Showing posts with label म्युच्युअल फण्ड. Show all posts
Showing posts with label म्युच्युअल फण्ड. Show all posts

Sunday, August 1, 2021

म्युचुअल फन्डलाई फलिफाप आर्थिक वर्ष २०७७–७८

आर्थिक वर्ष २०७७-७८ मा धितोपत्र बजार पुँजीकरण १२३.७० र इन्डेक्स १११.६५ प्रतिशतले बढ्दै गर्दा धितोपत्रको मूल्य र नयाँ धितोपत्र निष्कासनसँगसँगै सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को आकर्षण, सक्रियता, मुनाफा र खुद सम्पत्ति (नेट एसेट्स भ्यालु–न्याभ) पनि उल्लेख्य बढे । वर्षौं घाटाका फन्ड नाफामा गएर उल्लेख्य लाभांश क्षमता बनाए । म्युचुअल फन्ड भनेपछि नाक खुम्च्याउने लगानीकर्ता र कारोबारी न्याभ, मूल्य र लाभांशमा चासो राख्दै छलफल र लगानीमा तम्सिए । वैकल्पिक कारोबारयोग्य धितोपत्रमा लिन थालिए । निष्कासित एकाइ नबिक्दा कोषको आकार नै खुम्च्याउने बाध्यता उल्टेर एनआईसी–३० र आरबीबीएमएफ–१ ले थप २५ प्रतिशत एकाइ बेचे । न्याभबाट छुटमा किनबेच हुने प्रिमियममा पुगे । म्युचुअल फन्ड र एकाइधनीलाई २०७७-७८ फलिफाप साबित ।

असार मसान्तको अवस्था

आव २०७७-७८ मा नेपाल धितोपत्र बोर्डले २ खुलामुखी र ७ बन्दमुखीसहित ९ म्युचुअल फन्डलाई ९.४० अर्ब रुपैयाँको ९४ करोड एकाइ बिक्रीको स्वीकृति दिएकोमा ७ बन्दमुखी योजनाले ८७ करोड एकाइबाट ८.७ अर्ब रुपैयाँको कोष संकलन गरे । हाल १३ योजना व्यवस्थापक (फन्ड म्यानेजर) ले २४ बन्दमुखी र ३ खुलामुखी योजना (फन्ड) सञ्चालन गर्दै छन् । बन्दमुखी २४ योजनाले मात्रै २५.८० करोड एकाइमार्फत २५.८० अर्ब रुपैयाँ संकलन गरे । २३ योजनाको बैंक मौज्दातमा १०.१९ अर्ब र धितोपत्रमा २७.४४ अर्ब रुपैयाँ हाराहारी लगानी रहेको तथा ती धितोपत्रको लागत १९.८२ अर्ब रुपैयाँ उल्लेख छ । एनआईसी–३० र आरबीबीएमएफ–१ सूचीकृत भई कारोबारमा आउन बाँकी छ । बन्दमुखी २४ योजनाको अवस्था तालिकामा दिइएको छ ।

तालिकाः आव २०७७-७८ असारमसान्तमा बन्दमुखी म्युचुअल फण्डको अवस्था

योजना 
(स्किम) कोड

आकार,
रु. करोड

असार मसान्तको
न्याभ (रु.)

७७७८ को कुल आय

७७७८ को प्राप्त 
भइसकेको आय

नगद लाभांस (%)

बुक क्लाज मिति

२०७७

२०७८

रकम
रु करोड

प्रतिशत

रकम
रु करोड

प्रतिशत

७६७७

७७७८

CMF-1

८२

११.६८

१५.३१

४२.०४

५१.२७

३६.७३

४४.८०

१५.०

४०

७८.०५.२४

CMF-2

५६

११.०९

१६.१८

३३.८६

६०.४६

२५.१४

४४.९०

१०.०

४०

७८.०५.२४

GIMES-1

१००

१०.४१

२२.६३

११६.२२

११६.२२

१०४.७७

१०४.७७

४.०

 

