Friday, December 2, 2022

बैंक व्यापार : आरोप र यथार्थ


अर्थतन्त्रका हिस्सेदारहरूबाट बैंकहरूले अचाक्ली नाफा कमाए भन्ने भाष्य स्थापित गर्ने प्रयास भइरहँदा प्रकाशित चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरणमा बैंकहरूको खुदा नाफा १८.७६ अर्ब रुपैयाँ देखिएसँगै नाफा र ब्याजदरको विषयवस्तु झन् पेचिलो बन्दै गएको छ ।

खुला बजार अर्थतन्त्रको एक हिस्सेदार पैसाको व्यापारी बैंकहरूले पारदर्शी रूपमा पैसाको व्यापारबाट कमाएको नाफामाथि अनेकन् प्रश्न खुला बजारको पक्षपाती र अझ निजी क्षेत्रको छाता संगठनहरूबाटै उठाउँदै राज्य र नियामकमाथि पैसाको मूल्य (ब्याजदर) नियन्त्रण र अप्रत्यक्षतः बैंकहरूको नाफा नियन्त्रणका लागि भएका आन्दोलन, धर्ना, जुलुस सायद नेपालमा मात्र देख्न पाइन्छ ।

यस्तो लाग्छ, अर्थतन्त्रका अरू सबै क्षेत्र घाटामा र बैंकहरू मात्र नाफामा गएका छन् अथवा बैंकहरूले नाफा कमाए भन्ने दुराशयपूर्ण अभिव्यक्ति र आक्रमणले बैंकहरूको व्यावसायिक दिगोपनमाथि नै धावा बोलिएको छ । पहुँच र संगठित क्षमताको बलमा राज्य र नियामकमाथि बैंकहरूको नाफामा अंकुश लगाउन र अप्रत्यक्षतः पैसाको बिक्री मूल्यमा नियन्त्रण वा मूल्य निर्धारण गर्न दबाब दिइएको छ । यसको केही प्रभाव हालैको मौद्रिक नीतिको पहिलो समीक्षामा पनि देख्न सकिन्छ ।

निजी क्षेत्र वा नियामकसमेतले अर्थतन्त्रको पारदर्शी संस्थालाई अनावश्यक आक्षेपसहित कमजोर बनाउनुभन्दा विद्यमान यथार्थतालाई स्विकार्दै आफ्नो व्यवसाय, बैंक र अर्थतन्त्र बचाउन सहकार्य गर्नु सबैको हितमा हुनेछ ।

बैंकहरूप्रति विरोध र आक्षेपको स्वर यति घन्काइएको छ कि आमनागरिकको समेत कान ठाडो हुन थालेका छन् । तर, के ती स्वरहरू वास्तविक हुन् त ? कत्तिको जायज र व्यावहारिक ? केलाउने र यथार्थताको धरातलमा उभिने प्रयास सायद कमैले गरे । बजार अर्थतन्त्रको पारदर्शीमध्येको एउटा क्षेत्र बैंकिङले लागत, आय र खर्चको जति पारदर्शी हिसाब प्रस्तुत गरेको छ ।

कतै बैंकहरूको नाफाका अंकभन्दा पारदर्शिताको सजाय त होइन ? होइन भने ब्याजदरकै कारण के–कति लागत र व्यावसायिक नोक्सानी भयो ? ब्याज कति घट्दा कति मूल्य घट्छ, निर्यात बढ्छ, अर्थतन्त्र कति विस्तार हुन्छ र राज्यले कति कर पाउँछ, कसैले पारदर्शी हिसाबकिताब देखाउँदा समस्याको सहज समाधान निकाल्न सहज होला नै । केही वर्षअगाडि असहज अवस्थामा आफ्नो नाफाको हिस्सा कटाएर उद्योग–व्यवसाय, व्यापार बचाउन योगदान दिने तिनै बैंकप्रति लक्षित द्वन्द्वले अन्ततः अर्थतन्त्र र आन्दोलनरत पक्षको दिगो हित गर्छ त ? निकै सोचनीय छ ।

