Sunday, August 16, 2020

म्युचुअल फन्डहरूको अवस्था र लगानी निर्णय

धितोपत्र बजारमा चासो रहेका, केही लगानी गर्न र जोखिम लिन सक्ने तर जोखिम विश्लेषण र व्यवस्थापन गर्दै प्रतिफल आर्जन गर्न असमर्थ निष्क्रिय लगानीकर्ताहरूको रकम व्यावसायिक व्यवस्थापकहरूद्वारा सामूहिक लगानी र जोखिम व्यवस्थापन गर्दै मुनाफा आर्जन र लगानीका आधारमा जोखिम र मुनाफा बाँडफाँड नै सामूहिक लगानी कोष अर्थात् म्युचुअल फन्डहरूको सिद्धान्त हो । न्यून आय भएकाहरूले समेत धितोपत्र बजारको लाभ लिन सकून् भनेर नै प्रतिएकाइ अंकित मूल्य रु. १० मात्र राखिएको छ । यस्तै सामूहिक लगानी कोष नियमावली, २०६७ अनुसार निष्कासन, सञ्चालन र नियमन हुने यस्ता कोषहरूलाई सूचीकृत कम्पनीले निष्कासन गर्ने धितोपत्रको ५ प्रतिशत आरक्षणका साथै कर छुटको व्यवस्था छ ।

संगठित संस्थाले प्रवद्र्धन गर्ने म्युचुअल फन्डहरूको प्रभावकारी र व्यावसायिक व्यवस्थापनका लागि योजना व्यवस्थापक, डिपोजिटरी र सुपरिवेक्षक हुन्छन् । संशोधित नियमावलीको नियम २३ अनुसार खुद सम्पत्ति मूल्य (नेट एसेट्स भ्यालु— न्याभ) को आधारमा क) योजना व्यवस्थापकले वार्षिक बढीमा १.५ प्रतिशत; ख) सुरपरिवेक्षकले बढीमा ०.२ प्रतिशत र ग) डिपोजिटरीले बढीमा ०.२ प्रतिशत वार्षिक सेवा शुल्क वा दस्तुर लिन सक्नेछ । समग्र धितोपत्र बजारको अवस्थामा निर्भर रहने कोषहरूको अवस्था आव ७६-७७ मा भने केही सुधार देखिए पनि अपेक्षित व्यावसायिक नतिजा भने हासिल हुन सकेको छैन ।

फन्डहरू क) निश्चित अवधि सञ्चालन भएर बन्द गरिने ‘बन्दमुखी’ र ख) निरन्तर सञ्चालनमा रहने ‘खुलामुखी’ हुन्छन् । हाल बजारमा बन्दमुखी सात वर्षे क) एनआईबीएल समृद्धि फन्ड–१ (एनआईबिएसएफ–१), ख) ग्लोबल आईएमई सम्मुन्नत स्कीम–१ (जीआईएमइएस–१), ग) एनएमबी हाइब्रिड फन्ड–१ (एनएमबीएचएफ–१), घ) नबिल इक्विटी फन्ड (एनइएफ), ङ) एनआइबीएल प्रगति फन्ड (एनआईबीएलपीएफ), च) लक्ष्मी इक्विटी फन्ड (एलईएमएफ), छ) सानिमा इक्विटी फन्ड (एसएईएफ), ज) सिटिजन्स म्युचुअल फन्ड–१ (सीएमएफ–१), झ) एनआईसी ग्रोथ फन्ड (एनआईसीजिएफ), ञ) सिटिजन्स म्युचुअल फन्ड–२ (सिएमएफ–२), र ट) एनएमबी ५० समेत ११ योजना सञ्चालनमा छन् । यस्तै क) सिद्धार्थ इक्विटी फन्ड (एसईएफ), ख) नविल ब्यालेन्स फन्ड–२ (एनबीएफ–२), ग) सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–२ (एसआईजीएस—२), घ) एनआईसी ब्यालेन्स फन्ड (एनआईसीबीएफ), ङ) सनराइज फस्ट म्युचुअल फन्ड (एसएफएमएफ) समेत दसवर्षे पाँच योजना संचालनमा छन् भने दसवर्षे लक्ष्मी उन्नति कोष पनि निष्कासन भइसकेको छ । खुलामुखीतर्फ एनआईबीएल सहभागिता फन्ड (एनआईबीएलएसएफ) मात्र सञ्चालनमा रहेको छ ।

असार मसान्तको अवस्था

आव ७६-७७ मा एसईओएस, एनएमबीएसएफ–१ र एलभीएफ–१ को अवधि सकिएर बन्द भएसँगै पाँचवर्षे योजनाहरू सकिएका छन् । उक्त आ.व.मा नेपाल धितोपत्र बोर्डले एसएफएमएफ र लक्ष्मी उन्नति कोष सञ्चालनको स्वीकृति दियो भने एनएमबी–५०, एसआईजीएस–२, एनआईसीबीएफ र एसएफएमएफ सञ्चालनमा आए । सञ्चालनमा रहेका कोषहरूको अवस्था तालिकामा दिइएको छ ।

तालिकाः म्युचुअल फण्डहरूकाे अवस्था, न्याभ, लाभांस

सि.नं.

फण्ड

आकार
(रु. करोड)

असार मसान्त न्याभ

७६/७७ कुल आय

लाभांस (%)

२०७७//२९ को बजारमूल्य

न्याभ र बजारमूल्यमा छुट/(प्रिमियम)

२०७६

२०७७

रकम
(रु करोड)

(%)

