Sunday, September 13, 2020

‘मेरो सेयर’ सुविधा र समस्या

Image: MeroShare
नेपाली धितोपत्र बजार अभौतिक र विद्युतीय कारोबार प्रणालीमा प्रवेशसँगै सबैभन्दा बढी चासो र चर्चाको ‘मेरो सेयर’ सफ्टवेयर धितोपत्र (सेयर, डिबेन्चर, म्युचुअल फन्ड) मा लगानीकर्ता र कारोबारी दुवैका लागि ऐच्छिक भनिए पनि निर्विकल्प भएको छ । सेवा प्रदायकले गुणस्तरसहित सहज, सुलभ र विश्वसनीय सेवा दिएको अवस्थामा हाल वैकल्पिक माध्यमबाट लगानी तथा कारोबार गरिरहेका लगानीकर्ताहरू समेत ‘मेरो सेयर’ तर्फ आकर्षित हुनेछन् ।

सुविधा र सेवा प्राप्ति

सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) बाट विकसित तथा सञ्चालित निम्न सेवासहितको ‘मेरो सेयर’ डिम्याट खाता खोलेको डीपी सेवा प्रदायकहरू (मर्चेन्ट बैंकर, बैंक, स्टक ब्रोकर) बाट रु. ५० तिरेर लिन सकिन्छ, भने बर्सेनि म्याद सकिनु अगाडि रु. ५० तिरेर नवीकरण गर्नुपर्छ । म्याद सकिएपछि मेराे शेयर लगइन हुँदैन्, अन्य विकल्पबाट खाता नविकरण गर्नुपर्ने हुन्छ । नविकरण एक वर्ष वा धेरैवर्षकाे एकैपटक पनि गर्न सकिन्छ । खाताकाे अवधि मेराे शेयरकाे अाेन प्राेफाइलमा हेर्न र त्यहिँबाट रिन्यु गर्न सकिन्छ ।  यसकाे एप भर्सन प्लेस्टाेरबाट डाउनलाेड गर्न क्लिक गर्नुस् । 

थप टिप्पणी १ (डिम्याटसम्बन्धी)ः ‘मेरो शेयर’ रू  ५० तिरेर वार्षिक नविकरण गरेजस्तै ‘डिम्याट खाता’ पनि वर्षेनि नविकरण गर्नुपर्छ । ‘मेरो शेयर’ खाता खाेलेकाे मितिका अाधारमा एक वर्ष गणना हुने भएपनि डिम्याट खाता भने एक आर्थिक वर्षको जुन मितिमा खोलेको भएपनि असार मसान्तमा म्याद सकिन्छ, जस्तै असार २० गते खोलेको खाताको म्याद समेत असार मसान्त हुन्छ । तसर्थ, आगामी आवमा समेत डिम्याट खाता सकृय राख्न सम्बन्धित डिपीलाई प्रत्येक आवको रू १०० तिरेर डिम्याट खाता नविकरण गर्नुपर्छ । डिम्याट खाता नविकरण नभएको अवस्थामा BO Frozen/Freez Balance हुन्छसक्छ र बेचेको शेयर हस्तान्तरण गर्न नमिल्न सक्छ, जसले क्लोजआउट र जरिवाना जस्ता आर्थिक नोक्सानीको जोखिम हुनसक्छ । सामान्यतः सम्बन्धित डिपीले तोकिएको मिति भित्र ताेकिएकाे खातामा नविकरण शुल्क जम्मा गर्न सूचना निकाल्छन् र सूचना अनुसार सम्बन्धित डिपी कहाँ गएर, अनलाइन बैंकिग, इसेवा, खल्तिजस्ता भुक्तानी सेवा प्रदायकबाट मेरो शेयर र डिम्याट नविकरण शुल्क तिर्न सकिन्छ ।

सूचना नअाए पनि हाल ‘मेरो शेयर’बाटै ‘मेरो शेयर’ र ‘डिम्याट खाता’को नविकरणको अवस्था थाहापाउन र नविकरण गर्न सकिन्छ । यसको लागि लगइन गरेर गएपछि नामसँगैको चित्रमा क्लिक गरेर भित्र छिरेपछि ओन प्रोफाइल (Own Profile) मा दुवैको अवस्था थाहा हुन्छ ।  इसेवा, खल्ति, प्रभुपे, अाइएमइपे, कनेक्टअाइपिएस जस्ता वालेट भएका व्यक्तिले त्यहिँबाट ‘रिन्यु अकाउन्ट’ थिचेर ‘मेरो शेयर’ र ‘डिम्याट खाता’ वा कुनै एकमात्र पनि नविकरण गर्न सकिन्छ । यहाँबाट नभए वा कुनै समस्या परे सम्बन्धित डिपीमा सम्पर्क गर्नुपर्छ । जहाँबाट वा जसरी गरेपनि वार्षिक नविकरण गर्नुपर्छ । नविकरण एक वर्ष वा धेरै वर्षको पनि गर्न सकिन्छ ।

यस्तै कतिपयले बैंक वा उसकाे मर्चेन्ट (सहायक कम्पनी) मा डिम्याट खाेलेकाे अवस्थामा खाता खाेल्दा नै बैक खाताबाट रकम झिक्ने स्वीकृित लिएर वार्षिक नविकरण गरिदिन सक्छ । अथवा तपाइँलाइ विशेष सुविधा वा प्याकेजमा निश्चित वर्ष डिम्याट सेवा निःशुल्क उपलब्ध गराएकाे हुनसक्छ । यस अवस्थामा पनि डिम्याट नविकरण हुनुपर्छ र त्याे सम्झाैता वा सुविधा अनुसार बैक वा मर्चेन्टले गर्नुपर्छ । उसले वा अाफै जसले र जसरी गरे पनि डिम्याट नविकरण हुनैपर्छ, याे स्वतः (अटाेमेटिक) रिन्यु हुँदैन् ।

