तेश्राे त्रैमाससम्ममा बैंकहरूकाे कुल इक्विटी करिव ७.८९ खर्ब लगानीमा ४९.२१ अर्ब रूपैयाँ खुद नाफा कमाएकाे देखिन्छ । खुदनाफा मात्रै हेर्दा ठूलाे अंक र अाव २०८१–८२ चैतमसान्तकाे ४१.२५ अर्ब रूपैयाँ भन्दा करिव १९.३% ले बढेकाे देखिएता पनि इक्विटिमा प्रतिफल केवल ६–७% हाराहारी देखिन्छ । अहिलेकाे अवस्थामा याे खत्तम भनिहाल्न मिल्दैन, तर जाेखिम र प्रतिफलकाे सन्तुलनमा बैंकिग सेक्टर चुक्न थालेकाे महुसस हुनथालेकाे छ । चुक्ता पुँजी ३.८९ खर्बकाे अाधारमा अाैसत प्रतिशेयर अाय १७.५५ हाराहारी देखिन्छ, यसलाइ सन्ताेषजनक नै मान्न सकिन्छ । तर यहाँ खुदनाफाबाट छुट्याइनु पर्नै बैधानिक काेषहरू, नउठेकाे ब्याज, डिबेन्चर रिडेम्पसन जस्ता नियामकीय काेषहरूमा अावश्यक व्यवस्था पछि वास्तवमा शेयरधनीलाइ वितरणयाेग्य नाफा भने १०.१९ अर्बले ऋणात्मक देखिन्छ । संचालित २० बैंक मध्ये ६ बैंककाे संचित नाेक्सानी नै ३४ अर्ब रहेकाे छ, भने सिद्धार्थकाे २.१६ अर्ब डिबेन्चर रिडेम्पसन काेषबाट फिर्ता रकम समेत गाभेर हेर्दा बाँकी १४ बैंककाे बाँड्न मिल्ने जम्मा २३.८२ अर्ब रहेकाे छ । प्रकाशित खुदनाफा ४९.२१ अर्बमा नउठेकाे ९.२३ अर्ब ब्याज समेत समावेश रहेकाे बिर्सनु हुन्न । अझ यसमा अन्तिम लेखापरिक्षण र नियामकीय सुपरिवेक्षण पछिकाे वास्तविकता कति फरक पर्ने हाे, अनिश्चित छ ।
यस त्रैमासमा अाइपुग्दा बैंकहरूकाे निष्कृय कर्जा ह्वात्तै बढेकाे देखिन्छ । यस त्रैमासमा ८ बैककाे एनपिएल अायकर एेनले स्वीकार्य ५% भन्दा बढि छ । एनअाइसी एसिया ८.८५%, प्रभु ८.८४% र नेपाल इन्भेष्टमेन्ट मेगा ८.४१% काे उच्च निष्कृय कर्जा दवाव झेल्दैछन् । क वर्गका बैंकहरूकाे अाैसत निष्कृय कर्जा नै ५.२% पुगिसकेकाे छ । यसले बैंकहरूकाे नाफासँगै पुँजीकाेष समेत क्षयीकरण भैरहेकाे छ ।
हिमालयन र एनअाइसी एसिया निष्कृय कर्जासँगै प्राथमिक पुँजीकाेषकाे उल्लेख्य दवावमा रहँदा सिटिजन्स, माछापुच्छ्रे र प्रभु उच्च दवावमा देखिए । ३ अर्बकाे अविमाेच्य अग्राधिकार शेयर जारी गरेर प्राथमिक पुजीकाेष व्यवस्थापन प्रयासका बावजुद माछापुच्छ्रे उच्च दवावमा पुगेकाे छ । पुँजीकाेषमा अनपेक्षित दवावकै कारण कतिपय बैंकहरू पर्याप्त तरलताका बावजुद थप कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा पुगेका छन् । सायद यहि पुँजीकाेषकाे दवावबाट निकाल्न हालै लामाे अन्तराल पछि एनआईसी एसिया बैंकलाई ५०% हकप्रद सेयर मार्फत पुँजी थप्ने पुर्वस्वीकृति दिईएकाे छ ।
तथ्यांकहरूले त्रैमासिक रूपमा ब्याज मुल्तवी दाेस्राे त्रैमाससम्मकाे ८.५३ अर्बबाट केहि बढेर ९.२३ अर्ब पुगेकाे छ । यसमा एनअाइसी एसियाकाे सबैभन्दा बढि १.९२ अर्ब रहेकाे छ । रमाइलाे त एनअाइसी एसियाकाे खुदनाफा १४ कराेड देखिन्छ, तर त्यसमा नउठेकाे ब्याज नै १.९२ अर्ब समेत समावेस छ । यसले वास्तवमा बैंक घाटामा भन्नुपर्ने अवस्था छ । प्रभुकाे नउठेकाे ब्याज पनि १.३५ अर्ब छ, जबकी उसकाे खुदनाफा ०.८५ कराेड दावी गरिएकाे छ । सम्भावित कर्जा नाेक्सानीमा व्यवस्था (इम्पेरिमेन्ट चार्जेज) पनि दाेस्राे त्रैमासकाे २८.७९ बाट बढेर ३४.८३ अर्ब पुगेकाे छ । यस त्रैमासमा ग्लाेवलले सबैभन्दा बढि ३.९१ अर्ब इम्पेरिमेन्ज चार्ज गरेकाे छ । यसले नियामकीय सुविधा र सहजीकरणका बावजुद कर्जा असुली र ब्याज भुक्तानी प्राप्त हुन नसकेकाे संकेत देखाएकाे छ । अार्थिक गतिविध चलायमान गराउन विविध क्षेत्रकाे प्रयासका बावजुद सुस्तता कायमै रहेकाे देखिन्छ ।























No comments:
Post a Comment