 

KEF

१००

१०.७२

७.१७

७.१७

६.९७

६.९७

७८.०४.२५

LEMF

१२५

१०.४२

१५.८१

७२.५७

५८.०६

४१.०२

३२.८१

४.२५

३५

७८.०४.१५

LUK

६५.२६

१४.९२

३२.१४

४९.२४

१८.२६

२७.९८

२५

७८.०४.१३

NBF-2

११२

११.०९

१७.५४

८२.१८

७३.३८

४३.२३

३८.६०

९.०

 ३५

 

NEF

१२५

१०.६६

१७.९८

९९.४३

७९.५५

४८.३८

३८.७०

६.०

 ४०

 

NIBLPF

७५

९.८६

१८.२२

६२.७०

८३.५९

३६.७८

४९.०४

५०

७८.०४.२९

NIBSF-1

१००

११.६०

१६.००

५५.९१

५५.९१

३७.७४

३७.७४

१२.०

३५

७८.०४.२९

NIBSF-2

१५०

१०.००

(०.०७)

(०.०५)

१.४६

०.९८

 

NICBF

७५.५०

११.०८

१७.३०

५४.७७

७२.५४

२५.६४

३३.९६

८.०

३०

७८.०५.२७

NICGF

८३.५२

११.७५

१८.७५

७२.९३

८७.३२

३०.१२

३६.०६

१२.०

३०

७८.०५.२७

NICSF*

१२५

९.९४

(०.७१)

(०.५७)

०.०३

०.०३

 

NMB 50

१२५

१०.९०

१८.९६

१०६.९१

८५.५३

५३.८२

४३.०६

५.०

३०

७८.०५.१८

NMBHF-1

१००

११.४८

१६.८९

६२.०६

६२.०६

२४.९८

२४.९८

८.०

२०

७८.०५.१८

PSF

१२५

९.९४

(०.७६)

(०.६१)

०.९७

०.७७

 

 

RMF-1*

१२५

 

 

SAEF

१३०

११.३९

२०.९६

१३३.६१

१०२.७८

५९.१६

४५.५१

७.०

३३

 

SLCF

१२०

१०.५५

६.६६

५.५५

६.५१

५.४३

 

SEF

१५०

११.१७

१७.३५

१०५.९२

७०.६१

५३.७९

३५.८६

७.५

३०

७८.०४.३२

SIGS-2

१२०

११.०८

१७.७४

८५.९७

७१.६४

४५.१६

३७.६३

५.०

३०

७८.०४.३२

SBCF

१२५

१०.०६

०.६९

०.५५

०.८०

०.६४

 

 

SFMF

८६

१०.९४

१९.२१

७६.८१

८९.३२

५३.२३

६१.८९

७.०

५०

७८.०५.१६

ब्लगकाे तालिकामा लाभांस, बुक क्लाेज थप र तत्कालिन मूल्य हटाइएकाे । सूचीकृत हुँदा NICSF* र RMF1* नाम कायम । 

