आमलगानीकर्ताको बुझाइमा बोनस सेयर कम्पनीले निःशुल्क वा बिनालागत दिने थप सेयर, के बोनस सेयर निःशुल्क हो त ? लागत र प्रतिफल कति ? बोनसलाई सेयरधनीमाथि कम्पनीले थोपरेको अनिच्छित बोझका रूपमा बुझ्ने लगानीकर्ताभन्दा पुरस्कारका रूपमा थप सेयर पाएको बुझ्ने लगानीकर्ता र कारोबारी हावी भएको नेपाली धितोपत्र बजारमा बोनसको लागत र शून्य प्रतिफलको अवधारणा पाच्य देखिन्न ।
प्रत्यक्ष रकम भुक्तान नगरे पनि बोनस सेयरका लागि कम्पनीले अंकित मूल्यमा करसहित सेयरधनीको रकमबाटै अप्रत्यक्ष भुक्तानीको हेक्का नराख्ने लगानीकर्ताले सोही लाभांश पाउन बजारबाट उच्च मूल्यमा सेयर खरिदको लागत र मूल्य समायोजन हुँदा प्रत्यक्ष प्रतिफल पनि शून्य हुने चटक्कै बिर्सन्छन् ।
अन्तर्राष्ट्रिय स्तरमा बोनस सेयरमा सामान्यतया लाभांश करसमेत नलाग्ने प्रत्यक्ष शून्य लागत हुँदा पनि त्यति रुचाइँदैन । बोनसलाई लागत र लाभभन्दा सेयरधनीमा लादिएको बोझ वा चतुर्याइँपूर्वक सेयरधनीको सम्पत्ति एउटा खल्तीबाट अर्को खल्तीमा सार्ने रणनीतिका रूपमा लिइन्छ । अझ आगामी वर्षमा पुँजी वृद्धिको अनुपातमा कम्पनीले व्यवसायको विस्तार र मुनाफा बढाउन नसकेमा प्रतिसेयर आम्दानी र नेटवर्थ घट्दा आधारभूत वित्तीयसूचकहरू नकारात्मक हुने र थप आपूर्ति अनुरूप बजारमा सेयरको माग नभएको अवस्थामा बजारमूल्य घट्ने जोखिम पनि सँगै उच्च दीर्घकालीन लागत र प्रतिफलरहित वित्तीय उपकरणका रूपमा लिइन्छ ।
लागत
कम्पनीलाई थप रकम नबुझाइ पाइने बोनस सेयरको ‘शून्य लागत भन्ने एकथरी बुझाइ पाइन्छ । अर्को समूह, कम्पनीले अंकित मूल्यमा नै सेयरधनीको रकम पुँजीकरण गर्ने र भारित औसत लागत गणना प्रणालीले आधिकारिक रूपमै स्वीकारेको हुँदा सम्बन्धित कम्पनीको ‘अंकित मूल्य’ (रु. १ सय वा १०) नै बोनस सेयरको आधिकारिक लागत मान्नुपर्ने तर्क गर्छ । यस्तै, बोनस सेयरका लागि कम्पनीले ‘अंकित मूल्यमा कर सहित’ सेयरधनीको तर्फबाट खर्च गर्ने रु. १०५.२६ नै वास्तविक लागत हुनुपर्ने तर्क पनि सुनिन्छ ।
कुनै पनि कम्पनीको धितोपत्र बजारबाट सेयर खरिदकोे ‘कुल लागत’, मानौं प्रतिकित्ता रु. १,५५० (१ हजार ५ सय ५०) भए सोही लाभांश वा बोनसको लागत मान्ने लगानीकर्ता पनि छन् । अर्को समूहले, जति मूल्यमा किने पनि बुकक्लोजमा कायम मूल्यका आधारमा बजार सञ्चालक नेप्सेबाट औपचारिक रूपमा ‘समायोजित मूल्य’ नै बोनस सेयरको लागत भन्छ । मानौं, ३३.६ प्रतिशत बोनस सेयर घोषित कम्पनीको बुकक्लोज हुँदाको बजारमूल्य रु. १,५५० (१ हजार ५ सय ५०) बाट समायोजित मूल्य रु. १,१६०.१८ (१ हजार १ सय ६०.१८) नै बोनस सेयरको लागत भन्छन् ।