७५/७६

७६/७७

एनआइबिएसएफ–१

NIBSF1

१००

१०.६९

११.६०

१५.५७

१५.५७

६.५

१२.०

१०.२९

११.२९

जिआईएमइएस–१

GIMES1

१००

८.९२

१०.४१

–२.५१

–२.५१

४.०

८.८०

१५.४७

एनएमबीएचएफ–१

NMBHF1

१००

११.०१

११.४८

१४.६७

१४.६७

१०

८.०

१०.०

१२.८९

एनइएफ

NEF

१२५

९.०२

१०.६६

२०.५०

१६.४०

६.०

८.९२

१६.३२

एनआइबिएलपिएफ

NIBLPF

७५

८.२८

९.८६

११.८३

१५.७९

अघोषित

८.३०

१५.८२

एलईएमएफ

LEMF

१२५

९.१०

१०.४२

–३.४२

–२.७४

४.२५

८.६७

१६.७९

एसएईएफ

SAEF

१३०

११.०३

११.३९

१७.६५

१३.५८

१०.०

७.०

१०.००

१२.२०

सिएमएफ–१

CMF1

८२

११.३५

११.६८

७.७३

९.४३

७.०

१५.०

१०.०५

१३.९

एनआईसीजिएफ

NICGF

८३.५२

११.१८

११.७५

१४.५१

१७.३८

१०

१२

१०.२८

१२.६८

१०

सिएमएफ–२

CMF2

५६

९.९२

११.०९

६.४८

११.५८

१०.०

११

एनएमबी ५०

NMB50

१२५

१०.९०

११.२७

९.०२

५.०

९.३१

१४.५९

१२

एसईएफ

SEF

१५०

११.२४

११.१७

१५.३४

१०.३२

११

७.५०

९.६२

१३.८८

१३

एनबिएफ–२

NBF2

११२

१०.०४

११.०९

११.८०

१०.५४

९.०

९.४१

१५.१५

१४

एसआइजिएस—२

SIGS2

१२०

११.०८

१२.९३

१०.७८

५.०

१५

एनआईसीबिएफ

NICBF

७५.५०

११.०८

८.१२

१०.८३

८.०

९.६४

१३.००

१६

एसएफएमएफ

SFMF

८६

१०.९४

८.१०

९.४३

७.०

९.१०

१६.८२

नाेटः प्रकाशित लेखमा २०७७ असाेज १८ गते परिमार्जित
आय, न्याभ र लाभांश

बन्दमुखी १६ फन्डहरूले संकलन गरेको १६.४५ अर्बमध्ये मुद्दतीबाहेक ४.७६ अर्ब रुपैयाँ बैंक मौज्दात राखेर पनि ७६-७७ मा कुल १.७० अर्ब कमाएका छन् । उक्त अवधिमा १४ फन्डले नाफा कमाउँदा जीआईएमईएस–१ र एलईएमएफ भने घाटामा गए । आव ७५-७६ सम्म पाँच फन्डहरूको ऋणात्मक रहेको न्याभ ७६-७७ मा धनात्मक हुँदा पनि एनआइबीएलपीएफको भने रु. ९.८६ सहित ऋणात्मक नै रह्यो । सरसर्ती हेर्दा ७६-७७ मा म्युचुअल फन्डहरूले औसतमा १०.३७ प्रतिशतको आय गरी औसत न्याभ रु. ११.०४ कायम गर्न सफल भए ।

आव ७६-७७ मुनाफाबाट हालसम्म एनआईबीएसएफ–१, एनआईसीजीएफ, एनआईसीबीएफ, एसईएफ र एसआईजीएस–२ ले मात्र लाभांश घोषणा गरेका छन् । न्याभलाई हेर्दा केहीले लाभांश दिने क्षमता देखिन्छ । खुलामुखी एनआईबीएलएसएफले ८.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

लगानी र कारोबार

अप्रत्यक्ष लगानी गर्नेहरू मात्र प्रत्यक्ष सेयर र ऋणपत्रजस्ता धितोपत्रहरूमा प्रत्यक्ष लगानी र कारोबार गर्नेहरूका लागिसमेत म्युचुअल फन्ड वैकल्पिक र लगानी विविधीकरणको माध्यम मानिन्छ । एकाइहरू सार्वजनिक निष्कासन हुँदा र बजारबाट समेत एकाइहरू किनेर लगानी गर्न सकिन्छ । बजारमा उपलब्ध १६ फन्डहरूमध्ये कारोबारमा नआएका सीएमएफ–२ र एसआईजीएस–२ बाहेक अरूको न्याभलाई हेर्दा ११.२९ देखि १६.८२ प्रतिशत छुटमा किनबेच भइरहेको छ । कारोबार भइरहेका मध्ये १० फन्डको बजार मूल्य न्याभ मात्र होइन, अंकित मूल्य रु. १० भन्दा कम छ । बजारमा धितोपत्रको मूल्यका आधारमा परिवर्तन हुने न्याभलाई राम्ररी पछ्याउन सके अंकित मूल्यभन्दा कम र छुटमा किनेर राम्रो लाभांशका साथै मूल्यान्तरले सिर्जना गर्ने पुँजीगत लाभ पनि लिन सकिन्छ । (थप जानकारीका लागि धिताेपत्र व्यवसायी नियमावली, २०६४, अनुसूची १४, तथा धिताेपत्र काराेवार संचालन विनियमावली, २०७५ हेर्नुस) ।

खुल्ला फण्डकाे काराेवार फण्ड म्यानेजरले गरेकाे व्यवस्था बमाेजिम हुन्छ । यसमा उक्त दिनकाे न्याभमा डिपी फी २५ लाग्नेछ । थप जानकारीका लागि एनअाइविएल क्यापिटलकाे वेबसाइट https://niblcapital.com/mutual-fund/nav-nibl-sahabhagita-fund/ तथा https://niblcapital.com/buy-calculator/ मा हेराैं । 

जुनसुकै नामबाट सञ्चालित फन्डहरूले पनि निश्चित प्रतिशत रकम सेयर र म्युचुअल फन्डजस्ता धितोपत्रका साथै निश्चित आय उपकरणहरू मुद्दती निक्षेप र ऋणपत्रहरूमा समेत लगानी गर्ने हुँदा यिनीहरूको सम्पत्ति बजारमा धितोपत्रको मूल्य र ब्याजमा निर्भर रहन्छ । फन्डहरूले धितोपत्र बजारको मूल्यगत उतारचढावका आधारमा कारोबार गर्दै मुनाफा प्राप्त (प्रफिट बुक) गर्नुका साथै निश्चित आय उपकरणहरू मुद्दती निक्षेप र ऋणपत्रहरूमा समेत निश्चित प्रतिशत रकम लगानी गर्दै उच्चतम आय हासिल गर्ने प्रयास गरिरहेका हुन्छन् । यसको साथै आरक्षण र कर छुटका कारण उनीहरूको तुलनात्मक प्रतिस्पर्धात्मक क्षमता व्यक्तिगत लगानीकर्ताहरूको भन्दा बढी हुन्छ । तर, बजारमा फन्डहरूको विद्यमान अवस्था हेर्दा अपेक्षित लाभ हासिल गर्न नसकेकोमा भने चर्को आलोचना भइरहेको छ ।

