Sunday, January 29, 2023

FY 7980 Q2 Bank Review: बैंकिग वातावरण र बढेकाे अन्याेल


आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमास अन्त्य हुँदै गर्दा केही बैंकलाई वित्तीय विवरण प्रकाशन गर्ने र गाभिएर संयुक्त कारोबार गर्ने चटारो थियो । विगतमा छोटो अवधिमा चार गुणा चुक्ता पुँजी बढाउँदा र विभिन्न कर एवम् नियामकीय सुविधा दिँदासमेत नघटेको बैंक चालू आवको सुरुदेखि कर सुविधा हटेर पुस मसान्तभित्र संयुक्त कारोबार नगरे नियामकीय सुविधा नपाउने भएसँगै अचानक गाभ्ने–गाभिने लहर चल्यो ।

आव २०७८/७९ को अन्त्यतिर नेपाल बंगलादेश नबिलमा गाभिएर नबिल बैंकबाट कारोबार गरेकोमा चालू आवमा एनसीसी र कुमारी गाभिएर कुमारी, बीओके र ग्लोबल आईएमई गाभिएर ग्लोबल आईएमई, सेन्चुरी र प्रभु गाभेर प्रभु तथा मेगा र इन्भेस्टमेन्ट गाभिएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बनेका छन् । यस्तै सिभिल र हिमालयन गाभिन साधारणसभाबाट स्वीकृत पाए भने लक्ष्मी र सनराइजले समेत गाभिने सम्झौता गरेका छन् । गाभिने सम्झौताले मूर्त रूप लिँदा बैंकको संख्या २१ मा झर्नेछ । बैंकहरूको संख्या घट्नुका फाइदा–बेफाइदामा फरक धारणा हुन सक्छन् । केन्द्रीय बैंक र अंकमा ठूला बनेका बैंकर खुसी हुँदै गर्दा दूरदराजका स–साना लगानीकर्ता एवम् उद्यमी–व्यवसायीले दुःख पाउने त होइन भन्ने शंका बढेको छ । यस्तै, अस्थिर बैंकिङ वातावरणले बैंकहरूको वित्तीय सूचकको अनुमानसँगै शुद्धता, यथार्थपरकता र विश्वसनीयतामा अनेक प्रश्न उब्जाएका छन् ।

हालै प्रकाशित दोस्रो त्रैमासिक वित्तीय विवरणले बैंकहरूको समग्र व्यवसायमा सुस्ततासँगै नउठेको ब्याज र सम्भावित कर्जा नोक्सानीको रकमले सबैलाई झस्काएको छ । बैंकिङ वातावरण धुमिलिएको महसुस हुन थालेको छ । यसले लगानी विश्लेषण र व्यवस्थापनमा चुनौती र अन्योलता बढाएको छ ।

बैंकहरूको २०७९–८० पुसमसान्तको वित्तीय अवस्था

बैंक

चुक्ता पूँजी (रु. अर्ब)

संचित नाफा/ (नोक्सान) (रु. अर्ब)

जगेडा कोष (रु. अर्ब)

ग्राहक निक्षेप (रु. अर्ब)

ग्राहक कर्जा तथा सापटी (रु. अर्ब)

खुद नाफा/ (नोक्सान) (रु. अर्ब)

वितरण योग्य नाफा (रु. अर्ब)

प्रतिसेयर आम्दानी/ (नोक्सानी) (रु.)

नेटवर्थ

इम्पेरिमेन्ट चार्ज/ (रिभर्सल) (रु. अर्ब)

नियामकीय कोष (रु. अर्ब)

निष्कृय कर्जा (%)

एनआईसी एसिया

११.५६

३.७५

१२.९०

३०५.८६

२५६.८६

३.२७

३.७५

५६.६१

२४३.९७

(०.४८)

