थप टिप्पणी १, २०७८ साउन १ बाट लागू अार्थिक अध्यादेश, २०७८ काे व्यवस्था बमाेजिम धारित (हाेल्ड) अवधिकाे अाधारमा ३६५ दिनसम्मलाइ अल्पकालीन मान्दै ७.५ प्रतिशत र ३६५ दिनभन्दा बढि हाेल्ड धिताेपत्रलाइ दीर्घकालीन मान्दै ५ प्रतिशत लाभकर लाग्छ । प्रचलित भारित अाैसत लागत गणना प्रणालीबाटै अल्पकालीन (Short term - ST) र दीर्घकालिन (Long term - LT) छुट्याउँछ । अाैसत लागत गणना गरिसेकेकाे छैन भने पहिले माइ पर्चेज साेर्स (MyPurchase Source) मा गएर WACC गर्नुपर्नेछ ।बिक्री गरेकाे धिताेपत्र इडिअाइएस (EDIS) गर्नु अगाडि LT वा ST काे घाेषणा र अनुमाेदन गर्नुपर्नेछ, यसकाे लागि पहिले बेचेकाे दिन,१. माइ पर्चेज साेर्स (MyPurchase Source) मा गएर भारित अाैसत लागत गणना र अनुमाेदन (WACC) गर्ने,२. माइ हाेल्डिङमा (My Holding) मा गएर बेचेकाे धिताेपत्र (शेयर, डिबेन्चर, म्युचुअल फण्ड) छान्दै हाेल्ड अवधि (Holding Days) क्लिक गर्दै रूजु (Validate/update) गर्ने,३. अब पहिले जस्तै माइ इडिअाएस (MyEDIS) काे ट्रान्सफर शेयर (Transfer Share) मा गएर शेयर हस्तान्तरण गर्ने ।
यदि मेराे शेयरकाे एप (MeroShare APP) प्रयाेग गर्नु हुन्छ भने पहिले प्लेस्टाेरबाट एप अपडेट गर्नुस् । त्यसपछि उल्लेखित प्रकृयाबाट माइ पर्चेज साेर्समा गएर हाेल्ड अवधि अनुमाेदन गर्नुस । थप जानकारीका लागि सिडिएससीले उपलब्ध गराएकाे लागत घाेषणा विधि (म्यानुअल) हेर्नुस अथवा ‘मेरो सेयर’ सुविधा र समस्या (dilipmuna.blogspot.com) मा शेयर हस्तान्तरणकाे टिप्पणी ५ पढ्नुस् ।
थप टिप्पणी २, नयाँ सूचीकृत कम्पनीकाे हकमा प्रणाली (System) ले नै अंकित मूल्य रू १०० वा रू १० देखाउँछ, माइ पर्चेज साेर्स (My Purchase Source)मा गएर त्यसलाइ स्वीकृत गरे पुग्छ ।
थप टिप्पणी ३, बाेनस तथा हकप्रदकाे बुकक्लाेजसँगै मूल्य समायाेजन हुन्छ तर लागत गणनामा देखिँदैन । त्यसैले बाेनस र हकप्रद सूचीकृत नहुँदै मूल किताहरू बेच्दा अाैसत लागत समायाेजन हुँदैन । पछि बाेनस र हकप्रद सूचीकृत हुँदा यदि मूल किता बाँकि नभएकाे अवस्थामा सूचीकृत भएर प्राप्त हुने बाेनस रहकप्रदकाे लागत मूल्य रू १०० नै देखिन्छ जसले अनपेक्षित वा घाटामा करकाे सम्भावना रहन्छ । तसर्थ बुकक्लाेज पछि बाेनस वा हकप्रद सूचीकृत नहुँदासम्म मूल किता सबै खाली गरेर बेच्नुभन्दा केहि किता बाँकी राख्नु वा सूचीकृत भएपछि मात्र बेच्नु पर्छ । बुकक्लाेज र मूल्य समायाेजन सम्बन्धी जानकारीका लागि लाभांश, बुक क्लोज र मूल्य समायोजन लेख पढ्न सक्नुहुन्छ ।
