Monday, August 27, 2018

सबल र सक्षमतातर्फ उन्मुख वाणिज्य बैंक

आर्थिक वर्ष २०७४/७५को अन्त्यसम्ममा २८ वाणिज्य बैंकमध्ये २४ बैंकहरूले हकप्रद, बोनस, मर्ज वा प्राप्ति मार्फत तोकिएको पुँजी पु¥याएका छन् । बैंक अफ काठमाण्डू (बिओके), कुमारी र नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) पुँजी व्यवस्थापनको प्रकृयामा छन् । बैंकहरूले पुँजी वृद्धिको अन्योल चिर्दै व्यवसाय विस्तार र मुनाफामा वृद्धि गर्न सफल रहेको सन्देश दिएका छन् ।

वर्तमान वित्तिय स्थिति 
बैंक
चुक्ता पूँजी (रु. अर्व)
जगेडा कोष
(रु. अर्व)
निक्षेप (रु. अर्व)
कर्जा तथा सापटी (रु. अर्व)
खुद मुनाफा (रु. अर्व)
प्रतिशेयर आम्दानी (रु)
नेटवर्थ (रु)
पूँजी कोष (%)
२०७५ भदौ ७ को पिई (%)
निष्कृय कर्जा (%)
नेपाल इन्भेष्टमेन्ट
१०.६५
११.६६
१४०.०७
१२२.३९
३.५८
३३.६२
२०९.५३
१३.३४
१८.६२
१.०३
मेगा
१०.२८
२.११
६२.९६
५६.४०
१.०५
१०.१८
१२०.४८
१८.७१
१६.१२
०.८२
राष्ट्रिय बाणिज्य
९.००
८.०५
१६९.३३
१२०.८७
४.३३
४८.०७
१८९.३६
१४.०२

४.२५
ग्लोबल आइएमई
८.८९
४.५७
१०६.५१
९३.३७
२.१६
२४.२६
१५१.४५
११.६७
१२.१२
०.६९
कृषि विकास
८.५०
११.५४
१०५.०१
९६.४९
३.६७
३९.३६
२३५.७०
२०.१८
८.५१
३.१९
सिद्धार्थ
८.४६
४.२७
१०१.७५
८४.७६
१.८५
२१.९१
१५०.४९
१२.४३
१४.१९
१.०५
प्रभु
८.२३
३.४२
९७.२६
७५.९८
१.१३
१३.७२
१४१.५५
१२.६६
१३.१९
३.५५
लक्ष्मी
८.२२
२.५३
६७.७४
६२.००
१.१७
१४.१९
१३०.७३
१२.५४
१६.०७
१.२९
सनराइज
८.१५
३.०५
६९.४८
६०.५५
१.३१
१६.०९
१३७.३६
१४.१३
१३.४२
१.२८
हिमालयन
८.११
६.०९
९९.७४
८६.८५
२.४७
३०.५०
१७५.००
१३.०३
१७.४५
०.९८
नेपाल बंगलादेश
८.०९
३.४७
४७.९८
४२.४०
१.११
१३.७०
१४२.८८
१४.३७
१४.५३
१.१३
सेञ्चुरी
८.०६
१.४६
६१.३२
५४.९९
०.८८
१०.८६
११८.०८
१६.२२
१६.२२
०.४०
माछापुच्छे
८.०६
२.१९
७२.७५
६४.३७
१.२१
१५.०३
१२७.१७
१५.६०
१५.६०
०.३८
नेपाल एसबिआई
८.०५
४.७२
८४.२२
७४.५०
१.९४
२४.११
१५८.६५
१५.२६
२०.५३
०.२०
नविल
८.०४
१०.०७
१३५.९८
११२.४०
४.०५
५०.४१
२२५.२३
१३.१८
१८.७५
०.५५
नेपाल
८.०४
६.८०
९९.८३
७९.६३
३.४०
४२.२७
१८४.६०
१७.६०
६.७४
२.९०
प्राइम कमर्सियल
८.०३
३.२९
८१.३१
६९.७१
१.८९
२३.५५
१४०.९९
१२.५४
१२.२७
०.६६
सिटिजन्स
८.०३
२.७७
६१.४८
५७.९५
१.४१
१७.५३
१३४.४६
१५.४८
१३.४०
१.२५
एनआईसी एसिया
८.०३
३.२३
१५१.२०
१२०.६७
१.१९
१४.८३
१४०.२७
१२.५४
२१.११
०.०६
एभरेष्ट
८.०३
६.३०
११४.८५
९३.९९
२.५४
३१.७०
१७८.४३
१४.९७
२०.७६
०.२०
स्ट्याण्डर्ड चार्टड
८.०१
५.८९
६७.३९
४६.१५
२.०७
२५.८८
१७३.४६
२३.६८
२८.०१
०.१८
सिभिल
८.००
१.४१
४०.०१
३९.४६
०.६५
८.०६
११७.६१
२०.६५
१८.३६
२.६५
सानिमा
८.००
२.७५
७९.१८
६८.६६
१.६९
२१.१७
१३४.३१
१२.९१
१४.८३
०.०३
जनता
८.००
१.७३
६०.१७
५४.३९
०.९३
११.६८
१२१.५८
१५.४८
१३.०१
१.३२
एनएमबी
७.६०
८.७०
८४.५१
७५.६५
१.८१
२३.८४
२१४.४०
१५.८८
१३.००
०.८८
कुमारी
७.१६
३.१६
६९.६५
६२.७४
१.००
१३.९८
१४४.१५
१३.९३
१४.६७
१.०१
बैंक अफ काठमान्डू
७.०७
५.०६
७६.७७
६९.४६
१.५५
२१.९०
१७१.४८
१५.०७
१२.७४
१.३२
नेपाल क्रेडिट एण्ड कमर्स
४.६८
२.८६
६३.३३
५५.०१
१.०७
२२.९१
१६१.२३
११.३८
७.७७
३.८९
जम्मा
२२७.५२
१३३.१३
२४७१.७९
२१०१.७९
५३.१३





