Sunday, May 31, 2020

बजेटः आशाबीचको निरासामा लगानीकर्ता

बजेट : आशाबीचको निराशामा लगानीकर्ता

सरकारले आव २०७७-७८ को बजेटको सिद्धान्त प्राथमिकता अनि नीति तथा कार्यक्रमका आधारमा २०७७ जेठ १५ गते १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको ‘संघीय बजेट’ प्रस्तुत गर्दै आगामी कार्यदिशा, नीति र बजेटको दायरा तय गरेको छ । कोभिड–१९ बाट बच्न लकडाउन भन्दै आर्थिक क्रियाकलाप बन्द भएको ६६ औं दिनमा लकडाउन कहिले र कसरी खुल्छ ? वास्तविक असर कस्तो र कति पर्छ ? कसरी सहज अवस्थामा फर्कने ? भन्ने अनिश्चितता र अन्योलताबीच प्रस्तुत बजेटले केही क्षेत्रमा कर छुट र सहुलियतसँगै स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी प्रवद्र्धनमा जोड दिएको छ । पुँजीबजारका सन्दर्भमा पुनर्लिखित पुरानै कार्यक्रमबाहेक उल्लेखनीय नदेखिएको अवस्थामा ती कार्यहरू सम्पन्न गरिदिए पनि खुसी मान्नुपर्ने अवस्था छ ।

सरकार, बजेट र पुँजीबजार

सुरुदेखि नै पुँजीबजारलाई राष्ट्रिय पुँजी निर्माणको आधार बताउँदै सेयरबाट समृद्धिको ढोका खोल्ने सरकारको कुरा तेस्रो बजेट पढ्दै गर्दा नारामै सीमित हुने देखिन्छ । हुन त यही सरकारका पालामा पुँजीबजारमा मूल्य अभिवृद्धि कर (भ्याट) को समाधान, भारित औसत लागत गणना, अर्धस्वचालित नै भए पनि अनलाइन कारोबार, सीआस्बाजस्ता केही राम्रा काम भए, तर पुँजीबजारको बृहत्तर विकासका लागि ती प्रयास अपर्याप्त र अधकल्चा मात्र होइन, कतिपय कदम द्वन्द्व र असहजताको कारक बन्न पुगे । विषम अवस्थामा सरकारबाट प्रस्तुत आव २०७७-७८ को बजेट र नीति तथा कार्यक्रमले देशमा पुँजीबजार र लगानीकर्ता छन्, राज्यले केही भए पनि अभिभावकत्व लिनुपर्छ भन्ने बिर्सिएर गैरजिम्मेवार बनेको आभास दिएको छ । समेटिएका केही कार्यक्रमसमेत उल्लेखनीय छैनन्, केवल औपचारिकताका लागि पुरानै कार्यक्रमहरू पुनः प्रस्तुत गरिएका छन् ।

आव २०७७-७८ को नीति तथा कार्यक्रममा २७६ बुँदा समावेश हुँदा पुँजीबजारले एक शब्दको ठाउँ पाएन, बरु बजेटको प्राथमिकता र सिद्धान्तमा, क) बिमा तथा पुँजीबजारको दिगो विकासका लागि संस्थागत र प्रणाली सुधारमा जोड दिइने, ख) लगानीका नयाँ र वैकल्पिक वित्तीय उपकरणहरू प्रयोगमा ल्याउन प्रोत्साहित गरिने, ग) लगानीको वातावरणलाई थप सहज तुल्याई नेपाललाई प्रतिस्पर्धात्मक लगानी गन्तव्यका रूपमा स्थापित गरिन उल्लेख छ ।

बजेटको बुँदा १३ मा नीतिगत र प्रणालीगत सुधारमार्फत पुँजीबजारको दायरा फराकिलो बनाइने उल्लेख छ ।
यस्तै बुँदा १५४ मा पुँजीबजारको दायरा विस्तार गरी
क) ऋणपत्रको दोस्रो बजार कारोबार सुरु गरिने,
ख) नेपाल स्टक एक्सचेन्जले दोस्रो बजार कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाइने,
ग) पुँजीबजारमा संस्थागत लगानी अभिवृद्धि गर्न आगामी आर्थिक वर्ष स्टक डिलर सञ्चालनमा ल्याइने,
घ) वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाइने, र
ङ) धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङको संरचनात्मक सुधार गरिने उल्लेख छ ।

समेटिएका अधिकांश विषयवस्तु गत वर्षको बजेटमा नै सम्बोधन भई सम्बन्धित निकायबाट कार्यान्वयनको प्रक्रियामा रहेका छन्, जसको व्यावहारिक कार्यान्वयन हुन सके, 

क) ऋणपत्रको बजार विस्तारको कुरा विगतदेखि उठ्दै आए पनि आजसम्म व्यावहारिक समाधान हुन सकेको छैन । पूर्वाधार र कानुनी अड्चन विद्यमान छन् । सरकारले भनेअनुसार गरे वैकल्पिक र न्यून जोखिमसहितको लगानी औजारको उपलब्धताले बजार केही विस्तार हुनेछ । दुर्भाग्य बजेटबाट मात्र समाधान हुनेसक्ने ऋणपत्रकाे मूल समस्या संस्थागत र व्यक्तिगतकाे ब्याजकरकाे समस्या नै समाधान गरेरन् । मुख्य समस्या समाधान नभइ अरू जति नै प्रयास गर्दा पनि ऋणपत्रकाे व्यवहारिक काराेवार हुन गाह्रै हुनेछ ।