मेराे शेयर र डिम्याटकाे नविकरण अवस्था र प्रकृया


(क) सेयरको आवदेन : ‘मेरो सेयर’ भन्नेबित्तिकै आमलगानीकर्ताहरूले प्राथमिक निष्कासन (आईपीओ) मा सेयर आवेदन सम्झिन्छन् । विगतमा घण्टौं लाइन बसेर फारम, नागरिकताको फोटोकपी र फोटो टाँस्तै आवेदन दिएर प्राप्त अधकट्टी महिनौं सुरक्षित राख्न बाध्य लगानीकर्ताहरू ‘मेरो सेयर’ मार्फत विद्युतीय माध्यमबाट अनुकूल समयमा निष्कासित आईपीओ, थप सार्वजनिक निष्कासन (एफपीओ) तथा हकप्रद सेयरका लागि आवेदन गर्न सक्ने भएका छन् । यसमा आईपीओ, एफपीओ, हकप्रदको विवरणसहित आवेदन गर्न सकिने अधिकतम र न्यूनतम कित्ता, प्रतिकित्ता मूल्य र निष्कासित धितोपत्रको विवरणपत्रसमेत पाइन्छ । ‘माई आस्वा’ अन्तर्गत (क) निष्कासनमा रहेको धितोपत्र (करेन्ट इस्यु), (ख) आवेदन (एप्लाई फर इस्यु), (ग) आवेदनको रिपोर्ट (एप्लिकेसन रिपोर्ट) र (घ) विगतको आवेदनको विवरण (ओल्ड एप्लिेकेसन रिपोर्ट) को सुविधा हुन्छ । कुनै पनि निष्कासनमा ‘एप्लाई फर इस्यु’मा हुँदै बैंक छनोट गरेर कित्ता उल्लेख गरी सीआरएन नम्बर खारेज तोकिएको समयभित्र आवदेन गर्न सकिन्छ ।
 
चरण १, Apply IPO from MEROSHARE, Process 1

चरण २, Apply IPO from MEROSHARE, Process 2

थप टिप्पणी २, प्राथमिक बजार (अाइपिअाे, एफपिअाे)बाट सेयर किन्न अावश्यक कुराहरूकाे जानकारीका लागि धिताेपत्र किनबेच कहाँ र कसरी? लेख पढ्नुस ।
थप टिप्पणी ३,  पिन बिर्सिएर प्राेफाइलनेर क्लिक गरेर Change Transaction PIN मा गएर सहजै  नयाँ पिन बनाउन सकिन्छ ।

(ख) सेयर हस्तान्तरण : विगतमा जस्तो बेचेको सेयर दलाललाई हस्तान्तरण गर्न कागजी निस्सा (डीआईएस) बोकेर कुदिरहनु पर्दैन । बिक्री भएको सेयर विवरणसहित ‘माई ईडीआईएस’ अन्तर्गत सेयर हस्तान्तरण (ट्रान्सफर सेयर) मा आएसँगै तोकिएको अवधि (बेचेको भाेलिपल्ट) मा रुजु गरी ‘मेरो सेयर’बाटै पठाउन सकिन्छ ।

प्रकृया १ (Process 1)

प्रकृया २ (Process 2)

थप टिप्पणी ४, बेचिएकाे सेयरकाे भारित अाैसत लागत गणना (WACC) गरिएकाे छैन भने ट्रान्सफर सेयरमा नअाउन सक्छ । त्यसैले बेचिएकाे वा WACC गर्न बाँकी कम्पनीकाे लागत गणना र अनुमाेदन गर्नुपर्नेछ । अझ पहिलाे पटक किनबेचमा डिपी र काराेवार खाता लिंक (म्यापिङ) बाँकी हुनसक्छ, त्यसैले किनबेच अगाडि वा बेचिसकेपछि ब्राेकरलाइ सम्पर्क गर्नुपर्नेछ ।

विद्ममान कानुनी व्यवस्था अनुसार मर्ज वा प्राप्ति (एक्विजीसन) गरेका बैंक तथा वित्तिय संस्थाकाे हकमा धिताेपत्र बजारमा काराेवार शुरू हुनुभन्दा अघिल्लाे दिनसम्म कायम शेयरधनीहरूले यसरी काराेवार शुरूभएका मितिले २ वर्षसम्म पूँजीगत लाभकर (Capital Gain Tax - CGT) छुट पाउँछन् । उदाहरणका लागि ए र बि कम्पनीकाे शेयर नेप्सेमा ५ गते सूचीकृत भइ संयुक्त काराेवार भएकाे अवस्थामा ए र बि कम्पनीका ४ गतेसम्म कायम शेयरधनीले ५ गतेबाट २ वर्षसम्म लाभकर छुट पाउँछन् । तर सिडिएससीकाे प्रणालीमा यस्ताे शेयर छुट्याउने व्यवस्था नभएकाे हुँदा बिक्री पश्चात् लगानीकर्ता स्वयमले संयुक्त काराेवार अगाडिकाे भनि लिखित स्वघाेषणा गर्नुपर्ने छ । यदि घाेषणा नगरिएकाे अवस्थामा WACC System ले देखाउने मूल्यका अाधारमा लाभकर गणना हुनेछ । त्यसैले लाभकरबाट जाेगिन निम्न मध्ये कुनै विकल्प अपनाउन सकिन्छ ।

– बिक्री गरी WACC गरिनसकेकाे अवस्थामा बिक्री मूल्य नै खरिद मूल्य राखेर रिमार्क्समा फलानाे कम्पनीसँग मर्ज वा एक्विजिसन अगाडिकाे भनेर उल्लेख गर्न सकिन्छ ।

– बिक्री पश्चात् ब्राेकरलाइ तत्काल खबर गरी लागत घाेषणा फारम भरेर पठाउने र इडिअाइएस (EDIS) गर्न सकिन्छ ।

–  बिक्री पश्चात् इडिअाइएस (EDIS) नगरी डिअाइएस (DIS) बाेकेर वा भरेर ब्राेकरलाइ शेयर हस्तान्तरण गर्न सकिन्छ । डिअाइएसमा कैफियतमा स्पष्टसँग फलानाे कम्पनीसँग मर्ज वा एक्विजिसन अगाडिकाे भनेर उल्लेख गर्नुपर्छ ।

