हामी नेपालीको एउटा परम्परा भनेको बचतको बानी पनि हो । परम्परागत रुपमै पनि भविष्यको लागि साँच्नु पर्छ भनेर खाना पकाउन चामल वा पिठो झिक्दा समेत लक्ष्मी भाग भन्दै पुनः भकारी वा भाँडोमा नै फिर्ता गर्ने चलन छ । यसले आज थोरै कम उपभोग गरेर भए पनि भोलिका लागि बचाउनु पर्दछ भन्ने व्यवहारिक शिक्षा नै बचत सिर्जना हो ।
बचत गर्नुपर्छ भन्ने हामीले आमा, हजुरआमा र पुर्खाबाट सिक्दै, सुन्दै र पढ्दै आए पनि धेरैले आम्दानी नै नभएको हुँदा बचत कसरी गर्ने भन्ने गर्छन् । हो, बचत मूलतः आम्दानी बढाएर नै गर्ने हो । तर कतिपय अवस्थामा खर्चमा कटौति बचतको राम्रो आधार हुनसक्छ । त्यसैले बचतको सिर्जना आम्दानी वृद्धिसँगै खर्चमा कटौति वा नियन्त्रणबाट गर्न सकिन्छ ।

बचतको लागत
दिनहुँ पैसाको अवमूल्यन भइरहने हाम्रोजस्तो अर्थतन्त्रमा बचत आर्थिक रुपमा त्यति लाभदायक नहोला । तर, बचत भोलिको पुँजी सिर्जना र भविष्यलाई आर्थिक जग तयार गर्ने दृष्टिकोणबाट भने पक्कै फाइदाजनक हुनेछ । यस सन्दर्भमा पैसाको मूल्य घटेर हुने अवमूल्यन बचतको लागत सम्झिन सकिन्छ ।

बचत परिचालन
बचत परिचालन भनेको बचतलाई आर्थिक उपार्जन गर्ने काममा लगाउनु हो । जसरी मानिसले निश्चित उमेर नपुगी केही गर्न सक्दैन, बचतले पनि निश्चित आकार ग्रहण नगर्दासम्म परिचालित हुन सक्दैन । त्यसमाथि पैसाको आधारभूत चरित्र नै चञ्चलता हुने र मानवीय स्वभाव, सामाजिक परिवेश र आर्थिक अवस्था समेतले गर्दा धेरैको हातमा पैसा टिक्दैन । तसर्थ, पैसा जोगाउन मात्र होइन पैसालाई सुरक्षित गर्न अनि परिचालन गर्नु निकै गाह्रो हुन्छ । अर्को शब्दमा बचत गर्नु भन्दा बचत परिचालन चुनौतिपूर्ण चातुर्यता हो । यदि बचतलाई सही तरिकाले परिचालन गर्न नसकेमा बचत अपचलन हुने वा घट्ने जोखिम पनि रहन्छ ।

बचत परिचालनका लागि सबैभन्दा पहिले लगानीयोग्य आकारमा परिवर्तन गर्नुपर्ने हुन्छ । बजारमा विभिन्न विकल्पहरुका लागि फरक फरक आकारको न्यूनतम लगानीको माग गर्दछ । जस्तो, बैंकमा बचत होस् की म्युचुअल फण्डको इकाई, शेयर, सुन, जग्गा, उद्योग, व्यवसाय सबैका लागि न्यूनतम मापदण्ड हुन्छ । त्यसैले बचतलाई लगानीयोग्य आकारमा पुर्याउन सबैभन्दा बढी मेहेनत गर्नुपर्दछ । पहिलो चरणमा खुत्रुके र सहकारीमा नियमित बचत राम्रो तरिका हुनसक्छ भने दोस्रो चरणमा बैंक तथा बित्तीय संस्थाहरुमा बचत वा नियमित बचत खातामा जम्मा गर्न सकिन्छ । यसरी जम्मा भएर लगानीका लागि आवश्यक न्यूनतम आकार ग्रहण गरेसँगै बचतलाई परिचालन गरिनुपर्दछ, अर्थात् अब बचतलाई काममा लगाउनु पर्दछ ।
कति, कसरी, कहाँ परिचालन गर्ने ? भन्ने बचतको आकार, जोखिम बहन क्षमता, विद्यमान आर्थिक परिवेश, उपलब्ध अवसर आदिमा निर्भर गर्दछ । उदाहरणका लागि मसँग ५ हजार बचत छ भने पक्कै त्यसलाई ठूलो उद्योग वा व्यवसायमा परिचालित गर्न सकिन्न, तर तिनै उद्योग वा व्यवसायका शेयर वा लगानीका उपकरणमा मेरो बचत परिचालन गर्नसक्छु ।
बचत परिचालनका जोखिम र विकल्पहरु
पक्कै पनि बचत परिचालन हुने बित्तिकै त्यसले लगानीको रुप धारण गर्दछ । लगानीले आफूसँग केही न केही जोखिम पनि सँगै ल्याउँछ । त्यही जोखिमले लगानीमा प्रतिफल सिर्जना गर्दछ, जुन धनात्मक वा ऋणात्मक हुनसक्छ । सजिलो तरिकाले बुझ्दा लगानीमा जोखिम हुन्छ र जोखिम लिँदा नाफा वा घाटा हुन्छ । त्यसैले बचतलाई परिचालन गर्दा अध्ययन, विश्लेषण र सहजता अपनाउनु पर्दछ ।

