Sunday, September 23, 2018

नगद कि सेयर लाभांश (बाेनस सेयर) : कुन फाइदाजनक ?

आर्थिक वर्षको अन्त्य र कम्पनीहरूको चौथो त्रैमासिक वित्तीय विवरणहरूको प्रकाशनसँगै लगानीकर्ताहरू सम्भावित लाभांशको अनुमान तथा कारोवारीहरू संभावित लाभांशले मूल्यमा पार्नसक्ने सकारात्मक र नकारात्मक प्रभावको पूर्वानुमान गर्दै सेयर किनबेचका लागि सल्बलाउन थालेका छन् । वास्तवमा लाभांश भनेको कम्पनीले आर्जन गरेको खुदमुनाफाबाट प्रचलित कानून बमोजिम आवश्यक व्यवस्था गरी बाँकी रहेको रकमबाट लगानीकर्ताहरूलाई वितरण गरिने प्रतिफल हो । यस्तो प्रतिफल कम्पनीको आगामी वर्षको व्यवसायको लागि आवश्यक पुँजी, पुँजीकोषको अवस्था, नगद प्रवाह, नियामकीय व्यवस्था आदिको आधारमा नगद वा सेयर लाभांश हुनसक्छ । नेपालको सन्दर्भमा नगद वा सेयर (बोनस सेयर) लाभांश प्रतिफलसँगै सेयरधनीहरूको समूहगत स्वार्थ, न्यूनतम पुँजीकोष र चुक्ता पुँजीसँग समेत जोडिएको हुँदा थप जटिल हुनुको साथै बजारमूल्यमा छिटो प्रभाव पर्ने गरेको छ । 

नगद लाभांश

खुदमुनाफाको आधारमा कम्पनीले लगानीकर्तालाई नगदको रुपमा भुक्तानी गर्ने प्रतिफल नै नगद लाभांश हो । यसमा कम्पनीको आर्थिक मूल्यलाई पुनः व्यवसायिक कार्यमा प्रयोग नगरी सेयरधनीको लाभ र उपयोगमा छोडिन्छ । यस्तो लाभांश कम्पनीले सम्बन्धित निकाय र साधारणसभाबाट स्वीकृति पछि अंकित मूल्यको आधारमा नगद वितरण गरिन्छ । उदाहरणका लागि कुनै कम्पनीले १० प्रतिशत नगद लाभांश दिँदा १ सय कित्ताको सेयरधनीले प्रति कित्ता रु. १०का दरले हुनआउने रु. १ हजारमा ५ प्रतिशतले लाभांश कर कटाएर ९ सय ५० रुपैयाँ नगद लाभांश पाउँछ ।

अन्तराष्ट्रियस्तरमा नगद लाभांशकै दरले बजार मूल्य पनि समायोजन हुने भएता पनि नगदलाई नै प्राथमिकता दिइन्छ । नेपालमा भने नगद लाभांश दर बुक क्लोजमूल्यको १० प्रतिशत बढी भए मात्र मूल्य समायोजन हुने व्यवस्था रहेकोले म्युचुअल फण्ड र कम मूल्यका सेयर बाहेक सामान्यतः नगद लाभांशले मूल्य समायोजन हुने अवस्था निकै कम आउँछ ।नगद लाभांशको सेयरमूल्य समायोजन नहुँदाको लाभ रहने भएता पनि नेपालका सर्वसाधारण लगानीकर्ताहरू नगद लाभांश पटक्कै मन पराउँदैनन् भन्ने कुरा नगद लाभांश घोषणासँगै फष्र्ट माइक्रोफाइनान्स, वोमी माइक्रोफाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, आइसीएसफसी फाइनान्स, स्वदेशी लघुवित्त जस्ता कम्पनीका घट्दो सेयरमूल्यमा व्यक्त भएको देखिन्छ ।

अर्कोतर्फ संस्थापक वा आफूले धारण गरेको सेयर सहजै बिक्री गर्न कानूनतः रोक लगाइएको वा कानूनी अवरोध पार गर्नुपर्ने सेयरधनीहरूले भने थोरै भएपनि नगद लाभांश नै खोज्दछन् । उनीहरू लाभांश नगदको रुपमा नै वितरण गरेर सेयरधनीलाई पुनः सेयरमा लगानी, वैकल्पिक क्षेत्रमावा उपभोगमा लगाउने स्वतन्त्र दिनुपर्ने र सेयर लाभांश मार्फत पुनःलगानीका लागि बाध्य पार्न नहुने तर्क गर्छन् । नगद लाभांशमासामान्यत मूल्यसमायोजनको जोखिम कम हुँदाको मनोवैज्ञानिक फाइदा हुने विचार राख्छन् ।

सेयर लाभांश

कम्पनीलाईथप पुँजी आवश्यक हुँदा वा पुँजी बढाउन आर्जित खुद मुनाफा सेयरधनीलाई नगदको सट्टा थप कित्ता सेयरलाभांशका रुपमा वितरण भएको देखाएर पुनःपुँजीकरण गरिन्छ । यसमा पनि बुकक्लोजको मितिसम्म कायम सेयरधनीहरूलाई सम्बन्धित निकाय र साधारणसभाबाट स्वीकृति पछि कम्पनीले अंकित मूल्यका आधारमा लाभांशको दरमा सेयरधनीहरूलाई थप कित्ता सेयर दिइन्छ । यसमा सेयरधनीहरूले सिधै नगद भुक्तानी गर्नुनपर्ने र अंकितमूल्यमा सेयरपाएकोमा मख्ख पर्दै गर्दा तत्कालको कुल सम्पत्ति भने बढ्दैन र वास्तविक लाभ भने शून्य देखिन्छ ।