नयाँ मात्र होइन, विगत कैयौं वर्षदेखि सञ्चालनमा रहेका फन्डहरूले समेत विवरणपत्रअनुसार मात्र होइन, न्यायोचित लाभांशसमेत दिन नसक्नु र न्याभमा समेत उल्लेख्य सुधार नहुनुले योजना व्यवस्थापकहरूसँगै सुपरिवेक्षकहरूको क्षमता र भूमिकामा समेत प्रश्न उब्जेको छ । खुद सम्पत्तिका आधारमा निश्चित सेवा शुल्कले अल्छी योजना व्यवस्थापकहरूलाई सक्रिय बनाउन पनि आरक्षण हटाउनुपर्ने र सेवाशुल्कलाई प्रतिफलसँग जोडिनुपर्ने आवाज उठेको छ ।

त्यसैले प्रत्यक्ष लगानी र जोखिम व्यवस्थापन गर्न सक्नेहरूले म्युचुअल फन्डलाई वैकल्पिक लगानी उपकरणका रूपमा सहजै स्वीकार गरेको देखिन्न । म्युचुअल फन्डमा लगानी गर्ने वा नगर्ने निर्णय गर्दै गर्दा क) आफ्नो लगानी व्यवस्थापन र जोखिम लिने क्षमता, तथा ख) अपेक्षित प्रतिफललाई विचार गर्नुपर्छ । फन्डहरूको लाभांश र मुनाफासँगै जोखिम पनि समग्र धितोपत्र बजारमा निर्भर रहन्छ । यसले मुनाफा हुँदा वार्षिक नगद लाभांश र समय समाप्ति पछि उपलब्ध खुद सम्पत्ति बिक्री गरी रकम दामासाहीले रकम एकाइ धनीलाई फिर्ता गर्छ । म्युचुअल फन्डमार्फत नै लगानी गर्दा क) योजना व्यवस्थापकको पृष्ठभूमि र प्रतिफलको अवस्था, ख) विवरणपत्र र ग) विगतका फन्डहरूमा प्रतिफल अध्ययन गर्नुपर्छ ।

जहाँसम्म लगानी र जोखिमको ज्ञान नभएका तर सेयरमा थोरैथोरै भए पनि लगानी गरौं भन्ने साना लगानीकर्ताहरूका लागि भने केही कम प्रतिफल भए तापनि म्युचुअल फन्डहरू उपयुक्त हुन सक्छन् । यसको विपरीत सेयरबजारको जोखिम लिन नचाहने र नियमित निश्चत प्रतिफल चाहने व्यक्तिहरूका लागि भने बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेप वा ऋणपत्रहरू बढी सुरक्षित र उपयुक्त हुन सक्छ ।

कारोवार शुल्क तथा कमिसन
कारोवार रकम (रु)
कमिसन (%)
,००,००० सम्म
०.३% (न्यूनतम रु. २५)
,००,००१ देखि ५०,००,००० सम्म
०.२५%
५०,००,००,००१ देखि
०.२%
सेबोन
०.०१%
डिपी (प्रति धितोपत्र प्रति दिन)
रु. २५

काराेवार दैनिकमा २०७७ साउन ३२ गते प्रकाशित, https://www.karobardaily.com/news/idea/34982
Last update: 17 Sept 2020, 02.56 pm

Sunday, August 2, 2020

प्रिओपनिङ, सर्किट र मूल्यान्तर

माग र आपूर्तिका आधारमा क्रेता र विक्रेताको मोलमोलाइले स्वतन्त्र मूल्य निर्धारण र किनबेचको खुल्ला बजार सिद्धान्तअनुरूप सञ्चालन हुने पुँजीबजार (सेयर वा धितोपत्र बजार) को मूल्य संवेदनशीलताकै कारण कानुनतः बजार सञ्चालन समय, दैनिक धितोपत्र (सेयर, डिबेन्चर, म्युचुअल फन्ड) को मूल्य र बजार परिसूचक परिवर्तनको अधिकतम (अपर) र न्यूनतम सीमा (लोअर) सीमा तोकेरै बजार, कारोबार र मूल्यान्तरको सूक्ष्म नियमन र व्यवस्थापन गरिन्छ ।

नेपालमा ‘धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५’ तथा ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ अनुसार धितोपत्र बजारको समय, मूल्य परिवर्तन सीमा र सर्किटको व्यवस्थापन हुन्छ ।नियमावलीको नियम १५ अनुसार (१) धितोपत्र सूचीकरणपश्चात् पहिलो कारोबारको मूल्य र त्यसपछि हुने कारोबार मूल्यको अन्तर, (२) अघिल्लो दिन बजार बन्द हुँदा कायम मूल्य र अर्को दिन सुरु कारोबार मूल्यबीचको अन्तर, (३) लगातार ६० दिनसम्म कारोबार नभएका धितोपत्रको पुनः कारोबार हुँदा कायम हुने सुरु मूल्य, (४) कारोबार समय र कारोबार मूल्यका आधारमा प्रत्येक दिनको मूल्य परिवर्तनको सीमा कायम गर्नुपर्छ । यस्तै नियम १९ अनुसार धितोपत्र बजारले आवश्यकताअनुसार कारोबारमा सर्किट ब्रेकर लाग्ने व्यवस्था गर्नुपर्ने र सर्किट ब्रेकरसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न बोर्डले आवश्यक निर्देशन दिन सक्नेछ ।

विनियमावलीको विनियम ११ ले (१) प्रारम्भिक कारोबार (प्रिओपनिङ) का लागि बिहान १०ः३० देखि १०ः४५ बजेसम्म, (२) बोलकबोल वा निरन्तर कारोबार (रेगुलर ट्रेडिङ सेसन)का लागि बिहान ११ः०० देखि ३ः०० बजेसम्म र (३) अन्तिम कारोबार (क्लोजर) अपरान्ह ३ः०० देखि ३ः०५ बजेसम्म कारोबार सत्र र समय तोकेको छ । विनियम १२ मा मूल्य परिवर्तनको सीमा उल्लेख छ ।
काराेवार समय