पहिलो त्रैमासमा बैंकको नाफा

बैंकहरूले हालै प्रकाशित आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणले करिब १८.७६ अर्ब रुपैयाँ खुद नाफा कमाउन सेयरधनीको ६३३.४९ अर्ब रुपैयाँ लगानी भएको देखाएका छन् । त्यो १८.७६ अर्ब रुपैयाँमा पनि नउठेको अर्थात् उधारोको ब्याजको उल्लेख्य हिस्सा जोडिएकोमा कसैको ध्यान पुगेको देखिन्न ।

यथार्थतामा उभिएर हेर्दा सम्भावित नोक्सानीबापतको रकम ९.४७ अर्ब र नउठेको ब्याजसम्बन्धी नियामकीय व्यवस्थाको १०.४४ अर्ब रुपैयाँले बैंकको देखिएको नाफा रकम केवल अंकमा सीमित हुने त होइन भन्ने शंका गर्नुपर्ने अवस्था छ । कमाएको १८.७६ अर्बबाट पनि विभिन्न नियामकीय व्यवस्थाहरूपश्चात् सेयरधनीलाई वितरण गर्न उपलब्ध रकम निकै कम हुनेछ ।

खुद नाफाका आधारमा सेयरधनीको लगानीको आधारमा हेर्दा पनि १२ प्रतिशतको लगानी प्रतिफल (रिटर्न अन इक्विटी अर्थात् आरओई) लाई नै उच्च र लुट हो भने न्यायोचित कति ? अर्थतन्त्रका अन्य क्षेत्रको आरओई कति ? अझ जोखिमरहित मुद्दती निक्षेपमा नै १२ प्रतिशत बढी ब्याज (प्रतिफल) पाइरहेको अवस्थामा उच्च जोखिमसहित बैंकिङ व्यवसाय सञ्चालनबाट जोखिमरहित लगानीको भन्दा कममा व्यावसायिक निरन्तरता कति सम्भव ? अनेक प्रश्न उब्जिनु स्वाभाविक हुनेछ ।

आ.व. २०७९–८० को पहिलो त्रैमासमा बैंकको पुँजीगत लगानी, नाफा, इम्पेरिमेन्ट र नियामकीय व्यवस्था (रु अर्बमा)

बैक
चुक्ता पुँजी
शेयरधनीको कुल इक्विटी
खुद ब्याज आय
खुद नाफा
इम्पेरिमेन्ट चार्जेज/(रिभर्सल)
खुद नियामकीय व्यवस्था
कृषि विकास
१३.१९
३४.११
.८४
.२२
.७८
.८४

बैंक अफ काठमान्डू
१०.६२
१८.५७
.२३
.२८
.३९
.४०

सिभिल
.०८
१२.४३
.१५
.४२
.१४
.५१

सेञ्चुरी
.५५
१२.४७
.०८
.३२
.२३
.६२

सिटिजन्स
१४.२०
२०.८५
.४६
.५०
.१९
.४१

एभरेष्ट
.४७
२३.४१
.८९
.८६
.१२
.०२

ग्लोबल आइएमई
२३.८०
३८.८५
.२०
.१९
.७३
.५४

हिमालयन
१२.९७
२२.७२
.८१
.५३
.६६
.७४

कुमारी
१४.७१
२१.९७
.९७
.००
(.०७)
.४७

लक्ष्मी
११.५५
१७.४१
.५१
.५०
.४४
.२३

माछापुच्छ्रे
१०.२६
१५.३७
.४७
.४५
.२९
.१४

मेगा
१६.१२
२२.८७
.८०
.५१
.५०
.२४

नविल
२२.८३
५३.२६
.६८
.५७
.९९
(.७३)

