Showing posts with label बैंक. Show all posts
Showing posts with label बैंक. Show all posts

Sunday, November 5, 2023

Bank Q18081 Unaudited Reports

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८०–८१ काे पहिलाे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । यसकाे साथै गाभिएका बैंकहरूकाे वितिय विवरण, समिक्षा र तुलना गर्दा थप चनाखाे हुनुपर्ने छ । हालै गत अावकाे साधारण सभा सम्पन्न गरेका बैंकहरू मध्ये केहिले वितिरत सेयर लाभांस अनुसार पुँजी समायाेजन गरे वा नगरेकाेमा विशेष चनाखाे हुनुपर्नेछ, जस्तै एभरेष्ट र सानिमाले बाेनस सेयर समायाेजन नगर्दा इपिएस र विभिन्न सुचक अनि काेषकाे रकम लरक पर्न सक्नेछ । विस्तारै प्रशाेधित तथ्यांक र तालिका थप गर्दै जानेछु ।

These datas has been tabulated and organized with generous support from Dipak Dahal. Everybody should be thankful to him.
WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.


प्रथम त्रैमास २०८०–८१ मा बैकहरूकाे विस्तृत मुख्य सूचकहरूकाे तुलनात्मक अवस्था

प्रथम त्रैमास २०८०–८१ मा पहिलाे, अन्तिम र इन्डष्ट्रि अाैसत

Some Key Indicators for FY 8081 Q1
* As published and to be reviewed. **EBL and Sanima has not adjusted recent stock dividend. ***Distributable profit includes profit from FY 7980 and some bank has not deducted distributed dividend.

Quarterly Financial Report published by respective bank




















थप सन्दर्भ सामग्री
Revised/updated 15 Nov 2023

Friday, September 8, 2023

FY 2079-80: Bank EPS, DPS, Dividend, Book close, AGM and Annual Reports

update 29.12.80
10.04.2024, 15.05 pm

हालसम्ममा माछापुच्छ्रे, एभरेष्ट, सानिमा र एनआईसी एसिया बैंकले आव २०७९-८० काे लागि लाभांस घाेषणा गरेका छन् । घाेषित लाभांस दरमा सबैभन्दा बढि ३०.५३% एनआईसीकाे देखिए तापनि एनआईसीले विगत ३ वर्ष र माछापुच्छ्रेले विगत २ आवकाे एकमुष्ट लाभांस दिएकाे बिर्सनु हुन्न । अझ बजार मूल्य वा लागतकाे आधारमा प्रतिफल (ROI-Return on Investment) वा यिल्ड (Yield) हेर्ने हाे भने सानिमाकाे सबैभन्दा बढि ५.४५% र कम सिद्धार्थकाे १.७७% देखिन्छ । वार्षिकीकरण गरेर हेर्ने हाे भने यी दर फरक पर्नेछ । सेयर लाभांस (बाेनस)मा हुने मुल्य समायाेजनलाई गणना गर्ने हाे भने रियलाईज्ड यिल्ड वा प्रतिफल निकै कम वा फरक हुनसक्छ । त्यसैले लागत र प्रतिफलमा स्वयम् गणना गर्ने र चनाखाे भएर लगानी निर्णय लि पर्छ, अरूकाे गणना र दरले सहि निर्णयमा नपुग्न सक्छ । 

WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.

Annual Report for FY 2079-80


Summary Audited Financial Statement 2079-80 of MBL

Summary Audited Financial Statement 2079-80 of CZBIL


Summary Audited Financial Statement 2079-80 of NICA Asia


Summary Audited Financial Statement 2079-80 of Sanima Bank

Summary Audited Financial Statement 2079-80 of EBL

Summary Audited Financial Statement 2079-80 of SBL

Summary Audited Financial Statement 2079-80 of GBIME

Summary Audited Financial Statement 2079-80 of SCB
Summary Audited Financial Statement 2079-80 of NMB


Summary Audited Financial Statement 2079-80 of PCBL

Summary Audited Financial Statement 2079-80 of NBL

Summary Audited Financial Statement 2079-80 of LSL

Click for KBL annual report 2079-80

Summary Audited Financial Statement 2079-80 of ADBL

Summary Audited Financial Statement 2079-80 of NIMB
Further reference

Monday, August 14, 2023

बैंकहरूकाे मर्ज र प्राप्तिः बेस्वादिलाे बिहे भाेज (Bank Q47980 Review)

