आर्थिक वर्ष २०७९/८० का लागि १७.९३ खर्ब रुपैयाँको विनियोजन बजेट प्रस्तुत भएको छ । ‘आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितिकरणबाट समावेशीतातर्फको प्रस्थान’ बजेटको रूपमा सरकारबाट प्रस्तुत बजेटले ८ प्रतिशतको आर्थिक वृद्धि गर्दै मुद्रास्फीतिलाई ७ प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको छ । सरकारले लगानीकर्ताको हित संरक्षण एवम् पुँजीबजार सुधारका लागि बजेटमा समेटिएका लघुवित्त कोष, नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) को सेयर निष्कासन अनि बुँदा ३३२ का कार्यक्रम प्रस्थान बिन्दु हुने जनाएको छ । स्वघोषित नेताहरूले ‘ऐतिहासिक’, ‘हर्ष न बिस्मात’, ‘अपेक्षाअनुसार नभए पनि राम्रो’ भन्ने अभिव्यक्ति दिएकै छन् ।
Sunday, June 5, 2022
लगानीकर्ताका लागि ‘नो–हार्म’ बजेट
आर्थिक वर्ष २०७९/८० का लागि १७.९३ खर्ब रुपैयाँको विनियोजन बजेट प्रस्तुत भएको छ । ‘आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितिकरणबाट समावेशीतातर्फको प्रस्थान’ बजेटको रूपमा सरकारबाट प्रस्तुत बजेटले ८ प्रतिशतको आर्थिक वृद्धि गर्दै मुद्रास्फीतिलाई ७ प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको छ । सरकारले लगानीकर्ताको हित संरक्षण एवम् पुँजीबजार सुधारका लागि बजेटमा समेटिएका लघुवित्त कोष, नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) को सेयर निष्कासन अनि बुँदा ३३२ का कार्यक्रम प्रस्थान बिन्दु हुने जनाएको छ । स्वघोषित नेताहरूले ‘ऐतिहासिक’, ‘हर्ष न बिस्मात’, ‘अपेक्षाअनुसार नभए पनि राम्रो’ भन्ने अभिव्यक्ति दिएकै छन् ।
Sunday, May 22, 2022
गाभ्दा–गाभिँदा कारोबार रोक्काको आधार र औचित्य
थप टिप्पणी, बाेर्डले संसाेधित सूचीकृत संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (मस्याैदा) तयार गरी छलफलमा ल्याएकाे छ । यसमा काराेवार राेक्काका लागि नयाँ व्यवस्था गरिएकाे छ ।
थप टिप्पणी, * नेरा बैंककाे २०७९ असाेज २७ गते जारीबैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने–गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ काे पाचाैं संसाेधनले नेप्सेबाट चिठीकाे अावश्यकता हटाएर काराेवार राेक्का धिताेपत्र बाेर्डकाे नियमानुसार हुने व्यवस्था गरेकाे छ । नयाँ व्यवस्था यस्ताे छ
Sunday, May 8, 2022
‘एफपीओ’ : लालसा कि बाध्यता ?