मानौं, बजारमा प्रति किता सेयर मूल्य रु. ३ सय भएको कम्पनीले १० प्रतिशत बोनस सेयर जारी गर्दा १०० कित्ताकोसेयरधनीले थप १० कित्ता सेयरपाउँदा बोनस सेयर अगाडि उसको सम्पत्ति १०० किताको३०० रुपैयाँका दरले ३० हजार रुपैयाँ थियो भने सेयर लाभांश पछि बजारमूल्य समयोजन हुनेहुँदा ११० किताको २७२.७३ दरले कुल ३० हजार रुपैयाँ नै हुन्छ । बरु कम्पनीले पुँजीकरण गर्ने कर समेत प्रति कित्ता रु. १०५.२६ का दरले सेयरधनीको नाममा वितरण गरेको देखिने १ हजार ५२ रुपैयाँ ६० पैसा गायव हुन्छ । जुन सेयरधनीका लागि तत्कालीन नोक्सानी हो । बरु १० प्रतिशत नगद दिएको भए उसको सम्पत्ति ९ सय ५० रुपैयाँले बढेर करिव ३० हजार ९ सय ५० (१०० x ३०० + ९५०) रुपैयाँ हुने थियो ।

अन्तराष्ट्रियस्तरमा बोनस सेयरमा सामान्यतयाः लाभांश कर नलागे तापनि त्यति रुचाइदैन ।बोनसलाई सेयरधनीमा लादिएको बोझ वा चतु्याँइपूर्वक सेयरधनीको सम्पत्ति एउटा पकेटबाट अर्को पकेटमा सार्ने रणनीतिका रुपमा पनि लिइन्छ । अझ आगामी वर्षमा पुँजी वृद्धिको अनुपातमा कम्पनीले व्यवसायको विस्तार र मुनाफा बढाउन नसकेमा प्रतिसेयर आम्दानी र नेटवर्थ घट्नेआधारभूत वित्तीयसूचकहरू नकारात्मक हुने र थप आपूर्ति अनुरुप बजारमा सेयरको माग नभएको अवस्थामा बजारमूल्य घट्ने जोखिम पनिसँगै रहन्छ ।यसैकारण पनि कतिपय मुलुकमा बोनस सेयर जारी गर्नुभन्दा पहिले सम्बन्धित नियमकबाट पुँजी वृद्धिको कारण र संकलित पुँजीको उपयोग सम्बन्धी विस्तृत कार्ययोजना नै पेस गर्नुपर्छ ।

नेपालमा भने विशेषगरी सर्वसाधारण सेयरधनी (लगानीकर्ता) वा कारोवारीहरूको बोनस सेयर मोह, व्यवसायको आकारको आधारमा पुँजीकोष तोकिनु (क्यापिटल एडिक्वेसी रेसियो), डिबेन्चर, अग्राधिकार सेयर वा अन्य बैकल्पिक पुँजीका स्रोतहरूको उपलब्धता वा सहजता नहुनु, जस्ता कारण पनि कम्पनीहरूसेयर लाभांश मार्फत खुद मुनाफालाई पुँजीकरण गरी पुनः कम्पनीमा भित्र्याउन बाध्य हुन्छन् ।

समाधानको बाटोः मिश्रित लाभांश

नगद वा सेयर जुन रुपमा दिएपनि कम्पनीले खुद मुनाफाबाट सेयरधनीहरूलाई वितरण गरेको प्रतिफल नै लाभांश हो । नेपालमा मात्र होइन, विश्वबजारमा पनि नगद कि बोनस सेयर भन्नेमा फरक विचार र प्राथमिकता रहँदै आएको छ । नेपालमा नगद लाभांशमा मूल्य समायोजनको लाभ हुँदा र अन्तर्राष्ट्रिस्तरमा बोनस सेयरमा लाभांश कर नलाग्दा पनि सेयरधनीहरूको नगद र बोनस सेयरको प्राथमिकता भने विपरित खालको रहँदै आएको छ ।