क) विभिन्न समयमा विभिन्न दरमा दोस्रो बजारबाट ‘खरिद मात्र’ भए खरिदको लागतमा हकप्रद र बोनसको प्रतिकित्ता रु. १ सयका दरले लागत जोडेर आउने कुल लागतलाई कुल कित्ताले भाग गरेर औसत लागत गणना र घोषणा गर्न सकिन्छ ।ख) विभिन्न समयमा विभिन्न दरमा ‘खरिद–बिक्री’ समेत भएको अवस्थामा पहिलो खरिदबाट पहिलो बिक्री (फिफो) विधिबाट कटाउँदै बाँँकी कित्ताको औसत लागत गणना गर्न सकिन्छ । यसमा आधिकारिक विधि उपलब्ध नहुँदा येनकेन गणना गरिएको लागतको प्रमाणिकरण भने कठिन छ ।ग) ‘वाक’ विधि अगाडिको खरिदबिक्री र पछिको खरिद अनि बिक्रीसमेत भएको ‘मिश्रित अवस्था’मा पुरानो वा एकमुस्ट डिम्याटमा आएका धितोपत्रको छुट्टै भारित औसत लागत गणना र घोषणा गर्दै पछिको खरिदको हकमा प्रणालीमा देखिएको लागत रुजु गरि अनुमोदन गर्न सकिन्छ ।
थप टिप्पणी–सुझाव, मर्ज वा प्राप्ति पछिकाे भारित अाैसत मूल्य सच्याउने वा ब्राेकर वा सिडिएसकाे झन्झटबाट जाेगिन पनि एकीकृत काराेवार अगाडि नै भएकाे सेयर किताकाे भारित अाैसत लागत गणना (WACC) गर्नु उपयुक्त हुनेछ । WACC गर्दैमा केहि बिग्रँदैन नगरे पछि किता स्वाप अनुसार र लागत अंकित मूल्यमा देखाउँछ । एकीकृत काराेवार वा सूचीकरण अगाडि WACC भएकाहरूकाे भने प्रणााली नै स्वाप अनुसार समायाेजित किता र लागत गणना गरेर डिम्याटमा पठाउँछ ।
थप टिप्पणी ४, विद्ममान कानुनी व्यवस्था अनुसार मर्ज वा प्राप्ति (एक्विजीसन) गरेका बैंक तथा वित्तिय संस्थाकाे हकमा धिताेपत्र बजारमा काराेवार शुरू हुनुभन्दा अघिल्लाे दिनसम्म कायम शेयरधनीहरूले यसरी काराेवार शुरूभएका मितिले २ वर्षसम्म पूँजीगत लाभकर (Capital Gain Tax - CGT) छुट पाउँछन् । उदाहरणका लागि ए र बि कम्पनीकाे शेयर नेप्सेमा ५ गते सूचीकृत भई संयुक्त काराेवार भएकाे अवस्थामा ए र बि कम्पनीका ४ गतेसम्म कायम शेयरधनीले ५ गतेबाट २ वर्षसम्म लाभकर छुट पाउँछन् । तर सिडिएससीकाे प्रणालीमा यस्ताे शेयर छुट्याउने व्यवस्था नभएकाे हुँदा बिक्री पश्चात् लगानीकर्ता स्वयमले संयुक्त काराेवार अगाडिकाे भनि लिखित स्वघाेषणा गर्नुपर्ने छ । यदि घाेषणा नगरिएकाे अवस्थामा WACC System ले देखाउने मूल्यका अाधारमा लाभकर गणना हुनेछ । त्यसैले लाभकरबाट जाेगिन निम्न मध्ये कुनै विकल्प अपनाउन सकिन्छ,
