धितोपत्रको 'प्राथमिक बजार'मा नियमित र चाहेजति सेयर वा डिबेन्चर किन्न पाइन्न । अनि हामीले किनेको सेयर कम्पनीले फिर्ता पनि किन्दैन । सेयरमा लगानी गर्न वा लगानी बढाउन अनि प्राथमिक बजारमा किनेकै सेयर बेच्न पनि बजारमै जानुपर्छ । अझ स्थानीय, आयोजना प्रभावित, जनताको लगानी, समृद्धिको आधार आदि नाममा भिडाइएका सेयरहरूका कारण धेरै सर्वसाधारण नचाहिकनै सेयर बजार धाउन बाध्य छन् । सूचीकृत धितोपत्र (सेयर, डिबेन्चर, म्युचुअल फन्ड) को कारोबार हुने बजारलाई नै दोस्रो बजार वा सेयर बजार वा पुँजीबजार भनिन्छ । यसको सञ्चालन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले र नियमन नेपाल धितोपत्र बोर्ड (सेवोन) ले गर्छ । क्रेता र विक्रेताको कहिले भेट नहुने र नचिन्ने यस बजारमा कम्प्युटर प्रविधि र सफ्टवेयरको मद्दतले व्यवस्थित र पारदर्शी ढंगले कारोबार सम्पन्न हुन्छ । किन्ने र बेच्नेलाई सघाउन सेवोनबाट अनुमति पाएका ५० दलाल कम्पनी (स्टक ब्रोकर वा सेयर दलाल वा ब्रोकर) लाई नेप्सेले कारोबार अनुमति र जिम्मेवारी दिएको छ । उनीहरूले तोकिएको कमिसन लिएर क्रेताका तर्फबाट किनिदिने र विक्रेताका तर्फबाट बेचिदिने तथा किनेको धितोपत्र क्रेताको डिम्याट खातामा र बेचेको रकम विक्रेताले पाउने जिम्मेवारी लिन्छन् । सामान्य लाग्ने यस बजारमा अन्य बजारमा जस्तो पैसा लिएर गएर सहजै चाहिएजति धितोपत्र निश्चित मूल्यमा किन्न मात्र होइन, बेच्न पनि सकिन्न । यसका लागि पूर्वतयारीका साथै माग र आपूर्ति, मूल्य र अन्य केही पक्षहरूमा जानकार र सचेत हुनुपर्छ । प्रविधिमा आधारित हुँदै गएको धितोपत्र बजारमा कम्तीमा प्रविधि बुझेको, पहुँच र कम्प्युटर तथा सफ्टवेयर चलाउन पनि जान्नैपर्ने अवस्था छ ।
अत्यावश्यक कुरा र तयारी
दोस्रो बजारमा धितोपत्र किनबेच गर्न
बैंक खाता, डिम्याट खाता र
कारोबार खाता अनिवार्य छ । आफ्नो नाममा बैंक र डिम्याट खाता छैन भने
पायक पर्ने बैंकमा खाता खोल्नुपर्छ । प्राय: बैंकले पनि डिपी सेवा दिने हुँदा सोही
बैंकमा वा ब्रोकर कहाँ वा अन्य डिपी सेवाप्रदायक कहाँ डिम्याट खाता खोल्न सकिन्छ ।
अभाैतिक शेयर भण्डारण गर्न डिम्याट खाता अनिवार्य हुन्छ । यसपछि बैंक र डिम्याट खाताको प्रमाण (स्टेटमेन्ट वा चिठी) सहित नागरिकताको फोटोकपि र फोटो लिएर अनुमतिप्राप्त स्टक ब्रोकरको कार्यालयमा गएर ग्राहक परिचय (केवाईसी) फारम भर्दै
‘कारोबार खाता’ खोल्न सकिन्छ । ‘कारोबार खाता’ खोलेपछि विशेष ग्राहक परिचय नम्बर पाइन्छ र सोही नम्बर नै कारोबारका लागि प्रयोग हुन्छ ।
एकपटक (एकै काराेवार)मा रु. ५ लाखभन्दा बढीको धितोपत्र किनबेच गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य छ । यसका साथै आफ्नो डिम्याट खातामा भएको धितोपत्रको जानकारी लिन र बिक्री गरिएको सेयर विद्युतीय प्रणालीबाट कम्प्युटर वा मोबाइलबाट हस्तान्तरण गर्न सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) ले उपलब्ध गराउने
