KEY FINANCIAL INDICATORS of BANKS FOR FY 2080-81
नेपाल राष्ट्र बैंकबाट हालै प्रकाशित त्रैमासिक पुजिकाेषकाे तथ्यांक अनुसार आव 2080-81 पुजीकाेषकाे अवस्था तालिकामा दिईए अनुसार छ । नियामकीय व्यवस्था अनुसार भने आव 2080-81 काे अन्त्यसम्म थप 0.5% काउन्टर साईक्लिकल बफर कायम गर्नपर्नेछ । यस अनुसार CCAR 9% (Tier 1) र CAR 11.5% (Tier 2) कायम गर्नुपर्नेछ । हुनतः आगामी असार मसान्तसम्ममा पुजीकाेषकाे अवस्थामा धेरै परिवर्तन आउन सक्छ तैपनि तालिकामा राताे रंग लागेका बैकले पुजीकाेषमा विशेष चनाखाे हुनुपर्नेछ । बैंकहरूले आगामी दिनमा व्यवसायिक विस्तारभन्दा कर्जाकाे गुणस्तर र असुलीमा केन्द्रित हुँदै संयमित पनि हुनुपर्ने छ ।
लगानीकर्ताहरूले ताेकिएकाे CCAR नपुगेकै कारण एनआईसी एसियाले आव 2077-78 र 2078-79 मा तथा माछापुच्छ्रे, लक्ष्मी र सनराईजले 2078-79 मा लाभांस बाँड्न नपाएकाे बिर्सनु हुन्न । अझ हालै नियामकले पुजीकाेष सम्बन्धी व्यवस्था पालना नगरेकै कारण एनआईसी एसिया र नबिल बैंकलाई सचेत समेत गराएकाे छ । तेस्राे त्रैमाससम्म पुग्दा KBL, NICA र PRVU काे CCAR ताेकिएकाे नियामकीय मापदण्ड ८.५% भन्दा कम रहेकाे हुँदा तिनले लाभांस बाँड्न नपाउने अवस्था देखिन्छ ।
नेपाल राष्ट्र बैंकबाट प्रकाशित बैंकहरूकाे दाेस्राे त्रैमासिक मुख्य वित्तीय सूचककाे अाधारमा एनअाइसी एसिया, कुमारी र प्रभु बैंकले अाव २०८०–८१ मा मुनाफा भएता पनि लाभांस वितरण गर्न नपाउने देखिन्छ । यसकाे साथै पुजीकाेषकाे अवस्थाले नै बैंकमा थप पुँजीकाे आवश्यकतालाई उजागर गर्ने हुँदा मुनाफाबाट सेयर (बाेनस) वा नगद लाभांसकाे सम्भावना अनुमान गर्दै लगानी व्यवस्थापन गर्न सघाउँछ ।
२०८१ भदाै ११ गते नेरा बैंकबाट जारी परिपत्र ३ अनुसार भने अाव २०८१–८२ का लागि काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत कायम गरिएकाे छ । जसले कर्जायाेग्य रकम भएका तर पुँजीकाेषकाे दवावका कारण कर्जा विस्तार गर्न नसकेका बैंक तथा वित्तिय संस्थाहरूका लागि कर्जा प्रवाह केही सहजता हुनेछ । यसकाे साथै बैंकहरूले विशेषगरी प्राथमिक पुँजीकाेषका लागि अविमाेच्य असंचित अग्राधिकार सेयर (Irredeemable Non-cumulative Non-convertible Preference Share) पनि जारी गर्न सकिने व्यवस्था भएकाे छ । पुँजीकाेष व्यवस्थापनका लागि नेरा बैंकले असल कर्जामा नउठेकाे ब्याज (Interest Suspense) लाइ टायर टुमा गणना गर्न पाइने व्यवस्था गरेकाे छ ।
Summary of CAR, CCAR of Bank for FY 2080-81
Bank Key Financial Indicator Q4 FY 2080-81
CCAR: KBL, NICA | CAR: NICA, PCBL, RBB, SBL, KBL
Bank Key Financial Indicator Q3 FY 2080-81
CCAR: KBL, NICA, HBL, MBL, PRVU | CAR: HBL, KBL, NICA, PCBL, SBL
Bank Key Financial Indicator Q2 FY 2080-81
CCAR: Nabil, HBL, NICA, MBL, KBL, PRVU | CAR: Nabil, HBL, NICA, SBL, PCBL, PRVU
Bank Key Financial Indicator Q1 FY 2080-81
CCAR: NICA, MBL, KBL, PRVU | CAR: Nabil
Q3 वासेल र राष्ट्र बैकबाट प्रकाशित तथ्यांकमा फरक
थप सामग्री
२. साभार लेखः फरक वित्तीय विवरण राख्ने १६ बैंकलाई ३ प्रतिशतसम्म ‘क्यापिटल चार्ज’!साभार लेखः फरक वित्तीय विवरण राख्ने १६ बैंकलाई ३ प्रतिशतसम्म ‘क्यापिटल चार्ज’!
No comments:
Post a Comment