१.५४

०.६१

स्ट्याण्डर्ड–चार्टड

९.४३

२.३९

६.६३

१०२.७२

८१.०४

१.७५

१.००

३७.१९

१९५.७३

०.१६

०.३८

०.७२

एभरेष्ट

१०.७०

२.८५

९.९०

१८०.७९

१५७.९३

१.५९

२.८५

२९.६९

२२१.३९

०३७

०.३२

०.५५

नविल

२७.०६

१.२५

२५.५७

३४७.४६

३१५.६४

३.४२

१.२५

२५.२६

१९९.१२

१.८९

१.२५

२.९८

नेपाल एसबिआई

९.८३

१.२१

६.४२

१३३.९६

१२०.९०

१.१८

१.२१

२३.९६

१७७.६९

०.३७

०.२८

०.४७

एनएमबी

१८.३७

१.२३

७.६०

१९२.६४

१८३.४३

१.९०

०.६४

२०.७०

१४८.१०

०.६२

०.७१

२.२४

सानिमा

१२.४६

०.९६

४.६२

१५९.२१

१४३.७३

१.२९

०.९६

२०.६३

१४४.८२

०.५७

०.२३

०.७७

माछापुच्छ्र

१०.२६

१.०६

४.१४

१५०.५४

१३५.५८

१.०३

१.०६

१९.९९

१५०.९७

०.३०

०.३४

१.४१

लक्ष्मी

११.५५

१.५०

५.०६

१४५.७२

१३०.२०

१.०८

१.५०

१८.६५

१५६.७४

०.५७

०.३३

१.५६

प्राइम कमर्सियल

१९.४०

०.००

८.३६

१६४.४६

१५०.३१

१.६५

०.००

१७.०३

१४३.१०

०.५८

१.३६

२.८१

सिद्धार्थ

१४.०९

०.१०

८.८२

२०५.१३

१७७.६०

१.१६

०.१०

१६.४८

१६३.२९

१.१९

०.३०

२.८७

नेपाल

१४.६९

०.३०

१९.९८

२१२.८४

१६८.९४

१.१७

०.३०

१५.९३

२३८.०२

०.५१

०.९२

३.११

ग्लोबल आइएमई

३५.७७

१.१२

१८.३२

४०३.६८

३६३.२४

२.७८

१.१२

१५.५६

१५४.३४

१.१३

१.०८

२.९२

सिभिल

९.०८

०.४४

२.८२

९४.७१

८४.०८

०.६४

०.२५

१४.०४

१३५.९६

०.४५

०.८७

२.४१

हिमालयन

१४.०१

०.०९

७.४२

१७६.२५

१५३.३६

०.९५

०.०९

१३.६३

१५३.६२

१.५०

०.७७

३.७७

सनराइज

१०.१२

(०.०२)

७.१२

१३१.६६

११८.८८

०.६५

(०.०२)

१२.९३

१७०.२३

१.०६

०.३६

३.३६

नेपाल इन्भेष्टमेन्ट मेगा

३४.१३

(१.६०)

२३.५५

३५५.२४

३१७.८९

२.०९

(१.६०)

१२.२३

१६४.९१

०.६१

०.२०

३.७१

सिटिजन्स

१४.२०

०.११

५.६५

१५९.४८

१३८.५८

०.८४

०.११

११.८५

१४०.५२

०.६२

०.४६

२.९९

कुमारी

२६.२३

०.२२

१२.०६

२९९.६९

२७५.७६

१.५३

०.२२

११.६७

१४७.१७

१.४३

०.८४

३.१५

प्रभु

२३.५४

०.३६

९.०८

२७०.९२

२४५.३९

१.२०

०.३६

१०.१९

१४०.१२

०.४३

(०.११)

१.९८

कृषि विकास

१३.१९

२.६१

११.९५

१७२.८५

१७५.८६

(०.१३)

२.६१

(३.१९)

२१०.४३

२.१८

०.८०

४.५२

राष्ट्रिय बाणिज्य

१५.६४

१.८८

१६.८३

२८२.१२

२१८.०७

२.७१

१.८८

३४.६८

२१९.६४

०.३०

०.०४

२.७९

जम्मा

३६५.२९

२१.८१

२३४.८२

४६४७.९३

४११३.२६

३३.७५

१९.६४

 

 

१६.३७

१३.२६

 