बोनस सेयरको लागत सम्बन्धमा लगानीकर्तासँगै लेखाविद् र नीतिनिर्माताको पनि फरक धारणा पाइन्छ । विगतमा कर प्रयोजनका लागि आधार मूल्यलाई नै बोनस सेयरको लागत स्विकारिँदा शून्य लागतको बहस पनि हुन्थ्यो । बोनस सेयरको लागत र करमा लामै बहसपछि विकसित भारित औसत लागत गणना प्रणालीमा अंकित मूल्यलाई आधिकारिक लागत स्विकारिएको छ ।
प्रतिफल
बोनसको प्रतिफलमा पनि अन्योलता र फरक बुझाइ पाइन्छ । विश्वव्यापी रूपमा बोनस सेयरलाई सेयरधनीको सम्पत्ति एउटा खल्तीबाट अर्को खल्तीमा सार्ने कपटपूर्ण रणनीतिका रूपमा लिँदै वास्तविक ‘लाभांश वा प्रतिफल शून्य’ सरह मानिन्छ । नेपालमा विशेष गरी अल्पकालीन लगानीकर्ता वा कारोबारीमा बोनसमा पाइने सेयर बजार मूल्यमा बेचेर नगद लाभांशको तुलनामा बढी लाभांश पाइने बुझाइ छ । अझ केहीले त बजारको प्रचलित मूल्यमा नै बोनस सेयरको लाभांश पाइने धारणा राख्छन् । उदाहरणका लागि बजारमा प्रतिकित्ता रु. १,५५० (१ हजार ५ सय ५०) भएको कम्पनीले ३३.६ प्रतिशत बोनस सेयर दिँदा रु. १,५५० (१ हजार ५ सय ५०) को ३३.६ प्रतिशतले रु. ५२०.८ (५ सय २०.८) प्रतिफल पाइने गलत बुझाइ व्यापक छ । उनीहरू बोनस सेयरको मूल्य समायोजन हुने बिर्सन्छन् वा बुझ पचाउँछन् ।
प्रचलनअनुसार नेपाली पुँजीबजारमा माथि उल्लिखित ३३.६ प्रतिशत बोनस प्रस्तावित कम्पनीको बुकक्लोज हुँदा मानौं बजार मूल्य रु. १,५५० (१ हजार ५ सय ५०) कायम भए कम्पनीको साधारणसभाले स्वीकृति नगर्दै नेप्सेबाट घोषित बोनस दरमा मूल्य समायोजन गर्दै रु. १,१६०.१८ (१ हजार १ सय ६०.१८) समायोजित मूल्य कायम गरिन्छ । तत्कालीन सेयरधनीसँग बुकक्लोज पछि प्राप्त हुने बोनस सेयर ३३.६ कित्तासमेत १३३.६ कित्ता त हुन्छ, तर कुल सम्पत्ति बुकक्लोज अगाडिको १०० कित्ता हुँदाको प्रतिकित्ता रु. १५५० ले हुने १,५५,००० (१ हजार ५ सय ५० ले हुने रु. १ लाख ५५ हजार) नै बुकक्लोजपछि बोनस वा लाभांशसहित १३३.६ कित्ताको रु. १,१६०.१८ (१ हजार १ सय ६०.१८) ले रु. १,५५,००० (१ लाख ५५ हजार) नै हुन्छ । त्यसैले औपचारिक रूपमै मूल्य समायोजन हुँदा बोनस सेयरको तत्कालीन प्रतिफल वा लाभांश शून्य मानिन्छ । बोनसको लागत र प्रतिफलका हिसाबले बुकक्लोज अगाडि वा पछाडि सेयर किन्नुमा तात्विक अन्तर रहन्न ।
बोनस सेयरको प्रतिफल शून्य अस्वीकार गर्ने लगानीकर्ताहरूले सेयर संख्या वृद्धि र भविष्यमा मूल्यगत वा पुँजीगत लाभको अवसरको वकालत गर्छन् । लाभांश प्रतिफल (डिभिडेन्ड यिल्ड) गणना गर्दा भने बोनस वा नगदभन्दा कम्पनीले घोषणा गरेको लाभांशलाई नै आधार मानिने हुँदा अंकित मूल्यलाई अप्रत्यक्ष रूपमा सबैले स्विकार्छन् ।
सेयर सम्पत्तिमा योगदान