‘मेरो सेयर’को सेवा लिन सकिन्छ । डिम्याट खाता खोलिएको डीपी सेवा प्रदायकलाई वार्षिक शुल्क रु. ५० तिरेर ‘मेरो सेयर’ को सुविधाका लागि पासवर्ड र युजर आईडी पाउन सकिन्छ । यसका लागि पनि
आफ्नै इमेल ठेगाना हुनुपर्छ ।
डिम्याट खाता साउन १ देखि असार मसान्तसम्म जुन मितिमा खाेलेकाे भएपनि असार मसान्तसम्म मात्र म्याद हुन्छ । मेराे शेयरकाे खाता खाेलेकाे वा नविकरणकाे अाधारमा १ वर्ष अवधि हुन्छ । त्यसैले डिम्याट प्रत्येक अार्थिक वर्ष (अाव) सकिनु अगाडि वा अावकाे शुरूवातमा नै वार्षिक नविकरण शुल्क रू. १०० तिरेर नविकरण गर्नुपर्छ । मेराे शेयरकाे हकमा म्याद सकिनु अगाडि वार्षिक रू. ५० तिरेर नविकरण गर्न सकिन्छ । हाल मेराे शेयरबाट सहजै नविकरण गर्न सकिन्छ, यसकाे लागि ‘मेरो सेयर’ सुविधा र समस्या (dilipmuna.blogspot.com) लेख पढ्नु हाेला ।
अनलाइन कारोबारका लागि भने ब्रोकरसँग थप
सम्झौता गर्नुका साथै
चाहिएकाे काराेवार लिमिटकाे २५ प्रतिशत रकम धरौटी (काेलाटरल) राखेर युजरनेम र पासवर्ड लिएर इन्टरनेटका माध्यमबाट कारोबार गर्ने वेबसाइट (टिएमएस) मा प्रवेश गरी मोवाइल वा कम्प्युटरबाट
अनलाइन धितोपत्र किनबेच गर्न सकिन्छ (अनलाइन काराेवारसम्बन्धी थप
"अनलाइन धिताेपत्र किनबेच" मा पढ्नुस्) ।
साँच्चै किनबेच गर्नु केही दिन ब्रोकर कार्यालयमा गएर खरिद–बिक्रीको तरिका, भुक्तानी विधि, सेयर छान्ने तरिका, लागत–लाभ र जोखिम बारेमा व्यावहारिक ज्ञान लिनु राम्रो हुन्छ । नेप्सेको वेबसाइट वा कम्पनी र अन्य अनलाइट साइटहरूबाट पनि धेरै कुरा सिक्न सकिन्छ ।
थप विद्यमान व्यवस्था अनुसार एक व्यक्तिले बढीमा २ वटा डिम्याट खाता खाेल्न सकिन्छ भने एक डिम्याटकाे एक काराेवार खाता । त्यसैले कसैले दुइ डिम्याट खाेलेर दुइ ब्राेकरसँग काराेवार खाता खाेल्न, अनलाइन युजरनेम लिन र काराेवार गर्न सकिन्छ तर दुइ डिम्याटबाट एकै ब्राेकरसँग वा एक डिम्याटबाट दुइ ब्राेकरसँग काराेवार गर्न मिल्दैन ।
|
धितोपत्र किनबेच
कुन कम्पनीको सेयर किन्ने वा बेच्ने निर्णयसँगै मूल्य र कित्ता खुलाएर खरिद वा बिक्री आदेश दिनुपर्छ । हाल (क) कारोबार खाता खोलेकै स्टक–ब्रोकरको कार्यालयमा उपस्थित भएर, (ख) टेलिफोन, एमएमएस वा इमेलजस्ता सञ्चार माध्यमबाट आदेश दिएर, र (ग) अनलाइन सफ्टवेयरमार्फत आफैंले धितोपत्रको किनबेच आदेश प्रविष्ट गर्न सकिन्छ ।
