Revised 19 Aug 2026
15:30 NST
विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०८२–८३ काे चाैथाे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू अनुसार बैंकिग क्षेत्रमा केहि सुधारकाे संकेत देखिन थालेकाे छ । त्याे सुधार केहि बैंकका वासलात र नाफाका अंकहरूमा प्रतिविम्वित भएका पनि छन् । तर बैंकका समग्र शेयरधनीकाे तहमा भने ति अंक त्यति सुखद देखिएका छैनन् । करिव ७० अर्ब कमाए भन्दै गर्दा १ अर्ब हाराहारीकाे संचित नाेक्सानीले सेयरधनीहरूलाइ साेच्न बाध्य पार्नेछ । हुनतः लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । लगानी व्यवस्थापन र निर्णयमा अात्तिने र मात्तिने भन्दा सजगतापूर्वक तथ्यांक केलाउनु बुद्धिमानी हुनसक्छ । अझ अपरिष्कृत र अन्तिम लेखापरिक्षण पछि नियामकीय स्वीकृतिमा प्रकाशित हुने अाधाकारिक वित्तिय विवरणमा हाल देखिन थालेकाे फरकपनले अपरिस्कृत विवरणकाे विश्वसनियता र भरपर्दाेपनमा प्रश्न उठेकाे छ । जति नै नकारे पनि फेरी बजारमा हुने वित्तिय विश्लेषण पुर्ण रूपमा यिनै अपरिस्कृत तथ्यांकमा आधारित हुन्छन् । त्यसैले प्रकाशित तथ्यांकहरूकाे उपयाेग गरि लगानी निर्णयमा शंकाकाे लाभ सहित थप सहजगता अपनाउनु उपयुक्त हुन्छ ।
सरसर्ति हेर्दा बाणिज्य बैंकहरूले शेयरधनीहरूबाट चुक्ता पुँजी रू ३८९.३० अर्ब सहित शेयरधनीकाे इक्विटी ८०५.३९ अर्ब परिचालन गरेर करिब १०७.८५ अर्ब संचालन नाफा कमाए । त्यसबाट करिब ३३.०७ अर्ब राज्यलाइ करका रूपमा छुट्याउँदै खुद नाफा ६९.८७ अर्ब कमाए । यसबाट बैधानिक जगेडा, डिबेन्चर रिडेम्पसन, कर्मचारी कल्याण काेष, सामाजिक उत्तरदायित्व, नउठेकाे ब्याज र अल्पकालीन प्रभिजन छुट्याउँदा समग्र वितरणका लागि उपलब्ध रकम करिब ९६ कराेडले नकारात्मक देखिन अाएकाे छ । दुखद पाटाे त १६ बैंकसँग उपलब्ध ३५.१५ अर्ब वितरणयाेग्य रकम भन्दा हिमालयन, एनअाइसी एसिया, एनअाइएमबी र प्रभुकाे कुल संचित घाटा ३६.११ अर्ब रहेकाे छ । यसरी अर्बाैं कमाएकाे देखिँदै गर्दा शेयरधनीहरूका लागि वास्तवमा वितरणयाेग्य रकम नै उपलब्ध रहेन तर राज्यले ३३ अर्बकाे कर भने पाउने अवस्था देखिन्छ । अझ प्रभु बैंककाे नाफा १५९.६ कराेड हुँदा कर प्रयाेजनका लागि नै १८३.८ कराेड छुट्याउन बाध्य कर तथा लेखा नीतिले शेयरधनीका लागि बैंकमा लगानी अभिशाप नै हाे कि भन्ने प्रश्न खडा भएकाे छ ।
चुक्ता पुँजीमा ग्लाेवल अाइएमइकाे सबैभन्दा बढि ३८.१२ अर्ब हुँदा शेयरधनीकाे कुल इक्विटीमा नविल बैंककाे ७१.९१ अर्ब पुगेकाे छ । संचित नाफामा एभरेष्ट अगाडि रहँदा एनअाइसी एसियाकाे चुक्ता पुँजी बराबर जस्तै संचित नाेक्सानी पुगेकाे छ । वार्षिक खुद नाफा रू ७.९१ अर्ब सहित नविल अगाडि रहँदा प्रभु रू ०.२४ अर्बले घाटामा पुगेकाे छ । यसमा बढ्दाे प्रभिजन, नउठेकाे सावाँ वापतकाे व्यवस्था (इम्पेरिमेन्ट चार्ज), ब्याज मुल्तवी (इन्टरेस्ट सस्पेन्स) काे भूमिका रहेकाे देखिन्छ । हुनतः ब्याज मुल्तवी घट्दाे दरमा रहेकाे छ, तर इम्पेरिमेन्ट अझै ३७.३७ अर्ब छ ।
