Sunday, August 22, 2021

Bank Review 7778: नियामकीय निर्देशन र कोभिड मारमा बैंकका सेयरधनी

कोभिडको उच्च प्रभाव र अनिश्चित लकडाउनबीच सुस्त आर्थिक गतिविधिका बाबजुद आर्थिक वर्ष २०७७–७८ का लागि बैंकहरूले सन्तोषजनक वित्तीय विवरण पस्किएका छन् । पैसाको व्यावसायिक आय खुद ब्याज आम्दानी उत्साप्रद नभए पनि अन्य आय, इन्पेरिमेन्ट रिभर्सल र रेगुलटरी रिटर्नले खुद मुनाफा र वितरणयोग्य मुनाफामा सघाएको छ, तर केन्द्रीय बैंकको हालैको निर्देशनबमोजिम कर्जा जोखिम व्यवस्थापनमा करिब ३० प्रतिशत थप रकम छुट्ट्याउँदा व्यवसाय विस्तारको तुलनामा मुनाफा वृद्धि केही सुस्त देखिन्छ ।

बैंकहरूको २०७७–७८ असारमसान्तको वित्तीय अवस्था

बैक

चुक्ता पूँजी (रु. अर्ब)

संचित नाफा
(रु. अर्ब)

जगेडा कोष
(रु. अर्ब)

ग्राहक निक्षेप
(रु. अर्ब)

ग्राहक कर्जा तथा सापटी
(रु. अर्ब)

खुद मुनाफा
(रु. अर्ब)

वितरण योग्य मुनाफा
(रु. अर्ब)

प्रिमियम र संचित रकम
(रु अर्ब)

प्रतिसेयर आम्दानी (रु.)

प्रिमियम र संचितमा उपलब्ध प्रतिसेयर (रु)

नेटवर्थ (रु.)

पूँजीकोष (%)

निस्किृय कर्जा (%)