दुवै प्रकारका लाभांशका आ–आफ्नै फाइदा र बेफाइदाका बावजुद तत्कालीन बजारको अवस्था, सेयरको बजारमूल्य, भविष्यको व्यवसायिक पूर्वानुमानका आधारमा सेयरधनीहरू नगद वा सेयर लाभांशका प्राथमिकता जाहेर गर्दछन् । लाभांश नै नदिएका वा नगद मात्र दिएका कम्पनीहरुको पनि बजारमूल्य उच्च रहेको उदाहरण विश्वमा मात्र होइन नेपालमा पनि पाउन सकिन्छ । नगद नै पाएपनि पुनः लगानी गरेर सम्पत्तिको गुणात्मक वृद्धि (क्युमुलेटिभ ग्राेेथ) गर्ने र बोनस दिएको अवस्थामा पनि आवश्यक सेयर बेचेर आर्थिक गर्जो टार्ने विकल्प शेयरधनीसँगै रहन्छ नै । तर नेपालमा संस्थापक र सर्वसाधारण सेयरधनीको विभाजन र सेयर किनबेचमा कानूनी जटिलताले गर्दा सामान्यतः सर्वसाधारण सेयरधनीहरूलेसेयर लाभांशलाई र संस्थापकहरूले नगद लाभांशलाई प्राथमिकता दिएको पाइन्छ । सर्वसाधारण सेयरधनीहरूले पनि कम शेयरमूल्य भएका कम्पनीबाटनगद र महँगाबाट सेयर लाभांशलाई प्राथमिकता दिएको पाइन्छ । उनीहरुले पनि सेयर लाभांशले बजारमूल्य समायोजन हुने र सूचीकृत भएर खातामा आइपुग्दासम्म मूल्य परिवर्तनबाट सिर्जिना हुनसक्ने थप जोखिम तर्फ ध्यानदिएको देखिँदैन । पक्कै लाभांशलाई पुँजीको रुपमा परिचालन गरी कम्पनीले मुनाफा गर्दा त चक्रिय र दीर्घकालीन गुणात्मक फाइदा हुनसक्ला, तर तत्काल कुनै फाइदा नहुने स्पष्ट छ ।

वास्तवमा कम्पनीको व्यवसायिक आवश्यकता, पुँजीको प्रभावकारी उपयोगिता र तरलताको आधारमा मुनाफाको पुँजीकरण वा नगद लाभांशका रुपमा वितरण गर्नु कम्पनी र सेयरधनीको हितमार अनावश्यक पुँजीको भार थोपरिए (ओभर क्यापिटलाइजेसन) को अवस्थामा हानीकारक हुनसक्छ । नेपाली धितोपत्रबजारमा बाहुल्यता राख्ने बैंक तथा वित्तीय संस्था र विमा कम्पनीहरूका सेयरधनीहरूको स्वार्थ समूहको साथै नियमकीय प्रावधानका कारण पनि लाभांशको स्वरुप छनौटमा कम्पनीहरू स्वतन्त्र देखिन्नन् । नियमकले गुणात्मकरुपमा पुँजीवृद्धि गर्दा गत केही आर्थिक वर्ष प्रायः बैंक तथा वित्तीय संस्थाहरू उल्लेख्य रुपमा बोनस वितरण गर्न बाध्य थिए भने अहिले विमा कम्पनीहरू खुदमुनाफालाई लाभांशका रुपमा पुँजीकरण गर्न बाध्य छन् । यसको साथै बैंकहरूको कार्यक्षेत्रको आधारमा तोकिएको न्यूनतम चुक्ता पुँजीका साथै वासेलका आधारमा न्यूनतम पुँजीकोष कायम गर्न पनि सेयर लाभांश जारी गर्न बाध्य हुन्छन् । त्यसैले त न्यूनतम ८ अर्बको चुक्ता पुँजी पुगेका बैंकहरूले पनि समग्र पुँजीकोष न्यूनतम ११ प्रतिशत र नगद लाभांश प्रयोजनका लागि पुँजीकोष सामान्यतः १२ प्रतिसत कायम हुनुपर्ने प्रावधानले गर्दा पुँजीकोष हेरेर कुन बैंक तथा वित्तिय संस्थाले सेयर वा नगद लाभांश निर्धारण र अनुमान गर्न सकिने अवस्था छ ।

यसरी नियामकीय प्रावधान र सेयरधनीको विविधताबाट सिर्जित नगद वा सेयर लाभांशको द्वन्द्वात्मक अवस्थाको समाधानका लागि केही नगद र केही सेयर मिलाएर मिश्रित लाभांश दिने चलन छ । जसलेगर्दा सेयरधनीहरूले प्रतिफलको रुपमा केही नगद तथा कम्पनीले व्यवसाय विकास र विस्तारका लागि पुँजीगत आधार पाउँछन् । कति नगद र कति सेयर? भन्ने जटिल प्रश्नको जवाफ पुनः कम्पनीको व्यवसायको विस्तारको सम्भावना, नियामकिय तथा कानूनी प्रावधान, सेयरधनीहरूको अवस्था, आदिमा निर्भर रहन्छ । सामान्यतः ६०ः४० को मिश्रणलाई सन्तुलित मान्न सकिन्छ । उदाहरणको लागि १२ प्रतिशत लाभांश वितरण गर्दा ४.८० रुपैया नगद वा सेयर र ७.२० रुपैया बराबर सेयर वा नगदको मिश्रित हुनसक्छ । यसले संस्थापकको नगद र सर्वसाधारणको बोनस सेयरको चाहनालाई सम्बोधन गर्नुका साथै कम्पनीलाई थप पुँजीको माध्यमबाट व्यवसाय विस्तारको अवसर र चुनौति पनि दिन्छ ।

नगद वा सेयर लाभांशका फाइदा र बेफाइदा तथा सेयरधनीहरूको समूहगत स्वार्थबाट तदस्थ रही कम्पनीको व्यवसायिक अवसर र चुनौतिको सामाना गर्नेसवालमा पक्कै पनि मिश्रित लाभांश नीति सबैभन्दा उपयुक्त सबै पक्षको जित हुने विन–विन लाभांश नीति हुनसक्छ ।

