Sunday, February 24, 2019

Q2: पुँजीकोष र निक्षेप व्यवस्थापनको दबाबमा बैंकहरू

छोटो समयमा तोकिएको पुँजी व्यवस्थापन गर्न सफल बैंकहरू निक्षेप र लगानीयोग्य रकमको समस्या झेल्दै पुँजी परिचालन र मुनाफा वृद्धिको दबाबमा छन् । यस आर्थिक वर्ष ०७५÷७६ को पहिलो अर्धवार्षिक नतिजाले बैंकहरू निक्षेप संकलनमा सुस्त देखिँदै गर्दा कर्जा तथा सापट परिचालनमा निकै प्रगति गरेको देखिन्छ । ८ अर्बको पुँजी वृद्धिलाई निकै चुनौतीपूर्ण लिएका बैंक तथा लगानीकर्ताहरू थप पुँजीको आवश्यकता महसुस गरी बोनस सेयरमार्फत पुँजी बढाउन अग्रसर देखिएका छन् । कतिपय बैंकको कसिलो पुँजीकोष अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) र व्यवसायको विस्तार हेर्दा डिबेन्चर, मर्जर वा बोनस सेयरबाटै भए पनि पुँजीकोष व्यवस्थापनको दबाब रहनेछ ।


वित्तीय अवस्था
बैंक
चुक्ता पूँजी
(रु. अर्व)
जगेडा कोष
(रु. अर्व)
निक्षेप
(रु. अर्व)
कर्जा तथा सापटी
(रु. अर्व)
खुद मुनाफा (रु. अर्व)
प्रतिशेयर आम्दानी (रु)
नेटवर्थ (रु)
पूँजी कोष (%)
२०७५ फागुन ९ को पिई (%)
निष्कृय कर्जा (%)
नेपाल इन्भेष्टमेन्ट
१२.५९
११.९८
१४२.११
१२७.४२
१.९८
३३.९९
१९५.१३
११.९०
१४.८३
२.०४
मेगा
१०.३९
२.३१
७०.८६
६५.८५
०.७३
१४.१३
१२२.२६
१५.८१
११.२५
१.२१
ग्लोबल आइएमई
१०.३१
४.४९
११३.१८
१०२.४१
१.२३
२३.८५
१४३.५३
११.३०
१०.९०
०.७५
नेपाल
९.८१
१९.६५
१०५.६८
८५.८०
१.६६
३३.८७
३००.२८
१५.९८
८.३९
२.७४
राष्ट्रिय बाणिज्य
९.००
१२.४४
१८१.४८
१३४.८८
२.४१
५३.५३
२३८.२०
११.७३

