Sunday, May 26, 2019

Q37576 समग्रमा बैंकहरुको तेस्रो त्रैमास कस्तो रह्यो ?


आर्थिक वर्षको नौ महिनाको व्यवसायिक गतिविधि र तिनको वित्तीय नतिजाहरु प्रकाशित भएको करिव २ हप्तामा विभिन्न कोणहरुबाट नतिजाहरुको विश्लेषण भई लगानीकर्ताहरुको जानकारीमा आईसकेको छ । बैंकहरुको मुख्य सूचकहरु चुक्ता पूँजी, जगेडा कोष, निक्षेप र कर्जा तथा सापटि, मुनाफा, प्रति शेयर आम्दानी र नेटवर्थ, खराब कर्जा, जस्ता हरेक पक्षहरुको छुट्टाछुट्टै तथा केही पक्षहरुको मिश्रित विश्लेषणहरु प्रकाशित भइसकेका छन् । यस लेखमा तिनै मूल सूचकहरु र लगानीकर्ताको चासोका आधारभूत सूचकहरु मुनाफा, प्रति शेयर आय (ईपिएस), मूल्य आम्दानी अनुपात (पिई) र नेटवर्थको आधारमा बैंकहरुको स्कोरिङ गर्ने प्रयास गरिएको छ ।

संक्षेपमा बैंकहरुको वित्तिय अवस्था


तेस्रो त्रैमाससम्म पनि नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंकले केही वर्षदेखि साधारणसभा समेत गर्न नसक्दा मुनाफा यकिन र लाभांस वितरण हुननसक्दा तोकिएको न्यूनतम पूँजी पुर्याउन सकेको छैन । सिभिलले चुक्ता पुँजी पुर्याएको उल्लेख तर कुमारीले वितरण गरेको लाभांस समेत लेखांकन गरिसकेको देखिन्न ।

बैंकहरुको समग्रमा २ खर्ब ४२ अर्ब र जगेडा कोषमा १ खर्ब ७५ अर्ब पुर्याएका छन् भने औसतमा ८ अर्ब ६७ करोड र जगेडा कोषमा ६ अर्ब २७ करोड पुगेको छ । यस त्रैमासमा जगेडा कोषलाई प्रष्ट्याउने क्रममा शेयर प्रिमियम, संचित मुनाफा र साधारण जगेडा छुट्याएर प्रस्तुत भएको छ । यस्तै अन्तर बैंक निक्षेप तथा सापटलाई विगतको निक्षेप अनि कर्जा तथा सापटबाट छुट्याउँदा कतिपय बैंकको निक्षेप अनि कर्जा तथा सापटको रकम फरक देखिन्छ । बैंकहरुमा निक्षेपकर्ताहरुको रकम औसतमा एउटा बैंकमा ९३ अर्ब ९६ करोडले कुल २६ खर्ब ३० अर्ब हाराहारी पुगेको छ भने कर्जा तथा सापट प्रति बैंक ८३ अर्ब ८१ करोडले कुल २३ खर्ब ४६ अर्ब पुगेको छ ।

बैंकहरुले औसतमा १ अर्ब ६३ करोडले कुल ४५ अर्ब ६७ करोड रुपैयाँ कमाएका छन् । यसमा विभिन्न नियामकीय कोषहरुको कटाउँदा औसतमा रु. १ अर्ब १० करोडले कुल ३० करोड ७० लाख मात्र वितरण गर्न सक्छन् । यसो हेर्दा खुद मुनाफाको ३३ प्रतिशत अर्थात् रु. १५ अर्ब विभिन्न कोषहरुमा छुट्याउन बाध्य भएका छन् ।

