२

०.७३

०.६२

१६.९८

१८२.४७

१९.३६

८.५७

१६.९८

१८२.४७

सिद्धार्थ

९.७९

७.४१

१५७.७९

१३८.३७

०.९२

–०.१४

१८.८२

१८७.२०

१३.८४

१०.९६

१६.७६

१६४.४६

लक्ष्मी

१०.७०

३.७१

१०४.३६

९२.३९

०.८१

०.५०

१५.०९

१४३.८३

१२.८०

१०.७०

१५.०९

१४३.८३

बैंक अफ काठमान्डू

९.६६

४.८८

९३.३५

८५.३२

०.७१

०.३९

१४.६७

१५५.०२

१२.८५

९.६६

१४.६७

१५५.०२

हिमालयन

१०.६८

५.९९

१२९.९२

१०९.०१

०.६५

०.३९

१२.२३

१६५.५५

१३.८४

१०.६८

१२.२३

१६५.५५

नेपाल क्रेडिट एण्ड कमर्स

९.३५

३.०६

९७.९६

७७.४९

०.६१

०.४२

१३.१३

१४८.३८

१२.७१

१०.३१

११.९१

१३४.०७

नेपाल एसबिआई

८.९६

४.८४

१०३.२५

८८.५३

०.५१

०.१४

११.५०

१७१.६७

१४.६०

९.४९

१०.८५

१५५.२३

सेञ्चुरी

९.०३

१.४५

८३.७९

६९.२५

०.४७

०.२५

१०.३३

११८.८७

१३.२५

९.०३

१०.३३

११८.८७

सिभिल

८.००

१.४८

७६.८४

६५.८३

०.२०

०.१०

५.०७

१२९.८३

१३.७३

८.६४

४.६९

११९.८२

राष्ट्रिय बाणिज्य

९.००

१३.९०

२४१.५०

१६२.६९

१.७५

१.८०

३८.८४

२८२.८२

१२.७०

९.००

३८.८४

२८२.८२

जम्मा

३०४.१४

१६४.८०

३६६७.७६

३१००.२६

३१.०७

१९.०९

 

 

 

३११.७०

 

 

औसत

११.२६

६.१०

१३५.८४

११४.८२

१.१५

०.७१

२०.१७

१६८.६३

१३.९४

११.५४

१९.४८

१६३.९०

नोटः प्रकाशित विवरण सम्बन्धित बैकहरूको दोस्रो त्रैमासिक प्रतिवेदनबाट । प्रभावकारी विवरणको चुक्ता पूँजी बोनस समायोजित, इपिएस पुँजीको आधारमा र नेटवर्थ उपलब्ध कुल जगेडा, संचित र प्रिमियमको आधारमा पुनःगणना ।
नाेट२ः लगानी निर्णय र व्यवस्थापनका लागि सम्भावित र यथार्थ वितिय तथ्यांक उपयाेग गर्नुपर्छ, त्यसैले प्रकाशितमा बाेनस र पुजी समायाेजन गरी प्रभावकारी विवरण (Effective Data) निकालिएकाे छ, जुन वास्तविकताकाे धेरै नजिक हुनेछ । 

चुक्ता पुँजी तथा जगेडा कोष

प्रकाशित विवरणअनुसार दोस्रो त्रैमाससम्म कुल चुक्ता पुँजी ३०४.१४ अर्ब देखिए तापनि बोनस सेयरसमेत समायोजन गर्दा बैंकहरूको कुल चुक्ता पुँजी रु. ३११.७० अर्ब र औसतमा करिब रु. ११.५४ अर्ब पुगेको छ । कृषि विकास र एभरेस्टको अग्राधिकार सेयरलाई समायोजन गर्दा सबैभन्दा बढी ग्लोबल आईएमईको रु. २१.६३ अर्ब र कममा स्ट्यान्डर्ड चार्टर्डको ८.५७ अर्ब हुनेछ । चुक्ता पुँजीमा अनावश्यक प्रतिस्पर्धाले बैंकहरू पुँजी भारले थिचिँदै प्रायः आधारभूत सूचकमा खस्किँदै छन् ।

लाभांशका लागि सञ्चितिसँगै प्रिमियमको उपयोगले ८ वटा बैंकसँग केवल १.२५ अर्ब रुपैयाँ मात्र प्रिमियम रकम बाँकी छ । जगेडा कोषतर्फ सबैभन्दा बढी नेपाल बैंकसँग १५.५९ अर्ब, नविलसँग १३.५२ अर्ब र नेपाल इन्भेस्टमेन्टसँग १२.१५ अर्ब देखिँदा सेञ्चुरीसँग सबैभन्दा कम रु. १.४५ अर्ब मात्र रहेको छ । लाभांश समायोजन हुँदा कोषहरूको अवस्था फरक हुन सक्नेछ ।