ख) दोस्रो बजारको कारोबारलाई पूर्ण विद्युतीय प्रविधिमा आधारित बनाउने भनेर सरकार र नेप्सेले विगतमा भूटो बोल्दै अर्धस्वचालितलाई पूर्ण स्वचालित भनेको अप्रत्यक्षत स्विकारेको छ । यदि लगानीकर्ताहरूको भनेजस्तो भौतिक उपस्थितिबिना विश्वसनीय, सहज र सुलभ तरिकाले कारोबार र राफसाफ विद्युतीय माध्यमले हुने पूर्ण स्वचालित (अटोमेटिक) र पूर्ण कारोबार (कम्प्लिट) प्रणाली कार्यान्वयनमा ल्याइयो भने पक्कै कारोबारमा सहजता र पहुँच विस्तार हुनेछ । होइन, विद्युतीय माध्यमबाट भन्दै तेस्रो पक्ष (भुक्तानी प्रणाली) को सहभागी गराउने अनि धरौटी व्यवस्थाको परिवर्तन नभए तात्विक अन्तर नआउन सक्छ ।

ग) स्टक डिलरका रूपमा काम गर्न नागरिक लगानी कोषले सहायक कम्पनी स्थापना गरी प्रक्रिया अघि बढाइसकेको छ । यसले आपूर्ति सन्तुलनमा केही सघाए पनि तात्विक लाभ हुनेछैन ।

घ) जहाँसम्म वस्तु विनिमय बजार सञ्चालनको कुरा छ, यो पुरानै र नियामक कहाँ अल्झिएको विषय हो । यसले केहीलाई वैकल्पिक लगानीको अवसर र बजार फराकिलो होला, तर सेयर लगानीकर्तालाई फाइदा नहुन सक्छ ।

ङ) धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एन्ड क्लियरिङको संरचनात्मक सुधार पनि विगतकै अधुरो काम हो । केही काम अगाडि बढे पनि उल्लेखनीय नतिजा देखिएको छैन । नियामक बोर्डकै संस्थागत क्षमता कमजोर हुँदा पुँजीबजारप्रति राज्यले वक्रदृष्टि राख्दै अपमान गर्दै आएकोे छ । आमलगानीकर्ताको शुद्ध, यथार्थ र पर्याप्त सूचनाका लागि चहार्दै हिँड्ने बाध्यतासँगै सूचनामा विशेष पहुँचको दुरुपयोग गर्दै मूल्यान्तरको अनैतिक खेल रोकिएको छैन । बोर्ड मात्रै बलियो भए पनि लगानी, कारोबार र बजार शुद्धीकरणमा मद्दत पुग्ने र लगानीकर्ताहरूले अभिभावकत्वको महसुस गर्नेछन् ।

यसबाहेक बजेटमा बैंक तथा वित्तीय संस्थाहरूको मर्जलाई प्रोत्साहन गरिने, बाह्य पुँजी परिचालनलाई प्रोत्साहित गरिने, लघु वित्त संस्थाहरूको सञ्चालन दक्षता अभिवृद्धि गरी कर्जाको ब्याजदर यथार्थपरक बनाइने, नेसनल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएर विद्युतीय भुक्तानी कारोबारको लागत घटाउने, नेपालको क्रेडिट रेटिङ कार्य आगामी ६ महिनाभित्र सम्पन्न गरिने, बिमाको दायरा विस्तार गरिने, बिमा दाबी व्यवस्थालाई सहज र सरल बनाई तोकिएको समयभित्र भुक्तानी सुनिश्चित गरिने, कृषि र लघु उद्यम व्यवसायमा बिमाको पहुँच अभिवृद्धि गरिने जस्ता कुरा समेटिएका छन् ।

नियामकको सिफारिस र सरोकारवालाहरूको व्यापक दबाबका बाबजुद करको व्यावहारिक समाधानमा अनिच्छुक सरकारबाट उल्लिखित कार्य हुनेमा आशा त गर्न सकिन्छ तर ढुक्क हुन सकिन्न । समेटिएका कार्यक्रमहरूको व्यावहारिक कार्यान्वयन भए धितोपत्र बजारमा सुधार र केही सहजता हुनेछ ।

आशाबीचको निराशा

अर्थतन्त्रका सबै क्षेत्र लकडाउनबाट प्रभावित भएको र सबै उद्योग, व्यवसायी र नागरिक आर्थिक कठिनाइको चपेटामा परेको विषम अवस्थामा सेयरबजार अछुतो रहने कुरै भएन । एकातिर अर्थतन्त्रमा नकारात्मक असरसँगै सूचीकृत कम्पनीहरूको व्यवसाय र मुनाफा अनि अर्कातिर बजार मूल्यको दोहोरो मार खेप्ने लगानीकर्ताहरू बजेटबाट कम्तीमा
क) सूचीकृत कम्पनीहरूको सञ्चालन र पुनरुत्थानका लागि सहुलियत,
ख) सेयरधारण अवधिको आधारमा फरक दरमा कर,
ग) लाभकरको अन्योलताको निरुपण र
घ) लाभांश करमा पुनरावलोकन हुने आशामा थिए ।

हुन पनि लगानीकर्ताहरूसँगै नियामक र अन्य सरोकारवालाहरूले समेत करको अन्योलता र अवधिको आधारमा फरक दरमा करका लागि वकालत गरेको अवस्थामा अरू केही नभए पनि राज्यलाई कुनै आर्थिक भार नपर्ने अनि अन्तिम भनिँदै आएको तर अन्योलपूर्ण लाभकरलाई कानुनतः अन्तिम बनाइनेमा लगानीकर्ताहरू निकै आशावादी थिए । यस्तै पुँजीबजारमा उच्च सट्टेबाजी हुनुहुन्न भनेर नथाक्ने अर्थमन्त्रीले कम्तीमा अल्पकालीन र दीर्घकालीन लगानीमा फरक दरमा लाभकर लगाएर सट्टेबाजीलाई निरुत्साहित गर्ने झिनो आशा गरिएको थियो ।

सरकारको निर्देशनमा लकडाउनसँगै बन्द सेयर बजारका कतिपय लगानीकर्ता सरकारबाट राहत र अनेक अपेक्षा राखेको (जसमध्ये केही बजेटले नभइ माैद्रिक नीति/केन्द्रिय बैंक र धिताेपत्र बाेर्डले गर्नुपर्ने) अवस्थामा बजेट र आर्थिक विधेयकबाट मात्रै समाधान हुनसक्ने करको करकर निरुपण हुनेमा विश्वस्त थिए । तर, बिना आर्थिक भार अग्रिम कट्टी हुँदै आएको लाभकरलाई अन्तिम बनाएर करको एउटा भए पनि करकर हटाउँदै लगानीकर्ताहरूको मनोबल बढाउने प्रयाससमेत नहुनु निकै दुःखद छ । सरकारले लगानीकर्ताहरूको आवाज मात्र होइन, नियामकको सिफारिस समेत अनदेखि गर्नुले पुँजीबजारका सरोकारावालाहरू ‘मर्नु न नबाँच्नु’को अधमरो अवस्थामा पुगेका छन् ।

खेतीमा सुधार कि खेत बेच्ने ?