यस्तै, बुकक्लाेज पछि ताेकिएकाे दिनसम्म शेयर दाखिल खारेज बन्द हुन्छ । उक्त अवधिमा बेचेकाे शेयर हस्तान्तरणका लागि इडिअाइएसमा नअाउन वा राेकिन सक्छ । इडिअाएसमा अाउन्जेल कुर्ने वा ब्राेकरलाइ सम्पर्क गर्ने । किनेकाे शेयर अाउन पनि ढिला हुन्छ नअात्तिने वा ब्राेकरलाइ कुरा गर्ने ।

चेतावनीः तलकाे कार्यविधी पुरानाे भएकाेले T+2 लेखिएकाे भएपनि हाल बेचेकाे शेयर र किनेकाे रकम T+1 (दाेस्राे दिन) ब्राेकरलाइ बुझाउनु पर्छ । जुनसुकै कारण ताेकिएकाे समयमा बेचेकाे शेयर हस्तान्तरण गर्न नसकेमा क्लाेजअाउटकाे जाेखिम रहने र त्यसबाट सिर्जना हुने जरिवना र क्षतिकाे सम्पूर्ण जिम्मेवारी र दायित्व बिक्रेतामा रहन्छ । तसर्थ शेयर बेच्नु अगाडि मेराे शेयरमा फ्रि ब्यालेन्समा उक्त शेयर भएकाे सुनिश्चित गर्नु हितकर हुनेछ ।


थप टिप्पणी ५, २०७८ साउन १ बाट लागू अार्थिक अध्यादेश, २०७८ काे व्यवस्था बमाेजिम धारित (हाेल्ड) अवधिकाे अाधारमा ३६५ दिनसम्मलाइ अल्पकालीन मान्दै ७.५ प्रतिशत३६५ दिनभन्दा बढि हाेल्ड धिताेपत्रलाइ दीर्घकालीन मान्दै ५ प्रतिशत लाभकर लाग्छ । प्रचलित भारित अाैसत लागत गणना प्रणालीबाटै अल्पकालीन (Short term - ST) र दीर्घकालिन (Long term - LT) छुट्याउँछ । अाैसत लागत गणना गरिसेकेकाे छैन भने पहिले माइ पर्चेज साेर्स (MyPurchase Source) मा गएर WACC गर्नुपर्नेछ ।बिक्री गरेकाे धिताेपत्र इडिअाइएस (EDIS) गर्नु अगाडि LT वा ST काे घाेषणा र अनुमाेदन गर्नुपर्नेछ, यसकाे लागि पहिले बेचेकाे दिन,
१. माइ पर्चेज साेर्स (MyPurchase Source) मा गएर भारित अाैसत लागत  गणना र अनुमाेदन (WACC) गर्ने,
२. माइ हाेल्डिङमा (My Holding) मा गएर बेचेकाे धिताेपत्र (शेयर, डिबेन्चर, म्युचुअल फण्ड) छान्दै हाेल्ड अवधि (Holding Days) क्लिक गर्दै रूजु (Validate/update) गर्ने,
३. अब पहिले जस्तै माइ इडिअाएस (MyEDIS) काे ट्रान्सफर शेयर (Transfer Share) मा गएर शेयर हस्तान्तरण गर्ने ।

यदि मेराे शेयरकाे एप (MeroShare APP) प्रयाेग गर्नु हुन्छ भने पहिले प्लेस्टाेरबाट एप अपडेट गर्नुस् । त्यसपछि उल्लेखित प्रकृयाबाट माइ पर्चेज साेर्समा गएर हाेल्ड अवधि अनुमाेदन गर्नुस । थप जानकारीका लागि सिडिएससीले उपलब्ध गराएकाे लागत घाेषणा विधि (म्यानुअल) हेर्नुस । बिजपाटिकाे लाभकर गणनालाई मेरोशेयरमा 'माई होल्डिङस्' अप्सन, यसरी छुट्याउनुस् आफ्नो शेयर लङटर्म कि सर्टटर्म पढ्नुस।

मेराे शेयरमा अवधि घाेषणा चित्र १ः माइ हाेल्डिङमा बेचेकाे धिताेपत्र खाेज्ने

मेराे शेयरमा अवधि घाेषणा चित्र २ः धिताेपत्रकाे अवधि अनुमाेदन गर्ने


मेराे शेयरमा अवधि घाेषणा चित्र ३ः पहिले जसरी नै इडिअाइएसबाट ट्रान्सफर शेयरमा जाने


मेराे शेयरमा अवधि घाेषणा चित्र ४ः पहिले जसरी नै रूजु गर्दै इडिअाइएस गर्ने


थप टिप्पणीः फ्रिब्यालेन्स मात्र बेच्ने सिडिएसकाे सूचना

(ग) भारित औसत लागत : विभिन्न समयमा किनेको, हकप्रद, बोनस र गाभिएर कायम सेयरहरूको भारित औसत लागत (वाक) को आधारमा लाभकर गणनाको सुरुवातसँगै ‘मेरो सेयर’ अनिवार्य नै भएको छ । विगतमा जस्तो ‘बेस प्राइस’ नहुँदा लगानीकर्ताले बेचेको सेयर ‘ईडीआईएस’बाट हस्तान्तरण गर्न पनि वाक गर्नैपर्छ । ‘मेरो सेयर’ को ‘माई पर्चेज सोर्स’ मा गएर लगानीकर्ताले दोस्रो बजारबाट किनेको प्रणालीमा उपलब्ध विवरण, हकप्रद र बोनसको हकमा रु. १ सय लागत, मर्ज तथा प्राप्तिको हकमा प्रणालीका विवरण वा आफ्नो वास्तविक औसत लागत प्रविष्टि र रुजु गरी औसत लागतको अनुमोदन गर्न सक्छन् । अनुमोदित (घोषित) लागतका आधारमा नै लाभकरको गणना स्वचालित रुपमा प्रणाली नै गर्छ ।
नाेट ५ः यहाँ भारित अाैसत लागत गणना (WACC) सम्बन्धी थप पढ्न सक्नु हुनेछ ।

