Sunday, September 8, 2019

बैंकहरूको मुनाफा, लाभांश र प्रतिफल

बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ०७५-७६ वित्तीय विवरणमा ६५ अर्ब रुपैयाँ मुनाफा देखाएपछि बैंकले बढी नाफा कमाउन थालेका नियन्त्रण गर्नुपर्छ भन्ने सर्वत्र आवाज उठ्यो । तर, बैंकहरूको मुनाफाका लागि परिचालित रकम, सञ्चालन तथा कर्मचारी खर्च र आयकर कटाएर बाँकी रहेको खुद मुनाफाबाट नियामकीय कोष छुट्याउँदा सेयरधनीको हातमा पर्ने लाभांशको दर मुद्रास्फीतिलाई समेत नधान्नेतर्फ कसैको ध्यान पुगेको देखिन्न ।

अाव २०७४/७५ तथा २०७५/७६ काे लाभांस र बुकक्लाेज मूल्यका अाधारम ा प्रतिफल दर

बैंक

शेयरधनीको कुल कोष (रु अर्ब)

चुक्ता पूँजी (रु. अर्ब)

जगेडा (रु. अर्ब)

शेयर प्रिमियम
(
रु. अर्ब)

मुनाफा (रु. अर्ब)

प्रति सेयर उपलब्ध 
अधिकतम (रु)

इक्विटीमा प्रतिफल (%)