(क) खरिद–बिक्री आदेश : ब्रोकर वा अनलाइनबाट दिइने खरिद वा बिक्री आदेशका आधारमा किनबेच र नाफाघाटा निर्भर रहने हुँदा चनाखो हुनुपर्छ । आदेश दिँदा कुन कम्पनीको कति कित्ता सेयर, कति मूल्यमा किन्न वा बेच्न चाहेको र सो आदेश एक दिन, एकपटक वा कारोबार नहुँदा कहिलेसम्म कायम हुने स्पष्ट गर्नुपर्छ । निश्चित मूल्य, मूल्य सीमा (प्राइस रेन्ज), वा प्रचलित बजार मूल्य तोकेर आदेश दिन सकिन्छ । अनलाइन कारोबारमा भने आदेश बहाल रहने अवधिका आधारमा ‘डे’ (एक दिन), ‘जीटसी’ (रद्द नगरेसम्म), ‘जिटिडि’ (तोकिएको दिनसम्म) तथा विधिको आधारमा ‘एओएन’* (सबै कित्ता किनबेच हुने वा पूरै आदेश रद्द गरिने), ‘आईओसी’ (पूरै वा आंशिक कित्ता धितोपत्र तुरुन्त किनबेच हुने र किनबेच हुन नसकेको आदेश तुरुन्त रद्द हुने), तथा ‘एफओके’ (सबै कित्ता धितोपत्र तुरुन्त किनबेच हुने वा पूरै आदेश तुरुन्त रद्द गर्ने) तरिकाले आदेश प्रविष्ट गर्न सकिन्छ ।
|
अनलाईन
कारोबार गर्दा ट्रेड म्यानेजमेन्ट सिष्टम (TMS) मा खरिदबिक्री गर्न
|
- EQ - Equity/Equity Share - शेयर खरिदबिक्रिका लगि EQ अप्सन छान्ने । नेपाली शेयरबजारमा सर्वाधिक प्रचलित र नेप्सेमा सबैभन्दा बढी कारोबार हुने वित्तीय उपकरण ।
- MF - Mutual Fund – म्युचुअल फण्डकाे खरिदबिक्रिका लगि MF अप्सन छान्ने । शेयरपछिको सर्वाधिक प्रचलित वित्तीय उपकरण हो । खुला र बन्द गरी दुई किसिमको हुन्छन् । खुलामुखी नेप्सेमा कारोबार हुन्न ।
- NCD - Non Convertible Debenture – डिबेन्चरकाे खरिदबिक्रिका लगि NCD अप्सन छान्ने । अहिले बैंकले जारी गरेका सबै अपरिवर्तनीय डिवेन्चर हुन् । निश्चित अवधीपछि पुरै रकम फिर्ता हुन्छ ।
- BO - Bond – नेपालको शेयर बजारमा यस्तो उपकरण सरकारी ऋणपत्रको रुपमा मात्र देखिएको छ । कम्पनीले जारी गरेको देखिन्न । यो डिवेन्चर जस्तै हो । डिवेन्चर अलि जोखिमयुक्त हुन्छ भने यो जोखिमरहित हुन्छ । यसमा कम ब्याज वा प्रतिफल प्राप्त हुन्छ ।
- PS - Preference Share – पूँजी संकलनका लागि उपयाेगी अग्राधिकार शेयर नेपालमा खासै उपयोग छैन । यसमा निश्चित वा अनिश्चित लाभांस र परिवर्तनीय वा अपरिवर्तनीय अग्राधिकार हुन्छ । एभरेष्ट बैंकको EBLCP परिवर्तनीय र कृषिकाे अपरिवर्तनीय अग्राधिकार शेयर हाे ।
- PCD - Partially Convertible Debenture – यसको यस्तो खालको उपकरण देखिएको छैन । यो आँशिक परिवर्तन हुन्छ ।
- FCD - Fully Convertible Debenture – यस्तो किसिमको पनि उपकरण देखिएको छैन । यो पूर्णरुपमा परिवर्त्य हुन्छ ।
- WS – Warrant Script – कम्पनीले कम्पनीको शेयर विशिष्ट मूल्यमा विशेषीकृत समयमा किन्न विशेषीकृत अधिकार दिन्छ । यो लगभग हकप्रद जस्तै भए पनि यसको अवधि २ वर्षसम्मको हुन्छ । यो अवधिमा यसलाई हस्तान्तरण गर्न सकिन्छ तर अधिकारको सृजना गर्दैन । अधिकार सृजना हुन विशिष्ट समय आउनुपर्छ । यस्ता वारेन्टस कभर्ड, एसेट, इक्विटी, बास्केट, इन्डेक्स, डीट्याचेबल, वेडिङ, नेक्ड, क्यास एन्ड शेयर गरी नौ प्रकारका हुन्छन् । इक्विटी वारेन्ट पुट र कल गरी दुई प्रकारको हुन्छ ।
