Monday, November 22, 2021

Reinstated Q4 7778 RE and Reserve of Banks in Q17879

हुनतः नेपाली पुँजीबजारमा वित्तिय विवरण हेरेर लगानी निर्णय गर्ने निकै कम लगानीकर्ता भएकाे विश्वास गरिन्छ । लगानीकर्ताहरूका लागि प्रकाशित विवरण नै लगानी निर्णय र व्यवस्थापनकाे मुख्य अाधार हुन्छ । तर नेपालमा यस्ता विवरणकाे शुद्धता, यथाथर्ता र पर्याप्ततामा सदैव प्रश्न उठ्दै अाएकाे छ । हालै प्रकाशित २०७८–७९ काे बैकहरूकाे विवरणमा २०७७–७८ काे वासलातकाे विवरण पुनःप्रकाशित हुन्छ । साे विवरण साेहि त्रैमासका लागि विगतमा (भद्राै तिर) प्रकाशित विवरणमा विशेषगरी संचित मुनाफा र जगेडा काेषहरूकाे रकममा केहि बैककाे उल्लेख्य फरक देख्न पाइन्छ । हुनतः प्रकाशित त्रैमासिक विवरण अनअडिटेड हुँदा शतप्रतिशत शुद्ध हुँदैन भन्ने सबै लगानीकर्ताले बुझेका हुन्छन्, तैपनि नेपाल बैककाे १.३ अर्ब र सनराइजकाे १.०५ अर्ब संचित नाफा गायब हुँदा त्यसबारे सानाे टिप्पणी समेत उल्लेख नहुनु उदेक लाग्दाे छ । 

फरक रकम सरसर्ति हेर्दा संचित मुनाफाबाट जगेडामा वा जगेडाबाट सारिएकाे देखिन्छ, तर किन सारियाे जानकारी गराउने अावश्यकता समेत महसुस गरेरन् ।

यस तालिकामा यसरी फरक संचित र जगेडाकाे उल्लेख गरिएकाे छ । बैकहरूले २०७७–७८ का लागि घाेषित र वितरित लाभांस हेर्दा उपलब्ध सबै रकम उपयाेगतिर लागेकाे अाभास दिन्छ ।


हुनतः वितिय विवरणमा फरकपन विगतमा पनि देखिएकाे र प्रश्न उठाइएका हुन्, तर सत्यतथ्य उल्लेख गरेकाे बताउने कार्यकारीहरू गैरजिम्मेवारी र उदासिन अचम्मकाे छ ।

WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.

अन्य सान्दर्भिक लेख

Sunday, November 21, 2021

बोनस सेयरको लागत र प्रतिफल

आमलगानीकर्ताको बुझाइमा बोनस सेयर कम्पनीले निःशुल्क वा बिनालागत दिने थप सेयर, के बोनस सेयर निःशुल्क हो त ? लागत र प्रतिफल कति ? बोनसलाई सेयरधनीमाथि कम्पनीले थोपरेको अनिच्छित बोझका रूपमा बुझ्ने लगानीकर्ताभन्दा पुरस्कारका रूपमा थप सेयर पाएको बुझ्ने लगानीकर्ता र कारोबारी हावी भएको नेपाली धितोपत्र बजारमा बोनसको लागत र शून्य प्रतिफलको अवधारणा पाच्य देखिन्न ।

प्रत्यक्ष रकम भुक्तान नगरे पनि बोनस सेयरका लागि कम्पनीले अंकित मूल्यमा करसहित सेयरधनीको रकमबाटै अप्रत्यक्ष भुक्तानीको हेक्का नराख्ने लगानीकर्ताले सोही लाभांश पाउन बजारबाट उच्च मूल्यमा सेयर खरिदको लागत र मूल्य समायोजन हुँदा प्रत्यक्ष प्रतिफल पनि शून्य हुने चटक्कै बिर्सन्छन् ।