नेपाल
१४.४१
३६.०९
.९१
.६०
.२१
.०३

एनसिसि
११.१४
१६.५९
.१३
.५२
.०६
.५२

नेपाल इन्भेष्टमेन्ट
१८.३१
३५.२१
.१३
.१४
.२८
.१२

एनआईसी एसिया
११.५६
२६.७९
.४१
.७६
(.१३)
.७०

एनएमबी
१८.३७
२७.८४
.०५
.९०
.४३
.४९

प्राइम कमर्सियल
१८.६६
२८.४४
.८९
.८७
.३९
.०१

प्रभु
१२.७१
२०.६२
.९७
.७१
.२४
.२४

सानिमा
११.३३
१७.४०
.६०
.५५
.४८
.२७

नेपाल एसबिआई
.८३
१७.६५
.३०
.६३
.०९
.२३

सिद्धार्थ
१२.५२
२२.१९
.१३
.५०
.८९
.३९

स्ट्याण्डर्डचार्टड
.४३
१८.९८
.४१
.
.११
.१६

सनराइज
१०.१२
१६.६६
.४४
.१७
.७०
.२३

राष्ट्रिय बाणिज्य
१४.९४
३४.७३
.१८
.२५
.३२
.६५

कुल
३५१.६६
६३३.४९
४९.६२
१८.७६
.४७
१०.४४
औसत
१३.५३
२४.३६
.९१
.७२
.३६
.४०
नोट : सम्बन्धित बैंकहरूको प्रकाशित वित्तीय विवरण

वार्षिक रूपमा तुलना गर्दासमेत बैंकहरूको बढेको पुँजीगत लगानी ५६७.५ अर्बबाट करिब ११.६१ प्रतिशतले बढेर ६३३.४९ अर्ब रुपैयाँ पुग्दा खुद नाफा मुस्किलले ३.५ प्रतिशतले बढेको छ । सम्भावित नोक्सानीबापतको व्यवस्था (इम्पेरिमेन्ट चार्ज–रिभर्सल) करिब २ सय ५ प्रतिशतले बढेर ९.४७ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । यसमा परिवर्तित जोखिमभारको केही योगदान रहे तापनि विभिन्न बहाना र दबाबमा नतिरिएको कर्जाले थपिएको रकम पनि उल्लेख्य रहेको बुझ्न सकिन्छ । यस्तै असुल हुनुपर्ने ब्याजबापतको नियामकीय व्यवस्थामा बैंकहरूले पहिलो त्रैमासमा १०.४४ अर्ब रुपैयाँ छुट्ट्याउन बाध्य भए, जुन गत वर्ष ५.६४ अर्ब रुपैयाँमात्र थियो । कृषि विकास, बीओके, सिभिल, सेञ्चुरी, हिमालयन, प्राइम, सनराइज र नेपाल बैंकको खुद नाफाभन्दा नउठेको ब्याज बढी देखिन्छ । यसले ऋणीहरूले ब्याजदरको विषयमा आरोप र विरोध मात्र होइन, नियमित तिर्नुपर्ने सावाँ र ब्याजसमेत भुक्तानी नभएको देखिन्छ ।

ब्याजदर

बैंकहरूले पैसाको माग र आपूर्ति तथा समयानुसार निक्षेपमा दिने ब्याजदरमा परिवर्तन गर्दै जाँदा आधारदर र सोहीअनुसार स्वाभाविक रूपमा कर्जाको ब्याजदर पनि बढ्दै गएको यथार्थ हो । कतिपय प्रकारका कर्जामा नियामकीय निर्देशन र जोखिमभारका आधारमा थप प्रिमियम बढेको पक्षलाई नकार्न सकिन्न ।

नेपाल राष्ट्र बैंकबाट चालू आर्थिक वर्षको पहिलो समीक्षामा अल्पकालीन र दीर्घकालीन ब्याजदर बढेको उल्लेख गर्दै अन्तरबैंक ब्याजदर ८.५१, ९१ दिने ट्रेजरी बिल्सको भारित औसत ब्याजदर ४.८६ बाट बढेर १०.१४, निक्षेपको भारित औसत ब्याजदर ५.४३ बाट ८.१६ प्रतिशत पुग्दा बैंकहरूको आधार दर ७.५७ बाट १०.३४ प्रतिशत पुगेको जनाएको छ, जसको प्रभावस्वरूप कर्जाको भारित औसत ब्याजदरसमेत ८.६९ बाट बढेर १२.१९ प्रतिशत पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाको आधारदर र ऋणीसँगको सम्झौता अनि कर्जाको प्रकृतिका आधारमा ऋणीले पक्कै १२–१३ प्रतिशतभन्दा बढी ब्याज तिर्नुपर्ने अवस्था देखिएकै हो । तर ऋणीले पनि के बुझिदिनुपर्छ भने बैंकहरूले निक्षेपकर्तासँग किनेको पैसा केही लागत र नाफा जोडेर ऋणीलाई कर्जाको रूपमा उपलब्ध गराउने हो, जसरी वस्तु तथा सेवाका व्यापारीले खरिद मूल्य वा सेवाको लागतमा नाफा जोडेर मूल्य निर्धारण गर्छन्, त्यसैगरी बैंकहरूले आधारदरमा प्रिमियम जोडर ब्याजदर निर्धारण गर्छन्, जसमा नियामकीय निर्देशन र अप्रत्यक्ष नियन्त्रणसमेत रहन्छ ।

