Monday, May 15, 2023

Bank KFI FY7980

KEY FINANCIAL INDICATORS of BANKS FOR FY 2079-80

नेपाल राष्ट्र बैंकबाट हालै प्रकाशित त्रैमासिक पुजिकाेषकाे तथ्यांक अनुसार आव 2079-80 पुजीकाेषकाे अवस्था तालिकामा दिईए अनुसार छ । नयाँ नियामकीय व्यवस्था अनुसार भने आव 2080-81 काे अन्त्यसम्म थप 0.5% काउन्टर साईक्लिकल बफर कायम गर्नपर्नेछ । यस अनुसार CCAR 9% (Tier 1) र CAR 11.5% (Tier 2) कायम गर्नुपर्नेछ । हुनतः आगामी असार मसान्तसम्ममा पुजीकाेषकाे अवस्थामा धेरै परिवर्तन आउन सक्छ तैपनि तालिकामा राताे रंग लागेका बैकले पुजीकाेषमा विशेष चनाखाे हुनुपर्नेछ । बैंकहरूले आगामी दिनमा व्यवसायिक विस्तारभन्दा कर्जाकाे गुणस्तर र असुलीमा केन्द्रित हुँदै संयमित पनि हुनुपर्ने छ ।

लगानीकर्ताहरूले ताेकिएकाे CCAR नपुगेकै कारण एनआईसी एसियाले आव 2077-78 र 2078-79 मा तथा माछापुच्छ्रे, लक्ष्मी र सनराईजले 2078-79 मा लाभांस बाँड्न नपाएकाे बिर्सनु हुन्न । अझ हालै नियामकले पुजीकाेष सम्बन्धी व्यवस्था पालना नगरेकै कारण एनआईसी एसिया र नबिल बैंकलाई सचेत समेत गराएकाे छ । 

यसकाे साथै पुजीकाेषकाे अवस्थाले नै बैंकमा थप पुँजीकाे आवश्यकतालाई उजागर गर्ने हुँदा मुनाफाबाट सेयर (बाेनस) वा नगद लाभांसकाे सम्भावना अनुमान गर्दै लगानी व्यवस्थापन गर्न सघाउँछ ।
FY 7980 KFIs
Minimum for CCAR 8.5 and CAR 11

FY 2079-80 Q4
Banks to watch for Q3 CCAR: PRVU, KBL, SBL, MBL, NICA | for CAR: SBL, CZBL, PCBL

FY 2079-80 Q3
Banks to watch for Q3 CCAR: PRVU, SBL, MBL, NICA | for CAR: CZBL, PRVU

FY 2079-80 Q2
Bank to watch in Q2 CCAR: MBL, KBL, PRVU | CAR : CZBL

FY 2079-80 Q1
Bank to watch in Q1 CCAR: SBL | CAR : CBL, CCBL

थप सन्दर्भ सामग्री

अाव २०७८–७९ काे पुजीकाेषकाे अवस्था