हाल करिव ३०० रूपैया बजारमूल्य भएकाे कम्पनीकाे १०० किता शेयर भएकाे शेयरधनीकाे फरक लाभांसकाे अवस्थामा अनुमानित अवस्था
अवस्था
७४७५
७५७६
नगद (१०%)
शेयर (१०%)
मिश्रित (४०:६०)
नगद (१०%)
शेयर (१०%)
मिश्रित (४०:६०)
बुक क्लोजमा कायम शेयर किता
१००
१००
१००
१००
११०
१०६.६
बुक क्लोज अगाडीको मूल्य (रु)
३००
३००
३००
३००
३००
३००
कुल लाभांस (कर पछि) (रु)
रु. ९५०
१० किता
रु. ३५०+६ किता
रु. ९५०
११ किता
रु. ३८५+६.६ किता
लाभांस पछि शेयर किता
१००
११०
१०६
१००
१२१
११२.६
बुकक्लोज पछि समयोजित मूल्य (रु)
३००
२७३
२८३
३००
२७३
२८३
बुकक्लोज पछि अनुमानित सम्पति (रु)
३०,९५०
३०,०००
३०,३५०
३०,९५०
३३,०३३
३२,२५०
प्रति किता औसत लागत (रु)
३००
२७३
२८३
३००
२४८
२६६
पत्रिकामा नरहेकाे याे तालिका केवल संभावित अवस्थाकाे चित्रण गर्न गरिएकाे अनुमानित अवस्था हाे । बजारमूल्य एकवर्षपछि केही बढेर ३०० नै पुगेकाे अवस्थाकाे अनुमान

थप सामग्री

काराेवार दैनिकमा २०७५ असाेज ७ गते प्रकाशित, नगद कि सेयर लाभांश : कुन फाइदाजनक ? « (karobardaily.com)

Monday, September 10, 2018

सेयर ज्ञान ७ः औसतीकरण : लागत व्यवस्थापनको अचुक उपाय

औसतीकरण के हो ?
अंकित वा निश्चित मूल्यमा सार्वजनिक निष्कासन, हकप्रद वा बोनस सेयरबाहेक प्रत्येक खरिदको सेयरको लागत फरक हुन सक्छ । एउटै कम्पनीको सेयर एकै दिन वा विभिन्न समयमा फरक–फरक दरमा किनिएको हुन्छ । यसका अतिरिक्त उही कम्पनीको बोनस, हकप्रद र प्रिमियम मूल्यमा किनिएको एफपीओले पनि विगतको वास्तविक खरिद लागतमा प्रभाव पारिरहेको हुन्छ । यसरी विभिन्न समय र दरमा खरिद भएको एउटै कम्पनीको सेयरको औसत लागत (एभजेरज कस्ट) गणना गर्दै लागत व्यवस्थापन गर्ने उपाय औसतीकरण अर्थात् एभरेजिङ हो ।

कारोबारीहरूले सेयरको बजार मूल्य घटिरहेको वा थप घट्ने सम्भावना देखिएको अवस्थामा घाटा कम गर्न ‘स्टप लस’ रणनीति अपनाउँछन् र आफ्नो जोखिमवहन क्षमता वा तोकिएको घाटा नजिक बिक्री गरेर बस्छन् । तर, दीर्घकालीन वा मध्यकालीन लगानीकर्ताहरू यस्तो नोक्सानीबाट बच्न वा बजार मूल्यभन्दा आफूसँग भएको सेयरको लागत बढी भएको अवस्थामा सस्तोमा थप सेयर किनेर औसत लागत घटाउँछन् । यो सेयरको लागत व्यवस्थापन रणनीति हो । 

कहिले ?

एभरेजिङ बजार घट्दा, स्थिर वा सामान्य रहँदा वा बढ्दा कहिले कहिले गर्ने त ? धेरैको बुझाइमा स्थिर वा सामान्य तथा बढ्दो बजारमा लगानीकर्ताको सेयर सम्पत्तिमा त्यति नकारात्मक असर पर्दैन वा बढिरहने हुँदा लागत र लाभको त्यति चासो रहँदैन, तर बजार घटेको अवस्थामा मानसिक तनाव हुने हुँदा लागतमा निकै चासो रहन्छ । यसर्थ, घट्दो बजारमा आफ्नो औसत लागत र बजार मूल्यबीच तादाम्यता राख्न पनि अनिवार्य रूपमा एभरेजिङ गर्नैपर्ने हुन्छ भने अन्य अवस्थामा ऐच्छिक अवसर हो । 

लगानीकर्ताले औसत लागत र बजार मूल्यका आधारमा एभरेजिङ कहिले गर्ने ध्यान दिनुपर्छ । आफ्नो जोखिम वहन क्षमता, लगानीका लागि उपलब्ध रकम, स्रोत र बजार मूल्यमा आएको वा सम्भावित परिवर्तनका आधारमा निश्चित प्रतिशतले बजार मूल्य (सामान्यत: १० प्रतिशतले बजार मूल्य कम भएमा) र औसत लागतबीच फरक हुँदा एभरेजिङ गर्नुपर्छ । बजार स्थिर वा सामान्य रहँदा स्वेच्छिक र घट्दा अनिवार्य रूपमा एभरेजिङ गर्नुपर्छ अन्यथा आफ्नो लागत उच्च रहन गई प्रतिस्र्धात्मक क्षमता कम हुने मात्र होइन, तुलनात्मक लाभ पनि कम हुनेछ । 

किन ?