अंकित मूल्य वा कम लागत परेका सेयरधनीबाहेक अरूको सेयर सम्पत्तिमा बोनस सेयरको योगदान प्रतिकित्ता लागत घटाउने मात्र हो । यथार्थमा बोनस सेयरले सेयरधनीको सेयर सम्पत्ति बढाउनेभन्दा सेयर संख्या बढाउँछ । समयान्तरमा सेयर सम्पत्तिमा प्रभाव केलाउँदै तालिकामा आव २०७६-०७७ को बोनस दर र बुकक्लोजमा कायम मूल्यबाट २०७७-०७८ को बुकक्लोज हुँदा वा बजार मूल्यबाट सामान्य विश्लेषण प्रस्तुत गरिएको छ ।
बैक
|
२०७६/७७ को
|
२०७७/७८ को
|
बुकक्लोज २०७६/७७ देखि २०७७/७८ मा
|
२०७७/७८ को घोषित
बोनस दर
|
बोनस (%)
|
बुकक्लोज मूल्य (रु)
|
सेयर सम्पत्ति (रु)
|
बुकक्लोजमा कायम किता
|
बुकक्लोज हुँदा वा
बजार मूल्य (०७८
मंसिर २) (रु)
|
बुकक्लोज वा बजार मूल्यमा सम्पत्ति (रु)
|
सेयर सम्पत्ति परिवर्तन (%)
|
मूल्य परिवर्तन (%)
|
सेयर सम्पत्ति वृद्धिमा बोनसको योगदान (%)
|
नविल
|
३३.५०
|
१३८६
|
१३८६००
|
१३३.५०
|
१५४७
|
२०६५२४.५०
|
४९.०१
|
११.६२
|
३७.३९
|
३३.६०
|
एनआईसी एसिया
|
१९
|
६९७
|
६९७००
|
११९
|
८५४
|
१०१६२६
|
४५.८०
|
२२.५३
|
२३.२८
|
१५
|
कृषि विकास
|
१५
|
४८८
|
४८८००
|
११५
|
५०८.२०
|
५८४४३
|
१९.७६
|
४.१४
|
१५.६२
|
—
|
प्राइम कमर्सियल
|
१५
|
४६८
|
४६८००
|
११५
|
४६६.५
|
५३६४७.५०
|
१४.६३
|
–०.३२
|
१४.९५
|
१६
|
ग्लोबल आइएमई
|
१४
|
३५०
|
३५०००
|
११४
|
३७१
|
४२२९४
|
२०.८४
|
६
|
१४.८४
|
१०
|
बैंक अफ काठमान्डू
|
१३
|
२९६
|
२९६००
|
११३
|
३३४.१०
|
३७७५३.३०
|
२७.५४
|
१२.८७
|
१४.६७
|
१०
|
नेपाल
|
१२
|
३७१
|
३७१००
|
११२
|
४५०
|
५०४००
|
३५.८५
|
२१.२९
|
१४.५६
|
१४
|
सानिमा
|
१०
|
३४१
|
३४१००
|
११०
|
४८८.८०*
|
५३७६८
|
५७.६८
|
४३.४३
|
१४.३३
|
१७
|
सिटिजन्स
|
८
|
२५१
|
२५१००
|
१०८
|
३९८*
|
४२९८४
|
७१.२५
|
५८.५७
|
१२.६९
|
१२.९१
|
सिद्धार्थ
|
१२
|
४७२
|
४७,२००
|
११२
|
४९७
|
५५६६४
|
१७.९३
|
५.३०
|
१२.६४
|
१४.२५
|
एनएमबी
|
१३
|
४२७
|
४२७००
|
११३
|
३९४
|
४४५२२
|
४.२७
|
–७.७३
|
१२.००
|
१२.५०
|
मेगा
|
१०
|
२७५
|
२७५००
|
११०
|
३२९.५०
|
३६२४५
|
३१.८०
|
१९.८२
|
११.९८
|
१०
|
नेपाल इन्भेष्टमेन्ट
|
१३
|
५४०
|
५४०००
|
११३
|
४६०
|
५१९८०
|
–३.७४
|
–१४.८१
|
११.०७
|
१२.६१
|
हिमालयन
|
१४
|
६३९
|
६३९००
|
११४
|
४८४
|
५५१७६
|
–१३.६५
|
–२४.२६
|
१०.६०
|
२१.३६
|
माछापुच्छ्रे
|
७.०३
|
२४८
|
२४८००
|
१०७.०३
|
३६४.९०*
|
३९०५५.२५
|
५७.४८
|
४७.१४
|
१०.३४
|
१३.३०
|
कुमारी
|
१०.८५
|
३०३
|
३०३००
|
११०.८५
|
२८०*
|
३१०३८
|
२.४४
|
–७.५९
|
१०.०३
|
६
|
लक्ष्मी
|
९
|
२८६
|
२८६००
|
१०९
|
३१६
|
३४४४४
|
२०.४३
|
१०.४९
|
९.९४
|
८
|
