धितोपत्र बजारमा चासो रहेका, केही लगानी गर्न र जोखिम लिन सक्ने तर जोखिम विश्लेषण र व्यवस्थापन गर्दै प्रतिफल आर्जन गर्न असमर्थ निष्क्रिय लगानीकर्ताहरूको रकम व्यावसायिक व्यवस्थापकहरूद्वारा सामूहिक लगानी र जोखिम व्यवस्थापन गर्दै मुनाफा आर्जन र लगानीका आधारमा जोखिम र मुनाफा बाँडफाँड नै सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरूको सिद्धान्त हो । न्यून आय भएकाहरूले समेत धितोपत्र बजारको लाभ लिन सकून् भनेर नै प्रतिएकाइ अंकित मूल्य रु. १० मात्र राखिएको छ । यस्तै
सामूहिक लगानी कोष नियमावली, २०६७ अनुसार निष्कासन, सञ्चालन र नियमन हुने यस्ता कोषहरूलाई सूचीकृत कम्पनीले निष्कासन गर्ने धितोपत्रको ५ प्रतिशत आरक्षणका साथै कर छुटको व्यवस्था छ ।
संगठित संस्थाले प्रवद्र्धन गर्ने म्युचुअल फन्डहरूको प्रभावकारी र व्यावसायिक व्यवस्थापनका लागि योजना व्यवस्थापक, डिपोजिटरी र सुपरिवेक्षक हुन्छन् । संशोधित नियमावलीको नियम २३ अनुसार खुद सम्पत्ति मूल्य (नेट एसेट्स भ्यालु— न्याभ) को आधारमा क) योजना व्यवस्थापकले वार्षिक बढीमा १.५ प्रतिशत; ख) सुरपरिवेक्षकले बढीमा ०.२ प्रतिशत र ग) डिपोजिटरीले बढीमा ०.२ प्रतिशत वार्षिक सेवा शुल्क वा दस्तुर लिन सक्नेछ । समग्र धितोपत्र बजारको अवस्थामा निर्भर रहने कोषहरूको अवस्था आव ७६-७७ मा भने केही सुधार देखिए पनि अपेक्षित व्यावसायिक नतिजा भने हासिल हुन सकेको छैन ।
फन्डहरू क) निश्चित अवधि सञ्चालन भएर बन्द गरिने ‘बन्दमुखी’ र ख) निरन्तर सञ्चालनमा रहने ‘खुलामुखी’ हुन्छन् । हाल बजारमा बन्दमुखी सात वर्षे क) एनआईबीएल समृद्धि फन्ड–१ (एनआईबिएसएफ–१), ख) ग्लोबल आईएमई सम्मुन्नत स्कीम–१ (जीआईएमइएस–१), ग) एनएमबी हाइब्रिड फन्ड–१ (एनएमबीएचएफ–१), घ) नबिल इक्विटी फन्ड (एनइएफ), ङ) एनआइबीएल प्रगति फन्ड (एनआईबीएलपीएफ), च) लक्ष्मी इक्विटी फन्ड (एलईएमएफ), छ) सानिमा इक्विटी फन्ड (एसएईएफ), ज) सिटिजन्स म्युचुअल फन्ड–१ (सीएमएफ–१), झ) एनआईसी ग्रोथ फन्ड (एनआईसीजिएफ), ञ) सिटिजन्स म्युचुअल फन्ड–२ (सिएमएफ–२), र ट) एनएमबी ५० समेत ११ योजना सञ्चालनमा छन् । यस्तै क) सिद्धार्थ इक्विटी फन्ड (एसईएफ), ख) नविल ब्यालेन्स फन्ड–२ (एनबीएफ–२), ग) सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ (एसआईजीएस—२), घ) एनआईसी ब्यालेन्स फन्ड (एनआईसीबीएफ), ङ) सनराइज फस्ट म्युचुअल फन्ड (एसएफएमएफ) समेत दसवर्षे पाँच योजना संचालनमा छन् भने दसवर्षे लक्ष्मी उन्नति कोष पनि निष्कासन भइसकेको छ । खुलामुखीतर्फ एनआईबीएल सहभागिता फन्ड (एनआईबीएलएसएफ) मात्र सञ्चालनमा रहेको छ ।
असार मसान्तको अवस्था
आव ७६-७७ मा एसईओएस, एनएमबीएसएफ–१ र एलभीएफ–१ को अवधि सकिएर बन्द भएसँगै पाँचवर्षे योजनाहरू सकिएका छन् । उक्त आ.व.मा नेपाल धितोपत्र बोर्डले एसएफएमएफ र लक्ष्मी उन्नति कोष सञ्चालनको स्वीकृति दियो भने एनएमबी–५०, एसआईजीएस–२, एनआईसीबीएफ र एसएफएमएफ सञ्चालनमा आए । सञ्चालनमा रहेका कोषहरूको अवस्था तालिकामा दिइएको छ ।
तालिकाः म्युचुअल फण्डहरूकाे अवस्था, न्याभ, लाभांस
सि.नं.