प्रिओपनिङ

नेप्सेले प्रारम्भिक (प्रिओपनिङ) कारोबारका लागि छुट्ट्याएको ‘बिहान १०ः३० देखि १०ः४५ बजेसम्म’को १५ मिनेटभित्र लगानीकर्ता/कारोबारीहरूले धितोपत्रको आदेश प्रविष्टि मात्र गर्न सक्छन् । कारोबार प्रणालीले ‘इकोनोमिक अर्डर क्वान्टिटी तथा इकोनिमिक अर्डर प्राइस’का आधारमा माग र आपूर्तिको सिद्धान्तबमोजिम निर्धारित समयभित्र प्रविष्ट सम्पूर्ण आदेशहरूलाई एकैपटक कार्यान्वयन गर्छ ।

विनियमावलीबमोजिम प्रिओपनिङ सत्रमा अघिल्लो दिनको अन्तिम मूल्यको ‘५ प्रतिशत घटी वा बढीको मूल्य सीमा’ भित्र रहेर आदेश प्रविष्टि गर्न सकिन्छ । यही पाँच प्रतिशत मूल्यान्तरको लालसाले जोखिम लिने लगानीकर्ताहरू प्रिओपनिङमा आदेश राख्न लालायित हुन्छन् । सामान्यतः धेरै कित्ता र ठूलो कारोबार नहुने भए पनि थोरै कित्ताले फराकिलो मूल्यान्तरको अवसरले गर्दा प्रिओपनिङ अधिक जोखिम लिने र मूल्यान्तर (मूल्य सीमा)मा खेल्ने कारोबारीहरूको प्राथमिकतामा पर्छ । यस सत्रमा नियमित बजारमा जस्तो धितोपत्रको माग र आपूर्तिको अवस्था जनाउने मार्केट डेप्थ देखिने छैन भने एउटा कम्पनीको किन्ने वा बेच्ने एक किसिमको एउटा मात्र खरिद वा बिक्री आदेश प्रविष्टि गर्न सकिन्छ । अनलाइन लिएकाहरूले प्रिओपनिङमा क्लिक गरेर तोकिएको मूल्य सीमाभित्र सीधै अनि अरूले ब्रोकरमार्फत खरिद वा बिक्री आदेश प्रविष्टि गर्न सक्छन् । यसरी प्रविष्ट आदेशहरू सामान्यतः नियमित कारोबार सुरुभन्दा अगाडि नै कारोबार सम्पन्न वा रद्द हुन्छन्, तर प्रिअाेपनमा कायम मूल्यकाे २ प्रतिशत भित्रका अादेशहरू भने नियमित सत्रमा जानसक्छ । अनलाइन प्रणालीमा सम्पन्न कारोबारको विवरण प्रिओपनिङ सत्र सकिएको केही समयमा मार्केट लाइभमा देखिने हुँदा अनलाइनमा पहुँच भएकाहरूले कारोबार कम्पनी र मूल्यान्तरका आधारमा बजार र कम्पनीको मूल्यगत अवस्था अनुमान गर्न सक्छन् । त्यसैले कतिपय अवस्थामा मूल्य र कारोबार प्रभावित गर्न पनि प्रिओपनिङमा कारोबारको प्रयास हुन्छ ।

अधिक नियन्त्रित उच्च जोखिम र मूल्यान्तरको विकल्पसहितको तर निकै सानो कारोबार हुने प्रिओपनिङ विगतमा त्यति चर्चा र प्रयोगमा थिएन, हाल अनलाइन प्रयोगकर्ता बढेसँगै एकातिर प्रिओपनिङमा पहुँच र प्रयोग बढेको छ भने अर्कातिर नियमित कारोबारमै प्रभाव (साइड इफेक्ट) देखिन थालेको छ । विगतमा प्रिओपनिङको मूल्यान्तरकै कारण केही कम्पनीको कारोबार मात्र प्रभावित भए पनि हाल आएर बजार परिसूचक र पूरै दिन कारोबार नै प्रभावित भएसँगै यसको औचित्यतामा प्रश्न उठाउँदै मूल्य पासो थाप्न र बजार नियन्त्रणमा प्रयोग गरिएको आशंकामा प्रिओपनिङ कारोबार नै बन्द गरिनुपर्ने आवाज पनि उठाइए । पहुँच भएका केहीले प्रिओपनिङमा ५ प्रतिशतको वैधानिक मूल्यान्तरमै कारोबार गर्दा पनि परिसूचक ह्वात्तै बढ्ने, तर सर्किटको नियमानुसार ४ प्रतिशतको घटबढमा २० मिनेट कारोबार रोकिँदा सर्किटको प्रावधान नै पुनरावलोकन हुनुपर्ने तर्क पनि बढेको छ । हालै नेपाल स्टक एक्सचेन्जले अध्ययन समेत गरेको छ ।
थप टिप्पणी १, प्रिअाेपनमा मूल्यान्तरकाे सीमा सम्बन्धमा नियामकबाट २०७८ असार १० गते विगतकाे ५ प्रतिशतकाे सट्टा ‘२ प्रतिशत घटी वा बढीको मूल्य सीमा’ (±२ प्रतिशत) कायम कायम गर्न निर्देशन भएकाे छ। 

सर्किट ब्रेकर

स्टक एक्सचेन्जले धितोपत्रहरूको मूल्यमा हुन सक्ने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्नका लागि धितोपत्र कारोबार हुँदा मूल्यमा हुन सक्ने घटबढको सीमा तोकेको हुन्छ । यसलाई बजारको भाषामा सर्किट ब्रेकर भन्छन् । नेपालमा पनि नियामकको स्वीकृतिमा बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि नेपाल स्टक एक्सचेन्जले सर्किटको व्यवस्था गरेको छ ।