जसरी भूकम्पको पूर्वानुमान गर्न सकिन्न, त्यस्तै बजार कहिले र कतिसम्म घट्छ वा बढ्छ ठ्याक्कै अनुमान गर्न सकिन्न । जति नै बजारको जानकार, अध्ययनशील र विज्ञता हासिल गरेको व्यक्तिले पनि बजारमा प्रचलित मूल्य वा सामान्य तलमाथिको मूल्यमा नै सेयर खरिद गर्ने हो । बजारमा उतारचढावसँगै उनीहरूको लागत बजार मूल्यको तुलनामा केही फरक हुन्छ नै । हुन त केही विज्ञहरूले प्राविधिक विश्लेषण (टेक्निकल एनालाइसिस) ले बजारको चाल अध्ययन गर्दै खरिद वा बिक्री गर्ने समय वा बजारको अवस्था अनुमान गर्न सकिने दाबी गरे पनि लगानीकर्ताले बजारको चालअनुसार आफ्नो औसत लागत व्यवस्थापन गर्न एभरेजिङ अनिवार्य मान्निछ । 

कुनै पनि कम्पनीको सेयर सार्वजनिक निष्कासन होस् वा दोस्रो बजारमा भनेको परिमाणमा एकैपटक किन्न पाइन्न वा सकिँदैन । यस्तो अवस्थामा विभिन्न दरमा कम्पनीको सेयर किन्नु बाध्यता र व्यावहारिकता नै हो । यसरी किन्दै जाँदा आफूले धारण (होल्ड) गरेको सेयरको औसत लागतभन्दा बजारमा उक्त कम्पनीको सेयर मूल्य निकै घटेको अवस्थामा (क) सेयरको औसत लागत घटाउँदै वास्तविक प्रतिफल (डिभिडेन्ड यिल्ड) बढाउन, (ख) बजारले उपलब्ध गराएको लागत व्यवस्थापनको अवसरको सदुपयोग गर्न र (ग) भविष्यको सम्भावित मूल्यवृद्धिको फाइदा लिन पनि लगानीकर्ताहरूले अनिवार्य रूपमा एभरेजिङ गर्नुपर्छ । 

कसरी ?

कतिपयको विचारमा बजार तलमाथि भइरहने हुँदा सदैव एभरेजिङ गर्न सकिन्न र लगानीका लागि आवश्यक रकम पनि हुँदैन । त्यसमाथि एभरेजिङ प्राय: बियरिस अवस्था वा बजार घट्दो अवस्थामा गरिने हुँदा लगानीकर्तासँग एक त थप सेयर खरिद गर्ने रकम हुँदैन भने बैंक तथा वित्तीय संस्था र व्यक्तिगत ऋणसमेत पाइँदैन । त्यसैले एभरेजिङ व्यावहारिक रूपमा निकै कठिन काम हो । यसका लागि लगानीकर्ताले लगानी योजना बनाउँदा नै एउटा मापदण्ड तयार गरी बजारमा तत्काल लगानी एवम् सम्भावित अवसर र जोखिम व्यवस्थापनका लागि आवश्यक रकमका साथै वैकल्पिक स्रोतको पूर्वतयारी गर्नुपर्छ । उपलब्ध रकमलाई विभिन्न क्षेत्रका विभिन्न कम्पनीमा पटक–पटक गरेर लगानी गर्दा तत्कालको केही लाभ गुमे पनि बजारले सिर्जना गर्ने अवसरको फाइदा उठाउन सकिन्छ । यो भनेको लगानी र तरलताको उचित सन्तुलन पनि हो । 

एभरेजिङ गर्न सबैभन्दा पहिले बजारको बियरिस, बुल वा स्थिर कुन प्रवृत्ति, आफ्नो औसत लागत र बजार मूल्यको तुलनात्मक अवस्था, एभरेजिङको उद्देश्यको यकिन गर्नुपर्छ । प्रत्येक अवस्थामा एभरेजिङ सम्भव भए पनि त्यसको प्रक्रिया र उद्देश्य फरक हुनेछ । 

बढ्दो बजारमा आज सस्तोमा किनिएको सेयर भोलि थप केही महँगोमा किन्दा पनि औसत लागत कम हुँदा बढी फाइदा हुने ढंगले गर्नुपर्छ भने घट्दो बजारमा हिजो महँगोमा किनिएको सेयरमा आज सस्तोमा किन्दा औसत लागत कम हुने गरेर एभरेजिङ गर्नुपर्छ । सामान्यत: एभरेजिङ गर्दा निम्न कुरामा ध्यान दिनुपर्छः

१.    विभिन्न समय र मूल्यमा खरिद वा प्राप्त कुल सेयर संख्याले कुल लागतलाई भाग गरेर प्रतिकिता औसत लागत निकाल्ने र बजारमा प्रचलित मूल्यसँग तुलना गर्ने । मानौं, ए कम्पनीको विभिन्न दरमा खरिद गरिएको सेयर ४ सय २५ कित्ता, ७५ कित्ता बोनस र १ सय ५० कित्ता हकप्रदमा समेत कुल रु. २ लाख ५१ हजार ५ सय ५० लागेको छ भने औसत लागतप्रति किता रु. ३ सय ८७ (रु. २,५१,५५०/६५०=रु. ३८७) । बजारमा उक्त कम्पनीको प्रचलित दर करिब रु. ३ सय १० छ ।

