Tuesday, November 11, 2025

Bank Q18283 Unaudited Financial Report

Updated 12 Nov. 2025
12:41 NST

हुनतः अार्थिक वर्षकाे पहिलाे त्रैमास वार्षिक अायका हिसावले अति महत्वपुर्ण नहुन सक्छ, तर यसै अवधिमा राज्यमा जेन्जी अान्दाेलनकाे नाममा २०८२ भदाै २३ र २४ गते भएकाे वितन्डाले शासकीय प्रणाली, अर्थतन्त्र, सामाजिक–अार्थिक परिवेश सबै खलबलिएकाे अवस्थामा उल्लेख्य सुधारकाे अाशा त थिएन । सबैकाे अव्यक्त अाशंका कति नकारात्मक विवरण अाउने हाे भन्ने त्रास भने थियाे । अान्दाेलन त्यसमाथि ब्याज र कर्जा उठाउने समयमा मुख्य चाडबाड बैकिग क्षेत्रका लागि त्यति सहज पक्कै थिएन । यसैलाइ ध्यानमा राखेर नियामक नेपाल राष्ट्र बैंकले सावाब्याज उठाउन थप १५ दिन दिएर त्रैमासिक विवरण प्रकाशनका २१ गते गरे हुने गरी अवधि थपिदियाे । यसका बाबजुद बैकिग क्षेत्रकाे नतिजा अलि निरासाजनक नै रह्याे । 

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८२–८३ काे पहिलाे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू प्रस्तुत गरिएका छन्। प्रकाशित तथ्यांकहरूलाइ एकरूपताका ल्याउँदा केहि बैकका तथ्यांकमा सामान्य फरक पनि हुनसक्छ । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । हालै गत अावकाे साधारण सभा सम्पन्न गरेका ४ बैंकहरू मध्ये सेयर लाभांस (बाेनस सेयर) दिएकाे एभरेष्ट बैंकले पुँजी समायाेजन गरेकाे देखिन्न । नगद लाभांस वितरण गरेका बैकहरू कै पनि वितरित लाभांशलाइ संचित काेषमा समायाेजन नगरिएकाे अवस्थामा संचित काेष र मूलतः वितरणयाेग्य लाभांश गणना जाेखिमपुर्ण हुनेछ । तसर्थ, पहिलाे त्रैमासकाे डिपिएसलाइ गुणन गरेर वार्षिक वा सम्भावित डिपिएसलाइ अाधार बनाएर लगानी व्यवस्थापन र निर्णय निकै जाेखिमपूर्ण हुनेछ ।

यस त्रैमासमा कृषि विकास र सिटिजन्स बैक संचालन घाटामा देखिएका छन्, भने सिटिजन्स करिब २२ कराेडकाे खुद नाेक्सानीमा रहेकाे छ । बैंकहरूकाे कुल ७६२ अर्ब ४० कराेड इक्विटि लगानीबाट १३ अर्ब १५ कराेड खुद नाफा कमाएकाे देखिएता पनि यसमा नउठेकाे ब्याज नै ७ अर्ब ३१ कराेड समावेश छ । यसलाइ समायाेजन गर्ने हाे भने बैकहरूले  ७६२ अर्बभन्दा बढि लगानीबाट नगन्य केवल ५.८४ अर्ब नाफा कमाएकाे देखिन्छ । यस्तै, बैकहरूले सम्भावित नाेक्सानीका लागि छुटाएकाे रकम करिव २० अर्ब १४ कराेड छ । नउठेकाे ब्याज र सम्भावित नाेक्सानीका व्यवस्था नै ३७ अर्ब माथि छ, जुन खुद नाफाकाे करिव ३ गुणा हाे । यति हुँदा पनि बैकहरूले अति नाफा कमाएकाे र नाफाखाेरीकाे अबगाल भाेग्न बाध्य छन् । खुद नाफा मात्र हेर्ने हाे भने इक्विटिमा प्रतिफल पुगनपुग ७% हाराहारी हुन्छ, त्याे पनि सबै सेयरधनीलाइ बाँड्न मिल्दैन् । यसमा नियामकीय र अन्य कानुनी प्रावधान बमाेजिमका रकमहरू छुट्याउँदा बाँड्न मिल्ने रकम निकै कम हुनेछ । त्यसैले अब बैंक र तिनका सेयरधनीहरूले अर्थतन्त्रकाे बाेझ बाेक्दै हिँड्ने भन्दा अाफ्नाे व्यवसायिक हित र प्रतिफलका लागि संयुक्त अावाज उठाउन ढिला गर्नु हुन्न । तत्कालका लागि कम्तिमा नउठेकाे ब्याज, अल्कालीन गैरबैकिग सम्पतिकाे व्यवस्थालाइ इम्पेरिमेन्ट चार्जेज जस्तै नाफानाेक्सानी हिसावमा नै गणना गर्ने व्यवस्था भए अनिश्चित लाभमा अग्रिम अायकर तिर्ने दायित्वबाट मुक्त हुने थिए । भर्खरै काेभिड, अन्तराष्टिय युद्ध, बैकिगमा ऋणीकाे गलत प्रचारबाट उठ्न खाेजेकाे बैकिगमा हालैकाे जेन्जी अान्दाेलनकाे प्रभाव निकै देखिएकाे महसुस सबैले गरेका छन् । 

These datas has been tabulated and organized with generous support from Dipak Dahal. Everybody should be thankful to him.
WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.

प्रथम त्रैमास २०८२–८३ मा बैकहरूकाे मुख्य सूचकहरूकाे अवस्था

प्रथम त्रैमास २०८२–८३ मा पहिलाे, अन्तिम र इन्डष्ट्रि अाैसत

प्रथम त्रैमासमा मुनाफाबाट लाभांस वितरणकाे अाधारमा संचित काेषकाे रकम फरक पर्नसक्ने छ । उपलब्ध रकमकाे आधार २०८१-८२ का लागि प्रति शेयर वितरणयाेग्य लाभांश गणना जाेखिमपुर्ण हुनेछ, किनभने यसमा आव २०८०-८१ रकम समावेश हुन्छ र त्याे ४ गुणा हुने सम्भावना हुन्न ।

Key Indicator for Banks FY 2082-83 Q1

थप सन्दर्भ सामग्री

सम्बन्धित बैकबाट प्रकाशित पहिलाे त्रैमासकाे वित्तिय विवरणहरू