Revised/updated 5 July 2026, NST 1:15 pm
नेपाल राष्ट्र बैंकबाट हालै प्रकाशित त्रैमासिक पुजिकाेषकाे तथ्यांक अनुसार आव 2082-83 पुजीकाेषकाे अवस्था तालिकामा दिईए अनुसार छ । नियामकीय व्यवस्था अनुसार CCAR 8.5% (Tier 1) र CAR 11.0% (Tier 2) कायम गर्नुपर्नेछ । ताेकिएकाे CCAR नपुगेकै कारण नियामकीय कारवाही भाेगेका र लाभांश वितरणमा राेक लागेका समाचार समेत बाहिरिएका छन् । हुनतः हाल बैंकहरूले CCAR काे समाधानकाे विकल्पमा अपरिवर्तनीय अविमाेच्य असंचित अग्राधिकार सेयर (Non convertible, non perpetual non cumulative preference share) जारी गर्न थालेका छन् । तुलनात्मकरूपमा निकै उच्च लागतकाे याे उपकरण नविल, सानिमा र एनएमबिले अपनाउँदै CCAR मा उल्लेख्य सुधार गरेका छन् । प्राथमिक पुँजी जाेहाे गर्ने अन्य विकल्प उपलब्ध नहुँदा र बढ्दाे निस्कृय कर्जावापतकाे प्राेभिजन अनि गैरबैंकिग सम्पतिले बैंकहरूका लागि यस प्रकारकाे अग्राधिकार सेयर बाध्यकारी बनाएकाे महसुस भने गर्न सकिन्छ । तर लाभांसमा अग्राधिकार रहने अग्राधिकार सेयरकाे लागत निकै उच्च हुनुले कतै साधारण सेयरधनीहरूकाे प्रतिफलमा नराम्राे असर पुग्ने हाेकी भन्ने अाशंका भने गर्न थालिएकाे छ।
नेपाल राष्ट्र बैंकबाट प्रकाशित आव 2082-83 काे प्रथम त्रैमासकाे मुख्य वित्तिय सूचकांक अनुसार सबै बैंकहरूले ताेकिएकाे पुँजीकाेषकाे मापदण्ड पुरा गरेका छन् । हिमालयन, कुमारी र माछापुच्छ्रे भने CCAR काे दवावमा देखिन्छ । सरकारी राष्ट्रिय बाणिज्य बैंक भने समग्र पुँजीकाेष CAR काे दवावमा देखिन्छ । स्ट्यान्डर्ड चार्टड दुवै पुँजीकाेषमा सबैभन्दा सहज देखिन्छ ।
नेपाल राष्ट्र बैंकबाट प्रकाशित आव 2082-83 काे दाेस्राे त्रैमासकाे मुख्य वित्तिय सूचकांक अनुसार सबै बैंकहरूले ताेकिएकाे पुँजीकाेषकाे मापदण्ड पुरा गरेका छन् । तर हिमालयन बैंककाे प्राथमिक पुँजीकाेष CCAR ८.१९ मात्र छ, जुन ताेकिएकाे मापदण्ड ८.५ भन्दा थाेरै कम हाे । यसका साथै सिटिजन्स, कुमारी, माछापुच्छ्रे, एनअाइसी एसिया, एनएमबी, प्रभु र राष्ट्रिय बाणिज्य बैक अझै पनि CCAR काे दवावमा देखिन्छ । यस्तै हिमालयन, लक्ष्रमी सनराइज, एनएमबी, प्राइम र सरकारी राष्ट्रिय बाणिज्य बैंक भने समग्र पुँजीकाेष CAR काे दवावमा देखिन्छ । स्ट्यान्डर्ड चार्टड दुवै पुँजीकाेषमा सबैभन्दा सहज देखिन्छ ।
प्रकाशित तेस्राे त्रैमाससम्म पुग्दा हिमालयन बैंक र एनअाइसी एसियाकाे प्राथमिक पुँजीकाेष CCAR ७.७ र ६.४८ प्रतिशत मात्र छ, जुन ताेकिएकाे मापदण्ड ८.५ भन्दा कम हाे । सम्भवतः बढेकाे निस्कृय कर्जा र गैरबैंकिग सम्पतिले यि दुवै बैंककाे पुँजीकाेषमा उल्लेख्य दवाव दिएकाे हुनसक्छ । यसका साथै सिटिजन्स र प्रभु अझै पनि CCAR काे दवावमा देखिन्छ । यस अवधिमा एनएमबी, सिद्धार्थ, सानिमा, माछापुच्छ्रे बैंकले अविमाेच्य अग्राधिकार सेयर जारी गर्दै प्राथमिक पुँजीकाेषलाइ बलियाे बनाएका छन् । समग्र पुँजीकाेष CAR काे हिमालयन, लक्ष्रमी सनराइज, एनअाइसी एसिया, प्राइम र सरकारी राष्ट्रिय बाणिज्य बैंक ताेकिएकाे सीमा नजिकै हुँदा केहि दवावमा देखिन्छ । स्ट्यान्डर्ड चार्टड दुवै पुँजीकाेषमा सबैभन्दा सहज देखिन्छ ।
Bank KFI for FY 2082-83 till Q1

Download Q1 PDF from NRB website
Download Q2 PDF from NRB website
Download Q3 PDF from NRB website
थप सामग्री



No comments:
Post a Comment