चालू आवको एक त्रैमास आर्थिक गतिविधि ठप्प अनि राज्यकै निर्देशनमा धेरै व्यावसायिक घाटा बेहोर्न बाध्य सूचीकृत केही बैंक तथा वित्तीय संस्थाहरूको नकारात्मक वितरणयोग्य मुनाफाबाट अन्योलग्रस्त लगानीकर्ताहरूलाई बजेटले झन् निराश बनाएको छ । विश्वव्यापी र राज्यसिर्जित परिस्थितिका कारण अप्ठेरोमा रहेका लगानीकर्ताहरूसँग
क) लगानी गरेका कम्पनी, व्यवसाय र मुनाफा, लाभांश क्षमताको पुनरावलोकन गर्दै सकेसम्म जोखिम लिने,
ख) कारोबारीबाट लगानीकर्ता हुँदै सेयरधनी बन्ने,
ग) लकडाउनले बढी प्रभावितबाट कम प्रभावित क्षेत्र वा कम्पनीमा लगानी सार्ने, र
घ) घाटामै सम्पत्ति बेच्ने विकल्प त उपलब्ध छन् ।

तर, जोखिम व्यवस्थापनका लागि घाटामा सेयर बेच्ने विकल्पमा जाँदा समेत लगानीको सिद्धान्त, मेहनत, सम्भावना र अवसरगत लागतमा पनि ध्यान दिनैपर्छ । धितोपत्रमा लगानी अत्यधिक जोखिमपूर्ण हुन्छ र क्षमताले भ्याउनेसम्म मात्र जोखिम लिनुपर्छ भन्ने जान्दाजान्दै पनि काबुबाहिरको परिस्थितिमा विशेष चनाखो हुनैपर्छ । सरकार वा बजारको रिसमा मेहनतपूर्वक जोडेको सेयर सम्पत्ति घाटामा बेचेर हिँड्ने वा थप मेहनत र धैर्य गर्ने ? किसानकै उदाहरण लिऊँ, खेतमा कुनै वर्ष सोचेजति धान फलेन भनेर किसानले घाटामा खेत नबेचेर बरु मलखाद, बीउबिजन, सिँचाइमा थप ध्यान दिएजस्तै लगानीकर्ताहरूले पनि कम्पनीको व्यवसाय र मुनाफा वृद्धिमा सहकार्य गर्नु बढी बुद्धिमानी हुन सक्छ कि ? विशेष परिस्थितिमा लगानी र कारोबारमा पनि विशेष रणनीति नै आवश्यक पर्न सक्छ । जेजस्तो भए पनि नआत्तिऊँ, निराशाका बीच सहज परिस्थितिको आशा गरौं ।

काराेवार दैनिकमा २०७७ जेठ १८ गते प्रकाशित, https://www.karobardaily.com/news/idea/32459

Monday, May 18, 2020

Q37677 प्राेभिजनकाे दवावमा बैंककाे नाफा संकुचित

सबै बैंकहरुले नियामानुसारका आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासिक विवरण प्रकाशित गरेका छन् । पूँजी, जगेडा, निक्षेप, कर्जा तथा सापटी, प्रति शेयर आय जस्ता विभिन्न तथ्यांकहरु र तिनको वार्षिक तथ्यांक तुलना पनि प्रस्तुत भइसकेका छन् । लगानीकर्ताहरुले विभिन्न माध्यमबाट तिनको पर्याप्त जानकारी हासिल गरिसक्नु भएको होला । तर यस त्रैमासको विवरणमा धेरैले बिर्सिएको भनेको राज्यको निर्देशनमा बैंकहरुले उठाउन नसकेको कर्जा तथा सापटी र ब्याज तथा त्यसको आयव्ययमा असर हो । यस सम्बन्धमा खासै टिप्पणी र विश्लेषण पढ्न पाइएको छैन । बैंकहरुको घटेको मुनाफा र अत्यासलाग्दो नकारात्मक वितरणयोग्य मुनाफाको तथ्यांक प्रस्तुत गर्दैगर्दा त्यसको वास्तविकता र कारण नकेलाउने हो भने हामीले गर्ने विश्लेषण र सोको आधारमा लिइने लगानी निर्णय गलत हुने जोखिम पनि छ । अहिलेको तथ्यांकलाई नै देखाएर किन्न चाहनेहरुले अत्याउने र जोखिमवहन क्षमता कमजोर भएका लगानीकर्ताहरुले आत्तिएर बेच्ने अवस्था सिर्जना नहोस् अनि सिर्जित जोखिम र सम्भावित अवस्थाको सहि विश्लेषण गर्न सघाउन यहाँ सामान्य तथ्यांकका साथै बैंकहरुको व्यवसायिक अवस्था झल्काउने मुख्य सूचकहरु प्रस्तुत गरिएको छ । 

यो त्रैमासमा बैंकिग क्षेत्रमा ध्यानदिनुपर्ने प्राइम कमर्सियल बैंकले कैलास विकास बैंकलाई प्राप्ति गरी संयुक्त विवरण प्रकाशित गरेको छ भने ग्लोवलआईएमईको व्यवसाय र मुनाफामा जनताको प्रभाव देखिन थालेको छ । यसै वर्ष ओम विकास बैंक प्राप्ति गरेको एनएमबीको व्यवसाय र नाफाको विस्तार भने सोचे अनुरुप देखिन सकेको छैन् । 