(घ) बैंक परिवर्तन : विशेष गरी कम्पनीहरूले प्रदान गर्ने नगद लाभांश प्रयोजनका लागि ‘मेरो सेयर’को ‘माई बैंक रिक्वेष्ट’ मा गएर डिम्याट खातामा उल्लिखित बैंक खाता सहजै बैंक परिवर्तन गर्न सक्छन् ।


(ङ) सेयर सम्पत्तिको अभिलेख र अवस्था : लगानीकर्ताहरूले ‘माई पोर्टफोलियो’ मा गएर आफूले धारण गरेको सेयरको प्रचलित मूल्यमा अनुमानित सेयर सम्पत्ति र मूल्यगत नाफाघाटा हेर्न सक्छन्, विगतमा जस्तो क्याल्कुलेटर थिचेर बहिखाता पल्टाउनु पर्दैन ।


यस्तै ‘मेरो सेयर’ को (क) ‘माई डिटेल’ मा आफ्नो व्यक्तिगत, बैंक, प्यान; (ख) ‘माई सेयर’ मा तत्काल धारण गरेको सेयर, धितोमा रहेको, कुनै कारण लकिङ, फ्रिज गरिएको र डिम्याट पेन्डिङ किताहरू, (ग) ‘माई ट्रान्ज्याक्सन हिस्ट्री’ मा विभिन्न कम्पनी र मितिमा प्राप्त भएको र गएको सेयर, (घ) ‘माई प्लेज सेयर डिटेल’ मा धितो रोक्काको जानकारी पाइन्छ । यस्तै ‘माई प्रोफाइल’ बाट भित्र गएर (क) व्यक्तिगत विवरण; (ख) म्याद सकिने मिति हेर्न र इसेवामार्फत भुक्तानी गरी तत्काल नवीकरण गर्न; (ग) ‘चेन्ज पासवर्ड’ मा गएर पासवर्ड परिवर्तन गर्न; (घ) ‘एक्टिभिटी लग’ मा गएर कुन समयमा कुन आईपीबाट ‘मेरो सेयर’ लगइनको जानकारी लिन सकिन्छ ।

MyShare: Check 1 Current Balance, 2. Pledge Balance, 3. Locked Balance, 4. Freezed Balance, 5. Free Balance, 6. Demat Pending

थप टिप्पणी ६, कतिपय अवस्थामा डिपीलाइ असार मसान्तमा तिर्नुपर्ने वार्षिक शुल्क नतिरेकाे अवस्थामा BO Frozen/Freez Balance गरिन्छ । यस्ताे देखिएमा सम्बन्धित डिपीलाइ सम्पर्क गरेर बाँकी नवीकरण शुल्क बुझाउनु पर्नेछ ।  यस्तै सम्भावित प्रविधिगत त्रुटीलाइ ध्यानमा राखि समयसमयमा मेराे शेयरकाे पाेर्टफाेलियाे र शेयरकाे अभिलेख डाउनलाेड गरेर राख्नु लाभदायक हुन्छ । डिपी = डिपाेजिटरी पार्टिसिपेन्ट, डिम्याट  = हितग्राही खाता । 

सुविधासँगैका समस्याहरू

‘मेरो सेयर’ले सुविधा र सहजतासँगै अनावश्यक झन्झट र तनाव भोग्न बाध्य पार्दै आएको छ । विशेष गरी नयाँ आईपीओ आउँदा वा धितोपत्र बजारमा ठूला कारोबार हुँदा ‘मेरो सेयर’ मा समस्याहरू बढी नै देखिन्छन् । यसले बल्ल प्रविधितर्फ उन्मुख लगानीकर्ताहरूलाई वैकल्पिक वा कागजी कारोबारतर्फ डो-याउने जोखिम छ ।

(क) सेयरबजारलाई आमनागरिकसम्म पु-याउने श्रेय पाएको ‘मेरो सेयर’ सीडीएससीले नभई डीपीबाट खोल्नुपर्दा लकडाउनसँगै खाता खोल्न असहज भयो । केही कम्पनीमा आवेदन गर्न सफ्टवेयरमा लगइन गर्नसमेत समस्या हुँदा लगानीकर्ताहरू रातविरात जाग्दै आवेदन गर्न बाध्य भए । छोटो आवेदन समय र धेरै आवेदक हुँदा ट्राफिक समस्या केही बढ्नु स्वाभाविक होला, तर त्यसको व्यवस्थापन गर्ने क्षमता ‘मेरो सेयर’ वा सीडीएससीमा नहुनु दुःखद हो । लगइन गरेर केहि नदेखिने मात्र होइन, बल्लतल्ल आवेदनको कित्ता भरिसकेपछि पनि सीआरएन राख्न र ‘वन टाइम पासवर्ड–ओटीपी’का लागि भएको ढिलाइ र समस्याले ‘मेरो सेयर’’ प्रति आक्रोश बढाएको छ ।

(ख) प्रयोगकर्ताको भिड (ट्राफिक) धान्न नसक्दा लगइन समस्यासँगै कहिले ड्यासबोर्ड नदेख्ने त कहिले ‘माई पोर्टफोलियो’ मा सही विवरण र अभिलेख नदेखिने समस्या उस्तै छ । अझ ‘मेरो सेयर’, डीपी र टिएमएस–नटस सफ्टवेयर बीच तत्काल डाटा आदानप्रदान (रियल टाइम डाटा सेअरिङ÷इन्टिग्रेसन) नहुँदा बेचेको सेयर ‘मेरो सेयर’मा बाँकी नै हुन्छ भने ‘मेरो सेयर’मा दिउँसो आइसकेको सेयर पनि भोलिपल्ट नभई बेच्न मिल्दैन । यसरी एकातिर सेयर सम्पत्तिको यथार्थ जानकारी नहुने अर्कातिर ‘मेरो सेयर’ समेत राम्ररी नचलेको वा लगइन नभएका कारण समयमै बेचेको सेयर दिन नसक्दा क्लोजआउटको जोखिम बढेको छ । यस्तै बिना सूचना फिचरहरू परिवर्तनले नियमित प्रयोगकर्ताहरू थप अलमलमा पर्छन् ।