- TMS मा नभएको OFCD – Optionally Fully Convertible Debenture यो पनि यहाँ प्रचलनमा छैन । यो इच्छाधीन हुन्छ । धारकले परिवर्त्य गराउन चाहे परिवर्तन हुन्छ नचाहे हुन्न । सहारा इन्डियाले यस्तै उपकरण ल्याउँदा अहिले त्यसका मालिक सुब्रत राय जेलमा छन् ।
यस मध्ये हाल EQ, NCD र MF बढि प्रचलनमा । साभार सहयेगः ज्येति दाहाल |

|
खरिदबिक्रि अादेश विधिमा परिमार्जन
‘एओएन (AON)’ (अल अर नन) ले माग र अापुर्तिमा खेलेर मूल्य प्रभावित गरेकाे भन्ने नयाँ विवाद सिर्जना गरिएकाे छ । नेप्सेले अाधिकारिक सूचना विना २०७८ जेठ ३० गते दिनकाे १ बजेबाट टिएमएसमा खरिदतर्फ एओएन डिसेवल गरेकाे छ । यससँगै क्रेताले चाहेकाे परिमाणमात्र किन्न पाउने अधिकारबाट बञ्चित भएका छन् । कसैले ५५ किता पाए किन्छु नभए किन्दिन भन्न नपाउने भएकाे छ, अब क्रेताले ५५ किता किन्न खाेज्दा ५० मात्रै पनि पाउन सक्नेछ । त्यसैले खरिद अादेश राख्दा बिक्रिमा रहेकाे किता र अादेश संख्यामा विशेष चनाखाे हुनुपर्ने छ । हेर्दा ठूलाे समस्या देखिन्न तर ग्राहककाे छनाैटकाे अधिकारमा प्रहार भएकाे छ र उसले बिक्रेताकाे इच्छामा निर्भर भएर किन्नुपर्ने छ । यस्तै क्रेताकाे लगानी याेजना र लगानी व्यवस्थापन याेजना माथि अप्रत्यक्ष नियन्त्रण भएकाे छ ।
विक्रीकाे सन्दर्भ हाल एओएन नहटेकाे अवस्थामा यस विकल्पबाट बेच्दा चाहेकाे परिमाण नै बेच्न सकिन्छ । यदि एओएनमा नराखि बेच्ने हाे भने ५७ किता बेच्न खाेज्दा ५२ किता बिकेर ५ किता अडलटमा जाने वा कतिपय अवस्थामा १ किता नबिकेर पछि बेच्दा लाग्ने चर्काे लागतले धेरैलाइ दुःख दिनेछ । अझ ५७ किता बेचेर ऋण वा तिरनतारन गर्न खाेज्नेकाे सबै नबिकेर सिर्जना हुने अार्थिक समस्याकाे सम्भावना रहन्छ । एओएन राख्दा कि ५७ कित्तै बिक्छ नभए बिक्दैन, जसले अडलट बस्ला भन्ने चिन्ता हुन्न ।
एओएन राखिएका अादेशहरू एकैपटकमा काराेवार हुने सम्भावना बढि हुन्छ, यसले ससानाे काराेवार हुँदा लाग्ने उच्चदरकाे कमिसन जाेगिनसक्छ, भने धेरै काराेवारकाे रेकर्ड झन्झट पनि हुन्न ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचना जारी गरी नेपाल धितोपत्र बोर्डको निर्देशनमा २०७९ असार १९ देखि लागू हुने गरी बिक्रीतर्फ समेत ‘एओएन’ हटाएको छ । हुन त खरिदतर्फको ‘एओएन’ २०७८ जेठ ३० बाटै हटाइएको हो । करिब एक वर्ष असन्तुलित रूपमा चलेको ‘एओएन’मा सुधारभन्दा बोर्डकै निर्देशनमा बिक्रीतर्फ पनि हटाइयो । हाल खरिद वा बिक्री दुवै तर्फ एअाेएन हटेकाे छ । |