३.४०
सिद्धार्थ
८.८९
५.२०
१०६.३८
९७.५१
१.०७
२४.७०
१५८.४८
१३.१६
११.१७
१.६४
एनआईसी एसिया
८.८३
४.४१
१७५.७६
१४९.३०
१.५१
३४.३१
१४९.९३
११.९७
११.१९
०.३०
एनएमबी
८.७४
९.२४
८८.०७
८५.३८
१.११
२५.५६
२०५.७१
१३.०६
११.७८
१.२०
हिमालयन
८.५२
६.०७
१०६.११
९८.८४
१.३७
३२.०९
१७१.२०
११.३६
१३.५६
१.२५
कृषि विकास
८.५०
१४.२२
११०.१३
१०७.३१
१.३६
२८.२५
२६७.२१
१८.९७
११.७९
४.५०
नेपाल एसबिआई
८.४५
४.४७
९७.८४
९०.९२
१.०२
२४.२१
१५२.९३
१२.८०
१५.५३
०.१९
सिटिजन्स
८.३७
३.३७
६५.१२
६०.४७
०.७७
१८.४२
१४०.२९
१३.५८
११.०२
१.६२
प्रभु
८.२३
५.६०
१०४.९८
८८.१६
१.०४
२५.३१
१६८.०३
११.९२
८.२६
२.४७
लक्ष्मी
८.२२
४.४५
७५.८९
७०.५७
०.७२
१७.६१
१५४.०८
११.६६
१०.५१
१.११
सनराइज
८.१५
४.११
७५.०६
६७.७५
०.७९
१९.४५
१५०.३७
१२.९०
१०.७५
१.२६
नेपाल बंगलादेश
८.०९
३.५१
५२.४७
५१.४०
०.७९
१९.६२
१४३.४३
१२.३५
९.३३
१.७८
सेञ्चुरी
८.०६
१.६४
६४.१३
५८.९०
०.५२
१२.८५
१२०.३४
१४.६९
१२.३०
०.८४
माछापुच्छ्रे
८.०६
२.२७
८५.१८
७४.६५
०.७८
१९.४०
१२८.२१
१२.८३
१०.७७
०.४४
नविल
८.०४
१४.५२
१४९.३८
१३०.७१
२.१८
५४.२८
२८०.५७
११.९५
१४.७९
०.६२
प्राइम कमर्सियल
८.०३
४.२२
७६.७३
७२.६०
१.०६
२६.४१
१५२.५५
१२.६८
११.७०
१.५८
एभरेष्ट
८.०३
७.५८
१२४.१८
१०५.९३
१.४३
३५.६३
१९४.४५
१२.५७
१४.२६
०.१९
स्ट्याण्डर्ड चार्टड
८.०१
७.०४
६५.९८
५०.९७
१.१५
२८.५९
१८७.८७
२२.०३
१८.६८
०.२०
सिभिल
८.००
२.७२
४३.०८
४३.५५
०.३६
९.०१
१३३.९३
१९.८६
१६.७६
३.५४
सानिमा
८.००
२.६४
८५.६८
७७.२३
०.९८
२४.६२
१३३.०४
१२.८१
११.८६
०.२४
जनता
८.००
३.०४
६८.४४
६३.६५
०.६३
१५.८७
१३७.९८
१३.६८
१०.४६
१.५३
कुमारी
७.१६
४.२९
७५.४५
७०.७७
०.६८
१८.६२
१५९.९०
१२.८१
१३.१६
१.२२
बैंक अफ काठमान्डू
७.०७
६.१२
८०.२२
७३.५४
०.७४
२०.८६
१८६.६०
१४.६१
११.६०
२.०८
नेपाल क्रेडिट एण्ड कमर्स
७.०२
४.१८
६४.७२
५८.४४
०.७४
२१.१२
१५९.५५
१४.१०
९.७५
३.५३
जम्मा
२३८.६०
१७५.८०
२६५४.३०
२३६४.९२
३०.८२





औसत
८.५२
६.२८
९४.८०
८४.४६
१.१०
२५.५८
१५८.२४
१३.७५
११.६५
१.५५

पुँजी तथा जगेडा कोष

आव ०७४-७५ को पुस मसान्तमा समेत कुमारी, एनसीसी र बैंक अफ काठमाण्डूले नियामक निकायले तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब ०७४÷७५ को वासलातमा देखाउन सकेनन् । ग्लोबलसहित १६ वटा बैंकले गत आवको मुनाफाबाट बोनस सेयरमार्फत पुँजी वृद्धिलाई निरन्तरता दिँदा बैंकहरूले औसतमा ५.४१ प्रतिशतले पुँजी बढाएको देखिन्छ । बैंकहरूको कुल चुक्ता पुँजी २ खर्ब ३८ अर्ब ६० करोड तथा औसतमा रु. ८ अर्ब ५२ करोडको रहँदा १२ अर्ब ५९ करोड रुपैयाँका आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक पहिलो स्थानमा रहेको छ भने सबैभन्दा कम एनसीसी बैंकको रु. ७ अर्ब २ करोड मात्र रहेको छ ।

यस्तै १९ अर्ब ६५ करोडाको जगेडा कोषसहित नेपाल बैंक सबैभन्दा बलियो रहँदा सेञ्चुरी केवल १ अर्ब ६४ करोडका आधारमा कमजोर देखिएको छ । बैंकहरूसँग औसतमा ६ अर्ब २८ करोड र कुल १ खर्ब ७५ अर्ब ८० को जगेडा कोष रहेको देखिन्छ ।

निक्षेप र कर्जा

यस अवधिमा बैंकहरूले ७.३४ प्रतिशतले निक्षेप बढाएर कुल २६ खर्ब ५४ अर्ब रुपैयाँ पुर्याउँदा कर्जा तथा सापट भने १२.४१ प्रतिशतले बढेर २३ खर्ब ६४ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । राष्ट्रिय वाणिज्यले १ खर्ब ८१ अर्ब र एनआईसी एसियाले १ खर्ब ७५ अर्ब रुपैयाँसहित ११ बैंकहरूले १ खर्बभन्दा बढीको निक्षेप संकलन गर्न सफल भएका छन् । निक्षेपका आधारमा करिव ४३ अर्बको सिभिल र ५२ अर्बको एनबीबी कमजोर देखिएका छन् ।

