Revised 14 Aug 2026
14:15 NST
विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८२–८३ काे चाैथाे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू ।
हुनतः लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । लगानी व्यवस्थापन र निर्णयमा अात्तिने र मात्तिने भन्दा सजगतापूर्वक तथ्यांक केलाउनु बुद्धिमानी हुनसक्छ । अझ अपरिष्कृत र अन्तिम लेखापरिक्षण पछि नियामकीय स्वीकृतिमा प्रकाशित हुने अाधाकारिक वित्तिय विवरणमा हाल देखिन थालेकाे फरकपनले अपरिस्कृत विवरणकाे विश्वसनियता र भरपर्दाेपनमा प्रश्न उठेकाे छ । जति नै नकारे पनि फेरी बजारमा हुने वित्तिय विश्लेषण पुर्ण रूपमा यिनै अपरिस्कृत तथ्यांकमा आधारित हुन्छन् । त्यसैले प्रकाशित तथ्यांकहरूकाे उपयाेग गरि लगानी निर्णयमा शंकाकाे लाभ सहित थप सहजगता अपनाउनु उपयुक्त हुन्छ ।
यस वर्ष पुँजीकाेषकाे बहानामा कृषि विकासले ६% असंचित लाभांश दरकाे ५.४३ अर्ब, माछापुच्छ्रेले ८.२५% असंचित लाभांश दरकाे ३ अर्ब,, ८% असंचित लाभांश दरकाे नविलले ५ अर्ब, ८.२५% असंचित लाभांश दरकाे एनएमबीले ३ अर्ब, ८.२५% असंचित लाभांश दरकाे सानिमाले २ अर्ब र ८.२५% असंचित लाभांश दरकाे सिद्धार्थ बैंकले ३.५ अर्बका निकै महंगा करिब २१ अर्ब हाराहारीकाे अविमाेच्य असञ्चित अग्राधिकार शेयर जारी गरेका छन् । त्यसैले उनीहरूकाे वितिय विवरण केलाउँदा विश्लेषण गर्दा वास्तविक साधारण सेयर र अग्राधिकारकाे हिस्सामा ध्यान दिइनु पर्छ । यस्तै वितरणयाेग्य मुनाफा केलाउँदै गर्दा उनीहरूले जारी गरेका अग्राधिकार सेयरका लागि पर्याप्त लाभांश व्यवस्था गरे वा नगरेकाे र त्यसकाे साधारण सेयरधनीमा पर्ने प्रभावलाइ हेरिनुपर्छ ।














