विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८०–८१ काे दाेस्राे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । यसकाे साथै गाभिएका बैंकहरूकाे वितिय विवरण, समिक्षा र तुलना गर्दा थप चनाखाे हुनुपर्ने छ । बैकहरूकाे बढ्दाे प्रभिजन, हालै तिरिएकाे मर्ज र प्राप्तिकाे स्वापलाइ लाभांस वितरणकाे कर, सेयर प्रिमियमकाे अनपेक्षित करले संचित र वितरणयाेग्य मुनाफा प्रभावित भएकाे छ । पक्कै दाेस्राे त्रैमास लगानी निर्णयकाे एउटा प्रस्थान विन्दु हाे, तर याे पुर्ण नहुनसक्छ, किनकी कतिपय बैकहरूकाे चाैथाे त्रैमास अझ परिस्कृत विवरण निकै फरक भएकाे देखेका छाैं । अहिले अात्तिने र मात्तिने भन्दा सजगतापूर्वक हेर्ने र विश्लेषण उपयाेगी हुनसक्छ ।
Thank you sir.
ReplyDelete