७४/७५ लाभांस र प्रतिफल

७५/७६ लाभांस र प्रतिफल

संचित

संचालन

खुद

वितरण योग्य

खुद मुनाफा

वितरणयोग्य मुनाफा

संचित मुनाफा

कुल रकम

कुल लाभांस

प्रतिफल दर

नगद

बोनस

कुल

प्रतिफल दर

नविल

२३.२६

९.०१

९.३३

४.९१

६.०८

४.२९

३.१८

४७.६५

३५.३४

५४.५१

५४.५१

१८.४६

३४.००

४.२८

१२.००

२२.००

३४.००

४.५३

नेपाल

२९.४४

९.८१

१३.३५

३.२६

३.०२

४.५५

२.६१

३.४५

२६.६२

३५.१८

३०.७७

६४.०२

८.८७

१५.००

१०.००

२५.००

७.८९

कृषि विकास

२३.२२

९.०२

१०.४१

३.७९

५.४८

४.३५

३.३१

४४.६७

३३.११

४२.०८

४२.०८

१७.३५

२१.०५

६.३२

६.००

२४.००

३०.००

७.१९

एभरेष्ट

१७.५५

८.०३

७.१०

०.२४

२.१९

४.३६

३.०५

२.१९

३७.८८

२७.१९

२७.२६

३०.२३

१७.३२

२०.००

३.७०

५.००

२०.००

२५.००

४.३९

एनआईसी एसिया

१४.९७

८.८३

३.८८

२.२५

४.५८

३.०५

२.१५

३४.५६

२४.३७

२५.४८

२५.४८

२०.४०

१०.५३

२.५७

१०.००

११.०५

२१.०५

४.७०

हिमालयन

१६.०८

८.५२

५.३३

२.२४

४.०३

२.८५

२.०२

३३.४१

२३.७४

२६.२५

२६.२५

१७.७०

१५.७९

३.०४

१०.००

१२.००

२२.००

३.८९

ग्लोबल आइएमई

१६.३५

१०.३१

३.२१

२.८४

३.९२

२.८०

२.४३

२७.११

२३.५७

२७.५२

२७.५२

१७.०९

१६.००

४.९४

१२.७५

१२.७५

२५.५०

८.६४

स्ट्याण्डर्ड चार्टड

१४.९९

८.०१

५.१७

१.८०

३.४८

२.५०

१.८०

३१.१५

२२.५०

२२.५१

२२.५१

१६.६५

१७.५०

२.८८

२२.५०

२२.५०

४.०५

सानिमा

११.९०

८.००

२.२६

१.६४

३.२१

२.२४

१.६३

२८.०४

२०.३२

२०.५२

२०.५२

१८.८५

१४.००

४.४०

१०.००

११.०५

२१.०५

६.०७

प्रभु

१४.५७

८.८९

३.८८

१.८०

२.८७

२.०५

१.७३

२३.०६

१९.५०

२०.१९

२०.१९

१४.०८

८.४०

३.७०

१६.००

०.८४

१६.८४

६.३१

नेपाल एसबिआई

१४.१७

८.४५

३.८२

१.९०

३.१३

२.३०

१.६०

२७.२६

१८.९०

२२.४६

२२.४६

१६.२६

१५.७९

३.७२

६.००

१०.८४

१६.८४

४.४०

सिद्धार्थ

१५.०९

८.८९

४.४१

०.१२

१.६६

३.३२

२.३१

१.६५

२५.९८

१८.५९

१८.७२

२०.०९

१५.३०

१३.१६

४.०५

१०.००

१५.२६

२५.२६

७.४५

प्राइम कमर्सियल

१३.५८

९.३२

२.६१

१.६५

३.२७

२.३७

१.६०

२५.३८

१७.१८

१७.७२

१७.७२

१७.४२

१६.००

४.३२

१६.००

१६.००

५.७३

नेपाल क्रेडिट एण्ड   कमर्स

१२.५२

७.०२

३.६०

०.१७

१.७३

२.१५

१.५३

१.२०

२१.७५

१७.०९

२४.६९

२७.१५

१२.२०

१६.७२

६.९१

०.७९

१५.००

१५.७९

६.७८

माछापुच्छ्रे

११.२४

८.०६

१.४५

०.०३

१.७१

२.४२

१.७०

१.३२

२१.१५

१६.३९

२१.१७

२१.५६

१५.१५

१०.००

४.६३

५.००

११.००

१६.००

६.५८

बैंक अफ काठमान्डू

१४.०१

८.०६

४.५५

१.३९

२.७७

१.९४

१.३०

२४.०४

१६.१३

१७.२५

१७.२५

१३.४८

२५.००

७.६०

६.००

११.००

१७.००

६.५४

सनराइज

१२.३५

८.१५

२.५९

०.१३

१.४८

२.६०

१.७१

१.१२

२०.९४

१३.७१

१८.१७

१९.७३

१३.८२

११.५०

४.८५

१०.००

५.८०

१५.८०

६.६१

सिटिजन्स

१२.४६

८.३७

२.७८

०.०५

१.२७

२.११

१.४९

१.१२

१७.७८

१३.३७

१५.१५

१५.७१

११.९४

५.२६

२.४१

३.००

१२.००

१५.००

६.९१

एनएमबी

१७.४६

९.६२

३.५३

२.५१

१.७९

३.२८

२.३१

१.२७

२४.०२

१३.२५

१८.६४

४४.७७

१३.२३

३०.००

७.७५

१४.००

२१.००

३५.००

८.७१

मेगा

१३.६०

१०.३९

१.८५

१.३७

२.४६

१.७२

१.३६

१६.५५

१३.०७

१३.१४

१३.१४

१२.६४

७.८५

४.३१

११.७५