चुक्ता पूँजी, सामान्य जगेडा कोष, ग्राहक निक्षेप र ग्राहक कर्जामा परिवर्तन 

कैलास विकास बैंकलाई प्राप्ति गरी २०७६ फागुन २९ गतेबाट संयुक्त कारोवार गरेको प्राइम कमर्सियल बैंकले केहि सूचकहरुमा त्रैमासिक वृद्धिदरको आधारमा सबैलाई उछिनेको छ । अहिले पनि चुक्ता पूँजी १८.९८ अर्ब, २०१ अर्बको ग्राहक निक्षेप, १९५ अर्बको ग्राहक कर्जा तथा सापटी सहित ग्लोवलआईएमईले सबैलाई पछाडि पारेको छ भने सामान्य जगेडामा १४.१८ अर्ब सहित नेपाल बैंकले उछिनेको छ । सिभिल चारै सूचकमा सबैभन्दा कमजोर छ । सिभिलको जगेडा कोषसँगै निक्षेप र कर्जा समेत घटेको छ । 

यस त्रैमासमा कैलास प्राप्ति गरेकाे प्राइम र बाेनस समायाेजन गरेका बैंकहरूकाे समेत ९.७३ अर्बले पूँजी बढेकाे छ । बैंकहरुको जगेडा कोष भने औसतमा १८.३२ प्रतिशतले बढेको छ, सबैभन्दा बढी प्राइमको २२५.४१ अर्ब (७०.५१%) ले बढेको छ, भने सिभिलको सामान्य घटेको छ । यस त्रैमासमा बैंकहरुमा करिव १.२५ खर्बले निक्षेप र कर्जा तथा सापटि १.३८ खर्बले बढेको देखिन्छ । प्राइमको निक्षेप ३४.३८ अर्बले बढ्दा सेञ्चुरीको करिव २.४७ अर्बले घटेको छ । कर्जा तथा सापटी पनि प्राइमको ३० अर्बले बढ्दा सेञ्चुरीको १.३९ अर्बले घटेको छ ।

तेस्राे त्रैमासकाे पूँजी, सामान्य जगेडा काेष, निक्षेप, कर्जा तथा सापट र त्रैमासिक परिवर्तन
Bank
Capital
(Rs. Billion)
General Reserve
(Rs. Billion)
Deposit from Customer
(Rs. Billion)
Loan & Advances to Customer (Rs. Billion)
Q3 Amt
Chg Amt
%
Q3 Amt
Chg Amt
%
Q3 Amt
Chg Amtt
%
Q3 Amt
Chg Amt
%
ADBL
9.56
-
-
10.44
0.02
0.20
130.52
3.30
2.60
121.40
6.03
5.23
BOKL
8.55
-
-
5.21
0.69
15.39
89.77
0.56
0.63
78.72
1.83
2.38
CBL
8.00
(0.00)
(0.00)
1.60
(0.01)
(0.76)
49.85
2.10
4.41
51.01
3.25
6.80
CCBL
8.42
-
-
1.80
0.42
30.36
58.77
(2.47)
(4.04)
58.11
(1.40)
(2.35)
CZBL
8.62
-
-
3.49
0.61
21.16
77.84
2.24
2.97
75.01
5.92
8.56
EBL
8.47
-
-
7.82
0.55
7.57
140.06
(1.13)
(0.80)
114.60
0.27
0.24
GBIME
18.98
-
-
9.14
1.66
22.13
201.60
4.19
2.12
195.19
4.66
2.45
HBL
9.37
0.85
10.00
6.79
0.67
11.00
116.32
3.60
3.19
105.82
8.10
8.29
KBL
9.55
-
-
3.05
0.81
35.87
85.51
4.83
5.99
89.71
8.78
10.85
LBL
9.81
-
-
2.40
0.09
4.04
97.36
9.13
10.35
90.99
5.93
6.98
MBL
8.46
-
-
2.80
0.75
36.25
99.85
2.33
2.39
92.50
4.95
5.65
Mega
10.39
-
-
1.91
0.01
0.64
85.07
4.86
6.06
78.74
4.55
6.13
Nabil
10.10
-
-
12.77
1.10
9.42
171.02
6.70
4.08
149.39
8.00
5.66
NBB
8.50
0.41
5.04
4.29
0.60
16.41
63.30
0.17
0.27
59.81
1.87
3.23
NBL
9.81
-
-
14.18
0.66
4.85
122.70
5.58
4.76
101.68
3.22
3.27
NCC
9.35
1.22
17.38
3.12
0.54
20.98
66.06
2.44
3.84
66.49
1.60
2.46
NIB
14.25
0.03
0.22
11.58
1.47
14.59
156.78
6.83
4.55
138.19
5.59
4.21
NICA
9.72
-
-
6.07
1.10
22.08
186.82
8.07
4.52
161.19
9.73
6.43
NMB
13.95
2.42
25.17
6.33
1.12
21.53
127.93
1.50
1.19
115.57
1.93
1.70
PCBL
13.99
4.30
53.51
5.45
2.25
70.51
114.73
34.38
42.79
111.00
30.09
37.19
Pravu
10.32
-
-
4.53
0.68
17.61
118.07
2.57
2.23
99.40
4.68
4.94
Sanima
8.80
-
-
3.25
0.83
34.27
100.81
1.51
1.52
92.12
3.41
3.84
SBI
8.96
0.51
6.00
5.17
1.06
25.89
107.00
2.36
2.25
95.22
0.98
1.04
SBL
9.79
-
-
4.82
0.97
25.05
130.35
3.80
3.00
124.39
6.02
5.09
SCB
8.01
-
-
5.14
0.04
0.78
85.51
4.97
6.18
57.57
3.28
6.04
SRBL
8.97
-
-
3.54
0.61
20.75
86.36
4.20
5.11
80.14
4.55
6.02
RBB
9.00
-
-
13.24
0.76
6.11
200.46
5.56
2.85
148.63
0.73
0.49
Total
271.68
9.73
117.32
159.93
20.06
494.69
3,070.43
124.17
124.98
2,752.57
138.56
152.83
Average
10.06
0.36
4.35
5.92
0.74
18.32
113.72
4.60
4.63
101.95
5.13
5.66
ChgAmount = Change amount from Q2 (Q3-Q2), % = percentage change over Q2