बजारमा न्यूनतम १ हजारदेखि माथिका लगानीका विकल्पहरु उपलब्ध छन् । जस्तो प्राथमिक निष्कासन वा दोस्रो बजारमा सामूूहिक लगानी कोष(म्युचुअल फण्ड), शेयर, डिबेञ्चर, ऋणपत्रको खरिद, सुन, घरजग्गा, कमोडिटी आदि ।
उपरोक्त विकल्पहरुमध्ये यहाँ धितोपत्र बजारमा उलपब्ध विकल्पहरूकाे संक्षेपमा चर्चा गरिएको छ ।
१. डिबेञ्चर वा ऋणपत्र:निश्चित अवधि र ब्याजदरसहित बजारमा उपलब्ध हुने डिबेञ्चर, ऋणपत्र वा बचतपत्र जस्ता लगानीका उपकरणहरु बचतपछि सबैभन्दा कम जोखिमपूर्ण मानिन्छ । नेपालमा बैंकहरुले डिबेञ्चर तथा सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले ऋणपत्र वा बचतपत्र जारी गर्दछन् । एक हिसाबले मुद्दति बचत जस्तै भए पनि यसमा धितोपत्र बजारमार्फत सहज खरिद बिक्रीको विशेषता समेत जोडिएको हुन्छ, तर नेपालमा त्यति धेरै कारोबार हुँदैन ।