समग्र पुँजीकाेष भने केहि सुधार भएकाे देखिन्छ । हिमालयन, एनअाइसी एसिया, प्रभु र राष्ट्रिय बाणिज्यकाे पुँजीकाेष १२ प्रतिशत मुनि भएता पनि वासेल प्रावधान भित्रै देखिन्छ । १५.५५% काे एनपिएलका बावजुद प्रभुकाे पुँजीकाेष ११.८३ कायम छ । प्राथमिक पुँजीकाेष तर्फ भने हिमालयनकाे ८.१७%, एनअाइसी एसियाकाे ६.२७% प्रभुकाे ८.१७% कायम हुँदा ताेकिएकाे ८.५% भंग (ब्रिच) भएकाे छ । यहि पुँजीकाेषकाे बहानामा यस वर्ष माछापुच्छ्रेले ८.२५% असंचित लाभांश दरकाे ३ अर्ब, ८% असंचित लाभांश दरकाे नविलले ५ अर्ब, ८.२५% असंचित लाभांश दरकाे एनएमबीले ३ अर्ब, ८.२५% असंचित लाभांश दरकाे सानिमाले २ अर्ब र ८.२५% असंचित लाभांश दरकाे सिद्धार्थ बैंकले ३.५ अर्बका निकै महंगा अविमाेच्य असञ्चित अग्राधिकार शेयर जारी गरेका छन् । हुनतः कृषि विकासले पहिलेदेखि नै यस्तै प्रकृतिकाे ६% असंचित लाभांश दरकाे ५.४३ अर्ब असंचित अग्राधिकार सेयर जारी गरेकाे थियाे ।
त्यसैलै वितिय विवरण केलाउँदा विश्लेषण गर्दा वास्तविक साधारण सेयर र अग्राधिकारकाे हिस्सामा ध्यान दिइनु पर्छ । यस्तै वितरणयाेग्य मुनाफा केलाउँदै गर्दा उनीहरूले जारी गरेका अग्राधिकार सेयरका लागि पर्याप्त लाभांश व्यवस्था गरे वा नगरेकाे र त्यसकाे साधारण सेयरधनीमा पर्ने प्रभावलाइ हेरिनुपर्छ । सायद यहि अग्राधिकार सहितकाे पहिलाे वितिय विवरण भएर हाेला केही बैकले प्रकाशित ईपिएस केही फरक हाे कि देख्न सकिन्छ ।
लाभांश क्षमता तर्फ सबैभन्दा बढि एभरेष्ट बैंककाे ३८.३२% र कममा कुमारीकाे ३.०२% देखिन्छ । तर कुमारीले यस अावमा संचालन प्रभावकारीतामा उल्लेख्य प्रगति गर्दै २.७९ अर्बकाे संचित नाेक्सानीलाइ संचित नाफामा परिणत गरेकाे छ । ८ बैंकले दाेहाेराे अंकमा लाभांश क्षमता राख्दा संचित नाेक्सानीका ४ बैंकहरू हिमालयन, एनअाइसी एसिया, एनअाइएमबीर प्रभु लाभांश दिन नसक्ने अवस्थामा छन् । सिदार्थ बैंककाे संचित नाफा १.७० अर्ब भएता पनि डिबेन्चर रिडेम्पसनकाे २.१६ अर्ब समेत जाेडेर २६.१६% देखिन्छ । यसका साथै एनअाइएमबीकाे पनि २ अर्बकाे डिबेन्चर परिपक्व भएकाे छ, जुन क्यापिटल एडजस्टमेन्ट रिजर्भमा राखिएकाे छ र नियामकीय स्वीकृतिकाे अाधारमा बाेनस सेयर प्रयाेजनका लागि उपलब्ध हुनेछ ।
WARNING: Datas are consolidated for self-study purpose. I/Dipak Dahal will not be responsible for any loss incurred if/any from the decision with given data though efforts have made for data accuracy.
Key parameter for FY 2082-83 Q4
EPS and Net worth Movement during FY 2082-83
EPS = Earning per share | carT1 = Capital Adequacy Tier 1 | carT2 = Capital Adequacy Tier 2 | qepe = Quater end price earning ratio | RE = Retained Earning
बैंकहरूले प्रकाशित अपरिष्कृत वित्तिय विवरण
अन्य सन्दर्भ लेख र सामग्री