२.    बजार प्रवृत्ति र आफूले खरिद गरेको वा एभरेजिङ गर्न खोजेको कम्पनीको आधारभूत सूचकहरूको अध्ययन गरी सम्भावित दिशा आकलन गर्ने।

३.    एभरेजिङ गर्न आवश्यक र उपयुक्त कम्पनीहरूको सूची र प्राथमिकता तयार गरी आवश्यक रकम र स्रोत पहिचान गर्ने । जगेडा रकम उपलब्ध नभएको अवस्थामा वैकल्पिक स्रोतहरूमध्ये कम लागतको वा सहज स्रोत परिचालन गर्न सकिन्छ । कुनै विकल्प नभएमा घाटा कम भएको र भविष्यमा तुलनात्मक रूपमा कम मूल्य बढ्ने कम्पनीको सेयर बेचेर भए पनि बढी घाटा भएको तर पछि बढी नाफा दिने कम्पनीको सेयरको एभरेजिङ गर्ने ।

४.    स्थिर वा सामान्य अवस्थामा पनि आफूसँग भएको सेयरको औसत लागत बजार मूल्यभन्दा बढी छ र भविष्यमा बजारमा मूल्य बढ्ने अवस्था देखिएमा केही परिमाणमा सेयर किनेर औसत लागत बजार मूल्यनजिक पुग्ने । बजार अझै तल जाने अवस्थामा पनि सानो परिमाणमा सेयर किन्ने र केही दिन कुरेर थप केही सेयर किन्ने । जब बजार न्यूनतमतिर पुगेको आकलन गरिन्छ, औसत लागतलाई बजार मूल्य नजिक पुराउन आवश्यक परिमाणमा सेयर किन्ने । यसको विपरीत बजार बढ्दो वा बुलिस र औसत लागतभन्दा बजार मूल्य बढी भएको अवस्थामा सेयर किन्नुभन्दा केही सेयर बेचेर मुनाफा सुरक्षित (प्रफिट बुक) गर्ने र मूल्य केही घटेमा पुन: खरिद गरेर औसत लागत व्यवस्थापन गर्ने । यदि थप संख्यामा सेयर संकलन गर्ने र बुलिसको सुरु अवस्थामा सानो परिमाणमा सेयर किन्दै जान सकिन्छ ।

५.    बुलिसभन्दा बियरिस बजारमा एभरेजिङ लाभप्रद मात्र होइन, अनिवार्य नै हुन्छ, त्यसैले बुलमा केही सेयर बेचेर होस् वा बैंकमा मुद्दती वा बचतमा केही रकम तत्काल नगद वा लगानीका लागि उपलब्ध हुन सक्ने गरी तरलताका लागि सदैव राख्ने । सदैव लगानी क्षमताभन्दा केही कम लगानी गरेर सम्भावित जोखिम र अवसरका लागि तयारी अवस्थामा रहने । बियरिस अवस्थामा थप चनाखो भई जगेडा र वैकिल्पक स्रोतबाट रकम परिचालन गर्ने । 

निष्कर्ष

एउटै कम्पनीको विभिन्न समयमा किनिएको सेयरको लागत फरक हुन्छ । लगानीकर्ताहरूले औसत लागत हिसाब गरी सोही आधारमा मुनाफा सुरक्षित गर्ने वा एभरेजिङ गर्ने निर्णय लिनुपर्छ । बजार मूल्यको तुलनामा औसत लागत कम भएमा स्वेच्छिक तर बढी भएमा एभरेजिङ अनिवार्य र लाभदायक हुन्छ । एभरेजिङ दीर्घकालमा सम्पत्ति आर्जन (वेल्थ म्याक्सिमाइजेसन) गर्न लागत–लाभ सन्तुलनको अचुक र अनिवार्य औजार (टुल्स) हो । बजारको प्रत्येक अवस्थामा एभरेजिङ सम्भव छ, तर बियरिस वा घट्दो बजारमा थप महत्वपूर्ण हुन्छ । 

काराेवार दैनिकमा २०७५ भदौ २४ गते प्रकाशित
https://karobardaily.com/news/idea/10220

Thursday, September 6, 2018

एनएफआरएस र प्रचलित विधीबाट वित्तिय विवरणको तुलनात्मक अध्ययन

नियामकको २०७४ मंसिर १४ गतेको सर्कुलर अनुसार बैंकहरुले आव ७४/७५को चौथो त्रैमासिक वित्तिय विवरण ‘नियमनकारी प्रावधान’ र ‘एनएफआरएस (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड वा नेपाल लेखामान)’ दुई विधीबाट प्रकाशित गरे । खुद मुनाफाको आधारमा विश्लेषण र तुलना गरिरहेका लगानीकर्ताहरु एनएफआरएसमा नाफा÷नोक्सान हिसावको खुद मुनाफा, वितरणयोग्य मुनाफा, नियमनकारी समायोजनपछिको फ्रि प्रफिट, रिकन्साइल्ड प्रफिट जस्ता विभिन्न शिर्षकको मुनाफासँगै केही बैंकहरुको जगेडाकोषमा उल्लेख्य वृद्धि अनि बेसिक र डाइलुटेड ईपिएसले निकै अलमलमा परे ।