प्रकाशित विवरणहरुमा निकै आकर्षक देखिएको ईपिएस औसतमा रु. २४.७१ देखिए पनि लगानीकर्तालाई दिन सकिने औसत ईपिएस रु. १६.५८ मात्र रहेको छ । बैंकहरुको शेयरको औसत कितावी मूल्य अर्थात् नेटवर्थ भने रु. १६१.८४ पुगेको छ । पुँजीकोष पनि औसतमा १३.७४ प्रतिशत कायम गर्न सफल भएका छन् । यस अवधिसम्मको मुनाफाको आधारमा बैशाख मसान्तको औसत मूल्य आम्दानी अनुपात (पिई) १४.५३ देखिएपनि वितरणयोग्य मुनाफालाई आधार बनाउँदा पिई २४.१९ देखिन्छ । निष्कृय कर्जा पनि औसतमा १.६३ प्रतिशत पुगेको छ, यसले करिव ३८ अर्ब कर्जा निष्कृय रहेको अनुमान गर्न सकिन्छ ।
 
तालिकाः बैंकहरुको तेस्रो त्रैमासको वित्तीय नतिजाका आधारमा क्रमगत अवस्था
बैंक
चुक्ता पूँजी
(रु. अर्व)
जगेडा कोषहरु
(रु. अर्व)
निक्षेप
(रु. अर्व)
कर्जा तथा सापटी
(रु. अर्व)
खुद मुनाफा (रु. अर्व)
वितरणयोग्य मुनाफा
(रु. अर्व)
इपिएस१ (रु)
वितरण योग्य इपिएस२ (रु)
नेटवर्थ (रु)
पूँजी कोष (%)
२०७६ बैसाख मसान्तको पिई १ (%)
२०७६ बैसाख मसान्तको पिई २ (%)
निष्कृय कर्जा (%)
कुल प्राप्तांक (क्रमांक)
नविल
९.०१
१२.८३
१५३.७०
१२८.२०
३.१९
२.३२
४७.२१
३४.३९
२४२.३८
१२.५०
१७.९६
२४.६६
०.६४
१७.१९
नेपाल
९.८१
२०.०६
१०५.६३
८८.१९
२.२५
१.६२
३०.५२
२२.०४
३०४.४७
१७.०२
१०.२६
१४.२०
२.७१
१५.५९
एभरेष्ट
८.०३
८.४४
१२४.५४
१०२.३२
२.२२
१.३५
३६.३८
२२.१४
२०६.१६
१३.३८
१८.५३
३०.४४
०.१८
१३.७५
एनआईसी एसिया
८.८३
५.४५
१५४.१४
१४१.५६
२.२८
१.०५
३४.३६
१५.८७
१६१.७४
१३.१०
१४.३५
३१.०६
०.४५
१३.५२
नेपाल इन्भेष्टमेन्ट
१२.५९
१२.४९
१४२.०३
१२४.०३
२.५७
१.४४
२७.१७
१५.२३
१९९.२०
११.९७
२०.२८
३६.१८
३.०४
१२.९३
ग्लोबल आइएमई
१०.३१
५.१३
११६.९४
१०३.१७
१.८७
१.४२
२४.२१
१८.३३
१४९.७२
१२.०५
१२.८९
१७.०२
०.७५
१२.८६
हिमालयन
८.५२
६.७५
१०८.५८
९३.७८
२.०१
१.३३
३१.५२
२०.८९
१७९.१७
११.८२
१८.६२
२८.१०
१.३१
१२.२१
कृषि विकास
९.०२
१२.५६
११२.८५
१०९.८८
२.२१
१.३३
२९.१०
१६.०५
२३९.३५
१९.७४
१४.३०
२५.९२
४.२२
११.५९
नेपाल एसबिआई
८.४५
५.०३
१००.०८
८५.७९
१.६०
१.१८
२५.२६
१८.६०
१५९.५६
१३.३०
१९.२०
२६.०८
०.१९
११.५८