प्रभु
|
१०
|
३७५
|
३७५००
|
११०
|
३७०
|
४०७००
|
८.५३
|
–१.३३
|
९.८७
|
१२
|
नेपाल बंगलादेश
|
६
|
२६५
|
२६५००
|
१०६
|
४२५.८०*
|
४५१३४.८०
|
७०.३२
|
६०.६८
|
९.६४
|
१२
|
नेपाल क्रेडिट एण्ड कमर्स
|
१०.२७
|
३५७
|
३५७००
|
११०.२७
|
३००
|
३३०८१
|
–७.३४
|
–१५.९७
|
८.६३
|
—
|
सिभिल
|
८
|
२३२
|
२३२००
|
१०८
|
२५०
|
२७०००
|
१६.३८
|
७.७६
|
८.६२
|
—
|
सनराइज
|
५.८०
|
२५३
|
२५३००
|
१०५.८०
|
२९२
|
३०८९३.६०
|
२२.११
|
१५.४२
|
६.६९
|
६.६५
|
सेञ्चुरी
|
५.२५
|
२०९
|
२०९००
|
१०५.२५
|
२३५.१०
|
२४७४४
|
१८.३९
|
१२.४९
|
५.९१
|
—
|
स्ट्याण्डर्ड–चार्टड
|
७
|
६५५
|
६५५००
|
१०७
|
५२०
|
५५६४०
|
–१५.०५
|
–२०.६१
|
५.५६
|
१०
|
नेपाल एसबिआई
|
६
|
४०८
|
४०८००
|
१०६
|
३५३.७०
|
३७४९२.२०
|
–८.११
|
–१३.३०
|
५.२०
|
—
|
एभरेष्ट
|
५
|
७१५
|
७१५००
|
१०५
|
६२०
|
६५१००
|
–८.९५
|
–१३.२९
|
४.३४
|
६
|
औसत
|
११.२२
|
|
|
|
|
|
२१.३७
|
९.२४
|
१२.१३
|
|
*नोटः गणनामा सिटिजन्स, सानिमा, कुमारी, माछापुच्छ्रे र नेपाल बंगलादेश बैंकको बुकक्लोजमा कायम मूल्य प्रयोग ।
२०७६-०७७ देखि २०७७-०७८ को बुकक्लोजसम्ममा सबैभन्दा बढी सिटिजन्स बैंकका सेयरधनीको सम्पत्ति ७१.२५ प्रतिशतले बढ्दा नेपाल बंगलादेश बैंकको सेयर मूल्य ६०.६८ प्रतिशतले बढेको देखिन्छ । सेयरधनीको सेयर सम्पत्ति वृद्धिमा बोनस सेयरको योगदान नविल बैंकमा सबैभन्दा बढी ३७.९९, कम एभरेस्ट बैंकमा ४.३४ प्रतिशत देखिन्छ ।
थप टिप्पणी ३ः सम्पत्तिमा वृद्धि र मूल्यमा वृद्धि बीचकाे अन्तरलाइ बाेनसकाे याेगदान मानिएकाे हाे । यदि बाेनस नदिएकाे भए किता उहि रहँदा मूल्य पनि समायाेजन हुँदैनथ्याे । तर यस अवस्थामा बजार मूल्य र सेयर सम्पत्तिमा कस्ताे प्रभाव पर्दथ्याे छुट्टै विश्लेषणकाे विषय हुनसक्छ । केहि वर्ष अगाडि नगद र सेयर लाभांसकाे तुलनात्मक विश्लेषण गर्ने प्रयास गरेकाे थिएँ, जुन नगद कि सेयर लाभांश : कुन फाइदाजनक? पढ्न सकिन्छ ।
तथ्यांकले वितरित बोनस सेयरकै दरमा सेयर सम्पत्ति वृद्धि सुनिश्चित देखिन्न । बोनसबाट कम्पनीको व्यवसाय र मुनाफामा प्रभावसम्बन्धी लगानीकर्ताको बुझाइअनुसार बजार मूल्य प्रभावित हुँदै सेयर सम्पत्तिमा पनि घटबढलाई नकार्न सकिन्न । तालिकामा उल्लिखितमा २०७७-७८ को थप कित्ता पाउँदा पनि हालको बुकक्लोज हुँदा कायम मूल्यबाट सिटिजन्समा १६.३१, सानिमामा ६.८९, कुमारीमा १.१९, माछापुच्छ्रेमा ०.०२ प्रतिशतको नोक्सानी छ भने नेपाल बंगलादेश बैंकमा मूल्यवृद्धिसँगै ०.७४ प्रतिशतको मुनाफा छ ।
विचारणीय पक्ष