१ खर्ब ४९ अर्ब रुपैयाँको कर्जा तथा सापट परिचालन गरी एनआईसी एसिया सबैभन्दा अगाडि रहँदा नविल र नेपाल इभेस्टमेन्टले पछ्याइरहेको छ । सिभिल बैंक ४३ अर्ब ५५ करोडसहित अन्तिम स्थानमा रहेको छ ।

प्रतिसेयर खुद मूल्य (नेटवर्थ)खुद मुनाफा र प्रतिसेयर आय

बैंकहरूले समीक्षा अवधिमा रु. ३० अर्ब ८२ करोड खुद मुनाफा कमाउँदा सबैभन्दा बढी राष्ट्रिय वाणिज्यले रु. २ अर्ब ४१ करोड र सूचीकृतमध्ये नविलले रु. २ अर्ब १८ करोड कमायो । बैंकहरूले औसतमा रु. १ अर्ब १० करोड खुद मुनाफा कमाउँदा सिभिलले केवल ३६ करोडमात्र कमाउन सक्यो ।

लगानीकर्ताको सबैभन्दा महत्वपूर्ण सूचक प्रतिसेयर आय –ईपीएस)मा भने नबिल बैंकले सबैलाई उछिनेको छ । उसले प्रतिसेयर रु. ५४.२८ कमाउँदा सिभिलले रु. ९ कमाएको छ ।

लगानीकर्ताको सेयरको किताबी मूल्य वा वर्तमान सम्पत्तिको अवस्था जनाउने प्रतिसेयर नेटवर्थका आधारमा रु. ३ सयको नेटवर्थसहित नेपाल बैंक सबैभन्दा राम्रो र सेन्चुरी रु. १२०.३४ सहित कमजोर रह्यो । एभरेस्ट, कृषि र राष्ट्रिय वाणिज्यले नेटवर्थ नै उल्लेख गरेनन् ।

पुँजीकोषको अवस्था

बैंकमा क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ अनुसार गणना गरिएको पुँजीकोष न्यूनतम ११ प्रतिशत कायम गर्नुपर्ने प्रावधान रहेको छ । यस अवधिमा बैंकहरूले निक्षेप संकलनको तुलनामा कर्जा तथा सापटपरिचालन बढाएको हुँदा औसत पुँजीकोष घटेर १३.७५ मा ओर्लेको छ । बोनस सेयरबाट पुँजी वृद्धिका बाबजुद ग्लोबलको पुँजीकोष ११.३ मा झरेर पुँजी अभावमा हुँदा स्ट्यान्डर्ड चार्टड २२.०३ प्रतिशतको पुँजीकोषसहित अनावश्यक पुँजी भारले थिचिएको छ । अझै पनि १२ भन्दा कम पुँजीकोष भएका ८ वटाले तत्काल र १२ देखि १३ पुँजीकोष भएका थप ८ बैंकहरूले पुँजीकोष व्यवस्थापनमा ध्यान दिनुपर्ने अवस्था रहँदा मेगा, कृषि, सिभिल, स्ट्यान्डर्ड चार्टर र नेपाल बैंक भने प्रभावकारी पुँजी परिचालनमा लाग्नुपर्ने देखिन्छ ।

मूल्य आम्दानी अनुपात (पीई)

लगानीकर्ताहरूको विश्वास र मनोविज्ञानसँगै जोखिमलाई मूल्यमा व्यक्त गर्ने र प्रत्येक कारोबारको मूल्यसँगै परिवर्तन हुने पीई अनुपात धेरैले कम भएको कम्पनी लगानीको प्राथमिकतामा राख्दछन् । २०७५ फागुन ९ गतेको बजार मूल्यका आधारमा बैंकहरूको औसत पीई ११.६५मा झरेको छ । बजार मूल्यका आधारमा ८.२६ पीईसहित प्रभु सबैभन्दा सस्तो र १८.६८ सहित स्ट्यान्डर्ड चार्टर महंगो देखिएको छ । प्रभुसहित नेपाल बंगलादेश, एनसीसी र नेपाल बैंकको पिई रेसियो १० भन्दा कम रहँदा निकै सस्तो अनि १०–१५ पीई भएका २० वटा बैंकहरू लगानीयोग्य देखिँदा नेपाल एसबीआई, सिभिल र स्ट्यान्डर्ड चार्टर अहिलेको मूल्यका आधारमा महँगा देखिएका छन् । तर, कम्पनी र बजारको अवस्थाका साथै आफ्नो जोखिम लिने क्षमताका आधारमा कति पीई उपयुक्त भन्ने आफंैले निर्णय गर्नुपर्छ ।