औसत

१६.६०

०.९९

१०.६७

२११.२७

१८६.९७

१.५३

०.८९

१९.८१

१७३.६३

०.७४

०.६०

२.३५

नोट : नाफा–नोक्सान विवरण आधारित ईपीएस प्रकाशितभन्दा केही फरक हुन सक्नेछ, जस्तै-ग्लोबलले १८.०७ र इन्भेस्टमेन्ट मेगाले १५.६१ ईपीएस प्रकाशित गरेका छन् ।

चुक्ता पुँजी तथा जगेडा कोष

बैंकको संख्या घट्दै गर्दा चुक्ता पुँजी बढेर औसत १६.६० अर्ब र समग्रमा ३६५.२९ अर्ब रुपैयाँ कायम भएको छ । पारित लाभांश समायोजनसँगै नेपाल एसबीआई र सिभिलको चुक्ता पुँजी केही बढ्नेछ भने हिमालयनसँग सिभिल गाभिँदा समग्र चुक्ता पुँजी केही घट्न सक्नेछ । विवरणअनुसार सबैभन्दा बढी ग्लोबल आईएमईको ३५.७७ अर्ब, नेपाल इन्भेस्टमेन्ट मेगाको ३४.१३, नबिलको २७.०६ अर्ब र कुुमारीको २६.२३ अर्ब रुपैयाँ र कममा सिभिलको ९.०८ अर्ब छ ।

सेयर प्रिमियम लगभग सकिएर केवल तीन बैंकसँग ५६.६० करोड रुपैयाँ बाँकी छ । यस त्रैमासमा सनराइजको सञ्चित नोक्सानीमा सुधार देखिँदा नेपाल इन्भेस्टमेन्ट मेगाको अनपेक्षित १.६० अर्ब नोक्सानी देखियो । जगेडा कोषतर्फ सबैभन्दा बढी नबिल बैंकसँग २५.५७ अर्ब, नेपाल इन्भेस्टमेन्ट मेगासँग २३.५५ अर्ब र कम सिभिलसँग २.८२ अर्ब रुपैयाँसहित औसत १०.६७ अर्ब छ । लाभांश समायोजनपछि सिभिल र नेपाल एसबीआईको सञ्चित तथा जगेडा कोष फरक हुन सक्नेछ ।

ग्राहक निक्षेप र कर्जा–सापटी

निक्षेपमा आकर्षक ब्याज र विविध सुविधासहितका दीर्घकालीन योजनाका बाबजुद बैंक निक्षेप वार्षिक ९.३४ प्रतिशतले मात्र बढेर कुल निक्षेप ४६ खर्ब ४७ अर्ब ९३ करोड तथा औसतमा २११.२७ अर्ब रुपैयाँ पुगेको छ । ग्राहकबाट ४०३.६८ अर्ब रुपैयाँ संकलन गरी ग्लोबल आईएमई पहिलो र ९४.७१ अर्बसहित सिभिल अन्तिममा रह्यो।

सम्भवतः बढ्दो बेसरेट र ब्याजदरसँगै सुस्ताएको कर्जा ३.९३ प्रतिशतले मात्र विस्तार भएर ग्राहक कर्जा–सापटी कुल ४१ खर्ब १३ अर्ब २६ करोड तथा औसतमा १८६.९७ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । ग्राहकलाई सबैभन्दा बढी कर्जा प्रवाह गर्ने ग्लोबल आईएमईले ३६३.२४ अर्ब र कम चार्टरले केवल ८१.०४ अर्ब रुपैयाँ कर्जा दिएको छ ।

खुद नाफा, प्रतिसेयर आय र नेटवर्थ

बढ्दो प्रोभिजन, कस्ट अफ फन्ड र बेस रेटले ब्याजदर अन्तर (स्प्रेड) केही बढ्दा पनि खुद नाफा ३३.७५ अर्ब रुपैयाँमा सीमित भयो । विगत ६ महिनामा नबिलले ३.४२ अर्ब रुपैयाँ खुद नाफा कमाएर रकममा पहिलो देखिँदा कृषि विकास १२.८९ करोड घाटामा देखियो ।