सर्किट ब्रेकर कम्पनी र बजार परिसूचकका लागि फरक सीमा तोकिएको छ । विनियम १७ ले सर्किट ब्रेकरको व्यवस्था गरेको छ । विगतमा ३, ४ र ५ प्रतिशतको बजार सर्किट हाल निरन्तर कारोबार सुरु भएको एक घण्टाभित्र नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट, दुई घण्टाभित्र ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र त्यसपछि कुनै पनि समयमा ६ प्रतिशतले घटे वा बढेमा सो दिनको कारोबार बन्द गर्ने व्यवस्था गरेको छ । कम्पनीतर्फ प्रिओपनिङमा कायम मूल्यमा १० प्रतिशतभन्दा घटी वा बढी हुने गरी सो दिन कारोबार हुनेछैन भन्ने कानुनी व्यवस्था भएता पनि प्रचलनमा अघिल्लाे दिन कायम मूल्यकाे १० प्रतिशत घटी वा बढीसम्म मूल्य कायम हुने प्रचलन छ ।

विद्यमान सर्किट र मूल्य परिवर्तन सीमा


मूल्यान्तर वा मूल्य परिवर्तन सीमा 

लगानीकर्ताले लगानी, लागत र लगानी व्यवस्थापन गर्न तथा कारोबारीले मूल्यान्तरबाट मुनाफा आर्जन अर्थात् पुँजीगत लाभका लागि पुँजीबजारमा धितोपत्र कारोबार गर्छन् र मूल्यान्तरको खेल खेल्छन् । कारोबारीहरूले सदैव सस्तोमा किनेर केही मुनाफासहित बढी मूल्यमा बेच्ने प्रयास गर्दा किन्ने वा लगानी गर्नेले पनि सस्तोमा किन्ने उपायहरू अपनाउँछन् । मोलमोलाइ र मूल्यान्तरको यही वैधानिक खेलले नै धितोपत्र बजारलाई जीवन्त राख्दै (क) कारोबारीहरूलाई आकर्षित गर्दै जीविकोपार्जनको अवसर, तथा (ख) पर्याप्त लगानीको अवसर नपाएका लगानीकर्ताहरूलाई लगानी बढाउने र औसत लागत व्यवस्थापनको अवसर दिन्छ ।

विनियम १२ मा (१) प्रिओपनिङमा अघिल्लो दिनको अन्तिम कारोबार मूल्यको ५ प्रतिशतसम्म; (२) निरन्तर कारोबार सत्रमा प्रिओपनिङमा कायम मूल्यको २ प्रतिशतसम्म; तथा (३) प्रिओपनिङमा कारोबार नभएका धितोपत्रहरूको अघिल्लो दिनको अन्तिम मूल्यको २ प्रतिशतसम्म घटबढको सीमाभित्र रहेर आदेश प्रविष्टि र मूल्य परिवर्तन गर्न सकिने व्यवस्था छ । यस्तै कुनै धितोपत्र १५ दिनसम्म कारोबार नभए नेप्सेले मूल्य सीमा खुला गर्न सक्ने तथा सूचीकरणपश्चात्को पहिलो कारोबारका लागि नेप्सेले मूल्य सीमा तोक्न सक्नेछ । बोनस, हकप्रद, नगद लाभांश वा अन्य कुनै संस्थागत गतिविधिका कारणले धितोपत्रको मूल्यमा उल्लेखनीय परिवर्तन हुने अवस्थामा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य दिन सक्ने व्यवस्था छ । नियमानुसार न्यूनतम १ रुपैयाँ* वा एक रुपैयाँले भाग जाने पूर्ण अंकमा मूल्य प्रविष्टि गर्नुपर्छ, तर ५० रुपैयाँभन्दा कम मूल्यमा धितोपत्र कारोबार हुने भए पैसामा समेत मूल्य परिवर्तन र प्रविष्टि गर्न सकिनेछ । प्रचलनअनुसार डिबेन्चरमा प्रत्येक दिन प्रथम कारोबारमा ०.२ प्रतिशत र त्यसपछि ०.१ प्रतिशतसम्मको मूल्य परिवर्तन हुन सक्छ ।

थप टिप्पणी २, खरिदबिक्रि अादेश प्रविष्टिमा हाल कायम रू १ काे व्यवस्थालाइ परिवर्तन गर्दै १० पैसा घटि वा बढिकाे अन्तरमा मूल्यमा अादेश दिन सकिने (माेलमाेलाइ) काे व्यस्थाका लागि २०७८ असार १० गते नियामकबाट निर्देशन भएकाे छ । नियामककाे २०७८ असार १० काे निर्देशन

थप टिप्पणी ३, मूल्यान्तर र सर्किटसम्बन्धी कानुनी व्यवस्था र प्रचलित विधीबीच केहि भिन्नता देख्न सकिन्छ । प्रत्येक धिताेपत्रकाे सम्बन्धमा कानुनले प्रिअाेपनमा कायम मूल्यकाे ±१० प्रतिशत भनेपनि प्रचलनमा अघिल्लाे दिन कायम अन्तिम काराेवार मूल्यकाे ±१० प्रतिशतमा सर्किटकाे व्यवस्था छ । यसले एक दिनमा एक धिताेपत्रकाे मूल्य अघिल्लाे दिनमा कायम मूल्यकाे अाधारमा कुल २० प्रतिशत र एकै दिन कायम हुनसक्ने न्यून्तम मूल्यकाे अाधार २२.२२ प्रतिशत वा अधिकतम मूल्यका अाधारमा १८.१८ प्रतिशतकाे मूल्यान्तरकाे सम्भावना रहन्छ । मूल्य प्रविष्टिकाे सम्बन्धमा समेत टिएमएसमा उपलब्ध एमकेटि (मार्केट) विकल्पबाट खरिदबिक्री अादेश प्रविष्ट गरिएकाे अवस्थामा २ प्रतिशतकाे मूल्य सीमा सहजै ताेडिन सक्छ । यसरी व्यवहारमा मूल्यान्तर किनबेच अादेशमा ±२ प्रतिशत र दिनकाे ±१० प्रतिशत (कुल २० प्रतिशत) भएपनि कानुनमा केहि विवाद (±१५% अब ±१२%) हाे कि भन्ने विवाद देखिएकाे छ । यससम्बन्धी थप जानकारीका लागि एकैचोटी १८% तल र २२% माथिसम्म जानसक्छ सेयर मूल्य, के सर्किट रेन्ज घटाउन आवश्यक हो? (bizmandu.com) पढ्न सकिन्छ ।

समस्या र समाधान

प्रिओपनिङ, सर्किट र मूल्यान्तरका विद्यमान प्रावधानहरूले निर्धारित मूल्यगत र परिसूचकगत सीमाकै कारण जोखिम नियन्त्रण हुँदै गर्दा निश्चित अवधिमात्र होइन, दिनभरि नै बजार वा कुनै कम्पनीको कारोबार नहुँदा कारोबारी र लगानीकर्ताहरू निराश र उत्तेजित पनि भएका थिए । यससँगै प्रिओपनिङ बन्द गर्ने, प्रिओनिङको मूल्यलाई नियमित कारोबारसँग नजोड्ने, सर्किटको दर बढाउने, सर्किटको संकेट सहित कारोबार गर्न दिने विषय उठे । बढ्दो बजारमा नकारात्मक लाग्ने सर्किटको प्रावधान घट्दो बजारमा आफ्नो हितमा देख्नेहरू नभएका होइनन् । त्यसैले केही साइड इफेक्टका बाबजुद फराकिलो मूल्यान्तर र मूल्यगत अवसरसँगै नियमित कारोबारलाई सन्दर्भ मूल्य दिने प्रिओनिङ वा नयाँ कम्पनीलाई बजार प्रवेश गराउने स्पेसल प्रिओपनिङ धितोपत्र बजारका अभिन्न हिस्सा भएका छन् । स्पेसल प्रिओनिङमा कारोबार नहुँदा अजोड इन्स्योरेन्सको कैयौं दिन नियमित कारोबार हुन सकेको छैन ।

तसर्थ, प्रिओपनिङ बन्द गर्नुभन्दा विद्यमान सर्किटको नियममा परिवर्तन गरेर कम्तीमा प्रिओपनिङमा ५ प्रतिशत मूल्य सीमाभन्दा केही बढी हुने गरी नेप्से परिसूचकतर्फ ६, ८ र १० प्रतिशतको सर्किटमा जानु सहज र प्रभावकारी विकल्प हुनसक्छ । बरु प्रिओनिङ कारोबारको १५ मिनेटलाई विभाजन गरी आदेश परिमार्जन र रद्दको व्यवस्था, र प्रिओपनिङको मूल्यलाई नियमित कारोबार र बजार परिसूचकसँग नजोड्न सकिन्छ ।

थप टिप्पणी ४, प्रिओपनको मान्यता अनुरूप कारोबारसँगै नियमित कारोबारलाई निर्देशित गर्न र विम्ब पस्कन सकेको छैन । यसलाई कानुन सम्मत र व्यावहारिक बनाउन, (क) मूल्यान्तर सीमा नियमित कारोबारको भन्दा कम्तीमा दुई गुणा, (ख) कारोबार हुने न्यूनतम १०० कित्ता, (ग) प्रिओपनको औसत मूल्यबाट नियमित सत्रका लागि सन्दर्भ मूल्य लिँदै सर्किट गणना, (घ) लगानीकर्ता सहभागिता, सचेतना र पहुँच प्रवद्र्धनसँगै विद्यमान कानुनी र प्रणालीगत विवाद समाधान गरिनुपर्छ ।


कारोबार दैनिकमा २०७७ साउन १८ गते प्रकाशित, https://www.karobardaily.com/news/idea/34506
Revised/update 7 July 2021, NST 12:10

Sunday, July 19, 2020

स्वतन्त्र र सक्षम कि बैंकिङ ब्रोकरेज ?

दुई पक्षबीच सम्झौता वा कारोबार गराउन सहजीकर्ताका रूपमा कार्य गर्ने प्रतिनिधिलाई दलाल र अंग्रेजीमा ब्रोकर भनिन्छ । ग्राहक वा लगानीकर्ताका तर्फबाट धितोपत्र कारोबार गर्ने यस्ता प्रतिनिधिलाई ‘कारोबार सदस्य’ वा ‘धितोपत्र दलाल’ पनि भनिन्छ ।

अन्य प्रकारका दलाली र धितोपत्र दलालीमा तात्विक अन्तर छ । बजार सञ्चालक (स्टक एक्सचेन्ज) ले तोकिएको योग्यता पुगेका आवेदकको तोकिएको परीक्षा लिई दलाल छनोट गर्छ र चाहिएको भन्दा २५ प्रतिशत बढी संख्यामा दलाल अनुमतिपत्रका लागि नेपाल धितोपत्र बोर्डमा सिफारिस गर्छ । यसरी अनुमतिपत्र प्राप्त दलालले मात्र एक्सचेन्जको कारोबार प्रणालीमा आबद्ध भएर ग्राहकका लागि खरिद वा बिक्री गर्न सक्छ । धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिम अनुमति पाएका ५० दलाल संस्था छन् ।

त्यसैले धितोपत्र दलाली कानुनतः अनुमतिपत्र प्राप्त विशिष्टीकृत व्यवसाय हो । पछिल्लो अनुमानित तथ्यांकअनुसार दैनिक औसत ८० करोडको कारोबार हुन्छ । कारोबार गराएबापत दलालले ग्राहकबाट कारोबार रकमको ०.४ देखि ०.६ प्रतिशतसम्म दलाली शुल्क लिन पाउने व्यवस्था छ । तर, न्यूनतम २५ रुपैयाँभन्दा कम हुन्न । अनौपचारिक तथ्यांकअनुसार आव २०७६-७७ मा दलालहरूले करिब १ सय ३३ करोड रुपैयाँ दलाली उठाए, जसमध्ये नेपाल स्टक एक्सचेन्ज (नेप्से) को २० प्रतिशत र बोर्डको हिस्सा कटाएर पनि ५० ब्रोकरले १०० करोड रुपैयाँभन्दा बढी दलाली पाए । वार्षिक करोडौंको दलाली नै सबैको आकर्षण र चासोको विषय देखिन्छ । तर, धितोपत्र व्यवसायमा ग्राहकको सम्पत्ति सुरक्षा, ग्राहकको नाममा नामसारी गरेर ल्याइदिने, बेच्ने र किनबेच भएको रकमको सुनिश्चितताको जिम्मेवारीसमेत दलालको हुन्छ । हाल अनलाइन कारोबार प्रणाली र विद्युतीय माध्यमबाटै भुक्तानी र राफसाफको पूर्वाधारसँगै लगानीकर्ताहरूले क) आधिकारिक दलालबिनाको कारोबार, ख) दलाली शुल्क र ग) बैंकिङ दलालीको विषयमा चर्चा र बहस सुरु भएको छ ।