मौद्रिक नीतिको समीक्षामार्फत केन्द्रीय बैंकले ब्याजदर नीति परिमार्जन गर्दै ‘तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गरिने’ जनाएको छ । सोही नीतिलाई सघाउन ‘वाणिज्य बैंकहरूको औसत ब्याजदर अन्तर ४.४ बाट ४ प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ बाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तै बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ भने प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमनसमेत गर्नेछ ।

मौद्रिक नीतिको समीक्षाबाट कर्जाको ब्याजदर एकल बिन्दुमा आउनुपर्ने ऋणीहरूको माग सम्बोधन नभए तापनि ब्याजदर वृद्धिमा नियन्त्रणको प्रयास केन्द्रीय बैंकबाट भएको छ, जसले कर्जाको ब्याजदरसम्बन्धी गुनासोको यथोचित सम्बोधन हुँदै गर्दा विद्यमान मुद्रास्फीति दर ८.५ प्रतिशतको तुलनामा अझै पनि ०.३४ प्रतिशत कम ब्याजदरका कारण बैंकमा पैसा राखेर वास्तविक सम्पत्ति गुमाउन बाध्य निक्षेपकर्ताको सम्बन्धमा कसैको ध्यान पुगेको देखिन्न । पैसाको माग र आपूर्तिभन्दा दबाब र स्वार्थमा ब्याजदर निर्धारण हुँदै जाँदा पुनः बचत निरुत्साहन भई पैसाको हाहाकार सिर्जना नहोस् भन्नेमा ध्यान जानैपर्छ ।

आरोप र यथार्थता

उल्लिखित तथ्यांक र चर्चाले बैंकिङ क्षेत्रप्रतिको आरोप निकै सतही र बिनाआधारको देखाउँछ । लागतका आधारमा बढेको पैसाको मूल्य बजार संयन्त्र अर्थात् माग–आपूर्तिभन्दा आन्दोलन र दबाबमा नियन्त्रण गर्ने प्रयासको साइड इफेक्ट भविष्यमा समग्र अर्थतन्त्रले चुकाउन नपर्ला भन्न सकिन्न । पक्कै कोभिडबाट तङ्ग्रिँदै गरेको अर्थतन्त्रमा रसिया–युक्रेन युद्धको प्रभावले बढाएको मुद्रास्फीति समेतका कारण पैसाको माग–आपूर्ति र मूल्य दबाबले सबैलाई असहज बनाएको छ ।

आपसमा लडेर ऋणीको ब्याजदर सस्तो र बैंकको ऋण उठ्दैन, बरु आपसी विश्वास राख्दै सहकार्य गरेमा बिस्तारै ब्याजदरसँगै अर्थतन्त्रका समस्या समाधान हुनेछन् । निजी क्षेत्र वा नियामकसमेतले अर्थतन्त्रको पारदर्शी संस्थालाई अनावश्यक आक्षेपसहित कमजोर बनाउनुभन्दा विद्यमान यथार्थतालाई स्विकार्दै आफ्नो व्यवसाय, बैंक र अर्थतन्त्र बचाउन सहकार्य गर्नु सबैको हितमा हुनेछ ।

काराेवार दैनिकमा २०७९ मंसिर १६ गते प्रकाशित, बैंक व्यापार : आरोप र यथार्थ « (karobardaily.com)

Monday, October 24, 2022

बैकहरूकाे २०७९-८० काे पहिलाे त्रैमासिक वितिय विवरणहरू (Bank Q17980 Reports)

