Monday, July 29, 2024

२८ वर्षको तथ्यांक : सेयर बजारले बनाउन सक्छ नयाँ रेकर्ड !

गत वर्षदेखि नै सेयर बजारले उकालो यात्रा तय गरेको संकेत
baahrakhari.com मा सोमबार, साउन १४, २०८१ बलराम बुढाथोकीकाे लेख सन्दर्भ सामग्रीका रूपमा उपयाेगिताका लागि साभार । मूल लेख २८ वर्षको तथ्यांक : सेयर बजारले बनाउन सक्छ नयाँ रेकर्ड ! - बलराम बुढाथोकी :: Baahrakhari




काठमाडौं । सेयर विश्लेषक तथा लेखक रविन्द्र भट्टराईले ‘सेयर मन्त्र’ किताबमा लेखेका छन्, “जसले तीन वर्षदेखि पाँच वर्षसम्म सेयर होल्ड गर्छ, उसले पैसा बनाउँछ ।”

यतिमात्र हैन, उनको यो किताबको सार नै सेयर बजारमा 'अल्छी'ले पैसा कमाउँछ भन्ने हो । उनले यसबाहेक बजारमा सेयर किनेर बिर्सनुपर्ने कुरा पनि किताबमा उल्लेख गरेका छन् ।

हुन पनि उनको यो कुरा यथार्थमै सत्यनजिक देखिन्छ । तर, बजार घटेको बेला सेयर किनेर तीनदेखि पाँच वर्षसम्म ढुक्कले राख्नुपर्ने हुन्छ । आजभन्दा तीन वर्षपहिले बजार बढेर उच्च विन्दुमा पुगेको थियो । यो चक्र लामो थिएन । बजारमा घटबढ भइरहेको भए पनि एक दुई वर्षको अवधिमा बजार उकालो वा ओरालो कुन गतिमा जान्छ भनेर लक्षण पनि देखाएको हुन्छ ।

यसअघिकै 'बुल'को कुरा गर्ने हो भने बजार २०७७ साउनदेखि नै उकालो लाग्न थालेको थियो । त्यसपछि बजारमा उतारचढावसँगै २०७८ भदौमा नयाँ रेकर्ड बनाउन सफल भयो । भदौमा नयाँ उच्च विन्दु कायम गरेको बजार लगातार दुई वर्ष न्यून विन्दुमा झर्‍यो । १८ सयको विन्दुसम्म झरेको बजार २२ सय विन्दु पार गरेर पुन: १८ सयमै फर्किएको थियो ।

अहिले भने सेयर बजारका लगानीकर्ताहरू उत्साहित देखिएका छन् । गत वर्षको मंसिरदेखि नै बजारले उकालो यात्रा देखाएको भए पनि अबको उच्च विन्दु कहाँ गएर बन्ने हो र कहिले बन्ने हो भन्ने कसैलाई थाहा छैन । तर, बजार गत वर्षको मंसिरदेखि नै उकालो लागेको तथ्यांकले देखाउँछ ।

नेपाल राष्ट्र बैंक र नेप्सेले राखेको २८ वर्षको तथ्यांक हेर्दा बजार अहिले उकालो यात्रामा नै देखिएको छ । बजारको २८ वर्षको तथ्यांकअनुसार बजार प्रत्येक दुईदेखि तीन वर्षको अवधिमा घट्ने र बढ्ने गरेको पाइएको छ । कतिपय अवस्थामा त बजार पाँच वर्षसम्म घट्ने र पाँच वर्षसम्म बढ्ने गरेको पनि देखिएको छ । प्रत्येक वर्षजसो थोरै थोरै उकालो लागेर बजारले नयाँ उचाइ बनाएर पुनः दुईदेखि पाँच वर्षसम्म न्यून विन्दुको गतिमा लाग्ने देखिन्छ ।