(ख) मूल्य : सेयर बजारमा सबैभन्दा जटिल र विवादस्पद भनेको मूल्य हो । अन्य वस्तु तथा सेवामा जस्तो निश्चित मूल्य हुँदैन । एकै दिन एउटै धितोपत्रको समेत प्रत्येक कारोबारमा मूल्य फरक हुनसक्छ । आमरूपमा ब्रोकरले र केहीका अनुसार ठूला तथा संस्थागत लगानीकर्ताले सेयरको मूल्य निर्धारण गर्ने र उनीहरूले चाहेको मूल्यमा किनबेच गर्ने गलत बुझाइ पाइन्छ । वास्तवमा सेयरको माग तथा आपूर्ति अनि क्रेता र विक्रेताको आपसी समझदारीमा मूल्य निर्धारण हुन्छ । जबसम्म सेयरधारकले कुनै मूल्यमा बेच्न र उक्त मूल्यमा अर्को क्रेताले किन्न चाहन्न तबसम्म कारोबार नै हुन्न । ब्रोकरले क्रेता र विक्रेताले स्वीकारेको मूल्यमा किनबेच गरिदिने मात्र हो ।किनबेच मूल्यका आधारमा कारोबारीको नाफा–घाटा र लगानीकर्ताको अदृष्य सम्पति (भर्चुअल प्रोपर्टी) निर्धारण हुने हुँदा मूल्यमा प्रभाव पार्ने प्रयास सबैले गर्छन् । किन्नेले माग घटाएर वा आपूर्ति बढ्ने र अनेक कुरा सुनाएर वा तर्साएर सस्तोमा बेच्न बिक्रेतालाई तथा विक्रेताले पनि अनेक लोभलालच र मागको सिर्जना गरेर वा आपूर्ति नियन्त्रण गरेरवा आशा देखाएर मूल्यमा प्रभाव पार्दै किनबेचमा उक्साउन सक्छन् । त्यसैले लहलहै र उक्साहटमा किनबेचको निर्णयबाट पछुताउनुभन्दा अलि बुझेर निर्णय लिन पनि व्यावहारिक ज्ञान र अध्ययन चाहिन्छ ।
कम्पनीको (क) सूचीकृत पछिको पहिलो कारोबार, (ख) हकप्रद वा बोनसका लागि बुकक्लोजपछिको पहिलो कारोबार तथा (ग) मर्जपछिको पहिलो कारोबारका लागि भने बजार सञ्चालक वा नेप्सेले सन्दर्भ मूल्य तोक्न सक्छ ।
आवश्यकता र प्राथमिकताअनुसार प्रचलित मूल्य वा सन्दर्भ मूल्यका आधारमा खरिद–बिक्रीको आदेश दिन वा किनबेच गर्न सकिन्छ । अहिले बजारमा को, कति कित्ता, कति मूल्यमा किन्न वा बेच्न बसेको थाहा नभए पनि बजारमा कुनै मूल्यमा कति कित्ता बिक्री र कति कित्ता खरिद हुने अवस्था छ ? अनि अन्तिम कारोबार कति मूल्यमा भयो ? त्यो कति रुपैयाँ र प्रतिशतले तल वा माथि ? सहितको बजारको गहिराइ (मार्केट डेप्थ) को जानकारी नेप्सेको वेबसाइटमा वा अनलाइन प्रणालीमै पाउन सकिन्छ । उदाहरणका लागि एक कम्पनीको सेयरको मार्केट डेप्थ तालिकामा दिइएको छ ।
तालिका १ः मार्केट डेप्थकाे उदाहरण
२३६
१०.०० (४.४२%)
|
|
यसअघिको मूल्य
२२६
|
अधिकतम
२३७
|
न्यूनतम
२२५
|
अन्तिम
|
खरिद आदेश
|
खरिद परिणाम
|
खरिद मूल्य
|
बिक्री मूल्य
|
बिक्री परिणाम
|
बिक्री आदेश
|
१
|
४००
|
२३५
|
२३६
|
२४००
|
२
|
१
|
१०००
|
२३४
|
२३७
|
३६९९
|
६
|
३
|
१३०५
|
२३३
|
२३८
|
७६९४
|
७
|
३
|
१०५०
|
२३१
|
२३९
|
७८१०
|
१३
|
५
|
२१७२
|
२३०
|
२४०
|
११२९
|
३
|
कुल
|
४१२५२
|
|
|
२३३५७
|
|