नविल

१३.८४

४.३०

१५.०२

२२३.४८

१९८.११

४.५०

४.१५

४.४६

३२.५४

३२.२२

२४०.७३

१२.६९

०.७८

कृषि विकास

१०.९९

३.६१

११.६२

१६२.६८

१५२.८६

३.६९

१.७४

४.४७

३०.६५

४०.७१

२३८.५५

२३.१३

१.८४

एनआईसी एसिया

११.५६

१.९५

७.१७

२८६.८२

२४८.८१

३.२५

१.९२

१.९५

२८.११

१६.९०

१७८.९३

१२.४१

०.४६

हिमालयन

१०.६८

२.८१

६.५९

१४१.०२

१२६.०३

३.००

२.१७

२.८१

२८.०६

२६.३०

१८७.९४

१३.८५

०.४८

सिद्धार्थ

१०.९६

१.२७

८.०३

१८०.९२

१५८.५४

२.८४

१.२२

१.२७

२५.८७

११.५८

१८४.८६

१३.४५

१.१६

नेपाल बंगलादेश

९.००

१.६०

४.७७

८७.१३

६८.४८

२.२९

१.४८

१.६०

२५.४६

१७.७३

१७०.६५

१३.९४

१.५५

नेपाल

१२.६४

५.०४

१५.१५

१६२.७४

१३४.५४

३.०७

३.५०

५.४७

२४.२६

४३.३१

२६३.१९

१७.९१

२.१०

सानिमा

९.६८

१.६९

३.५०

१२८.४३

११८.९९

२.२८

१.६९

१.६९

२३.५१

१७.४५

१५३.६०

१३.५४

०.१६

नेपाल इन्भेष्टमेन्ट

१६.२६

१.७६

१४.२५

१७४.५६

१५६.८९

३.६५

१.९९

१.७६

२२.४६

१०.८३

१९८.४८

१४.६४

२.४६

एभरेष्ट

८.८९

२.३६

९.१५

१६०.२२

१२७.६८

१.८३

२.३६

२.६०

२०.५३

२९.२७

२३२.१३

१२.५१

०.१२

प्राइम कमर्सियल

१६.०८

२.७८

५.०६

१५४.१५

१३५.३८

३.२५

२.६६

२.७८

२०.२४

१७.२७

१४८.७६

१५.१०

१.१९

ग्लोबल आइएमई

२१.६३

२.८५

८.२०

२६८.४३

२२८.८९

४.१३

२.७६

२.८५

१९.०८

१३.१८

१५१.११

१३.१७

१.४२

माछापुच्छ्रे

९.०५

१.२४

२.५६

१३१.६२

११३.५७

१.६३

१.१३

१.२७

१८.०१

१४.०८

१४२.३२

१२.००

०.६२

प्रभु

११.३५

१.६१

४.४६

१६४.८३

१३५.१७

२.०१

१.४८

१.६१

१७.७३

१४.२२

१५३.५०

१३.०७

१.६८

एनएमबी

१६.३३

२.२५

५.३८

१६४.४१

१५१.००

२.७३

२.३३

२.२५

१६.७३

१३.७६

१४६.७४

१५.०९

२.२७

स्ट्याण्डर्ड–चार्टड

८.५७

१.७४

५.९१

८७.५६

६२.४१

१.४०

१.१७

१.७४

१६.३५

२०.३१

१८९.२७

१७.१७

०.९६

बैंक अफ काठमान्डू

९.६६

१.२०

५.४७

१०३.४१

९३.५८

१.५४

१.१३

१.२०

१५.९०

१२.४५

१६९.०७

१४.०२

१.६७

सनराइज

९.४९

१.६५

३.६९

१०६.४३

१००.४९

१.५०

०.६०

१.६५

१५.८४

१७.४०

१५६.२६

१३.७५

१.३८

मेगा

१४.६५

१.५२

३.८३

१३६.८९

१३७.३२

२.३०

१.५२

१.८२

१५.७१

१२.४४

१३८.५५

१२.९८

१.२६

कुमारी

१३.८८

१.१४

३.८९

१४८.६९

१३८.००

२.००

१.०९

१.२३

१४.४२

८.८७

१३६.८९

१३.७१

१.०८

लक्ष्मी

१०.७०

१.७२

४.४१

११४.६०

१०६.०१

१.५४

१.००

१.७२

१४.४१

१६.११

१५७.३२

११.८५

१.२१

सिटिजन्स

१२.५८

१.६८

४.४२

१४०.६४

११८.५७

१.६०

१.५८

१.६८

१२.७१

१३.३७

१४८.४९

१३.८९

२.७७

नेपाल क्रेडिट एण्ड कमर्स

१०.३१

०.७५

३.५२

१०६.६७

९४.५४

१.२७

०.७१

०.७५

१२.३२

७.३०

१४१.४०

१३.८०

१.७८

नेपाल एसबिआई

९.४९

०.९१

५.००

१०६.२४

९६.८३

०.९६

०.३४

०.९१

१०.१२

९.५५

१६२.१९

१३.९३

०.२३

सेञ्चुरी

९.०३

०.६०

१.४२

९३.५०

७८.१०

०.७५

०.५९

०.६०

८.३०

६.६०

१२२.३४

१२.३४

१.९५

सिभिल

८.६४

०.५४

१.५१

८८.६३

७९.०६

०.५६

०.५०

०.५४

६.४७

६.२२

१२३.६७

११.८८

१.०५

राष्ट्रिय बाणिज्य

१०.१८

४.८८

१५.१२

२६४.०८

१७८.५७

३.८०

४.५२

४.८८

३७.२७

४७.९०

२९६.३४

१४.३१

३.०७

जम्मा

३१६.१६

५५.४५

१७९.०८

४०८८.७९

३५३८.४३

६३.३७

४७.३५

५७.५८

 

 

 

 

 