हुनतः सर्कुलरमा क) लाभांश स्वीकृति प्रयोजनका लागि कर्जा नोक्सानी व्यवस्था र अन्य व्यवस्था कायम गरी लेखांकन सम्बन्धी अन्य प्रावधान बमोजिम कायम हुने नियमनकारी नाफा/नोक्सान गणना गर्नुपर्ने,  ख) फरक विधीबाट लेखांकन गर्दा सिर्जित रकमहरुलाई रेगुलेटरी रिजर्भ खडा गरेर जम्मा गर्नुपर्ने, र ग) उक्त रिर्जभको रकमलाई क्यापिटल एडिक्वेसिमा गणना गर्न नपाइने उल्लेख छ ।

बास्तवमा फ्रि प्रफिट नै खुद मुनाफा भएपनि लेखा नीतिले मात्र केही बैंकको मुनाफा फरक पर्न गएको अनि सम्पत्तिको पुनःमूल्यांकन हुँदा जगेडा कोषको रकम बढेको बुझ्न नसक्दा लगानीकर्ताहरु अलमलिएका थिए ।

तुलनात्मक अवस्था

आर्थिक कारोवार, सम्पत्ति र दायित्वको फरक ढंगले लेखांकन नीतिसँगै कतिपय वित्तीय सूचकहरुमा निकै फरक वा अनपेक्षित अवस्था पनि देखिएको छ । मूलतः जगेडा कोषको रकम अनपेक्षित ढंगले बढ्दा नेटवर्थमा उल्लेख्य वृद्धि हुनपुगेको छ भने खुद मुनाफामा थप तह वा समायोजन देखिँदा अलमल बढेको छ । यसका अलावा कर्जा तथा सापटीमा समेत फरक देखिएको छ ।

बैंकहरुको आव २०७४/७५को वित्तीय विवरणको आधारमा प्रचलित र एनएफआरएस विधीबाट प्रस्तुत वित्तीय नतिजाहरुलाई एकै ठाउँमा राखेर हेर्दा पूँजीमा फरक देखिएन भने जगेडा कोषमा सेञ्चुरी कमर्सियलबाहेक सबैको बढेको छ । यसमध्ये सबैभन्दा बढी नेपाल बैंकको ६ अर्ब ८० करोडबाट बढेर २४ अर्ब ६ करोड पुगेको छ । निक्षेपमा भने ९ वटा बैंकको दुवै विधीमा समान छ भने सिटिजन, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट र नेपाल एसबिआईको नगण्य रुपमा घटेको छ । कर्जा तथा सापटमा बैंक अफ काठमाण्डु, सेञ्चुरी, एभरेष्ट, ग्लोवल, लक्ष्मी, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्टको नगण्य रुपमा घटेको छ । कृषि विकासकाे कर्जा तथा सापट एनएफअारएसमा  ३ अर्बले बढेकाे छ । यसरी निक्षेप र कर्जा तथा सापटी नै फरक देखिनु थप चासाेकाे विषय बनेकाे छ ।

खुद ब्याज आम्दानी तर्फ कृषि र ग्लोवल आईएमईको नगण्य रुपमा घटेको छ । खुद मुनाफा र फ्रि प्रफिट बीच तुलना गर्दा नेपाल बैंक, एनआईसी एसिया, सिटिजन, नेपाल एसबिआईको मुनाफा उल्लेख्य रुपमा घटेको छ भने एभरेष्टको बढेको छ ।

प्रति शेयर आयमा संभवत भारित औसत वा औसत पूँजी परिचालन वा भारित शेयर संख्यालाई लिई इपिएस गणना गरिएको कारण सबै बैंकको इपिएस एनएफआरएसमा बढेको छ ।