सबलभन्दा ठूलो बैंकको लहड वा बाध्यताले बैंकहरू बिहेवारी गर्दै २० वटामा झरेका छन् । कतिमा टुंगिन्छ, ठेगान छैन । गाभिएर अंकमा ३५.७७ अर्ब चुक्ता पुँजी, ५८.६८ अर्बको पुँजीकोष, ७.५३ अर्ब खुद नाफासहितको ठूल्ठूला बैंक बने । तर, सेयरधनीका आँखाबाट आर्थिक वर्ष २०७९/८० असार मसान्तको वित्तीय विवरण सुखद देखिएनन् ।

हुन त आर्थिक मन्दीको हल्ला र उद्योगी-व्यापारीको आरोप–प्रत्यारोपले नोक्सानी र उच्च खराब कर्जाको त्रासबीच प्रकाशित वित्तीय विवरणमा सेयरधनीका लागि उपलब्ध करिब ३१.९० अर्ब पूरै निराशाजनक होइन, तर साँच्चै सबल भएर सिनर्जी र राम्रो प्रतिफलको आसमा बिहेको जन्ती गएका सेयरधनीहरूलाई ठूलो परिवारको घरबार बिग्रने ‘टु बिग टु फेल’को त्रासले सताएको छ । आव २०७९/८० मा घरजम गरेका नेपाल इन्भेस्टमेन्ट र मेगा, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू, हिमालयन र सिभिल, कुमारी र एनसिसी, प्रभु र सेन्चुरी, लक्ष्मी र सनराइजको विवरणले बिहे भोज बेस्वादिलै बनाएको छ ।

बैंकहरूको २०७९–८० असारमसान्तको वित्तीय अवस्था

बैंक

चुक्ता पूँजी
(रू. अर्ब)

संचित नाफा/ (नोक्सान) (रु. अर्ब)

जगेडा कोष
(रू. अर्ब)

ग्राहक निक्षेप (रू. अर्ब)

ग्राहक कर्जा तथा सापटी (रू. अर्ब)

खुद नाफा (रू. अर्ब)

वितरण योग्य नाफा (रू. अर्ब)

ईपीएस (रु.)Þ

डीपीएस (रु.)

नेटवर्थ (रु.)

इम्पेरिमेन्ट चार्ज/ (रिभर्सल) (रु. अर्ब)

नियामकीय कोष (रु. अर्ब)

निष्कृय कर्जा (%)