औसत

११.७१

२.०५

६.६३

१५१.४४

१३१.०५

२.३५

१.७५

२.१३

१९.७४

१८.४२

१७५.३१

१४.०८

१.३६

* सच्याइएकाे सिटिजन्सले त्रैमासिक विवरणमा उल्लेख गरे अनुसार कुल उपलब्ध २२७.५५ कराेडबाट प्रति शेयर रू. १८ रूपैयाँ हाराहारी उपलब्ध ।
* कृषि विकासले त्रैमासिक विवरणमा उल्लेख गरे अनुसार कुल उपलब्ध ४४७.४२ कराेडबाट प्रति शेयर रू. ४०.७१ रूपैयाँ हाराहारी उपलब्ध।


चुक्ता पुँजी, सञ्चिति तथा जगेडा कोष

पुँजी र व्यवसायका लागि गाभ्ने र गाभिने क्रम निरन्तर छ । सिटिजन्सले तिनाउ–मिसन विकास बैंक र सिर्जना फाइनान्स, नबिलले युनाइटेड फाइनान्स तथा एनएमबी बैंकले कन्चन विकास बैंक गाभे । केन्द्रीय बैंकको निर्देशन र व्यावसायिक विस्तार रणनीतिअनुसार २०७६–७७ को लाभांशबाट ७० प्रतिशत हाराहारी बोनस सेयर वितरण तथा अन्य संस्था गाभेर बैंकहरूले ३६.८२ अर्ब हाराहारी चुक्ता पुँजी थप्दै २०७७–७८ अन्त्यमा ३१६.१६ अर्ब रुपैयाँ पु¥याए । औसत ११.७१ अर्ब रुपैयाँ चुक्ता पुँजी देखिँदा २१.६३ अर्बसहित ग्लोबलआईएमई पहिलो र ८.५७ अर्बसहित स्ट्याडर्ड–चार्टर्ड अन्तिममा रह्यो ।

समग्र पुँजीकोषभन्दा चुक्ता पुँजी केन्द्रित सोच र प्राथमिकता अनि सुस्त मुनाफा वृद्धिसँगै सेयरधनीलाई उपलब्ध रकम घट्दो छ । एभरेस्ट, मेगा, नबिल, कुमारी, माछापुच्छ्रे र नेपाल बैंकसँग मात्र केही करोड रुपैयाँ सेयर प्रिमियम छ । विवरणमा बैंकसँग औसतमा २.०५ अर्ब सञ्चित नाफा देखिँदा सबैभन्दा बढी नेपाल बैंकसँग ५.०४ अर्ब र कम सिभिलसँग ५४ करोड मात्र छ । जगेडा कोषमा सबैभन्दा बढी नबिलसँग १५.०२, राष्ट्रिय वाणिज्यसँग १५.१२ र नेपाल बैंकसँग १५.१५ अर्ब रुपैयाँ देखिँदा सेञ्चुरीसँग केवल १.४२ अर्ब र औसतमा ६.६३ अर्ब देखिन्छ । तर, जगेडा कोषमा वैधानिक जगेडाका साथै सटही समीकरण, सामाजिक उत्तरदायित्व, लगानी समायोजन, पुँजीगत जगेडा, पुँजी फिर्ता, सम्पत्ति पु्नर्मूल्याकन, लाभांश समीकरण, डिबेन्चर रिडेम्पसन, डिफर्ड ट्याक्स र कर्मचारी हितजस्ता विभिन्न कोषका रकम समावेश हुन्छ ।

ग्राहक निक्षेप र कर्जा

संकुचित आर्थिक गतिविधिबीच बचत परिचालन साँघुरिने अनुमानविपरीत बैंकमा ग्राहकबाट निक्षेप २१.१५ प्रतिशतले बढ्यो । २०७८ असार मसान्तमा बैंकमा कुल ४० खर्ब ८८ अर्ब तथा औसतमा एक बैंकसँग १५१.४४ अर्ब रुपैयाँ ग्राहकको निक्षेप देखिन्छ । ग्राहकले सबैभन्दा निक्षेप एनआईसी एसियामा २६८.४३ अर्ब जम्मा गर्दा नेपाल बंगलादेश र स्ट्यान्डर्ड–चार्टर्डमा ८७ अबै रुपैयाँ हाराहारी मात्र राखे ।