|
फण्ड
|
आकार (रु. करोड)
|
असार
मसान्त न्याभ
|
७६/७७
कुल आय
|
लाभांस (%)
|
२०७७/४/२९
को बजारमूल्य
|
न्याभ
र बजारमूल्यमा छुट/(प्रिमियम)
|
२०७६
|
२०७७
|
रकम
(रु करोड)
|
(%)
|
७५/७६
|
७६/७७
|
१
|
एनआइबिएसएफ–१
|
NIBSF1
|
१००
|
१०.६९
|
११.६०
|
१५.५७
|
१५.५७
|
६.५
|
१२.०
|
१०.२९
|
११.२९
|
२
|
जिआईएमइएस–१
|
GIMES1
|
१००
|
८.९२
|
१०.४१
|
–२.५१
|
–२.५१
|
०
|
४.०
|
८.८०
|
१५.४७
|
३
|
एनएमबीएचएफ–१
|
NMBHF1
|
१००
|
११.०१
|
११.४८
|
१४.६७
|
१४.६७
|
१०
|
८.०
|
१०.०
|
१२.८९
|
४
|
एनइएफ
|
NEF
|
१२५
|
९.०२
|
१०.६६
|
२०.५०
|
१६.४०
|
०
|
६.०
|
८.९२
|
१६.३२
|
५
|
एनआइबिएलपिएफ
|
NIBLPF
|
७५
|
८.२८
|
९.८६
|
११.८३
|
१५.७९
|
०
|
अघोषित
|
८.३०
|
१५.८२
|
६
|
एलईएमएफ
|
LEMF
|
१२५
|
९.१०
|
१०.४२
|
–३.४२
|
–२.७४
|
०
|
४.२५
|
८.६७
|
१६.७९
|
७
|
एसएईएफ
|
SAEF
|
१३०
|
११.०३
|
११.३९
|
१७.६५
|
१३.५८
|
१०.०
|
७.०
|
१०.००
|
१२.२०
|
८
|
सिएमएफ–१
|
CMF1
|
८२
|
११.३५
|
११.६८
|
७.७३
|
९.४३
|
७.०
|
१५.०
|
१०.०५
|
१३.९
|
९
|
एनआईसीजिएफ
|
NICGF
|
८३.५२
|
११.१८
|
११.७५
|
१४.५१
|
१७.३८
|
१०
|
१२
|
१०.२८
|
१२.६८
|
१०
|
सिएमएफ–२
|
CMF2
|
५६
|
९.९२
|
११.०९
|
६.४८
|
११.५८
|
०
|
१०.०
|
—
|
—
|
११
|
एनएमबी ५०
|
NMB50
|
१२५
|
—
|
१०.९०
|
११.२७
|
९.०२
|
—
|
५.०
|
९.३१
|
१४.५९
|
१२
|
एसईएफ
|
SEF
|
१५०
|
११.२४
|
११.१७
|
१५.३४
|
१०.३२
|
११
|
७.५०
|
९.६२
|
१३.८८
|
१३
|
एनबिएफ–२
|
NBF2
|
११२
|
१०.०४
|
११.०९
|
११.८०
|
१०.५४
|
०
|
९.०
|
९.४१
|
१५.१५
|
१४
|
एसआइजिएस—२
|
SIGS2
|
१२०
|
—
|
११.०८
|
१२.९३
|
१०.७८
|
—
|
५.०
|
—
|
—
|
१५
|
एनआईसीबिएफ
|
NICBF
|
७५.५०
|
—
|
११.०८
|
८.१२
|
१०.८३
|
—
|
८.०
|
९.६४
|
१३.००
|
१६
|
एसएफएमएफ
|
SFMF
|
८६
|
—
|
१०.९४
|
८.१०
|
९.४३
|
—
|
७.०
|
९.१०
|
१६.८२
|
नाेटः प्रकाशित लेखमा २०७७ असाेज १८ गते परिमार्जित
आय, न्याभ र लाभांश
बन्दमुखी १६ फन्डहरूले संकलन गरेको १६.४५ अर्बमध्ये मुद्दतीबाहेक ४.७६ अर्ब रुपैयाँ बैंक मौज्दात राखेर पनि ७६-७७ मा कुल १.७० अर्ब कमाएका छन् । उक्त अवधिमा १४ फन्डले नाफा कमाउँदा जीआईएमईएस–१ र एलईएमएफ भने घाटामा गए । आव ७५-७६ सम्म पाँच फन्डहरूको ऋणात्मक रहेको न्याभ ७६-७७ मा धनात्मक हुँदा पनि एनआइबीएलपीएफको भने रु. ९.८६ सहित ऋणात्मक नै रह्यो । सरसर्ती हेर्दा ७६-७७ मा म्युचुअल फन्डहरूले औसतमा १०.३७ प्रतिशतको आय गरी औसत न्याभ रु. ११.०४ कायम गर्न सफल भए ।
