Saturday, August 22, 2020

काेलाटरल (Collatoral) व्यवस्थापन

ब्राेकरले शेयर काराेवार भन्दा पहिले निश्चित रकम धराैटी (काेलाटरल) मागेकाेमा धेरैले असहज महसुस गरेका छन् । तर उक्त काेलाटरल ब्राेकरहरूले विद्ममान कानुनी प्रावधान अनुसार नै मागेकाे देखिन्छ । धिताेपत्र काराेवार संचालन विनियमावली अनुसार स्टक ब्राेकर (धितापत्र दलाल वा दलाल) ले खरिद अादेश प्राप्त गर्दा नै कम्तिमा २५ प्रतिशत अग्रिम भुक्तानी लिनुपर्ने व्यवस्था बमाेजिम लिमिट (काराेवार सीमा) अनुसार निश्चित रकम ब्राेकरले धराैटी वा काेलाटरल माग्नु स्वभाविक हाे । तर लगानीकर्ताले ब्रोकरलाई विश्वास नगर्दा वा अन्य कारण काेलाटरल राख्न समस्या महसुस गर्ने गरेको पाइन्छ । विगतमा चेक लिन र भुक्तानीका लागि समेत नियमित ब्राेकरमा जाने र भुक्तानीकाे लागि ताकेता गरी रकम लिने अवस्था हुन्थ्याे भने अहिले अनलाइनमा ग्राहक र दलालबीचकाे प्रत्यक्ष र नियमित भेट समेत नहुने अवस्थामा अाफु मार्फत खरिद रकमकाे भुक्तानी सुनिश्चितताका र कानुनपालनाका लागि समेत ब्राेकरले काेलाटरल मागेकाे बुझ्न सकिन्छ ।अझ अनलाइन प्रणालीमा काेलाटरलले नै काराेवार सीमा निर्धारण गर्ने स्वचालित प्रणाली हुँदा कति काेलाटरल अनि ग्राहकलाइ कति गुनासम्म काराेवार सीमा दिने ब्राेकरले ग्राहकलाइ कति बिश्वास गर्नसक्छमा समेत निर्भर रहन्छ । त्यसैले कानुनकाे कम्तिमा २५ प्रतिशतमा टेकेर कतिपय नयाँ वा नियमित सम्पर्क नहुने वा काराेवार नगर्ने ग्राहकलाइ जति रकम धराैटी (काेलाटरल) राखेकाे छ साेही सीमासम्म मात्र पनि काराेवार सीमा दिएकाे बुझिन्छ, जुन कानुनसम्मत नै मान्नुपर्ने हुन्छ



काेलाटरल सामान्यतः ब्राेकरकाे बैंक खातामा नगद वा चेकबाट जम्मा गर्न सकिन्छ । कति जम्मा गर्ने त्याे अाफूले कति काराेवार गर्नेमा निर्भर रहन्छ । अहिले ब्राेकरसँगकाे सम्झाैता बमाेजिम यस्ताे काेलाटरलमा ब्याज समेत प्राप्त गर्नसकिन्छ, तर ध्यान दिनुपर्ने कुरा यसकाे ब्याजदर ताेकिएकाे छैन । यसले ब्याजदरमा असमझदारीकाे सम्भावना पनि रहन्छ । अनि अाफूले ब्याज लिँदा उसलाइ तिर्नुपर्ने रकम केही दिन ढिला हुँदा अाफूले समेत ब्याज तिर्नुपर्ने व्यवहारिक पाटाे पनि रहन्छ । त्यसैले काेलाटरल कति राख्ने र ब्याज पूर्णतः ब्राेकरसँगकाे ग्राहककाे सम्बन्ध र समझदारीमा निर्भर रहन्छ । यसमा कानुन र नियामकीय व्यवस्थासँग व्यवहारिक पाटाे र सम्बन्धहरू पनि जाेडिन्छ ।

हाेइन, म चाहिएकाे समयमा काेलाटरल लाेड गर्छु र किन्छु भन्नेलाइ अनलाइन प्रणालीमा उक्त सुविधा पनि उपलब्ध छ । यसकाे लागि अनलाइन लिँदा नै ब्राेकरसँग साेही अनुरूपकाे समझदारी अावश्यक हुन्छ । कानुनलेः अनलाइन लिँदा धराैटीकाे कुरा नगरे पनि हाल निश्चित धराैटी लिने प्रचलन भने छ । अावश्यक समयमा मात्र अनलाइनबाट काेलाटरल लाेड गर्ने काराेवारीले अनलाइन बैंकिग वा कनेक्ट अाइपिएसकाे सुविधा लिएकाे हुनुपर्छ । यस्ताे सुविधा लिएकाहरूले बिहान वा काराेवार गर्नु पहिले FUND MANAGEMENT मा गएर COLLATERAL MANAGEMENT गइ LOAD COLLATERAL क्लिक गरी BANK वा CONNECT IPS बाट अावश्यक रकम लाेड गर्न सकिन्छ । रकम ब्राेकरकाे खातामा पुगेसँगै दिइएकाे सुविधाका अाधारमा काराेवार लिमिट प्राप्त हुन्छ र साेही रकमकाे सीमासम्म धिताेपत्र खरिद गर्न सकिन्छ । यदि काेलाटरल जम्मासँगै लिमिट परिवर्तन नभएमा ब्राेकरलाइ सम्पर्क गरी लिमिट मिलाउन लगाउनु पर्छ ।