कोभिडबाट अर्थतन्त्रमा संकुचन आउन नदिन विशेष पुनर्कर्जाको व्यवस्था गर्दै गर्ने केन्द्रीय बैंकले २० प्रतिशतको कर्जा विस्तार लक्ष्य राखेकोमा बैंकहरूले ग्राहक कर्जा प्रवाह औसतमा २७.१८ प्रतिशतले विस्तार गरे । बैंकहरूले एक वर्षमा ग्राहकलाई ७५६.२५ अर्ब थपसहित कुल ३५ खर्ब ३८ अर्ब कर्जा तथा सापटी दिए । बैंकहरूले ग्राहकलाई औसतमा १३१.०५ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा सबैभन्दा बढी एनआईसी एसियाले २४८.८१ अर्ब र स्ट्यान्डर्ड–चार्टर्डले केवल ६२.४१ अर्ब मात्र गर्यो । समग्रमा भने बैंकहरूले ४२ खर्ब २८ अर्ब निक्षेप संकलन गरी ३६ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरे ।

मुनाफा, प्रतिसेयर आय र नेटवर्थ

असल कर्जामा समेत ०.३ प्रतिशत थप जोखिम व्यवस्थासँगै प्रतिस्पर्धाले स्प्रेड संकुचित भएर २.५ देखि बढीमा ४.३७ प्रतिशत कायम हुँदा बैंकहरूको मुनाफा सुस्तता आयो । २७ प्रतिशतले व्यवसाय विस्तार हुँदा सञ्चालन मुनाफा २०.८० प्रतिशत र खुद मुनाफा १९.२४ प्रतिशतले मात्र बढ्यो । एक वर्षमा ९०.८८ अर्ब हाराहारी सञ्चालन मुनाफा कमाएका बैंकहरूको खुद मुनाफा ६३.३७ अर्ब र औसतमा २.३५ अर्ब रुपैयाँ रह्यो । खुद मुनाफा ४.५० अर्ब सहित नबिलले सबैलाई उछिन्दा ५६ करोड रुपैयाँ कमाएको सिभिल अन्तिममा रह्यो । खुद मुनाफाबाट विभिन्न कोषमा रकम छुट्ट्याउँदा वितरणयोग्य रकम रु. ४७.३५ अर्ब मात्र देखिन्छ ।
टिप्पणी १, खुद ब्याज अाय उल्लेख्य नबढे पनि क) अन्य अाय, नेट ट्रेडिङ अाय बढेकाे, ख) जाेखिम व्यवस्थापनका लागि छुट्याइएकाे रकम (इम्पेरिमेन्ट) फिर्ता, र ग) नउठेकाे ब्याजवापत छुट्याइएकाे रकम (रेगुलटरि रिजर्भ) फिर्ताले बैंकहरूकाे खुद मुनाफा बढाउन निकै सघाउ पुग्याे । नेपाल बैंक, राष्ट्रिय बाणिज्यले गत अावमा राम्रै ब्याज उठाएकाे देखिन्छ ।

चुक्ता पुँजी र व्यवसाय विस्तारको तुलनामा खुद मुनाफामा सुधार हुन नसक्दा बैंकहरूको औसत प्रतिसेयर आय (ईपीएस) बढ्न सकेन । गत आवमा राष्ट्रिय वाणिज्यले सबैभन्दा बढी प्रतिसेयर ३७.२७ र नबिलले ३२.५४ कमाउँदा सबैभन्दा कम सिभिलले ६.४७ रुपैयाँ कमाएको आधारमा बैंकहरूको औसत ईपीएस १९.७४ रुपैयाँ देखिन्छ । वितरणयोग्य ईपीएसमा सबैभन्दा बढी राष्ट्रिय वाणिज्यको ४४.४० र कम सिभिलको ३.५७ रुपैयाँ देखिन्छ ।