खुद व्याज आय, संचालन मुनाफा र अवधिको मुनाफा (खुद मुनाफा) मा परिवर्तन 

कर्जा तथा सापटी विस्तार र अंकको आधारमा खुद व्याज आय बढेको देखिए पनि पाकेको ब्याजको वास्तविक असुली हुनसकेन । राज्यले नै सावाँ र ब्याज तिर्ने अवधीमा सहुलियत दिएसँगै तिर्न नसक्नेसँगै सक्नेले तिरेनन् भने तिरेकाले समेत फिर्तासम्म लगेका छन् । यस्तै तिरिएको ब्याजमा १० प्रतिशतको छुटले खुद ब्याज आए केहि प्रभावित भयो । यसको साथै विषम परिस्थितिले गर्दा सावाँ पनि उठन सकेन् । जसको लागि नियामकले खराब कर्जाको जोखिम अनुरुप प्रोभिजनमा सहुलियत दिएता पनि कतिपय बैंकले जोखिम व्यवस्थापनका लागि प्रोभिजन गरे भने केहिले गरेनन् । जसले गर्दा बैंकहरुको कर्जा विस्तारको तुलनामा खुद व्याज आयभन्दा संचालन मुनाफा, अवधिको मुनाफा र वितरणयोग्य मुनाफा उल्लेख्य प्रभावित भएको छ । उल्लेख्य नियामकीय रकम छुट्याउनु पर्दा बिओके, लक्ष्मी, सिद्धार्थ, सनराइज र नेपाल बैंकको वितरणयोग्य रकम ऋणात्मक हुनपुगेको छ । 

यस अवधिमा 
  • खुद ब्याज सबैभन्दा बढि राष्ट्रिय बाणिज्य बैंकले ६.९७ अर्ब र ६ अर्ब ग्लोवलआईएमईले तथा सबैभन्दा कम १.७१ अर्ब सिभिलले कमायो ।
  • संचालन मुनाफा नविलले बढि ४.५ अर्ब र कम सिभिलले ५४ करोडमात्र कमायो ।
  • अवधिको मुनाफा सबैभन्दा बढि नविलले ३.१६ अर्ब र ग्लोवलआईएमईले ३.१५ तथा सबैभन्दा कम ३६ करोड सिभिलले कमायो ।
  • वितरणयोग्य मुनाफा सबैभन्दा बढि नविलको २.१ अर्ब र कम ४१ करोडले ऋणात्मक लक्ष्मीको रहेको छ ।

तेस्राे त्रैमासकाे खुद ब्याज अाय, संचालन मुनाफा, खुद मुनाफा र वितरणायाेग्य मुनाफा परिवर्तन
Bank
Net Interest (Rs. Billion)
Operating Profit (Rs. Billion)
Profit for Period (Rs. Billion)
Free Profit (Rs. Billion)
Q3 Amt
Chg Amt
%
Q3 Amt
Chg Amt
%
Q3 Amt
Chg Amt
%
Q3 Amt
Chg Amt
%
ADBL
4.36
1.19
37.53
2.70
0.72
36.13
2.04
0.46
28.97
1.26
0.11
9.62
BOKL
2.88
0.95
48.94
1.24
(0.03)
(2.08)
0.87
(0.01)
(1.17)
(0.09)
(0.69)
(115.19)
CBL
1.71
0.52
43.26
0.54
0.09
20.71
0.36
0.04
14.00
(0.19)
(0.32)
(245.43)
CCBL
2.25
0.72
47.37
1.27
0.36
39.36
0.92
0.27
40.83
0.13
(0.29)
(68.29)
CZBL
2.24
0.81
56.11
1.52
0.57
59.33
1.09
0.40
58.68
0.41
(0.21)
(33.83)
EBL
4.35
1.44
49.75
3.36
1.20
55.82
2.35
0.84
55.82
0.94
0.08
9.10
GBIME
6.00
2.45
69.17
3.80
1.43
60.20
3.15
1.02
47.57
0.58
(0.63)
(52.05)
HBL
3.84
1.26
49.04
3.09
0.97
45.79
2.32
0.57
32.98
0.83
(0.10)
(10.82)
KBL
2.75
0.93
51.00
1.49
0.35
31.29
1.01
0.21
26.11
0.05
(0.61)
(93.16)
LBL
2.61
0.87
49.65
1.57
0.27
21.13
1.09
0.19
20.70
(0.41)
(1.00)
(169.29)
MBL
3.04
1.05
52.95
1.78
0.54
44.10
1.17
0.35
41.98
0.19
(0.42)
(68.96)
Mega
3.18
1.05
49.28
2.08
0.72
52.79
1.45
0.50
52.71
0.46
(0.17)
(26.58)
Nabil
5.37
1.92
55.59
4.50
1.59
54.79
3.16
1.12
54.70
2.10
0.64
43.60
NBB
2.14
0.79
57.98
1.46
0.34
29.91
1.01
0.20
24.42
0.03
(0.41)
(93.61)
NBL
4.22
1.47
53.67
2.65
0.92
52.80
2.00
0.64
47.63
(0.06)
(0.75)
(109.07)
NCC
2.51
0.84
50.49
1.64
0.59
55.23
1.17
0.41
54.15
0.31
(0.22)
(41.87)
NIB
4.54
1.47
48.07
3.57
1.18
49.77
2.50
0.83
49.78
0.25
(0.60)
(70.70)
NICA
5.52
1.88
51.41
3.60
0.70
24.14
2.50
0.49
24.12
0.41
(0.67)
(62.06)
NMB
4.30
1.56
57.10
1.88
0.36
23.87
1.88
0.25
15.11
0.59
(0.53)
(47.36)
PCBL
3.34
1.18
54.34
2.90
1.04
56.24
2.03
0.73
56.11
0.64
(0.22)
(25.95)
Pravu
3.60
1.14
46.42
2.08
0.58
38.37
1.46
0.38
34.85
0.77
(0.26)
(24.98)
Sanima
3.24
1.07
49.57
2.30
0.67
41.50
1.62
0.47
41.07
0.58
(0.37)
(39.35)
SBI
3.14
1.04
49.39
2.05
0.64
44.98
1.44
0.44
43.71
0.10
(0.63)
(85.83)
SBL
4.19
1.41
50.89
1.98
0.46
30.17
1.34
0.31
30.53
(0.15)
(0.73)
(126.65)
SCB
2.79
0.96
52.14
2.58
0.82
46.92
1.80
0.58
46.92
1.31
0.28
27.43
SRBL
2.99
0.95
46.25
1.33
(0.01)
(0.78)
0.94
(0.01)
(0.96)
(0.18)
(0.69)
(133.82)
RBB
6.97
1.91
37.77
4.17
1.10
35.97
3.04
0.83
37.42
1.16
0.07
5.95
Total
98.08
32.83
63.11
18.18
45.70
12.49
12.01
(9.35)
Average
3.63
1.22
50.56
2.34
0.67
38.83
1.69
0.46
36.25
0.44
(0.35)
(61.08)
ChgAmount = Change amount from Q2 (Q3-Q2), % = percentage change over Q2