विभिन्न संचारमाध्यमबाट संकलित बैकहरूकाे अाव २०७९–८० काे पहिलाे त्रैमासकाे अन्तिम लेखापरिक्षण नभएका प्रारिम्भक वितिय विवरणहरू । लेखापरिक्षण र नियामकीय व्यवस्था र स्वीकृति हुँदा प्रकाशित विवरणका अंकहरू परिवर्तन हुनसक्नेछन्, त्यसैले वार्षिक मुनाफा, वितरणयाेग्य मुनाफा, संचित मुनाफा हेर्दै लगानी व्यवस्थापन र निर्णय गर्दा विगत र सम्भावित अवस्थालाई विशेष ध्यान दिनु र सजग हुनैपर्छ । 

प्रथम त्रैमास २०७९–८० मा बैकहरूकाे विस्तृत मुख्य सूचकहरूकाे तुलनात्मक अवस्था
Anyone required PDF version click HERE

प्रथम त्रैमास २०७९–८० मा पहिलाे, अन्तिम र इन्डष्ट्रि अाैसत

प्रथम त्रैमास २०७९–८० मा बैकहरूकाे मुख्य सूचकहरूकाे तुलनात्मक अवस्था

These datas has been tabulated and organized with generous support from Dipak Dahal. Everybody should be thankful to him.
WARNING: I will not be responsible for any loss incurred if/any from the decision with above data though efforts have made for data accuracy.





























साथी दिपक दाहालबाट तयार संक्षिप्त वित्तिय विवरण

Sunday, October 9, 2022

धितोपत्र लगानी र निक्षेपमा चक्रवृद्धि प्रतिफल


पैसाको लेनदेनमा विगतदेखि नै समाजमा प्रचलित सावाँको ब्याज र ब्याजको स्याज अर्थात् ब्याजको पनि ब्याज नै चक्रवृद्धि ब्याज हो । मूलधन बारम्बार बढ्दै जाने, ब्याजमाथिको ब्याजले धनमा वृद्धि अर्थात् ब्याजको पुँजीकरणलाई चक्रवृद्धि धनवृद्धिका रूपमा बुझिन्छ । सायद सावाँसँगै ब्याज जोडिँदा छिटो र बढी कमाउने भएरै ‘सावाँभन्दा ब्याज प्यारो’ उखान प्रचलित छ ।

निक्षेपमा ब्याज पुँजीकृत (कम्पाउन्डिङ) मार्फत अनि लगानीमा लाभांशको पुन: लगानी (डिभिडेन्ड रिइन्भेस्टमेन्ट) प्रक्रियाबाट चक्रीय प्रतिफल (कम्पाउन्डिङ रिटर्न) को अपेक्षा गरिन्छ । निक्षेप कम्पाउन्डिङ बैंक तथा वित्तीय संस्थाको नियम र निक्षेपको प्रकृति, निक्षेप गर्दाको सर्तमा निर्भर हुन्छ । कम्पाउन्डिङ हुने निक्षेपमा तोकिएको रकम तोकिएको अवधिपछि एकमुस्ट भुक्तान गरेजसरी लगानीमा भने स्वत: कम्पाउन्डिङ र सुनिश्चित प्रतिफल हुँदैन । कम्पनीबाटै सेयर लाभांश (बोनस सेयर) मार्फत लाभांश पुँजीकरणमा बाहेक लगानीमा चक्रीय प्रतिफल खोज्नेले नै लाभांश पुन:लगानी गर्दै थप सेयर वा म्युचुअल फन्डका एकाइ वा डिबेन्चर खरिद गरिरहनुपर्ने हुन्छ ।