औसत
८.१३
४.७५
८८.२८
७५.०६
१.९०
२३.०५
१५८.२४
१४.९८
१५.१५
१.३३

पुँजी तथा जगेडा कोष
वाणिज्य बैंकहरूको आव ७३/७४ को तुलनामा आव ७४/७५ मा चुक्ता पुँजी २४ प्रतिशतले बढेर रु. २ खर्व २७ अर्व हाराहारी पुगेको छ । औसत चुक्ता पुँजी रु. ८ अर्व १३ करोड हुँदा सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट (एनआइबी) को रु. १० अर्व ६४ करोड र कम एनसिसिको रु. ४ अर्व ६८ करोड रहेको छ । आव ७३/७४ को बोनससँगै एनएमबीको रु. ८ अर्व ७४ करोड र सिभिलको रु. ८ अर्व ३ करोडको पुँजी हुनेछ । एफपिओ बाँडफाँडसँगै नेपाल बैंकको पनि पुँजीरु. ९ अर्व ८१ करोड पुगेको छ । एभरेष्टसँग ८ करोड र कृषि विकास बैंकसँग ५ अर्व ४३ करोड रुपैयाँको अग्राधिकार सेयर छ । 

आव ७४/७५ मा बैंकहरूको जगेडा कोषमा औसत रु. ४ अर्व ७५ करोड, सबैभन्दा बढी एनआईबीसँग रु. ११ अर्व ६६ करोड र कम सिभिलसँग रु. १ अर्व ४१ करोड देखिएको छ । 

निक्षेप र कर्जा
बैंकहरूले निक्षेप करिव २७ प्रतिशतले बढाएर रु. २४ खर्व ७२ अर्व संकलन गरेका छन् । औसतमा एउटा बैंकमा रु. ८८ अर्व निक्षेप रहँदा राष्ट्रिय वाणिज्यले रु. १ खर्व ६९ अर्व तथा निजीतर्फ एनआईसी एसियाले रु. १ खर्व ५१ अर्व निक्षेप संकलन गरी अग्रणी बन्दा सिभिलले केवल रु. ४० अर्व संकलन गर्यो ।

औसतमा रु. ७५ अर्व कर्जा परिचालन गरेका बैंकहरूमध्ये रु. १ खर्व २२ अर्व परिचालन गरी एनआईबी अब्बल र रु. ३९ अर्व ६६ करोड सहित सिभिल कमजोर रह्यो । 

