Sunday, July 18, 2021

बजारको अवस्था, लगानी र कारोबार रणनीति

आर्थिक वर्ष २०७७-७८ पुँजीबजारको विकास र विस्तारका हिसाबले निकै उत्साह र उमंगपूर्ण रह्यो । २०७७ साउन १ मा १३६२.३४ बाट खुलेर ३२.४३ ले बढेर परिसूचक (इन्डेक्स) १३९४.७७, कारोबार रकम रु. १.०४ अर्ब र बजार पुँजीकरण रु. १८.३५ खर्बको बजार २०७८ असार मसान्तमा इन्डेक्स २८८३.३८, कारोबार रकम रु. ८.१४ अर्ब र बजार पुँजीकरण रु ४०.११ खर्ब पुगेको छ । हुन त बजारमा दैनिक कारोबार रु. १९.५५ अर्ब, इन्डेक्स ३०२५.८२ र बजार पुँजीकरण रु. ४२.१६ खर्बसम्म पुगेको थियो । बजार सञ्चालक, नियामक, स्टक ब्रोकर, सरकार अर्बौंको लाभकर र कमिसन अनि कारोबारी पुँजीगत लाभबाट रमाउँदै गर्दा लगानीकर्ता पोर्टफोलियो मोटाएकोमा दंग छन् । एकै वर्षमा १५२१.०४ बिन्दु (१११.६५ प्रतिशत) ले बढेको बजार, वर्षान्त नजिक ७ प्रतिशत हाराहारी घट्दा र नियामकीय हस्तेक्षपसँगै बजारको अवस्थासम्बन्धी विवादास्पद आवाजहरू पनि उठे ।

बजारको अवस्था र अन्योलता

सामान्यतः बजारको अवस्था बढ्दो (बुल), घट्दो (बियरिस) र सामान्य (साइडवेज) का रूपमा जनाइन्छ । बुललाई पनि ‘बुल’ र ‘बुल रन’ तथा बियरिसलाई ‘सिजनल बियरिस’, ‘बियरिस’ र ‘क्र्यास’मा चित्रित गरिन्छ । विगत १८–२० महिनादेखि बढ्दै इन्डेक्स ३०२५.८२ र दैनिक कारोबार रु. १९.५५ अर्ब पुगेको बजार इन्डेक्स केही घटेर २८०१.१३ र कारोबार रु. ४.२२ अर्बमा ओर्लिएसँगै बजार अवस्था सम्बन्धमा तर्कवितर्क भए । विज्ञता र स्वार्थअनुरूप केहीले सिजनल बियरिस र बियरिसको सम्भावना औंल्याए भने कतिपयले बजार बुलरनमा नै रहेकाले सामान्य करेक्सन भने । जीडीपी बराबरको बजार पुँजीकरणसँगै सैद्धान्तिक रूपमा बढ्दो वा बुलको चरित्र प्रस्तुत गरिसकेको बजारका तथ्यांकले बियरिस वा क्र्यासको संकेत भने दिइसकेको थिएन । बजार उच्चतम बिन्दुबाट ७.५ प्रतिशत हाराहारी मात्र घटेको थियो, जबकि बियरिसमा बजार २० प्रतिशत बढीले घट्छ र क्र्यासमा हतास मानसिकता र मूल्यमा भारी गिरावट देखिन्छ ।

तर, बजारको तथ्यांकले एक वर्षमा इन्डेक्स १११.६५ प्रतिशतले बढ्दा बजार पुँजीकरण १२३.७० प्रतिशतले बढेको देखिन्छ । उपसूचकहरूमध्ये सबैभन्दा बढी व्यापार समूहको ३२५.०७ र कम लगानी समूहको ६.२६ प्रतिशतले बढ्दा सबैको चासो रहने बैंकिङ ७०.३६ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन र अन्य समूह पुनःमिलान तथा लगानी समूह थप हुँदा उपसूचकको वृद्धिदरमा केही अन्योल देखिन्छ ।

आव २०७७/७८ मा नेपाली शेयरबजार

 

२०७७ असार ३१ (२०७६/७७)

२०७७ साउन

२०७८ असार ३१ (२०७७/७८)