आव ७६-७७ मुनाफाबाट हालसम्म एनआईबीएसएफ–१, एनआईसीजीएफ, एनआईसीबीएफ, एसईएफ र एसआईजीएस–२ ले मात्र लाभांश घोषणा गरेका छन् । न्याभलाई हेर्दा केहीले लाभांश दिने क्षमता देखिन्छ । खुलामुखी एनआईबीएलएसएफले ८.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
लगानी र कारोबार
अप्रत्यक्ष लगानी गर्नेहरू मात्र प्रत्यक्ष सेयर र ऋणपत्रजस्ता धितोपत्रहरूमा प्रत्यक्ष लगानी र कारोबार गर्नेहरूका लागिसमेत म्युचुअल फन्ड वैकल्पिक र लगानी विविधीकरणको माध्यम मानिन्छ । एकाइहरू सार्वजनिक निष्कासन हुँदा र बजारबाट समेत एकाइहरू किनेर लगानी गर्न सकिन्छ । बजारमा उपलब्ध १६ फन्डहरूमध्ये कारोबारमा नआएका सीएमएफ–२ र एसआईजीएस–२ बाहेक अरूको न्याभलाई हेर्दा ११.२९ देखि १६.८२ प्रतिशत छुटमा किनबेच भइरहेको छ । कारोबार भइरहेका मध्ये १० फन्डको बजार मूल्य न्याभ मात्र होइन, अंकित मूल्य रु. १० भन्दा कम छ । बजारमा धितोपत्रको मूल्यका आधारमा परिवर्तन हुने न्याभलाई राम्ररी पछ्याउन सके अंकित मूल्यभन्दा कम र छुटमा किनेर राम्रो लाभांशका साथै मूल्यान्तरले सिर्जना गर्ने पुँजीगत लाभ पनि लिन सकिन्छ ।
(थप जानकारीका लागि धिताेपत्र व्यवसायी नियमावली, २०६४, अनुसूची १४, तथा
धिताेपत्र काराेवार संचालन विनियमावली, २०७५ हेर्नुस) । खुल्ला फण्डकाे काराेवार फण्ड म्यानेजरले गरेकाे व्यवस्था बमाेजिम हुन्छ । यसमा उक्त दिनकाे न्याभमा डिपी फी २५ लाग्नेछ । थप जानकारीका लागि एनअाइविएल क्यापिटलकाे वेबसाइट https://niblcapital.com/mutual-fund/nav-nibl-sahabhagita-fund/ तथा https://niblcapital.com/buy-calculator/ मा हेराैं ।
जुनसुकै नामबाट सञ्चालित फन्डहरूले पनि निश्चित प्रतिशत रकम सेयर र म्युचुअल फन्डजस्ता धितोपत्रका साथै निश्चित आय उपकरणहरू मुद्दती निक्षेप र ऋणपत्रहरूमा समेत लगानी गर्ने हुँदा यिनीहरूको सम्पत्ति बजारमा धितोपत्रको मूल्य र ब्याजमा निर्भर रहन्छ । फन्डहरूले धितोपत्र बजारको मूल्यगत उतारचढावका आधारमा कारोबार गर्दै मुनाफा प्राप्त (प्रफिट बुक) गर्नुका साथै निश्चित आय उपकरणहरू मुद्दती निक्षेप र ऋणपत्रहरूमा समेत निश्चित प्रतिशत रकम लगानी गर्दै उच्चतम आय हासिल गर्ने प्रयास गरिरहेका हुन्छन् । यसको साथै आरक्षण र कर छुटका कारण उनीहरूको तुलनात्मक प्रतिस्पर्धात्मक क्षमता व्यक्तिगत लगानीकर्ताहरूको भन्दा बढी हुन्छ । तर, बजारमा फन्डहरूको विद्यमान अवस्था हेर्दा अपेक्षित लाभ हासिल गर्न नसकेकोमा भने चर्को आलोचना भइरहेको छ ।