निक्षेप कम्पाउन्डिङ

बैंक तथा वित्तीय संस्थाको बचत निक्षेपमा सामान्यत: दैनिक ब्याज गणना गरिए तापनि तीन–तीन महिनामा ब्याज भुक्तानी हुन्छ । अर्थात् दैनिक खातामा रहेको रकमको ब्याज गणना गरिए तापनि त्यसलाई सावाँमा जोडेर अर्को अवधिको ब्याज गणना सामान्यत: प्रत्येक त्रैमासपछि गरिन्छ । बचत निक्षेपमा ब्याज निश्चित अवधिमा स्वत: पुँजीकृत भए तापनि परिवर्तनशील ब्याजदरले प्रतिफल वा चक्रीय दर अनिश्चित हुन्छ । मुद्दती निक्षेपको हकमा निक्षेप राख्दा निर्धारित ब्याजदर पूरै निक्षेप अवधिका लागि निश्चित हुन्छ र उक्त निक्षेपमा पाकेको ब्याज सामान्यत: सम्बन्धित व्यक्ति वा निकायको तोकिएको खातामा भुक्तानी हुन्छ अर्थात् चक्रीय प्रणालीमा जाँदैन । तर हालै बैंक तथा वित्तीय संस्थाहरूले मुद्दतीको ब्याज नियमित भुक्तानी नगरी कम्पाउन्डिङ गर्दै सावाँ र ब्याज एकैपटक भुक्तानी गर्ने विभिन्न निक्षेप योजना (स्किम) सञ्चालनमा ल्याएका छन् । सामान्यत: प्रचलित ब्याजदर आसपासकै दरमा मासिक, त्रैमासिक वा वार्षिक रूपमा ब्याज गणना र कम्पाउन्डिङ गरिएका योजनामा सावाँ र ब्याजको भुक्तानी तोकिएको अवधिपछि एकमुस्ट गर्ने प्रतिबद्धता हुन्छ । हाल सञ्चालित योजनामा ब्याजदर स्पष्ट नखुलाइए पनि निश्चित अवधिपछि एकमुस्ट सावाँ र ब्याज भुक्तानीले निश्चित दर र विधिमा ब्याज कम्पान्डिङ गरिएको बुझ्न सकिन्छ ।

हुन त विगतमा पनि बचत र मुद्दतीको ब्याज कम्पाउन्डिङ गर्ने चलन थियो । कतिपयले त दैनिक कम्पाउन्डिङ र पाँच वर्षमै निक्षेपको दुई गुना भुक्तानी पनि दिए, जुन समयमा केही बैंक तथा वित्तीय संस्थाले आफ्नै नियमानुसार तीन, छ वा बाह्र महिनामा ब्याज गणना र कम्पाउन्डिङ गर्थे । हालको जस्तो बैंकहरूले कम्पाउन्डिङ दरमा दीर्घकालीन निक्षेप लिने प्रचलन सायदै थियो ।

कतिपयलाई निक्षेपको ११–१२ प्रतिशत ब्याजदर र कम्पाउन्डिङ प्रतिफल न्यून लाग्दा प्रणालीले स्वचालित रूपमा गर्ने कम्पाउन्डिङ सामान्यत: व्यक्तिले गर्नेभन्दा सहज र बढी प्रतिफलको सम्भावना रहने बिर्सनु हुन्न । जस्तै, बैंकले करिब ६५ महिनामा सावाँको दुई गुना भुक्तानी दिँदा व्यक्तिले १३–१४ प्रतिशत दरले ब्याज पाउँदा पनि ६५ महिनामा नै रकम दुई गुना गर्ने सम्भावना कम हुन सक्छ । प्राप्त ब्याज तोकिएको खातामा आएपछि बल्ल अर्को निक्षेप गर्न सकिने; कतिपय अवस्थामा तत्काल प्राप्त ब्याज रकमलाई निक्षेप सम्भव नहुने वा नसकिने; विगतको भन्दा ब्याजदर निकै घटेको हुन सक्ने जस्ता अनेक कारणले कम्पाउन्डिङ सहज हुन्न ।

थप, निक्षेप कम्पाउन्डिङ दर गणनाकाे नमुना
नाेटः तालिकामा केवल शैक्षिक प्रयाेजनका लागि अनुमानित तथ्यांकका लागि तयार गरिएकाे हाे । करिव १३% ब्याजदरलाइ अाधार बनाएर गणना गरिएकाे । कम्पाउन्डिङ मासिक, त्रैमासिक वा वार्षिकबाट वास्तविक प्रतिफल र कम्पाउन्डिङ दर केहि फरक पनि हुनसक्ने छ ।