११.७५

५.८२

लक्ष्मी

१२.६४

८.९२

२.१७

१.५५

२.३०

१.५८

१.१६

१७.६७

१२.९६

१७.३९

१७.३९

१२.४७

८.९५

४.०७

१०.००

५.००

१५.००

६.८८

जनता

१०.६८

८.००

१.७०

०.९८

२.००

१.३४

०.९७

१६.८१

१२.१६

१२.२३

१२.२३

१२.५९

८.५०

४.६२

६.००

६.००

१२.००

५.६१

नेपाल बंगलादेश

१२.४५

८.०९

३.३२

१.०४

२.३४

१.६२

०.९५

२०.०२

११.७४

१२.८६

१२.८६

१३.०१

१०.५३

५.०९

५.००

७.००

१२.००

५.८५

कुमारी

११.८७

८.६९

२.१५

०.०५

०.९८

१.९२

१.३३

०.९७

१५.३६

११.१३

११.२५

११.८८

११.२४

२१.२५

७.९०

१०.००

०.५३

१०.५३

५.१९

नेपाल इन्भेष्टमेन्ट

२५.१७

१२.८७

१०.९६

०.१०

१.७८

४.२३

३.४२

१.३९

२६.५४

१०.८१

१३.८६

१४.५६

१३.२८

४०.००

५.८७

१०.५०

८.५०

१९.००

४.३९

सिभिल

१०.२४

८.००

१.६१

०.६३

१.२१

०.७६

०.५६

९.५०

६.९६

७.८५

७.८५

७.४२

१४.३०

८.३६

६.५७

६.५७

४.६९

सेञ्चुरी

१०.१७

८.४२

१.०३

०.०३

०.६८

१.२६

०.८६

०.५४

१०.२३

६.३६

८.११

८.५२

८.४७

६.५०

३.८२

२.००

४.७५

६.७५

३.६७

राष्ट्रिय बाणिज्य

२३.५४

९.००

१३.७४

०.८०

६.९३

५.३३

३.६२

५९.१७

४०.१७

८.८९

८.८९

२२.६३

१२.००

१२.००

१२.००

जम्मा

४३६.१०

२४६.७५

१३१.७८

६.७०

५०.८७

९२.२६

६५.४०

४७.५९

औसत

१५.५७

८.८१

४.७१

०.२४

१.८२

३.३०

२.३४

१.७०

२६.२३

१९.१०

२०.५९

२३.११

१४.६३

१४.९५

४.५३

८.६०

१०.२६

१८.८६

५.९१
















नोटः चौथो त्रैमासिक विवरणमा आधारित । एनसिसिको पूँजी समायोजन हुँदा सबै सूचक फरक पर्नेछ । कुल रकमले शेयर प्रिमियम सहितको मुनाफा रकम । प्रकाशित लेखमा ७५/७६ के तथ्यांक पछि थप गरिएकाे। अाैसत गणना गर्दा सूचीकृतकाे मात्र लिइएकाे छ ।

मुनाफाहरू

एनएफआरएससँगै खुद मुनाफा, वितरणयोग्य मुनाफा र सञ्चित मुनाफाको स्पष्ट जानकारीसहितको वित्तीय विवरणहरूबाट लाभांश र प्रतिफल आकलन अनि लगानी व्यवस्थापन सहज भएको छ ।

सामान्यतः कम्पनीहरूको वर्षभरीको व्यावसायिक गतिविधिबाट सञ्चालन तथा कर्मचारी खर्च कटाएपछि देखिने रकमलाई सञ्चालन मुनाफा भनिन्छ । आव ०७५-७६ मा बैंकहरूले करिब ९२ अर्ब २६ करोड रुपैयाँ हाराहारी सञ्चालन मुनाफा गर्दा सबैभन्दा बढी राष्ट्रिय वाणिज्यले ६.९३ अर्ब, नबिलले ६.०८ र कम सिभिलले १.२१ अर्ब रुपैयाँ कमाए ।

सञ्चालन मुनाफाबाट विभिन्न खर्च, दायित्व र कर कटाएर बैंकहरूले खुद मुनाफा ६५ अर्ब ४० करोड रुपैयाँ कमाए, जसका लागि सेयरधनीहरूले चुक्ता गरेको २४६.७५ अर्ब रुपैयाँसहित कुल ४३६.१० अर्ब रुपैयाँ परिचालन गरे । खुद मुनाफाबाट गणना गरिने प्रतिसेयर मुनाफा (ईपीएस) सबैभन्दा कम सिभिलको ९.५० र सबैभन्दा बढी नविलको ४७.६५ पैसा र औसतमा २६.२३ रुपैयाँ छ । तर, सेयरधनीको कोष (कुल इक्विटी) का आधारमा इक्विटीमा प्रतिफल (आरओई) प्रतिसेयर औसतमा १४.६३ प्रतिशत मात्र छ । यसमा सबैभन्दा बढी राष्ट्रिय बाणिज्य बैंकको २२.६३ र सबैभन्दा काम सिभिलको ७.४२ प्रतिशत छ ।

खुद मुनाफाबाट नियामकीय कोषमा रकम व्यवस्था र फिर्ता मिलान पछि कायम खुद वितरणयोग्य मुनाफा ४७ अर्ब ५९ करोड रुपैयाँ मात्रैछ । प्रतिसेयरसबैभन्दा बढी राष्ट्रिय वाणिज्यको ४०.१७ र सबैभन्दा कम सेन्चुरीको ६.३६ र औसतमा १९.१० प्रतिशत हुन्छ । लगानीकर्ताहरूले वास्तवमा हेर्नुपर्ने र प्राप्त गर्न सक्ने मुनाफा भने वितरणयोग्य मुनाफा नै हो।