एक वर्षमा बैंकहरूको औसत नेटवर्थ ४ रुपैयाँ हाराहारी बढेर १७५.३१ रुपैयाँ पुगेको छ । सबैभन्दा बढी नेटवर्थ राष्ट्रिय वाणिज्यको २९६.३४, नेपालको २६३.१९, नबिलको २४०.७३, कृषिको २३८.५५ र एभरेस्टको २३२.१३ रुपैयाँ हुँदा कम हुने सेञ्चुरीको १२२.३४ रुपैयाँ मात्र छ ।

पुँजीकोषको अवस्था

करिब ९९ अर्ब रुपैयाँको डिबेन्चरका कारण उच्चदरमा कर्जा तथा सापटी विस्तारका बावजुद पुँजी पर्याप्तता अनुपातमा बैंकहरू सहज देखिन्छन् । अझ काउन्टर साइक्लिकल बफर स्थगनसँगै न्यूनतम ११ प्रतिशत र नगद लाभांशका लागि १२ प्रतिशत पुँजीकोष कायम हुनुुपर्नेेमा हाल औसतमा १४.०८ प्रतिशत छ । सबैभन्दा बढी २३.१३ प्रतिशत पुँजीकोष भएको कृषि विकास पुँजीभारले थिचिँदा ११.८८ प्रतिशतको सिभिल र ११.८५ प्रतिशतको माछापुच्छ्रे पुँजीकोष व्यवस्थापनको दबाबमा छन् ।

मूल्य आम्दानी अनुपात (पीई)

सेयर बजार मूल्यको तुलनामा ईपीएस नबढ्दा मूल्यगत जोखिम र अवस्था मापक पीई २०७८ भदौ ३ को मूल्यमा औसत २८.१४ गुणा हाराहारी पुगेको छ । हिमालयन र नेपाल इन्भेस्टमेन्टको कारोबार रोकिँदा नबिलको सेयर ईपीएसको आधारमा सबैभन्दा बढी ४५.७९ गुणाका आधारमा महँगो मूल्यमा र नेपाल बंगलादेश १९.०६ र कृषि विकास १९.२७ गुणामा किनबेच भइरहेको छ । प्रत्येक कारोबार मूल्यसँगै परिवर्तनशील बजार पीईभन्दा औसत लागतको पीई महत्वपूर्ण हुन्छ ।

लाभांश क्षमता र लगानी निर्णय

प्रकाशित विवरणकै आधारमा लाभांशसम्बन्धी अनेक पूर्वानुमान पस्किए । सेयरधनीलाई सहजै बाँड्न मिल्ने सेयर प्रिमियम र सञ्चित नाफा करिव ५७.५८ अर्ब रुपैयाँ उपलब्ध छ । सिभिलसँग सबैभन्दा कम प्रतिसेयर ६.२२ र बढी हुने राष्ट्रिय वाणिज्यसँग ४७.९०, नेपालसँग ४३.३१, कृषि विकाससँग ४०.७१ र नबिलसँग ३२.२२ रुपैयाँ उपलब्ध छ । तर, नेपाल राष्ट्र बैंकको पत्रानुसार २.२१ अर्ब बीमांकीय नोक्सानी र विशेष जगेडा कोषको १.१९ अर्ब रुपैयाँ व्यवस्थापन हुँदा नेपाल बैंकको उपलब्ध रकम अनिश्चित देखिन्छ (मलेप प्रतिवेदन–२०७८, बुँदा १७६.३) (वार्षिक प्रतिवेदनकाे चिठि) । यस्तै क) नबिल, सिटिजन्स र एनएमबीसँग स्वाप रकम र गाभिएकाको तत्कालीन मुनाफा; ख) एभरेस्ट, एनआईसी एसिया, नेपाल इन्भेस्टमेन्ट, सिटिजन र एनएमबीसँग डिबेन्चर रिडेम्पसनबाट फिर्ता रकम; ग) म्युचुअल फन्ड र लगानीको लाभांश रकमसमेत केलाइएको अन्तिम लेखापरीक्षणपछि मात्र सेयरधनीलाई उपलब्ध हुन सक्ने वास्तविक रकम र लाभांश क्षमता जानकारी हुने अवस्थामा हालका पूर्वानुमानका आधारमा प्रतिफल गणना र लगानी निर्णय गलत हुन सक्नेछ।
टिप्पणी २, हाल मर्ज वा प्राप्तिमा बचेकाे रकम र डिबेन्चर रिडेम्पसन काेषबाट फिर्ताकाे रकम समायाेजन समेत भइसकेकाे हुनसक्ने र केहीले छुटै राखेकाे हुनसक्ने देखिएकाेले ति रकम लाभांस वितरणका लागि थप उपलब्ध वा हालकाे संचितमा समावेश भइसकेकाे निश्चित छैन् । यस्तै गाभिएका संस्थाकाे तत्कालिन मुनाफा के गरिएकाे छ विवरणमा खुल्दैन् । यस अाधारमा लाभांस क्षमता फरक हुनसक्नेछ ।   