प्रतिशेयर आधारभूत इपिएस, वितरणयोग्य इपिएस, नेटवर्थ, पूँजीकोष र एनपिएलमा परिवर्तन

आधारभूत सूचकहरुको निर्धारक र लगानीकर्ताहरुको मुख्य चासो रहने प्रतिशेयर आय (इपिएस) तेस्रो त्रैमासमा औसत रु २२.३१ देखिन्छ, जुन दोस्रो त्रैमासभन्दा रु २.९१ ले घटेको छ । बैंकहरुको चुक्ता पुँजीमा वृद्धिको अनुपातमा मुनाफामा कम वृद्धि, थप प्रोभिजन, आदिले इपिएस घटेको अनुमान गर्न सकिन्छ । इपिएस भन्दा वितरणयोग्य मुनाफामा उल्लेख्य कमी आएको छ । नेटवर्थमा एनएमबीको धेरै घटेको देखिए पनि त्यति उल्लेख्य प्रभाव देखिएको छैन । बैंकहरुको पूँजीकोष भने निकै कसिन पुगेको देखिन्छ । सबैभन्दा धेरै पूँजी भएको ग्लोवलआईएमई र नविलको समेत ११ प्रतिशतको नजिक पुगेबाट बैंकको व्यवसायले थप पूँजीको माग गर्ने देखिन्छ। 

यस अवधिमा 
  • इपिएस सबैभन्दा बढि राष्ट्रिय बाणिज्य बैंकको रु ४४.९६ र नविलको रु ४१.७१ तथा सबैभन्दा कम सिभिलको रु ६.०१, औसत रु २२.३१
  • वितरणयोग्य प्रतिशेयर इपिएस सबैभन्दा बढि नविलको रु २७.६७ तथा सबैभन्दा कम लक्ष्मीको रु ५.५७ ऋणात्मक, औसत रु ५.८७
  • नेटवर्थ सबैभन्दा बढि नेपाल बैंकको रु २९६.६३ तथा कम सिभिलको रु १२४.६४, औसत रु १६९.४८
  • पूँजीकोष सबैभन्दा कम नविल बैंकको ११.१७% र बढि कृषिको १९.८२%, औसत १३.५४% निष्कृय कर्जा सबैभन्दा कम नेपाल एसविआई बैंकको ०.१९% र बढि राष्ट्रिय बाणिज्य बैंकको ४.६४%, औसत १.७२%

तेस्राे त्रैमासकाे इपिएस, वितरणयाेग्य इपिएस, नेटवर्थ, पूँजीकाेष, निष्रकृय कर्जा र पिइ परिवर्तन
Bank
EPS (Rs)
EPS (Rs) FP
Networth (Rs)
CAR (%)
NPL (%)
PE
Q3
Chg
%
Q3
Chg
%
Q3
Chg
%
Q3
Chg
%
Q3
Chg
%
09.12.76
ADBL
25.90
(4.64)
(15.63)
14.15
0.11
9.62
234.67
(21.05)
(8.23)
19.82
(0.57)
(2.80)
3.65
(0.26)
(6.65)
14.21
BOKL
13.63
(7.05)
(34.09)
(1.42)
(0.69)
(115.19)
159.92
0.07
0.04
13.82
0.02
0.14
1.53
(0.01)
(0.65)
15.99
CBL
6.01
(1.89)
(23.92)
(3.18)
(0.32)
(245.43)
124.64
0.42
0.34
14.75
(1.17)
(7.35)
2.96
0.27
10.04
22.96
CCBL
14.51
(0.94)
(6.08)
2.12
(0.29)
(68.29)
129.72
2.72
2.14
14.48
(0.26)
(1.76)
2.19
0.52
31.14
10.96
CZBL
16.87
0.92
5.77
6.36
(0.21)
(33.83)
145.77
4.64
3.29
14.21
1.43
11.19
0.97
(0.02)
(2.02)
10.67
EBL
37.10
1.38
3.87
14.82
0.08
9.10
216.99
9.95
4.81
12.62
0.29
2.35
0.20
0.04
25.00
16.54
GBIME
22.16
(0.37)
(1.64)
4.07
(0.63)
(52.05)
150.65
5.42
3.73
11.20
(0.27)
(2.35)
1.14
(0.06)
(5.00)
11.19
HBL
32.96
(7.94)
(19.41)
11.79
(0.10)
(10.82)
184.50
(23.70)
(11.38)
13.42
(1.31)
(8.89)
1.11
(0.17)
(13.28)
15.17
KBL
14.13
(2.68)
(15.94)
0.63
(0.61)
(93.16)
132.65
2.01
1.54
13.06
1.54
13.37
0.98
(0.06)
(5.77)
12.53
LBL
14.81
(3.60)
(19.55)
(5.57)
(1.00)
(169.29)
136.76
2.86
2.14
12.69
(0.48)
(3.64)
1.78
0.90
102.27
13.50
MBL
18.39
(1.04)
(5.35)
2.97
(0.42)
(68.96)
136.01
4.13
3.13
12.80
(0.68)
(5.04)
0.45
-
-
11.69
Mega
18.62
0.33
1.80
5.90
(0.17)
(26.58)
132.19
4.94
3.88
12.56
(1.16)
(8.45)
1.32
(0.17)
(11.41)
11.49
Nabil
41.71
1.27
3.14
27.67
0.64
43.60
247.21
10.53
4.45
11.17
(0.36)
(3.12)
0.63
(0.12)
(16.00)
16.81
NBB
15.77
(4.20)
(21.03)
0.44
(0.41)
(93.61)
151.23
(5.19)
(3.32)
12.88
(0.07)
(0.54)
2.76
0.84
43.75
12.49
NBL
27.13
(0.44)
(1.60)
(0.84)
(0.75)
(109.07)
296.63
(0.92)
(0.31)
15.90
(1.51)
(8.67)
2.64
(0.02)
(0.75)
9.25
NCC
16.62
(1.98)
(10.65)
4.35
(0.22)
(41.87)
139.48
(16.70)
(10.69)
12.76
(0.44)
(3.33)
2.75
(0.07)
(2.48)
10.71
NIB
23.35
(0.08)
(0.34)
2.31
(0.60)
(70.70)
192.07
8.04
4.37
12.59
(0.78)
(5.83)
2.67
(0.23)
(7.93)
15.97
NICA
34.34
(7.16)
(17.25)
5.59
(0.67)
(62.06)
169.31
4.44
2.69
12.11
(0.64)
(5.02)
0.75
0.29
63.04
14.44
NMB
18.00
(10.38)
(36.58)
5.62
(0.53)
(47.36)
146.83
(41.72)
(22.13)
14.26
(1.79)
(11.15)
2.48
0.52
26.53
20.94
PCBL
19.36
(7.50)
(27.92)
6.11
(0.22)
(25.95)
144.62
(13.79)
(8.71)
12.98
(0.25)
(1.89)
0.97
(0.48)
(33.10)
13.02
Pravu
18.93
(2.12)
(10.07)
10.02
(0.26)
(24.98)
151.69
4.08
2.76
11.56
(0.34)
(2.86)
2.95
(0.17)
(5.45)
11.89
Sanima
24.52
(1.55)
(5.95)
8.74
(0.37)
(39.35)
144.24
5.18
3.73
12.46
(0.32)
(2.50)
0.36
(0.05)
(12.20)
13.21
SBI
21.41
(2.28)
(9.62)
1.55
(0.63)
(85.83)
163.68
(4.72)
(2.80)
14.74
1.76
13.56
0.19
0.02
11.76
19.24
SBL
18.25
(2.73)
(13.01)
(2.09)
(0.73)
(126.65)
153.44
2.72
1.80
11.86
(1.00)
(7.78)
2.24
0.69
44.52
15.84
SCB
30.00
(0.63)
(2.06)
21.86
0.28
27.43
185.78
6.75
3.77
17.05
0.97
6.03
0.22
0.05
29.41
19.67
SRBL
13.91
(7.15)
(33.95)
(2.61)
(0.69)
(133.82)
141.99
(0.27)
(0.19)
14.47
(0.67)
(4.43)
1.32
(0.37)
(21.89)
16.75
RBB
44.96
(4.11)
(8.38)
17.15
0.07
5.95
263.42
9.18
3.61
13.26
0.11
0.84
4.64
(0.13)
(2.73)
-
Average
22.31
(2.91)
(12.05)
5.87
(0.35)
(61.08)
169.48
(1.48)
(0.58)
13.54
(0.29)
(1.85)
1.70
0.06
8.89
13.99
नाेटः चेन्ज भनेकाे दाेस्राे र तेस्राेकाे फरक । प्रतिशत दाेस्राेकाे अाधारमा तेस्राे

बन्दाबन्दी एउटा हिस्सा भोगिसकेको तर अर्को हिस्सालाई लेखांकन गर्न बाँकी बैंकहरुको वित्तीय विवरण आव २०७६÷७७ लाई कस्तो हुन्छ?, कति मुनाफा र लाभांस क्षमता राख्छ? निकै अन्यौलपूर्ण छ । यसमा सरकार र नियामकको नीतिले पनि भूमिका खेल्नेछ । व्यवसाय विस्तारमा बैंकहरु अगाडि देखिए पनि मुनाफा प्रभावित हुने र शेयरधनीहरुले लाभांस गुमाउने अवस्था भने रहने छ । हुनतः तेस्रो त्रैमास भनेको लगानी व्यवस्थापनका हिसावले महत्वपूर्ण हो, तर विषम र अन्यौलपूर्ण अवस्थाले विद्यमान लगानी पुनरावलोकन र सार्ने वा नसार्ने अर्को अन्यौल थपिएको छ । यस त्रैमासमा बैंकहरुको जोखिम मूल्यांकन, नियामकीय सहुलियत र जोखिम व्यवस्थापन रणनीतिका आधारमा इम्पेरमिेन्ट (खुद प्रोभिजन) को लेखांकन गरिएको हुँदा कतिपय बैंकको आधारभूत सूचकहरुमा उल्लेख्य परिवर्तनले समग्र तथ्यांकीय अवस्थामा पनि परिर्वतन आएको छ, यो लगानी प्राथमिकतामा पनि देख्न सकिन्छ ।