निक्षेप र कर्जा

अन्योलपूर्ण र संकुचित आर्थिक गतिविधिका बाबजुद बैंकहरू अरूलाई गाभेर वा कर्मचारी खटाएर बैंकिङ व्यवसायको आधार निक्षेप तथा कर्जा विस्तारमा आक्रामक देखिन्छन् । नेपाल एसबीआईको भने कर्जा तथा सापटीमा संकुचन देखिन्छ । बैंकमा ग्राहक निक्षेप बढेर कुल ३,६६७.७६ अर्ब तथा औसतमा प्रतिबैंक १३५.८४ अर्ब रुपैयाँ पुगेको छ । सबैलाई उछिन्दै एनआईसी एसियाले २६८.११ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा सिभिलभन्दा कमजोर हुँदै नेपाल बंगलादेशले केवल ७०.०९ अर्बमात्र निक्षेप पाएको छ ।

ग्राहकलाई कर्जा तथा सापटी वार्षिक करिब १८.५ प्रतिशतले बढेर कुल ३,१००.२६ अर्ब रुपैयाँ तथा औसतमा ११४.८२ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । एनआईसी एसियाले २२१.२४ अर्ब रुपैयाँसहित पहिलो हुँदा ५३.१२ अर्बसहित स्ट्यान्डर्ड चार्टर्डले अन्तिमको सिभिलको स्थान खोसेको छ ।

खुद मुनाफा, प्रतिसेयर आय र नेटवर्थ

६ महिनाको अवधिमा बैंकहरूले कुल ३१.०७ अर्ब रुपैयाँ खुद मुनाफा गर्दा सबैभन्दा बढी ग्लोबल आईएमईले रु. २.३२ अर्ब, घटीमा सिभिलले २० करोड रुपैयाँ र औसतमा रु. १.१५ अर्ब कमाए । चुक्ता पुँजी १६.२९ प्रतिशतले बढ्दा औसत खुद मुनाफा ६.५ प्रतिशतले घटेको छ । यस्तै, वित्तीय विश्लेषण र लगानी निर्णयको मुख्य आधार वार्षिक प्रतिसेयर आय (ईपीएस) रु. ३५.७३ रुपैयाँसहित एनआईसी एसियाले सबैलाई उछिन्दा सिभिलको रु. ४.६९ मात्र हुनेछ । पुँजी वृद्धिको तुलनामा आम्दानी नबढ्दा औसत ईपीएस घटेर रु. १९.४८ मा झरेको छ । तथ्यांकमा बढी नविलको रु. २७.३४ र कम सिद्धार्थको रु. २.८० घाटा देखिए पनि गत आवको अनुभव अनि पहिलोबाट दोस्रो त्रैमासको परिवर्तनलाई मनन गर्दा प्रतिसेयर वितरणयोग्य आय (डीपीएस) लाई नै लाभांश र लगानीको आधारमा बनाउनु गलत हुनेछ ।

विवरणले बलियो राष्ट्रिय वाणिज्यको रु. २८२.८२, नेपाल बैंकको २५३.१८ तथा कमजोरसहित सेञ्चुरीको रु. ११८ र औसत नेटवर्थ रु. १६३.९० देखाउँछ । प्रकाशित विवरणमा पुँजी र ईपीएस समायोजनमा अपनाइएको फरक मापदण्डले वास्तविक ईपीएस, नेटवर्थ फरक अंक पर्नेछ ।

Source: DipakDahal
पुँजीकोषको अवस्था

हाल बैंकलाई न्यूनतम ११ प्रतिशत पुँजीकोष हुनुपर्ने व्यवस्था छ । नगद लाभांस वितरणका लागि भने पूँजीकाेष कम्तिमा १२ प्रतिशत हुनुपर्छ । बैंकहरूको कायम औसत १३.९४ प्रतिशतको पुँजीकोष सन्तुलित र पर्याप्त मान्नुपर्छ । विवरणअनुसार प्रभुको ११.४ र माछापुच्छ्रेकाे ११.९६ पुँजीकोष हुँदा स्ट्यान्डर्ड चार्टर्डको १९.३६ सहित ९ बैंकको पुँजीकोष १४ प्रतिशतमाथि छ । पर्याप्त पुँजीकोष भएका बैंकलाई डिबेन्चर अनिवार्य गरिनु हुन्न ।

