Monday, October 29, 2018

सूचीकृत कम्पनीहरूको वर्गीकरण : व्यावहारिक वा कानुनी त्रुटि

कम्पनीहरूको वित्तीय अवस्था, सुशासन, पारदर्शिता, जोखिमजस्ता पक्षहरूको मूल्यांकनसहित लगानी निर्णयको आधार प्रस्तुत गर्ने सूचीकृत कम्पनीहरूको वर्गीकरणलाई यथार्थपरक र वैज्ञानिक आधारसहित नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २०७५ असोज २९ गते धितोपत्र सूचीकरण विनियमावली, २०७५ को परिच्छेद ४, दफा ११ बमोजिम सूचीकृत कम्पनीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । विगतमा ‘क’ र अन्य वर्गमा विभाजित हुँदै आएका कम्पनीहरू अब निश्चित मापदण्डका आधारमा ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी चार वर्गमा विभाजन हुनेछन्, जसलाई सामान्यत: उत्तम, मध्यम, नवप्रवेशी र खराब वर्गका रूपमा बुझ्न सकिन्छ । नयाँ वर्गीकरणअनुसार कुनै पनि कम्पनी ‘ए’ र ‘बी’ वर्गमा पर्न सफल भएनन् भने १९ नयाँ कम्पनी ‘जी’ वर्गमा समावेश हुँदा बाँकी सबै ‘जेड’ वर्गमा परे ।

विनियमावली र वर्गीकरण

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को परिच्छेद ४, दफा ११ मा सूचीकृत संगठित संस्थालाई देहाय बमोजिम ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी चार वर्गमा विभाजन गरिने उल्लेख छ :

क) ‘ए’ वर्ग : १) चुक्ता पूँजी कम्तीमा १ अर्ब रुपैयाँ भएको, २) धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष भएको, ३) विगत तीन आर्थिक वर्ष लगातार नाफामा रही लाभांश वितरण गरेको, ४) क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, ५) नियमनकारी निकायले तोकेको ढाँचामा वित्तीय विवरण राखेको, ६) आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेका पुँजीगत रूपमा बलिया कम्पनीहरू ‘ए’ वर्गमा रहनेछन् । विनियमावलीअनुसार मूलत: वित्तीय रुपमा सवल, सुशासित, पारदर्शी, लगानीकर्तामैत्री, विश्वसनीयता प्रमाणित र जोखिमका हिसाबले कम जोखिमपूर्ण कम्पनीहरू मात्र ‘ए’ वर्गमा रहने आशय देखिन्छ । प्राय: बैंक, राष्ट्रिय र १० जिल्ले विकास बैंक, जीवन तथा निर्जीवन बिमा कम्पनी, ठूला जलविद्युत् कम्पनीहरू मात्र यस वर्गमा पर्ने सम्भावना रहन्छ । तर, क्रेडिट रेटिङ वा अन्य केही कारण हालैको वर्गीकरणमा कुनै पनि सूचीकृत कम्पनी यस वर्गमा पर्न सफल भएनन् ।

ख) ‘बी’ वर्ग : यस वर्गमा १) चुक्ता पुँजी कम्तीमा ५० करोड रुपैयाँ भएको, २) धितोपत्र सूचीकरण गराएको कम्तीमा तीन वर्ष भएको, ३) विगत तीन आर्थिक वर्षमा कम्तीमा दुई आर्थिक वर्षमा नाफा गरेको, ४) क्रेडिट रेटिङ संस्थाबाट औसत भन्दा एक तहमुनिको रेटिङ प्राप्त गरेको, ५) आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको, र ६) सञ्चित नोक्सानी नरहेको हुनुपर्नेछ । चुक्ता पुँजी १ अर्ब नभए तापनि सामान्यत: मुनाफा गर्न सक्ने, सुशासन ठीकै भएको, समयमा साधारण सभा गर्ने कम्तीमा सञ्चित नोक्सानी नभएका ‘ए’ वर्गको भन्दा केही बढी जोखिम भए पनि थप जोखिम लिएर लगानी गर्न सकिने कम्पनीहरू यस वर्गमा पर्ने देखिन्छ । विद्यमान बजारमा १ देखि ३ जिल्ले विकास बैंक, प्राय: फाइनान्स कम्पनीहरू, लघुवित्त, होटल, जलविद्युत्, उत्पादन कम्पनीहरू यस वर्गमा पर्ने सम्भावना रहन्छ । सायद क्रेडिट रेटिङ वा अन्य केही कारण नयाँ वर्गीकरणमा कुनै पनि सूचीकृत कम्पनी यस वर्गमा पर्न सकेनन् । 

ग) ‘जी’ वर्ग : सबै आधारमा ‘ए’ र ‘बी’ वर्गमा पर्ने आधार भए तापनि सूचीकृत भएको दुई वर्ष पूरा नभएसम्म त्यस्तो संस्था ‘जी’ वर्गमा रहने कानुनी व्यवस्था रहेको छ । सामान्यत: नयाँ वा सूचीकृत भएको दुई वर्ष पूरा नभएका कम्पनीहरू वित्तीय र अन्य आधारमा जति नै बलियो भए तापनि यस वर्गमा सूचीकृत हुनेछन् । यसले नयाँ कम्पनीहरूलाई व्यावसायिक क्षमता प्रमाणित गर्ने र लगानीकर्ताहरूलाई थप सचेत हुँदै जोखिम विश्लेषण गर्न सुझाउँछ । 

हालैको वर्गीकरण अनुसार १) राधी विद्युत्, रैराङ हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, हिमालय पावर पार्टनर, नेपाल हाइड्रोपावर डेभलपर, सिनर्जी पावर डेभलपमेन्ट, युनाइटेड मोदी हाइड्रोपावर र खानीखोला हाइड्रोपावर गरी ८ जलविद्युत कम्पनीहरू तथा २) सपोर्ट, उन्नति, आरम्भ, नेपाल सेवा, नाडेप, स्वदेशी, फरवार्ड, समता, नेसनल, आरएसडिसी गरी १० लघुवित्त कम्पनीहरू, र ३) एउटा मात्र विकास बैंक ग्रीन डेभलपमेन्ट बैंकसहित कुल १९ कम्पनीहरू ‘जी’ वर्गमा विभाजित गरिएका छन् । 

घ) ‘जेड’ वर्ग : विनियमावलीअनुसार क, ख र ग बमोजिमको वर्गीकरणमा नपरेका सूचीकृत संगठित संस्था ‘जेड’ वर्गमा रहनेछ । यसको आशय वित्तीय र सुशासनका आधारमा कमजोर र तोकिएको योग्यता नपुगेका लगानीका लागि जोखिमपूर्ण वा खराब कम्पनीहरू यस वर्गमा रहनेछ । 

हालैको वर्गीकरणअनुसार यसमा बुटवल स्पिनिङ मिल्स, गोरखकाली रबर, याक एन्ड यति होटल, ज्योति स्पिनिङ, अरुण वनस्पति, हरिसिद्धि इँटा र टायल, विराट सुज, भृकुटी पल्प एन्ड पेपर, फ्लुर हिमालय, नेपाल विटुमिन एन्ड ब्यारेल, नेपाल ट्रेडिङ, नेपाल वेलफेयर, सिर्जना फाइनान्स, हिमालयन फाइनान्स, नेपाल शेयर मार्केट, नेपाल फिल्म डेभलपमेन्टजस्ता बन्द वा सामान्यत: कारोबारमा नरहेका कम्पनीहरूसँगै भर्खर पुन: सञ्चालनमा आउने तयारी गरेका वल्र्ड मर्चेन्ट फाइनान्स, नारायणी डेभलपमेन्ट बैंकपछि नियमित कारोबारमा रहेका र धितोपत्र बजारको सूचक र बजार पुँजीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर बैंक, एभरेस्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, चिलिमे जलविद्युत्जस्ता विश्वसनीय र लगानीकर्ताहरूले पत्याएका कम्पनीहरूसमेत ‘जेड’ वर्गमा परेका छन् । 