यस्तै, विगतको मुनाफाबाट सेयरधनीलाई बाँडेर बाँकी तथा यस वर्षको बाँड्न मिल्नेसहितको कुल सञ्चित मुनाफाले बैंकहरूसँग यथार्थमा बाँड्न उपलब्ध रकम देखाउँछ । हुन त ‘तातै खाऊँ जल्दी मरुँ’ भने जसरी मिल्ने जति रकम लाभांशका रुपमा बाँड्दा बैंकहरूसँग ७४-७५ को करिब ३ अर्ब २८ करोड रुपैयाँसहित केवल रु. ५० अर्ब ८७ करोड रुपैयाँ मात्र सञ्चित मुनाफा देखिन्छ । यसरी लाभांश क्षमताको अधिकतम दोहन हुँदा जोखिमसँग लड्ने क्षमता भने कमजोर भएको छ ।

लाभांश

मूलतः वार्षिक खुद मुनाफाबाट उपलब्ध वितरणयोग्य र सञ्चित मुनाफाका आधारमा निर्धारण हुने लाभांश क्षमता सेयर प्रिमियमका साथै पुँजीमा परिणत गर्न सकिने डिबेन्चर रिडेम्पसन रिजर्भ समेतमा निर्भर रहन्छ । कति लाभांश अनि नगद र बोनसको हिस्सा भने बैंकहरूको व्यवसायिक आवश्यकता, नियामकीय प्रावधान र सञ्चालकले लिने नीतिमा भर पर्छ । केन्द्रीय बैंकको सर्कुलरअनुसार बैंकहरूले आव ०७६-७७ को अन्त्यसम्ममा जोखिम भारित एक्सपोजरको २ प्रतिशत काउन्टर साइक्लिकल बफरसहित करिब १३ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने र नियमनका आधारमा गरिएको २ देखि १० प्रतिशतको क्यापिटल चार्जले पुँजीगत क्षमता बढाउन दबाबसँगै लाभांश नीतिमा फरक पर्नेछ ।

आव ०७४-७५ मा बैंकहरूले औसतमा ६.६३ बोनस र ८.३२ नगदसहित कुल १४.९५ प्रतिशत लाभांश वितरण गरेका थिए । आव ०७५-७६ मा बैंकहरूको वितरणयोग्य मुनाफा मात्र हेर्दा सेन्चुरीले ६.३६ देखि नविलले ३५.३४ प्रतिशतको लाभांश क्षमता देखिँदै गर्दा सञ्चित मुनाफाले सिभिलको ७.८५ देखि नबिलले ५४.५१ प्रतिशतको लाभांश क्षमता देखिन्छ । यसको साथै ११ बैंकसँग उपलब्ध सेयर प्रिमियम समेत हेर्दा नेपाल बैंकले ६४.०२ र एनएमबीले ४४.७७ को उच्च लाभांश क्षमता राख्छन् । अझ डिबेन्चर रिडेम्पसनको रकम उपलब्ध कृषि, सिद्धार्थ र ग्लोबल आईएमईको लाभांश क्षमता केही प्रतिशतले बढी नै हुनेछ । हालसम्म घोषित एनआईसी एसिया र सानिमा बैंकको २१.५, बैंक अफ काठमाण्डुको १७, माछापुछ्रेको १६, सिटिजन्सको १५ र कुमारीका १०.५३ प्रतिशत लाभांशले बैंकहरू सकेसम्म बढी लाभांश वितरण गरेर सेयरधनीलाई तत्काल खुसी राख्न लागिपरेका देखिन्छन् । सिटिजन्सले लाभांशका लागि सञ्चित रकम परिचालन गर्दा सानिमाले सञ्चित मुनाफाभन्दा बढी लाभांश घोषणा गरेको छ ।