सानिमा
८.००
३.२३
८५.२७
७९.१४
१.५८
१.११
२६.२५
१८.५१
१४०.३२
१२.९७
१३.७९
१९.५६
०.१२
११.५८
प्रभु
८.२३
५.७८
१०७.४५
८६.१७
१.४५
१.१४
२३.५२
१८.५२
१७०.१५
११.४४
१२.१२
१५.३९
२.४२
११.५४
सिद्धार्थ
८.८९
५.५८
१०५.६४
१०१.३८
१.५९
०.९०
२३.९०
१३.४३
१६२.७५
१२.३७
१४.२३
२५.३२
१.३६
११.२६
एनएमबी
९.६२
७.१४
९३.९६
८७.०२
१.६५
०.९७
२२.८९
१३.४८
१७४.२२
१५.४२
१६.९५
२८.७८
०.७९
११.२२
माछापुच्छ्रे
८.०६
२.७३
८१.१६
७४.९८
१.२४
०.९८
२०.५४
१६.२५
१३३.९१
१२.६३
१३.२४
१६.७४
१.४५
१०.८६
स्ट्याण्डर्ड चार्टड
८.०१
६.१८
७०.८१
५३.४६
१.७३
१.११
२८.८७
१८.४२
१७७.१८
१८.८९
२४.२१
३७.९५
०.२०
१०.५८
प्राइम कमर्सियल
८.०३
४.७०
६८.६६
६९.८४
१.५५
१.०१
२५.६९
१६.७३
१५८.४८
१२.१३
१४.८३
२२.७७
१.५८
१०.४२
सनराइज
८.१५
३.६३
७२.२०
६८.८२
१.२३
०.९१
२०.०५
१४.९४
१४४.५५
११.८७
१२.९२
१७.३४
१.३७
१०.३२
कुमारी
७.१६
४.३५
६९.०५
६९.६०
१.००
०.६२
१८.६७
११.४७
१६०.७७
१२.७३
११.८९
१९.३५
१.४१
९.८३
बैंक अफ काठमान्डू
८.०६
४.८३
८१.१४
७१.२६
१.२०
०.७३
१९.९२
१२.१३
१५९.९२
१३.७३
१३.९१
२२.८४
२.१२
९.४८
लक्ष्मी
८.९२
३.१४
७७.४५
७०.५२
१.०३
०.७१
१५.३९
१०.५५
१३५.२०
११.६०
१४.८८
२१.७१
१.२०
९.४६
मेगा
१०.३९
२.७२
७५.२१
६७.५९
१.२१
०.७७
१५.५८
९.८५
१२६.२०
१५.००
१२.७१
२०.१०
१.४२
९.३८
जनता
८.००
२.३८
७०.४५
६४.७०
१.०२
०.६२
१७.०६
१०.२९
१२९.७०
१३.०७
१२.०२
१९.९२
१.२१
९.३०
एनसिसि
७.०२
५.२४
६१.४६
५६.८१
१.१६
०.८४
२२.११
१५.९६
१७४.६६
१४.८६
११.७१
१६.२३
३.२६
९.२८
सिटिजन्स
८.३७
३.६७
६५.९२
६१.०३
१.०७
०.६६
१७.०४
१०.५२
१४३.८४
१३.४१
१३.२६
२१.४८
१.५८
९.१३
नेपाल बंगलादेश
८.०९
३.८९
५६.०६
५१.५२
१.१४
०.६०
१८.८२
९.९३
१४८.१०
११.७६
१२.१७
२३.०६
१.८६
९.०१
सेञ्चुरी
८.२५
२.०५
५७.८२
५७.४०
०.६१
०.३५
९.८७
५.५९
१२४.८६
१४.३२
१७.३३
३०.५९
१.५३
७.११
सिभिल
८.००
२.००
३९.९३
४१.४१
०.४९
०.२२
८.२३
३.७२
१२५.०१
१८.८२
१८.२३
४०.३२
३.९६
४.४९
राष्ट्रिय बाणिज्य
९.००
१३.५५
१७२.८०
१३७.०३
३.५०
३.४१
५१.८१
५०.५०
१२.८१
४.२८
१५.४१
जम्मा
२४२.८४
१७५.५४
२६३०.९२
२३४६.५९
४५.६७
३०.७०