विनियमावली अनुसार यस्तो वर्गीकरण त्रैमासिक रूपमा पुनरावलोकन गरी अद्यावधिक गरी नेप्सेको वेवसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ । सार्वजनिक गरिएको वर्गमा परेका संगठित संस्थाहरूले उल्लिखित समूहमा पर्नुनपर्ने कारणसहित ३५ दिनभित्र दाबी गर्न सक्ने व्यवस्था समेत विनियमावलीमा गरिएको छ । 

व्यावहारिक पक्ष 

सूचीकृत कम्पनीहरूलाई वित्तीय अवस्था, सुशासन, लगानीकर्तामैत्री, पारदर्शिता र जोखिम विविध आधारमा मूल्यांकन गरी वैज्ञानिक र यथार्थपरक रूपमा ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ वर्गमा वर्गीकरण गर्दै लगानी निर्णयमा लगानीकर्तालाई सघाउने र सचेत गराउने नेपाल धितोपत्र बोर्ड र नेप्सेको प्रयास पक्कै सराहनीय छ । पक्कै पनि निर्धारित मापदण्डहरूका आधारमा कम्पनी वर्गीकृत हुँदा उनीहरूको यथार्थ अवस्था बुझ्न र सोही आधारमा लगानी प्राथमिकता निर्धारण र जोखिम विश्लेषण सहज हुनेछ, तर सम्भवत: पहिलो पटक भएर, कम्पनीहरूको वर्गीकरण निकै अस्वाभाविक देखिएको छ । सायद ‘जी’ वर्गमा समेटिएका कम्पनीहरूको सम्बन्धमा कुनै गुनासो नहोला । यस्तै अंकित मूल्यभन्दा कममा कारोबार भएका र करिब अस्तिवविहिन कम्पनी सबै ‘जेड’ वर्गमा सूचीकृत हुनु उपयुक्त नै होला, तर हरेक दृष्टिकोणले उत्कृष्ट कम्पनीहरू मात्र होइन ‘ए’ र ‘बी’ मा कुनै पनि कम्पनी नपर्नु भनेको क) हाम्रो पुँजीबजारमा सूचीकृत सबै कम्पनी लगानीका लागि उच्च जोखिममा रहेको वा लगानीयोग्य नरहेको, ख) विनियमावलीमा तोकिएका मापदण्ड अव्यावहारिक भएको, (ग) वर्गीकरण केवल औपचारिकता मात्रै भएको तर्फ सोच्न बाध्य बनाएको छ । यस्तै कम्पनीहरू कतै खराबै त भएका हुन् कि वा नियामकीय मापदण्ड पूरा गर्न नसकेका हुन् ? क्रेडिट रेटिङले मात्र कम्पनीको यथार्थ अवस्था पस्किने हो त ? अनि अहिले विद्यमान दुई रेटिङ कम्पनीले तत्काल सबै कम्पनीको रेटिङ सम्भव छ त ? यस्ता कैयौं प्रश्नहरू पनि सँगै उब्जिएका छन् ।

हुन त नेपाली लगानीकर्ताहरूले विगत वा वर्तमान अवस्थामा समेत सूचीकृत कम्पनीहरूको वित्तीय अवस्था, सुशासन, रेटिङजस्ता पक्षहरूलाई हेरेर लगानी गर्ने भन्दा आमधारणा वा बजारी लहलहैमा लगानी गर्ने परिपाटी रहेको अवस्थामा हालको वर्गीकरणले लगानी निर्णय प्रभावित हुने देखिँदैन । सूचीकृत कम्पनीहरूको वर्गीकरणलाई गहन रूपमा लिने हो भने ‘जी’ वर्गमा कम्पनीहरूमा सचेततापूर्वक लगानी गर्नेबाहेक प्रमुख कम्पनीहरू नै उच्च जोखिमयुक्त र लगानीका लागि गम्भीर सोचनीय बनेका छन् । अझ सम्बन्धित कम्पनी, लगानीकर्ताका नेतृत्वदायी संघसंस्था र नियामकसमेत चुप लागेर बस्नु थप सोचनीय हुन पुगेको छ ।

अन्त्यमा, केही अव्यावहारिक नै देखिए तापनि नयाँ विनियमावलीअनुरूपको वर्गीकरणले जोखिम विश्लेषण र लगानी निर्णयमा सघाउने तथा कम्पनीहरूलाई सुशासन र पारदर्शितामा घचघच्याउनेछ । त्यसैले हाल देखिएका केही अन्योलतालाई चिर्दै वर्गीकरणलाई यथार्थपरक बनाउन,

१. सबैभन्दा पहिले कम्पनीहरूले तोकिएको मापदण्ड पुरा गरेर आवश्यक कागजात नेप्सेमा पेस गरी आफू साँच्चैको उत्कृष्ठ र लगानीयोग्य रहेको अनि लगानीकर्ता प्रति जिम्मेवार रहेको प्रमाणित गर्नुपर्छ । 

२. लगानीकर्ताहरूले पनि नयाँ वर्गीकरण एउटा प्रस्थान विन्दुको रुपमा लिँदै कम्पनीहरूको वित्तीय अवस्था, सुशासन, पारदर्शिता, व्यवस्थापन, व्यवसायिक अवस्था, जोखिमका बारेमा थप अध्ययन गर्दै जोखिम लिने क्षमताको आधारमा लगानी निर्णय गर्नुपर्छ । यससँगै कम्पनीहरूलाई मापदण्ड पूरा गरी सम्बन्धित वर्ग वा माथिल्लो वर्गमा उक्लिन प्रोत्साहन र दबाब दिनुपर्छ । 

३. नेपाल धितोपत्र बोर्डले सबै कम्पनीहरूले चाहेर पनि तत्काल क्रेडिट रेटिङ गर्न नसक्ने वा सम्भव नहुने यथार्थतालाई मनन गरी विनियमावलीमा तोकिएको मापदण्डमध्ये अन्य कुरा पुरा भएको अवस्थामा केही समयको लागि क्रेडिट रेटिङसम्बन्धी प्रावधानमा लचकता अपनाउने वा अन्य उपायबाट रेटिङको व्यवस्था गरिनुपर्छ । 

४. यसका साथै विगत तीन वर्षदेखि लगातार मुनाफामा रही लाभांस वितरण गरेका र किताबी मूल्य (नेटवर्थ) अंकित मूल्यको दुई गुना भएका कम्पनीहरूलाई हाल क्रेडिट रेटिङ नै गर्नुनपर्ने अथवा यस्ता कम्पनीहरूलाई हाल ‘बी’ वर्गमा राखेर क्रेडिट रेटिङको नतिजापश्चात् सम्बन्धित वर्गमा लैजानु उपयुक्त हुनेछ । 

अन्तर्राष्ट्रिय स्तरमा कम्पनीहरूको जोखिम, वित्तीय अवस्था, सुशासन, पारदर्शिताजस्ता पक्षहरूको मूल्यांकनको प्रमुख आधार रहने वर्गीकरण नेपालको सन्दर्भमा केवल औपचारिकतामा सीमित हुन नदिन विनियमावलीमा संसोधन वा लचकतासहित यसको व्यावहारिक कार्यान्वयनमा ल्याइनुपर्छ ।