प्रतिफल दर

प्रायः लगानीकर्तालाई कम्पनीले वितरण गर्ने लाभांश नै लगानीमा प्रतिफल भन्ने भ्रम पनि रहेको देखिन्छ । तर, लाभांश अंकित मूल्यका आधारमा घोषणा हुने तर सेयर बजारबाट सेयर किन्दा वास्तविक लगानी फरक हुने अवस्थामा लगानीमा प्राप्त हुने प्रतिफल दर (रेट अफ रिर्टन) निकै फरक हुनेछ । आव ७४-७५ मा बैंकहरूको औसत लाभांश १४.९५ प्रतिशत रहँदा बुक क्लोजको कारोबार मूल्यका आधारमा वास्तविक प्रतिफल दर सबैभन्दा कम सिटिजन्समा २.४१ देखि बढी सिभिलमा ८.३६ रहेको थियो । यहाँ बिओके, कुमारी, सिभिल, एनसीसीले ०७३-७४ को समेत मिसाएर दिएको हुँदा प्रतिफल दर बढेको बिर्सनु हुन्न ।

आव ०७५-७६ का लागि ६ बैंकहरूले लाभांश घोषण गरेका छन् । घोषित दरमै लाभांश पाए अन्तिम कारोबार मूल्यका आधारमा सिटिजन्समा ६.८५, बिओकेमा ६.५१, माछापुछ्रेमा ६.२५, सानिमामा ५.९३, कुमारीमा ५.१९ र एनआईसी एसियामा ४.६९ प्रतिशतले प्रतिफल प्राप्त हुनेछ । घोषणा हुन बाँकी बैंकहरूले कस्तो लाभांश दिन्छ भन्न सकिन्न, तर सञ्चित मुनाफाको सबै रकम नै लाभांश बाँड्दा समेत बैंकहरूको लगानीमा ३ देखि ९.९ अर्थात् औसतमा ६.२ प्रतिशतप्रतिफल प्राप्त हुनेछ । यस्तो प्रतिफल दर पनि मूल्य आम्दानी अनुपात (पिई) जस्तै प्रत्येक कारोबार र औसत लागतको आधारमा प्रत्येक लगानीकर्ताको फरक हुने हुँदा सबैले एकै दरमा प्रतिफल पाउँदैनन् ।

थप टिप्पणी, सबै बैंकहरूकाे लाभांस र बुक क्लाेज भैसकेपछि माथि लेख प्रकाशित हुँदाकाे अवस्थामा परिवर्तन भएकाे छ । ७५७६ मा समग्र प्रतिफलकाे अाधारमा एनएमबी ८.७१ र ग्लाेवलअाइएमइ ८.६४ सहित उत्कृष्ठ र ३.६७ सहित सेञ्चुरी कमजाेर देखिन्छ । हुनतः सेञ्चुरीकाे साधारणसभा नभएकाे अवस्थामा वास्तविक प्रतिफल अन्याैलपूर्ण नै छ। बरू सिभिलले ४.६९ काे प्रतिफल सहित हिमालयन, चार्टर र नविललाइ जितेकाे छ ।

निचोड

लगानीकर्ताहरूले लगानी निर्णय र व्यवस्थापन गर्दा मुनाफा रकम र प्रतिसेयर आयसँगै वास्तवमा वितरणयोग्य र सञ्चित मुनाफा अनि सेयर प्रिमियम र रिडेम्पसन समेतका आधारमा बाँड्न सक्ने उच्चतम र सम्भावित लाभांश, बजार मूल्य र आफ्नो औसत लागतका आधारमा प्राप्त हुने वास्तविक प्रतिफल दरलाई ध्यान दिनैपर्छ । सेयर लगानीमा प्रतिफल ४–५ प्रतिशत मात्र देखिए पनि लगानी निर्णय गर्दा लाभांशको मिश्रण, कम्पनीको ग्रोथ, ख्याति अनि पुँजीगत लाभको अवसरलाई समेत ध्यान दिनुपर्छ ।


काराेवार दैनिकमा २०७६ भदाै २२ गते प्रकाशित, https://www.karobardaily.com/news/idea/23971
थप जानकारीका लागि 
1. लाभांस र लगानीमा प्रतिफल दरसम्बन्धी https://dilipmuna.blogspot.com/2019/03/blog-post_9.html
2. अाव ७६७७  काे बैंकहरूकाे वितिय अवस्थाका लागि https://dilipmuna.blogspot.com/2020/08/blog-post_30.html
3. अाव ७५७६ काे बैंकहरूकाे वितिय अवस्थाका लागि https://dilipmuna.blogspot.com/2019/08/blog-post_51.html