वित्तीय विश्लेषण र लगानी निर्णयको मुख्य आधार प्रतिसेयर आय(ईपीएस) गणनामा फरक विधि अपनाइए । सिभिल र नेपाल एसबीआईले पारित लाभांश समायोजन गरेनन् । गाभिएका बैंकहरूमध्ये कुमारीले एनसीसीको नाफा र ग्लोबल आईएमईले बीओकेको नाफा जोडेर ईपीएस गणना गरे, जबकि प्रभुले सेञ्चुरीको र नेपाल इन्भेस्टमेन्ट मेगाले मेगाको घाटा समायोजन गरेनन् ।

विवरणअनुसार औसत ईपीएस रु. १९.८१ हुँदा सबैभन्दा बढी एनआईसी एसियाको रु. ५६.६१ र कृषिको रु. ३.१९ ले नोक्सानी देखिन्छ । ईपीएस कम्पनीको मूल्यांकन र लगानी विश्लेषणको प्रमुख आधार भए तापनि प्रकाशित विवरणसँगै कम्तीमा विगत र सम्भावित ईपीएस, औसत अवस्था र सबैभन्दा महत्त्वपूर्ण ईपीएसको तथ्यांकीय शुद्धता हेर्नुपर्छ ।

जहाँसम्म वितरणयोग्य मुनाफा (डीपीएस) छ, भर्खर वितरित लाभांश, फरक विधिबाट गणना, गाभिने र हालै गाभिएकाको वित्तीय विवरण आदि कारण पनि डीपीएस विश्लेषण र अनुुमान जोखिमपूर्ण हुन सक्छ । सेयरधनीको कुल सम्पत्ति देखाउने प्रतिसेयर नेटवर्थ औसत १७३.६३ रुपैयाँ हुँदा बढी हुने एनआईसी एसियाको २४३.९७ र कममा सिभिलको १३५.९६ छ । लाभांश समायोजनपछि सिभिल र नेपाल एसबीआईको नेटवर्थ परिवर्तन हुन सक्नेछ ।

इम्पेरिमेन्ट, नियामकीय कोष र निष्क्रिय कर्जा

अहिले सबैभन्दा झस्काएको इम्पेरिमेन्ट चार्ज (सम्भावित नोक्सानीका लागि व्यवस्था), नउठेको ब्याजको नियामकीय कोष र निष्क्रिय कर्जा (एनपिएल) को बढ्दो अंक हो । चालू वर्षको ६ महिनामा इम्पेरिमेन्ट करिब २८२ प्रतिशतले बढेर ४.२८ अर्बबाट १६.३७ अर्ब पुगेको छ, अझ एक वर्षमा ३ सय १० प्रतिशतले बढेको देखिन्छ ।

यस्तै नियामकीय कोष करिब दोब्बर बढेर १३.२६ अर्ब पुगेको छ, जुन गत असारमा केवल ६.८१ र २०७८ पुसमा ५.८९ अर्ब रुपैयाँ थियो । औसत निष्क्रिय कर्जा पनि २०७८ पुसको १.१३ बाट असार मसान्तमा १.१५ हुँदै २०७९ पुस मसान्तमा २.३५ प्रतिशत अर्थात् वार्षिक बिन्दुगत रूपमा १.२२ (१०८ प्रतिशत) ले बढेको छ । केही बैंकको एनपीएल ६ गुनाभन्दा बढीले बढेको छ ।

कारण अनेक हुन सक्छन्, तर बढ्दो गैरबैंकिङ सम्पत्ति, नउठेको ब्याज र सावाँले अन्ततः बैंकिङ जोखिम र सञ्चालन लागत बढाउन सक्छ । ब्याज र कर्जा भुक्तानीमा ऋणी र बैंकहरूले सहकार्य नगर्ने हो भने नगद चक्र (मनि साइकल) ले प्रभावित अर्थतन्त्रले कर्जाप्रवाह र असुलीको दुश्चक्र झेल्नुपर्ने हुन सक्छ, जसको लागत अन्ततः बैंक, ऋणी, अर्थतन्त्र र आमनागरिकसमेतले भोग्न बाध्य हुनेछन् ।

लगानी व्यवस्थापन

सूचीकृत बैंकमध्ये कृषि विकासको प्रस्तावित १३ प्रतिशत लाभांशको बुक क्लोजसहित सभा हुन बाँकी छ । गत आव सभा गर्न बाँकी सनराइजसहित लक्ष्मी, माछापुच्छ्रे र एनआईसी एसियाले लगानीकर्तालाई लाभांश दिन सकेनन् ।