1. CMF-1 = सिटिजन्स म्युचुअअल फण्ड १, 2. CMF-2 = सिटिजन्स म्युचुअअल फण्ड २, 3. GIMES-1 = ग्लोवल आईएमई समुन्नत योजना १, 4. KEF = कुमारी ईक्विटि फण्ड, 5. LEMF = लक्ष्मी ईक्विटि फण्ड, 6. LUK = लक्ष्मी उन्नति कोष, 7. NBF-2 = नविल ब्यालेन्सड् फण्ड २, 8. NEF = नविल ईक्विटि फण्ड, 9. NIBLPF = एनआईविएल प्रगति फण्ड, 10. NIBSF-1 = एनआईविएल समृद्धि फण्ड १, 11. NIBSF-2 = एनआईविएल समृद्धि फण्ड २, 12. NICBF = एनआईसी एसिया ब्यालेन्सड् फण्ड, 13. NICGF = एनआईसी एसिया ग्रोथ फण्ड, 14. NICSF (NIC-30) = एनआईसी एसिया सेलेक्ट ३०, 15. NMB 50 = एनएमबी फिफ्टी (एनएमबी ५०), 16. NMBHF-1 = एनएमबी हाइब्रिड फण्ड एल–१, 17. PSF = प्रभु सेलेक्ट फण्ड, 18. RMF1 (RBBMF-1) = आरविवि म्युचुअल फण्ड–१, 19. SAEF = सानिमा ईक्विटि फण्ड, 20. SLCF = सानिमा लार्ज क्याप फण्ड, 21. SEF = सिद्धार्थ ईक्विटि फण्ड, 22. SIGS-2 = सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, 23. SBCF = सनराइज ब्लुचिप फण्ड, 24. SFMF = सनराइज फस्ट म्युचुअल फण्ड

आय, न्याभ र लाभांश

सञ्चालित २३ फन्डले २०७७-७८ मा १३.०९ अर्ब रुपैयाँ हाराहारी कुल आय गरे । यस अवधिमा २० फन्डले नाफा कमाउँदा नयाँ एनआईबीएसएफ–२ (NIBSF–2), एनआईसी–३० (NICSF) र पीएसएफ थोरै घाटामा देखिए । फन्डहरूले औसतमा ५५.७२ प्रतिशत र प्रतिएकाइ ५५ पैसादेखि ११.६२ रुपैयाँ कुल आय गरे ।

प्राप्त भइसकेको आयको आधारमा फन्डले ०.६४ देखि १०४.७७ प्रतिशत गरी औसतमा ३२.७४ प्रतिशत अर्थात् प्रतिएकाइ ६ पैसादेखि १०.४८ रुपैयाँ कमाए । यस्तै, २३ फन्डले असार मसान्तमा ९.९४ देखि २२.६३ रुपैयाँसहित औसतमा १५.७८ रुपैयाँ न्याभ कायम गरे । इन्डेक्स १११.६५ ले बढ्दा जीआईएमइएस–१ (GIMES-1) को न्याभ सबैभन्दा बढी ११७.३९ प्रतिशत र सीएमएफ–१ (CMF-1) कोे ३१.०८ प्रतिशतमात्र बढ्यो ।

कुल आयतर्फ सबैभन्दा बढी जीआईएमईएस–१ (GIMES-1) को ११६.२२, एसएईएफ (SAEF)को १०२.७८ र एसएफएमएफ (SFMF)को ८९.३२ प्रतिशत हुँदा न्याभमा पनि जीआईएमइएस–१ (GIMES-1) को २२.६३, एसएईएफ (SAEF)को २०.९६ र एसएफएमएफ (SFMF)को १९.२१ रुपैयाँमा रहेर अग्रता कायम गरे । बजार मूल्यमा पनि यिनै अगाडि रहे ।

नयाँबाट लाभांश अपेक्षा नगरे पनि प्राप्त आयबाटै पुरानाले २० देखि १ सय प्रतिशतको लाभांश क्षमता देखाए । हालसम्म एलयूके (LUK)बाट २५, एलईएमएफ (LEMF)बाट ३५, एनआईबीएलपीएफ (NIBLPF)बाट ५० र एनआईबीएसएफ–१ (NIBSF-1)बाट ३५, एनआईसीबीएफ (NICBF)बाट ३० र एनआईसीजीएफ (NICGF)बाट ३० प्रतिशत लाभांश घोषणा भए ।
थप टिप्पणी, केइएफ (KEF) बाट ५, एईएफ (SEF) बाट ३० र एसआईजिएस-२ (SIGS2) बाट ३०, एसएफएमएफ (SFMF) बाट ५०, एनएमबी–५० (NMB50) बाट ३० र  एनएमबीएचएफ–१ (NMBHF1) बाट २०, सिएमएफ–१ (CMF-1) बाट ४०,  सिएमएफ–२ (CMF-2) बाट ४०, एसएईएफ (SAEF) बाट ३३, एसएलसिएफ (SLCF) बाट ४, एनइएफ (NEF) बाट ४० र एनबिएफ–२ (NBF-2) बाट प्रतिशत लाभांस घाेषणा ।

खुलामुखीतर्फ एनआईबीएल सहभागिता फन्ड (NIBL Sahabhagita Fund)ले रु. १७.४५ न्याभ कायम गर्र्दा ५० प्रतिशत तथा एनआईसी एसिया डाइनामिक डेब्थ फन्ड (NIC Asia Dynamic Debt Fund) को न्याभ रु. ११.२६ पुग्दा १० प्रतिशत लाभांश घोषणा गर्यो । यी फन्ड न्याभमा योजना व्यवस्थापकमार्फत कारोबार र लाभांश पुनःलगानी गर्न सकिन्छ ।

घाेषित लाभांस र बुकक्लाेज मिति शेयर संसारकाे याे लिंकमा उपलब्ध छ, Proposed Dividend - || ShareSansar || 

अन्योल र सोचनीय

१.
न्याभ र मूल्य प्रभाव :
लाभांशसँगै मूल्य समायोजन नहुने, न्याभ नघट्ने र उच्च लाभांशसँगै उच्च मूल्यजस्ता गलत सूचना प्रवाहले अन्योल बनाइए । वास्तवमा कम्पनीको लाभांश वितरणपछि नेटवर्थ प्रभावित भएजस्तै म्युचुअल फन्डमा लाभांश वितरणसँगै न्याभमा प्रभाव पर्छ । मूल्य समायोजन हुने वा नहुने बुकक्लोज हुँदा कायम अन्तिम कारोबार मूल्य अर्थात् बुकक्लोज अगाडिको अन्तिम कारोबार मूल्य र लाभांशमा निर्भर हुन्छ । लाभांश बुकक्लोजको अघिल्लो अन्तिम कारोबार मूल्यको १० प्रतिशतभन्दा बढी भए बजार सञ्चालकबाटै समायोजित मूल्य जारी गरिन्छ । जस्तै, एलयूकेबाट घोषित २५ प्रतिशत लाभांश (रु २.५ प्रतिएकाइ) बुकक्लोज अगाडिको अन्तिम मूल्य रु. १५.१२ को १० प्रतिशतभन्दा बढी (१६.५३ प्रतिशत) हुँदा समायोजित मूल्य रु. १२.६२ हुने नेप्सेले जनायो । अन्तिम कारोबार मूल्यबाट प्रतिएकाइ लाभांश रकम घटाएर समायोजित मूल्य तोकिन्छ । यहाँ अन्तिम कारोबार मूल्य रु. २६ वा लाभांश १४ प्रतिशत मात्र भएको भए एलयूकेको औपचारिक मूल्य समायोजन हुँदैनथ्यो, तर घटेको न्याभका आधारमा किन्ने–बेच्नेले अनौपचारिक मूल्य समायोजन गर्छन् । न्याभसँगै मूल्य हिँड्ने फन्डको लाभांश वितरणसँगै मूल्य र न्याभ घट्नेमा चनाखो हुनैपर्छ । सेयरमा जस्तो घोषित लाभांशकै आधारमा उच्च प्रिमियम मूल्य तिर्नु घातक हुनसक्छ ।
२०७७/७८ काे उदाहरण,
– KEF लाभांस ५% (रू ०.५/एकाइ) काे बुकक्लाेज २०७८ साउन २५ । लाभांस अघिल्लाे काराेवार मूल्य रू १०.७१ काे १०% भन्दा कम हुँदा मूल्य समायाेजन भएन ।
– SEF लाभांस ३०% (रू ३/एकाइ) काे बुकक्लाेज २०७८ साउन ३२ । लाभांस अघिल्लाे काराेवार मूल्य रू १५.६० काे १०% भन्दा बढि हुँदा मूल्य समायाेजन भएर १२.६० ।