एनआईसी एसिया

११.५६

३.७०

१४.३९

३११.३७

२६२.१०

४.६५

३.७०

४०.२२

३१.९९

२५६.४१

०.३९

२.१३

०.८०

स्ट्याण्डर्ड–चार्टड

९.४३

२.७३

८.०१

११७.५०

७७.८६

३.५३

२.७३

३७.३९

२८.९९

२१३.९८

०.६०

०.२१

१.१७

एभरेष्ट

१०.७०

४.३३

१०.२३

१९७.९३

१६०.२१

३.३९

४.३३

३१.७२

४०.५०

२३८.३३

०.७४

०.१०

०.७९

नविल

२७.०६

३.९६

२७.०७

३९६.८४

३३२.७०

७.५३

३.९६

२७.८२

१४.६४

२१४.६९

३.८९

१.३०

३.२०

नेपाल

१४.६९

०.९७

२०.९१

२४४.५५

१७८.८९

३.४१

०.९७

२३.२२

६.६२

२४८.९४

१.१८

१.७९

२.८५

सिद्धार्थ

१४.०९

०.८०

१०.५८

२२३.६५

१८४.०५

३.१९

०.८०

२२.६४

५.६५

१८०.७३

१.१३

०.४३

१.१३

नेपाल एसबिआई

१०.१२

१.४१

७.००

१५०.८३

११६.७२

२.२४

१.४१

२२.१५

१३.९३

१८३.१२

१.०९

०.४९

२.४३

सानिमा

१२.४६

२.२१

४.७१

१७५.६४

१४५.४०

२.६२

२.२१

२१.०२

१७.७३

१५५.५१

१.०६

०.२७

१.३०

कृषि विकास

१३.४५

३.६१

११.७३

१९९.४९

१७१.७०

३.१०

२.०१

२०.६२

१२.५०

२१४.०३

०.९२

१.४४

२.४८

ग्लोबल आइएमई

३५.७७

२.९६

१९.९५

४२६.३३

३५६.३९

७.२५

२.९६

२०.२८

८.२७

१६४.०५

२.७२

१.८८

३.०८

एनएमबी

१८.३७

१.५०

८.७५

२१०.३०

१८९.३२

३.४१

१.५०

१८.५७

८.१८

१५५.७९

१.१७

०.९१

२.७२

माछापुच्छ्र«

१०.२६

१.५७

४.४७

१५४.१८

१२६.४७

१.८५

१.५७

१८.०५

१५.२९

१५९.१३

०.८२

०.४४

२.१२

सिटिजन्स

१४.२०

१.०४

६.०७

१६८.८४

१४०.४०

२.२१

१.०४

१५.५९

७.३०

१५०.०८

०.७३

०.४९

३.१९

हिमालयन

२१.६६

(०.७१)

१४.९१

२७५.३१

२३०.३१

३.२७

(०.७१)

१५.०८

(३.२९)

१६५.५८

२.१६

१.१२

४.५७

नेपाल इन्भेष्टमेन्ट मेगा

३४.१३

०.१६

२३.८९

३५४.४१

३०३.६६

४.३०

०.१६

१२.५९

०.४६

१७०.४८

२.४४

०.०३

४.३५

प्रभु

२३.५४

०.१६

१०.०२

२८९.०९

२३८.२१

२.८३

०.१६

१२.००

०.६९

१४३.२५

२.४४

०.४४

४.१६

प्राइम कमर्सियल

१९.४०

०.२०

८.८१

१७४.०६

१५४.४८

२.२६

०.२०

११.६६

१.०६

१४६.४५

२.९२

१.६६

४.२३

लक्ष्मी

२१.६७

१.९४

१४.००

२९६.२४

२५३.७०

२.२६

१.९४

१०.४४

८.९४

१७३.५५

०.९२

०.४५

२.८१

कुमारी

२६.२३

(०.८५)

११.३७

३१६.६६

२७०.५७

१.९६

(०.८५)

७.४६

(३.२३)

१४०.४७

५.७४

(०.२८)

४.७७

राष्ट्रिय बाणिज्य

१५.६४

१.८१

३६.५९

३२१.६६

२३०.०१

४.९२

१.८१

३१.४५

११.५९

३४५.५८

१.०८

१.५८

२.९५

जम्मा

३६४.४२

३३.५०

२७३.४७

५००४.२८

४१२२.९५

७०.१८

३१.९०

 

 

 

३४.११

१६.८८

 

औसत

१८.२२

१.६८

१३.६७

२५०.२१

२०६.१५

३.५१

१.६०

२१.००

११.३९

१९१.०१

१.७१

०.८४

२.८०

नोटः डीपीएस = प्रतिसेयर वितरणयोग्य । ईपीएस = प्रति सेयर आय । कृषि विकासको संचित नाफाको आधारमा डीपीएस रु २४.४१ देखिनेछ । ईपीएस (प्रतिसेयर आम्दानी)बाट क्रमवद्ध । सम्बन्धित कम्पनीको तथ्यांकलाई आवश्यकता अनुसार सामान्य परिमार्जित ।

पहिलाे र अन्तिम स्थानकाे अवस्था

चुक्ता पुँजी, सञ्चिति तथा जगेडा कोष

अंकमा भए पनि ठूलो हुने रहरले पनि गाभ्ने–गाभिने कार्यलाई प्रेरित गरेको प्रकाशित विवरणले देखायो । आव २०७८/०७९ अन्त्यमा ३५१.६६ अर्ब रहेको बैंकहरूको कुल चुक्ता पुँजी १२.७६ अर्बले बढेर ३६४.४२ अर्ब पुगेको छ । औसत चुक्ता पुँजी भने बढेर १८.२२ अर्ब पुग्दा ३५.७७ अर्बसहित ग्लोबल आइएमई पहिलो र ९.४३ अर्बसहित स्ट्यान्डर्ड-चार्टर्ड अन्तिममा छ ।