निचोड

८ अर्ब पुँजी बैंकहरूका लागि टोक्नु न बोक्नु हुनेछ र उनीहरू अधिक पुँजीको भारमा थिचिनेछन् भन्ने आमधारणालाई गलत सावित गर्दै बैंकहरूले प्रभावकारी पुँजी परिचालन र व्यवसायिक वृद्धिसँगै यथोचित मुनाफाको सम्भावनालाई उजगार गरेका छन् । 

व्यावसायिक क्षमताको आधार चुक्ता पुँजीमा नेपाल इन्भेस्टमेन्ट, जगेडा कोषमा नेपाल बैंक, निक्षेप र कर्जा तथा सापटीमा एनआईसी एसिया अगाडि रहँदा खुद मुनाफामा नविल उत्कृष्ट र सिभिल कमजोर देखिए । प्रकाशित वित्तीय सूचकहरू प्रतिसेयर आयमा नविल, मूल्य आम्दानी अनुपातमा प्रभु, नेटवर्थमा नेपाल बैंक र पुँजीकोषमा ग्लोबल आईएमई सबैभन्दा आकर्षक देखिए पनि तोकिएको चुक्ता पुँजी नपुगेको बीओके, एनसीसी र कुमारी अनि आव ०७३÷७४ कै साभारण सभा गर्न नसकेका सिभिल, एनसीसी र कुमारी छनौट गर्दा सुशासन र नियमको परिपालनाका पाटाहरूलाई थप ध्यान दिनुपर्छ । यस्तै बोनस सेयर घोषणा गरेर पुँजी वृद्धि गरेका बैंकहरूको वित्तिय विश्लेषण गर्दा चुक्ता पुँजीमा घोषित बोनस पुँजीकृत भए वा नभएको हेर्नुपर्छ ।

लगानी निर्णयका लागि क) प्रतिसेयर आय, ख) मूल्य आम्दानी अनुपात, ग) नेटवर्थ र घ) पुँजीकोष अनुपात मुख्य आधार बनाए पनि इक्विटीमा प्रतिफल (आरओई), बजार र किताबी मूल्य अनुपात (पीबी रेसियो), ब्याजदर अन्तर (स्प्रेड), निष्क्रिय कर्जा र तरलताको अवस्थाजस्ता सूचकांकहरूको विश्लेषण गर्दै औसत अवस्थासँग तुलना गर्नुपर्छ । यस्तै व्यवसायको वृद्धि, लगानीको उद्देश्य, अवधि, पुँजीको स्रोत, अपेक्षित मुनाफा, जोखिमवहन क्षमता अनि भर्खर पुँजी थपेका, पुँजी व्यवस्थापनमा रहेका र ओमलाई प्राप्ति गरिरहेको प्राइमको वित्तीय सूचकहरू फरक पर्न सक्ने अवस्थालाई पनि ध्यान दिनुपर्छ ।


