KEY FINANCIAL INDICATORS of BANKS FOR FY 2080-81
नेपाल राष्ट्र बैंकबाट हालै प्रकाशित त्रैमासिक पुजिकाेषकाे तथ्यांक अनुसार आव 2081-82 पुजीकाेषकाे अवस्था तालिकामा दिईए अनुसार छ । नियामकीय व्यवस्था अनुसार CCAR 8.5% (Tier 1) र CAR 11.0% (Tier 2) कायम गर्नुपर्नेछ । लगानीकर्ताहरूले ताेकिएकाे CCAR नपुगेकै कारण एनआईसी एसियाले आव 2077-78 र 2078-79 मा तथा माछापुच्छ्रे, लक्ष्मी र सनराईजले 2078-79 मा लाभांस बाँड्न नपाएकाे बिर्सनु हुन्न । अझ नियामकले पुजीकाेष सम्बन्धी व्यवस्था पालना नगरेकै कारण एनआईसी एसिया र नबिल बैंकलाई सचेत समेत गराएकाे छ ।
पुजीकाेषकाे अवस्थाले नै बैंकमा थप पुँजीकाे आवश्यकतालाई उजागर गर्ने हुँदा मुनाफाबाट सेयर (बाेनस) वा नगद लाभांसकाे सम्भावना अनुमान गर्दै लगानी व्यवस्थापन गर्न सघाउँछ ।
२०८१ भदाै ११ गते नेरा बैंकबाट जारी परिपत्र ३ अनुसार भने अाव २०८१–८२ का लागि काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत कायम गरिएकाे छ । जसले कर्जायाेग्य रकम भएका तर पुँजीकाेषकाे दवावका कारण कर्जा विस्तार गर्न नसकेका बैंक तथा वित्तिय संस्थाहरूका लागि कर्जा प्रवाह केही सहजता हुनेछ । यसकाे साथै बैंकहरूले विशेषगरी प्राथमिक पुँजीकाेषका लागि अविमाेच्य असंचित अग्राधिकार सेयर (Irredeemable Non-cumulative Non-convertible Preference Share) पनि जारी गर्न सकिने व्यवस्था भएकाे छ । पुँजीकाेष व्यवस्थापनका लागि नेरा बैंकले असल कर्जामा नउठेकाे ब्याज (Interest Suspense) लाइ टायर टुमा गणना गर्न पाइने व्यवस्था गरेकाे छ ।
Bank KFI for FY 81-82 till Q1
3. साभार लेखः फरक वित्तीय विवरण राख्ने १६ बैंकलाई ३ प्रतिशतसम्म ‘क्यापिटल चार्ज’!साभार लेखः फरक वित्तीय विवरण राख्ने १६ बैंकलाई ३ प्रतिशतसम्म ‘क्यापिटल चार्ज’!
No comments:
Post a Comment