२. लगानी, लागत र वितरणयोग्य आय : फन्डले संकलन गरेको रकम सामान्यतः सूचीकृत भएको वा नभएका धितोपत्र, डिबेन्चर र मुद्दती निक्षेपमा लगानी वा सामान्य बैंक मौज्दातमा राख्छन् । मासिक विवरणमा मुद्दती रकमलाई योजना व्यवस्थापकको स्वेच्छामा धितोपत्र लगानीमा समावेश गर्दै वा अन्तै देखाउने मात्र होइन, टिप्पणीमा उल्लेख गरिने धितोपत्रको वास्तविक लागतमा समेत मुद्दती रकमलाई जोड्ने वा नजोड्ने गरिँदा प्रस्तुत लगानी र लागत अन्योलपूर्ण छन् । अर्कातर्फ, लगानीको आधारमा ब्याज, लाभांश र पुँजीगत लाभलाई प्राप्त भइसकेको र नभएको आयमा स्पष्ट उल्लेख नगरी कसैले एकमुस्ट र कसैले केही मिसाएर विवरण पस्किँदा वितरणयोग्य आय वा लाभांश क्षमता अन्योलपूर्ण हुनेछ ।

३. लगानी तथा कारोबार : सार्वजनिक निष्कासन हुँदा र बजारबाट सहजै म्युचुअल फन्डका एकाइ किनबेच गर्न सकिन्छ । हाल बजारमा उपलब्ध म्युचुअल फन्डमध्ये कारोबारमा नआएका आरबीबीएमएफ–१ र एनआईसी सेलेक्ट–३० बाहेक अरूको २०७८ साउन १४ गते १०.५८ देखि २३.३० रुपैयाँमा किनबेच भएको देखिन्छ । विगतमा अंकित मूल्य रु. १० मुनि कारोबार हुने फन्ड हाल मासिक न्याभबाट ८ प्रतिशतसम्मको छुटदेखि ११ प्रतिशतको प्रिमियममा किनबेचमा छन् । म्युचुअल फन्डले धारण गरेका धितोपत्र, दैनिक कारोबार र ती धितोपत्रको मूल्यगत उतारचढावसँगै न्याभ र न्याभसँगै मूल्य पनि तलमाथि भइरहने हुँदा जोखिम व्यवस्थापनकै लागिसमेत सामान्यतः फन्डका एकाइ १०–१५ प्रतिशत छुटमा कारोबार गरिन्छ । सेयरमा जस्तो प्रिमियम तिरिन्न । न्याभ, मूल्य, धारित (होल्ड) धितोपत्र र तिनको मूल्य, प्राप्त भइसकेको र नभएको आय, लाभांश क्षमता हेर्नुपर्छ । नयाँ फन्डको एकाइ आईपीओमा किन्दै गर्दा बजारमा छुटमा उपलब्ध फन्डप्रति चनाखो हुनुपर्छ ।

४. बढ्दो फन्ड र विकल्प : चालू आवमा एनआईबीएसएफ–१ अवधि सकिएर बन्द हुँदै छ । धितोपत्र बजारमा मूल्यगत सुधारसँगै बढेको न्याभबाट उत्साहित योजना व्यवस्थापकहरू थप ७ बन्दमुखी र ३ खुलामुखी निष्कासन गर्न सेबोनको स्वीकृतिको पर्खाइमा छन् । बढ्दो फन्डसँगै आरक्षित धितोपत्रको हिस्सा घटे पनि बजारमा माग र आपूर्ति सन्तुलनको लाभ र लगानीका थप विकल्प हुन सक्छन् । विद्यमान कार्यसम्पादन र विगतले पूरै आशावादी हुने अवस्था भने छैन । अहिले पनि बढेकाे इन्डेक्सको तुलना केहीको मात्र आय र न्याभ सन्तोषजनक छ भने घट्दो (बियरिस) बजारमा न्याभ नै २०–३० प्रतिशत (अंकित मूल्यकाे) घटेको तीतो अनुभव पनि छ ।