बढ्दो कारोबार अनि विस्तारित बजारसँगै सरकार र नियामकसँगै हाल आएर संघीय संसद्ले समेत चासो देखाउँदै सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा ‘पुँजीबजार र मुद्राबजारसम्बन्धी अध्ययन उपसमिति’ गठन गरी अध्ययन गरेको छ । उपसमितिकोे पुँजीबजारका सरोकारवालाहरूसँग विभिन्न छलफलका आधारमा विद्यमान अवस्था, समस्याहरूको पहिचान गर्दै सिफारिससहितको प्रतिवेदन थप छलफलसहित संघीय संसद्को अर्थ समितिबाट २०७७ असार २६ गते पारित भएको छ ।

मुख्य समस्या

समितिले पुँजीबजारका सम्बन्धमा सरोकारवाला तथा केही देशको अवलोकन भ्रमण गरी तयार पारेको प्रतिवेदनमा धितोपत्र दलालीका निम्न पाँच मुख्य समस्याहरू औंल्याएको छ ।

१. धितोपत्रको प्राथमिक बजार देशभर विस्तार भएको तर दोस्रो बजार विस्तार गर्न सीमित ठाउँमा खोलिएका ५० वटा ब्रोकरले आवश्यक सेवा दिन नसकेको ।

२. पारिवारिक व्यवसायका रूपमा सञ्चालित ब्रोकरहरूमा संस्थागत संस्कार (कर्पाेरेट कल्चर) र व्यावसायिक (प्रोफेसनल) समेत हुन नसक्दा लगानी बढाउन, साना लगानीकर्तालाई प्रोत्साहित गर्न, सेयरको माग सिर्जना गर्न, धितोपत्र ब्रोकरेज सेवा देशव्यापी पु-याउन नसकेको ।

३. मिलेमतो गरी अनुचित फाइदा लिने; सेयर निष्कासनकर्ता, सूचीकृत कम्पनी र धितोपत्र व्यवसायी एउटै समूहबाट सञ्चालन गरी सेयर कारोबारमा अनैतिक अभ्यासमार्फत बजारमा उतारचढाव ल्याउने; भित्री कारोबारसमेत गर्ने गुनासो ।

४. आफ्नै हितमा मात्र ध्यान दिने र आवश्यक वित्तीय साक्षरता उपलब्ध गराउन नसकेको ।

५. अत्यन्त न्यून २ करोडको चुक्ता पुँजी र अनलाइन कारोबारको प्रभावकारी सञ्चालनमा असक्षमताजस्ता आर्थिक, प्राविधिक र व्यावसायिक आधारमा समेत धितोपत्र दलाल कमजोर हुँदा धितोपत्र बजारको सेवा तथा पहुँच थप प्रभावकारी बनाएर सम्भाव्य लगानीकर्ताहरूलाई सहभागी गराउन नसकिएको ।


बैंकिङ ब्रोकर

दलालहरूको सक्षमतामा प्रश्न उठाउँदै तत्काल पुँजीगत, मानवीय र प्राविधिक क्षमता विस्तारमा निम्न कुरा समेटेर ११ बुँदे सुझाव दिएको छ : 

१. दलालहरूको चुक्ता पुँजी २०७९ असार मसान्तसम्म रु. १० करोड पु-याएर पब्लिक लिमिटेड कम्पनी बनाउने; निश्चित अवधिको कर सहुलियत दिई एकआपसमा गाभिन प्रोत्साहन गर्ने; र आयको १ प्रतिशत वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वमा लगानी गराउने ।

२. तोकिएको पाठ्यक्रममा आधारित परीक्षा लिई मानव पुँजी, प्रविधि र लगानीसमेतका आधारमा अनुमति दिने; पूर्ण रूपमा विद्युतीय कारोबार प्रणाली कार्यान्वयन गर्न टीएमएस सञ्चालनको पूर्ण जिम्मेवारी दलाललाई नै दिने; प्रदेश वा स्थानीय तहमा शाखा विस्तार गरी सेवा प्रवाहलाई प्रोत्साहित गर्ने ।

३. रिटेल डिलरसिप दिँदा स्वप्रयोजनमा खरिद धितोपत्रबाट ग्राहकको धितोपत्र कारोबारमा अनुचित प्रभाव, स्वार्थगत द्वन्द्व, भित्री कारोबारजस्ता अवाञ्छित गतिविधि पूर्ण नियन्त्रण; पुँजीको सीमा, सर्त र मापदण्ड तोकेर चाहने दलाललाई रिटेल मार्केट डिलरको अनुमति र तिनले आफ्नो लागि सेयर खरिद बिक्री गर्न रोक; थप सेवाको लागि पुँजीको मापदण्ड निर्धारण; र अनैतिक, अनुचित, मिलेमतो, भित्री सूचना आधारित कारोबार नियन्त्रणका लागि भएको वा आवश्यक कानुन बनाएरै भएपनि प्रभावकारी कार्यान्वयन गर्ने ।

क्षमता विस्तार

धितोपत्र दलाली सेवाको सम्भावनाका आधारमा केही वाणिज्य बैंकहरूले सहायक कम्पनी स्थापना गरी अनुमति प्रक्रिया अगाडि बढाएका छन् । श्रीलंकामा २६, बंगलादेशमा २६, भारतमा २३ प्रतिशतको तुलनामा नेपाली धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाले करिब ७५ प्रतिशत हिस्सा ओगटेको अवस्थामा तिनकै सहायक कम्पनीमार्फत धितोपत्र दलालीले पहुँच, साक्षरता, माग सिर्जनाको सम्भावना सँगसँगै भित्री कारोबारसम्बन्धी चिन्ताको सम्बोधन गर्न पनि बैंकका सहायक कम्पनीलाई अनुमति दिनुभन्दा पहिले निम्न व्यवस्था र प्रश्नहरूको व्यावहारिक समाधान खोज्न सिफारिस गरेको छ ।

