Thursday, May 17, 2018

लिलाम बढाबढमा शेयर खरिद प्रकृया

धितोपत्र दर्ता तथा निष्काशन नियामावली, २०७३ को परिच्छेद–४ को नियम २० अनुसार यसरी हकप्रद शेयर बिक्रीको लागि खुल्ला गरिएको अवधिभित्र सम्पूर्ण शेयर बिक्री हुन नसकी बाँकी रहेन गएको शेयर सम्बन्धित संगठित संस्थाले सार्वजनिक सूचना प्रकाशन गरी लिलाम बढाबढ प्रकृया अवलम्बन गरी बिक्री गर्ने उल्लेख गरेको छ ।

यसरी लिलाम बढाबढमा अाएकाे शेयर सम्बन्धित कम्पनी वा बिक्री प्रबन्धकले अक्सन मार्केटबाट बेच्छ । यस्ता शेयर खरिद गर्न निम्न प्रकृया र कागजात अावश्यक पर्नेछ ।

सर्वसाधारण
संस्थापक
खरिद प्रकृया
    बिक्री प्रबन्धक र तोकिएको शाखामा गएर तोकिएको शुल्क (रु. १००) बुझाएर फाराम खरिद गर्ने ।
    बिक्री प्रबन्धक र तोकिएको शाखामा गएर तोकिएको शुल्क (रु. १००) बुझाएर फाराम खरिद गर्ने ।

   फारम किन्नु अगाडि संस्थापक शेयर विद्यमान संस्थापकले मात्र खरिद गर्न पाउने वा अन्यले पनि खरिद गर्न पाउने सुनिश्चित गरेर मात्र किन्ने । प्रायः पहिलोपटक लिलामी गर्दा साविक संस्थापक शेयरधनीले मात्र किन्न पाउने गरी लिलामी हुने गरेको छ ।
२  फारममा उल्लेखित सबैं विवरण स्पष्ट भर्ने।
२  फारममा उल्लेखित सबैं विवरण स्पष्ट भर्ने ।
३  खरिद गर्न चाहेको कित्ताको तिर्न चाहेको दरमा आउने रकम तोकिएको बैंक वा वित्तिय संस्थाको शाखामा जम्मा गर्ने । यदि गुडफर पेमेन्ट चेकबाट भुक्तानी गर्ने भए आफ्नो खाता रहेको बैंकमा गएर आवश्यक रकमको गुडफर पेमेन्टको चेक बनाउने ।

   चेक बनाउँदा कसको नाममा बनाउने ध्यानदिनुपर्छ । रकम जम्मा गर्दा पनि नाम र खाता नं मा सतर्क हुने ।

४  नगद जम्मा भौचर वा गुडफर पेमेन्टको चेक र फारम उपलब्ध गराइएको खाममा राखेर सिलवन्द गरेर बिक्री प्रबन्धक वा तोकिएको शाखामा बुझाउने ।

   खाम बाहिर “सर्वसाधारण शेयर खरिद आवेदन” उल्लेख गर्नुपर्छ ।
४  नगद जम्मा भौचर वा गुडफर पेमेन्टको चेक र फारम उपलब्ध गराइएको खाममा राखेर सिलवन्द गरेर बिक्री प्रबन्धक वा तोकिएको शाखामा बुझाउने ।

   खाम बाहिर “संस्थापक शेयर खरिद आवेदन” उल्लेख गर्नुपर्छ ।
अन्य
क) दशलाख भन्दा बढी रकमको लागि आवेदन दिँदा प्यान नं. उल्लेख गर्नुपर्छ र कतिपय अवस्थामा प्यानको फोटोकपि पनि आवश्यक पर्न सक्छ ।
क) आम्दानीको स्रोत खुलेको कागज ।
ख) कर चुक्ता प्रमाणपत्र ।
ग) कालोसूचीमा नरहेको प्रमाणित कागज
) यसका साथै नियामक निकाय वा कानुनतः संस्थापक हुन योग्यता पुगेको (बैंक तथा वित्तीय संस्था र बिमासम्बन्धी ऐन अनुसार) हुनुपर्नेछ ।
ङ) दशलाख भन्दा बढी रकमको लागि आवेदन दिँदा प्यान नं. उल्लेख गर्नुपर्छ र कतिपय अवस्थामा प्यानको फोटोकपि पनि आवश्यक पर्न सक्छ ।

कम्पनी वा संगठित संस्थाले खरिद गर्दा माथि उल्लेखित प्रकृयाका साथै क) संचालक समितिकाे निर्णय अावश्यक हुनेछ । संस्थापक शेयरमा लगानी गर्नु पूर्व सेयरधनीबीच विभेद र बजारमा यसको प्रभाव विषयक लेख पढ्न सुझाव ।

4 comments:

  1. Replies
    1. नपरे पैसा फिर्ता गर्छ.

      Delete
  2. Mega bank ko per kitta kati sama apply garda huncha Sir

    ReplyDelete
    Replies
    1. त्याे बजार मूल्य हेरेर अाफै निर्णय गर्ने हाे । अरूले भनेर हुन्न ।

      Delete