२. सामूूहिक लगानी कोष (म्युचुअल फण्ड) : विशेषगरी सानो बचत परिचालन गर्न इच्छुक व्यक्तिहरु लक्षित सामूूहिक लगानी कोषले धेरै व्यक्तिहरुसँग रहेको ससानो बचतलाई एउटा कोषमा संकलन गर्दछ । जसलाई सामूूहिक लगानी कोष वा म्युचुअल फण्ड भनिन्छ । कोष संकलन गर्न सम्बन्धित निकायबाट स्वीकृति लिएर कोष व्यवस्थापक र संचालकले इच्छुक व्यक्तिहरुलाई सानो इकाइका रुपमा युनिटको बिक्री गर्दछ । संचालकले संकलित रकम तोकिएको उद्देश्यअनुसार विभिन्न क्षेत्रमा लगानी गरेर मुनाफा कमाउँछ, नेपालको सन्दर्भमा यस्ता कोषहरुले समेत शेयर बजारलाई लगानी परिचालनको मुख्य क्षेत्र बनाएको अवस्थामा म्युचुअल फण्डसँगै शेयरबजारको फाइदा र बेफाइदा पनि जोडिएको हुन्छ ।
विद्यमान कानुनी व्यवस्था अनुसार यस्ता इकाइहरुको अंकित मूल्य १० रुपैयाँ हुन्छ र न्यूनतम १०० युनिट खरिद गर्नुपर्ने हुन्छ । यस आधारमा म्युचुअल फण्डमा लगानी गर्न न्यूनतम १ हजार रुपैयाँ आवश्यक पर्दछ । प्राथमिक सार्वजनिक निष्कासनबाट यस्तो युनिट खरिद गर्दा तोकिएको न्यूनतम युनिटका लागि आवेदन दिनुपर्ने हुन्छ र लगानी गर्दा कोषको संचालक, अवधि, जोखिम व्यवस्थापनका उपाय, प्रक्षेपित आम्दानी आदिलाई विशेष ध्यान दिनुपर्दछ ।
हाल दोस्रो बजारमा ११ वटा यस्ता कोषका युनिटहरु सहजै किन्न पाइन्छ, जसको मूल्य करिब १० देखि २८ रुपैयाँसम्म पर्दछ । केही यही वर्ष अवधि समाप्त हुने प्रक्रियामा समेत रहेका छन्, केही अबको केही वर्षमा र केही भर्खर बजारमा आएका छन् । पुराना कोषले बजारमा लगानी गरेर सम्पत्ति जोडेको हुने हुँदा केही बढी मूल्य पर्दछ । दोस्रो बजारमा किन्दा कोषको खुद सम्पत्तिको मूल्य(नेट एसेटस् भ्यालु वा न्याभ) र बजारमा कारोवार मूल्य, सम्पतिको गुणस्तर, जस्ता पक्षलाई ध्यान दिनुपर्दछ ।
३. शेयर :आफूसँग केही बचत छ, केही बढी जोखिम लिन तयार हुनुहुन्छ, आफैं जोखिम विश्लेषण गरी लगानी व्यवस्थापन गर्न इच्छुक हुनुहुन्छ, तर ठूलो लगानी गर्न सक्नुहुन्न भने कम्पनीहरुले निश्कासन गरेको शेयरमा लगानी गर्नसक्नु हुन्छ । शेयर भनेको कुनै कम्पनीमा गरिने प्रत्यक्ष लगानी हो । यस्ता लगानीकर्तालाई शेयरधनी भनिन्छ र धेरैजना शेयरधनीहरुको लगानीका सामूूहिक संस्थागत स्वरुप नै कम्पनी हो । शेयरले लगानीकर्ता वा शेयरधनीहरुको कम्पनीमा स्वामित्वसँगै नाफा वा घाटामा कानुनी हिस्सेदारी स्थापित गर्दछ । त्यसैले शेयरमा लगानी बचत, डिबेञ्चर, ऋण/बचतपत्र, म्युचुअल फण्ड भन्दा बढी जोखिमपूर्ण मानिन्छ । यसमा लगानीकर्ताको अध्ययन, विश्लेषण, सहभागिता, सचेतता र सजगता अपरिहार्य हुन्छ ।
अहिले कम्पनीले गर्ने सार्वजनिक निष्कासनको शेयर किन्न नागरिकता, डिम्याट खाता, बैंक खाता आवश्यक पर्दछ । यस्तो शेयरहरु अंकित मूल्य सामान्यतः १०० रुपैयाँमा पाइन्छ र तोकिएको अवधिभित्र तोकिएको न्यूनतम किता (हाल ५० किता)का लागि तोकिएको स्थानमा आवेदन दिनुपर्दछ । मागभन्दा बढी शेयरको माग भएको अवस्थामा तोकिएको विधिबाट बाँडफाँड हुन्छ । त्यसैले आवेदक सबैले माग बमोजिमको शेयर पाउने सुनिश्चित हुँदैन ।
उपलब्ध बचत परिचालनको अर्को बाटो धितोपत्रको दोस्रोबजार हो । अरुले बेच्न खोजेको शेयर बजार मूल्य(जुन सामान्यतः अंकित मूल्यभन्दा बढी हुन्छ)मा किन्न पाइन्छ । यसका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त ५० दलाल कम्पनी वा तिनका शाखामा गएर ग्राहक खाता खोल्नुपर्दछ । कानुनतः दलाल मार्फतमात्र शेयर खरिद गर्न सकिन्छ । यसरी शेयर किन्दा कति मूल्यसम्म तिर्ने, कुन कम्पनीको किन्ने आफैले निर्णय गर्नुपर्दछ ।
त्यसका लागि कम्पनीको वित्तिय विवरण, व्यवस्थापन र संचालक, व्यवसाय, नाफाघाटाको अवस्था हेर्नुपर्दछ । दोस्रो बजारमा किन्दा अंकित मूल्यभन्दा बढी मूल्यमा किन्नुपर्ने हुँदा कम्पनीसँग प्रत्यक्ष जोडिएको नाफाघाटासँगै बजारमा शेयरको माग र आपूर्तिका आधारमा हुने मूल्य घटबढको जोखिम पनि हुन्छ ।
४. अन्य उपकरण र विकल्प: बजारमा बचत परिचालनका लागि उल्लेखित बित्तीय उपकरणहरुका अतिरिक्त सुन, घरजग्गा जस्ता विकल्पहरु उपलब्ध छन् । यसमा प्रतिफल र जोखिम भने फरक हुन्छ ।
वित्तीय उपकरणहरुमा लगानीका लागि पनि सम्बन्धित लगानीकर्ताको नाममा नै शेयरमा लगानी व्यवस्थापन गरिदिने लगानी व्यवस्थापकहरु पनि छन्, जसलाई पोर्टफोलियो म्यानेजर भनिन्छ । उनीहरुले निश्चित शुल्क लिएर तोकिएको आकारको बचतको जिम्मा लिएर लगानी व्यवस्थापन गरिदिन्छ । अवधि, विधि र मुनाफाको वितरण भने सम्झौता अनुसार फरक हुन्छ ।
(लेखक नेपाली सेयर बजारका जानकार हुन् ।)
बिजशाला अनलाइनमा ११ भदाै २०७४ (२७ अगस्त २०१७) मा प्रकाशितRead more at http://www.bizshala.com/story/%E0%A4%B8%E0%A5%87%E0%A4%AF%E0%A4%B0-22#vSDzeWSl31plXGum.99
No comments:
Post a Comment