- बिक्री गरी WACC गरिनसकेकाे अवस्थामा बिक्री मूल्य नै खरिद मूल्य राखेर रिमार्क्समा फलानाे कम्पनीसँग मर्ज वा एक्विजिसन अगाडिकाे भनेर उल्लेख गर्न सकिन्छ । बिक्री पश्चात् ब्राेकरलाइ तत्काल खबर गरी लागत घाेषणा फारम भरेर पठाउने र इडिअाइएस (EDIS) गर्न सकिन्छ ।
- बिक्री पश्चात् इडिअाइएस (EDIS) नगरी डिअाइएस (DIS) बाेकेर वा भरेर ब्राेकरलाइ शेयर हस्तान्तरण गर्न सकिन्छ । डिअाइएसमा कैफियतमा स्पष्टसँग फलानाे कम्पनीसँग मर्ज वा एक्विजिसन अगाडिकाे भनेर उल्लेख गर्नुपर्छ ।
नाेटः लागत गणना (Weighted Average Cost Calculation - WACC) सम्बन्धी थप जानकारीका लागि लगानीकर्ताकाे अाफ्नाे हुन नसकेकाे मेराे शेयर पढ्नुहाेस् ।
यसमा अार्थिक अध्यादेश, २०७८ ले आयकर ऐनको दफा ४७क. उपदफा ६ संशोधन गर्दै “उपदफा (१) अनुसार गाभिई निःसर्ग हुन चाहने एकै वर्गका निकायले संवत् २०७९ साल असारमसान्त भित्र गाभिने आशयपत्र आन्तरिक राजस्व विभागमा दिनुपर्ने” गरिएको छ । अब वाणिज्य–वाणिज्य बैंक, विकास–विकास बैंक र फाइनान्स (वित्तीय संस्था)–फाइनान्स आपसमा मर्ज/एक्विजिसन हुँदा मात्र लाभांश र लाभकर छुट हुनेछ । ऐनको दफा ४७क(४)ले गाभिई निःसर्ग भएको निकायमा कायम सेयरधनीहरूले आफ्नो सेयर गाभिएको दुई वर्षभित्र बिक्रीको माध्यमबाट निःसर्ग गरेमा भएको लाभमा पुँजीगत लाभकर तथा उपदफा (५) ले गाभिई निःसर्ग भएको निकायले गाभिएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम सेयरधनीलाई वितरित लाभांशमा कर नलाग्ने व्यवस्था गरेको छ ।
- नयाँ व्यवस्था, यस्ताे कर सुविधा २०७९ असारमसान्त भित्र मर्ज वा प्राप्तिकाे सम्झाैता गरेका कम्पनीले मात्र पाउने हुँदा २०७९ साउन १ पछि सम्झाैता गरेका कम्पनी (प्रभु र सेञ्चुरी)ले करगत (वितिय) सुविधा पाउने छैनन् ।
सुझाव–सजगता, लाभकर छुट पाउन बिक्री लगत्तै ब्राेकरलाइ सम्पर्क गरेर मिल्ने अवस्थामा मेराे सेयरबाट लागत मिलाउने वा मर्ज वा प्राप्तिकाे भनेर लागत घाेषणा गर्दै छुट दावी गर्नुपर्छ । छुट दावी नगरी बिक्री पछि मेराे सेयरबाट सेयर हस्तान्तरण गरे पश्चात् प्रणालीले कर गणना गरिसकेपछि कायम कर रकम पुनरावलाेकनकाे गुन्जायस निकै कम हुन्छ । त्यसैले लागत घाेषणाकाे फारम ब्राेकरले उपलब्ध गराउँछ वा उसकाे वेबसाइटमा हुनसक्छ । लागत परिमार्जन वा छुट दावी पछि पनि करकाे अन्तिम दायित्व भने बिक्रेतामा नै रहन्छ ।