काराेवार दैनिकमा २०७५ कातिक ११ गते प्रकाशित, https://karobardaily.com/news/idea/11960

Wednesday, October 17, 2018

पछिल्लो तीन वर्षमा नेपालको पुँजी बजार कस्तो रह्यो ?, तथ्यांकले यस्तो भन्छ

काठमाडौं, असाेज ३१ । पछिल्लो तीन वर्ष नेपालको शेयर बजारमा निक्कै उतार चढाव रह्यो । यसबीचमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक इतिहासकै उच्च बिन्दूमा पुग्यो । उच्च गतिमा वृद्धि हुँदै गएको नेप्से घटेर निक्कै तलसम्म झर्यो । यद्यपि, पछिल्ला केही दिनयता पुँजी बजारमा सुधारको संकेत देखिएको छ ।
पछिल्ला तीन वटा आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न कम्पनीको २ खर्ब २१ अर्ब ५८ अर्ब २३ करोड ८३ लाख ९२४ दशमलव ६८ रुपैयाँ बराबरको ११ अर्ब ६० करोड ६६ लाख ७१ हजार ६२३ दशमलव २३ कित्ता शेयर सूचीकृत भएका छ ।
जसमध्ये गत आवमा नेप्सेमा ७३ अर्ब ३७ करोड २३ लाख ८७ हजार ५२८ दशमलव ९१ रुपैयाँ बराबरको १ अर्ब ३१ करोड ५१ हजार ९२५ दशमलव ३५ कित्ता शेयर सूचीकृत भएको थियो ।
गत आवमा आईपीओ २० अर्ब ७८ करोड ४३ लाख ७४ हजार रुपैयाँ बराबरको १९ करोड २८ लाख ८३ हजार ७४० कित्ता शेयर, एफीओमा ११ अर्ब ५१ करोड ४८ लाख ४८ हजार १५४ रुपैयाँ बराबरको ३ करोड ५२ लाख ७९ हजार ४१२ कित्ता शेयर, बोनस शेयरमा ३३ अर्ब ८ करोड ६९ लाख ३९ हजार ९९८ दशमलव ९१ रुपैयाँ बराबरको ३३ करोड ८६ लाख ८८ हजार ८१९ दशमलव ५९ कित्ता शेयर सूचीकृत भएका छन् ।
त्यस्तै हकप्रद शेयरमा २ अर्ब ५७ करोड ४ लाख १८ हजार ६७६ रुपैयाँ बराबरकोे २५ करोड ७० लाख ४१ हजार ८८६ दशमलव ७६ कित्ता शेयर, म्युचल फन्डमा ४ अर्ब ८० करोड रुपैयाँ बराबरको ४८ लाख कित्ता शेयर र अफर डकोमेन्ड अर्थात प्रमोटर शेयर (बैंक अफ काठमाण्डु) ६१ करोड ५८ लाख ६ हजार ७ सय रुपैयाँ बराबरको ६१ लाख ५८ हजार ६७ कित्ता शेयर सूचीकृत भएका छन् ।
यसैगरी आव २०७३र७४ मा ९७ अर्ब ४२ करोड ९० हजार ६२ हजार ९३५ दशमलव ७७ रुपैयाँ बराबरको १ अर्ब २८ करोड ८२ लाख ८९ हजार ३७३ दशमलव ८८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएका थिए । जसमा आईपीओ ४ अर्ब ७४ करोड ६० लाख ३१ हजार ४ सय रुपैयाँ बराबरको ४ करोड ७४ लाख ६० हजार ३१४ कित्ता शेयरसूचीकृत भएका थिए ।
एफपीओमा ७ अर्ब ९९ करोड ४६ लाख २४ हजार ५६६ दशमलव ७७ रुपैयाँ बराबरको ६७ लाख ६ हजार १८ दशमलव ८७ कित्ता शेयर, बोनस शेयरमा ३४ अर्ब ७९ करोड ५९ लाख ९२ हजार ७६८ रुपैयाँ बराबरको ३५ करोड २६ लाख ९८ हजार ८९९ कित्ता शेयर, हकप्रद शेयरमा ४५ अर्ब ६४ करोड २४ लाख १४ हजार २०१ रुपैयाँ बराबरको ४५ करोड ६४ लाख २४ हजार १४२ दशमलव ७६ कित्ता शेयर र म्युचल फन्डमा ४ अर्ब २५ करोड रुपैयाँ बराबरको ४२ करोड ५० लाख कित्ता शेयर सूचीकृत भएका छन् ।
त्यस्तै गरी आव २०७२र७३ मा नेप्सेमा ५० अर्ब ७८ करोड ९ लाख ३३ हजार ४६० रुपैयाँ बराबरको ९ अर्ब ८३ लाख ३० हजार ३२४ कित्ता शेयर सूचीकृत भएका थिए । जसमा आईपीओ १३ अर्ब ४८ करोड ६१ लाख ८२ हजार ३ सय रुपैयाँ बराबरको ८ अर्ब ५८ करोड ४१ लाख ५३ हजार १२६ कित्ता शेयर, एफीओमा ५ अर्ब ८३ करोड ४२ लाख ७२
हजार ९८८ रुपैयाँ बराबरको १ करोड ९४ हजार ६६२ कित्ता शेयर, बोनस शेयरमा २१ अर्ब ५ करोड ६१ लाख २ हजार २०७ रुपैयाँ बराबरको २२ करोड ३८ हजार ७७६ कित्ता शेयर, हकप्रद शेयरमा ९ अर्ब ४० करोड ४३ लाख ७५ हजार ९६५ रुपैयाँ बराबरको ९ करोड ४० लाख ४३ हजार ७६० कित्ता शेयर र म्युचल फन्डमा १ अर्ब रुपैयाँ बराबरको १० करोड कित्ता शेयर सूचीकृत भएका छन् ।
गत आर्थिक वर्षको अन्त्यसम्म नेपाल स्टक एक्सेन्ज (नेप्से) मा १ हजार २ सय १२ दशमलव ३६ को बिन्दूमा रहेको थियो । एक वर्षको अन्तरालमा नेप्से २३ दशमलव ४४ प्रतिशतले घटेको छ । २०७४ असार १ गते नेप्से १ हजार ५ सय ८३ दशमलव ५७ को बिन्दूमा रहेको थियो ।
गत वर्ष नेप्सेको सबैभन्दा उच्च बिन्दू १ हजार ६ सय ६७ दशमलव ९४ को बिन्दूमा पुग्न सफल भएको थियो भने न्यूनतम बिन्दू १ हजार १ सय ६८ दशमलव ५५ को बिन्दूमा झरेको थियो ।
त्यस्तै बैकिङ समूहमा पनि एक वर्षका अन्तरालमा २७ दशमलव ९८ प्रतिशतले घटेर १ हजार २३ दशमलव ५६ को बिन्दूमा रहेको छ । चालू आवको शुरुवातमा १ हजार ४ सय २१ दशमलव २२ को बिन्दूमा रहेको थियो ।
त्यस्तै गरी फाइनान्स समूहमा १८ दशमलव ३९ प्रतिशतले घटेर ६ सय ४ दशमलव ३६ को बिन्दूमा रहेको छ । होटल समूहमा १८ दशमलव २१ प्रतिशतले घटेर ६ सय ५ दशमलव ६७ को बिन्दूमा, जलविद्युत् समूह २१ दशमलव ५३ प्रतिशतले घटेर १ हजार ४ सय ९८ दशमलव १३ को बिन्दुमा, विकास बैंक २६ दशमलव २६ प्रतिशतले घटेर १ हजार ४ सय ३४ दशमलव १६ को बिन्दूमा झेरको थियो ।
उत्पादक तथा प्रशोधन समूहमा ४ दशमलव ३२ प्रतिशतले घटेर २ हजार २ सय ६४ दशमलव १४ को बिन्दुमा, बीमा समूहमा २५ दशमलव ७७ प्रतिशतले बढेर ६ हजार १ सय ९९ दशमलव ४५ को बिन्दूमा रहेको छ । त्यस्तै अन्य समूह भने बढेको छ । जसको १ दशमलव ९८ प्रतिशतले बढेर ७ सय ७ दशमलव ६७ को बिन्दुमा रहेको छ भने ‘क’ वर्गका मापन गर्ने सेन्सेटिभ इन्डेक्स २४ दशमलव १३ प्रतिशतले घटेर २ सय ५५ दशमलव २ को बिन्दूमा रहेको छ ।
एक वर्षको अवधिमा शेयर बजारका लगानीकर्ताले ४ खर्ब २२ अर्ब ७४ करोड रुपैयाँ अर्थात २२ दशमलव ७५ प्रतिशत सम्पत्ति गुमाएका छन् ।
करिब एक वर्षदेखि शेयर बजार बढ्न नसक्दा शेयरमा लगानी गर्ने लगानीकर्ताको सम्पत्ति भने दैनिक रुपमा घटिरहेको छ । चालू आर्थिक वर्षको शुरुवातमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समग्र पुँजीकरण १८ खर्ब ५७ अर्ब ८८ करोड रुपैयाँ पुगेको थियो ।
यस वर्षको बीचमा सबैभन्दा बढी पुँजीकरण १९ खर्ब ५४ अर्ब रुपैयाँ पुगेर असार मसान्तसम्म आइपुग्दा पुँजीकरणमा भारी गिरावट हुँदै १४ खर्ब ३५ अर्ब १३ करोड रुपैयाँमा खुम्चिएको छ ।
गत आर्थिक वर्षको शुरुवातमा १२ लाख ९४ हजार २ सय ५९ कित्ताको शेयर खरिद बिक्री भई ६८ करोड १२ लाख ६२ हजार ५ सय २१ रुपैयाँ कारोबार भएको थियो । गत असार मसान्तसम्मको अन्तिम दिनको कारोबार रकम ३१ करोड २६ लाख ७९ हजार ५८३ रुपैयाँ रहेको छ । यस १ वर्षमा कारोबार रकम ३६ करोड २६ लाख रुपैयाँ बराबरको रकमले घटेको छ ।