१. सहायक र मुख्य कम्पनीबीचको अन्तरसम्बन्ध, सूचना आदानप्रदान र व्यवस्थापन प्रणाली, सेयर कारोबारको सीमा; भित्री कारोबार नियन्त्रण वा निरुत्साहन गर्न कानुनी पर्याप्तता अनि त्यस्ता कारोबार पहिचान गर्न बोर्ड र नेप्सेमा अन्तर्राष्ट्रिय स्तरको स्वचालित बजार सुपरिवेक्षण-नियमन प्रणालीको व्यवस्था; रियल टाइम अनुगमन गर्ने आवश्यक संयन्त्रको व्यवस्था हुनुपर्ने ।

२. बजारमा वास्तविक क्षेत्र (रियल सेक्टर) को हिस्सा कति ?; सहायक कम्पनीको काम बैंकका शाखाहरूले नै गर्ने वा छुटै शाखा सञ्चालन हुने ?; खुल्ला अनुमति (ओपन इन्ट्री र एक्जिट) नीति अनुरूप इजाजत दिँदा के हुन्छ ?; पूर्ण स्वचालित प्रणालीमा जाँदा ब्रोकर संख्या घटाउनु वा बढाउनुपर्ने ?; खरिद र बिक्री दुवैतर्फका सेवाग्राहीको काम एउटै व्यवसायीले गर्ने वा नगर्ने ? र गर्दा फायरवालको व्यवस्था कसरी गर्ने ?; नियामक निकायहरूबीच कसरी नियमन र समन्वय व्यवस्थित गर्ने ? र तोकिएको परीक्षा उत्तीर्ण भएर इजाजत पाउने व्यवस्था रहेकोमा सहायक कम्पनीलाई कसरी इजाजतको व्यवस्था गर्ने ? प्रश्नहरूको उत्तर खोजिनुपर्ने ।

समितिले उल्लिखित ११ बुँदे सवालहरूको सम्बोधन भई लगानी सुरक्षित हुने, पुँजीबजारको विकास र विस्तार हुने वातावरण सिर्जना भएपश्चात सम्बन्धित निकायहरूले आवश्यक तयारी गरी बैंकका सहायक कम्पनीहरूलाई धितोपत्र दलाल व्यवसायी अनुमति दिने निणर्य गरिनु उचित हुने सिफारिस छ ।

सक्षम ब्रोकरेज

समितिले सम्बद्ध पक्षहरूसँगको व्यापक छलफलसँगै श्रीलंका, बंगलादेश र भारतको धितोपत्र बजारको अध्ययनका आधारमा बैंकिङ ब्रोकरको सम्भावना औंल्याउँदै नेपाली बजारको धरातलीय यथार्थताका आधारमा केही पूर्वसर्त पूरा गरेको अवस्थामा मात्र बैंकिङ ब्रोकरेजसम्बन्धी निर्णय गरिनुपर्ने सुझाएको छ । यसका साथै विद्यमान ब्रोकरको क्षमतामा अनेक सवाल उठाउँदै कम्तीमा पुँजीगत रूपमा बलियो बनाउँदै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) आफैं सञ्चालन गर्ने जिम्मेवारी दिनुपर्ने बताएको छ ।

बैंकिङ क्षेत्रकै बाहुल्यता रहँदासम्म बैंकिङ ब्रोकरभन्दा स्वतन्त्र तर संस्थागत सुशासनसहितको विश्वसनीय र सबल ब्रोकरेज बजारको हितमा हुन सक्छ । कारोबार प्रणालीलाई प्रविधिमैत्री बनाउँदै बजारको दायरा फराकिलो बनाउन पनि छरिएका साना धेरैवटा ब्रोकरभन्दा तत्काललाई सिफारिसबमोजिम मर्ज गरेर रु. १० करोड पु-याउँदै केही वर्षमा ५० करोड पुँजीगत क्षमताको सबल दलाल कम्पनी बनाइनुपर्छ, जसले स्वस्थ प्रतिश्पर्धा गर्दै विस्तारित पहुँच र सेवा दिन सकोस् । व्यावसायिक जीवन्तताका लागि दलालीका अतिरिक्त लगानी परामर्श व्यवस्थापन, डिलरसिपजस्ता कार्य दिन सकिन्छ । पुँजीगत र सेवा प्रवाह क्षमताका आधारमा विस्तारित-पूर्ण (फुल) वा आधारभूत (डिस्काउन्ट) दलालको वर्गीकरण गरी इच्छुक र सक्षमलाई बजार र कारोबार सहजीकरणको जिम्मेवारी दिन सके बजारको विकास र विस्तारमा सघाउ पुग्नेछ ।

जहाँसम्म विद्यमान परिवेश र कानुनी आधारमा बिनाब्रोकर सेयर कारोबार गर्नु घरजग्गामा जस्तै अनौपचारिक दलालीलाई निम्त्याउनुहुनेछ; बिस्तारै पूर्ण अनलाइन, सक्षम, विश्वसनीय र नैतिकवान् लगानीकर्ता भएको विवेकपूर्ण (प्रुडेन्ट) बजारमा ब्रोकररहित नै नभए पनि निकै कम सहयोगमा कारोबार सम्भव होला । अझ अनलाइनमा ज्ञान र पहुँच नभएका पुराना लगानीकर्ताहरूलाई बजारमा पहुँच दिन र सहजीकरणका लागि समेत केही समय औपचारिक ब्रोकर आवश्यक हुनेछ । लगानीकर्तामा प्रविधिको लागत थोपर्दै गर्दा लाभको समन्यायिक बाँडफाँड तथा सहज र ठूलो कारोबारबाट घट्ने लागतका आधारमा दलाली शुल्क समयसापेक्ष पुनरावलोकन गरिनुपर्छ ।

काराेवार दैनिकमा २०७७ साउन ४ गते प्रकाशित https://www.karobardaily.com/news/idea/33988