मार्केट डेप्थ तालिकाले खरिद वा बिक्रीमा रहेको सेयर संख्या, मूल्यका साथै आदेशले उक्त मूल्यमा कति जनाले उल्लिखित कित्ता किन्न चाहेको देखाउँछ । मूल्यसँगै किन्न वा बेच्न राखिएको कित्ता मेल खाएपछि क्रमश: कारोबार हुन्छ । तालिकाअनुसार रु. २ सय ३५ मा ४ सय कित्ता तत्काल बेच्न सकिन्छ र रु. २ सय ३६ मा किन्न चाहे २ हजार ४ सय कित्तासम्म तत्काल पाइने सम्भावना रहन्छ । मार्केट डेप्थमा देखिएका सबै कित्ताकाे काराेवार निश्चित हुन्न । यस्तै मूल्यान्तर र माेलमाेलाइका लागि रणनीतिक खरिदबिक्री अादेश हुनसक्छन् । त्यसैले किनबेच वा अादेश प्रविष्टि अगाडि मार्केट डेप्थकाे राम्ररी विश्लेषण वा अध्ययन गर्नुपर्छ ।
विद्यमान नियमानुसार बिहान कारोबार सुरुअगाडि (प्रिओपनिङ) अर्थात् १०:३० देखि १०:४५ बजेसम्म हिजोको अन्तिम कारोबार मूल्यको ५ प्रतिशतसम्म तथा नियमित कारोबार समय अर्थात् ११ देखि ३ बजेसम्म अन्तिम कारोबार मूल्यको २ प्रतिशतसम्म तल वा माथि मूल्य तय गरेर खरिद वा बिक्री आदेश प्रविष्टि गर्न सकिन्छ ।
अन्य पक्षहरु
क) शुल्क, लागत, लाभकर ः सेयर किन्दा वा बेच्दा निश्चित दरमा ब्रोकर कमिसन (तालिका हेर्नुस्), सेवोनको शुल्क, डिपी शुल्क सहित बेचिएकाे सेयरकाे नाफामा व्यक्तिगत लगानीकर्ताले ५ प्रतिशतका दरले पूँजीगत लाभकर तिर्नुपर्छ ।
|
कारोवार रकम (रु)
|
२०७३.०४.०६
– २०७७.०९.११ सम्म कमिसन (%)
|
२०७७
पुस १२ देखि
२०८१ बैशाख ३१ सम्म कमिसन (%)
|
२०८१
जेठ १ देखि कमिसन (%)
|
|
५०,०००
सम्म
|
०.६
(न्यूनतम रु. २५)
|
०.४
(न्यूनतम रु. १०)
|
०.३६
(न्यूनतम रु. १०)
|
|
५०,००१
देखि ५,००,००० सम्म
|
०.५५
|
०.३७
|
०.३३
|
|
५,००,००१ देखि २०,००,००० सम्म
|
०.५
|
०.३४
|
०.३१
|
|
२०,००,००१ देखि १,००,००,०००
सम्म
|
०.४५
|
०.३०
|
०.२७
|
|
१,००,००,००१
देखिमाथि
|
०.४
|
०.२७
|
०.२४
|
प्रत्येक कारोबार रकमको ०.०१५ प्रतिशत सेवोन शुल्क तथा एक दिनमा एउटा कम्पनीको जतिवटा कारोबार भए पनि २५ रुपैयाँ डीपी शुल्क पनि लाग्छ । तिरिएको ब्रोकर कमिसनको २० प्रतिशत हिस्सा नेप्सेले लिन्छ ।
म्युचुअल फण्डमा कारोबार रकमका आधारमा निम्नअनुसार कमिसन र ०.०१ प्रतिशत सेवाेनकाे शुल्क लाग्छ ।
|
कारोवार रकम (रु)
|
२०७३.०४.०६
– २०७७.०९.११ सम्म कमिसन (%)
|
२०७७
पुस १२ देखि
कमिसन (%)
|
|
५,००,००० सम्म
|
०.३
(न्यूनतम रु. २५)
|
०.१५
(न्यूनतम रु. १०)
|
|
५,००,००१ देखि ५०,००,००० सम्म
|
०.२५
|
०.१२
|
|
५०,००,००१ देखिमाथि
|
०.२
|
०.१०
|
डिबेन्चर कारोबार रकमका आधारमा निम्नअनुसार कमिसन र ०.०१ प्रतिशत सेवाेनकाे शुल्क लाग्छ ।
कारोवार रकम (रु) | | २०७७ पुस १२ देखि कमिसन (%) |
५,००,००० सम्म |
| ०.१ (न्यूनतम रु. १०) |
५,००,००१ देखि ५०,००,००० सम्म |
| ०.०५ |
५०,००,००१ देखिमाथि |
| ०.०२ |
यसकाे अतिरिक्त रकम लिँदा र पठाउँदा कनेक्ट अाइपिएस वा भुक्तानी सेवा प्रदायककाे शुल्क लाग्ने अवस्थामा थप लागत अाउनेछ । त्यसैले १ सय रुपैयाँ किनेको सेयरको वास्तविक लागत करिब १ सय १ रुपैयाँ र १ सय मा बेच्दा करिब ९९ रुपैयाँ मात्र पाइन्छ । अर्थात् प्रभावकारी वा यथार्थ लागत र पाउने रकम फरक हुन्छ ।