नयाँ मात्र होइन, विगत कैयौं वर्षदेखि सञ्चालनमा रहेका फन्डहरूले समेत विवरणपत्रअनुसार मात्र होइन, न्यायोचित लाभांशसमेत दिन नसक्नु र न्याभमा समेत उल्लेख्य सुधार नहुनुले योजना व्यवस्थापकहरूसँगै सुपरिवेक्षकहरूको क्षमता र भूमिकामा समेत प्रश्न उब्जेको छ । खुद सम्पत्तिका आधारमा निश्चित सेवा शुल्कले अल्छी योजना व्यवस्थापकहरूलाई सक्रिय बनाउन पनि आरक्षण हटाउनुपर्ने र सेवाशुल्कलाई प्रतिफलसँग जोडिनुपर्ने आवाज उठेको छ ।
त्यसैले प्रत्यक्ष लगानी र जोखिम व्यवस्थापन गर्न सक्नेहरूले म्युचुअल फन्डलाई वैकल्पिक लगानी उपकरणका रूपमा सहजै स्वीकार गरेको देखिन्न । म्युचुअल फन्डमा लगानी गर्ने वा नगर्ने निर्णय गर्दै गर्दा क) आफ्नो लगानी व्यवस्थापन र जोखिम लिने क्षमता, तथा ख) अपेक्षित प्रतिफललाई विचार गर्नुपर्छ । फन्डहरूको लाभांश र मुनाफासँगै जोखिम पनि समग्र धितोपत्र बजारमा निर्भर रहन्छ । यसले मुनाफा हुँदा वार्षिक नगद लाभांश र समय समाप्ति पछि उपलब्ध खुद सम्पत्ति बिक्री गरी रकम दामासाहीले रकम एकाइ धनीलाई फिर्ता गर्छ । म्युचुअल फन्डमार्फत नै लगानी गर्दा क) योजना व्यवस्थापकको पृष्ठभूमि र प्रतिफलको अवस्था, ख) विवरणपत्र र ग) विगतका फन्डहरूमा प्रतिफल अध्ययन गर्नुपर्छ ।
जहाँसम्म लगानी र जोखिमको ज्ञान नभएका तर सेयरमा थोरैथोरै भए पनि लगानी गरौं भन्ने साना लगानीकर्ताहरूका लागि भने केही कम प्रतिफल भए तापनि म्युचुअल फन्डहरू उपयुक्त हुन सक्छन् । यसको विपरीत सेयरबजारको जोखिम लिन नचाहने र नियमित निश्चत प्रतिफल चाहने व्यक्तिहरूका लागि भने बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेप वा ऋणपत्रहरू बढी सुरक्षित र उपयुक्त हुन सक्छ ।
कारोवार शुल्क तथा कमिसन
कारोवार रकम (रु)
|
कमिसन (%)
|
५,००,००० सम्म
|
०.३% (न्यूनतम रु. २५)
|
५,००,००१ देखि ५०,००,००० सम्म
|
०.२५%
|
५०,००,००,००१ देखि
|
०.२%
|
सेबोन
|
०.०१%
|
डिपी (प्रति धितोपत्र प्रति दिन)
|
रु. २५
|
Last update: 17 Sept 2020, 02.56 pm