उच्चतम विन्दु

न्यूनतम विन्दु

वार्षिक परिवर्तन

विन्दुगत

प्रतिशत

नेप्से

१३६२.३४

१३९४.७७

२८८३.३८

३०२५.८२

१३८१.३७

१५२१.०४

१११.६५

सेन्सिटिभ

२८८.२४

२९५.०६

५४१.३१

५५०.२६

२८७.०७

२५३.०७

८७.८०

फ्लोट

९५.४६

९८.०२

२००.३४

२१०.२१

९६.७१

१०४.८८

१०९.८७

उपसमूह

 

 

 

 

 

 

 

बैंकिंग

११५३.००

११९३.९९

१९६४.२६

१९९७.६०

११७३.३८

८११.२६

७०.३६

विकास बैंक

१७११.४३

१७७१.४८

४६१६.७७

५०९९.८८

१७२३.४२

२९०५.३४

१६९.७६

वित्त

६५४.७०

६७१.५३

२५०२.१३

२६२६.७३

६४९.५९

१८४७.४३

२८२.१८

लघु वित्त

२४३८.९९

२४४५.४६

५३२२.६०

५६७२.९४

२३४३.५५

२८८३.६१

११८.२३

निर्जिवन विमा

६२४५.१८

६३२४.५५

१४०१६.११

१५४८६.३२

६३०६.८७

७७७०.९३

१२४.४३

जीवन विमा

८०८७.३३

८२१८.४८

१७०१७.५३

१८९९४.९६

८२७९.७४

८९३०.२०

११०.४२

जलविद्युत

९६६.१७

९७६.

२८९२.५५

३२४१.३७

९४३.६०

१९२६.३८

१९९.३८

व्यापार

८७६.०५

८८९.९६

३७२३.८१

४६३८.४५

८२९.८६

२८४७.७६

३२५.०७

होटेल तथा पर्यटन

१४६७.७४

१४८०.००

३५५३.०१

४१२८.४६

२०६१.९७

२०८५.२७

१४२.०७

उत्पादन तथा प्रशोधन

२७०१.६९

२७४७.२४

६०८७.६४

६४४९.५८

२६५५.३७

३३८५.९५

१२५.३३

लगानी

 

 

१०६.२६

११३.२१

९२.७८

.२६

.२६

अन्य

७६८.५३

७७५.३१

२१३०.५८

२३५६.६३

७८४.४२

१३६२.०५

१७७.२३

बजार पूँजीकरण (रु. खर्ब)

१७.९३

१८.३५

४०.११

 

 

२२.१८

१२३.७०

विभिन्न स्रोतबाट संकलित र प्रसोधित अनौपचारिक तथ्यांक

वार्षिक तथ्यांकले उत्साहजनक अवस्था प्रस्तुत गर्दै गर्दा तत्कालीन अवस्थाले बजारको अन्योलता र अनिश्चितता प्रस्ट्यारहेको छ । मौद्रिक नीतिसँगै बजारको दिशा प्रस्टिने अपेक्षाविपरीत बढ्दो राजनीतिक अन्योलता, २०७८ असार २९ गते भएको सरकार परिवर्तनसँगै विगत सरकारले अध्यादेशबाट ल्याएको बजेट र नीति तथा कार्यक्रमको अन्योलताले बजारलाई पनि अन्योल र अस्थिर बनाएको छ । बजारको उचाइसँगै नियामकहरूबाट हस्तक्षेप र नियन्त्रणका प्रयासले बजारलाई अन्योलपूर्ण र लगानीकर्ता/कारोबारीलाई थप त्रसित बनायो । नयाँ आवबाटै होल्ड अवधिका आधारमा व्यक्तिलाई ५ र ७.५ प्रतिशतको फरक दरमा लाभकर, प्रिओपनमा घटाएर कायम २ प्रतिशतको मूल्यान्तर सीमा, रुपैयाँबाट १० पैसामा हुने मोलमोलाइको बजारमा प्रभाव अनिश्चित छ । बजार के हुन्छ ? स्पष्ट जवाफ कोहीसँग छैन र हुँदैन पनि । सरकारको निरन्तरता; नीति तथा कार्यक्रम; मौद्रिक नीति; धितोपत्र बोर्डको नीति; कोभिडको अवस्था र आर्थिक गतिविधि; कम्पनीहरूको मुनाफा र सम्भावित लाभांशजस्ता धेरै कुरासँगै लगानीकर्ता-कारोबारीको सोच र व्यवहारले बजारको अवस्था डोर्याउनेछ ।

सम्भावना र रणनीतिहरू

समयानुसार गति परिवर्तन गर्दै बजार चलिरहन्छ । माग र आपूर्तिअनुसार वैधानिक सीमाभित्र रहेर मूल्यान्तरका खेलाडीहरू धितोपत्र किनबेच गरिरहन्छन् भने मूल्यमा उतारचढाव पनि भइरहन्छ । घट्दो (बियरिस) बजारमा सुस्ताएको धितोपत्र आपूर्ति बढ्दो (बुल) बजारमा मूल्य बढेसँगै जुर्मराउँछ, जसले पुनःमूल्यमा दबाब दिँदै बजार सुस्ताउन बाध्य बनाउँछ । हेर्दा कारोबारीले निर्धारण गरेजस्तो लाग्ने मूल्य वास्तवमा धितोपत्रको माग–आपूर्तिमा निर्भर रहँदै बुलले बियरिस र बियरिसले बुललाई डोर्याउँछ ।

बजारको अवस्था जनाउने अंकहरूले केवल मानसिक उत्साह र निराशा मात्र दिन्छ । कारोबारीको वास्तविक लाभ किनबेचको सीप र लगानीकर्ताको लाभ लागत र लगानी व्यवस्थापन सीपमा निर्भर हुन्छ । अझ इन्डेक्स र पुँजीकरणको शुद्धतामै बारम्बार प्रश्न उठेको र इन्डेक्स कारोबार नहुने नेपाली बजारमा परिसूचक र पुँजीकरण केवल इक्विटी मार्केटका अंक मात्र हुन् ।

त्यसैले आफू कारोबार वा लगानी के गर्ने ?, स्पष्ट हुँदै कुन र कति लाभका लागि कति जोखिम लिने ?, बजार फरक अवस्थाको मूल्यगत अवसर र जोखिमको व्यवस्थापन कसरी गर्ने ?, र तुलनात्मक रूपमा लाभदायक कम्पनी छान्ने ? सीप र क्षमतामा खरो उत्रिन सके जुनसुकै बजारमा लाभ लिन वा नोक्सानी कम गर्न सहज हुन्छ । लहलहै र बजार परिसूचकको भरमा कारोबार वा लगानी केवल ज्यान र धनको क्षतिमात्र हुन सक्छ ।

कारोबारीले कम्पनीको आधारभूत पक्ष (फन्डामेन्टल) भन्दा बजारको तत्कालीन अवस्था र सम्भावित परिवर्तन, माग र आपूर्ति, मूल्यान्तरका खेलाडी र मनोदशा, मूल्यान्तरको सम्भावना र अवसर, आस र त्रास, विभिन्न जोखिम र अवसरको तथ्यांकीय÷प्राविधिक र व्यावहारिक विश्लेषण (टेक्निकल एनालाइसिस) गर्दै जोखिमवहन क्षमता, मूल्य हस्तक्षेप र मूल्यान्तरमा खेल्ने क्षमतासँगै लक्षित मुनाफाको आधारमा नाफा लिनु (प्रफिट बुक) वा नोक्सानी रोक्नु (स्टप लस) पर्छ । जति नै क्षमता र लाभको सम्भावना भए पनि अति धेरै र केन्द्रिकृत (कन्सट्रेड) जोखिम लिनु घातक हुनसक्छ । ‘घाँटी हेरर हाड निल्नु’ र ‘लोभले लाभ, लाभले विलाप’ अनि बढेको बजार कुनै न कुनै बिन्दुबाट घट्ने र घटेको पनि बढ्ने पक्ष मनन गर्नुपर्छ ।

कारोबारीले क्षणिक जोखिम लिँदा लगानीकर्ताले बहुपक्षीय र दीर्घकालीन जोखिम लिनुपर्ने हुँदा लगानीमा बढी नै चनाखो हुनुपर्छ । बजारको जुनसुकै अवस्थामा पनि लगानीकर्ताले धितोपत्रको बजार मूल्यभन्दा लागत र प्रतिफलमा अनि प्रतिफलभन्दा पहिले लगानी संरक्षणमा ध्यान दिनुपर्छ । तत्कालको अवस्थामा,

१. पोर्टफोलियोमा रहेका कम्पनीहरूको वित्तीय, व्यावसायिक र व्यवस्थापिक अवस्था, औसत लागत र मूल्यगत लाभको विस्तृत विश्लेषण गर्नुस् । अल्पकालीन लगानी, उल्लेख्य मुनाफा भएका, घाटामा भएका वा बढी घाटाको सम्भावना भएका सेयर केलाएर व्यवस्थापन गर्नुस् ।

२. मध्य वा दीर्घकालीन धारण वा पाल्ने (होल्ड) गर्ने सेयर वा कम्पनीको बजारको मूल्यान्तर, मूल्य, इन्डेक्सको चिन्ता छोडेर कम्पनीको व्यवसाय, सुशासन, सञ्चालक अनि व्यवस्थापन, मुनाफा, लाभांश र वृद्धिदरमा ध्यान दिनुस् ।

३. लगानीमा प्रतिफल मूल्यमा नभई लागतमा निर्भर हुने हुँदा औसत लागत बजार मूल्यभन्दा कम कायम गर्दै प्रतिफल बढाउन क्रियाशील रहनुस् । प्रत्येक न्यून मूल्यमा केही न केही सेयर किन्दै जानुस् । लगानीयोग्य रकम वा पछिका मूल्यगत अवसरका लागि उच्च मूल्यगत लाभका अथवा मर्ज-प्राप्तिको लाभकर छुटका सेयर बेचेर भए पनि केही रकम जोहो गर्नुस् ।

४. लगानीमा क्षणिक नाफाघाटाबाट उत्साहित र त्रसित नभई दीर्घकालीन र चक्रिय (कम्पाउन्डिङ) प्रतिफलमा ध्यान दिनुस् । अझ सेयरमा गरिने लगानीको वास्तविक प्रतिफल प्राप्त गर्न अन्य व्यवसायको तुलनामा निकै धैर्य र समय लाग्न नबिर्सनुस् । बजारको हरेक अवस्थाका लागि रणनीति र तयारी गर्नुस् ।

५. कारोबारीले विगतको छोटो अवधिमा राम्रो मुनाफा र मूल्य बढेकै आधारमा सुनिश्चित नाफा, घाटा नहुने र सदैव बढ्ने (बुमबुम) बजारका रूपमा बुझ्नु र किनबेच गर्नु घातक हुनेछ । प्रफिट बुक र स्टप लसमा चनाखो हुनुस् ।

६. लगानी सकेसम्म ऋणबाट नगर्न सुझाइन्छ । ऋणबाट लगानी गर्नेले बजारको अवस्था अनुसार मार्जिन कल, सावाँ–ब्याज भुक्तानीका लागि वैकल्पिक व्यवस्थासहित केही रकमको जोहोमा ध्यान दिनुस् ।

७. बजारको परिवर्तित अवस्थाअनुसार बढी जोखिमपूर्ण सेयरमा केही घाटा बुक गरेर भए पनि कम जोखिमपूर्ण सेयरमा सिफ्ट हुनुस् ।

८. बजारमा कोही पनि निपुण हुँदैन, हिजोको सफलता वा असफलताबाट सिक्दै अगाडि बढ्ने हो । त्यसैले लगानी वा कारोबार दुवै अवस्थामा सफलता र असफलताको समीक्षा गर्दै सुधारका लागि तत्पर रहनुस् । जुनसुकै अवस्थामा बजारबाट नभाग्नुस् । खेलमा टिक्न सके जितको सम्भावना सदैव रहन्छ ।

काराेवार राष्ट्रिय दैनिकमा २०७८ साउन ३ गते प्रकाशित, बजारको अवस्था, लगानी र कारोबार रणनीति « (karobardaily.com)

सम्बन्धित अन्य लेख
Revised update 8 Dec 2021, 10.57 NST