खुद मुनाफा र प्रतिसेयर आय
आव ७४/७५ मा बैंकहरूले करिव २६ प्रतिशतले बढाएर रु. ५३ अर्व खुद मुनाफा कमाउँदा सबैभन्दा बढी राष्ट्रिय वाणिज्यले रु. ४ अर्व ३३ करोड र निजीतर्फ नविलले रु. ४ अर्व ५ करोड कमाए । बैकहरूले औसतमा रु. १ अर्व ९० करोड कमाउँदा सिभिलले उल्लेख्य नाफा बढाएर पनि रु. ६५ करोड मात्रै कमायो । 

प्रकाशित वित्तिय विवरणमा सिभिल, राष्ट्रिय वाणिज्य, प्रभु, एनआइसी एसिया र एनएमबीले केही बढी ईपिएस उल्लेख गरे पनि प्रचलित सूत्रबाट गणना गर्दा बैंकहरूले औसतमा प्रतिसेयर रु. २३.०५, नविलले सबैभन्दा बढीरु. ५०.४१ र कम सिभिलले रु. ८.०६ कमायो ।

प्रतिसेयर खुद मूल्य (नेटवर्थ)
बैंकहरूको औसत नेटवर्थ रु. १५८ रहँदा सबैभन्दा बढी कृषिको रु. २३५ र कम सिभिलको रु. ११७.६१ रह्यो । प्रकाशित विवरणमा प्रभु, लक्ष्मी, सिभिल र बिओकेले सामान्य सूत्रबाट आउने भन्दा केही बढी तथा एनआईसी एसिया र राष्ट्रिय वाणिज्यले नेटवर्थ नै उल्लेख गरेनन् । 

पुँजीकोषको अवस्था
बैंकमा क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ अनुसार गणना गरिएको पुँजीकोष न्यूनतम ११ प्रतिशत कायम गर्नुपर्ने प्रावधान रहेको छ । गत आवमा बैंकहरूको औसत पुँजीकोष १४.९८ प्रतिशत र सबैभन्दा कम एनसिसिको ११.३८ र ग्लोवलको ११.६७ एवम् बढी स्ट्याण्डर्ड चार्टडको २३.६८ रहेको छ । पुँजीकोष ११ देखि १३ कायम बैंकहरूले पुँजीकोष व्यवस्थापन तथा १४ भन्दा बढी कायम बैंकहरूले पुँजीको प्रभावकारी परिचालनमा केन्द्रित हुनुपर्ने देखिन्छ ।

मूल्य आम्दानी अनुपात (पिई)
लगानीकर्ताहरूको विश्वास र मनोविज्ञानलाई पनि प्रतिनिधित्व गर्ने र प्रत्येक कारोवारको मूल्यसँगै परिवर्तन हुने पिई अनुपात कम भएको राम्रो मानिन्छ। २०७५ भदौ ७ गतेको बजारमूल्यका आधारमा बैंकहरूको औसत पिई १५.२० गुणा रहेको छ ।यस्तै ३ वटाको १० भन्दा कम, १३ वटाको १० देखि १५, ७ वटाको १५ देखि २० र ४ वटाको २० भन्दा बढी छ । 

एनएफआरएस र अन्योल
नियामकको २०७४ मंसिर १४ गतेको सर्कुलर अनुसार बैंकहरूले आव ७४/७५को चौथो त्रैमासिक वित्तिय विवरण ‘नियमनकारी प्रावधान’ र ‘एनएफआरएस (नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड वा नेपाल लेखामान)’ दुई विधीबाट प्रकाशित गरे । खुद मुनाफाको आधारमा विश्लेषण र तुलना गरिरहेका लगानीकर्ताहरू एनएफआरएसमा नाफा/नोक्सान हिसावको खुद मुनाफा, वितरणयोग्य मुनाफा, नियमनकारी समायोजनपछिको फ्रि प्रफिट, रिकन्साइल्ड प्रफिट जस्ता विभिन्न शिर्षकको मुनाफासँगै केही बैंकहरूको जगेडाकोषमा उल्लेख्य वृद्धि अनि बेसिक र डाइलुटेड ईपिएसले निकै अलमलमा परे ।