अत्यधिक नाफाको आरोपका बाबजुद सावाँ तथा ब्याज असुलीमा देखिएको समस्या, नगद चक्रमा प्रभाव, उद्योग–व्यवसायीको आरोप र दबाब, नियामकीय निर्देशनहरूका कारण पनि बैंकहरूको खुद नाफा र लाभांश क्षमता निकै प्रभावित देखिन्छ । लाभांश–भुक्तानी अनुपात (डिभिडेन्ड पेआउट) करिब ७३.३१ प्रतिशत र प्रतिसेयर लाभांश औसत १४.४३ बाट आव २०७८–७९ मा ५३.३३ प्रतिशत र प्रतिसेयर लाभांश औसत १०.६९ प्रतिशतमा झरेको छ । लाभांशकै लागि गरिने लगानीमा पनि थप सजगता औंल्याएको छ । फरक विधिबाट गणना गरिएका ईपीएस र तुलना गर्न नसकिने तथ्यांकका आधारमा वित्तीय विश्लेषण गर्न बाध्य लगानीकर्ता गाभ्दा–गाभिँदाका थप जोखिम बेहोर्न बाध्य छन् । कुन बैंक, कोसँग, कसरी गाभिन्छ ? गाभिएपछिको व्यावसायिक र वित्तीय अवस्था कस्तो हुन्छ ? अन्योल छ ।

सार्वजनिक तथ्यांकले चुक्ता पुँजी, ग्राहक निक्षेप, कर्जा तथा सापटीमा ग्लोबल आईएमई; सञ्चित कोष, ईपीएस, नेटवर्थमा एनआईसी एसिया; जगेडा कोष र खुद नाफामा नबिल सबल देखिए । चुक्ता पुँजी, जगेडा कोष, ग्राहक निक्षेप र नेटवर्थमा सिभिल; सञ्चितमा नेपाल इन्भेस्टमेन्ट मेगा; खुद नाफा, ईपीएस र निष्क्रिय कर्जामा कृषि विकास कमजोर देखिए ।

जति नै सत्य, तथ्य र पूर्ण भने पनि प्रकाशित विवरणले भविष्यको सटीक आकलनमा सघाउँदैन र लगानीमा प्रतिफल सुनिश्चित गर्दैन । अझ वार्षिक प्रगति तथा तुलनात्मक अवस्था हेर्दा गाभिएका र गाभिने क्रममा रहेका बैंकहरूको तथ्यांक विश्लेषणमा थप चनाखो हुनुपर्नेछ, अन्यथा सूचनापासोमा परिने जोखिम उच्च रहन्छ ।

लगानी निर्णय वा व्यवस्थापन गर्दा सम्भावित मुनाफा, ईपीएस, पीई, नेटवर्थ र पुँजीकोष (प्राथमिकसमेत) सँगै लाभांश प्रतिफल दर (डिभिडेन्ड यिल्ड), इक्विटीमा प्रतिफल (आरओई), बजार र किताबी मूल्य अनुपात (पीबी रेसियो), निष्क्रिय कर्जा र तरलताको अवस्था, व्यवसायको वृद्धि, सुशासन अनि लगानीको उद्देश्य, अवधि, पुँजीको स्रोत, अपेक्षित मुनाफा, जोखिमवहन/व्यवस्थापन क्षमता, गाभ्दा वा गाभिँदाको सम्भावित अवस्था पनि ध्यान दिनुपर्छ । नियामकीय व्यवस्था र परिपालनामा चनाखो हुनुपर्छ ।

(तथ्यांकीय शुद्धता–प्रयासका बाबजुद हुन सक्ने लाभहानिका लागि स्वयम् जिम्मेवार हुनुपर्नेछ ।)

काराेवार दैनिकमा २०७९ माघ १५ गते प्रकाशित, बढ्दो वातावरण र बढेको अन्योल « (karobardaily.com)

थप सामग्री


Anyone required PDF version click here.


No comments:

Post a Comment