Tuesday, October 16, 2018

Relationship between the dividends and stock performance: Is it good to add high dividend paying company in your portfolio? Decide from the detailed analysis

Courtesy: ShareSansar. 

~Krishna Khatiwada
In Nepal, the practice of dividend distribution is prominent and investors' gets fascinated by the company that provides high dividends as well as issue right shares on regular basis. We often hear a suggestion that "the company "A" provides low dividend instead go with the company "B" that has a high dividend paying prospect". Are these suggestion worth applying for?
We have research on the relationship of Compound Annual Growth Rate (CAGR) with the bonus share, cash dividend, total dividend, regularity of dividend, type of dividend, total right issue and the total float of shares and cash altogether of the development bank sector, since 2012.
The company that has distributed the highest dividend in the considered period is Excel Development Bank.
EDBL: The Excel development Bank has distributed 166.12% bonus share and 8.73% cash dividend making it 174.85% in total. If we had invested in Excel development bank in 2012, then we would have earned 38.17% of annual return from it. Our investment would have grown by more than 4 times in the period of six years including the investment for the right shares. EDBL has regular dividend paying history.
MNBBL: Muktinath Bikas Bank had provided 143% bonus share and 12.18% cash dividend since 2012, making 155.18% in total. If we had invested in MNBBL in 2012 then our investment would have grown by more than 6 times with 62.44% CAGR. MNBBL has not skipped any dividend payment during the said period.
The table below shows the dividend distribution by the development bank since 2012, in descending order of total dividend.
SBBLJ: Sahayogi Vikash Bank Limited stood at 3rd position in dividend distribution from development bank sector. It has distributed a total of 147.63% dividend including 122% bonus share and 25.63% cash dividend. CAGR of SBBLJ in past 5 years is 29%.
MDB: The Miteri Development Bank stand at a 4th position when it comes to paying a dividend to its shareholders. Miteri has distributed 136% bonus share and 11% cash. If we had invested in Miteri Development Bank in 2012, then our investment would have grown by 52% annually.
The lowest dividend-paying companies are KSBBL and SKDBL.
Analysis Based on CAGR.
The table below shows the investment year, type of dividends, CAGR, etc. Arranged in the descending order of CAGR value.
(The pink color cell represents the highest value of the title, while the green cell represents the lowest value of the title)
Sahara Bikas Bank(SHBL) has outperformed all the stocks from the development bank sector with the CAGR of 116%. The company was listed in NEPSE in the year 2014 and if we had invested Rs 1 lakh in this stock in the year 2014 then we would have made Rs 21.7 lakhs by now. However, the company has a record of irregular dividend distribution. The company has not distributed dividends from the profit of 2073/2074 and 2069/2070. The company had issued the humongous right share of 400%. The Deva Bikash Bank (DBBL) is in the process to acquire SHBL.
The second best performer from the development bank sector is Mount Makalu Development bank limited (MMDBL), interestingly the company was listed in NEPSE on 2014 as well. If we had invested 1 lakhs in MMDBL in 2014, then we would have made Rs 12.7 lakhs by now with a CAGR of 89%. The company had distributed dividends only two times out of four years of its operation in NEPSE. The company had distributed dividends from the profit of 2072/73 and 2071/72. The company had issued 110% right share in the last 4 years.
The highest dividend paying company, EDBL stands at 10th position out of 29 companies in the list, with the CAGR of 38%.
The top two performer stocks from the development bank are listed in the superlative period of the NEPSE.
The worst performer from the development banks are the stocks that have listed in the year 2017. So we exclude them from the discussion as during that time market was strongly bearish. 
We have calculated the Correlation of the CAGR with, Total Bonus, Total Cash, Total Dividends, Total Right share and sum of total right issue and dividends. The result is shown below.
The correlation between the CAGR and other quantity is below 50% which means the relationship is not strong but interestingly the correlation of cash dividend is negative.
Further, we have rectified our list to the stocks that are available in 2012.
We have noticed quite interesting things from the list below.
The best performer is MNBBL with CAGR of 62%, it has a good dividend paying history and has not skipped dividends in past 5 years.
We can see from the table that only three companies have irregular dividend paying history (BHBLKEBL, and KRBL). The KEBL stands at 13th position when it comes to dividend distribution with a total of 80%, additionally, it had issued a 136% right shares. Interestingly it has distributed only bonus shares. Despite the relatively weak dividend history, KEBL is the 4th best performer from the development bank sector since 2012.
SADBL had given the highest cash dividend of 35% and has a regular record of dividend distribution, however, SADBL is the worst performer with the CAGR of 7.71%. The company has also issued the decent amount of right shares of 105%.
The three worst performer from the development bank sector has the good dividend and right shares history.
The highest and lowest issuer of right and dividends altogether is KRBL and KBBL. Interestingly, KRBL listed in no 14 and KBBl is in no 15 which shows that both companies performance is similar, despite the huge difference in their issues.
We have calculated the Correlation.
The table above shows that there is no correlation between the right issue and CAGR. The correlation between the total bonuses is above 50 that shows the moderate relationship. Correlation between the cash dividend and CAGR is negative that shows the investors are distracted by the cash dividend.
Now we will check the performance of non-dividend paying development banks.
The banks that never paid dividends are:
  1. Corporate development bank limited (CORBL): The stock was available in 2012 and the annual CAGR of the company is -3.16%.
  2. Green Development Bank (GRDBL): The stock was available in 2016 and the CAGR of the company is -24.18%.
  3. Lumbini Bikash Bank(LLBL): The stock was available in 2017 and the CAGR of the company is -6.63%.
The amount of data we have used here is not enough but still, we can draw some conclusion
  • The bonus share is relatively attractive to the investor.
  • In recent time, there is a charm of right share issue among the investors.
  • Cash dividend paying companies' are not attractive.
We have not got any concrete relationship between these parameters but staying away from the non-dividend paying company could be a good choice and selecting a decent bonus paying stocks could be a better choice. However, we must not include or exclude stocks from our portfolio just based on the dividend distribution number.

Wednesday, October 10, 2018

दशैंकाे दक्षिणालाइ वचत वा लगानीमा बदलाैं

हामी नेपालीहरू चाडपर्व र सामाजिक संस्कारका धनी छौं । चाडपर्व हाम्रो जीवनका अभिन्न हिस्सा हुन् । चाडपर्व मनाउनसमेत हामी निकै अगाडि छौं । असोज-कात्तिक नेपालीहरूका ठूला चाड दशैं र तिहारको मौसम हुन् । यो वर्षको दशैं पनि दैलोमै आइपुगेको छ ।

दशैं र तिहार सामाजिक जीवनका हिस्सासँगै अर्थतन्त्र र आर्थिक गतिविधिका पनि महत्वपूर्ण हिस्सा बनेका छन् । मानिसहरूले दशैं र तिहार मनाउनकै लागि भए पनि आर्थिक उपार्जनका काममा सरिक हुने र केही बचत गर्ने प्रचलन रहिआएको छ । दशैं-तिहारमा त्यही बचत परिचालित भएर अर्थतन्त्र थप चलायमान हुन्छ । त्यसैले दशैं-तिहार मानिसलाई बचत र खर्च गर्न क्रियाशील बनाउने र उत्प्रेरित गर्ने आर्थिक-सामाजिक पर्वसमेत हुन् ।

राज्य, समाज, अर्थतन्त्र सबै क्षेत्रले दशैंलाई खर्च र खर्चको जोहो गर्न सघाउने र उत्प्रेरित गर्छन् । विशेषगरी घरमुली वा घरका जिम्मेवार व्यक्तिहरू खर्चको जोहो गर्न र व्यवहार मिलाउन निकै मिहिनेत गर्छन् । चाडबाडमा परिवार र पाहुनाका लागि आवश्यक सामग्रीहरू व्यवस्थापनका लागि महिनौं पहिलेको बचत खर्च गर्छन् भने नहुनेले समेत ऋणधन गरेर भए पनि खर्च धान्ने गर्छन् । त्यसैले, हुनेलाई दशैं र नहुनेलाई दशा पनि भन्ने गरिएको छ ।

दशैं धेरैका लागि खर्चको समय हो भने खासगरी बालबालिकाका लागि दक्षिणा पाउने, रमाउने र फुर्माइस (खर्च) गर्ने समय । आउनूस्, यो खर्च र दक्षिणालाई बचतमा बदल्दै आ-आफ्ना नानीहरूमा बचत र खर्च नियन्त्रण गर्ने बानीको विकास गरौं/गराऔं । दशैंलगत्तै आउने तिहारमा समेत दाजुभाइले दिदीबहिनीहरूलाई दक्षिणा दिने प्रचलन छ । यसरी दशैं र तिहारको रकम जम्मा गरेर बैंक तथा वित्तिय संस्थामा बचत वा सेयरमा लगानी गर्ने शुभकार्यको शुरुवात गरौं/गराऔं ।

हुन त, यस्तो दक्षिणाको परिमाण स-सानो हुन्छ र व्यक्तिहरूले केही चिजबिज किनेर सक्ने प्रचलन रहिआएको छ । तर, यस्तो स-सानो रकमलाई बचतका रूपमा परिचालन गर्न सकिएमा व्यक्तिगत र राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पुग्ने कुरामा दुई मत नहोला । यसले बालबालिकामा बचत गर्ने बानीको विकास हुने मात्र होइन, भविष्यको आर्थिक गर्जो टार्न खर्च व्यवस्थापन गर्न सिक्नेछन् ।

बचत कसरी गर्ने?

आम बुझाइमा बचत गर्ने भनेको खर्चभन्दा आम्दानी बढी हुँदा हो । आम्दानीले दैनिक खर्च धान्न मुस्किल अवस्थामा ‘बचत ?’ भनेर प्रश्न गर्ने गरिन्छ । त्यसमाथि दक्षिणाको रकम निकै सानो हुन्छ के बचत गर्नु ? तर, थोपाथोपा मिलेर समुद्र बनेजस्तै स-सानो रकम बचत गर्दै जाँदा ठूलो रकम बन्छ ।

यस्तै, बचत कम आम्दानीको अवस्थामा खर्च व्यवस्थापन गरेर पनि गर्न सकिन्छ । दक्षिणा सानो रकम भए पनि बचत नगरिएको अवस्थामा यो आवश्यक वा अनावश्यक वस्तु तथा सेवामा खर्च हुने नै हो । त्यसैले बचतका लागि रकमभन्दा इच्छाशक्ति र आदत भए पुग्छ ।

बालबालिकालाई बचत सिकाउन र अनावश्यक खर्च जोगाउनुपर्छ भन्न दक्षिणाको सानो रकम पनि काफी हुन्छ । आजकाल विगतको तुलनामा दक्षिणा पनि बढी हुन्छ । रकम धेरै सानो भएको अवस्थामा घरपरिवारमै बालबालिकाका लागि खुत्रुक्के दिएर जम्मा गराउन सकिन्छ । यस्तै, कतिपय सहकारी र वित्तिय संस्थाहरूले यस्तै स-सानो रकमलाई बचतमा परिणत गर्न खुत्रुक्के बचत खातासमेत सञ्चालन गरेका हुन्छन् । यस्तो सुविधा भएका संस्थाहरू नजिकै उपलब्ध भएको अवस्थामा बालबालिकासँग उपलब्ध रकमलाई खातामा जम्मा गर्ने व्यवस्था गर्नु उपयुक्त हुनेछ । बचत रकमले एउटा आकार लिएपछि त्यसलाई लगानीमा परिणत गर्न सकिन्छ ।

सेयरमा लगानी

धेरैलाई दक्षिणा र आफूसँग भएको सानो बचत कसरी र कहाँ लगानीमा परिणत गर्न सकिन्छ भन्ने अन्योल रहेको पाइन्छ । आम मानिसको बुझाइमा धनी र धेरै पैसा भएकाले मात्र उद्योगधन्दा, व्यापार-व्यवसाय, सुन, घरजग्गा र सेयरमा लगानी गर्छन् ।

छरिएर रहेको र स-सानो रकमलाई पुँजी निर्माण र लगानीमा परिवर्तन गर्न आजकाल विभिन्न धितोपत्रसम्बन्धी उपकरणहरू जस्तै सेयर, डिबेन्चर, म्युचुअल फन्ड आदि लगानीका वैकल्पिक वित्तीय उपकरणहरू उपलब्ध हुन थालेका छन् । यी धितोपत्रमा एक हजारदेखि लगानी गर्न सकिन्छ । दशैं-तिहारमा जम्मा भएको दक्षिणा वा सानो बचतलाई निम्न तरिकाले धितोपत्र बजारमार्फत लगानीमा परिणत गर्न सकिन्छ ।

१) सामूहिक लगानी कोष (म्युचुअल फन्ड)

विभिन्न बैंकहरूबाट प्रबद्र्धित मर्चेन्ट बैंकहरूले सञ्चालन तथा व्यवस्थापन गरेका सामूहिक लगानी कोषका एकाइहरू मार्फत लगानी गर्न सकिन्छ । यिनीहरूले धेरै मानिसबाट थोरै-थोरै रूपमा संकलित रकम जोखिम र प्रतिफलको विश्लेषण र व्यवस्थापन गर्दै सेयर, डिबेन्चर, मुद्दति निक्षेपजस्ता विभिन्न वित्तीय उपकरणमा मात्र लगानी व्यवस्थापन गर्छन् ।

हाल बजारमा १३ वटा यस्ता म्युचुअल फन्ड सञ्चालनमा छन् । यसका एकाइहरू सार्वजनिक निष्कासन भएको समयमा सीधै निष्कासन गर्ने संस्थाबाट किन्न सकिन्छ, जसको अंकित मूल्य १० रुपैयाँ हुन्छ । अहिले म्युचुअल फन्डको एकाइ सार्वजनिक निष्कासनमा नरहे पनि धितोपत्र बजारमा अंकित मूल्य हाराहारी वा त्यसभन्दा कम मूल्य (केही त ८ रूपैया हाराहारी)मा समेत किन्न पाइन्छ । सामान्यतया एकाइहरूको किनबेच कम्तिमा एक सय युनिटको हुने हुँदा लगानीको शुरुवात गर्न एक हजार हाराहारी रूपैयाँ भने आवश्यक पर्नेछ ।

सेयरसम्बन्धी जानकारी र सीप कम राख्ने तर सेयरबजारको लाभ लिन चाहनेहरूका लागि यस्ता म्युचुअल फन्ड उपयुक्त विकल्प मानिन्छन् । धितोपत्र (पुँजी वा सेयर) बजारबाट यस्ता युनिट किनेर लगानी गर्ने प्रकृया अन्य कम्पनीको सेयर किन्दाजस्तै हो । अाफूले लगानी गर्न चाहेकाे म्युचुअल फण्ड, कति युनिट, कति मूल्य वा चलनचल्तिकाे मूल्य सहित खरिद अादेश दिनुपर्छ । युनिट छान्दा व्यवस्थापक (फण्ड म्यानेजर), काेष परिचालनकाे अवस्था, विगतकाे लाभांस दर, अवधि, काेष सुपरिवेक्षक (फण्ड सुपरभाईजर) र प्रवर्धकबारेमा ध्यान दिनुपर्छ ।

यसमा पनि सेयर बजारको मूल्य परिवर्तनको जोखिम र लाभ गाँसिएको हुन्छ । यदि दक्षिणाको रकम निकै थोरै भए खुत्रुकेमा जम्मा गर्दै वा अभिभावकले थपथाप गरेर कम्तिमा एक हजार रुपैयाँको जोहो गर्न सकिएमा धेरै नभए पनि एक सय युनिट म्युचुअल फन्डबाट लगानीको शुरुवात गर्न सकिन्छ ।

२) प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)

अहिले कम्पनीहरूले सर्वसाधारणका लागि निष्कासन गर्ने सेयरमा लगानी गर्न सहज भएको छ । डिम्याट खाता र ‘मेरो सेयर’मार्फत डिम्याट खातामा ‘लग इन’ गर्ने सुविधा, बैंक खाता र सीआरएन नम्बर भएमा घरबाट सहजै आईपीओमा आवेदन गर्न सकिन्छ ।

यदि छोराछोरीका नाममा डिम्याट र बैंक खाता नभए पनि उनीहरूका लागि आफैंले सेयर खरिद गरेर राखिदिन सकिन्छ । अहिले पनि केही कम्पनीको आईपीओ जारी हुने अवस्थामा छ भने केही स्वीकृतिको पर्खाइमा छन् । आईपीओमा आवेदन कम्पनीअनुसार न्यूनतम १० देखि ५० कित्ता गर्नुपर्ने हुन्छ । सामान्यतया बिक्रीमा राखिएको सेयर कित्ताभन्दा कैयौं गुणा बढी आवेदन पर्ने गरेको अवस्थामा पाउने त्यही १०-२० कित्ता नै हो ।

त्यसैले करिब १/२ हजार रुपैयाँ भएमा आईपीओमार्फत सेयरमा लगानी गर्न सकिन्छ । त्यसैले, दशैं-तिहारको दक्षिणा वा नपुग केही रकम थपेर आगामी आईपीओ कित्ता सेयर किनेर लगानीको शुरुवात गर्न वा गराउन सकिन्छ ।

३) धितोपत्र बजार (सेयर वा पुँजी बजार)

अहिले नेपालको सेयर बजारमा प्रायः कम्पनीका सेयरमूल्य विगत केही वर्ष अगाडिभन्दा सस्तो छ । केही विकास बैंक, जलविद्युत कम्पनीको सेयर प्रतिकित्ता एक सय रुपैयाँको हाराहारीमा पाइन्छ भने बैंकको सेयर नै पनि एक सय ७५ रुपैयाँ हाराहारीमा पाइन्छ ।

सामान्यतः सेयर बजार वा दोस्रो बजारमा सेयर किन्न कम्तिमा १० कित्ता किन्नुपर्ने हुँदा सेयर बजारमा लगानीको शुरुवात गर्न घटीमा एक हजार रुपैयाँको चाहिन्छ । यसका लागि (क) डीपी सेवाप्रदायक बैंक वा अन्य संस्थामा गएर डिम्याट खाता खोल्ने, (ख) डिम्याट नम्बरसहित नागरिकताको फोटोकपी र केही प्रति फोटोसहित आफूलाई पायक पर्ने वा सजिलो नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सेयर दलाल (ब्रोकर) कम्पनीकहाँ सम्पर्क गरेर ग्राहक पहिचान नम्बर लिने, (ग) किन्न चाहेको कम्पनीको सेयर संख्या र मूल्यसहित दलाललाई खरिद आदेश दिनुपर्छ ।

अहिले ५० वटा सेयर दलाल र तिनका शाखाहरू विभिन्न शहरमा छन् । सेयरमा लगानी गर्न पनि डिम्याट र बैंक खाता अनिवार्य चाहिन्छ ।

बचतमा निकै कम जोखिम र सुनिश्चित प्रतिफलका रूपमा ब्याज हुन्छ भने लगानीमा उच्च जोखिम र अनिश्चित तर लाभांश र पुँजीगत लाभको दोहोरो प्रतिफलको सम्भावना रहने हुँदा दक्षिणालाई बचत वा लगानी के गर्ने त्यो परिवार र व्यक्तिगत इच्छा, जोखिम बहन क्षमता, अपेक्षित लाभ आदिमा निर्भर रहन्छ । तैपनि दक्षिणालाई अनावश्यक वा नभए पनि हुने वस्तु तथा सेवामा खर्च हुन दिनुभन्दा सानो बचत वा लगानीमा परिणत गर्न सके बालबालिकाको खर्च गर्ने बानीमा सुधार हुनुका साथै भविष्यको आर्थिक गर्जो टार्ने आधार, लगानीको व्यावहारिक सिकाइ हुने निश्चित छ । बचत नै गरिदिए पनि बालबालिकाले पैसा जोहो गर्न सिक्नेछन्, लगानी गरिएको अवस्थामा केही जोखिम र प्रतिफल बुझ्न केही भए पनि सघाउनेछ ।

नेपाल समय अनलाइनमा दशैंले तताउला त सेयर बजार ? शिर्षकमा २०७५ असाेज २१ गते प्रकाशित, https://nepalsamaya.com/news/5328

Monday, October 8, 2018

सेयरमा लगानी कि बैंकमा बचत

बचत र लगानी दुवैको उद्देश्य भविष्यको आर्थिक आवश्यकता पूरा गर्नु र सम्भावित जोखिमबाट आफू र परिवारलाई सुरक्षित गर्नु हो । यिनले आर्थिक शक्ति र जोखिमवहन क्षमता प्रदान गर्छ । सामान्यतः बचत र लगानीको सम्बन्ध (क) बचत लगानीको स्रोत तथा लगानीको प्रतिफल बचतको आधारमा परिपूरक, (ख) प्रतिफलका हिसाबले प्रतिस्पर्धी र (ग) ब्याजदर बढ्दा लगानी निरुत्साहित हुने र लगानीको प्रतिफल बढ्दा बचत निरुत्साहित अर्थमा विपरीत सम्बधका हुन् ।

बचत

यहाँ बचत भन्नाले आम्दानीबाट खर्च कटाएर बाँकी रकम भन्दा बैंक तथा वित्तीय संस्था, सहकारीजस्ता पैसाको कारोबार गर्ने संस्थाहरूमा निश्चित वा तोकिएको प्रतिशत ब्याज आउने गरी जम्मा गरिने रकमलाई उल्लेख गरिएको हो । हुनत आमनेपालीहरूमा बचत भन्नेबित्तिकै ‘खर्चै धान्न मुस्किल छ, कसरी बचत गर्नु ? पछि गरौंला’ भन्ने जवाफ आउँछ । पक्कै, असीमित आवश्यकता र सीमित आम्दानीको अवस्थामा बचत असम्भव नै हुन्छ । तर, वास्तवमा बचतको आवश्यकता महसुस गरी प्रतिबद्ध भएमा आम्दानी जति नै हुँदा पनि खर्च व्यवस्थापन गर्दै केही न केही रकम बचाउन सकिन्छ । त्यसैले त भनिन्छ नि, घाँटी हेरेर हाड निल्नु । हामी आम्दानी गर्न नसकेर मात्र होइन, खर्च व्यवस्थापन गर्न नसकेरै ऋणको धरापमा फस्दै बचतबाट टाढिन्छौं ।

मानिसले जबसम्म भविष्यको आर्थिक आवश्यकता वा जीवनमा आइपर्ने जोखिमको आकलन गर्दैन, त्यस बेलासम्म ऊ बचत गर्न अग्रसर हुँदैन । बचत भविष्यमुखी हुने हुँदा बचतकर्ताले बचतको सुरक्षासँगै त्यसबाट केही प्रतिफलको अपेक्षा गरेको हुन्छ । त्यसैले बचतको सुरक्षा, ब्याजदर, कर छुटजस्ता उपायबाट आममानिसलाई बचत गर्न प्रेरित गर्नुका साथै खर्च नियन्त्रणमा प्रोत्साहित गर्न सके बचत सिर्जना गर्न सम्भव हुन्छ ।

सुरुवातमा केही खर्च कटाएर स–सानो रकमको बचत गर्दै आम्दानी बढाउन वा खर्च नियन्त्रण गर्दै जानुपर्छ । मध्यम वा नियमति बचत क्षमता विकास भएसँगै आफू अनुकूल वित्तीय कारोबार गर्ने संस्थामा आवधिक, साधारण, मुद्दतजस्ता बचतको प्रकार र अवधि छानेर व्यवस्थित बचत गर्नुपर्छ । यस्ता संस्थाले बचत रकमको सुरक्षा, तोकिएको वा कबुल मितिमा फिर्ता गर्ने र निश्चित प्रतिशत ब्याज दिने प्रतिबद्धता पनि गरेका हुन्छन् । बचतले आर्जन गर्न थालेसँगै बचत सिर्जनाको चक्रमा प्रवेश र धनवृद्धि हुँदै जानेछ ।

सेयरमा लगानी

सेयरमा लगानी कुल प्रतिफलको हिसाबले बैंक तथा वित्तीय संस्थाभन्दा बढी आकर्षक तर जोखिमपूर्ण मानिन्छ । नेपालमा भने सेयरमा लगानीको जोखिमलाई ढाकछोप गर्दै मुनाफाको लालसा देखाएर स्थानीय र आयोजना प्रभावितका लागि सेयरको आरक्षण र खरिदमा प्रोत्साहित गर्दै आएको छ । जोखिमका कारण नै सेयरमा लाभ–हानिको सम्भावना उच्च हुने मान्यता राखिन्छ । कुनै कम्पनीको सेयरमा लगानी गर्नु भनेको उक्त कम्पनीको नाफा–घाटासहितको हिस्सेदारी र जिम्मेवारी ग्रहण हो । कम्पनीको मुनाफा र लगानीका आधारमा लाभांशमा अधिकार रहन्छ, तर ब्याजजस्तो लाभांश सुनिश्चित हुँदैन । कम्पनीमा घाटा हुँदा वा अन्य केही अवस्थामा लाभांश शून्य हुन सक्छ । यो भनेको लाभांशको जोखिम हो । यसका साथै धितोपत्र बजारमा सूचीकृत कम्पनीको सेयरको बजारमूल्य विविध कारण परिवर्तन हुन सक्छ । लागत मूल्यभन्दा बजारमूल्य बढी भएको अवस्थामा नाफा र बिक्री गर्दा पुँजीगत लाभ हुन्छ भने बजारमूल्य घटेको अवस्थामा नोक्सानीसमेत बेहोर्नुपर्ने हुन्छ । यसरी सेयर लगानीमा लाभांश र पुँजीगत लाभ–हानिको दोहोरो अवसर र जोखिम जोडिएको हुन्छ ।

केही जोखिम लिन सक्ने, सम्पत्ति वृद्धि (वेल्थ एकुमुलेसन वा म्याक्सिमाइजेसन) गर्न चाहने, बचतभन्दा वैकल्पिक लगानीको क्षेत्रको खोजीमा रहेका व्यक्तिका लागि सेयरमा लगानी अवसर हुन सक्छ । प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को अवस्था डिम्याट खाता, मेरो सेयरमार्फत डिम्याट खातामा लग–इन गर्ने सुविधा, बैंक खाता र सीआरएन नम्बर भएमा घरबाट सहजै सेयरका लागि आवेदन गर्न सकिन्छ । धितोपत्र बजार (सेयरबजार) बाट किन्नको लागि डिम्याट नम्बरसहित नागरिकताको फोटोकपी र केही प्रति फोटोसहित आफूलाई पायक पर्ने वा सजिलो सेयर दलाल (ब्रोकर) कम्पनीकहाँ सम्पर्क गरेर ग्राहक पहिचान नम्बर लिई किन्ने चाहेको कम्पनीको सेयर संख्या र मूल्यसहित दलाललाई खरिद आदेश दिनुपर्छ ।
थप टिप्पणीः हाल अनलाइन काराेवारकाे विकल्प समेत उपलब्ध हुनुकाे साथै काराेवार व्यवस्थामा सुधार भैसकेकाे छ । अनलाइन काराेवारका लागि अनलाइन धितोपत्र किनबेच : कारोबारमा सहजता र स्वनियन्त्रण (dilipmuna.blogspot.com), र दाेस्राे बजारमा काराेवारका लागि सेयर (दोश्रो) बजारमा सेयर किनबेच, शुल्क र कर (dilipmuna.blogspot.com) लेखहरू अध्ययन गर्नसक्नु हुन्छ ।