सञ्चित नाफातर्फ सबैभन्दा बढी एभरेस्टसँग ४.३३ अर्ब र कम कुमारी ०.८५ करोड नोक्सानी हुँदा औसतमा १.६८ अर्ब छ । यस वर्षदेखि कृषि विकासबाहेकले वितरणयोग्य नाफालाई सञ्चित नाफासँग तादात्म्य मिलाएर पस्के । प्रतिसेयर वितरणयोग्य रकमको आधारमा पहिलो एभरेस्टले ४०.५०, दोस्रो एनआइसीले ३१.९९, तेस्रो स्ट्यान्डर्ड चार्टर्डले २८.९९ क्षमता राख्दा कुमारी र हिमालयनको वितरणयोग्य नोक्सानी देखिन्छ ।

जगेडा कोषमा सम्पत्ति पुनर्मूल्यांकनसँगै सबैभन्दा बढी राष्ट्रिय वाणिज्यको ३६.५९ अर्ब देखिँदा नबिलको २७.०७ अर्ब र माछापुच्छ्रेको केवल ४.४७ अर्ब र औसतमा १३.६७ अर्ब देखिन्छ । तोकिएको पुँजीकोष कायम नभए लाभांश रोक्का वा शीघ्र सुधारात्मक कारबाही हुन सक्ने मात्र होइन, कर्जा विस्तारमा समेत समस्या आउन सक्छ । हाल बैंकले भारित जोखिम सम्पत्ति (आरडब्लुए) को आधारमा प्राथमिक पुँजीकोष न्यूनतम ८.५ प्रतिशत र समग्रमा न्यूनतम ११ प्रतिशत पुँजीकोष कायम गर्नैपर्छ ।

चालू आर्थिक वर्षदेखि काउन्टर साइक्लिकल वफरसमेत कार्यान्वयनमा आउँदा थप पुँजीकोष आवश्यक हुन्छ वा हुन्न अनिश्चित भए पनि ०.५ प्रतिशतको सम्भावनालाई नकार्न सकिन्न । प्रचलनमा नगद लाभांश बाँड्न पुँजीकोष १२ प्रतिशत हुनुपर्छ । विगतमा अपर्याप्त प्राथमिक पुँजीकोषका कारण लाभांश वितरण गर्न नपाएका बैंकहरू आव २०७९/८० मा चनाखो रहे, तैपनि त्यति सहज देखिन्नन् । समग्रमा १७.१२ पुँजीकोषसहित स्ट्यान्डर्ड चार्टर्ड सहज अवस्थामा हुँदा १२.२८ पुँजीकोषसहित प्राइम दबाबमा देखिन्छ ।

ग्राहक निक्षेप र कर्जा

बैंकमा ग्राहकबाट निक्षेप करिब ५४२.२८ अर्बले बढेर कुल ५० खर्ब ४ अर्ब पुगेको छ । औसतमा २५०.२१ अर्ब निक्षेप संकलन गरेका बैंकमध्ये ८.५२ प्रतिशत हिस्सा अर्थात् ४२६.३३ अर्बसहित ग्लोबल आइएमई अग्रस्थानमा रहँदा केवल ११७.५० अर्ब (२.३५ प्रतिशत) सहित स्ट्यान्डर्ड चार्टर्ड अन्तिममा रह्यो ।

खस्किएको मनोबल र सुस्ताएको आर्थिक गतिविधिसँगै ऋण प्रवाहमा नियमनले कर्जा विस्तार सुस्ताएर ३.०५ प्रतिशतमा सीमित हुँदा निक्षेप करिब १२.१५ प्रतिशतले बढेसँगै आवको अन्ततिर बैंकहरू कर्जायोग्य रकमको भार महसुस गरे । निक्षेप संकलनमा अगाडि देखिएको ग्लोबल आइएमई नै ग्राहकलाई ३५६.३९ अर्ब कर्जा दिएर ८.६४ प्रतिशत हिस्सा ओगट्दै सबैलाई उछिन्यो । केवल ७७.८६ अर्ब मात्र कर्जा प्रवाह गरेको स्ट्यान्डर्ड–चार्टर्ड अन्तिममा रहँदा औसतमा २०६.१५ अर्ब कर्जा प्रवाह गरे ।

नाफा, प्रतिसेयर आय र नेटवर्थ

आर्थिक मन्दी, उद्योग-व्यापारीको बैंकप्रतिको आक्रोशले नाफामा उच्च संकुचनको आकलनबीच बैंकहरूको खुद ब्याज आम्दानी बढेर १८७.०४ अर्ब देखिँदा सञ्चालन नाफा केही घटेर १०३.३७ अर्ब र खुद नाफा करिब ४.६३ अर्बले घटेर ७०.१८ अर्ब मात्र देखियो । औसतमा एउटा बैंकले ३.५१ अर्ब कमाउँदा नबिलले ७.५३ अर्ब, ग्लोबल आइएमईले ७.२५ अर्ब कमाएर उम्दा रहँदा १.८५ अर्ब कमाएको माछापुच्छ्रे अंकमा पुछारमा रह्यो ।