(ग) सेवा प्रदायकले जति नै उच्च प्रविधियुक्त र सुरक्षित भने पनि लगानीकर्ताहरू सहज कारोबार, सेयर सम्पत्ति र कारोबार अभिलेखको सुरक्षा र गोपनीयतामा ढुक्क छैनन् । त्यसैले अझै २७ प्रतिशतभन्दा बढी सेयर डिम्याट नै भएका छैन भने लगानीकर्ताहरू प्रिन्ट कपिका लागि डीपी सेवा प्रदायक कहाँ धाउँदै छन् । अझ कतिपय समयमा बिनासूचना ‘मेरो सेयर’बाट डाटाहरू नै गायब गरिँदा कतै सीडीएससी वा डीपीले चाहेको अवस्थामा सेयर गायब हुन्छ कि भन्ने आशंका गर्न बाध्य छन् ।

अपेक्षित सुधार

धितोपत्र बजारलाई पूर्ण विद्युतीय प्रविधिमा आधारित अन्तराष्ट्रिय स्तरको बनाउन पनि ‘मेरो सेयर’को गुणस्तर र विश्वसनीयता सुधारको विकल्प छैन । सफ्टवेयरको समग्र सुधार; डाटा भण्डारण तथा डाटा सुरक्षा; र प्रणाली सञ्चालनका लागि पर्याप्त पूर्वाधारको व्यवस्था र लगानी हुनैपर्छ । डीपीको समेत पर्याय बनिसकेको ‘मेरो सेयर’लाई लगानीकर्ताहरूको आवश्यकतानुसारका सुविधाहरू थप गर्दै प्रयोगकर्तामैत्री र विश्वसनीय बनाउनैपर्छ ।

(क) तत्काल र सबैभन्दा पहिले सफ्टवेयरले एकैपटकमा धेरै जनाको पहुँच र तथ्यांक प्रशोधन गर्ने क्षमता विस्तार गर्न आवश्यक हार्डवेयर, ब्यान्डविथ र मानव संसाधनको व्यवस्था गर्दै लगानीकर्ताले निर्वाध गुणस्तरीय सेवा पाउने, अभिलेख/तथ्यांक गडबड र सूचना चुहावट नहुने सुनिश्चित गर्ने ।

(ख) सेयर भण्डारण र कारोबार लागत घटाउन पनि डीपी सेवा र ‘मेरो सेयर’लाई एकीकृत गरी सीडीएससीअन्तर्गत ल्याउने । यससँगै ‘मेरो सेयर’ र डीपी शुल्कलाई एकमुस्ट गरी सेवा उपयोगका आधारमा (अ) प्राथमिक बजारबाट किन्ने सुविधा सहित ‘आधारभूत’, (आ) दोस्रो बाजरमा किनबेच सहित ‘सक्रिय’ र (इ) आजीवनमा विभाजन गरी क्रमशः पाँच वर्षको रु. १ सय, वार्षिक रु. १ सय र एकपटक रु. ५ सय लिने ।

(ग) प्रत्येक कारोबारको डीपी शुल्कलाई प्रतिदिन रु. ५० हजारसम्म रु. ५ तथा सोभन्दा बढी रकममा रु. १० कायम गर्ने ।

(घ) कारोबार स्टेटमेन्ट; सामान्य पोर्टफोलियो; आईपीओ आवेदन जस्ता आधारभूत सुविधाहरूको अतिरिक्त लगानीकर्ताहरूको भारित औसत लागत र नाफाघाटाको अवस्था; कम्पनीको सेयर रजिस्ट्रार; हकप्रद र बोनस कुन वर्ष र कति प्रतिशतको जानकारीसहित डीपीको जानकारी दिने र सेयर एकबाट अर्कोमा ‘मेरो सेयर’बाटै सार्ने सुविधा, नट्स–टिएमएससँग रियल टाइम इन्टिग्रेसन गर्ने ।

(ङ) यस्तै सीआरएनलाई सीडीएसअन्तर्गत ल्याउँदै लगानीकर्ता पहिचान नम्बर बनाउने; टीएमएस र ‘मेरो सेयर’मा उपलब्ध डाटालाई एकीकृत गरी डिजिटल र केन्द्रीय केवाईसी बनाउने र नपुग सूचना पनि विद्युतीय माध्यमबाटै लिने ।

(च) नेपाली वा अंग्रेजी भाषा छनौटको सुविधासहित वेब र मोबाइल एपमा आधारित बनाउने ।

(छ) लगानीकर्ताको वार्षिक कारोबारको लेखा, नाफाघाटाको प्रमाणीकरण, लागतका आधारमा नाफाघाटा देखिने पोर्टफोलियो, वार्षिक करको दायित्व गणनासहितको विस्तृत ‘प्रिमियम सेवा’ सुरु गर्ने ।

मेराे शेयर र डिपी सेवा (डिम्याट खाता) अनुमित प्राप्त डिपी सेवा प्रदायकबाट पाइन्छ । यि दुवैकाे वास्तविक सेवा प्रदायक फरक (मेराे शेयरकाे सिडिएससी र डिम्याटकाे डिपी – बैंक, मर्चेन्ट वा ब्राेकर) भए पनि दुवैकाे कुनै पनि समस्या जस्तै पासवर्ड, लगइन अाएमा अाफूले डिम्याट खाेलेकाे संस्थामा सम्पर्क गर्नुपर्छ ।

थप जानकारीका लागि
नाेटः चित्र तथा केहि लिंक थप गरिएकाे

२०७७ भदाै २८ गते काराेवार दैनिकमा लगानीकर्ताको आफ्नो हुन नसकेको मेराे शेयर शीर्षकमा प्रकाशित लेख । https://www.karobardaily.com/news/117278
Revised and/or update:  26 July 2021, 11:13 NST