धितोपत्र लगानी र कम्पाउन्डिङ

विभिन्न धितोपत्रमध्ये सेयरमा लगानीको मूल उद्देश्य पुँजीगत लाभ र तरलतासँगै लाभांशको पुन:लगानीबाट सिर्जना हुन सक्ने ‘कम्पाउन्डिङ रिटर्न’लाई मानिन्छ । हुन त सेयरमा लगानीमा कम्पाउन्डिङ त के, कुनै पनि प्रतिफल सुनिश्चित हुन्न, तैपनि लगानीकर्ताहरू ‘कम्पाउन्डिङ रिटर्न’कै आसमा जोखिम लिन तयार हुने मान्यता छ । नेपाली लगानीकर्तासँगै नियामक र राज्यको बुझाइमा कम्पनीको व्यवसाय विस्तार, प्रतिस्पर्धात्मक र जोखिमवहन क्षमताका लागि पुँजीगत क्षमता पनि बढ्नुपर्छ, त्यो भनेको चुक्ता पुँजीमा वृद्धि हो । त्यसैले मुनाफा सेयरधनीलाई वितरण नगरी सेयर लाभांशमार्फत चुक्तापुँजीमा परिणत (क्यापिटलाइज) गर्नुपर्ने मान्यता राख्छन् । यसबाट तत्काल नगद भुक्तान गर्नुपर्दैन र चुक्ता पुँजीसँगै केही व्यावसायिक क्षमता पनि बढ्न सक्छ, सँगसँगै कम्पाउन्डिङ लाभांशको दबाब बढ्नेमा कम्पनीको समेत ध्यान गएको देखिन्न । लगानीकर्ताहरूले पनि सेयर लाभांशबाट सेयर कित्ता चक्रीय दरमा बढ्दै गर्दा मूल्य समायोजन, बढ्दो कित्तासँगै घट्न सक्ने आधारभूत सूचक, बढ्दो आपूर्तिको मूल्य दबाबजस्ता कारण वास्तविक प्रतिफल वा सेयर सम्पत्ति भने लाभांशकै दरमा कम्पाउन्डिङ नहुने बिर्सिन्छन् । त्यसैले विदेशीमा सेयर लाभांश मन नपराइने मात्र होइन, लाभांश पुन:लगानीका लागि नियामकले पूर्वसर्तसमेत तोकेको सुनिन्छ ।

उदाहरणका लागि, आव २०७३/७४ को लाभांशको बुकक्लोज अगाडि करिब १ लाख ६४ हजार रुपैयाँको लगानीमा नविल बैंकको १ सय कित्ता सेयर किन्नेसँग चक्रीय दरमा प्राप्त सेयर लाभांशबाट हाल करिब २९०.८५ कित्ता हुन्छ, जहाँ वार्षिक करिब २३.८१ प्रतिशतको दरमा ‘कित्ता कम्पाउन्डिङ’ देखिन्छ । तर हालको बजार मूल्यमा कायम हुने करिब २ लाख २७ हजारमा हिसाब गर्दा ‘सेयर सम्पत्ति कम्पाउन्डिङ’ दर करिब ६.७५ प्रतिशत मात्रै देखिन्छ । सोही समयतिर नेपाल लाइफको १ सय कित्ता किन्नेसँग हाल करिब २ सय ६५ कित्ता हुनेछ र उसको तत्कालीन लगानी करिब २ लाख २ हजार हालको बजार मूल्यमा करिब १ लाख ५३ हजार रुपैयाँ मात्र हुन्छ । नेपाल लाइफको कित्ता वार्षिक करिब २१ प्रतिशतले कम्पाउन्डिङ हुँदा वास्तविक सेयर सम्पत्ति ५.४१ प्रतिशतको दरमा घटेको छ । कित्ता र सेयर सम्पत्तिको वृद्धिदरमा हुने फरकले गर्दा लगानीमा चक्रीय प्रतिफल गणना विवास्पद र कठिन हुन्छ । लगानीकर्ताको लागत, कम्पनीको सेयर लाभांश दर र सेयरको बजार मूल्यले वास्तविक प्रतिफल र कम्पाउन्डिङ दर प्रभावित हुन्छ ।

थप टिप्पणी, लागतका अाधारमा लगानी, लाभांस र प्रतिफल सम्बन्धी थप जानकारीका लागि १) लागतमा आधारित लगानी व्यवस्थापन, २) बैंकहरूको मुनाफा, लाभांश र प्रतिफल पढ्न सकिन्छ । 

थप, कम्पाउन्डिङ दर गणनाकाे नमुना, नविल बैक र नेपाल लाइफ
नाेटः तालिका केवल शैक्षिक प्रयाेजनका लागि अनुमानित तथ्यांकका लागि तयार गरिएकाे हाे । वास्तविक प्रतिफल र कम्पाउन्डिङ दर केहि फरक पनि हुनसक्ने छ ।