वितरणयोग्य नाफालाई प्रस्ट्याउँदै कृषि विकासबाहेकले सञ्चित नाफासँग तादात्म्यता बनाएँ । एकातिर करिब ६.१८ प्रतिशतले खुद नाफा घट्नु, अर्कातिर वैधानिक जगेडासँगै नउठेको ब्याज, डिबेन्चर रिडेम्पसन, एक्चुअरी लसजस्ता विभिन्न कोषमा बढी रकम छुट्ट्याउनुपर्दा सेयरधनीका लागि वास्तविक उपलब्ध वितरणयोग्य नाफा ३९.८७ प्रतिशतले घटेर ३१.९० अर्बमा खुम्चियो । इम्पेरिमेन्ट चार्जेज अचाक्ली बढेर ३४.११ अर्ब पुग्नुका साथै नियामकीय कोष (रेगुलटरी रिजर्भ) मा छुट्ट्याउने रकम उच्चदरमा बढेर १६.८८ अर्ब पुग्दा खुद नाफाभन्दा बाँड्न मिल्ने उल्लेख्य घट्यो ।

बढेको निष्क्रिय कर्जाले पनि नाफा घटायो । खुद नाफाकै आधारमा पनि सेयरधनीको इक्विटीमा प्रतिफल औसतमा ११.५७ प्रतिशतमा खुम्चिसक्यो । अझ वितरणयोग्य प्रतिफल मुस्किलले ५ प्रतिशत देखिने कमाइको अपव्याख्या गर्दै संसद्मै केवल नाफा अंककै आधारमा गलत टिप्पणी भए । खुद नाफा थोरै घटे पनि औसत प्रतिसेयर आय (इपिएस) २१ रुपैयाँमा रह्यो । इपिएसका आधारमा ४०.२२ सहित एनआइसी एसिया पहिलो, ३७.३९ सहित स्ट्यान्डर्ड चार्टर्ड दोस्रो र ३१.७२ सहित एभरेस्ट तेस्रो बने ।

प्रतिसेयर वितरणयोग्य नाफा (डिपिएस) मा भने ४०.५० सहित एभरेस्ट अब्बल हुँदा हिमालयन ३.२९ र कुमारी ३.२३ नोक्सानीमा रहे । नाफा रित्याएर बाँड्ने र चुक्ता पुँजी थोपर्दा नेटवर्थलाई सुकेनास लागेको छ । सम्पत्ति पुनर्मूल्यांकन गरेको राष्ट्रिय वाणिज्यको नेटवर्थ भने फुकेनास लागेर ह्वातै बढ्दै ३४५.५८ रुपैयाँ पुग्दा केवल ७ वटा बैंकले नेटवर्थ २ सय रुपैयाँमाथि कायम गर्न सफल भए । कुमारीको नेटवर्थ सबैभन्दा कम १४०.४७ रहँदा औसतमा १९१.०१ रुपैयाँ मात्र छ ।

लाभांश क्षमता, लगानी निर्णय र टिप्पणी

कृषि विकासबाहेकले डिपिएसमार्फत सम्भावित लाभांश क्षमता प्रस्ट्याए । यसैगरी डिबेन्चर र रिडेम्पसन रकम, जगेडामा वैधानिक र पुनर्मूल्यांकनको हिस्सा छुट्ट्याइनुपर्छ । सेयर प्रिमियम र मर्जर-एक्विजिसनमा कर विवादसँगै सेयर आदान-प्रदान अनुपात (स्वाप)बाट उपलब्ध रकम लाभांशको रूपमा बाँड्ने आशा नगरी थप नियामकीय प्रावधान र अन्तिम लेखापरीक्षणले परिवर्तन हुन सक्ने केही लाभांशलाई ध्यान दिँदा हाल प्रस्तुत डिपिएसलाई लगानी व्यवस्थापन र निर्णयको एउटा आधार बनाउन सकिन्छ ।