बैंकहरूकाे तेस्राे त्रैमासकाे समग्र अवस्था 
Bank
Capital
(Rs. Billion)
General Reserve
(Rs. Billion)
Customer
Deposit
(Rs. Billion)
Loan & Advances (Rs. Billion)
Net Interest (Rs. Billion)
Operating Profit
Profit Period
(Rs. Billion)
Free Profi
(Rs. Billion)
EPS (Rs)
FP
EPS (Rs)
Networth (Rs)
CAR (%)
NPL (%)
PE
Rank
Nabil
10.10
12.77
171.02
149.39
5.37
4.50
3.16
2.10
41.71
27.67
247.21
11.17
0.63
16.81
1
GBIME
18.98
9.14
201.60
195.19
6.00
3.80
3.15
0.58
22.16
4.07
150.65
11.20
1.14
11.19
2
EBL
8.47
7.82
140.06
114.60
4.35
3.36
2.35
0.94
37.01
14.82
216.99
12.62
0.20
16.54
3
NICA
9.72
6.07
186.82
161.19
5.52
3.60
2.50
0.41
34.34
5.59
169.31
12.11
0.75
14.44
4
ADBL
9.56
10.44
130.52
121.40
4.36
2.70
2.04
1.26
25.90
14.15
234.67
19.82
3.65
14.21
5
NIB
14.25
11.58
156.78
138.19
4.54
3.57
2.50
0.25
23.35
2.31
192.07
12.59
2.67
15.97
6
HBL
9.37
6.79
116.32
105.82
3.84
3.09
2.32
0.83
32.96
11.79
184.50
13.42
1.11
15.17
7
NBL
9.81
14.18
122.70
101.68
4.22
2.65
2.00
(0.06)
27.13
(0.84)
296.63
15.90
2.64
9.25
8
SCB
8.01
5.14
85.51
57.57
2.79
2.58
1.80
1.31
30.00
21.86
185.78
17.05
0.22
19.67
9
PCBL
13.99
5.45
114.73
111.00
3.34
2.90
2.03
0.64
19.36
6.11
144.62
12.98
0.97
13.02
10
Pravu
10.32
4.53
118.07
99.40
3.60
2.08
1.46
0.77
18.93
10.02
151.69
11.56
2.95
11.89
11
NMB
13.95
6.33
127.93
115.57
4.30
1.88
1.88
0.59
18.00
5.62
146.83
14.26
2.48
20.94
12
Sanima
8.80
3.25
100.81
92.12
3.24
2.30
1.62
0.58
24.52
8.74
144.24
12.46
0.36
13.21
13
Mega
10.39
1.91
85.07
78.74
3.18
2.08
1.45
0.46
18.62
5.90
132.19
12.56
1.32
11.49
14
SBL
9.79
4.82
130.35
124.39
4.19
1.98
1.34
(0.15)
18.25
(2.09)
153.44
11.86
2.24
15.84
15
SBI
8.96
5.17
107.00
95.22
3.14
2.05
1.44
0.10
21.41
1.55
163.68
14.74
0.19
19.24
16
MBL
8.46
2.80
99.85
92.50
3.04
1.78
1.17
0.19
18.39
2.97
136.01
12.80
0.45
11.69
17
CZBL
8.62
3.49
77.84
75.01
2.24
1.52
1.09
0.41
16.87
6.36
145.77
14.21
0.97
10.67
18
NCC
9.35
3.12
66.06
66.49
2.51
1.64
1.17
0.31
16.62
4.35
139.48
12.76
2.75
10.71
19
KBL
9.55
3.05
85.51
89.71
2.75
1.49
1.01
0.05
14.13
0.63
132.65
13.06
0.98
12.53
20
NBB
8.50
4.29
63.30
59.81
2.14
1.46
1.01
0.03
15.77
0.44
151.23
12.88
2.76
12.49
21
BOKL
8.55
5.21
89.77
78.72
2.88
1.24
0.87
(0.09)
13.63
(1.42)
159.92
13.82
1.53
15.99
22
CCBL
8.42
1.80
58.77
58.11
2.25
1.27
0.92
0.13
14.51
2.12
129.72
14.48
2.19
10.96
23
LBL
9.81
2.40
97.36
90.99
2.61
1.57
1.09
(0.41)
14.81
(5.57)
136.76
12.69
1.78
13.50
24
SRBL
8.97
3.54
86.36
80.14
2.99
1.33
0.94
(0.18)
13.91
(2.61)
141.99
14.47
1.32
16.75
25
CBL
8.00
1.60
49.85
51.01
1.71
0.54
0.36
(0.19)
6.01
(3.18)
124.64
14.75
2.96
22.96
26
RBB
9.00
13.24
200.46
148.63
6.97
4.17
3.04
1.16
44.96
17.15
263.42
13.26
4.64
-
Total
271.68
159.93
3,070.43
2,752.57
98.08
63.11
45.70
12.01
Average
10.06
5.92
113.72
101.95
3.63
2.34
1.69
0.44
22.34
5.87
169.48
13.54
1.70
13.97

विकास न्यूज डटकममा प्रकाशित बैंकहरुको व्यवसायिक विकास र प्रभावलाई मुख्य रुपमा इंगित गर्ने कर्जा तथा सापटि, प्रोभिजन, मुनाफा र वितरणयोग्य मुनाफाका वार्षिक विन्दुगत परिवर्तन हेर्दा केहिमा सामान्य र केहिमा अत्यासलाग्दो नकारात्मक प्रभाव देखिन्छ । तर यो नै पूर्ण होइन, आगामी त्रैमाससम्ममा बन्दाबन्दीको अवस्था र राज्यको नीतिका आधारमा तथ्यांकहरु परिवर्तन हुनेछन् ।

तालिका साभारः https://www.bikashnews.com/2020/05/17/215213.html 

तालिका साभारः https://www.bikashnews.com/2020/05/20/215784.html 

यो तथ्यांकीय विश्लेषण व्यक्तिगत प्रयोजनका लागि गरिएको सामान्य अध्ययन हो । लगानी निर्णय गर्दा आफ्नो जोखिम लिने क्षमता, उदेश्य, रकमको स्रोत जस्ता धेरैपक्षमा ध्यान दिनुपर्छ । तथ्यांकलाइ पुनः विश्लेषण गर्न नबिर्सनु होला ।