किन्दा थपिने र बेच्दा काटिने शुल्कहरु १. ब्रोकर कमिसन (०.४–०.२७%, घटिमा रु १०) २. सेवोन शुल्क (०.०१५%) ३. डिपी शुल्क (रु २५ प्रति धितोपत्र प्रति दिन) ४. आइपिएस वा अरुको शुल्क (लाग्ने अवस्थामा)
|
२०७७ साउन १ देखि भारित अाैसत लागत (Weighted average cost - WACC) काे अाधारमा हुने मुनाफामा ५ प्रतिशत अग्रिम लाभकर कट्टि हुन्छ । त्यसभन्दा अगाडि खरिद मूल्य वा अाधार मूल्य (बेस रेट) र बिक्रि मूल्यकाे अाधारमा लाभकर लाग्दथ्याे । २०७८ साउन १ पछि धारित (हाेल्ड) अवधिकाे अाधारमा ३६५ दिनभन्दा बढि धारित (हाेल्ड) धिताेपत्रमा ५ प्रतिशत र त्यसभन्दा कम समय हाेल्डमा ७.५ प्रतिशत लाभकर लाग्नेछ ।
सेबाेनबाट २०८१ बैशाख २८ गते जारी सूचना
(ख) बुक क्लोज मिति : सूचीकृत कम्पनीहरूले लाभांश तथा हकप्रद तथा अन्य विशेष निर्णयका लागि लाभग्राही सेयरधनीहरूको सूची तयार गर्न बुकक्लोज मिति तोक्छ । बोनस तथा हकप्रद सेयर वितरण हुने अवस्थामा बुक क्लोज मितिको अघिल्लो दिनसम्म किनेका वा सेयरधारण गरेकाहरूले मात्र तोकिएको बोनस तथा हकप्रद पाउँछन् । अझ बोनस तथा हकप्रदको दरमा आधारमा मूल्यसमेत समायोजन हुने हुँदा बुकक्लोज मिति र समायोजित सन्दर्भ मूल्यमा निकै चनाखो रहनुपर्छ ।
थप जानकारीका लागि "सेयर किनबेच बुकक्लाेज अगाडि वा पछाडि" शीर्षककाे लेख पढ्नु हाेला ।
(ग) मूल्य तथा सेयरको भुक्तानी : विद्यमान नियमानुसार सेयर किनेको भोलिसम्ममा रकम र बेचेको अवस्थामा सेयर सम्बन्धित ब्रोकरकहाँ पुग्नुपर्छ । रकम चेक वा अनलाइनबाट अनि सेयर ‘मेरो सेयरबाट ईडीआईएस गरेर’ वा डीआईएस (डीपीबाट पाइने डेविट इन्स्ट्रक्सन स्लिप) बाट ब्रोकरलाइ दिन सकिन्छ । बेचेको सेयर जुनसुकै कारण तोकिएको समय
(बेचेकाे भाेलिपल्ट, T+1) मा दिन नसके
बेचिएको रकमको २० प्रतिशतले क्लोजआउट जरिवाना तिर्नुपर्ने हुन्छ ।
किनेकाे पैसा ढिला तिरेमा वा नतिरेमा के हुने भन्ने कुनै कानुनी कारवाहीकाे प्रावधान छैन, तर ताेकिएकाे समय भित्र रकम तिर्नु क्रेताकाे जिम्मेवारी हाे । कतिपय अवस्थामा रकम भुक्तानी नहुञ्जेल ब्राेकरले सेयर हस्तान्तरण राेक्ने गरेकाे पाइन्छ । थप जानकारीका लागि "धितोपत्रको कारोबार नगदी वा उधारो ?" शीर्षककाे लेख पढ्नु हाेला ।
२०७७ माघ ११ गतेबाट T+2 कार्यान्वयनमा अाउने हुँदा रकम र सेयर भुक्तानी चक्र यस अनुसार हुनेछः
- T0 (काराेवार दिन) = किनबेच
- T1 (दाेस्राे कार्यदिन) = किन्नेले पैसा (टिएमएस, कनेक्ट अाइपिएस वा चेकबाट) र बेच्नेले शेयर (मेराे शेयरबाट इडिअाइएस वा डिअाइएसबाट) ब्रोकरलाई हस्तान्तरण ।
- T2 (तेस्राे कार्यदिन) = किन्नेबेच्ने ब्रोकरबिच शेयर र रकम लिनेदिने ।