अन्तर्राष्ट्रिय स्तरमा बोनस सेयरमा सामान्यतया लाभांश करसमेत नलाग्ने प्रत्यक्ष शून्य लागत हुँदा पनि त्यति रुचाइँदैन । बोनसलाई लागत र लाभभन्दा सेयरधनीमा लादिएको बोझ वा चतुर्याइँपूर्वक सेयरधनीको सम्पत्ति एउटा खल्तीबाट अर्को खल्तीमा सार्ने रणनीतिका रूपमा लिइन्छ । अझ आगामी वर्षमा पुँजी वृद्धिको अनुपातमा कम्पनीले व्यवसायको विस्तार र मुनाफा बढाउन नसकेमा प्रतिसेयर आम्दानी र नेटवर्थ घट्दा आधारभूत वित्तीयसूचकहरू नकारात्मक हुने र थप आपूर्ति अनुरूप बजारमा सेयरको माग नभएको अवस्थामा बजारमूल्य घट्ने जोखिम पनि सँगै उच्च दीर्घकालीन लागत र प्रतिफलरहित वित्तीय उपकरणका रूपमा लिइन्छ ।

लागत

कम्पनीलाई थप रकम नबुझाइ पाइने बोनस सेयरको ‘शून्य लागत भन्ने एकथरी बुझाइ पाइन्छ । अर्को समूह, कम्पनीले अंकित मूल्यमा नै सेयरधनीको रकम पुँजीकरण गर्ने र भारित औसत लागत गणना प्रणालीले आधिकारिक रूपमै स्वीकारेको हुँदा सम्बन्धित कम्पनीको ‘अंकित मूल्य’ (रु. १ सय वा १०) नै बोनस सेयरको आधिकारिक लागत मान्नुपर्ने तर्क गर्छ । यस्तै, बोनस सेयरका लागि कम्पनीले ‘अंकित मूल्यमा कर सहित’ सेयरधनीको तर्फबाट खर्च गर्ने रु. १०५.२६ नै वास्तविक लागत हुनुपर्ने तर्क पनि सुनिन्छ ।

कुनै पनि कम्पनीको धितोपत्र बजारबाट सेयर खरिदकोे ‘कुल लागत’, मानौं प्रतिकित्ता रु. १,५५० (१ हजार ५ सय ५०) भए सोही लाभांश वा बोनसको लागत मान्ने लगानीकर्ता पनि छन् । अर्को समूहले, जति मूल्यमा किने पनि बुकक्लोजमा कायम मूल्यका आधारमा बजार सञ्चालक नेप्सेबाट औपचारिक रूपमा ‘समायोजित मूल्य’ नै बोनस सेयरको लागत भन्छ । मानौं, ३३.६ प्रतिशत बोनस सेयर घोषित कम्पनीको बुकक्लोज हुँदाको बजारमूल्य रु. १,५५० (१ हजार ५ सय ५०) बाट समायोजित मूल्य रु. १,१६०.१८ (१ हजार १ सय ६०.१८) नै बोनस सेयरको लागत भन्छन् ।

बोनस सेयरको लागत सम्बन्धमा लगानीकर्तासँगै लेखाविद् र नीतिनिर्माताको पनि फरक धारणा पाइन्छ । विगतमा कर प्रयोजनका लागि आधार मूल्यलाई नै बोनस सेयरको लागत स्विकारिँदा शून्य लागतको बहस पनि हुन्थ्यो । बोनस सेयरको लागत र करमा लामै बहसपछि विकसित भारित औसत लागत गणना प्रणालीमा अंकित मूल्यलाई आधिकारिक लागत स्विकारिएको छ ।

प्रतिफल

बोनसको प्रतिफलमा पनि अन्योलता र फरक बुझाइ पाइन्छ । विश्वव्यापी रूपमा बोनस सेयरलाई सेयरधनीको सम्पत्ति एउटा खल्तीबाट अर्को खल्तीमा सार्ने कपटपूर्ण रणनीतिका रूपमा लिँदै वास्तविक ‘लाभांश वा प्रतिफल शून्य’ सरह मानिन्छ । नेपालमा विशेष गरी अल्पकालीन लगानीकर्ता वा कारोबारीमा बोनसमा पाइने सेयर बजार मूल्यमा बेचेर नगद लाभांशको तुलनामा बढी लाभांश पाइने बुझाइ छ । अझ केहीले त बजारको प्रचलित मूल्यमा नै बोनस सेयरको लाभांश पाइने धारणा राख्छन् । उदाहरणका लागि बजारमा प्रतिकित्ता रु. १,५५० (१ हजार ५ सय ५०) भएको कम्पनीले ३३.६ प्रतिशत बोनस सेयर दिँदा रु. १,५५० (१ हजार ५ सय ५०) को ३३.६ प्रतिशतले रु. ५२०.८ (५ सय २०.८) प्रतिफल पाइने गलत बुझाइ व्यापक छ । उनीहरू बोनस सेयरको मूल्य समायोजन हुने बिर्सन्छन् वा बुझ पचाउँछन् ।
थप टिप्पणी १ः घाेषित बाेनस सेयरकाे लाभांसमा निसर्त र नगद लाभांसमा ससर्त मूल्य समायाेजन हुन्छ । सर्तहरू बुझ्न लाभांश, बुक क्लोज र मूल्य समायोजन लेख पढ्नुस् ।

प्रचलनअनुसार नेपाली पुँजीबजारमा माथि उल्लिखित ३३.६ प्रतिशत बोनस प्रस्तावित कम्पनीको बुकक्लोज हुँदा मानौं बजार मूल्य रु. १,५५० (१ हजार ५ सय ५०) कायम भए कम्पनीको साधारणसभाले स्वीकृति नगर्दै नेप्सेबाट घोषित बोनस दरमा मूल्य समायोजन गर्दै रु. १,१६०.१८ (१ हजार १ सय ६०.१८) समायोजित मूल्य कायम गरिन्छ । तत्कालीन सेयरधनीसँग बुकक्लोज पछि प्राप्त हुने बोनस सेयर ३३.६ कित्तासमेत १३३.६ कित्ता त हुन्छ, तर कुल सम्पत्ति बुकक्लोज अगाडिको १०० कित्ता हुँदाको प्रतिकित्ता रु. १५५० ले हुने १,५५,००० (१ हजार ५ सय ५० ले हुने रु. १ लाख ५५ हजार) नै बुकक्लोजपछि बोनस वा लाभांशसहित १३३.६ कित्ताको रु. १,१६०.१८ (१ हजार १ सय ६०.१८) ले रु. १,५५,००० (१ लाख ५५ हजार) नै हुन्छ । त्यसैले औपचारिक रूपमै मूल्य समायोजन हुँदा बोनस सेयरको तत्कालीन प्रतिफल वा लाभांश शून्य मानिन्छ । बोनसको लागत र प्रतिफलका हिसाबले बुकक्लोज अगाडि वा पछाडि सेयर किन्नुमा तात्विक अन्तर रहन्न ।
थप टिप्पणी २ः उसाे भए सेयर लगानी बुकक्लाेज अगाडि वा पछाडि बुझ्न सेयर किनबेच बुकक्लोज अगाडि वा पछाडि र मूल्य प्रभाव लेख पढ्नुस् ।

बोनस सेयरको प्रतिफल शून्य अस्वीकार गर्ने लगानीकर्ताहरूले सेयर संख्या वृद्धि र भविष्यमा मूल्यगत वा पुँजीगत लाभको अवसरको वकालत गर्छन् । लाभांश प्रतिफल (डिभिडेन्ड यिल्ड) गणना गर्दा भने बोनस वा नगदभन्दा कम्पनीले घोषणा गरेको लाभांशलाई नै आधार मानिने हुँदा अंकित मूल्यलाई अप्रत्यक्ष रूपमा सबैले स्विकार्छन् ।

सेयर सम्पत्तिमा योगदान

अंकित मूल्य वा कम लागत परेका सेयरधनीबाहेक अरूको सेयर सम्पत्तिमा बोनस सेयरको योगदान प्रतिकित्ता लागत घटाउने मात्र हो । यथार्थमा बोनस सेयरले सेयरधनीको सेयर सम्पत्ति बढाउनेभन्दा सेयर संख्या बढाउँछ । समयान्तरमा सेयर सम्पत्तिमा प्रभाव केलाउँदै तालिकामा आव २०७६-०७७ को बोनस दर र बुकक्लोजमा कायम मूल्यबाट २०७७-०७८ को बुकक्लोज हुँदा वा बजार मूल्यबाट सामान्य विश्लेषण प्रस्तुत गरिएको छ ।

बैक

२०७६/७७ को

२०७७/७८ को

बुकक्लोज २०७६/७७ देखि २०७७/७८ मा

२०७७/७८ को घोषित बोनस दर

बोनस (%)

बुकक्लोज मूल्य (रु)

सेयर सम्पत्ति (रु)

बुकक्लोजमा कायम किता

बुकक्लोज हुँदा वा  बजार मूल्य (०७८ मंसिर ) (रु)

बुकक्लोज वा बजार मूल्यमा सम्पत्ति (रु)

सेयर सम्पत्ति परिवर्तन (%)

मूल्य परिवर्तन (%)

सेयर सम्पत्ति वृद्धिमा बोनसको योगदान (%)

नविल

३३.५०

१३८६

१३८६००

१३३.५०

१५४७

२०६५२४.५०

४९.०१

११.६२

३७.३९

३३.६०

एनआईसी एसिया

१९

६९७

६९७००

११९

८५४

१०१६२६

४५.८०

२२.५३

२३.२८

१५

कृषि विकास

१५

४८८

४८८००

११५

५०८.२०

५८४४३

१९.७६

.१४

१५.६२

प्राइम कमर्सियल

१५

४६८

४६८००

११५

४६६.

५३६४७.५०

१४.६३

.३२

१४.९५

१६

ग्लोबल आइएमई

१४

३५०

३५०००

११४

३७१

४२२९४

२०.८४

१४.८४

१०

बैंक अफ काठमान्डू

१३

२९६

२९६००

११३

३३४.१०

३७७५३.३०

२७.५४

१२.८७

१४.६७

१०

नेपाल

१२

३७१

३७१००

११२

४५०

५०४००

३५.८५

२१.२९

१४.५६

१४

सानिमा

१०

३४१

३४१००

११०

४८८.८०*

५३७६८

५७.६८

४३.४३

१४.३३

१७

सिटिजन्स

२५१

२५१००

१०८

३९८*

४२९८४

७१.२५

५८.५७

१२.६९

१२.९१

सिद्धार्थ

१२

४७२

४७,२००

११२

४९७

५५६६४

१७.९३

.३०

१२.६४

१४.२५

एनएमबी

१३

४२७

४२७००

११३

३९४

४४५२२

.२७

.७३

१२.००

१२.५०

मेगा

१०

२७५

२७५००

११०

३२९.५०

३६२४५

३१.८०

१९.८२

११.९८

१०

नेपाल इन्भेष्टमेन्ट

१३

५४०

५४०००

११३

४६०

५१९८०

.७४

१४.८१

११.०७

१२.६१

हिमालयन

१४

६३९

६३९००

११४

४८४

५५१७६

१३.६५

२४.२६

१०.६०

२१.३६

माछापुच्छ्रे

.०३

२४८

२४८००

१०७.०३

३६४.९०*

३९०५५.२५

५७.४८

४७.१४

१०.३४

१३.३०

कुमारी

१०.८५

३०३

३०३००

११०.८५

२८०*

३१०३८

.४४

.५९

१०.०३

लक्ष्मी

२८६

२८६००

१०९

३१६

३४४४४

२०.४३

१०.४९

.९४

प्रभु

१०

३७५

३७५००

११०

३७०

४०७००

.५३

.३३

.८७

१२

नेपाल बंगलादेश

२६५

२६५००

१०६

४२५.८०*

४५१३४.८०

७०.३२

६०.६८

.६४

१२

नेपाल क्रेडिट एण्ड कमर्स

१०.२७

३५७

३५७००

११०.२७

३००

३३०८१

.३४

१५.९७

.६३

सिभिल

२३२

२३२००

१०८

२५०

२७०००

१६.३८

.७६

.६२

सनराइज

.८०

२५३

२५३००

१०५.८०

२९२

३०८९३.६०

२२.११

१५.४२

.६९

.६५

सेञ्चुरी

.२५

२०९

२०९००

१०५.२५

२३५.१०

२४७४४

१८.३९

१२.४९

.९१

स्ट्याण्डर्डचार्टड

६५५

६५५००

१०७

५२०

५५६४०

१५.०५

२०.६१

.५६

१०

नेपाल एसबिआई

४०८

४०८००

१०६

३५३.७०

३७४९२.२०

.११

१३.३०

.२०

एभरेष्ट

७१५

७१५००

१०५

६२०

६५१००

.९५

१३.२९

.३४

औसत

११.२२

 

 

 

 

 

२१.३७

.२४

१२.१३

 

*नोटः गणनामा सिटिजन्स, सानिमा, कुमारी, माछापुच्छ्रे र नेपाल बंगलादेश बैंकको बुकक्लोजमा कायम मूल्य प्रयोग ।

२०७६-०७७ देखि २०७७-०७८ को बुकक्लोजसम्ममा सबैभन्दा बढी सिटिजन्स बैंकका सेयरधनीको सम्पत्ति ७१.२५ प्रतिशतले बढ्दा नेपाल बंगलादेश बैंकको सेयर मूल्य ६०.६८ प्रतिशतले बढेको देखिन्छ । सेयरधनीको सेयर सम्पत्ति वृद्धिमा बोनस सेयरको योगदान नविल बैंकमा सबैभन्दा बढी ३७.९९, कम एभरेस्ट बैंकमा ४.३४ प्रतिशत देखिन्छ ।
थप टिप्पणी ३ः सम्पत्तिमा वृद्धि र मूल्यमा वृद्धि बीचकाे अन्तरलाइ बाेनसकाे याेगदान मानिएकाे हाे । यदि बाेनस नदिएकाे भए किता उहि रहँदा मूल्य पनि समायाेजन हुँदैनथ्याे । तर यस अवस्थामा बजार मूल्य र सेयर सम्पत्तिमा कस्ताे प्रभाव पर्दथ्याे छुट्टै विश्लेषणकाे विषय हुनसक्छ । केहि वर्ष अगाडि नगद र सेयर लाभांसकाे तुलनात्मक विश्लेषण गर्ने प्रयास गरेकाे थिएँ, जुन नगद कि सेयर लाभांश : कुन फाइदाजनक? पढ्न सकिन्छ । 

तथ्यांकले वितरित बोनस सेयरकै दरमा सेयर सम्पत्ति वृद्धि सुनिश्चित देखिन्न । बोनसबाट कम्पनीको व्यवसाय र मुनाफामा प्रभावसम्बन्धी लगानीकर्ताको बुझाइअनुसार बजार मूल्य प्रभावित हुँदै सेयर सम्पत्तिमा पनि घटबढलाई नकार्न सकिन्न । तालिकामा उल्लिखितमा २०७७-७८ को थप कित्ता पाउँदा पनि हालको बुकक्लोज हुँदा कायम मूल्यबाट सिटिजन्समा १६.३१, सानिमामा ६.८९, कुमारीमा १.१९, माछापुच्छ्रेमा ०.०२ प्रतिशतको नोक्सानी छ भने नेपाल बंगलादेश बैंकमा मूल्यवृद्धिसँगै ०.७४ प्रतिशतको मुनाफा छ ।

विचारणीय पक्ष

पर्याप्त पुँजीले व्यावसायिक आधार र जोखिमवहन क्षमता दिन्छ, तर त्यस्तो पुँजीकोषको मिश्रण सन्तुलित नभए दीर्घकालमा नकारात्मक असर पर्न सक्छ । चुक्ता पुँजी केन्द्रित हुँदा एकातिर कम्पनी पुँजीभारले थिचिँदै आधारभूत वित्तिय सूचक प्रतिसेयर आय (ईपीएस) र नेटवर्थ कमजोर हुन्छ भने अर्कातिर बढ्दो सेयरको आपूर्तिले मूल्य प्रभावित भएर लगानीकर्ताले प्रतिफल र सेयर सम्पत्ति दुवै गुमाउन बाध्य हुन सक्छ ।

नेपालकै सन्दर्भमा केही करोड रुपैयाँ चुक्ता पुँजी भए पनि यथोचित पुँजीकोष कायम गरेका युनिलिभिर र बोटलर्स नेपालको व्यवसाय र जोखिमवहन क्षमता अर्बौं चुक्ता पुँजी भएका कम्पनीको भन्दा पक्कै कमजोर देखिन्न । त्यसैले बलियो पुँजीगत क्षमता आवश्यक बैंकिङ क्षेत्रमा समेत चुक्ता पुँजीभन्दा समग्र पुँजीकोषमा केन्द्रित हुनु दीर्घकालीन हितमा हुनेछ । अन्यथा, क्षणिक लाभको लोभमा दीर्घकालीन नोक्सानी र जोखिमलाई निम्तो हुनेछ । बैंकहरू चुक्ता पुँजीको भारले र पुँजीबजार अधिक सेयरको आपूर्तिले थिचिनेछन् । प्रस्तुत तथ्यांकले बोनस सेयरको उल्लेख्य नोक्सानी नदेखिँदा पनि मुनाफा पुँजीकरण नगर्दा बढ्न सक्ने इपीएस र नेटवर्थ तथा घट्ने आपूर्तिको मूल्य प्रभाव बिर्सनु हुन्न ।

थप टिप्पणी ४ः बाेनस दिनै हुन्न र यसले घाटा मात्र गर्छ वा दिनै पर्छ भन्ने जड तर्क पनि सहि हाेइन । व्यवसायिक विस्तारकाे सम्भावना र अावश्यकताकाे अाधारमा सन्तुलित पुँजीले मात्र कम्पनीकेा वित्तिय स्वास्थ्य कायम हुनसक्छ । कम्पनी स्वस्थ भए लगानीकर्ताहरूले तत्कालिन वित्तिय नाेक्सानीमा पनि दीर्घकालमा राम्राे प्रतिफल पाउने सम्भावना रहन्छ । लगानीकर्ताले लगानीकाे प्रवृत्ति र बाेनस वा नगद लाभांस दिने कम्पनीमा लगानीकाे विकल्प सदैव उपलब्ध हुन्छ । लगानी निर्णय गर्दा लगानी उदेश्य र स्वार्थमा ध्यान दिनुपर्छ । 

बाेनसले साना कम्पनीलाइ ठूलाे बन्न त सघाउदाे रहेछ र कतिपयमा लागत घटेर यिल्ड बढ्छ तर विशेषगरी बजारबाट चर्काे मूल्यमा किन्नेहरूकाे सेयर सम्पति बढ्ने सम्भावना कमजाेर देखियाे । त्यसैले, नेपालकाे परिवेसमा मिश्रित लाभांस बढि प्रभावकारी हुनसक्छ जसले कम्पनीलाइ केहि चुक्ता पुँजी र शेयरधनि थाेरै भएपनि नगद लाभांस दिन्छ । दुवैकाे मिलिजुली हित हुन्छ ।
 
बाेनस सेयर वास्तवमा दुइधारी तरवार हाे, जसले प्रणालीगत मूल्य समायाेजनअापुर्ति बढाएर दुइ तिरबाट मूल्यमा प्रहार गर्छ । कम्पनीमा पनि गुणस्तरमा नै सम्झाैता गरेर भएपनि व्यवसाय बढाउनअाधारभूत सूचक घटाउन दवाव दिन्छ ।   
(प्रस्तुत तथ्यांककै आधारमा लगानी निर्णय गर्दा कसैलाई हानि–नोक्सानी भएमा लेखक वा पत्रिका जिम्मेवार हुनेछैन ।)

अन्य सम्बन्धित लेखहरू

काराेवार दैनिकमा २०७८ मंसिर ५ गते प्रकाशित, बोनस सेयरको लागत र प्रतिफल « (karobardaily.com)
Revised/updated 2 Jun 2022, 11:20 NST