एभरेस्टको ४६.८८ करोड, नेपाल एसबिआईको ४० करोड र सानिमाको ३७ करोडको डिबेन्चर परिपक्व भएको देखिन्छ । सेयर प्रिमियम रकम नगण्यमात्र छ । स्वाप रेसियोबाट नबिलसँग १.५२ अर्ब, नेपाल इन्भेस्टमेन्ट मेगासँग १.८८ अर्ब र हिमालयनसँग १.६८ अर्ब छ । अपरिष्कृत तथ्यांकले क) चुक्ता पुँजी, ग्राहक निक्षेप र ग्राहक कर्जा-सापटीमा ग्लोबल आइएमई, ख) सञ्चित नाफा, वितरणयोग्य नाफा, निष्क्रिय कर्जामा एभरेस्ट, ग) जगेडा कोष र नेटवर्थमा राष्ट्रिय वाणिज्य, घ) खुद नाफामा नबिल, ङ) इपिएसमा एनआइसी एसिया, च) पुँजीकोषमा स्ट्यान्डर्ड चार्टर्ड अब्बल देखिए । औसत र विभिन्न सूचकमा पुछारमा रहेको स्ट्यान्डर्ड चार्टर्ड सेयरधनीको मुख्य चासो रहने लाभांश क्षमता तेस्रो र इपिएसमा दोस्रो रह्यो । तुलनात्मक रूपमा कुमारी धेरै सूचकमा कमजोर देखियो ।

अपरिष्कृत विवरणले बैंकहरूको घरबार सुध्रिनेमा शंका जन्माएको छ । गाभिएर सबल बन्ने आशामा उत्साहित सेयरधनी खुद नाफा र वितरणयोग्य नाफाबाट निराश बनेका छन् । घरबार बसाएका ६ मध्ये नेपाल इन्भेस्टमेन्ट मेगा, प्रभु, हिमालयन, कुमारी लाभांश दिनै नसक्ने अवस्थामा देखिए भने ग्लोबल आइएमई र लक्ष्मी सनराइजको पनि उत्साहजनक रहेन । गाभिनु अगाडिसम्म नाफाको बैंक गाभिँदा खुद नोक्सानीले झस्काएको छ । जस्तै, असोजमा मेगा ५०.९२ करोड, पुसमा सिभिल ६३.७० करोड हाराहारी नाफामा थिए तर मेगा २.५५ अर्ब र सिभिल १.४३ अर्ब नोक्सानीमा गाभिए । राष्ट्रिय वाणिज्य र नेपाल बैंकको मर्जर र प्रभाव अनिश्चत छ । यसबाहेक पारदर्शी बैंकहरूमाथि अनुचित नाफाको भाष्य सिर्जनाको प्रयास, सरकारबाट एफपिओ र मर्ज–एक्विजिसनमा करको भार बोकाउने प्रयास, वार्षिक रूपमा ६.१८ प्रतिशतले घटेको खुद नाफालाई २५ प्रतिशतले बढेको अतिरञ्जित लान्छना, गाभिएका बैंकहरूको वित्तीय नतिजाले सेयरधनीलाई गहिरिएर सोच्न बाध्य बनाएको छ ।

चेतावनी–उदघाेषणः उपलब्ध जानकारी र प्रकाशित अपरिष्कृत वित्तीय विवरणमा आधारित लेख वा त्रुटिबाट सिर्जित लाभहानीकाे भागीदार स्वयम् हुनुपर्नेछ, लेखक हुनेछैन् । यहाँ प्रस्तुत तथ्यांक संकलनमा दिपक दाहालकाे अमूल्य याेगदान रहेकाे छ । उहाँलाइ धन्यवाद ।

काराेवार दैनिकमा २९ साउन २०८० मा बैंकहरूकाे मर्ज र प्राप्ति: प्रातिफल देखिएन « (karobardaily.com) शीर्षकमा प्रकाशित

विस्तृत डाटा सहितकाे थप तालिका
पिडिएफ भर्सन चाहिएमा यहाँ क्लिक गरेर अनुराेध गर्न सकिनेछ ।

बैंकसँग उपलब्ध अन्य रकमहरू

पहिलाेदेखि चाैथाे त्रैमास पुग्दा इपीएस र नेटवर्थमा परिवर्तन
शिक्षाः पहिलाे त्रैमासकाे ईपीएस हेरेर आसा-निरासा र लगानी निर्णय जाेखिमपुर्ण र #ज्यानरधनकाेहानी

थप अध्ययन सामग्री