काराेवार लिमिट कति गुना दिने भन्ने दलाल र सम्बन्धित व्यक्तिकाे व्यवहारिक सम्बन्धमा निर्भर रहन्छ । कानुनतः उसले कम्तिमा २५ प्रतिशत लिएर काेलाटरलकाे ४ गुनासम्म काराेवार लिमिट दिने भएता पनि विश्वास र लेनदेन व्यवहारकाे अाधारमा १ गुना, २ गुना वा ४ गुना हुनसक्छ । काेलाटर नगद, चेक वा बिना नगद (ननक्यास) हुनसक्छ । नगद सम्बन्धित ब्राेकरकाे खातामा जम्मा वा टिएमएसबाट ट्रान्सफर वा अाइपिएसबाट पठाउन सकिन्छ । कतिपय ब्राेकरले अप्ठेराे परेकाे अवस्थामा नगदमा परिणत गर्ने शर्तमा खाली चेक लिएर निश्चित काेलाटर दिँदै काराेवार लिमिट दिने गरेकाे पाइन्छ । ग्राहकले किनेकाे सबै रकम ताेकिएकाे समयमा भुक्तानी हुने निश्चिन्त भएकाे अवस्थामा ब्राेकरले ननक्यास काेलाटर पनि दिन सक्छ ।

टिएमएसकाे FUND MANAGEMENT मा गएर काेलाटरल म्यानेजमेन्ट (COLLATERAL MANAGEMENT) काे म्यानेज काेलाटरल (MANAGE COLLATORAL) मा क्यास काेलाटरल (CASH COLLATERAL) काे मल्टिपिकेसन फ्याक्टर (MULTIFICATION FACTOR) मा गएर अाफुलाइ कति गुना काेलाटर दिएकाे छ हेर्नसक्नु हुन्छ । त्यहाँ ४ भए चारगुना १ भए एकगुना हुन्छ ।



नाेटः प्रायः ब्राेकरहरूकाे बैंक खाता GLOBLEIME BANK मा नै भएकाे र GLOBLEIME TMS मा Integrated भएकाे हुँदा ग्लाेवलमा खाता खाेलेका र ब्राेकरमा साेही खाता प्रयाेग गर्नेहरूले भने कनेक्ट अाइपिएस बिना बैंकबाट सहजै काेलाटरल लाेड गर्न सक्छन् । यसकाे लागि अनलाइन/इन्टरनेट बैंकिग सुविधा भने लिएकाे हुनुपर्छ ।

यति भएपछि काेलाटरल रकम र त्यसकाे अाधारमा उपलब्ध लिमिट (काराेवार सीमा) DASH BOARD वा MY INFORMATION मा देखिन्छ । यदि नदेखिएमा ब्राेकरलाइ सम्पर्क गर्नुपर्छ । काेलाटरल लाेड सिस्टमले स्वचालित थाहानपाउने हुँदा ब्राेकरलाइ खबर गरेर लिमिट बढाउन लाउनु पर्ने हुन्छ ।

काेलाटरल ब्राेकर कहाँ राखिराख्ने वा अावश्यकता अनुसार लाेड गर्ने ग्राहककाे स्वेच्छामा भर पर्छ । तर नियमित काराेवार गर्नेले के ध्यान दिनुपर्छ भने कहिलेकाहिँ बैंकिग, अाइपिएस वा प्रविधिमा कुनै समस्या वा ढिलासुस्तिले काेलाटर लाेड हुन ढिलाइ वा हुन नसकेमा अाफूले किन्ने अवसर भने गुमाउनु पर्ने हुनसक्छ ।

यसरी राखिएकाे काेलाटरल अब प्रयाेग गर्दिन वा अावश्यक छैन भन्ने अवस्थामा TMS माफर्त नै FUND MANAGEMENT मा गएर COLLATERAL MANAGEMENT गइ REFUND COLLATERAL क्लिक गरी BANK वा CONNECT IPS बाट अाफूले पाउनेसम्मकाे काेलाटरल फिर्ता माग्न सकिन्छ । रिफण्ड अाफूले राखेकाे सबै वा निश्चित रकम माग्न सकिन्छ र ब्राेकरले हिसाव जाँच गरेर स्वीकृत गरेपछि खातामा रकम प्राप्त हुन्छ । सामान्यतः केहि घण्टा वा अर्काे दिन रिफण्ड प्राप्त हुन्छ, नभएमा ब्राेकरसँग बुझ्नु उपयुक्त हुन्छ ।



काराेवार भएकाे अवस्थामा कुल तिर्नुपर्ने रकम काेलाटरल वा बैंक वा कनेक्ट अाइपिएसबाट तिर्न सकिन्छ । सामान्यतः कोलाटर क्यास र ननक्यास समेत हुने र नियमित कारोवारमा आवश्यक परिरहने हुँदा भुक्तानीको लागि ‘कोलाटर’को विकल्प नअपनाउँदा राम्रो । ‘कोलाटरल’बाट भुक्तानीमा प्रणालीले स्वतः भुक्तानी नजनाउने हुँदा ब्रोकरबाट भुक्तानी मिलान गराउनुपर्छ, जसले भुक्तानी अन्यौलता र समयमा धितोपत्र नआउने जोखिम रहन्छ ।

यदि टिएमएस बाहिरबाट काेलाटरल लाेड गर्नु हुन्छ भने सम्बन्धित ब्रोकरको बैंक, खाताको नाम र नम्बर लिएर रकम जम्मा गर्न पनि सकिन्छ । यस्ताे गर्दा दलाललाइ सम्पर्क गरेर काेलाटरल र लिमिट समायाेजन गराउनुपर्ने हुन्छ । यसले थप समय, लागत र मेहनत लाग्नेछ । यसमा कुनै समस्या भएमा सम्बन्धित ब्राेकरलाइ फाेन वा इमेल गरेर जानकारी गराउनु पर्छ ।

Revised/updated 31 May 2021, 12.23 NST

No comments:

Post a Comment