Sunday, August 30, 2020

Q47677 विषम परिस्थितिसँग जुध्दै बैंकहरू

आर्थिक वर्ष २०७६/७७ को करिब चार महिना नयाँ व्यापारबिनाका पसल बनेका बैंकहरूको वित्तीय विवरणमा खर्चको भार र आम्दानीको अभाव स्पष्ट देख्न सकिन्छ । बैंकहरूको प्रस्तुत वित्तीय नतिजा आ.व. २०७५/७६ तुलनामा र अपेक्षाकृत कमजोर भए पनि (क) काबुबाहिरको विषम परिस्थिति, (ख) सबै उद्योग, व्यवसाय र आर्थिक गतिविधिमा संकुचन, (ग) राज्य र नियामकबाट थोपरिएका आर्थिक भारका बाबजुद तिर्नुपर्ने ब्याज र खर्च कटाएर थोरै भए पनि मुनाफा हासिल गर्नु सन्तोषजनक मान्नैपर्छ । 

बैंकहरूको २०७६/७७ असार मसान्तको वित्तीय अवस्था
बैकहरू
चुक्ता पूँजी
(रु. अर्ब)
संचित मुनाफा (रु. अर्ब)
जगेडा कोष
(रु. अर्ब)
ग्राहक निक्षेप
(रु. अर्ब)
ग्राहक कर्जा तथा सापटी
(रु. अर्ब)
खुद मुनाफा (रु. अर्ब)
वितरण योग्य मुनाफा (रु. अर्ब)
इम्परिमेन्ट चार्ज (रु. अर्ब)
नियामकीय व्यवस्था/ (फिर्ता)
(रु. अर्ब)
प्रतिसेयर आम्दानी (रु.)
नेटवर्थ (रु.)
पूँजी कोष (%)
नविल
१०.१०
३.०४
१२.६६
१९०.८१
१४८.२३
३.५७
३.०४
०.७४
०.३८
३५.३२
२५५.५२
१२.८१
कृषि विकास
९.५६
२.१०
११.३७
१४३.६५
१२३.०५
३.४७
१.६७
०.३४
१.०९
३२.८८
२४०.९५
२०.४६
एनआईसी एसिया
९.७२
१.६९
५.८२
२०१.६३
१६०.१९
३.१२
१.४४
१.१२
०.४०
३२.१२
१७७.३६
१३.२०
एभरेष्ट
८.४७
१.७३
८.१४
१४३.५५
११२.२०
२.५०
१.६७
०.५५
०.१३
२९.४८
२१९.३७
१३.३२
हिमालयन
९.३७
२.५०
५.६७
१२५.२६
१०१.६५
२.५४
१.३१
०.३०
०.३३
२७.१३
१८७.२०
१४.६७
स्ट्याण्डर्ड चार्टड
८.०१
१.५२
५.५७
९८.४७
५३.९१
१.९८
१.५२
०.४४
०.०३
२४.७६
१८८.५०
१८.५४
नेपाल
११.२८
४.१३
१२.९९
१४२.११
१०४.५९
२.५६
२.२१
०.५५
०.१७
२२.६६
२६७.५०
१६.६८
सिद्धार्थ
९.७९
०.९४
५.२४
१३९.६१
१२३.४५
२.०९
०.८७
०.७३
०.६५
२१.३८
१६३.२२
१२.९७
सानिमा
८.८०
१.१२
२.८३
१०६.८४
९०.५७
१.७०
१.०५
०.८८
०.२४
१९.३५
१४४.८३
१२.९७
ग्लोबल आइएमई
१८.९८
१.६२
८.४२
२१२.३२
१८९.३९
३.५४
१.७३
१.७४
०.३३
१८.६५
१५२.९२
१२.४१
नेपाल इन्भेष्टमेन्ट
१४.२५
१.६२
११.४२
१६६.३६
१३५.४६
२.५७
०.६५
१.८८
०.८९
१८.०५
१९१.७४
१३.२३
बैंक अफ काठमान्डू
८.५५
०.९६
४.८१
९२.१०
७५.९२
१.४८
०.८८
०.५४
०.१९
१७.२६
१६७.४४
१४.०९
नेपाल एसबिआई
८.९६
१.४१
४.३८
११०.४५
८९.६२
१.५३
०.९९
०.२७
०.१२
१७.०९
१६४.६४
१५.४४
प्राइम कमर्सियल
१३.९९
१.७६
४.८०
११९.४४
११०.४५
२.२९
१.६२
०.७८
०.२३
१६.३९
१४६.९१
१३.४०
एनएमबी
१३.९५
०.९६
५.८३
१३१.६६
११५.७०
२.२७
१.४३
१.६२
०.०६
१६.२८
१४९.५७
१४.२३
सनराइज
८.९७
१.०९
३.४७
९०.२३
८१.०४
१.३९
०.५३
०.८४
०.३२
१५.५३
१५०.८६
१४.६०
लक्ष्मी
९.८१
१.६०
२.५४
१००.८६
८९.४४
१.४८
१.१३
०.३५
०.३९
१५.१३
१४२.२४
१२.४६
माछापुच्छ्रे
८.४६
०.९२
२.१६
१०४.१०
९२.३४
१.२५
०.९१
०.६०
०.०७
१४.८०
१३६.८०
१३.००
नेपाल बंगलादेश
८.५०
०.४९
४.११
६६.४४
५८.९७
१.२४
०.४५
०.८०
०.२८
१४.६५
१५४.१५
१३.१७
प्रभु
१०.३२
१.११
४.१९
१२८.४९
९९.६९
१.३७
१.०८
०.२५
(०.०९)
१३.२५
१५१.२९
११.५९
सिटिजन्स
९.०९
०.८८
३.४०
८८.५२
७९.१७
१.१२
०.८२
०.६८
(०.०५)
१२.२८
१४७.०७
१५.७१
नेपाल क्रेडिट एण्ड कमर्स
९.३५
०.८९
२.९४
७३.७९
६५.११
१.१३
०.७०
०.३३
०.१८
१२.०९
१४०.९१
१३.४०
मेगा
१३.१४
१.१२
३.३२
१२७.८९
११०.६०
१.५२
१.१२
०.८९
०.१९
११.५७
१३३.९९
१२.८८
कुमारी
१२.५२
०.७४
३.८२
११६.५५
१११.०९
१.४१
०.७१
०.४२
०.४३
११.२८
१३६.४७
१४.४२
सेञ्चुरी
८.४२
०.६८
१.५४
६५.३४
५८.०४
०.९१
०.४०
०.५३
०.३२
१०.७७
१२६.७६
१४.५३
सिभिल
८.००
०.२६
१.८०
५७.५१
५१.५१
०.४६
०.२५
०.४४
०.११
५.७१
१२५.८५
१५.००
राष्ट्रिय बाणिज्य
९.००
१.३५
१३.०९
२३०.८३
१५०.८१
४.४५
१.०४
०.०९
२.५६
४९.४५
२६०.३८
१२.६८
जम्मा
२७९.३४
३८.२५
१५६.३२
३३७४.८०
२७८२.१८
५४.९५
३१.२१
१८.७०
९.९३