आर्थिक वर्ष २०५३/५४ देखि २०८०/८१ सम्म बजारको उतारचढाव हेर्दा पनि बजार अहिले बढ्दो ट्रेन्डमा देखिन्छ । बजारले कुल बेला हालसम्मको ३२ सयको विन्दु तोड्ने हो त्यो भने भन्न नसक्ने स्थिति छ । बजारको विगतको ट्रेन्ड हेर्दा पनि अबका केही वर्ष बजार उकालो लाग्ने देखिन्छ ।

अहिलेको बजारको कारोबार रकम र दैनिक बजारको बढाइले पनि बजार उकालो लागेको संकेत गर्छ । यसअघि बजार २०७८/७९ मा हालसम्मकै उच्च विन्दु ३१९९ विन्दुमा पुगेको थियो । सोही वर्ष हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको थियो । सो वर्षको रेकर्ड तोड्न भने बजार निरन्तर बढेर कारोबार रकम पनि बढ्नुपर्ने देखिन्छ । यसअघिको रेकर्ड बनाउन बजार ११ सयको विन्दुबाट उकालो लागेको थियो । ११ सयबाट उकालो लागेको बजारलाई ३२ सयको नयाँ रेकर्ड बनाउन करिब दुई वर्ष लागेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा बजार उच्च विन्दुमा पुगेर १,८१५.१३८४ विन्दुसम्म झर्‍यो । त्यसपछि भने बजरको उच्च विन्दु भनेको चालु आर्थिक वर्षको साउन १३ गते कायम भएको छ । बजार १८ सयको विन्दुबाट बढेर २,६८१.५६ विन्दुमा पुगेको छ । अहिले पनि बजार १८ सय विन्दुबाट उकालो गतिमा लागेको छ ।


तर, यो आर्थिक वर्ष २०८१/८२ को सुरुवाती महिना भएकाले बाँकी महिना बजारको गति हेर्न बाँकी छ । विगतका वर्ष हेर्दा यो वर्ष वा अर्काे वर्ष बजारले नयाँ रेकर्ड बनाउन सक्ने सम्भावना उच्च छ ।

बजारले २९ सयको विन्दु पार गर्न सफल भयो भने त्यसपछि ३२ सयको विन्दु पार गर्न धेरै समय नलाग्ने विश्लेषकको टिप्पणी देखिन्छ । आइतबारमात्र बजार २७ सय विन्दु पार गरेर फर्किएको छ । बजारमा कारोबारीहरू केही समय टिकेर बस्न सके भने बजारले नयाँ विन्दु कायम गर्न यही भदौमा पनि सक्छ । तर, बजारबाट कारोबारीहरू बाहिरिए भने बजारले कायम गर्ने उच्च विन्दु आगामी वर्षका लागि कुर्नुपर्ने ती विश्लेषकको दाबी छ ।

पछिल्लो २८ वर्षमा कुन वर्ष बुलिस, कुन वर्ष बियरिस ?

तथ्यांक हेर्दा आर्थिक वर्ष २०५२/५३ र २०५३/५४ मा बजार करिब करिब एउटै विन्दुमा रहेको देखिन्छ । त्यसपछिका तीन आर्थिक वर्ष २०५५/५६, २०५६/५७ र २०५७/५८ मा बजार बुलिसमा थियो । यो समय बजार १६३ देखि बढेर ६६० विन्दुमा पुगेको थियो । त्यसपछि बजार तीन आर्थिक वर्ष लगातार घट्यो । यो नेप्सेको तथ्यांकअनुसार बजार २०६०/६१ मा १९५ विन्दुसम्म झर्‍यो । त्यसपछिका पाँच वर्ष २०६५/६६ सम्म बजार उकालो गतिमा लाग्यो । आर्थिक वर्ष २०६५/६६ मा बजार ११७५ विन्दुसम्म पुग्यो । त्यसपछि पुनः बजार तीन वर्ष घट्यो र २९२ विन्दुसम्म झर्‍यो । बजार २९२ विन्दुमा आर्थिक वर्ष २०६७/६८ मा झरेको थियो ।