हुनतःसर्कुलरमा क) लाभांश स्वीकृति प्रयोजनका लागि कर्जा नोक्सानी व्यवस्था र अन्य व्यवस्था कायम गरी लेखांकन सम्बन्धी अन्य प्रावधान बमोजिम कायम हुने नियमनकारी नाफा/नोक्सान गणना गर्नुपर्ने, ख) फरक विधीबाट लेखांकन गर्दा सिर्जित रकमहरूलाई रेगुलेटरी रिजर्भ खडा गरेर जम्मा गर्नुपर्ने, र ग) उक्त रिर्जभको रकमलाई क्यापिटल एडिक्वेसिमा गणना गर्न नपाइने उल्लेख छ ।

बास्तवमा फ्रि प्रफिट नै खुद मुनाफा भएपनि लेखा नीतिले मात्र केही बैंकको मुनाफा फरक पर्न गएको अनि सम्पत्तिको पुनःमूल्यांकन हुँदा जगेडा कोषको रकम बढेको बुझ्न नसक्दा लगानीकर्ताहरू अलमलिएका थिए ।

निचोड
समग्रमा आव २०७४/७५ मा वाणिज्य बैंकहरूले अपेक्षकृत राम्रो प्रगति गर्दै पुँजी २४.३२, जगेडा कोष २५.१८, निक्षेप २७.४७, कर्जा ३०.०९ र खुद मुनाफा २५.९६ प्रतिशतले बढाउँदै औसत ईपिएस रु. २३, नेटवर्थ रु. १५८, पुँजीकोष १४.९८ र पिई १५.१५ कायम गर्न सफल भएका छन् ।

पुँजी, जगेडा कोष र कर्जा तथा सापटमा एनआईबी, निक्षेपमा एनआइसी एसिया, खुद मुनाफामा नविल उत्कृष्ठ र सिभिल कमजोर देखिए । यस्तै प्रतिसेयर आयमा नविल, नेटवर्थमा कृषि र पिईमा नेपाल बैंक उत्कृष्ठ देखिए । पुँजीकोषको आधारमा कसैलाई एनसिसि र ग्लोवल त कसैलाई स्ट्याण्डर्ड चार्टड उचित लाग्न सक्छ । 

नियामकको निर्देशन अनुसार बैंकहरूले आव २०७५/७६ देखि एनएफआरएस विधीबाट मात्र वित्तिय विवरण निकाल्ने हुँदा लगानीकर्ताहरूले विश्लेषण र तुलनाका लागि फ्रि प्रफिट र नेटवर्थमा बढी सचेत हुनुपर्ने छ । बैंकहरूले बेसिक र डाइलुटेड ईपिएसलाई स्पष्ट पार्दै नेटवर्थमा सेयरधनीको कोष र रेगुलेटरी रिजर्भ उल्लेख गरिनु उचित हुनेछ ।

उल्लिखित सूचकहरूका अतिरिक्त क) इक्विटीमा प्रतिफल (आरओई), ख) बजार र कितावी मूल्य अनुपात (पिवी रेसियो), ग) व्याजदर अन्तर (स्प्रेड), घ) निष्कृय कर्जा र ङ) तरलताको अवस्था जस्ता सूचांकहरूको विश्लेषण गर्दै औसत अवस्थासँग तुलना गर्नुपर्छ । यस्तै व्यवसायको वृद्धि, लगानीको उद्देश्य, अवधी, पुँजीको स्रोत, अपेक्षित मुनाफा, जोखिमवहन क्षमता अनि भर्खर पुँजी थपेका, पुँजी व्यवस्थापनमा रहेका र ओमलाई प्राप्ति गरिरहेको प्राइमको वित्तिय सूचकहरू फरकपर्न सक्ने अवस्थालाई पनि ध्यान दिनुपर्छ । 

काराेवार दैनिकमा २०७५ भदाै १० गते प्रकाशित
https://karobardaily.com/news/idea/9588


Current adjusted capital of banks and their profit and networth as per the NFRS system. This table us addition to article in Karobar.