मूल्य आम्दानी अनुपात

मूल्य आम्दानी अनुपात (पीई)ले कम्पनी प्रति लगानीकर्ताहरूको आस र त्राससँगै सेयरको माग र आपूर्तिको अवस्थालाई मूल्यमा व्यक्त गर्छ, जुन प्रत्येक कारोबारसँगै परिवर्तन हुने हुँदा तालिकामा दिइएन । प्रचलित बजार मूल्यका आधारमा गत माघमा १३.७८ रहेको बैंकहरूको औसत पीई हाल २३.९९ हाराहारी पुगेको छ, जसले बढ्दो सेयरको माग र मूल्यगत जोखिमलाई इंगित गर्छ । प्रचलित मूल्यमा गणना गर्दा १३.१८ पीईका आधारमा नेपाल बंगलादेश सस्तो अनि ४५.८० पीईले सिभिल महँगो देखिन्छ ।

लगानी व्यवस्थापन

विवरण प्रकाशित गर्दासम्म नेपाल इन्भेस्टमेन्ट, सिद्धार्थ, एनसीसी र सिभिलबाहेकले पुस मसान्तभित्रै साधारण सभा गरी लाभांश पारित गरे पनि एनएमबी, नेपाल बंगलादेश र नेपाल एसबीआईले पुँजी समायोजन आवश्यक ठानेनन् । नतिजास्वरूपको अशुद्ध ईपीएसले लगानी जोखिम निम्त्याउँछ । यस्तै गाभ्ने–गाभिने अनि मेगा मर्जर नटुंगिदासम्म प्रायः बैंकको भविष्य अन्योलपूर्ण र लगानी निर्णय कठिन भएको छ ।

सार्वजनिक तथ्यांकले चुक्ता पुँजीमा ग्लोबल आईएमई; जगेडा कोष र नेटवर्थमा नेपाल बैंक; ग्राहक निक्षेप, कर्जा तथा सापटीसँगै ईपीएसमा एनआईसी एसिया; पीईमा नेपाल बंगलादेश; पुँजीकोषमा स्ट्यान्डर्ड चार्टर्ड बलियो देखाउँछ । चुक्ता पुँजी र कर्जा तथा सापटीमा स्ट्यान्डर्ड चार्टर्ड; ग्राहक निक्षेपमा नेपाल बंगलादेश; पुँजीकोषमा प्रभु; जगेडा कोष र नेटवर्थमा सेञ्चुरी; ईपीएस र पीईमा सिभिल कमजोर देखिन्छन् ।

अशुद्ध-शुद्ध जे भए पनि प्रकाशित विवरणले विगत बताउँदै गर्दा सोही आधारमा सहजै भविष्यको सटीक आकलन र लगानीमा प्रतिफल सुनिश्चित हुन्न । लगानी निर्णय वा व्यवस्थापन गर्दा प्रकाशित वा उल्लिखित तथ्यांकसँगै सम्भावित र शुद्ध ईपीएस, पीई, नेटवर्थ र पुँजीकोषसँगै लाभांश प्रतिफल दर (डिभिडेन्ड यिल्ड), इक्विटीमा प्रतिफल (आरओई), बजार र किताबी मूल्य अनुपात (पीबी रेसियो), ब्याजदर अन्तर (स्प्रेड), निष्क्रिय कर्जा र तरलताको अवस्था, व्यवसायको वृद्धि अनि लगानीको उद्देश्य, अवधि, पुँजीको स्रोत, अपेक्षित मुनाफा, जोखिम वहन/व्यवस्थापन क्षमता, गाभ्दा वा गाभिँदाको सम्भावित अवस्थालाई पनि ध्यान दिनुपर्छ ।

Bank Review with Adjusted Data against Published for FY 2077/78 Second Quarter


यो तथ्यांकीय विश्लेषण व्यक्तिगत प्रयोजनका लागि गरिएको सामान्य अध्ययन हो । लगानी निर्णय गर्दा आफ्नो जोखिम लिने क्षमता, उदेश्य, रकमको स्रोत जस्ता धेरैपक्षमा ध्यान दिनुपर्छ । तथ्यांकलाइ पुनः विश्लेषण गर्न नबिर्सनु होला । लगानीकर्ताहरुले स्वविकेमा यस त्रैमासको ईपिएसलाई व्यवहारिकता र विश्वसनीयताकाे कसीमा थप विश्लेषण गरी लगानी निर्णयमा प्रयोग गर्न सुझाइन्छ । प्रकाशित वा उल्लेखित तथ्यांककाे आधारमा लगानी र सिर्जित लाभहानी र जाेखिमकाे भागिदार र जिम्मेवार लेखक हुनेछैन, स्वयम् हुनुपर्नेछ ।

वित्तिय विवरणकाे विश्वसनीयतामा अर्काे लेख

काराेवार दैनिकमा २०७७ माघ २५ गते प्रकाशित, विश्वसनीयताको कठघरामा वित्तीय विवरण « (karobardaily.com)
updated on 11 Feb 2021, 5:41 pm