औसत
१०.३५
१.४२
५.७९
१२४.९९
१०३.०४
२.०४
१.१६
०.६९
०.३७
१९.८३
१७१.२८
१४.१४
नोटः बैकहरूले प्रकाशित विवरण आवश्यक समायोजित तथ्यांक । ग्लोवलमा जनता र कुमारीमा देवको देखाइएको मुनाफा जोडिएको ।

चुक्ता पुँजी, सञ्चिति तथा जगेडा कोष

बैंकहरूले गाभेर र बोनस सेयरबाट आव ७६/७७ मा कुल ३२.५९ अर्ब रुपैयाँले चुक्ता पुँजी बढाएर औसत १०.३५ अर्ब पु-याए । जनता गाभेर ग्लोबल आईएमईले सबैभन्दा बढी चुक्ता पुँजी १८.९८ अर्ब पु-याउँदा सिभिल ८ अर्ब रुपैयाँसहित अन्तिममा रह्यो । आव ७५/७६ कै साधारणसभा नसकेको सेञ्चुरीको घोषित २ प्रतिशत बोनस सेयर पुँजीकृत हुनै बाँकी छ । पुँजी कोषभन्दा चुक्ता पुँजीमा ध्यान दिँदा आधारभूत सूचकहरू भने खस्किँदै छन् ।

प्रायः बैंकहरूले पुँजीकृत गरे पनि सेञ्चुरी, सिटिजन्स, एभरेस्ट, ग्लोबल आईएमई, माछापुछ्रे, नबिल, इन्भेस्टमेन्ट, एनएमबी, प्राइम र नेपाल बैंकसँग उपलब्ध ‘सेयर प्रिमियम’ मध्ये सबैभन्दा बढी १.७९ अर्ब रुपैयाँ नेपाल बैंकसँग छ । सञ्चित कोषतर्फ बैंकहरूसँग औसतमा १.४२ अर्ब देखिँदा सबैभन्दा बढी नेपाल बैंकसँग ४.१३ अर्ब र कम सिभिलसँग २६ करोड रुपैयाँ मात्र छ । जगेडा कोषमा सबैभन्दा बढी रकम राष्ट्रिय वाणिज्यसँग १३.०९ अर्ब, नेपाल बैंकसँग १२.९९ अर्ब र नबिलसँग १२.६६ अर्ब उपलब्ध हुँदा सेञ्चुरीसँग केवल १.५४ अर्ब रुपैयाँसहित औसतमा ५.७९ अर्ब रुपैयाँ देखिन्छ ।

निक्षेप र कर्जा

विषम परिस्थितिका बाबजुद ग्राहकहरूको बैंक निक्षेप बढेर कुल ३३ खर्ब ७५ अर्ब तथा औसतमा प्रतिबैंक १२४.९९ अर्ब रुपैयाँ पुगेको छ । असूचीकृत राष्ट्रिय वाणिज्यले रु. २३०.८३ अर्ब निक्षेप संकलन गर्दा ग्लोबल आईएमईले रु. २१२.३२ अर्बसहित सूचीकृततर्फ पहिलो हुँदा उल्लेख्य निक्षेप वृद्धिका बाबजुद सिभिल रु. ५७.५१ अर्बसहित अन्तिममा रहेको छ ।

ग्राहकलाई प्रवाहित कर्जा तथा सापटमा सुस्तताका बाबजुद कुल २७ खर्ब ८२ अर्ब रुपैयाँ तथा औसतमा १०३.०४ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । रु. १८९.३९ अर्ब कर्जा प्रवाह गर्दै ग्लोबल आईएमई पहिलो तथा ५१.५१ अर्बसहित सिभिल बैंक अन्तिममा रहेको छ ।

मुनाफा, प्रतिसेयर आय र नेटवर्थ

सम्भावित कर्जा नोक्सानीका लागि थप रु. १८.७० अर्ब छुट्ट्याउने बाध्यता, ब्याज छुट र स्प्रेडमा संकुचनले बैंकहरूको खुद मुनाफा ७५-७६ को भन्दा रु. १०.४५ अर्बले घटेर कुल ५४.९५ अर्बमा सीमित भएको छ । कम कर्जा परिचालनका बाबजुद राष्ट्रिय वाणिज्यले रु. ४.४५ अर्बसहित खुद मुनाफामा अरूलाई उछिन्दा सूचीकृतमध्ये नबिलले ३.५७ अर्ब, ग्लोबल आईएमईले ३.५४ अर्ब र सिभिलले केवल ४६ करोड रुपैयाँमात्र कमाउँदा बैंकहरूले औसतमा २.०४ अर्ब रुपैयाँ खुद मुनाफा कमाए । संस्था गाभेर पुँजी बढाए पनि गाभिएकाको मुनाफा स्पष्ट नहुँदा ग्लोबल आईएमई, एनएमबी, प्राइम, कुमारी, मेगा, सिटिजन्सको यथार्थ खुद मुनाफा अन्योलपूर्ण छ ।