२९२ विन्दुबाट बजार लगातार ६ वर्ष बढेर आर्थिक वर्ष २०७३/७४ मा १८८१ विन्दु पार गर्‍यो । त्यसपछि बजार पुनः दुई वर्ष घट्यो र आर्थिक वर्ष २०७५/७६ मा ११ विन्दुमा झर्‍यो । त्यसपछि बजार बढेर आर्थिक वर्ष २०७८/७९ मा बजारले नयाँ विन्दु कायम गर्‍यो । यो हालसम्मकै उच्च विन्दु ३१९९ विन्दु थियो ।


त्यसपछि भने बजार दुई वर्ष लगातार घटिसकेको छ । आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा बजार न्यून विन्दुमा आएर बसेको छ । बजार गत वर्षको न्यून विन्दु १,८१८ बाट फर्किएर नयाँ विन्दु कायम गर्न लम्किएको देखिन्छ ।

तर, बजारमा लगानी गर्दा आधारभूत कुरालाई ध्यानम राखेर लगानी गर्नुपर्ने विज्ञले सुझाव दिएका छन् । यसको अर्थ बढेको समयमा बजारमा लगानी गरेरभन्दा गएका वर्षहरूको न्यून विन्दुमा खरिद गरिएका सेयरहरूबाट लगानीकर्ताले मनग्य आम्दानी गर्न सक्ने सम्भावना देखिन्छ ।

Wednesday, July 17, 2024

सेयर कारोबारको पुँजीगत लाभकर दोब्बर, १ वर्षमै राज्यले पायो साढे ५ अर्ब रूपैयाँ

clickmandu.com अनलाइन पाेर्टलमा १ श्रावण २०८१, मंगलवार १८:१९ प्रकाशित साेभित थपलियाकाे लेख सन्दर्भ सामग्रीकाे रूपमा यहाँ साभार गरि राखिएकाे हाे । यसकाे स्वामित्व सम्बन्धित लेखक र अनलाइनमा नै रहनेछ । सेयर कारोबारको पुँजीगत लाभकर दोब्बर, १ वर्षमै राज्यले पायो साढे ५ अर्ब रूपैयाँ - Clickmandu

काठमाडौं । सेयर बजारमा लगातार उतार चढाव भएतापनि कारोबार रकम बढेका कारण सरकारले गत आर्थिक वर्षमा अघिल्लो आवभन्दा करिब दोब्बर पुँजीगत लाभकर पाएको छ । गत आर्थिक वर्षमा सरकारले सेयर कारोबारबाट ५ अर्ब ५० करोड ७७ लाख २५६ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८५.४० प्रतिशतले बढी हो । अघिल्लो आवमा सरकारले सेयर बजारबाट २ अर्ब ९७ करोड ५ लाख ८९ हजार ३७ रुपैयाँ मात्र पाएको थियो ।

एक वर्षको अवधीमा सेयर बजारमा कारोबार रकममा आएको सुधारको प्रभाव पुँजीगत लाभकरमा देखिएको हो । सिडिएससीका अनुसार बजारमा देखिएको उतार चढाबका बिच राज्यले सेयर बजारबाट ५ अर्ब ५० करोड ७७ लाख २५६ रुपैयाँ आम्दानी गरेको छ ।

सेयर बजारमा कारोबार रकम बढ्दा राज्यले बढी पुँजीगत लाभकर पाउने गर्छ ।

गएको साउनमा लगानीकर्ताले ४० करोड ८ लाख ९१ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । दीर्घकालीन लगानीकर्ताले १० करोड १५ लाख ८५ हजार ४५६ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले २२ करोड ४७ लाख १२ हजार २६७ रुपैयाँ र संस्थागत लगानीकर्ताले ७ करोड ४५ लाख ९४ हजार ६२ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

यस्तै, भदौमा १४ करोड ६९ हजार २४३ रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । जसमा व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले ५ करोड ६७ लाख ६२ हजार ८७४ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ७ करोड ६६ लाख ५ हजार ४६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६७ लाख ९०१रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