औसत
८.६७
६.२७
९३.९६
८३.८१
१.६३
१.१०
२४.७१
१६.५८
१६१.८४
१३.७४
१४.५३
२४.१९
१.६३

नोटः क) कुमारीको २१.२५ र प्राइमको १६ प्रतिशत बोनस शेयर समायोजन बाँकी हुँदा सोही अनुपातमा चुक्ता पूँजी बढ्ने र जगेडा कोष, नेटवर्थ, ईपिएसमा असर पर्नेछ । ख) प्राइमको हालै बुक क्लोज भएको अवस्थामा उसको आधारभूत पक्षमा तत्काल पर्ने प्रभावलाई ध्यान दिएर पिईका लागि बैशाख मसान्तको मूल्य लिईएको छ । ग) खुद मुनाफाको आधारमा निकालिएको ईपिएस१को आधारमा पिई१ तथा वितरणयोग्य मुनाफाको आधारमा पिई२ निकालिएको छ । घ) जगेडा कोषमा शेयर प्रिमियम, संचित मुनाफा र साधारण जगेडा कोष जोडिएको छ । ङ) एभरेष्ट र कृषि विकास बैंककाे अग्राधिकार शेयर चुक्ता पुँजीबाट घटाइएकाे छ । 

बैंकहरुको क्रमांक


प्रत्येक सूचकलाई छुटाछुटै हेर्दा चुक्ता पुँजीमा नेपाल इन्भेस्टमेन्ट, जगेडा कोषमा नेपाल बैंक, निक्षेप र कर्जा तथा सापटीमा एनआईसी एसिया अगाडि रहँदा मुनाफामा नविल उत्कृष्ट र सिभिल कमजोर देखिन्छ । प्रकाशित वित्तीय सूचकहरू प्रतिसेयर आयमा नविल बैंक, मूल्य आम्दानी अनुपात र नेटवर्थमा नेपाल बैंक, पुँजीकोषमा प्रभु बैंक र निष्कृय कर्जामा सानिमा बैंक सबैभन्दा आकर्षक देखिए । राष्ट्रिय बाणिज्य बैंकले निक्षेप, कर्जा तथा सापटी, मुनाफा र ईपिएसमा सूचीकृत बैंकहरुलाई पछाडि छोड्न सफल भएको छ ।

विभिन्न सूचकहरुमा फरक अवस्थामा रहेका बैंकहरु समग्र बैंकिङमा कहाँ रहे अध्ययन गर्न बढी हुँदा राम्रा सूचकहरु चुक्ता पूँजी, जगेडा कोष, मुनाफा, ईपिएस र नेटवर्थमा औसतभन्दा बढी भए १ भन्दा बढी र कम हुँदा सोही अनुपातमा कम अंक प्रदान गरिएको छ । त्यस्तै कम हुँदा राम्रो मानिने पूँजीकोष, पिई र निष्कृय कर्जामा भने औसतभन्दा भएका बैंकले बढी अंक दिइएको छ । यसरी प्रत्येक सूचकको प्राप्तांकलाई जोडेर क्रमगत अवस्था निकालिएको हो । समग्रमा समेत नविल बैंक पहिलो र सिभिल अन्तिममा देखिएको छ भने राष्ट्रिय बाणिज्य बैंक सूचीकृत नहुँदा उसको क्रम निर्धारण गरिएको छैन तर बैंकिग क्षेत्रको औसत गणनामा उसलाई ध्यान दिइएको छ । प्राइम र कुमारीको बोनस शेयर समायोजन पछि क्रम तलमाथि हुने छ भने खुद ब्याज र संचालन मुनाफालाई सूचकमा राख्दा क्रममा केही फरक अवस्था देखिने छ । त्यसैले लगानीकर्ताले सूचकहरु निर्धारण र अंकभार दिँदा भने चनाखो हुनुपर्छ ।

यसले समग्र अवस्था देखाउँदै गर्दा लगानी निर्णय गर्दा अन्य पक्षहरु व्यवसायिक वृद्धि, व्यवस्थापन, सम्पत्तिमा प्रतिफल, लाभांस क्षमता र नीति, आफ्नो लगानी रणनीति, जोखिम वहन क्षमता, लगानी रकमको स्रोत र अपेक्षित प्रतिफलको पनि विश्लेषण गर्नैपर्छ ।

अार्थिक अभियान राष्ट्रिय दैनिकमा २०७६ जेठ १२ गते प्रकाशित


तालिकामा क्लिक गरी ठूलाे बनाएर हेर्न सकिनछ ।

थप टिप्पणी


बैंकहरूकाे याे त्रैमासमा जगेडा काेष, निक्षेप, र कर्जा तथा सापटीकाे तथ्यांक प्रस्तुतिमा सुधार गर्दै क) जगेडा काेषमा शेयर प्रिमियम, संचित नाफानाेक्सान र साधारण जगेडा, ख) निक्षेपमा ग्राहककाे निक्षेप र बैंक तथा वित्तीय संस्थाकाे, ग) कर्जा तथा सापटीमा पनि ग्राहककाे र बैंक तथा वित्तीय संस्थाकाे रकम छुट्याइएकाे छ । यसले गत त्रैमासका सम्बन्धित शीर्षकका तथ्यांकहरू मिलान गरिएकाे हुँदा कतिपय बैंक (एनअाइसी, प्राइम, अादि) काे निक्षेप उल्लेख्य घटेकाे देखिएकाे थियाे । यस्तै जगेडा काेषकाे रकममा धेरैले साधारण जगेडा मात्र लिंदा रकम घटेकाे देखिन्छ ।

यसका अतिरिक्त मुनाफाबाट वितरणयाेग्य रकमकाे हिसाव प्रस्तुति थप प्रष्टयाउँदै छुटै सानाे तालिका प्रस्तुत गरिएकाे छ, तर यसमा गत अावकाे अवस्था उल्लेख नहुँदा अरूमा जस्ताे गत वर्षकाे तुलनात्मक अवस्था बुझ्न सकिने अवस्था रहेन ।

यस त्रैमासकाे सबैभन्दा नराम्राे भने गत त्रैमासकाे तथ्यांक प्रस्तुत भएन । यसले Year on Year (YoY) काे व्यवसायिक अवस्था तुलना भए पनि त्रैमासिक अवस्था Quarter to Quarter (QoQ) काे तुलना त के जानकारी समेत हुने अवस्था रहेन ।

गत त्रैमासकाे बैंकहरूकाे अवस्था र अाधारभूत वित्तीय सूचक सम्बन्धी थप जानकारीका लागि पूँजीकाेष र निक्षेप व्यवस्थापनकाे दबाबमा बैंकहरू यहाँ पढ्न सकिन्छ । https://dilipmuna.blogspot.com/2019/02/blog-post_23.html

चेतावनी प्रस्तुत प्राथमिकता अंकभारमा अाधारित हुँदा यही नै पुर्ण हाेइन र अाफ्नाे लगानीकाे स्राेत, जाेखिमवहन क्षमता, अपेक्षित प्रतिफलकाे अाधारमा किनबेचकाे निर्णय लिइनुपर्छ । यहाँ बैंकहरूकाे अवस्थालाइ अंकभारका अाधारमा प्राथमिकीकरणकाे प्रयास मात्र गरिएकाे हाे । यसैका अाधारमा किनबेच गरि हुने हानीनाेक्सानी र मुनाफामा मेराे हिस्सा वा जिम्मेवारी रहने छैन ।