‘एफपीओ’ अर्थात् फर्दर पब्लिक वा फलोअन पब्लिक अफरिङ, जसलाई थप सार्वजनिक निष्कासन भनिन्छ, एकपटक सार्वजनिक निष्कासन गरिसकेको कम्पनीले नयाँ सेयरधनीमार्फत थप पुँजी संकलन गर्न थप सेयर निष्कासन विधि नै ‘एफपीओ’ हो । यसमा अंकित वा प्रिमियमसहितको तोकिएको निश्चित मूल्यमा सेयर बिक्री गरिन्छ । निष्कासित सेयरमा निषेधितबाहेक सबै इच्छुक लगानीकर्ताले आवेदन दिन सक्छन् । धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको नियम १४ मा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गरी सूचीकरण भइसकेको कम्पनीले पुँजी वृद्धि गर्नुपरेमा धितोपत्रको थप सार्वजनिक निष्कासन (फर्दर पब्लिक इस्यु—‘एफपीओ’) गर्न सक्ने उल्लेख छ । यसले थप पुँजी संकलनका लागि थप सार्वजनिक निष्कासनलाई मात्र ‘एफपीओ’ मानेको छ । नेपालमा प्रचलित ‘एफपीओ’ले कम्पनीमा सेयरको संख्या बढाउनुका साथै प्रतिसेयर मुनाफा र नेटवर्थमा प्रभाव पार्छ, जसलाई डाइलुटेड ‘एफपीओ’का रूपमा बुझिन्छ ।
थप टिप्पणी १ ः बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे नियम ४, याेग्यतामा “सर्वसाधारणमा शेयर जारी गरिसकेका वा गरिनसकेका इजाजतपत्रप्राप्त संस्थाहरु समेत एक आपसमा गाभ्न गाभिन वा प्राप्ति (एक्विजिशन) का लागि योग्य मानिनेछन् । तर गाभिएर वा प्राप्ति (एक्विजिशन) पश्चात् कायम हुने संस्थाको कूल जारी पूँजीको कम्तीमा तीस प्रतिशत शेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्था सम्बन्धित संस्थाले मिलाउनु पर्नेछ ।”
कम्पनी |
जारी
किता |
दर
(रु) |
सूचीकृत मिति |
सिटिजन्स बैक इन्टरनेसनल |
४,६३,२८६ |
२०० |
२०७५ भदौ १७ |
नेपाल बैंक |
१,७६,८४,८५८ |
२८० |
२०७५ कातिक २५ |
एनएमबी बैक |
१,१४,१५,१६३ |
३३३ |
२०७५ भदौ ६ |
बुटवल पावर कम्पनी |
४०,८१,००० |
५०१ |
२०७५ बैशाख १३ |
प्रिमियर इन्सुरेन्स कम्पनी (नेपाल) |
६,५९,५६५ |
७९९ |
२०७४ चैत ९ |
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था |
९,७५,००० |
१०० |
२०७४ कातिक १४ |
पोखरा फाइनान्स |
९,८३,६८२ |
२२० |
२०७४ असोज ६ |
स्ट्यान्डर्ड चार्टड बैक नेपाल |
२५,५८,१४० |
१२९० |
२०७४ जेठ २ |
नेपाल लाइफ इन्सुरेन्स कम्पनी |
३०,९६,४२९ |
१४२५ |
२०७४ बैशाख ७ |
नेपाल एसबिआई बैंक |
६७,७६७ |
९७१ |
२०७३ फागुन २३ |
नेपाल इन्भेष्टमेन्ट बैक |
९०,६९,३८८ |
६०१ |
२०७३ असार १३ |
रिलायन्स फाइनान्स |
५,१४,२८६ |
१०० |
२०७३ बैशाख १४ |
शिखर इन्सुरेन्स कम्पनी |
५,१०,९८८ |
६५० |
२०७२ माघ १० |
कम्पनी |
जारी किता |
प्रस्तावित दर (रु) |
आवेदन
मिति |
किसान
लघुवित्त वित्तीय संस्था |
१२,९८,२५९ |
१२५ |
२०७८ असार
२९ |
मिर्मिरे
लघुवित्त वित्तीय संस्था |
५१,३१६ |
१७७.८ |
२०७८ कातिक
२३ |
युनिक नेपाल
लघुवित्त वित्तीय संस्था |
३,७९,४२५ |
१०० |
२०७८ चैत १७ |
उन्नति
सहकार्य लघुवित्त वित्तीय संस्था |
१,७८,४५१ |
१५९ |
२०७८ चैत २५ |
समता घरेलु
लघुवित्त वित्तीय संस्था |
२,८९,४४० |
१५९.०७ |
२०७८ चैत २९ |
नयाँ सारथी
लघुवित्त वित्तीय संस्था |
३,२९,६४९ |
११६ |
२०७८ भदौ ९ |