असोज महिनामा लगानीकर्ताले कुल २१ करोड ९५ लाख ७९ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । जसमध्ये व्यक्तिगत दीर्घकालीन लगानीकर्ताले ५ करोड ५१ लाख ६० हजार ३३ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १४ करोड ९८ लाख ३३ हजार ९३२ रुपैयाँ, संस्थागत लगानीकर्ताले १ करोड ४५ लाख ८५ हजार ४६० रुपैया पुँजीगत लाभकर तिरेका हुन् ।

महिना

व्यक्तिगत दीर्घकालिन

व्यक्तिगत अल्पकालिन

संस्थागत

कुल

साउन

१०१५८५४५६.९८

२२४७१२२६७.१७

७४५९४०६२.४१

४००८९१७८६.५६

भदौ

५६७६२८७४.०३

७६६०५४६७.४२

६७००९०१.६०

१४००६९२४३.०५

असोज

५५१६००३३.३५

१४९८३३९२.५१

१४५८५४६०.५७

२१९५७९४२६.४३

कातिक

२६९१८६२३.७६

४६०४१८२४.६६

१११९४११७.८१

८४१५४५६६.२२

मंसिर

९२४३१५८९.२९

१४१४६४१२१.०३

७१४२९०७२.९१

३०५३२४७८३.२२

पुस

१७२८९९८३५.२५

५२४४७२१८७.७५

४६५४१२०६.९६

७४३९१३२२९.९६

माघ

१६३१५७७०८.०९

७४१३८७५२९.६५

६७४५८५३५.९१

९७२००३७७३.६४

फागुन

११६८१२२६०.५३

२५१०७९४५२.०२

७३०३०३७१.०९

४४०९२२०८३.६३

चैत

१११३५४२२८.७०

२८३७३२०१६.३०

८८३५३३३०.३९

४८३४३९५७५.३९

बैशाख

११४३७१२३६.६४

१८४३६१९६६.९१

६४००९७२४.७१

३६२७४२९२८.२६

जेठ

२३३७४८९०४.७८

३८५५९८२३९.८५

८४९०४९००.७७

७०४२५२०४५.३९

असार

१८०९४४९८२.३०

३३१३२५९६७.९६

१३८१३५८६९.३२

६५०४०६८१९.५८

कुल

१४२६१४७७३३.७०

३३४०६१४९७३.२३

७४०९३७५५४.४५

५५०७७००२६१.३८

लाभकर ५.५ अर्बमा याेगदानः
संस्थागत लगानीकर्ताले १३.४५%
व्यक्तिगत दीर्घकालीनले २५.८९%
व्यक्तिगत अल्पकालीनले ६०.६५%


कात्तिक महिनामा ८ करोड ४१ लाख ५४ हजार रुपैयाँ मात्रै पुँजीगत लाभकर उठेको छ । जसमा दीर्घकालीन लगानीकर्ताले २ करोड ६९ लाख १८ हजार ६२३ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ४ करोड ६० लाख ४१ हजार ८२४ रुपैयाँ, संस्थागत लगानीकर्ताले १ करोड ११ लाख ९४ हजार ११७ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

लगानीकर्ताले मंसिर महिनामा ३० करोड ५३ लाख २४ हजार रुपैयाँ लाभकर तिरेका छन् । दीर्घकालीन लगानीकर्तातर्फ ९ करोड २४ लाख ३१ हजार ५८९ रुपैयाँ, अल्पकालीन लगानीकर्तातर्फ १४ करोड १४ लाख ६४ हजार १२१ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड १४ लाख २९ हजार ७२ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

यस्तै पुस महिनामा लगानीकर्ताले ७४ करोड ३९ लाख १३ हजार रुपैयाँ पुँजीगत लाभकर तिरेका छन् । जसमध्ये दीर्घकालीन लगानीकर्ताले १७ करोड २८ लाख ९९ हजार ८३५ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ५२ करोड ४४ लाख ७२ हजार १८७ रुपैयाँ, संस्थागत लगानीकर्ताले ४ करोड ६५ लाख ४१ हजार २०६ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