- T3 (चाैथाे कार्यदिन) = व्यक्तिले किनेकाे शेयर र बेचेकाे रकम पाउने । तर बिचमा सार्वजनिक विदामा विशेष परिस्थितिमा रकम र शेयर प्राप्तिमा केहि दिन लाग्नसक्छ । धेरै दिन भएमा क्लाेजअाउ परेकाे वा केहाे बुझ्न ब्राेकरसँग सम्पर्क गर्नुपर्छ ।
|
(घ) जोखिम वहन र व्यवस्थापन : सेयर लगानी र कारोबार सबैभन्दा जोखिमपूर्ण लगानी र व्यापार हो । यसमा कम्पनीको व्यवसाय र अर्थतन्त्रसँगै बजारको मूल्य तलमाथि हुँदाको गम्भीर जोखिम पनि गाँसिन्छ । त्यसैले अल्पकालीन लगानीमा बजारमा कम्पनीको सेयरको मूल्य र मूल्यमा प्रभाव पार्न सक्ने पक्षहरूको सूक्ष्म निगरानी तथा लक्षित नाफा वा घाटा बुक गर्नुपर्छ । दीर्घकालीन लगानीमा बजारको मूल्यभन्दा कम्पनीको व्यवसाय, व्यवस्थापन, मुनाफा, लाभांश, लागत र प्रतिफल, जोखिम लिने र व्यवस्थापन क्षमतामा ध्यान दिनैपर्छ । बढी मुनाफाको लोभमा आफ्नो क्षमताभन्दा बढी जोखिम लिएर सेयर कारोबार र लगानी निकै घातक हुन सक्छ । कतिपय अवस्थामा बिक्रियाेग्य (फ्रि ब्यालेन्स) भन्दा बढि धिताेपत्र बिक्री हुन सक्छ, जसले क्लाेजअाउटकाे जाेखिम (जरिवना) सिर्जना गर्नेछ ।

ङ. प्रिअाेपन, सर्किट र मूल्यान्तर ः नेपालमा ‘
धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५’ तथा ‘
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ अनुसार धितोपत्र बजारको समय, मूल्य परिवर्तन सीमा र सर्किटको व्यवस्थापन हुन्छ ।नियमावलीको नियम १५ अनुसार (१) धितोपत्र सूचीकरणपश्चात् पहिलो कारोबारको मूल्य र त्यसपछि हुने कारोबार मूल्यको अन्तर, (२) अघिल्लो दिन बजार बन्द हुँदा कायम मूल्य र अर्को दिन सुरु कारोबार मूल्यबीचको अन्तर, (३) लगातार ६० दिनसम्म कारोबार नभएका धितोपत्रको पुनः कारोबार हुँदा कायम हुने सुरु मूल्य, (४) कारोबार समय र कारोबार मूल्यका आधारमा प्रत्येक दिनको मूल्य परिवर्तनको सीमा कायम गर्नुपर्छ । यस्तै नियम १९ अनुसार धितोपत्र बजारले आवश्यकताअनुसार कारोबारमा सर्किट ब्रेकर लाग्ने व्यवस्था गर्नुपर्ने र सर्किट ब्रेकरसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न बोर्डले आवश्यक निर्देशन दिन सक्नेछ ।
विनियमावलीको विनियम ११ ले (१) प्रारम्भिक कारोबार (प्रिओपनिङ) का लागि बिहान १०ः३० देखि १०ः४५ बजेसम्म, (२) बोलकबोल वा निरन्तर कारोबार (रेगुलर ट्रेडिङ सेसन)का लागि बिहान ११ः०० देखि ३ः०० बजेसम्म र (३) अन्तिम कारोबार (क्लोजर) अपरान्ह ३ः०० देखि ३ः०५ बजेसम्म कारोबार सत्र र समय तोकेको छ । विनियम १२ मा मूल्य परिवर्तनको सीमा उल्लेख छ ।
नेप्सेले २०८३ बैशाख ७ गतेबाट देहाए बमाेजिमकाे मूल्यान्तर, सर्किटकाे व्यवस्था कायम गरेकाे छ (विस्तृत
प्रिअाेपनिङ, सर्किट र मूल्यान्तर) ।
थप वा विस्तृत जानकारीका लागि पढ्नुपर्ने
Revised and/or updated: 10 May 2024 : NST 14:45