KEY FINANCIAL INDICATORS of BANKS FOR FY 2081-82
नेपाल राष्ट्र बैंकबाट हालै प्रकाशित त्रैमासिक पुजिकाेषकाे तथ्यांक अनुसार आव 2081-82 पुजीकाेषकाे अवस्था तालिकामा दिईए अनुसार छ । नियामकीय व्यवस्था अनुसार CCAR 8.5% (Tier 1) र CAR 11.0% (Tier 2) कायम गर्नुपर्नेछ । लगानीकर्ताहरूले ताेकिएकाे CCAR नपुगेकै कारण एनआईसी एसियाले आव 2077-78 र 2078-79 मा तथा माछापुच्छ्रे, लक्ष्मी र सनराईजले 2078-79 मा लाभांस बाँड्न नपाएकाे बिर्सनु हुन्न । अझ नियामकले पुजीकाेष सम्बन्धी व्यवस्था पालना नगरेकै कारण एनआईसी एसिया र नबिल बैंकलाई सचेत समेत गराएकाे छ ।
पुजीकाेषकाे अवस्थाले नै बैंकमा थप पुँजीकाे आवश्यकतालाई उजागर गर्ने हुँदा मुनाफाबाट सेयर (बाेनस) वा नगद लाभांसकाे सम्भावना अनुमान गर्दै लगानी व्यवस्थापन गर्न सघाउँछ ।
२०८१ भदाै ११ गते नेरा बैंकबाट जारी परिपत्र ३ अनुसार भने अाव २०८१–८२ का लागि काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत कायम गरिएकाे छ । जसले कर्जायाेग्य रकम भएका तर पुँजीकाेषकाे दवावका कारण कर्जा विस्तार गर्न नसकेका बैंक तथा वित्तिय संस्थाहरूका लागि कर्जा प्रवाह केही सहजता हुनेछ । यसकाे साथै बैंकहरूले विशेषगरी प्राथमिक पुँजीकाेषका लागि अविमाेच्य असंचित अग्राधिकार सेयर (Irredeemable Non-cumulative Non-convertible Preference Share) पनि जारी गर्न सकिने व्यवस्था भएकाे छ । पुँजीकाेष व्यवस्थापनका लागि नेरा बैंकले असल कर्जामा नउठेकाे ब्याज (Interest Suspense) लाइ टायर टुमा गणना गर्न पाइने व्यवस्था गरेकाे छ ।
अाव २०८१–८२ काे पुस मसान्तसम्मकाे तथ्यांकले कुमारी बैंककाे प्राथमिक पुँजीकाेष (CCAR) करिव १.२७ ले कमी अाइसेकाे छ भने हिमालयन, एनअाइसी एसिया र प्रभुकाे मापदण्डकाे न्यूनतम सीमा नजिकै देखिन्छन् । जहाँसम्म कुल पुँजीकाेष (CAR) तर्फ एभरेष्ट, हिमालयन, कुमारी, नविल, एनअाइसी एसिया, प्राइम, राष्ट्रिय बाणिज्य र सिद्धार्थ समेत ८ बाणिज्य बैंक दवावमा देखिन्छन् । यसरी बैंकहरूकाे पुँजी बढि भयाे भन्दै गर्दा जाेखिममा अाधारित पुँजी पर्याप्तता निकै कमजाेर देखिनाले व्यवसाय खुम्च्याउने वा थप पुँजीकाे जाेहाे गर्ने दवावमा पुगेका छन् ।
अाव २०८१–८२ काे चैत मसान्तसम्मकाे तथ्यांकले कुमारी बैंककाे प्राथमिक पुँजीकाेष (CCAR) थप घटेर ७.३१% मा झरेकाे छ भने हिमालयनकाे पनि नियामकीय मापदण्डभन्दा कमी भएर ८.००% कायम भएकाे छ । यस अावमा यि दुइ बैंकले लाभांस बाँड्ने क्षमता राख्ने सम्भावना अति कम छ, यदि बनाए पनि प्राथमिक पुँजीकाेषकाे मापदण्डका कारण बाँड्न पाउने छैनन् । यि बाहेक सिटिजन्स, माछापुच्छ्रे र प्रभु पनि प्राथमिक पुँजीकाेषकाे दवावमा छन् । समग्र पुँजीकाेष तर्फ एभरेष्टकाे अवस्थामा सुधार अाएकाे छ, तर कुमारी, लक्ष्मी सनराइज, नविल, प्राइम, राष्ट्रिय बाणिज्य, सिद्ार्थ नियामकीय मापदण्ड ११% नजिक छन् । हिमालयनकाे भने कुल पुँजीकाेष नै नियामकीय व्यवस्थाभन्दा कमी भएर १०.८४% मा झरेकाे छ । यसरी बैंकहरूकाे पुँजी बढि भयाे भन्दै गर्दा जाेखिममा अाधारित पुँजी पर्याप्तता निकै कमजाेर देखिनाले व्यवसाय खुम्च्याउने वा थप पुँजीकाे जाेहाे गर्ने दवावमा पुगेका छन् ।
Bank KFI for FY 81-82 till Q2