५. अन्य ध्यान दिनुपर्ने : प्रचलित कानुनले प्रारम्भिक निष्कासित धितोपत्रमा योजना व्यवस्थापकहरूलाई ५ प्रतिशत आरक्षणसँगै उद्देश्यअनुरूप आर्जित रकममा कर छुट पाउँछन्, जसको केही लाभ एकाइधनीले पनि पाउँछन् । लाभांश वा पुँजीगत लाभका लागि लगानी तथा कारोबार गर्दैगर्दा मूलत न्याभ, मूल्य र प्राप्त भइसकेको आयलाई निर्णयको आधार बनाउँदै गर्दा (क) योजना व्यवस्थापकले सञ्चालन गरिरहेका योजनाहरू; (ख) विगतको कार्यसम्पादन, न्याभ र लाभांश; (ग) लाभांश वितरणपछिको सम्भावित न्याभ र समायोजित मूल्य; (घ) धारित धितोपत्र, मुद्दती निक्षेप र बैंक मौज्दातको अवस्था र (ङ) बजारको अवस्था समेतलाई ध्यान दिनुपर्छ । अन्यथा, कैयौं वर्षमा एकपटक उच्च लाभांश भए पनि औसतमा न्यून प्रतिफल पाइने अनि लाभांशकै लोभमा उच्च मूल्यमा एकाइ किन्दा मूल्य र न्याभ घटेर नोक्सानी हुन सक्छ ।

टिप्पणी १, बन्दमुखी (close end) म्युचुअल फण्डमा नगद लाभांस मात्र पाइन्छ । त्यसैले यसमा शेयरकाे जस्ताे स्वत: चक्रिय कमाइकाे गुञ्जायिस हुन्न । यदि पुनः लगानी गर्ने भए व्यक्ति अाफैले पुनः एकाइ किन्नुपर्ने हुन्छ खुल्लामुखी (open end) म्युचुअल फण्डमा नगद लाभांस लिन वा पुनःलगानी  (reinvestment plan) काे विकल्प हुन्छ । पुनःलगानीमा पनि लाभांस रकमबाट पाइने थप एकाइ शेयरकाे जस्ताे अंकित मूल्य (face value)मा नभइ न्याभ (NAV)मा पाइने हाे । त्यसैले यसाे हेर्दा बाेनस एकाइ जस्ताे देखिए पनि थप एकाइ खरिद हाे । 

टिप्पणी २, बजारकाे वृद्धिदर र अारक्षणमा पाएकाे शेयरकाे तुलनामा कुनैपनि याेजना व्यवस्थापककाे कार्यसम्पादन  उत्कृष्ट हुनसकेन । ग्लाेवलले मात्र बजारकाे वृद्धिकै दरमा न्याभ बढाए जस्ताे देखिँदा अरूकाे कार्यसम्पादन उल्लेख गर्न लायक समेत देखिएन । न्याभ र मुनाफा हेर्दा दुखका साथै भन्नैपर्छ अारक्षणकाे शेयर र तिनका प्राविधिक र अाधारभूत विश्लेषक टिमकाे सामान्य याेगदान समेत देखिएन ।

टिप्पणी ३, केहि फण्डकाे काेड सूचीकृत हुँदा फरक पर्न सक्नेछ ।

काराेवार दैनिकमा २०७८ साउन १७ गते प्रकाशित, म्युचुअल फन्डलाई फलिफाप आर्थिक वर्ष « (karobardaily.com)
Revised/updated 9 Sept 2021,  NST 10:53