राज्यले सबैभन्दा बढी पुँजीगत लाभकर माघ महिनामा पाएको छ । माघमा ९७ करोड २० लाख ३ हजार रुपैयाँ पुँजीगत लाभकर सरकारले उठाएको छ । राज्यलाई माघमा दीर्घकालीन लगानीकर्ताले १६ करोड ३१ लाख ५७ हजार ७०८ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ७४ करोड १३ लाख ८७ हजार ५२९ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६ करोड ७४ लाख ५८ हजार ५३५ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

यसैगरि, फागुनमा ४४ करोड ९ लाख २२ हजार पुँजीगत लाभकर उठेको छ । दीर्घकालीन लगानीकर्ताले ११ करोड ६८ लाख १२ हजार २६० रुपैयाँ, अल्पकालीन लगानीकर्ताले २५ करोड १० लाख ७९ हजार ४५२ रुपैयाँ, संस्थागत लगानीकर्ताले ७ करोड ३० लाख ३० हजार ३७१ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

चैत महिनामा कुल ४८ करोड ३४ लाख ३९ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ । दीर्घकालीन लगानीकर्ताबाट ११ करोड १३ लाख ५४ हजार २२८ रुपैयाँ, अल्पकालीन लगानीकर्ताबाट २८ करोड ३७ लाख ३२ हजार १६ रुपैयाँ, संस्थागत लगानीकर्ताबाट ८ करोड ८३ लाख ५३ हजार ३३० रुपैयाँ पुँजीगत लाभकर उठेको हो ।

लगानीकर्ताले वैशाखमा ३६ करोड २७ लाख ४२ हजार रुपैयाँ पुँजीगत लाभकर तिरका छन् । जसमा दीर्घकालीन लगानीकर्ताले ११ करोड ४३ लाख ७१ हजार २३६ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले १८ करोड ४३ लाख ६१ हजार ९६६ रुपैयाँ, संस्थागत लगानीकर्ताले ६ करोड ४० लाख ९ हजार ७२४ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

जेठमा लगानीकर्ताले ७० करोड ४२ लाख ५२ हजार ४५ रुपैयाँ लाभकर तिरेका छन् । जसमा दीर्घकालीन लगानीकर्ताले २३ करोड ३७ लाख ४८ हजार ९०४ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ३८ करोड ५५ लाख ९८ हजार २३९ रुपैयाँ, संस्थागत लगानीकर्ताले ८ करोड ४९ लाख ४ हजार ९०० रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

असार महिनामा ६५ करोड ४ लाख ६ हजार ८१९ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । असारमा सरकारलाई दीर्घकालीन लगानीकर्ताले १७ करोड ९ लाख ४४ हजार ९२८ रुपैयाँ, अल्पकालीन लगानीकर्ताले ३३ करोड १३ लाख २५ हजार ९६७ रुपैयाँ, संस्थागत लगानीकर्ताले १४ करोड ८१ लाख ३५ हजार ८६९ रुपैयाँ पुँजीगत लाभकर तिरेका हुन् ।

सेयर बजारबाट एक वर्ष वा सोभन्दा कम अवधि सेयर होल्ड गरेर बेच्ने लगानीकर्ताले राज्यलाई ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । एक वर्ष वा सोभन्दा बढी अवधि होल्ड गरेर बिक्री भएको सेयरमा आएको नाफामा ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।

सेयर बजारको कारोबार रकममा आइरहने उतारचढावका कारण पुँजीगत लाभकरमा असर पर्ने गर्छ । बजार घट्दा पुँजीगत लाभकर कम उठने र बढ्दा बढी उठ्ने गर्छ ।

सीडीएससीका अनुसार व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट उक्त परिमाणमा लाभकर उठेको हो । एक वर्षको अवधिमा सेयर बजार परिसूचक ९६ अंकले बढेको छ ।

थप सामग्री