भिन्नता र ध्यान दिनुपर्ने

निश्चित दरमा ब्याज (प्रतिफल) प्राप्त हुने निक्षेप र प्रतिफलसँगै अनेक जोखिमपूर्ण अनिश्चित चरित्रको लगानी वास्तवमा तुलनायोग्य नहुन सक्छ । बचत वा मुद्दती दुवै सुनिश्चित प्रतिफल उपकरण हुन्, जसमा तोकिएको दरमा प्रतिफल सुनिश्चित हुन्छ । अर्कातिर लगानी उपकरण चाहे सेयर, म्युचुअल फन्ड वा डिबेन्चर सबैमा केही न केही जोखिम अन्तर्निहित हुन्छ र धितोपत्रको चरित्रअनुसार सुनिश्चित वा अनिश्चित प्रतिफल हुनसक्छ । त्यसैले जोखिम लिन नचाहनेका लागि निक्षेप अनि जोखिम मन पराउने र लिन सक्नेका लागि लगानी उपयुक्त मानिन्छ । उदाहरणअनुसार निक्षेप ६५ महिनामा दुई गुना सुनिश्चित हुँदा करिब पाँच वर्षमा नबिलका लगानीकर्ताको सम्पत्ति ३८ प्रतिशत (*भूलवस प्रकाशित लेखमा १३६% उल्लेख) ले बढ्दा नेपाल लाइफका लगानीकर्ताको सम्पत्ति करिब २३.५ प्रतिशतले गुमेको छ ।

निक्षेपमा कम्पाउन्डिङ प्रतिफल खोज्दै गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको आयु, साखसँगै भुक्तानी हुने अवधि र रकम, सोको आधारमा अनुमानित ब्याजदर, ब्याज कर पछि वा अघिको भुक्तानी, मुद्दती निक्षेपको धितोमा प्रवाह गर्ने कर्जा कति प्रतिशत, त्यस्तो कर्जाको ब्याजदरजस्ता पक्षहरूमा पनि ध्यान दिनुपर्छ । निश्चित अवधिमा २ देखि १०–१५ गुना रकम भुक्तानीको प्रतिबद्धता गरे पनि ब्याजदर नखुलाउँदा उक्त निक्षेप धितो कर्जामा महँगो ब्याजदरको जोखिम रहन्छ । यस्तै १३ प्रतिशतकै ब्याजदरमा निक्षेप दुई गुना हुन ‘त्रैमासिक कम्पाउन्डिङ’ हुँदा ६५ महिना, ‘मासिक कम्पाउन्डिङ’ भए ६४ महिना ११ दिन अनि वार्षिक कम्पाउन्डिङ हुँदा ६८ महिना लाग्ने बिर्सनु हुन्न । एकै अवधिमा दुई गुनाको निक्षेपमा पनि ‘ब्याजकरसहित’को बैंकबाट पाकेको ब्याजमा ब्याजकर कट्टी भई खुद १ लाख ९५ हजार रुपैयाँ र ‘ब्याजकरपछि’ दिने बैंकबाट भने खुद २ लाख नै पाइन्छ ।

लगानीमा प्रतिफलको अनिश्चित हुनेमा सचेत रहँदै बजारमा उपलब्ध उपकरण, कम्पनी र व्यावसायिक अवस्था, मुनाफा, सुशासन, व्यवस्थापन र सञ्चालक, नियामकीय व्यवस्था, लाभांश परम्परा, सेक्टरको अध्ययनसँगै लगानी रकमको स्रोत, जोखिमवहन र व्यवस्थापन क्षमतालाई विशेष ध्यान दिनुपर्छ । अझ विगतको लाभांश र पुँजीगत लाभको आधार प्रतिफल दर गणना र अनुमान गर्न सकिए पनि निक्षेपमा जस्तो सुनिश्चित नहुने उल्लिखित उदाहरणले पुष्ट्याउँछ ।

काराेवार दैनिकमा २०७९ असाेज २३ गते प्रकाशित, धितोपत्र लगानी र निक्षेपमा चक्रवृद्धि प्रतिफल « (karobardaily.com)

थप सामग्री