SN.
Bank
Capital (Rs. Billion)
Reserve
(Rs. Billion)
Deposit (Rs. Billion)
Loan & Advances (Rs. Billion)
Net Interest (Rs. Billion)
Net Profit
(Rs. Billion)
EPS (Rs)
Networth (Rs)
CAR (%)
NPL (%)
Normal
Normal
NFRS
Normal
NFRS
Normal
NFRS
Normal
NFRS
Normal
NFRS
Normal
NFRS
Normal
NFRS
Normal
Normal
1
ADBL
 8.51
 11.54
 16.73
 105.01
 105.01
 96.49
 99.87
 6.88
 6.80
 3.67
 3.67
 39.36
43.19
235.70
296.75
20.18
 3.19
2
BOKL
 7.07
 5.06
 6.35
 76.77
 77.30
 69.46
 68.87
 3.02
 3.11
 1.55
 1.55
 21.90
 21.90
 171.48
 189.82
 15.07
 1.32
3
CBL
 8.00
 1.41
 2.23
 40.01
 40.03
 39.46
 40.47
 1.37
 1.42
 0.65
 0.65
 8.06
 8.06
 117.61
 127.85
 20.65
 2.65
4
CCBL
 8.06
 1.46
 1.10
 61.32
 61.50
 54.99
 54.64
 1.83
 1.94
 0.88
 0.88
 10.86
 10.86
 118.08
 113.67
 16.22
 0.40
5
CZBL
 8.03
 2.77
 4.62
 61.48
 60.70
 57.95
 58.55
 2.09
 2.21
 1.41
 0.96
 17.53
 12.01
 134.46
 157.51
 15.48
 1.25
6
EBL
 8.03
 6.30
 7.81
 114.85
 114.85
 93.99
 92.78
 4.79
 4.92
 2.54
 2.70
 31.70
 33.70
 178.43
 197.24
 14.97
 0.20
7
GBIME
 8.89
 4.57
 5.86
 106.51
 106.51
 93.37
 93.13
 3.83
 3.80
 2.16
 2.16
 24.26
 24.35
 151.45
 165.99
 11.67
 0.69
8
HBL
 8.11
 6.09
 7.33
 99.74
 99.74
 86.85
 87.41
 4.23
 4.44
 2.47
 2.47
 30.50
 30.50
 175.00
 190.33
 13.03
 0.98
9
JBNL
 8.00
 1.73
 3.14
 60.17
 60.30
 54.39
 54.61
 2.34
 2.38
 0.93
 0.93
 11.68
 11.68
 121.58
 139.24
 15.48
 1.32
10
KBL
 7.16
 3.16
 4.53
 69.65
 69.68
 62.74
 62.94
 2.00
 2.05
 1.00
 1.00
 13.98
 13.98
 144.15
 163.27
 13.93
 1.01
11
LBL
 8.22
 2.53
 3.57
 67.74
 67.74
 62.00
 61.97
 2.28
 2.34
 1.17
 1.17
 14.19
 14.19
 130.73
 143.41
 12.54
 1.29
12
MBL
 8.06
 2.19
 2.73
 72.75
 72.47
 64.37
 65.08
 2.64
 2.73
 1.21
 1.21
 15.03
 15.03
 127.17
 133.84
 15.60
 0.38
13
Mega
 10.29
 2.11
 2.83
 62.96
 62.96
 56.40
 57.75
 2.30
 2.37
 1.05
 1.05
 10.18
 10.18
 120.48
 127.50
 18.71
 0.82
14
Nabil
 8.04
 10.07
 12.83
 135.98
 135.98
 112.40
 112.65
 6.20
 6.26
 4.05
 4.05
 50.41
 50.41
 225.23
 259.53
 13.18
 0.55
15
NBB
 8.09
 3.47
 3.86
 47.98
 47.98
 42.40
 43.48
 1.91
 2.03
 1.11
 1.11
 13.70
 13.70
 142.88
 147.71
 14.37
 1.13
16
NBL
 8.04
 6.80
 24.07
 99.83
 99.83
 79.63
 78.00
 6.37
 6.48
 3.40
 2.99
 42.27
 30.49
 184.60
 345.36
 17.60
 2.90
17
NCC
 4.68
 2.86
 5.16
 63.33
 63.52
 55.01
 55.32
 1.62
 1.89
 1.07
 1.07
 22.91
 15.27
 161.23
 173.54
 11.38
 3.89
18
NIB
 10.65
 11.66
 14.86
 140.07
 139.98
 122.39
 120.40
 5.70
 5.94
 3.58
 3.58
 33.62
 33.62
 209.53
 239.55
 13.34
 1.03
19
NICA
 8.03
 3.23
 4.19
 151.20
 151.20
 120.67
 121.36
 3.93
 3.96
 1.19
 0.82
 14.83
 10.27
 140.27
 152.21
 12.54
 0.06
20
NMB
 7.60
 8.70
 9.19
 84.51
 85.27
 75.65
 77.58
 2.97
 3.12
 1.81
 1.81
 23.84
 20.73
 214.40
 205.16
 15.88
 0.88
21
NSBI
 8.05
 4.72
 4.75
 84.22
 84.03
 74.50
 75.89
 4.07
 4.14
 1.94
 1.34
 24.11
 16.66
 158.65
 159.01
 15.26
 0.20
22
PCBL
 8.03
 3.29
 3.71
 81.31
 81.31
 69.71
 70.93
 2.56
 2.67
 1.89
 1.89
 23.55
 23.55
 140.99
 146.20
 12.54
 0.66
23
Pravu
 8.23
 3.42
 5.87
 97.26
 97.31
 75.98
 76.10
 2.98
 2.98
 1.13
 1.13
 13.72
 13.72
 141.55
 171.25
 12.66
 3.55
24
RBB
 9.00
 8.05
 13.10
 169.33
 169.34
 120.87
 124.42
 9.23
 10.06
 4.33
 4.33
 48.07
 48.07
 189.36
 245.48
 14.02
 4.25
25
Sanima
 8.00
 2.75
 3.29
 79.18
 79.20
 68.66
 70.03
 2.94
 2.96
 1.69
 1.69
 21.17
 21.17
 134.31
 141.10
 12.91
 0.03
26
SBL
 8.46
 4.27
 5.85
 101.75
 101.75
 84.76
 86.13
 3.35
 3.51
 1.85
 1.85
 21.91
 21.91
 150.49
 169.12
 12.43
 1.05
27
SCB
 8.01
 5.89
 6.24
 67.39
 67.39
 46.15
 47.08
 3.21
 3.32
 2.07
 2.02
 25.88
 25.20
 173.46
 177.86
 23.68
 0.18
28
SRBL
 8.15
 3.05
 4.69
 69.48
 69.49
 60.55
 61.64
 2.78
 2.89
 1.31
 1.31
 16.09
 16.09
 137.36
 157.47
 14.13
 1.28

Total
 227.52
 133.13
 190.49
 2,471.79
 2,472.37
 2,101.79
 2,119.07
 99.42










Average
 8.13
 4.75
 6.80
 88.28
 88.30
 75.06
 75.68
 3.55
 3.67
 1.90
 1.84
 23.05
 21.80
 158.24
 179.89
 14.98
 1.33