टिप्पणी ३, सिटिजन्सले २२७.५५ कराेड र कृषि विकासले ४४७.४२ कराेड रूपैयाँ संचित, प्रिमियम, डिबेन्चर रिडेम्पसन फिर्ता र स्वाप जस्ता रकम समेत मिलाएर शेयरधनीलाइ वितरणका लागि उपलब्ध रहेकाे  त्रैमासिक विवरणकाे टिप्पणीमा उल्लेख गरेकाे छ । यसरी स्पष्ट लेखिदिएकाहरूकाे थप खाेजिरहनु परेन । 

थप, नेपाल बैंककाे अाव २०७६–७७ काे वार्षिक प्रतिवेदनमा नेरा बैंककाे चिठी 


नेपाल बैंककाे अाव २०७६–७७ काे लाभांस स्वीकृत गर्दा नै बीमांकीय नाेक्सानी अाव २०७७–७८ काे संचित मुनाफाबाट भरपाइ गर्ने शर्त सहित स्वीकृत भएकाे थियाे । धेरैकाे जानकारीमा नभएकाे र केहि समय लुकाइयाे याे चिठी सभा भए पश्चात् अध्यक्ष हटाउने अाैजारकाे रूपमा प्रयाेग भयाे । उक्त चिठि पुनः पछि वार्षिक प्रतिवेदनमा थप गरियाे ।

सूचीकृत बैंकहरूको मात्र तथ्यांकले क) खुद मुनाफा, वितरणयोग्य मुनाफा र ईपीएसमा नबिल; ख) सञ्चित, जगेडा कोष, नेटवर्थ, उपलब्ध रकममा नेपाल बैंक; ग) चुक्ता पुँजीमा ग्लोबल आईएमई; घ) ग्राहक निक्षेप र कर्जा तथा सापटीमा एनआईसी एसिया; ङ) पुँजीकोषमा कृषि विकास प्रथम हुँदा नेपाल बंगलादेश, स्ट्यान्डर्ड–चार्टर्ड, सिभिल र सेञ्चुरी निश्चित सूचकमा अन्तिममा देखिन्छन् ।


Share Premium, Swap, Debenture Redemption amount 
These amount may or may not be included in published quarterly report. Hence, there is no certainty of additional amount available for dividend.


*Growth calculated based on data available from difference source. Hence, may vary with previous datas. I personally will not be responsible for any loss incurred due to this data.

Comparatively, Pravu and NICA's EPS decreased more than 10 Rs per share while Nabil's networth decreased highest with Rs. 26.35.

चेतावनीः प्रकाशित अपरिष्कृत वित्तीय विवरणका आधारमा तयार लेख वा अन्य त्रुटि सिर्जित लाभहानिमा लेखक भागीदार हुनेछैन । लेख तयार गर्न र तथ्यांक संकलन विश्लेषणमा ज्याेति दाहाल र दिपक दाहालकाे सहयाेगका लागि नमन, अाभार ।

२०७८ भदाैं ६ गते काराेवार दैनिकमा प्रकाशित, नियामकीय निर्देशन र कोभिड मारमा बैंकका सेयरधनी « (karobardaily.com)
Revised/updated 31 Aug 2021, NST 10.55

11 comments: