Thursday, December 22, 2016

वास्तवमा साइक्लिक बियरिस हो वा सिजनल बियरिस

अहिले सेयर बजार घट्दोक्रममा रहेको छ । यति बेला धेरैको बुझाइमा बजार बियरिस हो की भन्ने आशंका पनि बढ्न थालेको छ । १८८१ पुगेको नेप्से १५०० मुनिसम्म पुग्नु के करेक्सन मात्रै हो त ? धेरैको अनुमान विपरित नेप्सेमा देखिएको यो करेक्सनले शेयर बजारलाई साँच्चिकै अनुमान गर्न नसकिने बजारको रुपमा परिभाषित गरेको छ । त्यसो भए अहिलेको अवस्था के हो अनि अब के गर्ने ? सबै लगानीकर्ता र कारोवारीको मनमा यही प्रश्न उब्जेको छ । अरु लगानीकर्ता जस्तै म पनि सोचनीय अवस्थामा छु र यो वास्तवमा साइक्लिक बियरिस हो वा सिजनल बियरिस ठम्याउन सकेको छैन ।

विगत वर्षहरुमा पनि केही समय बजारले न्यून विन्दु कायम गर्दथ्यो । केही वर्ष अगाडिसम्म फागुन–चैतलाई सेयरको अफ सिजन मानिन्थ्यो र त्यसबेला निकै कममात्र कारोवार हुन्थ्यो । गत वर्ष पनि भदौतिर बजार न्यून विन्दुतिर ओर्लिएको थियो । यो वर्ष दर्शैं अगाडि बजार तल झर्ने धेरैले अनुमान गरेका थिए र बजारमा त्यस्तै किसिमका हल्ला फैलिएको पनि थियो । तर अनुमान विपरित बजारमा सामान्य करेक्सन मात्र भयो । तर तिहारपछि बजार बढ्ने आशामा बसेका लगानीकर्ता र कारोवारी अहिले चकित परेका छन् ।

सबै अनुमान विपरीत बजारले उल्टो चाल चालेको छ । त्यसैले, केहीले यसलाई बजार क्र्यासको अवस्था पनि भन्न थालेका छन्, भने केहीले बियरिस । तर मेरो बुझाइमा यो सिजनल बियरिस मात्र हो । सम्भवतः अबको एक महिना बजार यस्तै न्यून विन्दुमा रहने छ र त्यसपछि पुनः आफ्नै लयमा फर्कनेछ ।

यदि बजारको विगतको चक्रलाई हेर्ने हो भने अहिले बजार बियरिस हुन नपर्ने हो र क्र्यास त झनै होइन । किनभने केही दिन अगाडिसम्म पनि बजार सूचकांक घटेपनि कारोवार रकम राम्रो थियो । लाग्छ, अहिले ठूला र संस्थागत लगानीकर्ताहरु थकाइ मार्न र दसैं अगाडि बुक गरेको मुनाफा व्यवस्थापन गर्नमा नै व्यस्त छन् भने साना तथा मध्यम वर्गका लगानीकर्ता वाध्यताले विक्री गर्ने र सस्तोमा किन्ने होडमा छन् ।
बजार अब के हुन्छ त ?

गत मंसिर २ गतेदेखि बजार असामान्य बनेको पक्कै हो र यो कता गएर स्थिर हुन्छ अनुमान गर्नै नसकिने अवस्थामा पुगको छ । अर्थतन्त्र गत वर्ष भन्दा राम्रो छ तर तरलतामा दबाब आएका कारण बैंकको ब्याजदरमा स्वभाविक वृद्धि देखिँदा सेयर बजारमा त्यसको केही नकारात्मक प्रभाव भने परेकै हो ।

यो सँगै राजनीतिक अवस्थामा आएको अन्योलताले बजारलाई थप नकारात्मक बनाउन केही सहयोग पुगेकै हो । बजारले अहिलेको बुललाई निरन्तरता दिन्छ वा साँच्चिकै बियरिस हुन्छ थाहा पाउन अझै माघसम्म कुर्नुपर्ने हुन्छ ।

यदि माघसम्म पनि नेप्से घट्ने क्रम जारी रहे बजार बियरिस उन्मुख जनाउने छ र माघको दोस्रो साताबाट विस्तारै बजार बढ्न थालेमा भने फेरि अहिलेको बुललाई केही उचाइसम्म पु¥याउने छ ।

के नेप्से १००० तल वा २००० अंक माथि जान्छ ?

अहिले बजारमा दुईथरिका लगानीकर्ता र विश्लेषक देखिएका छन् । विगतमा बजारमा त्यतिधेरै विश्लेषक नहुँदा लगानीकर्ताहरुले आफ्नै अनुभव र सूचनाको आधारमा बियरिस र बुल बजारमा कारोबार गर्दै आएका थिए । अर्को शब्दमा अन्दाज र अनुभव मुख्य औजार थिए ।

तर अहिले प्राविधिक विश्लेषणका सफ्टवेयरमा पहुँच, सचेतनामा वृद्धि, तालिममा पहुँच, सामाजिक सञ्जालको व्यापकता अनि अनलाइन मिडियाले गर्दा सूचना, विश्लेषण र मानिसको तर्क क्षमता धेरै जनासम्म पुगेको छ । यसले एकातिर लगानीकर्ताहरुलाई फाइदा भएको छ भने अर्कोतिर निराशा र आकांक्षा बढाउन पनि केही हदसम्म सघाएको छ ।

यहाँ विचारणीय कुरा के छ भने बजार अझै सामान्य हुन सकेको छैन, सूचकांकमा उतारचढाव मात्रै होइन रकम पनि निकै तलमाथि भइरहेको छ । माग र आपूर्तिको सामान्य सिद्धान्तमात्र होइन लगानीको सामान्य सिद्धान्त विपरीत बजार चल्न खोजेको जस्तो देखिन्छ ।

लगानीकर्ताको एउटा समूह निकै निराश बनेका छन् र बजार क्र्यास भयो, अब खत्तम भयो, हामी सबै जोगी हुने भयौं भन्ने त्रसित भएका छन् भने अर्को समूह बजारमा स्वभाविक करेक्सनका कारण बजार घटेको वा घटाइएको हुँदा बजारले २००० को विन्दु पार गर्नेमा विश्वस्त छन् ।

हुनतः बजार यस्तै विपरीत अपेक्षाहरुले गर्दा नै चल्ने हो तर यस्तो अपेक्षा स्वभाविक र यथार्थपरक हुनुपर्दछ, अन्यथा यसले मानसिक तनावबाहेक केही दिँदैन । मेरो विचारमा अहिलेको बजार विगतको भन्दा निकै कुराले भिन्न छ ।
  • अहिले व्यक्तिगत लगानीकर्तासँगै बजारमा संस्थागत लगानीकर्ताका रुपमा धेरैवटा म्युचुअल फन्ड कम्पनीहरु छन्, जसले बजारलाई १००० अंक भन्दा तल जानबाट रोक्नेछ । यस्तै, बजार निकै फराकिलो भएको छ । 
  • कारोवार सहज भएको छ र धितोपत्र बोर्डले तारिफयोग्य सुधारका कामहरु पनि अगाडि बढाइरहेको छ । लगानीकर्ताहरु निकै सचेत भएका छन् भने ऋणमा पहुँच बढेको छ । यस्ता कारणहरुबाट पनि बजार विगतमा जस्तो ३०० मा पुग्ने वा अहिले भनिए जस्तो १००० मुनि जाने सम्भावना कम रहेको छ । 
  • त्यसोभए बजार २००० अंक माथि पुग्छ त ? होइन हाम्रो अर्थतन्त्र, विगतको तुलनामा बजारमा निकै धेरै सेयर आपूर्ति हुनु, बढ्दो ब्याजदर, बजार चक्रको मध्य अवस्थालगायतले गर्दा अब निकै बढेर २००० पार गर्न केही समय लाग्न सक्छ । यो त्यति सहज छैन । 

त्यसो भए अब के गर्ने त ? 
  • सकिन्छ, माघ–फागुनसम्म कुर्नुहोस् र बजारको वास्तविक गतिलाई पछ्याउने प्रयास गर्नुहोस् । यस कुराइका दौरान नाफासँगै सम्भावित घाटाको लागि पनि मानसिक रुपमा तयार रहनुस् । 
  • सेयर बजारमा आफ्नो लगानी वा कारोवार बारेमा स्पष्ट हुनुहोस् । लगानीकर्ता बन्ने सोच भएमा बजार जति घटेपनि चिन्ता लिन छोडनुस् र लगानी जुटाउन सके थप सेयर खरिद गरी औसत लागत घटाउनुहोस् । कारोवारी भएर तत्काल मुनाफा खोजेको हो भने केही नाफा भएका, तुलनात्मक रुपमा कम घाटा भएका कम्पनी बेचेर धेरै घाटा भएका कम्पनीहरुको सेयरको औसत लागत घटाउनुहोस् । 
  • बैंकहरुबाट ऋण लिइराख्नु भएको छ भने थप सेयर दिएर वा ऋण रकम घटाएर सम्भावित मार्जिन कललाई व्यवस्थापन गर्नुहोस् । 
  • आफूसँग लगानीयोग्य रकम छ भने सानोसानो परिणाममा राम्रा कम्पनीका सेयर किन्न नछोड्नुस् । 
  • बढी जोखिमपूर्ण सेयरमा केही घाटा बुक गरेर भएपनि कम जोखिमपूर्ण सेयरमा सिफ्ट हुनुहोस् । 
  • कारोबारी हुनुहुन्छ भने विस्तारै लगानीकर्ता बन्ने प्रयास गर्नुहोस् । 
  • लगानी गर्दा थप विश्लेषण गरी सम्भावित नाफाघाटालाई आत्मसात गर्न तयार भएर लगानी गर्नुहोस् । 
  • लगानी गर्दा छोटो अवधि होइन, दीर्घकालीन मुनाफालाई ध्यानदिनुस् । अझ सेयरमा गरिने लगानीको वास्तविक प्रतिफल प्राप्त गर्न अन्य व्यवसायको तुलनामा निकै धैर्य र समय लाग्दछ । किनभने व्यवसायमा प्रत्यक्ष संलग्न लगानीकर्ता र व्यवस्थापनसँगै अर्थतन्त्रको गतिमा यसको निर्भरता रहन्छ । 
  • विगत वर्षहरुमा केही कारोबारीहरुले छोटो अवधिमा राम्रो मुनाफा आर्जन गर्नुभयो होला । सोही आधारमा सेयर भनेको छोटो अवधिमा धेरै कमाइ गर्ने ठाउँ हो भनेर मात्र नबुझ्नुस् । 
  • लगानी होस् वा कारोबार न्यायोचित प्रतिफलको अपेक्षा गर्नुहोस् । कसैले प्राप्त गरेको मुनाफा भन्दा लगानीमा आफ्नो अपेक्षा र बजारको सम्भावनालाई ध्यान दिनुहोस् । प्रत्यक्ष सहभागी व्यवसायमा १५–२० प्रतिशत मुनाफा अनि सेयरबजारमा १०० प्रतिशत मुनाफा न्यायोचित नहोला की ?
Published on Nepali Paisa online on 16 Dec 2016, http://nepalipaisa.com/NewsDetail.aspx///id/15316

Friday, December 16, 2016

दिलीप मुनकर्मी सोध्छन्–तपाईं लगानीकर्ता कि कारोबारी ? यस्ता छन् उनका १० लगानी टिप्स

काठमाडौं : अहिले सेयर बजार घट्दोक्रममा रहेको छ । यति बेला धेरैको बुझाइमा बजार बियरिस हो की भन्ने आशंका पनि बढ्न थालेको छ । १८८१ पुगेको नेप्से १५०० मुनिसम्म पुग्नु के करेक्सन मात्रै हो त ? धेरैको अनुमान विपरित नेप्सेमा देखिएको यो करेक्सनले शेयर बजारलाई साँच्चिकै अनुमान गर्न नसकिने बजारको रुपमा परिभाषित गरेको छ । त्यसो भए अहिलेको अवस्था के हो अनि अब के गर्ने ? सबै लगानीकर्ता र कारोवारीको मनमा यही प्रश्न उब्जेको छ । अरु लगानीकर्ता जस्तै म पनि सोचनीय अवस्थामा छु र यो वास्तवमा साइक्लिक बियरिस हो वा सिजनल बियरिस ठम्याउन सकेको छैन । 

विगत वर्षहरुमा पनि केही समय बजारले न्यून विन्दु कायम गर्दथ्यो । केही वर्ष अगाडिसम्म फागुन–चैतलाई सेयरको अफ सिजन मानिन्थ्यो र त्यसबेला निकै कममात्र कारोवार हुन्थ्यो । गत वर्ष पनि भदौतिर बजार न्यून विन्दुतिर ओर्लिएको थियो । यो वर्ष दर्शैं अगाडि बजार तल झर्ने धेरैले अनुमान गरेका थिए र बजारमा त्यस्तै किसिमका हल्ला फैलिएको पनि थियो । तर अनुमान विपरित बजारमा सामान्य करेक्सन मात्र भयो । तर तिहारपछि बजार बढ्ने आशामा बसेका लगानीकर्ता र कारोवारी अहिले चकित परेका छन् । सबै अनुमान विपरीत बजारले उल्टो चाल चालेको छ । त्यसैले, केहीले यसलाई बजार क्र्यासको अवस्था पनि भन्न थालेका छन्, भने केहीले बियरिस । तर मेरो बुझाइमा यो सिजनल बियरिस मात्र हो । सम्भवतः अबको एक महिना बजार यस्तै न्यून विन्दुमा रहने छ र त्यसपछि पुनः आफ्नै लयमा फर्कनेछ । यदि बजारको विगतको चक्रलाई हेर्ने हो भने अहिले बजार बियरिस हुन नपर्ने हो र क्र्यास त झनै होइन । किनभने केही दिन अगाडिसम्म पनि बजार सूचकांक घटेपनि कारोवार रकम राम्रो थियो । लाग्छ, अहिले ठूला र संस्थागत लगानीकर्ताहरु थकाइ मार्न र दसैं अगाडि बुक गरेको मुनाफा व्यवस्थापन गर्नमा नै व्यस्त छन् भने साना तथा मध्यम वर्गका लगानीकर्ता वाध्यताले विक्री गर्ने र सस्तोमा किन्ने होडमा छन् ।

बजार अब के हुन्छ त ?

गत मंसिर २ गतेदेखि बजार असामान्य बनेको पक्कै हो र यो कता गएर स्थिर हुन्छ अनुमान गर्नै नसकिने अवस्थामा पुगको छ । अर्थतन्त्र गत वर्ष भन्दा राम्रो छ तर तरलतामा दबाब आएका कारण बैंकको ब्याजदरमा स्वभाविक वृद्धि देखिँदा सेयर बजारमा त्यसको केही नकारात्मक प्रभाव भने परेकै हो । यो सँगै राजनीतिक अवस्थामा आएको अन्योलताले बजारलाई थप नकारात्मक बनाउन केही सहयोग पुगेकै हो । बजारले अहिलेको बुललाई निरन्तरता दिन्छ वा साँच्चिकै बियरिस हुन्छ थाहा पाउन अझै माघसम्म कुर्नुपर्ने हुन्छ । यदि माघसम्म पनि नेप्से घट्ने क्रम जारी रहे बजार बियरिस उन्मुख जनाउने छ र माघको दोस्रो साताबाट विस्तारै बजार बढ्न थालेमा भने फेरि अहिलेको बुललाई केही उचाइसम्म पु¥याउने छ ।

के नेप्से १००० तल वा २००० अंक माथि जान्छ ?

अहिले बजारमा दुईथरिका लगानीकर्ता र विश्लेषक देखिएका छन् । विगतमा बजारमा त्यतिधेरै विश्लेषक नहुँदा लगानीकर्ताहरुले आफ्नै अनुभव र सूचनाको आधारमा बियरिस र बुल बजारमा कारोबार गर्दै आएका थिए । अर्को शब्दमा अन्दाज र अनुभव मुख्य औजार थिए । तर अहिले प्राविधिक विश्लेषणका सफ्टवेयरमा पहुँच, सचेतनामा वृद्धि, तालिममा पहुँच, सामाजिक सञ्जालको व्यापकता अनि अनलाइन मिडियाले गर्दा सूचना, विश्लेषण र मानिसको तर्क क्षमता धेरै जनासम्म पुगेको छ । यसले एकातिर लगानीकर्ताहरुलाई फाइदा भएको छ भने अर्कोतिर निराशा र आकांक्षा बढाउन पनि केही हदसम्म सघाएको छ । यहाँ विचारणीय कुरा के छ भने बजार अझै सामान्य हुन सकेको छैन, सूचकांकमा उतारचढाव मात्रै होइन रकम पनि निकै तलमाथि भइरहेको छ । माग र आपूर्तिको सामान्य सिद्धान्तमात्र होइन लगानीको सामान्य सिद्धान्त विपरीत बजार चल्न खोजेको जस्तो देखिन्छ ।

लगानीकर्ताको एउटा समूह निकै निराश बनेका छन् र बजार क्र्यास भयो, अब खत्तम भयो, हामी सबै जोगी हुने भयौं भन्ने त्रसित भएका छन् भने अर्को समूह बजारमा स्वभाविक करेक्सनका कारण बजार घटेको वा घटाइएको हुँदा बजारले २००० को विन्दु पार गर्नेमा विश्वस्त छन् । हुनतः बजार यस्तै विपरीत अपेक्षाहरुले गर्दा नै चल्ने हो तर यस्तो अपेक्षा स्वभाविक र यथार्थपरक हुनुपर्दछ, अन्यथा यसले मानसिक तनावबाहेक केही दिँदैन । मेरो विचारमा अहिलेको बजार विगतको भन्दा निकै कुराले भिन्न छ ।

अहिले व्यक्तिगत लगानीकर्तासँगै बजारमा संस्थागत लगानीकर्ताका रुपमा धेरैवटा म्युचुअल फन्ड कम्पनीहरु छन्, जसले बजारलाई १००० अंक भन्दा तल जानबाट रोक्नेछ । यस्तै, बजार निकै फराकिलो भएको छ । कारोवार सहज भएको छ र धितोपत्र बोर्डले तारिफयोग्य सुधारका कामहरु पनि अगाडि बढाइरहेको छ । लगानीकर्ताहरु निकै सचेत भएका छन् भने ऋणमा पहुँच बढेको छ । यस्ता कारणहरुबाट पनि बजार विगतमा जस्तो ३०० मा पुग्ने वा अहिले भनिए जस्तो १००० मुनि जाने सम्भावना कम रहेको छ । त्यसोभए बजार २००० अंक माथि पुग्छ त ? होइन हाम्रो अर्थतन्त्र, विगतको तुलनामा बजारमा निकै धेरै सेयर आपूर्ति हुनु, बढ्दो ब्याजदर, बजार चक्रको मध्य अवस्थालगायतले गर्दा अब निकै बढेर २००० पार गर्न केही समय लाग्न सक्छ । यो त्यति सहज छैन ।

त्यसो भए अब के गर्ने त ?

१. सकिन्छ, माघ–फागुनसम्म कुर्नुहोस् र बजारको वास्तविक गतिलाई पछ्याउने प्रयास गर्नुहोस् । यस कुराइका दौरान नाफासँगै सम्भावित घाटाको लागि पनि मानसिक रुपमा तयार रहनुस् ।

२. सेयर बजारमा आफ्नो लगानी वा कारोवार बारेमा स्पष्ट हुनुहोस् । लगानीकर्ता बन्ने सोच भएमा बजार जति घटेपनि चिन्ता लिन छोडनुस् र लगानी जुटाउन सके थप सेयर खरिद गरी औसत लागत घटाउनुहोस् । कारोवारी भएर तत्काल मुनाफा खोजेको हो भने केही नाफा भएका, तुलनात्मक रुपमा कम घाटा भएका कम्पनी बेचेर धेरै घाटा भएका कम्पनीहरुको सेयरको औसत लागत घटाउनुहोस् ।

३. बैंकहरुबाट ऋण लिइराख्नु भएको छ भने थप सेयर दिएर वा ऋण रकम घटाएर सम्भावित मार्जिन कललाई व्यवस्थापन गर्नुहोस् ।

४. आफूसँग लगानीयोग्य रकम छ भने सानोसानो परिणाममा राम्रा कम्पनीका सेयर किन्न नछोड्नुस् ।

५. बढी जोखिमपूर्ण सेयरमा केही घाटा बुक गरेर भएपनि कम जोखिमपूर्ण सेयरमा सिफ्ट हुनुहोस् ।

६. कारोबारी हुनुहुन्छ भने विस्तारै लगानीकर्ता बन्ने प्रयास गर्नुहोस् ।

७. लगानी गर्दा थप विश्लेषण गरी सम्भावित नाफाघाटालाई आत्मसात गर्न तयार भएर लगानी गर्नुहोस् ।

८. लगानी गर्दा छोटो अवधि होइन, दीर्घकालीन मुनाफालाई ध्यानदिनुस् । अझ सेयरमा गरिने लगानीको वास्तविक प्रतिफल प्राप्त गर्न अन्य व्यवसायको तुलनामा निकै धैर्य र समय लाग्दछ । किनभने व्यवसायमा प्रत्यक्ष संलग्न लगानीकर्ता र व्यवस्थापनसँगै अर्थतन्त्रको गतिमा यसको निर्भरता रहन्छ ।

९. विगत वर्षहरुमा केही कारोबारीहरुले छोटो अवधिमा राम्रो मुनाफा आर्जन गर्नुभयो होला । सोही आधारमा सेयर भनेको छोटो अवधिमा धेरै कमाइ गर्ने ठाउँ हो भनेर मात्र नबुझ्नुस् ।

१०. लगानी होस् वा कारोबार न्यायोचित प्रतिफलको अपेक्षा गर्नुहोस् । कसैले प्राप्त गरेको मुनाफा भन्दा लगानीमा आफ्नो अपेक्षा र बजारको सम्भावनालाई ध्यान दिनुहोस् । प्रत्यक्ष सहभागी व्यवसायमा १५–२० प्रतिशत मुनाफा अनि सेयरबजारमा १०० प्रतिशत मुनाफा न्यायोचित नहोला की ?

Published on Nepali Paisa online on 16 Dec 2016, http://nepalipaisa.com/NewsDetail.aspx///id/15316

Friday, December 2, 2016

म्युचुअल फण्डलाई लगानीकर्ताको चेतावनी : हामी लाख गुमाएर जाऔंला तपाईहरुले पनि करोडौं गुमाउनु पर्ला नि ?

नेपालको शेयरबजारको विकास तथा विस्तारमा यहाँहरुको अहम् भुमिका रहेको कुरा सर्वविदितै छ । यहाँहरुकै लगानी र कारोवारले बजार चलायमान हुने र बजारको स्तर विकासमा सहयोगी बन्दै आएको छ । हुनतः म्युचुअल फण्डको व्यवहारिक उपस्थिति सिद्धार्थ ग्रोथ इन्भेष्टमेन्ट फण्डपछि भएको हो । त्यसभन्दा अगाडि ठूलो कोषको व्यवस्थापन गर्न सक्ने केही ठूला व्यक्तिगत लगानीकर्ताहरुले बजारमा शेयरको माग र आपूर्ति व्यवस्थापनमा सहयोग पुर्याइरहेका थिए ।

तर वर्तमान परिपेक्षमा ग्रामीण जनताको समेत पुँजी बजारमा सहभागिता हुन थालेपछि बजारले थप उचाइ पाउन थालेकोमा अब दुईमत रहेन । बजारमा संस्थागत , ठूला लगानीकर्ता र साना लगानीकर्ता कति कति छन् त्यसको ठ्याक्कै तथ्यांक छैन् । तर विगतको अनुपातमा परिवर्तन भएर अहिले सम्भवत संख्याको आधारमा बराबर अनुपात कायम भएको पो छ की ? भन्ने अनुमान गर्न सकिन्छ । यसको प्रभाव हालैको बजारले स्पष्ट देखाउँछ । बजारमा विगतको जस्तो माग वा आपूर्ति कुनै एक पक्ष हावी हुने अवस्थाको अन्त्य भएर माग र आपूर्तिमा सन्तुलन आएको हो की भन्ने अवस्था पनि देखिएको छ । बजारको लागि यो सुखद खबर पनि हो ।

यति हुँदाहुँदै पनि हालको अवस्थामा देखिएको बजारको उतारचढावले यसको सहजतामा भने केही प्रश्न उठेको छ । विशेषगरी २०७३ मंसिर २ र ३ गतेको बजार उतारचढावमा जुन परिदृष्य देखियो त्यसले विशेषतः म्युचुअल फण्ड र ठूला लगानीकर्ताहरु प्रति बजारका आम लगानीकर्ताहरुको आशंका जन्माएको छ । यसको मूलकारण सामान्य रुपमा घटिरहेको बजारमा एकैपटक ठूलो विन्दु्मा बजार तलमाथि हुनु र त्यसमा पनि सिमित दलाल मार्फत ठूलो संख्यामा शेयरको विक्रि हुँदा बजार प्रतिको आशंकामा मलजल पुगेको हो ।

मंसिर २ र ३ गतेको उतारचढावले निम्त्याएको छालले धेरै साना लगानीकर्ताहरुले सम्हालिनै नसकिने अवस्था आयो । परिणामस्वरुप त्यसपछिको कारोवार दिनहरुमा बजार यति अस्थिर र अस्वभाविक देखियो कि एकैदिनमा १ सय विन्दुसम्मको बजार उतारचढाव देखियो । कुनै दिन ३–४ प्रतिशतले घटेको बजार क्षणमा नै १ प्रतिशतभन्दा बढी विन्दुले बढेको पनि देखियो । कतिपयको भनाइमा बजारको यस्तो उतारचढाव सामान्य हो र यसले खरिदको अवसरको सिर्जना गरेको हुन्छ । तर यहाँ खट्किएको कुरा नै हाम्रो जस्तो सानो बजारमा यस्तो ठूलो छालहरुको सिर्जना हुनु कतिको स्वभाविक र स्वीकार्य हो ? अनि यस्तो अवस्थामा म्युचुअल फण्डहरुको भूमिका के हुने भन्ने रह्यो ।

अझ कतिसम्म भने प्रारम्भिक उतारचढाव वा बजारमा अस्थिरता सिर्जनाको शुरुवात नै कुनै म्युचुअल फण्डको कारण भएको आशंकाले उनीहरुको भुमिकालाई लिएर अनेक टिकाटिप्पणी भए । अर्कोतिर बजारको अस्वभाविक र असामान्य उतारचढाव नियन्त्रणमा म्युचुअल फण्डहरु मुकदर्शक भएर ताली पिटेर बसेको देखिँदा बजार प्रति उनीहरुको भुमिकामा प्रश्न खडा गरेको छ । हो, साना लगानीकर्ताहरुले आफ्नो बलबुताले भ्याएसम्म बजारमा खरिद गरेर होस वा समस्या पर्दासमेत विक्री नगरेर बजारलाई स्थिर बनाउन भूमिका निभाए । आम लगानीकर्ताहरुको बुझाइमा म्युचुअल फण्डहरुले अलिकति मात्रै पनि सहयोगी भूमिका निभाएको भए बजार यति धेरै उतारचढावपूर्ण र अस्थिर हुने थिएन ।

बजारको चलायमानका लागि साना, ठूला वा संस्थागत सबै लगानीकर्ताहरुको उत्तिकै भूमिका र दायित्व हुने भएता पनि बजारको विकास र विस्तारमा म्युचुअल फण्डको सकारात्मक भूमिका र दायित्वलाई ध्यानदिएर सरकारले समेत उनीहरुलाई विशेष सुविधाहरुको व्यवस्था गरेको हो । कुनैपनि कम्पनीको सार्वजनिक निष्कासनमा निश्चित प्रतिशत आरक्षणको साथै पुँजिगत लाभकरमा समेत छुट दिएर बजारमा म्युचुअल फण्डको उपस्थितिलाई सहज बनाइएको छ । यस्तो सुविधा सानासाना पुँजी जम्मा गरेर बजारमा परिचालन गर्न मात्र होइन, बजारमा संस्थागत लगानीकर्ताको उपस्थितिलाई बलियो बनाएर मार्केट मेकरको केही भूमिका निर्वाह गरोस् भन्ने मनशाय समेत रहेको छ ।

बजारमा केही अन्य संस्थागत लगानीकर्ता पनि छन् तर उनीहरुलाई म्युचुअल फण्डहरुलाई जस्तो आरक्षण र करछुटको सुविधा दिइएको छैन, त्यसकारण पनि सरकार र आमलगानीकर्ताले बजारमा म्युचुअल फण्डहरुको सकारात्मक भूमिकाको अपेक्षा गर्न स्वभाविक रहन्छ ।

यदि बजार विस्तार र विकासको साथै त्यसलाई स्वाभाविक गतिमा चल्न विद्यमान र पाइपलाइनमा रहेका म्युचुअल फण्डहरुले सकाकारात्मक भूमिका नखेल्ने हो भने यो दुईहप्तामा सामाजिक सञ्जाल वा आमसञ्चारमा सिमित भएको लगानीकर्ताहरुको टिकाटिप्पणीले उनीहरुलाई अप्ठेरो नपार्ला भन्न सकिन्न । यसको साथै म्युचुअल फण्डहरुलाई कानुनी रुपमा प्राप्त सुविधाहरु माथि प्रश्न उठाउँदै त्यसका विरुद्ध आमआवाज बन्ने सम्भावना बलियो देखिएको छ ।
हुनतः बजारको उतारचढावले आमलगानीकर्ताहरुसँगै म्युचुअल फण्डहरुलाई पनि प्रभावित पारेको हुन्छ तर व्यक्तिगत लगानीकर्ताको तुलनामा उनीहरुको समानुकुलन क्षमता बढी रहेकोले त्यति नआत्तिएको जस्तो लागेको हो । पक्कै पनि साना लगानीकर्ताहरुले १ रुपैया गुमाउँदा ठूला र म्युचुअल फण्डहरुले त्यसको कैयौं गुणा बढी गुमाउने छन् । अनि यदि सबै साना लगानीकर्ता बजारबाट पलायन भएमा बजारको अवस्था के होला त्यो कल्पना पनि गर्न सकिदैन ।

अन्तमा, बजारलाई ‘क्र्यास’ हुनबाट यो पटक साना र आमलगानीकर्ताले जोगाएका हुन र यसले म्युचुअल फण्डहरुको समेत ठूलो नोक्सानी हुनबाट जोगिएको छ । आगामी दिनमा बजारको स्थिरता प्रदान गर्न म्युचुअल फण्डहरुले नेतृत्व लिन नसक्ने हो भने साना र आमलगानीकर्ताहरुले मात्र बजारलाई चलायमान बनाइराख्न सम्भव हुँदैन । म्युचुअल फण्डहरुले बजारमा नेतृत्व लिन नसक्ने हो भने वा कम्तिमा नकारात्मक असर पु¥याउने गतिविधि नरोक्ने हो भने बजारबाट साना लगानीकर्ताहरुको पलायन सुनिश्चित छ । हामी लाख गुमाएर जाऔंला तर म्युचुअल फण्डहरुले करोडौं गुमाउनु पर्नेछ ।

http://aarthiknews.com/2016/12/01/73091

Wednesday, November 23, 2016

बजारकाे अस्वभाविक उतारचढाव


बिहिबार र अाजकाे बजार निकै अस्वभाविक र अनपेक्षित देखियाे । पुराना साथिहरूले त पक्कै याे भन्दा असहज अवस्था पार गरिसक्नु भएकाे नै हाे । हामिले पनि एकैदिन ८० विन्दुले तल र अर्काेदिन ७० ले माथि गएकाे केही महिना भयाे । तर यसपटक निकै नांगाे तरिकाले केही म्युचुअल फण्डले बजार अाफ्नाे नियन्त्रणमा लिएकाे देखियाे । तपाईहरूलाई लाग्ला हामी बेचेर बाहिर जान्छाै वा धेरै किन्न सक्छाै हाेईन यस्ताे बजारमा न हामिले किन्न नै न बेच्न सकिन्छ । त्यैसैले पैसा छ भने किन्नुस तर अात्तिएर नबेच्नुस । बजारकाे परिघटनालाई नजिकबाट नियाल्नुस र अाफुलाई सम्हाल्नुस ।

अाजकाे बजार राम्ररी अध्ययन गर्नुस बिहान विक्री गरे बजारलाई निकै तल पुर्याए केही लगानिकर्ताहरूले अत्तालिएर बेचेकाे किने उसैले फेरि बजार २७ अंक मात्र नेगेटिभ बनायाे अनि फेरि बेचे र पछि ५० भन्दा बढिले नेगेटिभमा बन्द गरे । यसले उनिहरू अझै बजार घटाउने साेचमा छन् । तपाईसँग शेयर हुन्जेल भर्चुअल घाटा हुने हाे । यी म्युचुअल फण्डले पुसकाे अन्त्यमा त पक्कै बजार सामान्य अवस्थामा ल्याउन बाध्य हुनेछन किनकि बजारकाे अवस्था यहि रहेमा NAV निक्कै तल जानेछ । हामिलाई १-२ लाख घाटा हुँदा ठुला लगानिकर्तालाई कराेडाै घाटा हुन्छ । के सँधै यस्ताे अवस्था रहला त । त्यसमाथि बैकहरूकाे लगानिमा जाेखिम र लगानि पनि घट्छ । त्यसैले कुनै न कुनै दिन बजार अाफ्नाे लयमा अाउँछ ।

किनबेच गर्नुछ भने बजारकाे सामान्य अवस्थालाई कुर्नुस । केही नाफाघाटा हाेला । व्यापार गरेपछि सँधै नाफा मात्रै हुँदैन अनि सँधै घाटा पनि । त्यसमाथि शेयरकाे व्यापार निकै जाेखिमयुक्त छ, त्यसलाई स्विकार्नुस् ।

बाफियाकाे हल्ला र अाजकाे बजार


हिजाे अर्थ समितिबाट बाफिया पास भए पछि जे जस्ता समाचार र अडकालबाजि शुरू भयाे, सबैले अाज बजार पक्कै पनि ५ प्रतिशतकाे हाराहारी तल जाने अांकलन गरेका थिए ।

तर लगानीकर्ताहरूकाे सुझबुझ र अात्मविश्वासले बजार निकै तल जानबाट बचेकाे छ । केही दिनदेखि अस्वभाविक रूपमा चलखेल भैरहेकाे बजारमा बाफिया एउटा अर्काे अस्त्रकाे रूपमा प्रयाेग गर्ने प्रयास असफल भएकाे छ ।

यहाँ बुझ्नु पर्ने कुरा के हाे भने वास्तवमा अहिलेकाे अवस्था भनेकाे वाफिया पास भएकाे पनि हाेइन, याे त अर्थ समितिबाट मात्र पास भएकाे हाे । अनि संसदले कुन रूपमा पास गर्छ त्याे बाँकी नै छ । पहिले पनि अर्थ समितिले अर्कै रूपमा यसलाइ पास गरेर धेरैकाे विराेध पछि अर्थ मन्त्रालयले फिर्ता लिएकाे हाे । तुलनात्मक रूपमा अहिले पास भएकाे बाफिया राम्राे छ । यसकाे कार्यान्वयनले वित्तिय क्षेत्रकाे विकासमा सहयाेग नै पुग्नेछ ।

जहाँसम्म संस्थापकलाइ साधारण शेयरमा परिणत गर्ने कुरा छ, त्याे विस्तारै हुने हाे, जुन ७०ः३० बाट ५१ः४९ पनि भएकै हाे । त्यहि अनुसार हाेला । सर्वसाधारणमा परिणत नै भए पनि विद्ममान शेयरधनिले बेच्नु पनि पर्याे नि । केही अपवाद कम्पनी बाहेक याे सम्भावना निकै न्यून छ । के तपाइहरूलाइ लाग्छ, सबै शेयर सर्वसाधारण नै भएपनि इन्भेष्टमेन्ट, नविल, एभरेष्ट, माछापुच्छे, चार्टडकाे ठूला शेयरधनीले अाफ्नाे शेयर बेच्छन र ? केही साना पुराना कम्पनीका केही संस्थापकले बेच्लान । यस्ताे परिवर्तन पनि त्यति सहज नहाेला । राष्ट्र बैंकबाट पूर्व स्विकृति नभइ साधारणमा परिवर्तन नहाेला पनि ।

अहिले त अवसरवादी र माैकापरस्तहरूले धमिलाे पानीमा माछा मार्न खाेजेका हुन् । लगानीकर्ताले विश्वास गुमाएर र अात्तिएर नबेच्ने हाे भने यस्ता अवसरवादीहरूकाे केही लाग्दैन । हामी नै डरायाैं भने अरूले तर्साइ हाल्छन नी ।

हल्लाकाे पछि लाग्न छाेडेर राम्रा कम्पनीकाे शेयर किन्ने माैका नगुमाअाैं अनि किन्न सकिन्न भने घाटामा बेचेर सँधैकाे लागि घाटा बुक नगराैं । शेयर अाफ्नाे नाममा हुन्जेल, यसले कितावी घाटा मात्र हुन्छ । अहिले बेच्नु भयाे भने वास्तविक घाटा हुन्छ.
अाज पनि बजार ४३ अंकले घट्याे कारण तपाइहरूलाइ जस्तै मलाइ पनि थाहा छैन र म पनि अन्याैलमा नै छु । साँच्चै भन्ने हाे भने बजार घट्नु पर्ने त्यस्ताे कारण देखिँदैन तर घटिरहेकाे यथार्थ हाे । राम्राे कुरा अाज नेरा बैंककाे लिक्विडिटी टाइट नभएकाे र सेवाेनले म्युचुअल फण्डकाे अनुगमन गरेकाे रहेछ ।

तर यति हुँदैमा बजार माथि जाने कुरामा ढुक्क हुन गाह्राे देखियाे । तर बजार क्रास हुने हाे अहिलेकाे अवस्थामा यस्ताे सम्भावना पनि देखिँदैन ।

के गर्ने के नगर्ने भन्न गाह्राे छ, दशैं अघिसम्म शेयर किन्नेकाे हालत सबैकाे एउटै छ । त्यसैले म भने चित्त बुझाएर बसेकाे छु । घाटाकाे कुरा गर्ने हाे भने दशैं अघिकाे मूल्यमा एउटा घर गैसक्याे तर पनि म भाेलिकाे दिन सम्झेर मन सम्हालेकाे छु । मैले नबेच्दासम्म त्याे कागजी घर गएकाे हाे । 

बजारमा पहिले पनि म ट्रयापमा परेकाे थिएँ, बजारमा काराेवार गर्दा कहिले काही परिन्छ र यहि बजारमा बसेकाे हुँदा सबै शेयर बेचेर निस्कन पनि सकिदैन । नेप्से २९० पुग्दा पनि मैले बजार छाेडिन र अहिले पनि छाेडदिन । हाे, पाेर्टफाेलियाे हेर्दा दुःख र नबेचेकाेमा पछुताे लाग्छ, तर एउटा यथार्थ के हाे भने यस्ताे अवस्थामा हामीले काराेवार गर्नै कठिन हुन्छ । त्यसैले म चाही बजारकाे नियमिततामा कुर्छु अनि मात्र किनबेच गर्छु ।

छाेटेलाल सरकाे लेखले पनि मलाइ प्राेत्साहित गरेकाे छ अनि मेरै अनुभवले पनि मलाइ अहिलेसम्म यहाँ टिकिरहन सिकाएकाे छ । एउटा कुरा मैले गत वुममा सिध्दाथ बैंक १२०० भन्दा बढीमा किनेकाे थिएँ भने वियरमा २५० मा पनि त्यति गर्दा पनि मेराे अाैसत लागत ५५० हाराहारी परेकाे छ । भनेकाे बजारमा कतिसम्म तलमाथि हुन्छ अब अाफै अनुमान गर्नुस । याे अनुभवले पनि अहिले बजारकाे उतारचढाव सामान्य जस्तै लाग्न थालेकाे छ । अहिले सबैभन्दा बढि घाटा भनेकाे एउटा कम्पनीमा ३० प्रतिशतसम्म पुगेकाे छ । मैले पाँचगुणासम्म ठेगेकाे हाे । हाे, मैले किनेका कम्पनीहरू मैले विश्लेषण गरेर नै किनेकाे हाे र कागजी घाटा बाहेक प्रतिफल र अाैसत लागत लिँदै जाँदा नबेच्दा सम्म म पक्कै पनि पहिले जस्ताे पाँचगुणा घाटामा हुनेछैन ।

अहिले तपाइ हामीले बेच्नु भनेकाे बजारलाइ थप अस्वभाविक दिशामा धकेल्नु र चलखेल गर्न खाेज्नेलाइ सघाउनु मात्र हाे । यतिकाे त घाटा सह्याैं भने थप घाटा पनि थेगाैं । बजार अलि नियमित भएपछि थप ऋण खाेजेर एभरेजिङ गराैंला । नअात्तिअाैं ।

Tuesday, November 15, 2016

अब पनि सेयर कारोबारी भन्न हिचकिचाउने ? कहिले हुन्छ सेयर बजारमा व्यावसायकिता ?

Published in NepaliPaisa.com on 04 Nov 2016

काठमाडौं : पुँजी बजार अब अर्थतन्त्रको एउटा अभिन्न अंग बनिसकेको छ । 
 
सरकारका लागि राजस्व, कम्पनीहरूको लागि पुँजी संकलनको माध्यम अनि धेरैका लागि रोजगारीको माध्यम बनेको छ, यो बजार । केही वर्षअघिसम्म पनि निकै सानो आकारको हाम्रो पुँजी बजार अहिले निकै बृहत्तर र फराकिलो हुँदै गएको छ । तर अझै पनि सेयर कारोवारी र लगानीकर्ताले भने व्यावसायिक मान्यता र सामाजिक स्वीकार्यता पाउन सकेका छैनन् ।
 
स्वीकार्यताको अभावमा धेरैले सेयर लगानी र कारोवारलाई वैकल्पिक आयको रूपमा मात्र लिने गरेका छन् । करोडौं लगानी वा कारोबार गर्ने व्यक्तिले पनि सेयरबाट हुने आयलाई जीवनयापन या औपचारिक आयको रुपमा देखाउन सकिरहेका छैनन् । यही कारणले सर्वसाधारणले अर्को सानो व्यवसायलाई आफ्नो पेसाको रुपमा देखाएर त्यो भन्दा कैयौं गुणा बढी लगानी भएको सेयर व्यापारलाई चाहिँ वैकल्पिक वा एक हिसाबले भूमिगत पेसाको रुपमा मात्र लिने गरेका छन् ।
 
सेयर कारोबारीहरूले अन्य वस्तु तथा सेवा व्यापारमा जस्तै सेयर खरिदबिक्री गरेका छन् । तर व्यवहारिक रूपमा हेर्ने हो भने न त उनीहरूलाई सरकारले वा समाजले नै लगानीकर्ताको हिसाबले पूर्णरूपमा स्विकार गर्न सकेको छ । बैंक तथा वित्तीय संस्थाहरुले सेयर कारोबारीलाई समेत सेयर कर्जा प्रवाह गर्न चाहन्छन्, तर सेयरबाट आम्दानी गर्छ भनेर चाहिँ हत्तपत्त स्वीकारिहाल्दैनन् । यही भएर होला  सेयर कर्जामा आयस्रोत चाहिँ अन्य आम्दानीबाट खोजिन्छ ।

जतिसुकै लगानी गरे पनि वा सेयर व्यापारबाट आम्दानी गरे पनि उसलाई न त व्यापारी मानिन्छ, न त स्वरोजगार व्यक्ति । सरकारले सेयर कारोवारमा कर असुल्छ तर उसको आम्दानीलाई व्यावसायिक आम्दानीको रूपमा मान्यता दिँदैन । 
 
समाजले पनि सेयर बजारमा लगानी गरी मुनाफा कमाएको मन पराउँछ तर सेयर कारोबारी भएर जीवनयापन गरेको अहिलेसम्म त्यति मन पराएजस्तो बुझिंदैन । तसर्थ, यसलाई सम्मानित पेशा र व्यवसायको रूपमा स्थापित गराउनु आजको ठूलो चुनौति रहेको छ । जबसम्म यसलाई स्थापित गर्न सकिन्न तबसम्म समग्र सेयर बजारको दीगो विकास हुन कठिन हुन सक्छ । सेयर बजारलाइ सर्वस्वीकार्य पेशाको रूपमा स्थापित गराउन निम्न पक्षहरूमा ध्यान दिन जरूरी देखिन्छ । 
 
१) लगानीकर्ता र सेयर कारोबारीले निर्धक्क भएर आफ्नो जीवनयापनको माध्यम सेयर कारोवार अनि यसबाट हुने आम्दानी हो भनेर बताउने ।
 
२) आफ्नो परिचय दिँदा सेयर कारोवारी वा लगानीकर्ताको रूपमा दिने । जसरी अरूले म पश्मिना व्यापारी, गलैंचा व्यापारी भन्छ त्यस्तै हामीले पनि लगानीकर्ता र सेयर कारोवारी भन्ने ।
 
३) सरकारले सेयर कारोवारलाई आयमूलक व्यवसायको रुपमा मान्यता प्रदान गर्न सेयर व्यवसायको दर्ता, नवीकरण, आय प्रमाणीकरणको व्यवस्था गर्नुपर्दछ । जसरी उद्योग, बाणिज्य, सेवा, पर्यटन उद्योग र व्यवसायको दर्ता तथा नवीकरण गरिन्छ, त्यसैगरी सेयर कारोवार र लगानीका लागि समेत व्यवसाय दर्ता अनिवार्य गर्ने । यसको लागि धितोपत्र बोर्ड वा नेप्सेलाई व्यवसाय दर्ता र नवीकरण गर्ने निकायका रुपमा तोक्न सकिन्छ । व्यावसायिक मान्यता पाएमा सहज व्यावसायिक ऋणमा पहुँच हुनेछ ।
 
४) सेयर कारोवारमा आयकर लाग्ने वा नलाग्ने, लाग्ने भए करको दर, कर गणनाविधि, आयव्यय लेखांकन, आयप्रमाणीकरण विधि सम्बन्धी स्पष्ट कानुनी व्यवस्था गर्ने ।
 
५) नेप्से वा धितोपत्र बोर्डले वार्षिक आय प्रमाणित गरी आयलाई मान्यता दिने । नेप्सेले अहिले लिने पुँजीगत लाभकरको आधारमा सहजै आयलाई प्रमाणित गर्न सकिन्छ, तर नेप्सेले कर दाखिला भएको पत्रमा लगानीकर्ताको आय उल्लेख नगरी केवल कुल संकलित कर मात्र उल्लेख गर्छ जसले गर्दा व्यक्तिले आय प्रमाणित गर्न कठिन भइरहेको छ ।
 
६) संस्थागत लगानीलाई प्रोत्साहित गर्न हाल विद्यमान फरक पुँजीगत लाभकरलाई व्यक्तिसरह समान बनाएर सेयर बजारमा लगानी प्रवद्र्धन गर्ने ।

http://www.nepalipaisa.com/NewsDetail.aspx///id/15065

Wednesday, November 2, 2016

लाभांशमा किन हुँदैछ झुटको खेती ? नियामकले अब यतातिर पनि आँखा लगाउने बेला भयो

सूचीकृत कम्पनीहरुले यतिबेला गत आार्थिक वर्षको लाभांश घोषणा र चालू आर्थिक वर्ष २०७३÷७४ को प्रथम त्रैमासिक प्रतिवेदनहरू धमाधम प्रकाशन गरिरहेका छन् । यही सेरोफेरोमा केही त बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशन गरेका विवरण र घोषणा गरेको लाभांशले आमलगानीकर्तालाई केही हदसम्म भ्रमित पारेको देखिन्छ  

बोनस तथा हकप्रद सेयरको पुँजीकरणमा यसपटकदेखि अपनाइएको नयाँ व्यवस्थालाई कतिपय सूचीकृत कम्पनीलले अनुसरण नगर्दा समस्या आएको हो । कुनै आर्थिक वर्षमा हकप्रद जारी गरेपछि नेप्सेमा सूचिकृत नभएपनि त्यस्तो हकप्रद सेयरमा समेत बोनस दिनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, केही बैंकले कम्पनीको लेखांकन नीतिमा परिवर्तनले गर्दा समेत प्रकासित विवरणमा द्विविधा उत्पन्न भएको छ । यसलाई अझ स्पष्ट रुपमा बुझ्न यस्तो फरक आउने निम्न अवस्थाहरुलाई केलाउनुपर्ने हुन्छ । कम्पनी र नियामकले पनि नीति अनुसरण गर्न अनि गराउर्नैपर्ने हुन्छ ।

(१) बोनस तथा हकप्रद सेयर पूँजीकरणमा गरिएको नयाँ व्यवस्था 

विगत आर्थिक वर्षहरुमा कुनै कम्पनीले हकप्रद सयर जारी गरी रकम संकलन गरे पश्चात् बोनस घोषण गरे पनि उक्त हकप्रद सेयर नेप्सेमा सूचिकृत भएर कारोबार सुरु नभएसम्म त्यस हकप्रद सेयरमा घोषित बोनस दिनुपर्दैनथ्यो । तर यो आर्थिक वर्षदेखि हकप्रद जारी गरी रकम संकलन गरिसकेपछि कम्पनीहरूले बोनस घोषणा गरेमा सो हकप्रद सयर नेप्सेमा सूचिकृत नभएको भए पनि अनिवार्यरूपमा घोषित बोनस सेयर दिनैपर्ने हुन्छ । हकप्रदको रकम संकलन भएपछि त्यसलाई पनि अनिवार्य पूँजीकृत गर्नुपर्ने वर्तमान प्रचलनले बोनस घोषणा अगाडि जारी भएको हकप्रदमा बोनस पाइन्छ की पाइदैन भन्ने विगतको अन्योल स्वतः हटेको छ । तर यसले कम्पनीको वास्तविक बोनस क्षमतामा कमी ल्याइदिएको छ । उदाहरणको लागि कुनै आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी २५ रूपैयाँ रहेको छ अनि सम्बद्ध कम्पनीको बोनस वितरण क्षमता २० प्रतिसत देखिन्छ ।

तर त्यस कम्पनीले साउनमा २५ प्रतिशत हकप्रद पनि जारी गर्याे र हकप्रद नेप्सेमा सूचिकृत गर्नुभन्दा पहिले नै मानौं, भदौमा बोनस सेयर घोषणा गर्याे भने यस्तो अवस्थामा विगत वर्षहरूको र अहिलेको नयाँ प्रावधानले यस्तो फरक असर देखिने छ । पुरानो नीति अनुसार कम्पनीले हकप्रद सूचीकृत नगरिसकेको अवस्थामा २० प्रतिशत नै लाभांश वितरण गर्न सक्थ्यो, तर अहिलेको नयाँ प्रावधान अनुसार हकप्रद सूचीकत नभएता पनि हकप्रदको रकम संकलन गरिसकेको अवस्थामा उक्त हकप्रद सेयरमा पनि बोनस दिनुपर्ने कारण कम्पनीको बोनस वितरण क्षमता यसमा १६ प्रतिशत मात्र रहन्छ । यस वर्ष सिटिजन्स इन्टरनेसन बैंक र सानिमा बैंकले नयाँ प्रावधानलाई कार्यान्वयनमा ल्याइसकेका छन् । कतिपय बैंक तथा वित्तीय संस्थाले नयाँ प्रावधान कार्यान्वयन गरिसकेको अवस्थामा केही दिनअघिमात्र बोनस सेयर घोषणा गरेको प्राइम कमर्सियल बैंकले यो प्रावधानलाई बेवास्ता गरी बोनस सेयर २३ प्रतिशत घोषणा गरेको छ । हुनतः उसले हकप्रदमा बोनस दिनुपर्दा बोनसदर घट्न सक्ने टिप्पणी गरेको छ ।

कम्पनीलाई हकप्रदमा समेत बोनस दिनुपर्छ भन्ने यथार्थ जानकारी हुँदाहुँदै हकप्रदलाई पूँजीकृत नगरी विद्यमान सेयरलाई मात्र ध्यान दिएर बोनसदर घोषणा गरेको छ । नयाँ प्रावधान अनुसार प्राइमको वास्तविक बोनस सेयर हकप्रदलाई समेत पूँजीकृत गर्दा बैंकले घोषणा गरेको २३÷१.३३३३ प्रतिशतबाट घटेर १७.२५ प्रतिसत हाराहारी मात्रै हुन्छ । प्राइमले १७.२५ प्रतिसतमात्र बोनस सेयर दिन सक्ने वास्तविकतालाई भ्रमित हुनेगरी २३ प्रतिशत घोषणा गरेर टिप्पणीमा मात्र सर्वसाधारण लगानीकर्ताले बुझ्न नसक्ने गरी बोनसदर घट्न सक्ने उल्लेख गर्नु आम लगानीकर्ताप्रति कम्पनीको लापरवाही हो ।

धेरै लगानीकर्ताले प्राइमको बोनसदर २३ प्रतिशत बुझेका छन् । उसले नेप्सेमा पठाएको सूचनाको अन्तिम लाइनमा लेखिएको टिप्पणीलाई मनन् गरेका छैनन् अनि गर्न पर्न सक्दैनन् धेरैले । प्राइमले कम्पनीको साख बढाउन वा राम्रो बोनसदरको प्रचार गर्ने जुन प्रयास गरेको छ, त्यसले क्षणिक फाइदाजस्तो देखि पनि कम्पनीले गलत वा भ्रमित पार्ने प्रयास गरेको यथार्थ सर्वसाधरण लगानीकर्ताले थाहा पाउँदा उसको विश्वसनीयतमा कतिसम्म नकारात्मक असर पुग्न सक्छ, त्यो कम्पनीले पनि विचार गर्नु जरुरी छ ।

यस्तै किमिसको बेइमानी मुक्तिनाथ विकास बैंकले पनि गरेको छ । आर्थिक वर्ष २०७३÷७४ को प्रथम त्रैमासिकको वित्तीय विवरण प्रकाशित गर्दासमेत कम्पनीहरुले हकप्रदलाई पूँजीकृत नगरी बढी प्रतिशेयर आम्दानी देखाउने प्रयास गरेको छन् । यस्ता कम्पनीहरुले आफू राम्रो हुने चक्करमा लगानीकर्ताहरुमा गरेको यो एकप्रकारको खेलबाढ नै हो । 

(२) हकप्रद र बोनस सेयरको लेखांकन नीतिमा गरिएको परिवर्तन 

गत आर्थिक वर्षको अन्तिम चौमासिक विवरण प्रकासित गर्दा केही बैंकले प्रतिसेयर आम्दानीमा सामान्य तरिकाले निकाल्दा आउने भन्दा बढी प्रतिसेयर आम्दानी देखाए । यस्तोमा उनीहरुले लेखांकन नीतिमा गरिएको परिवर्तनलाई उल्लेख गरेका थिए । विगतमा खुद मुनाफालाई चुक्ता पुँजीले भाग गरेर लगानीकर्ताहरुले प्रतिसेयर आम्दानी निकाल्न सक्थे र सोही अनुसारको प्रतिसेयर आम्दानी प्रकाशित हुन्थ्यो । तर नयाँ नीति अंगालेको भन्दै कम्पनीहरुले फरक प्रतिसेयर आम्दानी देखाए । वास्तवमा नयाँ लेखांकन नीति एनएफआरएस (नेपाल फाइनान्सीयल रिपोर्टिङ सिस्टम) र आइएफआरएस (इन्टरनेसनलफाइनान्सियल रिपोर्टिङ सिस्टम) ले प्रयोगमा ल्याएको पुँजीलाई मात्र मुनाफा गणना मान्यता दिन्छ । 

यसरी फरक लेखांकन नीतिले प्रकाशित गरेको प्रतिसेयर आम्दानी सामान्य नीतिमा भन्दा १५–२० प्रतिशतले बढी देखिएको थियो । तर वास्तवमा सोहीअनुसार लाभांश वितरण क्षमता भने हुँदो रहेनछ । उदाहरणको लागि सिटिजन्स बैंक इन्टरनेसनल र एनआइसी एसिया बैंकले प्रकाशित गरेको प्रतिसेयर आम्दानीकै कुरा गरौं ।

एनआइसी एसियाले प्रकाशित गरेअनुसार प्रतिसेयर आम्दानी २८ रुपैयाँ हाराहारी देखाएको थियो तर सामान्य सूत्र अनुसार उसको प्रतिसेयर आम्दानी वास्तविकरूपमा करिब २३ रूपैयाँमात्र देखिन्थ्यो । आमलगानीकर्ताको व्यापक टिक्काटिप्पणीपछि सिटिजन्स बैंकले थप प्रष्टीकरण प्रकासित गरेको थियो भने एनआइसी एसियाले मौखिक जवाफ मात्र दिएको थियो । 

निचोडमा के भन्न सकिन्छ भने आमलगानीकर्ताले कम्पनीको बारेमा थाहा पाउने माध्यम उक्त कम्पनीले प्रकाशित गर्ने चौमासिक विवरण नै हुने हुँदा यो वा त्यो बहानामा टिक्काटिप्पणी र बुँदा जोडेर विवरण प्रकाशित वित्तीय अनि सोही अनुसार बोनस सेयर घोषणा गरिँदा धेरै लगानीकर्ता फस्ने सम्भावना रहन्छ ।

अझ हाम्रो जस्तो निकै कम चेतना र वित्तीय साक्षरता अभाव भएको मुलुक, जहाँ लगानीकर्ताले वित्तीय विवरणसमेत विश्लेषण गर्न सक्दैनन् । यस्तो अवस्थामा लगानीकर्ताहरू सहजै दिग्भ्रमित हुने सम्भावना रहन्छ ।

यस्तो अन्यौल चिर्न पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले अविलम्ब सूचीकृत कम्पनीहरुलाई यथार्थ र वास्तविक विवरणमात्र प्रकाशित गर्न निर्देशन दिन जरुरी देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाको हकमा नियामक नेपाल राष्ट्र बैंक पनि उत्तिकै जिम्मेवार हुनुपर्छ । अन्यथा, सेयर बजारप्रति नै सर्वसाधराण लगानीकर्ताको विश्वास घट्न जान्छ । बजारमाा झन् जोखिम बढ्ने खतरा हुन्छ ।

Published on NepaliPaisa on 28 Oct 2016, http://nepalipaisa.com/NewsDetail.aspx///id/15045

Sunday, October 16, 2016

शेयरमा लगानीका बाटाहरू

शेयरबजारकाे दायरा फराकिलाे हुँदै नागरिकमा शेयर र धिताेपत्र सम्बन्धी जिज्ञासा र चेतना बढेसँगै शेयर सम्पत्तिमा माेह पनि जागेकाे छ । सरकारले जलविदुत र उद्याेगमा स्थानीयलाइ अारक्षित शेयरले कतिपयले बुझेर र नबुझेरै पनि शेयरमा लगानी र किनबेच गर्न अग्रसर भएका छन् । यस्तै शेयरमा लगानी र काराेवारमा प्रविधिकाे उपयाेगसँगैकाे सहजताले बजार विस्तार हुँदै नयाँनयाँ लगानीकर्ता र काराेवारीकाे प्रवेश बढ्दाे छ । कतिपय भने लगानी र काराेवारकाे अाधारभूत ज्ञानका कमीले चाहेर पनि शेयरमा लगानी गर्न सकेका छैनन् ।  धिताेपत्र वा पूँजीबजारमा प्रवेश विन्दुहरूकाे चर्चा तल गरिएकाे छ । ध्यान दिनुपर्ने कुरा चाहिँ लगानीसँगै प्रतिलफ मात्र हाेइन, कम्पनीकाे व्यवासायिक क्षमता, व्यवस्थापन, मुनाफा र प्रतिफलसँगै जाेखिम पनि जाेडिन्छ भने दाेस्राे बजारमा मूल्यान्तरकाे खेलले मूल्यगत जाेखिम अत्यधिक रहन्छ । त्यसैले शेयर बजार साधुकाे अखडा हाेइन भन्ने मान्यता नै रहन्छ ।

१) प्राथमिक निस्कासन

कम्पनीले सिधै इच्छुक लगानीकर्ताकाे लागि क) अंकित मूल्य, ख) प्रिमियम सहित ताेकिएकाे मूल्य, र ग) बुक बिल्डिङबाट शेयर निष्कासन गर्ने यस विधिमा सबैले एकै मूल्यमा शेयर प्राप्त गर्दछन् । यसमा मूल्यगत विभेद र मूल्यान्तरकाे खेल तथा कमिसन नहुने हुँदा शेयर खरिदकाे लागि याे सबैभन्दा नाफामुलक र सहज उपाय हाे । तर बैंक, फाइनान्स, विकास बैंककाे शेयर प्राथमिक बजारमा पाइदैन । यस्तै लगानीकर्ताहरूकाे अत्यधिक माग हुने हुँदा यसमा अाफुले माग गरेकाे भन्दा निकै कम परिमाणमा मात्र शेयर पाइन्छ । जस्ताे १००० कित्ता माग गर्दा १० कित्ता पाउन पनि मुस्किल भएकाे अवस्था हामीले भाेगेका छाैं । कतिपय निष्काशनमा १० किता समेत चिठ्ठामा निर्भर हुने अवस्था छ । अनि १०० रूपैयाँ भनेपनि ब्याज र अन्य लागत (अाश्वा शुल्क, डिपी, मेराे शेयर, अनलाइन बैंकिग) ले गर्दा त्यसकाे वास्तविक लागत बढी नै पर्दछ ।  प्राथमिक बजारमा शेयर खरिदका लागि समेत हाल डिम्याट खाता मेराे शेयर, सिअाश्वा, बैंक खाता र अनलाइन बैंकिग सुविधा अावश्यक हुन्छ । थप जानकारी धितोपत्र किनबेच कहाँ र कसरी ? लेखमा ।

२) दाेस्राे बजार

सबै लगानीकर्ताले प्राथमिक निष्कासनमा सीधै र चाहेजति सेयर वा डिबेन्चर किन्ने अवस्था नहुन सक्छ भने किनिएका सेयर, डिबेन्चर, म्युअुचल फन्डजस्ता धितोपत्रहरू विभिन्न कारण बेच्नुपर्ने हुनसक्छ । विभिन्न धितोपत्र किनबेच गर्ने बजारलाई नै धितोपत्र वा पुँजीबजार भनिन्छ र जसको सञ्चालन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अनुमति प्राप्त ५० धितोपत्र व्यवसायी (ब्रोकर वा दलाल) मार्फत् हुन्छ । दोस्रो बजारमा कारोबारका लागि निष्कासित धितोपत्र नेप्सेमा सूचीकृत हुनु र किनबेच गर्ने व्यक्ति-निकायले ब्रोकर कहाँ ‘कारोबार खाता’ खोलेको हुनुपर्छ ।

दाेस्राे बजारमा धिताेपत्र निश्चित सीमा र विधिबाट माेलमाेलाइ गरी किन्न र बेच्न सकिन्छ । तर यहाँ प्राथमिक बजारमा जस्ताे सबैले एकै मूल्यमा शेयर किन्ने र बेच्ने हुँदैन् । शेयरकाे माग र अापूर्ति तथा किन्ने र बेच्नेकाे मूल्य नियन्त्रण र माेलमाेलाइ सीप र क्षमता अनुसार प्रत्येक काराेवारमा मूल्य परिवर्तन हुनसक्छ । त्यसैले दाेस्राेबजारमा किनिने शेयरमा मूल्य परिवर्तन (मूल्यान्तर)काे जाेखिम पनि उच्च हुन्न । अाफूले कुनै मूल्यमा किनेकाे शेयरकाे बजार मूल्य र शेयर सम्पत्ति समेत अरूले गर्ने काराेवारले तलमाथि हुने हुँदा मूल्यगता जाेखिम लिन सक्ने, मूल्यान्तरकाे खेल (थप क. सेयर बजारमा मूल्यगत जोखिम र अवसर, ख. सेयर बजारमा जोखिम, र ग. जाेखिम ज्ञान बिनाकाे लगानी हुनसक्छ खरानी लेखमा)काे सीप र क्षमता भएकाहरूले मात्र दाेस्राे बजारमा प्रवेश गरी किनबेच गर्नुपर्ने मान्यता राखिन्छ ।  यहाँ स्वयम् अनलाइन प्रणालीबाट वा ब्राेकरलाइ फाेन, इमेल, एमएमएस वा अन्य माध्यमबाट सम्पर्क गरी काराेवार गर्न सकिन्छ । तर विद्ममान प्रणालीमा ब्राेकरकाे संलग्नता बिना काराेवार हुँदैन र प्रत्येक काराेवारमा ताेकिएकाे दरमा ब्राेकर कमिसन, सेबाेन शुल्क, डिपी शुल्क तिर्नुपर्ने हुन्छ । काराेवारका लागि प्राथमिक बजारमा जस्तै डिम्याट खाता, बैंक खाता र अनलाइन बैंकिगसँगै ब्राेकर कहाँ काराेवार खाता पनि खाेल्नु पर्छ भने मेराे शेयर लिँदा शेयर हस्तान्तरण सहज हुन्छ । यस सम्बन्धी थप जानकारीका लागि सेयर बजारमा सेयर किनबेच कसरी गर्ने ? लेख पढ्नु हाेला । 

उपराेक्त पहिलाे र दाेस्राे विधिबाट शेयर खरिद गर्दा अाफुले प्रत्यक्ष सहभागी भएर सम्पुर्ण जाेखिम र लाभकाे भागिदार हुनु सकिन्छ । पक्कै पनि अाफैले लगानी व्यवस्थापन गर्दा व्यवस्थापन खर्च कम हुनुकाे साथै सम्पुर्ण मुनाफामा अाफ्नाे हिस्सा रहन्छ । तर यसकाे लागि मेहेनत, अध्ययन अावश्यक हुन्छ । 

यदि अाफुसँग लगानीयाेग्य रकम छ, शेयरमा लगानी गरी केही जाेखिम लिएर मुनाफा कमाउने साेचमा हुनुहुन्छ तर शेयर बजारकाे पर्याप्त ज्ञान, जाेखिम व्यवस्थापन गर्ने क्षमता छैन भने तलका वैकल्पिक उपायबाट पनि शेयरबजारमा लगानी गर्न सकिन्छ ।

३) सामुहिक लगानी काेष

शेयरबजारमा सामुहिक रूपमा लगानी गर्ने र मुनाफा अनि जाेखिम सामुहिक रूपमा लिने उपाय सामुहिक लगानी काेष (म्युचुअल फण्ड) हाे । सबै म्युचुअल फण्डले काेषकाे ठूलाे हिस्सा शेयर बजारमा नै लगानी गर्छन् र मुनाफा गर्छन् । तपाइले किन्नुभएकाे प्रत्येक युनिटकाे रकम शेयर, डिबेन्चर वा ताेकिएकाे क्षेत्रमा लगानी हुन्छ । म्युचुअल फण्ड किन्दा तपाइले अप्रत्यक्ष रूपमा विभन्न कम्पनीकाे शेयर पनि किन्नु हुन्छ तर तपाइकाे ति कम्पनीमा प्रत्यक्ष शेयर किन्दा जस्ताे स्वामित्व र अधिकार भने स्थापित हुँदैन । तर धिताेपत्र बजारमा हुने मूल्य उतारचढावकाे जाेखिम भने हुन्छ । यति हुँदा हुँदै पनि यसका व्यवसायीक व्यवस्थापक र बजार विश्लेषकहरूबाट निपुर्ण तरिकाले लगानी व्यवस्थापन हुँदा मुनाफाकाे अाधारमा वार्षिक प्रतिफल (लाभांस)काे साथै अवधि समाप्ति हुँदा प्रत्येक युनिटले अार्जन गरेकाे सम्पति अनुसारकाे रकम फिर्ता पाइन्छ । यसकाे बेफाइदा भनेकाे शेयरमा जस्ताे बाेनस शेयर पाइदैन । तर सानाे सानाे रकम समेत लगानी गर्न सकिन्छ र शेयर जस्तै दाेस्राे बजारमा किनबेच गर्न सकिन्छ । सैद्धान्तिक रूपमा म्युचुअल फण्ड लगानीकाे बैकल्पिक अाैजार समेत भए पनि नेपालकाे सन्दर्भमा यिनकाे क्षमतामा धेरै नै प्रश्न उठ्ने गरेकाे छ । यस सम्बन्धी थप म्युचुअल फन्ड र सेयर बजार लेख र हालैकाे म्युचुअल फन्डहरूको अवस्था र लगानी निर्णय विषयक लेख पनि अध्ययन गर्नु हाेला ।

४) पाेर्टफाेलियाे म्यानेजमेन्ट

शेयरबजारमा लगानी गरी जाेखिम र मुनाफा लिन चाहने तर बजार, जाेखिम, किनबेचकाे ज्ञान नभएर वा समय दिन नसक्ने व्यक्तिहरूकाे लागि पाेर्टफाेलियाे म्यानेजमेन्ट सेवा उपयुक्त विकल्प हुन सक्छ । बजारमा हाल विभिन्न मर्चेण्ट बैंकहरूले यस्ताे सेवा दिइरहेका छन् जसले निश्चित सेवा शुल्क लिएर तपाइकाे तर्फबाट शेयरमा लगानी गरी मुनाफा गरिदिन्छन् । यसाे गर्दा केही शुल्कमा विशेषज्ञ सेवाका साथै बजार व्यवस्थापन, पाेर्टफाेलियाे व्यवस्थापन समेत हुने हुँदा अाफैले प्रत्यक्ष लगानी गर्दा भन्दा केही जाेखिम कम हुनसक्छ । हाल बजारमा बैंकहरूले प्रवर्धन गरेका र स्वतन्त्र मर्चेन्ट बैंक वा लगानी व्यवस्थापकहरूकाे सेवा उपलब्ध छन् । यिनकाे छनाैट गर्दा रणनीति, न्यूनतम लगानी र लकिङ अवधि, हर्डल रेट, प्रफिट शेयरिङ, प्रफिट विथड्रअल, समय समाप्तिमा अपेक्षित प्रतिफल जस्ता कुरामा राम्ररी छलफल गर्नुपर्छ । 

५) लिलामी बजार

कम्पनीहरूले निष्कासन गरेकाे हकप्रद विभिन्न कारण विद्यमान शेयरधनीहरूले थप लगानी गरि शेयर नलिएकाे अवस्थामा कानुनतः लिलामी प्रकृयाबाट बेच्ने प्रावधान रहेकाे छ । यसरी नबिकेकाे शेयर निष्कासनकर्ता मार्फत बिक्रीमा अाउँछ । तर यसमा निश्चित परिणाम र मूल्य बढाबढकाे समेत विधि ताेकिएकाे हुन्छ । ताेकिएकाे कार्यालयमा सम्पर्क गरि फारम भरेर शेयर लिलाममा सहभागी हुनसकिन्छ । यसरी गरिने खरिदमा कमिसन तथा शुल्क नलाग्ने हुँदा र मूल्य तिरेर केहि ठूलाे परिणाममा किन्न पाइने हुँदा ठूलाे संख्यामा किन्न चाहनेका लागि याे पनि एउटा विकल्प हुनसक्छ । थप लिलाम बढाबढमा शेयर खरिद प्रकृयामा पढ्नुस ।

विकल्प ३ र ४ निस्क्रिय लगानीकर्ता मात्र हाेइन सक्रिय लगानीकर्ताहरूका लागि पनि लगानी व्यवस्थापनकाे एउटा हिस्सा हुन सक्छ । जुन सुकै विकल्प अपनाए पनि शेयरमा लगानी जाेखिमपुर्ण छ र यसबाट मुनाफा बजार विश्लेषण क्षमता, जाेखिम वहन क्षमता, लगानी रकमकाे स्राेत, बजार पहुँच, निर्णय क्षमतामा निर्भर हुन्छ । लगानीकर्ताहरूकाे अाफ्नाे जाेखिम वहन क्षमता र ज्ञानकाे अाधारमा लगानीकाे निर्णय गर्छन् । त्यसैले त कतिपयले केवल अाइपिअाेबाट मात्र लगानी गर्छन भने कतिले दाेस्राे बजारबाट मात्र । केहीले उपलब्ध विकल्पहरूकाे संयाेजनबाट लगानी गर्छन् ।

शेयर र शेयरबजारसम्बन्धी थप सामग्री नेप्सेकाे वेबसाइटमा पनि अध्ययन गर्न सकिन्छ । 

Updated: 5 Sept 2020, 10.48 am

Friday, August 12, 2016

बजारको अनुशासनका लागि बजार निर्माता


२०७३ साउन २० गते बजारले लगानीकर्तालाई पुनः आफ्नो लगानी माथि घोत्लिन बाध्य पारेको छ । आधारभूत रुपमा कमजोर मात्रै होइन बलिया कम्पनीहरुको शेयरमूल्यमा देखिएको तिव्र उतारचढाव बजारको सामान्य सिद्धान्तभन्दा फरक होकी जस्तो अर्थात् अपत्यारिलो देखिन्छ ।

बिहान ११ बजे केही घटेर शुरु भएको कारोवार ४३ विन्दजस्तो घटेर पुनः १० विन्दुको हाराहारी मात्र घटेको अवस्थाबाट पुनः केही समयमा नै ४५ विन्दु भन्दा बढीले घट्नुले बजारको अवाञ्छित उतारचढावलाइ संकेत गरेको देखिन्छ ।

हुनतः बजारमा उतारचढाव सामान्य हो तर जुन तरिकाले बजारमा उतारचढाव देखियो यसले आमलगानीकर्तालाइ सोच्न बाध्य बनाएको मात्र होइन नियामक निकाएले पनि सोच्नुपर्ने समय आएको छ । साउन २० गतेको जस्तै उतारचढावले शेयरबजार एउटा खहरेको रुपमा स्थापित गर्न सघाएको मात्र होइन, यस्ता उतारचढावलाई नियन्त्रित र व्यवस्थित गर्न बजार निर्माताको अपरिहार्य देखिएको छ ।

यदि नेपाली शेयरबजारमा बजार निर्माता भएको भए बजारलाई अनियन्त्रित र अस्वभाविक गतिमा हिँडाउने प्रयास भयो त्यो सम्भव हुने थिएन । बजार निर्माताले निश्चित मूल्य कोरिडर भित्र रहेर किनवेच गर्ने हुँदा शेयरमूल्यमा हुने असमान्य उतारचढाव कम हुन्छ । बजार निर्माताले निश्चित मूल्य भन्दा बढी भएमा उक्त शेयरको आपूर्ति बढाएर मूल्य घटाउन सघाउँछ भने घट्न थालेको अवस्थामा आफूले खरिद गरेर बजार मूल्यलाइ सन्तुलित बनाउन सघाउँछ ।

शेयर बजारमा विद्यमान जोखिम व्यवस्थापन गर्न सरकारले गत वर्ष नै नागरिक लगानी कोषलाई बजार निर्माताको जिम्मेवारी दिने घोषणा गरेको हो तर अझैसम्म त्यसले मूर्तरुप लिन सकेको छैन । प्रत्येक बजेट भाषणमा घोषणा गरिने बजार निर्माताको अभावमा मूलतः सानालगानीकर्ता बढी जोखिममा रहेका छन् । उनीहरु बजारको तिव्र उतारचढावको भेलमा नराम्ररी बगेका छन् । ठूला लगानीकर्ताले यस्ता उतारचढावलाइ अवसरको रुपमा उपयोग गर्न सक्षम भएता पनि साना लगानीकर्ताहरु लगानी योग्य रकम व्यवस्थापन क्षमता, बजार जोखिम विश्लेषण क्षमताको अभाव, शेयर दलालसम्म सहज पहुँचको अभाव अनि सुनुवाइ नुहुने अवस्था, आदिले गर्दा बजारको उतारचढावलाई थेग्न असमर्थ हुन्छन् । यस्तै यस्तो उतारचढावमा साना लगानीकर्ता छिट्टै आतिने हुँदा गलत निर्णय लिन पुग्छन र सस्तो मूल्यमा शेयर बेच्न थाल्छन् ।

अहिले पनि बजारमा ६ वटा सामुहिक लगानी कोषले लगानी गरिरहेका छन् र उनीहरुले बजारमा निश्चित अनुशासनमा हिँडाउन सघाउनु पर्ने हो । तर बजारमा उनिहरुको गतिविधीले त्यसको विपरित काम गरिरहेको हो की भन्ने आभास आम लगानीकर्तामा रहेको छ । सामुहिक लगानी कोषहरु नै आफ्नो स्वार्थ अनुरुप बजारलाइ डो¥याउने गर्न थालेका र त्यसले साना लगानीकर्ताहरु अप्रत्यक्ष रुपमा घाटा सहनु बाध्य भएको होकी भन्ने हल्ला समेत चलेको छ ।

साउन २० गतेको बजारले सामुहिक लगानी कोषको उपस्थिति माथि नै प्रश्न चिन्ह खडा गरेको छ । नत्र त्यति धेरै कोष रहेका लगानी कोषहरुले तिव रुपमा बजारलाइ घट्न रोक्नुको सट्टा बजार अस्थिर बनाएर खरिदलाई मात्र प्राथमिता दिएको होकी भन्ने भान परेको छ ।

यदि सरकारले सामुहिक लगानी कोषलाई बजार निर्माताको रुपमा काम गर्न लगाउने, नागरिक लगानी कोषलाई नै बजार निर्माताको रुपमा बजार प्रवेश गराउने वा आम लगानीकर्ताको सहभागितामा बजार निर्माता नबनाउने हो भने नेपाली शेयरबजार अहिलेको भन्दा बढी जोखिमपूर्ण हुनेछ र साना लगानीकर्ता बजार उतारचढावको सिकार हुन बाध्य हुनेछन् । यसले अन्ततः बजारलाइ ठूलो क्षति पुग्नेछ ।

बजारको उचाइसँगै बढेको जोखिम र लगानीकर्ताको सामुहिक हित, बजार सन्तुलन अनि दिगोपनका लागि समेत बजार निर्माता अपरिहार्य भएको छ । धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र अर्थ मन्त्रालयले यसतर्फ तदारुकता साथ काम अघि नबढाउने हो भने बजारमा यस्तो जोखिम छ र यसो गर भनेर विज्ञप्ती निकाल्नुको कुनै अर्थ रहन्न । विगतमा जस्तो लगानीकर्ताहरुले बजार जोखिम वहन गर्न नसकी बजारबाट बाहिरिए वा बजार प्रति विश्वास कायम नभएमा बजार धरासायी हुनेछ । यस्तो अवस्थामा धितोपत्र बोर्ड होस वा नेप्सेले विज्ञप्ती निकालेर नआतिन्न भन्नुको कुनै अर्थ रहने छैन । बजारको स्थायित्व र अनुशासनको लागि अविलम्व बजार निर्माताको प्रवेश गराइनु पर्दछ र निश्चित बजार निर्माताको व्यवस्थापन नहुँदासम्म विद्यमान सामुहिक लगानी कोषहरुलाइ त्यसप्रति जिम्मेवार बनाइनु पर्दछ । सामुहिक लगानी कोषका गतिविधीहरुलाई नियामक निकायहरुले नियमित अनुगमन गरिनुपर्दछ ।

दिलिपकुमार मुनंकर्मी
आमलगानीकर्ता

Sunday, July 24, 2016

शेयर खरिदविक्रिमा ध्यानदिनुपर्ने केही कुराहरू

केही साथीहरूले खरिद र विक्रीमा ब्राेकरले फरक मूल्यमा काराेवार गरिदिएकाे, भनेकाे भन्दा फरक संख्यामा काराेवार भएकाे, अाफ्नाे खरिद विक्री अादेश अनुसार काराेवार नगरेकाे जस्ता कुरा उठाइरहनु भएककाे छ । शायद शेयर बजारमा कसरी काराेवार हुन्छ र ब्राेकरकाे भूमिका कै बारेमा जानकारी फरक परेकाे हाेकी जस्ताे लागेर मलाइ थाहा भएकाे सूचना लेख्दैछु ।

१. खरिद विक्रिः
शेयर किनबेच गर्दा हामीले निश्चित मूल्य ताेकेर वा चलन चल्तिकाे मूल्यमा वा अधिकतम र न्यूनतम मूल्य ताेकेर खरिदविक्री अादेश दिन सक्छाैं । मूल्य ताेकेर किनबेचकाे अादेश दिएकाे अवस्थामा ताेकिएकाे मूल्यमा ताेकिएकाे परिणाम किन्ने वा बेच्ने व्यक्ति नहुँदासम्म ब्राेकरले केही गर्न सक्दैन । बजारमा हजाराैं कित्ताकाे काराेवार भए पनि तपाइकाे शेयर संख्या र मूल्यमा किन्ने वा बेच्ने व्यक्ति नहुँदा किनबेच नहुन सक्छ । यस्ताे अवस्थामा ब्राेकरले केही प्रतिशत (सायद २ वा ५ प्रतिशत) मूल्य तलमाथि हुँदा भने काराेवार गरिदिने अधिकार राख्छन् ।

तर चलनचल्तिकाे मूल्यमा खरिदविक्रि गर्न अादेश दिएकाे अवस्थामा उक्त दिनकाे शेयर मूल्यमा ताेकिएकाे शेयर संख्या किन्न वा बेच्न उपलब्ध भएकाे अवस्थामा ब्राेकरले काराेवार गरिदिन सक्छ । मूल्य ताेकेर किनबेच अादेश दिएकाे भन्दा खुल्ला मूल्यमा छिटाे काराेवार हुने सम्भावना रहन्छ ।

२. ब्राेकरः
हामी किन्ने र बेच्ने व्यक्तिहरूकाे खरिद विक्रि गरिदिने सेतु मात्र हाे । उसले तपाइले विक्रिकाे लागि दिनु भएकाे शेयर तब विक्रि गर्दछ जब तपाइले ताेकेकाे मूल्यमा ताेकिएकाे कित्ता किन्ने खरिदकर्ता उपलब्ध हुन्छ । यहाँ के बुझ्नुपर्दछ भने ब्राेकरले मेराे वा तपाइकाे शेयर किनेर अरूलाइ बेच्ने हाेइन । मैले थाहापाएसम्म विद्यमान कानुन अनुसार ब्राेकरले दाेस्राे बजारबाट अाफ्नाे वा परिवारकाे नाममा समेत शेयर किनबेच गर्न पाउँदैन । (गलत भए सच्च्याउनु हाेला है) ।

३. शेयर खरिदः
कुनै पनि कम्पनीकाे यति कित्ता किन्छु भन्दैमा बजारमा सहजै किन्न पाइने हाेइन । त्यसकाे लागि किन्न चाहेकाे शेयर संख्या र तिर्न चाहेकाे मूल्यमा विक्रेता उपलब्ध हुनु पर्दछ । यसकाे साथै ब्राेकरले उक्त संख्याकाे शेयर विक्रिकाे लागि उपलब्ध समयमा किनिदिनु पर्दछ । कतिजनालाइ साँझ फ्लाेर सिट हेरेर अाफूले खरिद अादेश दिएकाे परिणामकाे शेयर काराेवार भए पनि अाफूले नपाएकाे हुनसक्छ किनभने बजारमा किन्न अादेश दिने र काराेवार गर्ने ब्राेकर धेरै हुन्छन् । तर विक्रिका लागि उपलब्ध शेयर एउटा ब्राेकरले किन्ने हाे । यहाँ ब्राेकरकाे भूमिका महत्वपूर्ण हुन्छ ।

अर्काे कुरा ब्राेकरलाइ खरिद अादेश दिने पनि धेरै जना हुन्छन्, उसले बजारकाे अवस्था र उपलब्ध विक्रि हेरेर किनिदिने हाे । उसले सँधै एउटै कम्पनी र एकजनाकाे खरिद गरेर बस्दैन । त्यसैले समयसमयमा उसलाइ अाफ्नाे खरिदकाे बारेमा घचघच्याउनु पर्दछ ।

यदि ब्राेकरले महँगाेमा मात्र शेयर किनिदिन्छ भन्ने अाशंका लागेमा अधिकतम मूल्य ताेकेर पनि खरिद अादेश दिन सकिन्छ ।

४. शेयर विक्रिः
खरिद जस्तै विक्री पनि मूल्य ताेकेर वा चलनचल्तिकाे मूल्यमा विक्रि अादेश दिन सकिन्छ । कुनै कम्पनीकाे ताेकिएकाे कित्ता शेयर विक्रिकाे लागि दिँदा तपाइकाे मूल्य वा बजार मूल्यमा किन्ने खरिदकर्ता नहुञ्जे ब्राेकरले विक्रि गर्न सक्दैन । यसकाे साथै काेही क्रेता उपलब्ध भएकाे समयमा ब्राेकरले बेच्न सक्नु पर्दछ । कुनै समयमा तपाइले बेच्न खाेज्नु भएकाे संख्यामा शेयर खरिदकर्ता उपलब्ध भएपनि ब्राेकरले बेच्न नभ्याएकाे अवस्थामा पनि हुन्छ किनभने ब्राेकरले धेरैजनाकाे विक्रि अादेशकाे काम गर्दै जाँदा तपाइकाे विक्रि अादेशमा काम गर्न नभ्याउन वा भुल्न सक्छ ।

त्यसैले समय समयमा ब्राेकरलाइ विक्रिकाे लागि घचघच्याउनु पर्दछ ।

यदि ब्राेकरले सस्ताे शेयर बेचदेला भन्ने अाशंका लागेमा न्यूनतम मूल्य ताेकेर पनि विक्रि अादेश दिन सकिन्छ ।

बुझ्नु पर्ने केहि कुरा

  1. बैंकहरूले अबदेखि अाइएफअारएस (इन्टरनेसनल फाइनान्सियल रिपार्टिङ स्ट्याण्डर्ड) अनुसार प्रतिशेयर अाम्दानी गणना र प्रकासन गर्नेछन् । यस अनुसार पुँजी प्रयाेग भएकाे समयकाे अाधारमा मात्र अाय गणना गरिन्छ । जस्ताे पुसमा वार्षिक साधारणा सभा भएर बाेनस शेयर दियाे भने त्यसलाइ पुँजिकृत गरेपछि मात्र अायकाे लागि गणना गरिन्छ । अर्काे शब्दमा जुन पुँजीले अायका लागि सहयाेग पुर्याउँछ त्यसलाइ ध्यान दिइन्छ । साेझाे अर्थमा अाैसत पुँजीकाे अवस्थालाइ ध्यान दिएर प्रति शेयर अाय गणना गरिन्छ । यसकाे असर हाे, अहिले एनअाइसी एसिया र सिटिजन्सकाे प्रतिशेयर अायमा देखिएकाे फरक ।
  2. प्रति शेयर अाय बढी देखिए पनि वास्तवमा शेयरधनीले पाउन सक्ने अाय भनेकाे खुद अायलाइ चुक्तापुँजीले भाग लगाउँदा अाउने प्रति शेयर अाय हाे । यस्ताे अायकाे सामान्यत ८० प्रतिशत सम्म बाँडफाँड गर्न सकिन्छ । जस्ताे एनअाइसीमा याे अाय वर्षकाे खुद अाम्दानी १०७ कराेडलाइ ४५७ कराेडले भाग गर्दा हुन अाउन करिव २३ प्रतिशेयर अायकाे ८० प्रतिशत अनुमानित १८.७ मात्र वितरण गर्न सक्छ । यसमा बैंकले विगतकाे जगेडाकाेषकाे रकम थपेर केही बढी बाँडन सक्छ ।
  3. जहाँसम्म सिटिजन्सकाे अवस्था छ । उसकाे रिपाेर्टिङ प्रति शेयर अाम्दानी पनि अाइएफअारएस अनुसार ३५.५६ नै हाे । तर लगानीकर्तालाइ बाँडफाछका लागि उपलब्ध हुनसक्ने भनेकाे करिव ३० रूपैयाँकाे ८० प्रतिशत रू २४ हाे । यदि उसले अहिले संकलन गरिरहेकाे हकप्रद बुक क्लाेज अगाडि सूचिकृत गरेकाे अवस्थामा वितरणा गर्न याेग्य प्रति शेयर रकम करिव १६ रू हाराहारी मात्र हुन्छ ।्र
  4. हाे, पहिले प्रति शेयर अाय गणना गर्दा खुद अायलाइ चुक्ता पुँजीले भाग गरिन्थ्याे । अब याे सूत्रबाट अाइएफअारएस विधीमा गएकाे छ । सायद यस्ले बैंकहरूकाे वासलातलाइ अन्तर्राष्टिय स्तरमा पुर्याउला तर हामी लगानीकर्ता र शेयर काराेवारीले भने विशेष ध्यान दिनुपर्ने भएकाे छ ।
  5. अब प्रकासित प्रतिशेयर अाम्दानी र पिइकाे साथै बाँडफाट हुनसक्ने रकमलाइ ध्यानदिनु र गणना गर्नुपर्ने हुन्छ । अन्यथा हामीले साेचेकाे भन्दा निकै कम लाभांसकाे कारण पछुताउनु बाहेक केही हुँदैन । धेरै लाभांसकाे अासमा महंगाेमा किनेकाे शेयर घाँडाे हुनेछ ।
सचेत र सजग भएर लगानी र काराेवार गर्नुस् ।

Friday, July 8, 2016

तल्लो खारे खोला र युनिभर्सल पावर सम्बन्धी सामान्य जानकारी

  1. तल्लो खारे खोला जलविद्युत योजना दोलखा जिल्लामा पर्दछ र यसको अनुमानित लागत २ अरव ४ करोड भनिएको छ । यसरी हेर्दा यो भुकम्पले थिलथिलिएको क्षेत्रमा पर्दछ र भौगर्भिक जोखिम रहन्छ । लागतको हिसावले प्रतिमेगावट करिव १८.५ करोड देखिन्छ जुन अहिलेको बजारको हिसावले ठिकै हो तर सस्तो होइन ।
  2. कम्पनीको अधिकृत र जारी पुँजी १२० करोड मध्ये १०० करोडको अग्राधिकार शेयर जारी गर्ने बताइएको छ । यसमध्ये ८८ प्रतिशत अर्थात करिव १०५.६ करोड राधी विद्युत कम्पनी र खारे इन्भेष्टमेन्टले लगानी गर्न सक्ने बताइएको छ । बाँकी १२ प्रतिशत करिव १४.५ करोड चारजनाको भनिएको छ तर नाम उल्लेख गरिएको छैन । १०५.६ मध्ये पनि १०० करोड अग्राधिकार शेयर हुँदा यसमा अग्राधिकारमा दिइने पूर्वाघोषित लाभांशको भार रहने देखिन्छ । अन्य कम्पनी भन्दा फरक के हो भने लगानीकर्ताको लगानीमा लाभांस सुनिश्चित गरिँदा कम्पनीको लागत बढ्ने छ । यसमा शुन्य लागतको पुँजी निकै थोरै मात्र लगानी हुनेछ ।
  3.  बैंकहरुसँग भएको भनिएको ऋण सम्झौता अनुसार ७० प्रतिशत ऋण लगानी हुने देखिन्छ त्यो भनेको करिव १४३ करोड ऋण र बाँकी ६१ करोड स्वपुँजी आवश्यक पर्ने देखिन्छ । यहाँ बुझ्न नसकिएको आवश्यकता भन्दा करिव दोब्बर बढी जारी पुँजी सहितको कम्पनी स्थापना हुने देखिन्छ । बढी पुँजी कहाँ लगानी गर्ने र अनावश्यक अग्राधिकार शेयर जारी गरी किन लागत बढाउन खोजिएको हो स्पष्ट छैन ।
  4. कम्पनीको वर्तमान अवस्थामा विद्युत उत्पादन, खरिदविक्री र निर्माणको लागि सम्झौता भएको र २०७० असारमा आईई भएको उल्लेख गरिएको छ । तर गतवर्षको भूकम्प पछि सो क्षेत्रको सम्भावित भौगर्भिक र नदिको बहाव, पानीको उपलब्धता, भूक्षय, ग्रेगनको जोखिम सम्बन्धमा थप अध्ययन भएको देखिँदैन । यसले त्यहाँको भौगर्भिक अवस्थामा ढुक्क हुने अवस्था छैन ।
  5. अहिले जारी गरेको अग्राधिकार शेयर जारी गर्ने अधिकार कानुन अनुसार कम्पनीमा रहेको बताइएको छ, तर निर्माण सम्बन्धी काम शुरु नै नभएको कम्पनीले लाभांसको सुनिश्चितता सहितको त्यो पनि जारी पुँजीको ८३ प्रतिशत अग्राधिकार शेयर जारी गरिएको छ र यसको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिइएको देखिँदैन । पक्कै पनि सेवोनले स्वीकृति दिँदैन । 
  6. अग्राधिकार शेयर र त्यसमा सुनिश्चित गरिएको ७.५ प्रतिशत लाभांस प्राथमिक शेयर निष्कासन नभएसम्मको लागि उल्लेख गरिएको छ, तर प्राथमिक शेयर निष्कासनको मिति तय भएको छैन ।
  7. अग्राधिकार शेयर र त्यसको लाभांस प्राथमिक शेयर निष्कासन गर्ने समयमा पुँजीकृत हुनेछ र लगानीकर्तालाई सो बराबरको संस्थापक शेयर दिइनेछ । त्यसैले पुर्व सुनिश्चित ७.५ प्रतिशत लाभांस नगद होइन । राम्रो कुरा यो शेयर विचमा हक हस्तान्तरण गर्न सकिने र पाकेको लाभांस भने हक हस्तान्तरण हुँदा कायम लगानीकर्ताले पछि शेयरको रुपमा पाउने व्यवस्था गरिएको छ । तर यहाँ लाभांस गणनामा केही कठिनाइ आउन सक्छ ।
  8. कम्पनीको अनुमान अनुसार निर्माण अवधि ३ वर्ष रहनेछ । यदि तोकिएको समयमा नै निर्माण सम्पन्न भएमा र कम्पनीले द्रुत गतिमा कार्यसम्पन्न गरी सर्वसाधारण र स्थानीयलाई शेयर वितरण गर्न सकेमा यसको शेयर २०७५ वा ७६ मा बजारमा आउने छ । यसरी प्राथमिक निष्कासन पछि ३ वर्षको लकिङ पिरियड हुनेछ । सामान्य अवस्थामा अहिलेका लगानीकर्ताले २०७८ वा ७९ तिर शेयर बेचेर आफ्नो लगानी फिर्ता गर्न सक्नेछन् । तसर्थ कम्तिमा ५–६ वर्ष लगानी र रकमको व्यवस्थापन गर्न सक्ने व्यक्तिले मात्र लगानी गर्दा राम्रो हुनेछ । जहाँसम्म लाभको कुरा छ, ५–७ वर्ष पछाडि बजार कुन अवस्थामा रहन्छ र प्रतिशेयर कतिमा विक्री हुन्छ अहिले अनुमान गर्न सकिँदैन । मेरो व्यक्तिगत विचारमा सो समयमा धेरै जलविद्युत कम्पनीहरुको शेयर उपलब्ध हुने हुँदा धेरै मुल्य पाउन गाह्रो होला । त्यसबेला सम्म आफ्नो लागत नै करिव २०० हाराहारी पर्नेछ ।

यतिको विश्लेषण पछि म व्यक्तिगत रुपमा भने यसमा लगानी नगर्ने निष्कर्षमा पुगेको छु । इच्छुक लगानीकर्ताहरुले लगानीका लागि उपलब्ध रकमको केही हिस्सा लगानी गर्दा घाटा भने नहुन सक्छ ।

Thursday, July 7, 2016

शेयर कारोवार समय थप र लगानीकर्ताको धारणा



विगत लामो समयदेखि शेयर कारोवार आइतवारदेखि बिहिवारसम्म बिहान १२ बजेदेखि ३ बजेसम्म सरकारी कार्यालय सञ्चालन हुने दिनमा मात्र हुँदै आएको छ । तर हालै सम्बन्धित निकाय (नेपाल स्टक एक्सचेञ्ज)ले कारोवारको समय परिवर्तनसम्बन्धमा सुझाव आव्हानसँगै लगानीकर्ता, शेयर दलाल, डिपोजिटरी, शेयर रजिष्ट्रारहरू बीच यस विषयमा बहस भईरहेको छ ।

सामान्यतः अहिलेको कारोवार समय निकै पहिले थोरै लगानीकर्ता र सानो पुँजी बजार अनि बैंकहरू पनि चेक राफसाफको लागि विद्युतीय प्रणालीमा नगएको अवस्थामा तय गरिएको हुँदा अहिलेको बढ्दो बजार, बैंकहरूले सहजै चेक राफसाफको सुविधा, अभौतिक शेयर कारोवार समेत आइसकेको अवस्थामा कारोवार समयमा समय सापेक्ष पुनरावलोकन गरिनु उपयुक्त देखिन्छ ।

आमलगानीकर्ताहरू पनि शेयर कारोवारको समय थप गरी बजारमा कारोवारलाई सहज बनाइनु पर्दछ भन्नेमा सहमत देखिएका छन् । सामाजिक सञ्जालमा गरिएको सामान्य सर्भेमा समेत करिव ३८ प्रतिशतले समय थप गर्नुपर्ने मत व्यक्त गरेका छन्, यसको २९ प्रतिशत लगानीकर्ताहरूले शेयर बजारमा सबैभन्दा पहिले कमिसन दर पुनरावलोकन हुनुपर्ने आवाज उठाएका छन् । नमुना सर्भेक्षणमा सहभागी मध्ये २२ प्रतिशतले हप्ताको ६ दिन नै शेयर कारोवार हुनुपर्ने मत व्यक्त गरेका छन् भने ७ प्रतिशतले अहिलेको समय नै उपयुक्त रहेको धारणा राखेका छन् ।


सरसर्ति हेर्दा, लगानीकर्ताहरू समय थप भएमा कारोवार गर्न सहज हुने आशावादी रहेका छन्, तर धेरै कारोवार गर्दा पनि आफूलाई भन्दा शेयर दलालले बढी फाइदा कमाइरहेको उनीहरूको आम बुझाइ रहेको देखिन्छ ।

सानो शेयर बजार र थोरै कारोवारको अवस्थामा शेयर दलालहरूको भूमिकालाई मध्येनजर गरी निर्धारित शेयर कारोवार कमिसन केही वर्ष अगाडी थोरै घटेपनि अहिलेको अवस्थामा पुनः पुनरावलोकन गर्नुपर्ने विचार आम लगानीकर्ताहरूको रहेको छ । सम्बन्धित निकायहरूले आवश्यक छलफल गरी समय सापेक्ष बनाउँदा कारोवारको आकार बढेर कुल आयमा भने कमी नआउने अनुमान गर्न सकिन्छ ।

यस्तो अवस्थामा शेयर कारोवार समय परिवर्तन गर्ने कि नगर्ने त ? विद्यमान शेयर दलालहरूलाई बजारमा खरिदबिक्रीको कारोवार गर्न भ्याइनभ्याइ रहेको साँचो हो । दश–बाह्र करोडको बजार अहिले १ अरव भन्दा ठूलो भइसकेको छ भने कुनै दिन २ अरवको आँकडा पार गरेको अवस्थामा दिनको ३ घण्टा (१२–३ बजे) लाई बढाएर ४–५ घण्टा गर्न सकिएमा बजारको आकार पनि स्वतः बढने छ । विकल्पको रूपमा अहिले १२ बजे सुरु हुने कारोवार समयलाई ११ बजेदेखि ४ बजे वा अर्को विकल्प १० बजेदेखि ३ बजेसम्म गर्न सकिन्छ । तर योसँगै राफसाफ बैंक र सिडिएसले पनि सोही अनुरुप चेक तथा धितोपत्र कारोवारको राफसाफ गर्ने समय बढाउनु वा अर्को विकल्प दिनुपर्ने हुन्छ । अन्यथा थप भद्रोगोल हुने जोखिम पनि रहन्छ ।

जहाँसम्म हप्ताको ६ दिन कारोवार गर्ने कुरा छ, त्यो पनि राफसाफ व्यवस्थापन, क्लिरियङ्ग बैंक, चेक क्लियरिङ्ग हाउस, शेयर रजिष्ट्रार, नेप्सेको सहयोग र क्षमतामा निर्भर गर्नेछ । अहिले बैंकहरूले शुक्रवार चेक राफसाफ नगर्ने अवस्थामा शेयर कारोवार गर्न सम्भव नहुन पनि सक्छ । सबै सरोकारवालाहरू बीच यथेष्ट छलफल र सहमतिमा आवश्यक भौतिक तथा व्यवपकीय पूर्वाधार तयार गरी हप्ताको ६ दिन नै कारोवारको व्यवस्था गर्न सकिएमा शेयर बजारको आकार निकै बढ्नुका साथै शेयर दलाल र लगानीकर्ताहरूलाई थप सहज हुन सक्नेछ । यस्तो अवस्थामा अहिले शुक्रवार हुँदै आएको १० कित्ताभन्दा कम संख्याको धितोपत्र कारोवारलाई कारोवार दिनको बिहान वा दिनको केही समय छुट्याउन वा डिम्याटको मात्र कारोवार हुने हुँदा कानुनमा आवश्यक संसोधन गरी यस्तो व्यवस्था नै खारेज गरी न्यूनतम कारोवार संख्या १ कायम गर्न सकिन्छ ।

पक्कै पनि शेयर कारोवार समय थप हुनु व्यवहारिक र समय सापेक्ष देखिन्छ । तर समग्र शेयर कारोवारलाई सहज बनाउन निम्न सुधारलाई पनि सँगसँगै लैजानु पर्दछ ः
क)    कारोवारमा लाग्दै आएको शुल्कको पुनरावलोकन गर्ने ।
ख)    चेक राफसाफ र धितोपत्र राफसाफलाई सहज बनाउन थप क्लियरिङ्ग बैंकको व्यवस्था गर्ने । यदि त्यो सम्भव नभएमा विद्यमान बैंकलाई राफसाफको लागि थप समय र जनशक्ति व्यवस्थापन गर्न लगाउने ।
ग)    शेयर रजिष्टार र डिपिको उपस्थितिलाई प्रमुख शहरहरूमा विस्तार गर्न लगाउने र शेयर दलालहरूलाई शाखा वा दोस्रो तहको दलाल कार्यालय सञ्चालन गर्न लगाउने ।
घ)    नेप्सेको तथ्याङ्क व्यवस्थापन क्षमतामा व्यापक सुधार गरी अन्तर्राष्ट्रिय स्तरको सफ्टवेयर, निरन्तरको विद्युत आपूर्ति, दक्ष जनशक्तिको व्यवस्था गर्ने ।
ङ)    लगानीकर्ताको लगानीलाई सम्मान गर्न लगानीकर्ता परिचयपत्र जारी गर्ने र उसको वार्षिक कारोवार, लाभकरलाई प्रमाणीकरण गरी कर चुक्ता हुने व्यवस्था गर्ने ।
च)    प्रत्येक शेयर दलालकहाँ छुट्टाछुट्टै ग्राहक परिचय फारम भर्ने परिपाटीको अन्त्य गरी नेप्से वा सिसिएसले प्रत्येक लगानीकर्तालाई युनिक परिचय कोड जारी गरेर सोही कोडबाट मात्र कारोवार गर्ने व्यवस्था गर्ने ।

दिलिप कुमार मुनंकर्मी

नेप्सेका उपसमूह, परिपक्वता र तुलनात्मक लाभ

नेप्सेमा सूचिकृत कम्पनीहरुलाइ उनीहरुको कामको प्रकृति अनुसार ८ उपसमूहमा विभाजित गरिएको छ । त्यसमध्ये वित्तिय क्षेत्रका उपसूचक नै ३ वटा छन् भने सूचिकृत कम्पनीहरुमा पनि धेरै जसो बैंक तथा वित्तिय क्षेत्रका छन् । त्यसैले पनि नेप्सेलाई अर्को शब्दमा बैंक तथा वित्त सूचक भन्दा फरक नपर्ला । हुनतः वर्तमान उपसूचकहरुको अवस्था हेर्दा बैंकको १५६७.०३, विकास बैंकको १७४७.२५ र फाइनान्सको ७७६.३५ छ जबकी विमा एउटैको सूचक ९५५३.११ छ ।

उपसूचकलाई पनि केही कम्पनीहरुले दो¥याइ रहेका हुन्छन्, जस्तो इन्भेष्टमेन्ट बैंकको शेयर मूल्यमा सामान्य परिवर्तनले बैंकिङका साथै नेप्सेलाई नै प्रभावित पार्दछ । यस्तै विमालाइ नेपाल लाइफले दो¥याउँछ भने जलविद्युतलाई चिलिम, होटेललाई सोल्टी र नेपाल टेलिकमले अन्य समूहको उपसूचकलाई दो¥याउँछ ।

समग्र नेप्सेलाई भने बैंकिग, विमा र अन्य समूहले प्रभावित गर्दछ । त्यसो भए कुन चाही बढी महत्वपूर्ण वा कुनमा लगानी भन्ने कुरा फेरी पनि आफ्नो लगानी क्षमता, जोखिम वहन क्षमता र बजारको चाल (ट्रेण्ड)ले निर्धारण गर्दछ । अहिलेको अवस्थमा भन्ने हो भने उपसूचकहरुलाई निम्नअनुसार हेर्न सकिन्छ की ?

१)    बैंक तथा वित्त ः यो नेप्सेको आधारभूत समूह हो र प्रायः लगानीकर्ताहरुको कुनै न कुनै हिस्सा बैंक तथा वित्तमा लगानी गरेको हुन्छ । त्यसमाथि या बालक, युवा र बयस्कको अवस्था पार गरेको म्याच्योर्ड क्षेत्र हो । हो कसैलाई म्याच्योर्ड मन पर्न सक्छ कसैलाई मन नपर्न पनि । तर यो धेरै उतारचढाव पार गरिसकेको क्षेत्र भएकोले तत्कालिन तुलनात्मक मुनाफा कम भएसँग जोखिम पनि कम छ । यस भित्रका बैंक, विकास बैंक र फाइनान्सको कुरा गर्ने हो भने पक्कै पनि बैंकहरुको जोखिम वहन क्षमता बढी हुन्छ । यसको साथै अर्थतन्त्रको कुनै क्षेत्र छैन, जुन बैंकिङको सहकार्य र सहयोग विना चल्न सक्छ । त्यसैले यो अर्थतन्त्रको धमनी वा नसा होे ।

२)    विमा ः नेप्सेको अर्को महत्वपूर्ण उपसमूह विमा नै हो । केही वर्ष सुसुप्त रहेको यो उपसमूहमा हाल आएर लगानीकर्ता र शेयर व्यापारीहरुको चासो र लगानी निकै बढेको देखिन्छ । यसको एउटा कारण बैक तथा वित्त समूहमा भन्दा निकै कम कम्पनी र शेयर संख्या हुनु र व्यक्तिगत तथा संस्थागत क्षेत्रले वैकल्पिक लगानीको क्षेत्रको रुपमा स्वीकार्नु पनि हो । जीवन चक्रको हिसावले यो भर्खर विकासित अर्थात किशोरावस्थामा रहेको हो । यसको वास्तविक भविष्य कस्तो हुन्छ भन्ने कुरा अर्थतन्त्रका अन्य क्षेत्रको अवस्था अनि विमा नीति र सरकारको दृष्टिकोणमा भरपर्दछ । तत्कालको अवस्थामा तुलनात्मक रुपमा यसमा जोखिम र मुनाफा हुनसक्छ ।

३)    जलविद्युत ः आमलगानीकर्ताको दृष्टिकोणले अर्को महत्वपूर्ण उपसमूह जलविद्युत क्षेत्र हो । यो क्षेत्रमा बैक र वित्त तथा विमाको भन्दा भिन्न छ । बैकिङ क्षेत्रलाई नेपाल राष्ट्र बैंक र विमालाई विमा समितिले नियमन गरेको छ, तर यो क्षेत्रलाई वास्तविक नियमन गर्ने नियामक नहुँदा केही विकृति पनि देखिने जोखिम रहेको छ । यसको साथै यसमा लगानी गरी लामो समय कुरे पछि विद्युत उत्पादन भइ निश्चित आम्दानी हुने हुँदा व्यवसाय विस्तार गरी थप लाभ लिने जोखिम व्यवस्थापन गर्ने अवसर कम हुन्छ भने केही पुराना आयोजनालाइ छोड्ने हो भने करिव ३० वर्षको सञ्चालन अनुमति सहित सरकारले विद्युत उत्पादनको अनुमति दिएको हुन्छ । त्यसैले बैक तथा विमा क्षेत्रका कम्पनीहरु जति पुराना भए अनुभव र जगेडा कोष आदिले गर्दा बलियो हुन्छन्, त्यसको विपरित जलविद्युत कम्पनीहरुको हस्तान्तरणको समय नजिकिन्छ अर्थात स्वामित्व शून्यतामा परिणत हुन्छ । हुनतः यसमा अझै वहस र हस्तान्तरणको वास्तविक चित्र र अवस्था देखिन भने बाँकी नै छ । लगानीकर्ताहरुले बुझ्नै पर्ने कुरा केहो भने अरु क्षेत्रका २५ वर्षे पुरानो कम्पनी बलियो भए जस्तो विद्युत कम्पनी बलियो होइन बरु स्वामित्व हस्तान्तरण गर्न हतारोमा हुन्छ भने आम्दानी पनि पूर्व निर्धारित जति हुन्छ भने खर्च बढ्दो अवस्थामा हुन्छ । यो अलिअलि क्यान्सर लागेको र मृत्युको मिति निश्चित भएको किशोर जस्तै हो ।

४)    उत्पादन ः यो अर्थतन्त्रको मुटु र अर्थतन्त्रको वास्तविक क्षेत्र हो । तर विविध कारणले नेप्सेमा यस क्षेत्रको उपस्थिति ज्यादै न्यून र नगण्य रहेको छ । सूचितकृत केही कम्पनीको पनि शेयर मूल्य निकै उच्च हुनु अनि नेपाली लगानीकर्ताहरुले आशा गर्ने बोनस र हकप्रद नदिने हुँदा एक हिसावले यो क्षेत्रका कम्पनीहरु आम लगानीकर्ताहरुको पहुँच भन्दा बाहिर जस्तो देखिन्छ । यो रोजगारमा रहेको क्रियाशिल वयस्क जस्तै हो ।

५)    होटल ः यो अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र हुनुका साथै देशमा विभिन्न स्तरका हजारौं होटलहरु सञ्चालन भएता पनि नेप्सेमा निकै कम होटलहरुमा सूचिकृत छन् । लगानीकर्ताहरुको प्राथमिकतामा नरहेको यो क्षेत्रका कम्पनी मध्ये केहीले उत्कृष्ट प्रतिफल दिइरहेको छ भने केही घाटामा छन् ।