बढ्दो चुक्ता पुँजी र खस्कँदो मुनाफा अनि गाभिएकाहरूको अस्पष्ट मुनाफाले वित्तीय मानक ‘प्रतिसेयर आय’ (ईपीएस) अशुद्ध र अन्योलपूर्ण देखिए । नबिलले समेत ३७.२४ भने पनि वास्तविक ३५.३२ रुपैयाँसहित सबैलाई उछिन्दा सिभिल ३.१५ सहित कमजोर रह्यो । पाकेको तर नउठेको ब्याज ९.९३ अर्ब नियामकीय कोषमा छुट्ट्याउँदा बैंकहरूको वितरणयोग्य मुनाफा १६.३८ अर्बले घटेर ३१.२१ अर्ब रुपैयाँमा सीमित भयो । नबिलले सञ्चितलाई समेत मिसाउँदै कुल वितरणयोग्य ३.०४ अर्ब देखाएर पहिलो र २५.२१ करोड रुपैयाँसहित सिभिल अन्तिममा रह्यो ।

चुक्ता पुँजी वृद्धिसँगै बैंकहरूको औसत नेटवर्थ रु. १०.३५ पैसाले कमी आउँदा एनसीसीको ३७.४७, एनएमबीको ३१.९२ र नेपाल बैंकको ३२.५५ रुपैयाँले घटेको छ । बैंकहरूले औसत १७१.२८ नेटवर्थ कायम राख्दा नेपाल बैंक २६७.५० सहित उत्कृष्ट र १२५.८५ रुपैयाँसहित सिभिल नै कमजोर देखियो ।

पुँजी कोषको अवस्था

मौद्रिक नीति र कर्जा प्रवाहमा कमीका कारण प्रायः बैंकहरू पुँजी पर्याप्तताको सहज अवस्थामा छन् । अझ काउन्टर साइक्लिकल बफरमा सहजतासँगै बैंकहरूले न्यूनतम ११ प्रतिशत र नगद लाभांशका लागि १२ प्रतिशत पुँजी कोष कायम गरे पुग्नेमा हाल औसतमा १४.१४ प्रतिशत छ । पुँजी वृद्धिका बावजुद ११.५९ प्रतिशतको पुँजी कोषले प्रभु दबाबमा र २०.४६ प्रतिशतसहित कृषि विकास बैंक अधिक पुँजीको अवस्थामा देखिएको छ ।

मूल्य आम्दानी अनुपात (पीई)

घट्दो ईपीएस र बढ्दो-स्थिर मूल्यसँगै २०७७ भदौ ११ गते मूल्यगत जोखिम देखाउने पीई बढेर औसत १८.४५ पुगेको छ । पीईको आधारमा २६.७० सहित सबैभन्दा महँगो स्ट्यान्डर्ड चार्टड र सस्तो १२.८४ नेपाल बैंक देखिन्छ । प्रत्येक कारोबारमा परिवर्तन हुने पीईलाई केवल सन्दर्भका रूपमा प्रयोग गरिनुपर्छ ।

लाभांश क्षमता र लगानी निर्णय

घटेको खुद मुनाफा अनि बढेको नियामकीय व्यवस्थासँगै खस्केको वितरणयोग्य मुनाफा र मिलेसम्म बाँड्ने प्रवृत्तिले रित्तिएको सञ्चित र सेयर प्रिमियमले लाभांश क्षमता निकै कमजोर र अनिश्चित देखिन्छ । केही बैंकसँग उपलब्ध स्वाप आय, नखुलाइएको मुनाफा र डिबेञ्चर रिडेम्पसनबाट फिर्ता रकमसँगै असोजभित्र असुली हुने रकमले वास्तविक लाभांश क्षमता निर्धारण गर्ने हुँदा लगानी निर्णय र व्यवस्थापन गर्दा तत्कालीन आँकडासँगै सम्भावित अवस्था केलाउनै पर्छ ।

वितरणयोग्य मुनाफा र सञ्चिति हेर्दा नेपाल बैंकको लाभांश क्षमता सबैभन्दा बढी देखिन्छ भने सिभिलको कम, तर ग्लोबल आईएमई, इन्भेस्टमेन्ट, प्राइम, मेगा, कुमारी, सिटिजन्ससँग उपलब्ध स्वापको रकम र गाभिएकाको मुनाफा तथा हिमालयन, लक्ष्मी, बीओके र सिद्धार्थले डिबेन्चर रिडेम्पसन फन्डको रकम परिचालन गरे लाभांश क्षमता बढ्नेछ ।

सूचीकृत बैंकहरूको तथ्यांकले क) खुद मुनाफा, वितरणयोग्य मुनाफा र ईपीएसमा नबिल; ख) सञ्चित, जगेडा कोष, नेटवर्थ र पीईमा नेपाल बैंक; ग) चुक्ता पुँजी, ग्राहक निक्षेप र कर्जा तथा सापटीमा ग्लोबल आईएमई; घ) पुँजी कोषमा कृषि विकास बलियो देखिँदा सिभिल प्रायः सूचकमा कमजोर छ । आर्थिक गतिविधिसँगै परिर्वतन हुने बैंकिङको तत्कालीन आँकडा उत्साहजनक नभए पनि लगानी निर्णय गर्दा ‘आशा र त्रास’को राम्ररी विश्लेषण गर्दै जोखिमवहन/व्यवस्थापन क्षमता, लगानीको स्रोत र लागतसमेतलाई ध्यान दिनुपर्छ ।



समग्रतामा बैंकहरूकाे अवस्था र प्राथमिकताकाे अवस्था
For clarity click image or for data click 

लेखमा गरिएकाे विश्लेषण र विचार उपलब्ध तथ्यांक र सूचनाकाे अाधारमा गरिएकाे हाे । लगानी निर्णय र व्यवस्थापन गर्दा अाफ्नाे जाेखिम क्षमता र स्वविवेकमा गर्न अनुराेध छ । लेखकाे वा मेराे विचारकाे अाधारमा किनबेच गर्दाकाे जाेखिमकाे भागिदार स्वयम हुनुपर्नेछ ।

काराेवार दैनिकमा २०७७ भदाै १४ गते विषम परिस्थितिसँग जुध्दै बैंकहरू शीर्षकमा प्रकाशित, https://www.karobardaily.com/news/77194
Last UPDATE: 3 Sept 2020, 10.44 am