समग्रमा हेर्दा बैंकहरूकाे लगानी प्राथमिकता

Bank
Capital
(Rs. Billion)
Reserve
(Rs. Billion)
Deposit (Rs. Billion)
Loan & Advances (Rs. Billion)
Net Interest (Rs. Billion)
Profit Period
(Rs. Billion)
Free Profi
(Rs. Billion)
EPS (Rs) PP
EPS (Rs) FPP
Networth (Rs)
CAR (%)
NPL (%)
PE
Aggregate Score
Nabil
 8.04
 14.52
 149.38
 130.71
 3.61
 2.18
 2.05
 54.28
 50.85
 280.57
 11.95
 0.62
 14.79
 15.98
RBB
 9.00
 12.44
 181.48
 134.88
 4.95
 2.41
 2.18
 53.53
 48.38
 238.20
 11.73
 3.40
 -
 15.68
NBL
 9.81
 19.65
 105.68
 85.80
 3.17
 1.66
 1.58
 33.87
 32.15
 300.28
 15.98
 2.74
 8.39
 14.73
NIB
 12.59
 11.98
 142.11
 127.42
 3.31
 1.98
 1.73
 33.99
 27.43
 195.13
 11.90
 2.04
 14.83
 14.18
NICA
 8.83
 4.41
 175.76
 149.30
 3.61
 1.51
 1.26
 34.31
 28.53
 149.93
 11.97
 0.30
 11.19
 13.40
ADBL
 8.51
 14.22
 110.13
 107.31
 3.57
 1.36
 1.09
 28.25
 25.72
 267.21
 18.97
 4.50
 11.79
 12.95
EBL
 8.03
 7.58
 124.18
 105.93
 2.67
 1.43
 1.04
 35.63
 25.96
 194.45
 12.57
 0.19
 14.26
 12.65
HBL
 8.52
 6.07
 106.11
 98.84
 2.49
 1.37
 1.16
 32.09
 27.26
 171.20
 11.36
 1.25
 13.56
 11.09
GBIME
 10.31
 4.49
 113.18
 102.41
 2.38
 1.23
 1.13
 23.85
 21.86
 143.53
 11.30
 0.75
 10.90
 10.83
NMB
 8.74
 9.24
 88.07
 85.38
 2.01
 1.11
 0.97
 25.55
 22.30
 205.71
 13.06
 1.20
 11.78
 10.74
Pravu
 8.23
 5.60
 104.98
 88.16
 2.15
 1.04
 1.08
 25.31
 26.26
 168.03
 11.92
 2.47
 8.26
 10.53
NSBI
8.45
 4.47
 97.84
 90.92
 2.19
 1.02
 0.90
 24.21
 21.36
 152.93
 12.80
 0.19
 15.53
 10.39
SBL
8.89
 5.20
 106.38
 97.51
 2.29
 1.07
 0.87
 24.70
 19.59
 158.48
 13.16
 1.64
 11.17
 10.24
SCB
8.01
 7.04
 65.98
 50.97
 1.65
 1.15
 1.00
 28.59
 24.92
 187.87
 22.03
 0.20
 18.68
 9.55
Sanima
8.00
 2.64
 85.68
 77.23
 1.91
 0.98
 0.95
 24.62
 23.75
 133.04
 12.81
 0.24
 11.86
 9.51
PCBL
8.03
 4.22
 76.73
 72.60
 1.77
 1.06
 0.93
 26.41
 23.26
 152.55
 12.68
 1.58
 11.70
 9.16
BOKL
7.07
 6.12
 80.22
 73.54
 1.77
 0.74
 0.66
 20.86
 -
 186.60
 14.61
 2.08
 11.60
 8.92
LBL
8.22
 4.45
 75.89
 70.57
 1.45
 0.72
 0.67
 17.61
 16.35
 154.08
 11.66
 1.11
 10.51
 8.66
MBL
8.06
 2.27
 85.18
 74.65
 1.70
 0.78
 0.80
 19.40
 19.95
 128.21
 12.83
 0.44
 10.77
 8.65
SRBL
8.15
 4.11
 75.06
 67.75
 1.72
 0.79
 0.73
 19.45
 17.81
 150.37
 12.90
 1.26
 10.75
 8.63
KBL
7.16
 4.29
 75.45
 70.77
 1.52
 0.68
 0.60
 18.62
 16.86
 159.90
 12.81
 1.22
 13.16
 8.23
NCC
7.02
 4.18
 64.72
 58.44
 1.47
 0.74
 0.64
 21.12
 18.35
 159.55
 14.10
 3.53
 9.75
 8.17
NBB
8.09
 3.51
 52.47
 51.40
 1.40
 0.79
 0.62
 19.62
 15.29
 143.43
 12.35
 1.78
 9.33
 8.09
CZBL
8.37
 3.37
 65.12
 60.47
 1.49
 0.77
 0.66
 18.42
 15.76
 140.29
 13.58
 1.62
 11.02
 8.02
Mega
10.39
 2.31
 70.86
 65.85
 1.78
 0.73
 0.55
 14.13
 10.53
 122.26
 15.81
 1.21
 11.25
 7.91
JBNL
8.00
 3.04
 68.44
 63.65
 1.58
 0.63
 0.53
 15.87
 13.26
 137.98
 13.68
 1.53
 10.46
 7.85
CCBL
8.06
 1.64
 64.13
 58.90
 1.34
 0.52
 0.44
 12.85
 11.00
 120.34
 14.69
 0.84
 12.30
 6.97
CBL
8.00
 2.72
 43.08
 43.55
 1.10
 0.36
 0.24
 9.01
 5.99
 133.93
 19.86
 3.54
 16.76
 5.73
Total
238.60
 175.80
 2,654.30
 2,364.92
 62.05
 30.82








Average
8.52
 6.28
 94.80
 84.46
 2.22
 1.10
 0.97
 25.58
 21.81
 172.72
 13.75
1.55
 11.65
 10.27


काराेवार दैनिकमा २०७५ फागुन १३ गते प्रकाशित
https://karobardaily.com/news/idea/16561