थप टिप्पणी, मर्ज वा प्राप्ति अगाडि वाक नगरिएकाे अवस्थामा मर्ज वा प्राप्ति पछाडि वाक अंकित मूल्य वा रू १०० नै देखाउँछ, यसलाइ सच्याउन परेमा हाल सिडिएसले भ्यू हिस्ट्रि मार्फत लागत सच्याउने व्यवस्था गरेकाे छ । यहाँ लागत रूजु गरि भारित अाैषत लागत सुधार्न सकिन्छ । रूजु गरिसकेपछि गल्ति भएमा भने सिडिएसमा नै गएर लागत मूल्य रिसेट गराउनु पर्ने हुन्छ, जसकाे विधि तल दिइएकाे छ ।
खरिद मिति |
खरिद
किता |
खरिद
दर (रु) |
कुल
लागत (रु) |
खुद
लागत |
बिक्री
मिति |
बिक्री
किता |
बाँकि
किता |
औसत
लागत (रु) |
२०७१/१०/२१ |
११० |
३०१ |
३३,४५१ |
|
|
|
११० |
३०४.१० |
२०७१/१०/२१ |
३१६ |
३०० |
९५,६७२ |
३०२.७६ |
|
|
४२६ |
३०३.११ |
२०७१/१२/१३ |
३९४ |
२७७ |
११०,१४२ |
२७९.५५ |
|
|
८२० |
२९१.७९ |
|
|
|
|
|
२०७२/१/५ |
२०० |
६२० |
२९१.७९ |
|
|
|
|
|
२०७२/४/१० |
४६६ |
१५४ |
२९१.७९ |
२०७२/४/२६ |
१००० |
२६७ |
२,६९,४४८ |
२६९.४५ |
|
|
११५४ |
२७२.४३ |
बोनस शेयर |
७८ |
१०० |
२९,९०० |
१०० |
|
|
१२३२ |
२७९.४७ |
२०७२/९/२९ |
१००० |
२४० |
२,४२,२०१ |
२४२.२० |
|
|
२२३२ |
२६२.७७ |
गाभिएर प्राप्त |
१५०० |
२५० |
३,७५,००० |
२५० |
|
|
३७३२ |
२५७.६४ |
बोनस शेयर |
१०७ |
१०० |
१०,७०० |
१०० |
|
|
३८३९ |
२५३.२५ |
हकप्रद |
१५३६ |
१०० |
१५३,६०० |
१०० |
|
|
५३७५ |
२०९.४५ |
|
|
|
|
|
२०७४/६/९ |
१००० |
४३७५ |
२०९.४५ |
|
एकमुष्ट
किता (डिम्याट वा डिपीबाट वा भारित अगाडि कायम) |
४३७५ |
२०९.४५ |
|||||
२०७४/१०/२ |
५०० |
१७७ |
८९,०२५ |
१७८.०५ |
|
|
४८७५ |
२०९.४५ |
बोनस |
५०० |
१०० |
५०,००० |
१०० |
|
|
५३७५ |
१९६.३५ |
२०७६/९/२३ |
१५० |
१३७ |
२०,७०१ |
१३८ |
|
|
५५२५ |
१९४.७७ |
थप टिप्पणी ३, हाल भूलबस हुने गलत लागत घाेषणा सच्याउने विकल्प उपलब्ध गराएकाे छ । यसकाे लागि WACC Reset गर्नुपर्ने कम्पनीकाे विवरण, नागरिकता, शुल्क (हाल रू. १००) तिरिएकाे भाैचर सहित सिडिएसकाे कार्यालयमा स्वयम उपस्थित भएर मूल्य रिसेट गराउन सकिन्छ । फारम यहाँ क्लिक गरेर वा सिडिएसकाे वेबसाइटबाट डाउनलाेड गरेर भर्न सकिन्छ ।
(व्यावहारिक अनुभवका आधारमा सुझाइएको लागत विधिबाट कुनै लागत वा करको जोखिम सिर्जना भएमा त्यसको जिम्मेवार लेखक वा पत्रिका हुनेछैन ।)
सबै सेयर लगानी कर्ताहरुलाई उपयोगी छ यो लेख। लेखकलाई मुरी मुरी धन्यवाद।
ReplyDeleteNice article. Thanks you
ReplyDeletevery nice article ...thank you so much sir
ReplyDeleteGood article sir
ReplyDeleteसबै जिज्ञासाको जवाफ लेखमा रहेछ।सबैलाइ अतिआबश्यक एवं जानकारी मुलक लेखको लागी सर लाई धन्यवाद 🙏
ReplyDeletethank you sir
ReplyDelete