पर्याप्त पुँजीले व्यावसायिक आधार र जोखिमवहन क्षमता दिन्छ, तर त्यस्तो पुँजीकोषको मिश्रण सन्तुलित नभए दीर्घकालमा नकारात्मक असर पर्न सक्छ । चुक्ता पुँजी केन्द्रित हुँदा एकातिर कम्पनी पुँजीभारले थिचिँदै आधारभूत वित्तिय सूचक प्रतिसेयर आय (ईपीएस) र नेटवर्थ कमजोर हुन्छ भने अर्कातिर बढ्दो सेयरको आपूर्तिले मूल्य प्रभावित भएर लगानीकर्ताले प्रतिफल र सेयर सम्पत्ति दुवै गुमाउन बाध्य हुन सक्छ ।
नेपालकै सन्दर्भमा केही करोड रुपैयाँ चुक्ता पुँजी भए पनि यथोचित पुँजीकोष कायम गरेका युनिलिभिर र बोटलर्स नेपालको व्यवसाय र जोखिमवहन क्षमता अर्बौं चुक्ता पुँजी भएका कम्पनीको भन्दा पक्कै कमजोर देखिन्न । त्यसैले बलियो पुँजीगत क्षमता आवश्यक बैंकिङ क्षेत्रमा समेत चुक्ता पुँजीभन्दा समग्र पुँजीकोषमा केन्द्रित हुनु दीर्घकालीन हितमा हुनेछ । अन्यथा, क्षणिक लाभको लोभमा दीर्घकालीन नोक्सानी र जोखिमलाई निम्तो हुनेछ । बैंकहरू चुक्ता पुँजीको भारले र पुँजीबजार अधिक सेयरको आपूर्तिले थिचिनेछन् । प्रस्तुत तथ्यांकले बोनस सेयरको उल्लेख्य नोक्सानी नदेखिँदा पनि मुनाफा पुँजीकरण नगर्दा बढ्न सक्ने इपीएस र नेटवर्थ तथा घट्ने आपूर्तिको मूल्य प्रभाव बिर्सनु हुन्न ।
थप टिप्पणी ४ः बाेनस दिनै हुन्न र यसले घाटा मात्र गर्छ वा दिनै पर्छ भन्ने जड तर्क पनि सहि हाेइन । व्यवसायिक विस्तारकाे सम्भावना र अावश्यकताकाे अाधारमा सन्तुलित पुँजीले मात्र कम्पनीकेा वित्तिय स्वास्थ्य कायम हुनसक्छ । कम्पनी स्वस्थ भए लगानीकर्ताहरूले तत्कालिन वित्तिय नाेक्सानीमा पनि दीर्घकालमा राम्राे प्रतिफल पाउने सम्भावना रहन्छ । लगानीकर्ताले लगानीकाे प्रवृत्ति र बाेनस वा नगद लाभांस दिने कम्पनीमा लगानीकाे विकल्प सदैव उपलब्ध हुन्छ । लगानी निर्णय गर्दा लगानी उदेश्य र स्वार्थमा ध्यान दिनुपर्छ ।
बाेनसले साना कम्पनीलाइ ठूलाे बन्न त सघाउदाे रहेछ र कतिपयमा लागत घटेर यिल्ड बढ्छ तर विशेषगरी बजारबाट चर्काे मूल्यमा किन्नेहरूकाे सेयर सम्पति बढ्ने सम्भावना कमजाेर देखियाे । त्यसैले, नेपालकाे परिवेसमा मिश्रित लाभांस बढि प्रभावकारी हुनसक्छ जसले कम्पनीलाइ केहि चुक्ता पुँजी र शेयरधनि थाेरै भएपनि नगद लाभांस दिन्छ । दुवैकाे मिलिजुली हित हुन्छ ।
बाेनस सेयर वास्तवमा दुइधारी तरवार हाे, जसले प्रणालीगत मूल्य समायाेजन र अापुर्ति बढाएर दुइ तिरबाट मूल्यमा प्रहार गर्छ । कम्पनीमा पनि गुणस्तरमा नै सम्झाैता गरेर भएपनि व्यवसाय बढाउन र अाधारभूत सूचक घटाउन दवाव दिन्छ ।
(प्रस्तुत तथ्यांककै आधारमा लगानी निर्णय गर्दा कसैलाई हानि–नोक्सानी भएमा लेखक वा पत्रिका जिम्मेवार हुनेछैन ।)
अन्य सम्बन्धित लेखहरू
Revised/updated 2 Jun 2022, 11:20 NST