६)    अन्य ः यो उपसमूहमा सूचिकृत नेपाल टेलिकमको यो उपसमूह मात्र होइन पुरै नेप्सेमा समेत दवदवा रहेको छ । नेपाल टेलिकम प्रतिशेयर आम्दानी र लाभांस वितरण राम्रै गरेता पनि बोनस र हकप्रद नै नदिएका कारण हुनसक्छ, आम लगानीकर्ताहरुको प्राथमिकतामा रहेको देखिँदैन । तर नगद लाभांस चाहने लगानीकर्ताहको रोजाइमा भने नेपाली टेलिकम पहिलो प्राथमिकतामा रहँदै आएको छ ।

Also read at http://ujyaaloonline.com/news/59843/nepse-/

बेलायतको युरोपियन युनियनबाट बर्हिगमन र नेपालको शेयर बजार

बेलायतले जनमत संग्रह मार्फत युरोपियन युनियनबाट बाहिरिने निर्णयसँगै विश्व शेयरबजारमा नकारात्मक प्रभाव र पाउण्डको अवमूल्यन भएको छ भने वैकल्पिक लगानीको क्षेत्रहरु सुन वा डलरको मूल्यमा उछाल आएको छ ।

नेपालको सन्दर्भमा अब शेयरबजारमा कस्तो प्रभाव पर्ला भन्ने त्रास र अनिश्चितता वीच शुरु भएको असार १२ गतेको शेयर कारोवारले त्यति निराशाको अवस्था सिर्जना गरेन । तर पनि लगानीकर्ता ढुक्क हुने अवस्था भने देखिएको छैन । उनीहरुले अनुमान गरेजस्तो र विश्व बजारमा देखिए जस्तो नकारात्मक असर हाम्रो शेयर बजारमा पनि पर्छ त ? त्यसको लागि हाम्रो अर्थतन्त्रलाई केही बुझ्नु पर्दछ । वास्तवमा नेपालको आफ्नो स्वतन्त्र अर्थतन्त्र नै छैन, भन्नुको तात्पर्य हो नेपालको अर्थतन्त्र र त्यसको मापन गर्ने मुद्रालाई व्यवहारिक रुपमा विश्वका अन्य मुद्रा र अर्थतन्त्रले चिन्दैन । त्यसो भए नेपाली मुद्राको अर्थ र नेपालको अर्थतन्त्रको मापन कसरी भइरहेको छ त ? त्यसको लागि सबैभन्दा पहिले नेपाली मुद्राको विनिमय निर्धारण प्रक्रियालाई सतही रुपमा भए पनि बुझ्नु पर्ने हुन्छ । त्यसो भए कसरी विनिमय तोकिन्छ त ?

नेपाली मुद्राको विनिमयको सरकारी सतही दर नेपाल राष्ट् बैंकले निर्धारण गर्दछ र त्यसैको आधारमा बैंकहरुले कारोवार गर्दछन् । तर के साँच्चै नेपाली मुद्राको अमेरिकी डलर र अन्य मुद्रासँग नेपालको अर्थतन्त्रको वास्तविक क्षमताको आधारमा विनिमय तोकिएको हो त ? होइन, नेपाल राष्ट्र बैंकले पनि भारतीय मुद्राको अमेरिकी मुद्रासँगको विनिमय दरलाई आधार बनाएर त्यसलाई नेपाली मुद्रा र भारतीय मुद्रा बीच तोकिएको निश्चित विनिमय दरको आधारमा बल्ल नेपाली मुद्रा र अमेरिकी डलरबीचको विनियम दर निर्धारण हुन्छ । यसको सोधो अर्थ हो, नेपाली मुद्रालाई अमेरिकी डलरले सोधै चिन्दैन, उसले भारतीय रुपैयाँलाई मात्र चिन्छ । अर्को अर्थमा भारतीय रुपैयाँले नेपाली रुपैयाँलाई अमेरिकी डलरसँग चिनाउँछ । जसरी नेपाली मुद्रालाई भारतीय मुद्रा मार्फत चिन्छ त्यस्तै नेपालको अर्थतन्त्रलाई पनि बाहिरी विश्वले भारतीय अर्थतन्त्र मार्फत मात्रै चिन्छ ।

यसको सोझो अर्थ हो, नेपालको अर्थतन्त्र र मुद्राको विश्व अर्थतन्त्र र मुद्रासँग प्रत्यक्ष सम्बन्ध छैन ।

त्यसो भए नेपाली शेयरबजारको विश्व शेयर बजारसँग कस्तो सम्बन्ध छ त?

जुन देशको अर्थतन्त्र र मुद्राको विश्व अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्ध छैन, त्यो देशको शेयरबजारको पनि विश्व शेयरबजारसँग प्रत्यक्ष सम्बन्ध हुने कुरै भएन । विश्वका शेयरबजारहरुमा प्रत्यक्ष विदेशी लगानी देखि अमुक ठाउँमा बसेर सिधै कारोवार गर्न मिल्ने, कुनै कम्पनीको शेयर एकदिन कारोवार गर्न मिल्ने (इन्ट्रा डे ट्रेडिङ), भविष्यको सम्भावित मूल्यको आधारमा आजै कारोवार गर्न मिल्ने (फ्यूचर ट्रेडिङ), सहज मार्जिन लेण्डिङ, मार्केट मेकर जस्ता विभिन्न औजार र अवसरहरु उपलब्ध हुन्छन् । यसको साथै विश्व शेयरबजारमा अर्थतन्त्रका मुटु मानिने उत्पादन, सेवा क्षेत्रका उद्योग र व्यवसायको दवदवा रहन्छ । यसको विपरित नेपालको शेयरबजारमा उत्पादन क्षेत्रका उद्योग÷व्यवसायको उपस्थिति र कारोवार नगण्य मात्र रहेको छ । यस्तै नेपालको शेयरबजार भर्खर आधुनिकता तर्फ बामेसर्दे गरेको छ । यहाँ विदेशीको लगानी त कुरै छोडौं, गैरआवासीय नेपालीले समेत सहज लगानी गर्न विभिन्न समस्या रहेको छ । त्यसैले नेपाली शेयरबजारको विश्व शेयरबजारसँग प्रत्यक्ष त के सायद अप्रत्यक्ष सम्बन्ध समेत छैन भन्दा हुन्छ । विश्व शेयर बजार यति चलायमान छ की सुन मूल्य, डलरको सटही दर, परिवत्र्य विदेशी मुद्राको सटही, अमेरिकी अर्थतन्त्र वा नेतृत्वदायी अर्थतन्त्रमा हुने सामान्य परिवर्तनले समेत मुख्य शेयरबजारलाई उल्लेख्य प्रभाव पार्दछ । विगतमा विश्व शेयरबजारमा आएका उतारचढावको अवस्थामा समेत नेपाली शेयरबजार अछुतो रहेको वा निकै कम र ढिलो प्रभाव देखिएबाट पनि अहिले पनि त्यसको आर्थिक सम्बन्धका हिसावले त्यस्तो उल्लेख्य प्रभाव पर्ने सम्भावना कम छ ।

तर, शेयरबजारमा आर्थिक सूचक र सम्बन्धका साथै मनोवैज्ञानिक अवस्थाले उल्लेख्य प्रभाव रहने हुँदा नेपाली शेयरबजारमा कुनै असर पर्दैन भन्ने सुनिश्चित गर्न भने गाह्रो छ । लगानीकर्ताहरुको मनोदशा, भय र त्रासले सामान्य प्रभाव भने पर्न सक्छ । यसले शेयर कारोवारीहरुले अत्तालिएर बेच्न खोजेको अवस्थामा शेयरमूल्यमा सामान्य गिरावट आउनु स्वभाविक हो । यसको अर्थ शेयर व्यापारी (ट्रेडर) लाई भने उल्लेख्य घाटा हुनसक्छ । यसको विपरित दीर्घकालीन लगानीकर्तालाई यसले लगानीको अवसर सिर्जना गर्छ नै र उसको शेयर धन (वेल्थ) मा सकारात्मक असर पर्ने निश्चित छ ।

के त्यसो भए नेपाली शेयरबजारमा कुनै असर पर्दैन त ? होइन, नेपालको अर्थतन्त्र, मुद्रा वा शेयरबजारको विश्वसँग प्रत्यक्ष सम्बन्ध नभएता पनि विश्व शेयरबजारको उतारचढावले भारतीय अर्थतन्त्र र शेयरबजारमा पार्ने नकारात्मक प्रभावको केही असर नेपालमा पनि पर्नेछ । अर्को शब्दमा भारतीय अर्थतन्त्र हुँदै छानिएका प्रभाव मात्र नेपाली अर्थतन्त्र र शेयरबजारमा पर्नेछ ।

अहिलेको अवस्थामा नेपाली शेयरबजार आधुनिकता तर्फ बामेसर्दै नयाँ व्यक्तिगत लगानीकर्ता, केही म्यूचुअल फण्ड, केही संस्थागत लगानीकर्ताहरु समेतले लगानी बढाउँदै गएको अवस्था हो । यस्तै अहिले अन्य क्षेत्रमा लगानीका अवसरको कमी वा तुलनात्मक प्रतिफलमा कमी रहेको अवस्था हो । यसको साथै भूकम्प र नाकावन्दीले थिलथिलएको नेपाली अर्थतन्त्र पुनःजागरणको अवस्था त हो नै अनि निकै ठूलो चोट सहेको अवस्था पनि हो । यस्तो अवस्थामा लगानीकर्ताहरु विगत केही समयदेखि शेयरबजार र अर्थतन्त्रको सम्बन्धमा आ–आफ्नै विश्लेषण गर्दै अहिले शेयरबजार अर्थतन्त्रको वास्तविकता अनुरुप रहेको र नरहेको तर्क÷वितर्क शुरु भएको अवस्था पनि हो ।

त्यसकारण बेलायतको युरोपेली युनियनबाट बाहिरिएको कारण मात्र त्यस्तो उल्लेख्य असर परे वा नपरेता पनि शेयरबजारमा सामान्य कसरेक्सन आउनुलाई सामान्य रुपमा लिइनु पर्दछ । यस्तो अवस्थामा शेयर व्यापारीले निकै सचेततापूर्वक लगानी सम्बन्धी निर्णय गर्नु वा मुनाफालाई सुरक्षित गर्नु (प्रोफिट बुक) उपयुक्त हुनसक्दछ भने लगानीकर्ताले केही दिन कुरेर वा बजारको उतारचढावलाइ सूक्ष्म रुपमा नियालेर खरिद वा विक्री गर्नु बुद्धिमानी हुन सक्छ । शेयरबजार घटता वा बढ्दाको जुनसुकैको अवस्थामा पनि शेयर व्यापारी हुन की लगानीकर्ता अत्तालिएर वा मात्तिएर कुनै पनि निर्णय लिनु निकै जोखिमपूर्ण र हानीकारक हुनसक्छ ।

धैर्यतासाथ बजारलाई बुझेर, विश्लेषण गर्दै लगानीको उद्देश्य, जोखिम वहन क्षमता र लगानीका लागि उपलब्ध पुँजीका आधारमा अल्पकालीन अवसर वा प्रभावलाई उपयोग गर्नु बुद्धिमानी हुनेछ ।

http://www.annapurnapost.com/news/51115#st_refDomain=t.co&st_refQuery=/XxVnQ5Rru6

दिलिप कुमार मुनंकर्मी
लगानीकर्ता

बजारै नरहे कसरी कमाउनि

बैंक, विमा, होटल, उत्पादन जुन क्षेत्रको कम्पनी भएपनि
साना, ठूला, लगानीकर्ता वा शेयर व्यापारी जो भएपनि
सबै मिलेर हामीले नै हो शेयर बजार उठाउनि ।।

बैंकको शेयरमा लगानी गरेपनि
विमाको शेयरमा लगानी गरेपनि
उसले गरिरहेछ काम बजार बचाउनि ।।

अर्थतन्त्र र बजारको हामीले नै हो विकास गर्नि
त्यसमा नेप्से, सेवोन, दलाल, राष्ट्र बैंक र बिमा समितिले नै हो नेतृत्व लिनि
कहिले किन्नि, कहिले बेच्नि, सबै मिलि बजार जोगाउनि ।।

कैले विमाले कमाउनि, कैले बैंकले कमाउनि
भन्नु हुन्न सँधै मै खाउँ मै लाउँ किनकी बजारै कहाँ रहला र नभए कोही किन्नि कोही बेच्नि
एउटै क्षेत्रको भरमा हुँदैन बजारको सन्तुलित विकास पनि ।।

बैंक नभए कसरी बढाउने लगानी, विमा नभए कसरी घटाउने जोखिम
होटेल नभए कसरी बढाउने पर्यटन, वस्तु उत्पादनै नभए के खाने, कसरी बाँच्नि
त्यसैले बजारको सन्तुलित विकासको लागि सबै क्षेत्र चाइनि ।।

त्यसैले हामी सबै मिली बजार बचाउनि
कहिले मैले कहिले तिमीले कमाउनि
बजारै नरहे कसरी कमाउनि ।।

Sunday, June 26, 2016

स्ट्याण्डर्ड चार्टड बैंककाे एफपिअाेकाे सम्भावना

गत साताकाे अन्तिम काराेवार दिनकाे पनि अन्तिम समयमा अाएर केही लगानीकर्ताहरूले नियाेजित रूपमा स्ट्याण्डर्ड चार्टड बैंककाे एफपिअाे अाउने हल्ला चलाएर शेयरकाे उल्लेख्य मूल्य वृद्धि गरेकाे देखियाे । के यसमा सत्यता छ नत भनेर मैले अाफ्नाे सूत्रकाे माध्यमबाट परिक्षण गर्दा हालसम्म त्यस सम्बन्धमा कुनै छलफल नभएकाे बुझें ।

स्ट्याण्डर्ड चार्टड बैंक एउटा विश्वसनीय संस्था भएकाे हुँदा त्यस्ताे गरिने अवस्थामा समेत समयमा नै सार्वजनिक जानकारीमा ल्याउने निश्चित छ । उक्त कुरा उसकाे विगतकाे व्यवहार, जस्ताे याे अार्थिक वर्षमा यति बाेनस दिन्छाै भन्ने समयमा नै पत्रिकाबाट जानकारी गराउने केही बैंक मध्ये स्ट्याण्डर्ड चार्टड बैंक पनि एक हाे ।
स्ट्याण्डर्ड चार्टड बैंकमा ७५ प्रतिशत विदेशी प्रत्यक्ष लगानी भएकाेले उसलाइ ७०ः३० काे पुँजी संरचना लागु हुँदैन र चार्टडले चाहेकाे अवस्थामा बाहेक एफपिअाे अाउने सम्भावना न्यून छ । मेराे व्यक्तिगत विचारमा एफपिअाे मार्फत थप सर्वसाधारणलाइ शेयर बेचेर उ अाफ्नाे हिस्सा गुमाउन चाहने छैन.

अब पुँजी कसरी पुर्याउँछ भन्ने सम्बन्धमा उसकाे अर्काे विकल्प भनेकाे हकप्रद वा बाेनस नै हाे । उसले यस वर्ष राम्राे बाेनस दिएर अनि हकप्रदमा जाने सम्भावना देखिएकाे छ । जसले उसकाे हिस्सामा परिवर्तन अाउँदैन ।
हकप्रद अाउने अवस्थामा उसले थप लगानी ल्याउँछ त भन्ने सम्बन्धमा, मेराे विचारमा थप लगानी गर्नेछ । किनकी नेपालमा वैदेशिक मुद्राकाे सटहीबाट उल्लेख्य अाम्दानी गर्ने र विदेशी मुद्रा परिचालनमा स्ट्याण्डर्ड चार्टड बैंककाे करिव एकाधिकार नै रहेकेा छ । उसले हाे, खुद्रा बैंकिगलाइ भने कम गर्दै जान भने सक्नेछ ।
अब कतिमा किन्ने वा अहिले के गर्ने भन्ने यहाँहरूकाे निर्णय, मेराे एउटै विचार छ स्ट्याण्डर्ड चार्टड बैंककाे सम्बन्धमा याे अाफ्नाे पाेर्टफाेलियाेमा नभइ नहुने तर महंगाे शेयर हाे ।