बचत कि सेयर लगानी

बचत र सेयर लगानी परिपूरक तथा प्रतिस्पर्धी क्षेत्र भएकैले मानिस बचत कि सेयरमा लगानी भन्नेमा द्विविधा र अनिर्णयको बन्दी बन्छन् । बचत वा लगानीमध्ये कुनबाट बढी प्रतिफल पाउन सकिन्छ त्यो भने समय, मुद्रा तथा धितोपत्र बजारको अवस्था, व्यक्तिगत जोखिम वहन क्षमता, बचत तथा लगानीको स्रोत र अवधि आदिमा निर्भर रहन्छ । कतिपयलाई निश्चित ब्याज नै सर्वोपरि हुन्छ र सेयरमा तुलनात्मक रूपमा निकै लाभ देखिए पनि जोखिम लिन चाहँदैनन् भने कोही उच्च जोखिम भए पनि असिमित प्रतिफलका लागि सेयरमा लगानी गर्न प्रतिवद्ध हुन्छन् । बचत र लगानीका आ–आफ्नै विशेषता र नाफा–घाटा हुन्छन्, निर्णय गर्नुअघि आफ्नो कम्तीमा निम्न पक्षहरूमा मनन गर्न उपयुक्त हुनेछ ।

आधार
वचत
शेयर लगानी
कैफियत
स्रोत
खर्च कटाएर वा आम्दानी बढाएर । व्यक्ति वा परिवारले आम्दानी–खर्च व्यवस्थापन गरेर सिर्जना गरेको रकम वचतमा परिचालन गर्न सकिन्छ । सामान्यतः ऋण वा सापट लिएर वचत गरिँदैन् ।
वचत रकम र अन्य स्रोतबाट । जोखिम व्यवस्थापन गर्न सक्ने व्यक्तिले आफूसँग उपलब्ध वचत रकम र ऋण वा सापटी लिएर पनि शेयरमा लगानी गर्न सक्छ । ऋणबाट लगानी गर्दा थप जोखिम र ऋण र ब्याज भुक्तानीमा चनाखो हुनुपर्छ ।
स–सानो रकम जोहो गरेका र वचत सिर्जनाको पहिलो चरणमा रहेका व्यक्तिहरुका लागि वचत र केही वचत गरेकाजोखिम लिनसक्नेका लागि शेयर उपयुक्त हुनसक्छ ।
जोखिम
न्यून वा नगण्य जोखिम । वचत गरिने संस्थाको संचालन जोखिम बाहेक वचतकर्ताले अन्य जोखिम उठाउनु पर्दैन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा हाल तीन लाखसम्मको वचतको सुरक्षण समेत गरिएको हुन्छ ।
उच्च वा अत्यधिक । कम्पनीको व्यवसायिक कारण हुनसक्ने नाफाघाटाको कारण हुने लाभांसको अनिश्चिततासँगै सूचीकृत कम्पनीको बजारमूल्यमा हुने उतारचढावबाट सिर्जित पूँजीगत जोखिम समेत हुन्छ ।
जोखिमवहन क्षमता भएकाहरुका लागि शेयरमा लगानी र जोखिम नचाहनेका लागि बैंक तथा वित्तीय संस्थामा वचत उपयुक्त हुन्छ ।
प्रतिफल
निश्चित एकल प्रतिफल । वचत गरिने वित्तिय संस्थाले वचत स्वीकार गर्दा नै वचतको प्रकृति र अवधिको आधारमा ब्याजदर सुनिश्चित गरेको हुन्छ ।
अनिश्चित दोहोरो प्रतिफल । लगानीमा लाभांस र पूँजीगत लाभको दोहोरो प्रतिफलको अवसर हुन्छ । साथै बजारमूल्यका कारण हुनसक्ने पूँजीगत लाभहानी र लाभांस दुवै अनिश्चित हुन्छ ।
निश्चित एकल प्रतिफलका लागि वचत र जोखिम लिएर दोहोरो प्रतिफलका लागि शेयरमा लगानी लाभदायक हुनसक्छ ।
अवधी
निश्चितअल्पकालीन वा मध्यकालीन । कुनैपनि समयमा रकम राख्न र झिक्न सकिने साधारण वचतदैनिक वा मासिक रुपमा निश्चित अवधि जम्मा गरिने आवधिक वचततथा ३//९ महिना वा १/२ वर्ष गरी निश्चित समय रकम जम्मा गरिने मुदति वचत गर्न सकिन्छ ।
अल्पकालीनमध्यकालीन वा दीर्घकालीन । भन्न त मानिसले १–२ हप्ता लगानी गरेर केही नाफा गर्न कुन शेयर किनौं भन्छन्तर शेयरमा गरिने वास्तविक लगानी छोटो वा निश्चित अवधीको हुँदैन् । यहाँ मध्य वा दीर्घकालीन लगानी हुन्छ । किनबेच गर्न सकिन्छतर बजारको प्रवृत्तिमा निर्भर गर्दछ ।
छोटो र निश्चित समय पैसाको व्यवस्थापन गर्न वचत तथा दीर्घकालीन लगानीका लागि शेयर उपयुक्त विकल्प हुनसक्छ ।
सम्पत्ति   वृद्धि
ब्याजदरको आधारमा सम्पत्ति बढ्ने सुनिश्चित । वचतको प्रकृति र वचत गर्दाका सम्झौताको आधारमा तोकिएका ब्याज सावाँमा गाभिने र थप ब्याज आर्जन हुँदैजाँदा निश्चित   अवधीमा नगद सम्पत्ति बढ्ने सुनिश्चित हुन्छ ।
अनिश्चित तर संभावना उच्च । कम्पनीको मुनाफा र व्यवसायिक आवश्यकता आधारमा बोनस तथा हकप्रद   शेयर मार्फत कित्ता र बजारमा शेयरको मूल्य वृद्धिसमेत दोहोरो तरिकाले सम्पत्ति बढ्ने उच्च संभावना रहन्छ । कम्पनी बन्द वा दिवालीयापन, बजारमूल्य घटेर सम्पत्ति घट्न पनि सक्छ ।
सम्पत्तिमा सुनिश्चित वृद्धिका लागि वचत र अनिश्चित तर उच्च वृद्धिको जोखिम लिनको लागि शेयर उपयुक्त विकल्प हुनसक्छ ।


निष्कर्ष

प्रत्येक व्यक्तिसँग उपलब्ध पैसा, जोखिमवहन क्षमता, लगानी वा बचतमा पहुँच फरक हुने हुँदा बचत वा सेयरमा लगानी छनौट समय र परिस्थितिका साथै बचतको ब्याजदर र धितापत्र बजारमा सेयरको मूल्यले पनि बचत की लगानी निर्भर रहन्छ । पैसा र सम्पत्ति आर्जनमा निपुण व्यक्तिले जोखिम र प्रतिफलको सामन्जस्य कायम गर्दै मिश्रित रूपमा उपलब्ध स्रोतको सन्तुलित परिचालन गर्दै उच्चतम लाभ हासिल गर्नु सबैभन्दा बुद्धिमानी हुनेछ । पैसा बचाउनु र काममा लगाउनु भने त्यति सहज हुँदैन ।

काराेवार दैनिकमा २०७५ असाेज २१ गते प्रकाशित, https://karobardaily.com/news/idea/11413